अध्याय ३७
मेरो उपस्थितिमा तिमीहरूसँग साँच्चै नै विश्वासको अभाव हुन्छ र तिमीहरू प्रायजसो कार्य गर्न आफैमाथि भरोसा गर्छौ। “मविना तिमीहरूले केही पनि गर्न सक्दैनौ!” तैपनि तिमी भ्रष्ट मानिसहरूले सधैँ मेरा वचनहरू एउटा कानले सुनेर अर्को कानले उडाउँछौ। आजभोलिको जीवन वचनहरूको जीवन हो; वचनहरूविना, कुनै जीवन हुँदैन र कुनै अनुभव हुँदैन, अनि कुनै विश्वास हुँदैन भनेर त उल्लेख गर्नु नै पर्दैन। विश्वास वचनहरूबाट आउँछ; आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गरेर मात्रै तिमीहरूले सबै कुरा प्राप्त गर्न सक्छौ। तिमीहरू वृद्धि हुनेछैनौ भनेर चिन्ता नगर: जीवन वृद्धि हुन्छ नै, तर यो मानिसहरूको फिक्रीबाट वृद्धि हुँदैन।
तिमीहरू सधैँ व्याकुल बन्न तयार हुन्छौ, र तिमीहरूले मेरा निर्देशनहरूलाई सुन्दैनौ। तिमीहरूले सधैँ मेरो गतिलाई उछिन्न चाहन्छौ। यो के हो? यो मानव महत्वाकांक्षा हो। परमेश्वरबाट जे आउँछ र तिमीहरूबाट जे आउँछ त्यसलाई तिमीहरूले स्पष्ट रूपमा छुट्याउनुपर्छ। मेरो उपस्थितिमा कहिल्यै पनि उत्साहको प्रशंसा गरिनेछैन। म तिमीहरूले मलाई अपरिवर्तनीय बफादारीतलको साथ अन्तिमसम्मै पछ्याऊ भन्ने चाहन्छु। यसरी काम गर्नु परमेश्वरको निम्ति भक्ति हो भन्ने तिमीहरूलाई लाग्छ। तिमीहरू अन्धा मानिसहरू हौ! किन तिमीहरू बारम्बार खोजी गर्न मकहाँ आउँदैनौ, तर सधैँ आफै अलमलिँदै काम गर्छौ? तिमीहरूले स्पष्ट रूपमा हेर्नुपर्छ! जसले काम गर्दैहुनुहुन्छ उहाँ अवश्य नै मानव हुनुहुन्न, तर सबैभन्दा सार्वभौम, एक मात्र साँचो परमेश्वर—सर्वशक्तिमान् हुनुहुन्छ! तिमीहरू लापरवाही हुनु हुँदैन, तर तिमीहरूसँग भएको सबै कुरालाई अटुट रूपमा समाइराख्नुपर्छ, किनभने मेरो दिन आउन लागेको छ। के तिमीहरू साँच्चै यस्तो समयमा पनि बिउँझँदैनौ? के तिमीहरूले स्पष्ट रूपमा देखेका छैनौ? तिमीहरू अझै पनि संसारसँग सङ्गत गरिरहेका छौ; तिमीहरू यसबाट अलग हुनै सक्दैनौ। किन? के तिमीहरूले साँच्चै नै मलाई प्रेम गर्छौ? के तिमीहरूले मैले देख्ने गरी मेरो सामने आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छौ? के तिमीहरूले मलाई तिमीहरूको सम्पूर्ण अस्तित्व समर्पण गर्न सक्छौ?
मेरा वचनहरूको बारेमा थप विचार गर, अनि तिनको बारेमा सधैँ स्पष्ट बुझाइ प्राप्त गर। दोधार वा आधा-अधुरो नबन। मेरो उपस्थितिमा अझै बढी समय बिताओ, मेरा विशुद्ध वचनहरू अझै बुझ, र मेरा अभिप्रायहरूलाई गलत रूपमा नबुझ। मैले तिमीहरूलाई अरू के भनेको तिमीहरू चाहन्छौ? मानिसहरूका हृदय कठोर छन्; मानिसहरू धारणाहरूको गह्रौं बोझले लादिएका छन्। तिनीहरूले अल्याङटल्याङ गरेर अघि बढ्नु पनि पर्याप्त हुन्छ भनेर विचार गर्छन्, र तिनीहरूले सधैँ आफ्नो जीवनको बारेमा मजाक गर्छन्। मूर्ख बच्चाहरू! समय ढीला भइसकेको छ; यो मनोरञ्जन गर्ने समय होइन। तिमीहरूले आफ्नो आँखा खोलेर अहिले कुन समय हो भनेर हेर्नुपर्छ। सूर्यले क्षितिज पार गरेर पृथ्वीलाई उज्यालो दिन लागेको छ। आफ्नो आँखा राम्ररी खोल र हेर; लापरवाह नबन।
यो निकै ठूलो विषय हो, तैपनि तिमीहरूले यसलाई हल्कासाथ लिन्छौ र यसलाई यसरी व्यवहार गर्छौ! म व्याकुल छु, तर मेरो हृदयलाई बुझ्ने, मेरा असल अर्ती-उपदेशलाई सुन्ने र मेरो सल्लाहलाई सुन्ने थोरै छन्! मिसन निकै कठिन छ, तर मेरो खातिर बोझमा सहभागी हुन सक्ने तिमीहरूमध्येमा थोरै मात्र छन्। तिमीहरूले अझै पनि यस्तो मनोवृत्ति कायम राख्छौ। विगतको तुलनामा, तिमीहरूले केही प्रगति गरेका भए पनि, तिमीहरू सधैँ यही चरणमा रहन सक्दैनौ! मेरा पाइलाहरू निरन्तर अघि बढिरहेका छन्, तैपनि तिमीहरूको गति जस्ताको त्यस्तै रहन्छ। तिमीहरूले आजको ज्योति र मेरा पाइलाहरूलाई कसरी पछ्याउन सक्छौ? उप्रान्त नहिचकिचाओ। मैले तिमीहरूका निम्ति फेरि पनि यो कुरालाई जोड दिएको छु: उप्रान्त मेरो दिनको विलम्ब गरिनेछैन!
आजको ज्योति, आजको स्वामित्वमा रहेको ज्योतिलाई हिजोको ज्योतिसँग तुलना गर्न सकिँदैन, न त यसलाई भोलिको ज्योतिसँग नै तुलना गर्न सकिन्छ। बितेर जाने हरेक दिनसँगै, नयाँ प्रकाश र नयाँ ज्योति अझै मजबुत र अझै चम्किलो हुँदै जान्छ। उप्रान्त बेहोस अवस्थामा नबस; उप्रान्त मूर्ख नबन; पुराना मार्गहरूमा उप्रान्त नटाँसिरहो; र उप्रान्त ढिलाइ गर्ने वा मेरो समय खेर फाल्ने नगर।
जागा रहो! जागा रहो! मलाई अझ धेरै प्रार्थना गर र मेरो उपस्थितिमा अझ धेरै समय बिताओ अनि तिमीहरूले निश्चित रूपमा सबै कुरा प्राप्त गर्नेछौ! यसो गर्दा, तिमीहरूले निश्चय नै सबै कुरा प्राप्त गर्नेछौ भनी विश्वास गर!