अध्याय २३

जब मेरो आवाज गुञ्जन्छ, मेरा आँखाहरूले आगो निकाल्छन्, मैले सारा पृथ्वीलाई हेरिरहेको हुन्छु, म सम्पूर्ण ब्रह्माण्डलाई नियालिरहेको हुन्छु। सारा मानवजातिले आफ्ना नजरहरू मतिर एकटक लगाउँदै मसँग प्रार्थना गरिरहेका छन्, मेरो क्रोध समाप्त गर्न मसित बिन्ती गरिरहेका छन्, फेरि मेरो विरुद्ध विद्रोह नगर्ने शपथ खान्छन्। तर यो अब विगतको कुरा होइन; अहिले नै यस्तो छ। मेरो इच्छालाई कसले उल्ट्याउन सक्छ? निश्चय, मानिसहरूको हृदयभित्रका प्रार्थनाहरूले सक्दैनन्, न उनीहरूका मुखका वचनहरूले सक्छन्। मबिना अहिलेसम्म को जीवित रहन सकेको छ? मेरो मुखका वचनहरूद्वारा बाहेक को जीवित रहन सकेको छ? मेरो आँखाले कसको निरीक्षण गरेको छैन? म सारा पृथ्वीमा मेरो नयाँ काम गर्छु, र यसबाट अहिलेसम्म को बच्न सकेको छ? के पहाडहरूले उनीहरूका उँचाइद्वारा त्यसलाई टार्न सक्छन्? के समुद्रले तिनका बहु-विशालताद्वारा यसलाई बचाउन सक्छ? मेरो योजनामा, मैले कहिल्यै कुनै कुरालाई हलकासाथ छोडिदिएको छैन, त्यसैले मेरो हातको पकडबाट उम्‍केको कुनै व्यक्ति छैन, न त कुनै थोक छ। आज, सारा मानवजातिमा मेरो पवित्र नाउँको प्रशंसा भएको छ, र अर्कोतर्फ, सारा मानवजातिमा मेरो विरुद्धमा विरोधका शब्दहरू उठ्छन्, र पृथ्वीमा मेरो अस्तित्वको बारेमा किंवदन्तीहरू सारा मानवजातिमा फैलिएको छ। म मानिसहरूले मेरो आलोचना गरेको सहँदिन, न त उनीहरूले मेरो देहलाई विभाजन गरेका सहन सक्छु, र उनीहरूले मेरो विरुद्धमा गरेका गालीहरू मैले सहने कुरा त परै जाओस्। मानिसले मलाई साँचो रूपले नचिनेको कारण, उसले सधैँ मेरो विरोध गरेको र मलाई धोका दिएको छ, मेरो आत्मालाई मनमा राख्न वा मेरा वचनहरू सम्हालेर राख्न असफल बनेको छ। किनकि उसको प्रत्येक काम र व्यवहार साथै मप्रतिको उसको मनोवृत्तिको कारण, म मानिसलाई उसले पाउनु पर्ने उचित “इनाम” दिन्छु। यसैले, सबै मानिसले आफ्नो इनाममा आँखा लगाएर काम गर्छन्, र एकै जनाले पनि कहिल्यै आत्म-त्याग गरेर कुनै पनि काम गरेको छैन। मानिसहरू निःस्वार्थ रूपमा समर्पित हुन इच्छुक छैनन्, तर केही नगरी पाइने इनामहरूमा खुसी हुन्छन्। पत्रुसले आफैलाई मेरो सामने अर्पण गरेको भए पनि त्यो भोलिको इनामका लागि थिएन, तर आजको ज्ञानका लागि थियो। मानवजातिले मसँग कहिल्यै पनि साँचो सङ्गति गरेको छैन, तर बारम्‍बार मसित बाहिरी रूपमा व्यवहार गरेको छ, त्यसरी कुनै प्रयास नगरी मेरो स्वीकृति प्राप्त गर्न सकिन्छ भनी सचेको छ। मैले मानिसको हृदयको गहिराइभित्र हेरेको छु, त्यसरी