अध्याय २२

मानिस ज्योतिमाझ जिउँछ, तैपनि ऊ ज्योतिको बहुमूल्यताबारे अनभिज्ञ छ। ऊ ज्योतिको सार, र ज्योतिको स्रोत, र अझ भन्नुपर्दा, ज्योति कसको हो भन्नेबारे अनजान छ। जब म मानिसमाझ ज्योति प्रदान गर्छु, तब म तुरुन्तै मानिसमाझको अवस्था अवलोकन गर्छु: ज्योतिका कारण, सबै मानिस परिवर्तन र वृद्धि भइरहेका छन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डको हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोमा डुबेको, पानी चिसोमा जमेको, साथै ज्योतिको आगमनका कारण मानिसहरूले अझ बहुमूल्य कुरा पत्ता लगाउन सकिन्छ कि भनेर पूर्वतिर हेरेको देख्छु—तैपनि तिनीहरू हुस्सुभित्र स्पष्ट दिशा खुट्ट्याउन असमर्थ रहन्छन्। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले, जब म बादलहरूमाझबाट हेर्छु, त्यहाँ कहिल्यै मेरो अस्तित्व पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिस पृथ्वीमा केही खोजिरहेको छ; ऊ आहारा खोजिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, ऊ मेरो आगमनको प्रतीक्षा गर्ने अभिप्राय राख्छ—तैपनि उसलाई मेरो दिन थाहा छैन, र ऊ अक्सर पूर्वमा ज्योतिको हल्का किरणलाई हेर्न मात्र सक्छ। मेरा असङ्ख्य चुनिएका मानिसमाझ, म साँच्चै मेरा अभिप्रायहरूअनुरूप हुनेहरू खोज्छु। म मेरा असङ्ख्य चुनिएका मानिसमाझ हिँड्छु, र तिनीहरूमाझ जिउँछु, तर पृथ्वीको मानिस सकुशल छ, त्यसैले साँच्चै मेरा अभिप्रायहरूअनुरूप हुने कोही पनि छैन। मेरा अभिप्रायहरूलाई कसरी ख्याल गर्ने भनी मानिसहरू जान्दैनन्, तिनीहरू मेरा कार्यहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिभित्र हिँड्न र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई कुनैबेला बहुमूल्य ठानेको भए पनि, ऊ शैतानका षड्यन्त्रहरू छर्लङ्ग देख्‍न सक्दैन; मानिसको कद अति सानो भएकाले, ऊ आफ्नो हृदयले चाहेअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै निष्कपट रूपमा प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, ऊ आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसलाई दिएको “हैसियत” हातमा राख्छ र त्यसलाई गहिरिएर हेर्छ; मेरो प्रेमिलोपनप्रति असंवेदनशील भएर, बरु ऊ आफ्नो हैसियतका लाभहरूमा लिप्त भइरहन्छ। के यो मानिसको कमी होइन र? पहाडहरू सर्दा, के तिनले तेरो हैसियतका खातिर तँलाई नछोई घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के मानिसको हैसियतसामु रोकिन सक्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टाइन सक्छन्? मैले कुनै बेला मानिसलाई बारम्बार कृपा देखाएँ—तैपनि कसैले पनि यसलाई कदर गरेन र मूल्यवान् ठानेन। तिनीहरूले यसलाई केवल कथाका रूपमा सुने, वा उपन्यासका रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले पनि मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” का रूपमा प्रयोग गर्छ। म शैतानका सबै षड्यन्त्रलाई छेड्नेछु, ताकि अब उप्रान्त पृथ्वीका मानिसहरू त्यसको बहकाउमा नपरून्, र ताकि त्यसको अस्तित्वका कारण तिनीहरूले मेरो विरोध नगरून्।