मैले त्यसको भित्री भागहरूमा रहेका “धेरै धनको खानी” खोतलेको छु, जसको बारेमा मानिस आफैलाई पनि अझै थाहा छैन, तर मैले नयाँ कुरा पत्ता लगाएको छु। यसैले, “भौतिक प्रमाणहरू” देखेपछि मात्र मानिसहरूले उनीहरूका पाखण्डी आत्मतिरस्कार त्याग्छन् अनि हतकेलाहरू फैलाएर, उनीहरूका आफ्नो अशुद्ध अवस्थालाई स्वीकार्छन्। मानिसहरूको माझमा अझ धेरै नयाँ कुराले मलाई पर्खिरहेका छन्, जुन मैले सबै मानिसहरूको आनन्दका निम्ति “निकाल्नु” पर्छ। मानिसको असक्षमताको कारण मेरो काम रोक्नुभन्दा, म मेरो मौलिक योजनाअनुसार उसलाई छिँवल्छु। मानिस एउटा फलको बोटजस्तै हो: छिँवल्ने कार्य नगरी बोटले फल फलाउन सक्दैन, र आखिरीमा, सबैले ओइलाएका हाँगाहरू र झरेका पातहरू मात्र देख्छन्, अनि भुइँमा कुनै फल झर्दैनन्।

मैले दिनदिनै मेरो राज्यको “भित्री कोठा” सजाउँदा कहिल्यै कोही पनि मेरो काममा बाधा दिन मेरो “काम गर्ने कोठा” मा अचानक आएको छैन। सबै मानिसहरूले आफू “खारेज हुने” र “आफ्नो ओहदा गुमाउने” डरले मसँग सहकार्य गर्ने सक्दो प्रयास गरिरहेका छन् र यसरी उनीहरूको जीवनको बन्द-बाटोमा पुग्छन्, जहाँ उनीहरू शैतानले कब्जा गरेको “मरुभूमि” मा पनि पर्न सक्छन्। मानिसको डरको कारण, म उसलाई हरेक दिन सान्त्वना दिन्छु, प्रेम गर्न उसलाई प्रत्येक प्रेरित गर्दछु, र यसबाहेक उसको दैनिक जीवनमा उसलाई निर्देशन दिन्छु। मानौं, सबै मानिसहरू केवल भर्खर जन्मेका शिशुहरू हुन्; जसलाई यदि दूध दिइएन भने उनीहरू यस पृथ्वीबाट चाँडै बिदा हुनेछन्, र फेरि कहिल्यै देखिँदैनन्। मानिसहरूको अन्तर्बिन्तीहरूको बीचमा, म मानिसहरूको संसारमा आउँछु र, तुरुन्तै, मानवजाति ज्योतिको संसारमा जिउँछ, अब उनीहरू एउटा “कोठा” भित्र बन्द गरिएका हुँदैनन्, जहाँबाट उनीहरू स्वर्गतर्फ आफ्ना प्रार्थनाहरू चढाउँछन्। मलाई देख्ने बित्तिकै मानिसहरूले उनीहरूका हृदयमा थुप्रिएका “गुनासाहरू” जोरदार रूपमा पोख्छन्, उनीहरूको मुखमा भोजन हालिओस् भनी आग्रह गर्न आफ्नो मुख खोल्छन्। तर त्यसपछि, उनीहरूको डर कम हुन्छ र मानसिक सन्तुलन पुनर्स्थापित भएपछि, उनीहरूले मसँग केही माग्दैनन्, तर सुतेर मस्त निदाउँछन्, अथवा मेरो अस्तित्वलाई इन्कार गर्दै उनीहरू आफ्नै मामलाहरूतिर लाग्छन्। मानवजातिको “परित्याग” मा स्पष्ट देख्‍न सकिन्छ, कि मानिसहरूले कसरी “भावना” रहित भएर मप्रति तिनीहरूका आफ्नो “निष्पक्ष न्याय” गर्छन्। त्यसकारण, मानिसलाई उसको नराम्रो स्थितिमा देखेर, म चुपचाप प्रस्थान गर्छु र उसको गम्भीर बिन्तीमा समेत म सहजै फेरि ओर्लनेछैन। मानिसलाई उसका समस्याहरू दिन प्रतिदिन बढ्दै जान्छ भनी थाहा हुँदैन, यसैले उसको कडा परिश्रमको बीचमा जब उसले अचानक मेरो अस्तित्वको बारेमा थाहा पाउँछ, उसले “हुँदैन” भन्‍ने उत्तर लिन इन्कार गर्छ र मेरो झोला समात्छ र मलाई एक पाहुनाको रूपमा उसको घरभित्र ल्याउँछ। तर, उसले मेरो आनन्दका लागि शानदार भोजन तयार गरे पनि, म उसको आफ्नै हुँ भनी उसले एक पटक पनि विचार गरेको छैन, त्यसको साटो, मबाट थोरै सहायता प्राप्त गर्नका निम्ति मसँग पाहुनालाई जस्तो व्यवहार गर्छ। र यसरी, यो बेला मानिसले मेरो “हस्ताक्षर” पाउने आशाले अशिष्ट प्रकारले आफ्नो दुःखद अवस्था मेरो अगि प्रस्तुत गर्दछ, र व्यापारका निम्ति ऋण चाहिएको व्यक्तिले जस्तै उसले आफ्नो सारा शक्तिले आफ्नो “युक्ति” लगाउँछ। उसको प्रत्येक हाउभाउ र चालमा, म मानिसको अभिप्रायको सानो झलक देख्‍छु: मानौं, उसको दृष्टिकोणमा त मलाई व्यक्तिको अनुहारको भावमा वा उसका कुराहरूको पछाडि समेटिएका शब्दहरूमा लुकेको अर्थलाई कसरी जान्‍ने सो थाहा छैन, वा व्यक्तिको हृदयको गहिराइमा कसरी हेर्नुपर्छ त्यो म जान्दिनँ। यसैले मानिसले कुनै गल्ती नगरी वा केही नछुटाई आफ्नो प्रत्येक अनुभव मलाई बताउँछ, त्यसपछि मेरो अघि आफ्ना मागहरू राख्छ। म मानिसको हरेक काम र व्यवहारलाई घृणा गर्छु। मानवजातिको बीचमा, मलाई मन पर्ने काम गरेको एक जना पनि छैन, मानौं मानवजातिले जानाजानी मेरो विरोध गर्दैछ, र जानाजानी मेरो क्रोधलाई जगाउँदैछ: उनीहरू सबै मेरो अगाडि र पछाडि हिँड्छन्, मेरै आँखाको अगाडि आफ्नो इच्छामा लिप्त हुन्छन्। मानिसहरूको बीचमा मेरो निम्ति जिउने एकै जना पनि छैन, त्यसको फलस्वरूप, सम्पूर्ण मानवजातिको अस्तित्वको न त कुनै महत्त्व छ, न अर्थ छ, जसले गर्दा मानिसहरू शून्य स्थानमा जिउँछन्। त्यसरी नै, मानिसहरू अझै पनि बिउँझन इन्कार गर्दछन्, तर आफ्नो घमन्डमा अडिग रहँदै मेरो विरुद्ध विद्रोह गरिरहन्छ।

उनीहरूले अनुभव गरी आएका सबै कठिनाइमा, मानवजातिले मलाई एक पल्ट पनि खुसी पारेको छैन। उनीहरूको क्रूर अधर्मको कारण, मानवजातिले मेरो नाउँको साक्षी दिने लक्ष्य राख्दैन; बरु, उनीहरू भरणपोषणको लागि ममा भर पर्दै “अर्को बाटो दौडन्छन्”। मानिसको हृदय पूर्ण रूपले मतिर फर्कंदैन, यसैकारण जबसम्म ऊ घाउहरूको थुप्रो बन्दैन र उसको शरीर फोहोरले ढाक्दैन तबसम्‍म शैतानले उसलाई हानि गरिरहन्छ। तर मानिसले उसको अनुहार कति घृणित छ भनी अझै पनि बुझ्दैन: उसले अहिलेसम्म मेरो पिठिउँ पछाडि शैतानको आदर