राज्यमा, म राजा हुँ—तर मलाई यसको राजाका रूपमा व्यवहार गर्नुको सट्टा, मानिस मलाई “स्वर्गबाट ओर्लिएको मुक्तिदाता” का रूपमा व्यवहार गर्छ। फलस्वरूप, ऊ मबाट भिक्षा पाउने तृष्णा गर्छ र मसम्बन्धी ज्ञान पछ्याउँदैन। धेरैले मसमक्ष भिखारीले जस्तै याचना गरेका छन्; धेरैले मसामु आफ्नो “झोली” खोलेका छन् र बाँच्नका लागि खानेकुरा दिन मलाई बिन्ती गरेका छन्; धेरैले मलाई खर्लप्प निलेर आफ्नो पेट भर्न सकौँ भन्ने इच्छा बोकेर भोका ब्वाँसाहरूले जस्तै ममाथि लोभी आँखा गाडेका छन्; धेरैले आफ्ना अपराधहरूका कारण मौनतामा आफ्नो शिर झुकाएका छन् र लाज मानेका छन्, मबाट क्षमा पाउन मलाई बिन्ती गरेका छन्, वा स्वेच्छाले मेरो सजाय स्वीकार गरेका छन्। जब म मेरा वाणीहरू जारी गर्छु, तब मानिसका विभिन्न कुरूप स्थिति अनेकौँ अनौठा स्वरूपमा देखा पर्छन्, र उसको साँचो स्वरूप ज्योतिभित्र प्रकट हुन्छ; अनि चम्किलो ज्योतिमा, मानिस आफूलाई क्षमा गर्न सक्दैन। तसर्थ, ऊ मेरो सामु निहुरिन र आफ्ना पापहरू स्वीकार गर्न हतारिन्छ। मानिसको “इमानदारी” का कारण, म उसलाई फेरि एक पटक मुक्तिको रथमाथि तान्छु, र त्यसैले ऊ मप्रति कृतज्ञ हुन्छ, र मलाई प्रेमिलो नजरले हेर्छ। तैपनि ऊ अझै पनि साँच्चै ममा शरण लिने अभिप्राय राख्दैन, र उसले मलाई आफ्नो हृदय पूर्ण रूपमा दिएको छैन। ऊ मेरो धाक मात्रै लगाउँछ, तर ऊ मलाई साँचो रूपमा प्रेम गर्दैन, किनभने उसले आफ्नो मन मतिर फर्काएको छैन; उसको शरीर मेरो अगाडि छ, तर उसको हृदय मेरो पछाडि छ। मानिस कसरी व्यवहार गर्ने भन्ने कुराबारे अत्यन्तै अनजान भएको र उसलाई मसमक्ष आउने कुनै रुचि नभएको हुनाले, म उसलाई उचित सहायता प्रदान गर्छु, ताकि ऊ बिराएका मार्गहरूमा लागिरहने हठको बीचबाट मतिर फर्कियोस्। मैले मानिसलाई दिने कृपा, र मैले उसलाई मुक्ति दिन प्रयास गर्दा प्रयोग गर्ने गर्ने विधि ठ्याक्कै यही हो।

ब्रह्माण्डका सारा मानिस मेरो दिनको आगमनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा चुनिएका मानिसहरूमाझ हिँड्छन्। जब शैतानले बाधा दिन्छ, तब स्वर्गदूतहरू स्वर्गमा आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। स्वर्गदूतहरू मानव कमजोरीका कारण दियाबलसद्वारा भ्रमित हुँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणका कारण कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा चुनिएका मानिसहरू सबै मेरो नाममुनि झुक्छन् र कोही पनि कहिल्यै खुल्लमखुल्ला मेरो विरोध गर्न खडा हुँदैन। स्वर्गदूतहरूको कामका कारण मानिसहरू मेरो नाम स्विकार्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मविरुद्ध विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्नेछ? शास्‍त्रीहरूले? सबै धार्मिक अधिकारीहरूले? के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? मेरा चुनिएका असङ्ख्या मानिसमध्ये कसले निरन्तर प्रशंसा गाउँदैन, र मेरो कारण को लगातार खुसी नहुने को छ? म ठूलो रातो अजिङ्गरको ओडारको भूमिमा जिउँछु, तैपनि म यसका कारण डरले काँप्ने वा भाग्ने गर्दिनँ, किनभने यसका सबै मानिसले यसलाई घृणा गर्न थालिसकेका छन्। कुनै पनि कुराले कहिल्यै अजिङ्गरका खातिर अजिङ्गरसामु आफ्नो “कर्तव्य” निर्वाह गरेको छैन; त्यसको सट्टामा, सबै कुराले आफूलाई जसरी ठीक लाग्छ त्यसरी काम गर्छन्, र हरेक कुरा आफ्नै बाटो लाग्छ। पृथ्वीका देशहरू कसरी नाश नहुन सक्छन् र? पृथ्वीका देशहरू कसरी पतन नहुन सक्छन् र? मेरा मानिसहरूले कसरी जयजयकार नगर्न सक्छन् र? तिनीहरूले कसरी आनन्दले नगाउन सक्छन् र? के यो मानिसको काम हो? के यो मानिसको हातको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जग दिएँ, र उसलाई भौतिक कुराहरू प्रदान गरेँ, तैपनि ऊ आफ्ना वर्तमान परिस्थितिहरूप्रति असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न अनुरोध गर्छ। तर कुनै मूल्य नचुकाई, आफ्नो निस्वार्थ समर्पण अर्पण गर्न अनिच्छुक भई, ऊ कसरी यति सजिलै मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा फिर्ता लिनुको सट्टा, म उसँग मागहरू गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मेरो मार्गदर्शनमा मद्वारा वर्तमान युगसम्म पुऱ्याइएको छ, ऊ यस अवस्थामा अस्तित्वमा छ, र ऊ मेरो ज्योतिको मार्गदर्शनबीच जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्नो भविष्य थाहा हुन्थ्यो र? मेरा अभिप्रायहरू कसले बुझ्नेथियो र? म मानिसप्रतिका मागहरूमा मेरा सर्तहरू थप्छु; के यो प्रकृतिका नियमहरूसँग मिल्दो छैन र?