गरिरहेको छ। यसैकारण, क्रोधको कारण म मानिसलाई अतल कुण्डमा फालिदिन्छु, त्यो यस्तो हुनेछ कि उसले आफूलाई कहिल्यै स्वतन्त्र पार्न सक्नेछैन। तापनि, आफ्नो दयनीय विलापको बीचमा, मानिसले अझै पनि आफ्नो मनलाई सुधार गर्न अस्वीकार गर्दछ, आखिरीसम्म मेरो विरोध गर्ने अभिप्राय राख्छ, र त्यसरी जानाजानी मेरो क्रोध जगाउने आशा गर्छ। उसले जे गरेको छ त्यसको कारण म त्यसलाई पापीलाई जस्तो व्यवहार गर्दछु, र मेरो अङ्गालोको न्यानोपन त्यसलाई दिन इन्कार गर्छु। सुरुदेखि नै, स्वर्गदूतहरूले परिवर्तन नभई र विश्राम नगरी मेरो सेवा गरेका छन्, तर मानिसले सधैँ यसको ठीक विपरीत गरेको छ, मानौं ऊ मबाट आएको होइन, तर शैतानबाट जन्मेको हो। स्वर्गदूतहरूले उनीहरूका आ-आफ्ना ठाउँहरूमा मलाई उनीहरूको सम्पूर्ण भक्ति चढाउँछन्; उनीहरू शैतानका सेनाद्वारा नियन्त्रित हुँदैनन्, र आफ्नो कर्तव्य मात्र पूरा गर्छन्। स्वर्गदूतहरूद्वारा पिलाइएका र पोषण गरिएका मेरा छोराहरू र मेरा मानिसहरूको भीड सबै बलियो र स्वस्थ भएर वृद्धि हुन्छन्, तीमध्ये कुनै एक जना पनि कमजोर वा अशक्त हुँदैन। यो मेरो काम हो, मेरो चमत्कार हो। जसरी तोपको एकपछि अर्को गोलाबारीले मेरो राज्यको स्थापनाको उद्घाटन गर्दछ, स्वर्गदूतहरू लयबद्ध रूपमा सँगै हिँड्दै, मेरो निरीक्षणमा समर्पित हुन मेरो सामु आउँछन्, किनकि उनीहरूका हृदय अशुद्धता र मूर्तिहरूबाट मुक्त छन्, र उनीहरू मेरो निरीक्षणबाट पछि हट्दैनन्।

हुरी बतासको लामो आवाजमा स्वर्ग तुरुन्तै जोडले झर्छ अनि सबै मानिसहरूलाई निसासिदिन्छ, यसैले उनीहरूले आफूले चाहेजस्तो मलाई पुकार्न सक्दैनन्। यो थाहा नपाई, सारा मानवजाति ध्वस्त भएको छ। रूखहरू बतासमा अगाडि-पछाडि हल्लिन्छन्, बेला-बेलामा हाँगाहरू भाँचिएको सुनिन्छ, र सुकेका सबै पातहरू उडाइन्छन्। पृथ्वीले अचानक आशारहित र उजाड महसुस गर्दछ, र शरद ऋतुपछि कुनै पनि बेला उनीहरूमाथि आइपर्ने विपत्तिका निम्ति मानिसहरूले आफैलाई कसिलो गरी अँगाल्छन्। डाँडाहरूका पक्षीहरू यताउता उड्छन्, मानौं तिनीहरूले कसैलाई आफ्‍नो दुःख व्यक्त गर्दैछन्; पहाडका गुफामा सिंहहरू गर्जन्छन्, त्यो आवाजले मानिसहरूलाई तर्साउँछ, उनीहरूका हड्डीभित्रका मासीलाई ठन्डा बनाउँछ, र उनीहरूका कपाल ठाडो हुन्छ, र यो मानौं, त्यस्तो अशुभ भावना, मानवजातिको अन्त्यको पूर्वसूचना आएको छ। मेरो इच्‍छा अनुसार उनीहरूलाई निराकरण गर्ने कार्यको प्रतीक्षा गर्न अनिच्छुक हुँदै, सबै मानिसहरूले स्वर्गमा हुनुहुने सार्वभौम परमप्रभुलाई चुपचाप प्रार्थना गर्दछन्। तर सानो खोलामा बग्ने पानीको आवाजले हुरी बतासलाई कसरी रोक्न सक्छ? मानिसहरूको पुकारद्वारा त्यसलाई अचानक कसरी रोक्न सकिन्छ र? मानिसको कायरताको खातिर मेघ गर्जनको केन्द्रमा रहेको क्रोधलाई कसरी रोक्न सकिन्छ? मानिस बतासमा अगाडि र पछाडि हुत्तिन्छ; ऊ झरीबाट आफूलाई लुकाउन यताउता दगुर्छ; र मेरो क्रोधको बीचमा, मानवजाति थरथराउँछ र काँप्छ, मैले तिनीहरूका शरीरमा मेरो हात राख्‍नेछु भनी धेरै डराउँछ, मानौं, म हरसमय मानिसको छातीमा ताकिएको बन्दुकको नाल हुँ, अनि फेरि मानौं, ऊ मेरो शत्रु हो, तैपनि ऊ र मेरो मित्र हो। मानिसले उसको निम्ति मेरो वास्तविक उद्देश्य के हो भन्‍ने कहिल्यै पनि थाहा पाएको छैन, उसले मेरो साँचो उद्देश्य कहिल्यै पनि बुझेको छैन, र यसरी अनजानमा उसले मेरो विरुद्धमा अपमान गर्दछ; अनजानमा, उसले मेरो विरोध गर्दछ; तापनि कुनै अर्थविना उसले मेरो प्रेम पनि देखेको छ। मेरो क्रोधको बीचमा मेरो अनुहार देख्न मानिसलाई गाह्रो हुन्छ। म मेरो क्रोधको कालो बादलमा लुकेको हुन्छु, र मानिसहरूका निम्ति मेरो कृपा पठाउँदै म मेघ गर्जनको बीचमा, सम्पूर्ण ब्रह्माण्डभन्दा माथि उभिन्छु। मानिसले मलाई चिन्दैन त्यसकारण, मेरो अभिप्राय बुझ्न असफल भएको कारण म उसलाई सजाय दिँदिनँ। मानिसहरूको नजरमा, म बेला-बेलामा मेरो क्रोध प्रकट गर्दछु, बेला-बेला म आफ्नो मुस्कान देखाउँछु, तर मानिसले मलाई देख्दा पनि उसले मेरो सम्पूर्ण स्वभाव कहिल्यै पनि देखेको हुँदैन र ऊ अझै पनि तुरहीको त्यो सुमधुर आवाज सुन्न असमर्थ हुन्छ; किनकि ऊ चेतनाशून्य र असंवेदनशील भएको हुन्छ। मानौं, मेरो स्वरूप मानिसका स्मरणहरूमा विद्यमान छ, र मेरो आकार उसका विचारहरूमा छ। तापनि, आज दिनसम्मको मानवजातिले गरेका प्रगतिपछि पनि कुनै पनि व्यक्तिले मलाई साँच्चै देखेको छैन, किनकि मानिसको दिमागलाई ज्यादै कमजोर बनाइएको छ। ती सबैका निम्ति मानिसले मलाई “छानबिन” गरेको छ, किनकि उसको विज्ञानको अपर्याप्त रूपमा विकसित भएको छ, उसको वैज्ञानिक अनुसन्धानले अहिलेसम्म कुनै परिणाम प्राप्त गरेको छैन। यसैले, “मेरो स्वरूप” को विषय सधैँ नै पूर्ण रूपमा खाली रहेको छ, त्यसमा भर्ने कोही छैन, विश्‍व कीर्तिमान तोड्न सक्ने कोही पनि छैन, किनकि मानवजातिले वर्तमानमा आफ्नो खुट्टा टेक्ने ठाउँ कायम राख्‍नु पनि ठूलो विपत्तिको बीचमा अनुमान नै गर्न नसकिने सान्त्वना हो।

मार्च २३, १९९२

अघिल्लो: अध्याय २२

अर्को: अध्याय २४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्