हिजो, तिमीहरू बतास र झरीमाझ जियौ; आज, तिमीहरू मेरो राज्यमा प्रवेश गरेका छौ र यसका मानिस बनेका छौ; र भोलि, तिमीहरू मेरा आशिष्‌हरूको आनन्द लिनेछौ। यस्ता कुराहरू कसले कहिल्यै कल्पना गरेको थियो र? तिमीहरू आफ्नो जीवनमा कति सङ्कष्ट र कष्ट अनुभव गर्नेछौ—के तिमीहरूलाई थाहा छ? म बतास र झरीमाझ अघि बढ्छु, र मैले वर्षौँ वर्ष मानिसमाझ बिताएको छु, र म समयक्रममा आजको दिनसम्म आइपुगेको छु। के मेरो व्यवस्थापनको योजनाका चरणहरू ठ्याक्कै यिनै होइनन् र? मेरो योजनामा कसले कहिल्यै कुनै योगदान दिएको छ र? मेरो योजनाका चरणहरूबाट को अलग हुन सक्छ र? म करोडौँ मानिसको हृदयमा जिउँछु, म करोडौँ मानिसमाझको राजा हुँ, र मलाई करोडौँ मानिसद्वारा अस्वीकार र अपमान गरिएको छ। मेरो स्वरूप साँच्चै मानिसको हृदयभित्र छैन। मानिसले मेरा वचनहरूमा मेरो महिमामय मुहारको मधुरो झलक मात्र पाउँछ, तर आफ्ना विचारहरूको बाधाका कारण, ऊ आफ्नै भावनाहरूलाई विश्‍वास गर्दैन; उसको हृदयमा एउटा अस्पष्ट “म” मात्रै छ, तर त्यो त्यहाँ लामो समयसम्म रहँदैन। त्यसैले, मप्रतिको उसको प्रेम पनि त्यस्तै रहेको छ: मेरो सामु उसको प्रेम छिनछिनमा देखा पर्छ, मानौँ हरेक मानिस मलाई आफ्नै स्वभावअनुसार प्रेम गर्थ्यो, मानौँ उसको प्रेम चन्द्रमाको धमिलो उज्यालोमुनि झिलमिल गर्दै देखिने र हराउने गर्थ्यो। आज, मेरो प्रेमका कारणले मात्रै मानिस बाँकी रहेको छ र उसले बाँच्ने सौभाग्य पाएको छ। यदि यस्तो नभएको भए, मानिसहरूमध्ये को चाहिँ आफ्नो दुब्लो ज्यानका कारण लेजरद्वारा ढालिनेथिएन र? मानिस अझै पनि आफैलाई चिन्दैन। ऊ मेरो रवाफ देखाउँछ, र मेरो पछाडि फुर्ती लाउँछ, तैपनि मेरो अगाडि मेरो विरोध गर्ने आँट कसैले गर्दैन। तर, मैले भन्ने गरेको विरोधको अर्थ मानिसलाई थाहा छैन; बरु, ऊ मलाई मूर्ख बनाउने प्रयास गरिरहन्छ, र आफैलाई उच्च पारिरहन्छ—यसमा, के ऊ खुल्लमखुल्ला मेरो विरोध गर्दैन र? म मानिसको कमजोरीप्रति सहिष्णु छु, तर ऊ आफैले गर्ने विरोधप्रति म अलिकति पनि उदार छैन। उसलाई यसको अर्थ थाहा भए पनि, ऊ यो अर्थअनुरूप काम गर्न अनिच्छुक छ र आफ्ना अभिरुचिहरूअनुसार मात्र काम गर्छ, र मलाई छल गर्न खोज्छ। म हर समय मेरा वचनहरूमा मेरो स्वभाव प्रकट गर्छु, तैपनि मानिस हार स्वीकार गर्न मान्दैन—साथसाथै, ऊ आफ्नो स्वभाव प्रकट गर्छ। मेरो न्यायबीच मानिस पूर्ण रूपमा विश्‍वस्त हुनेछ, र मेरो सजायबीच, ऊ अन्ततः मेरो स्वरूप जिउनेछ र पृथ्वीमा मेरो प्रकटीकरण बन्नेछ!

मार्च २२, १९९२

अघिल्लो: अध्याय २१

अर्को: अध्याय २३

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्