अध्याय १७
मेरा वाणीहरू चारै दिशामा र सम्पूर्ण पृथ्वीमा प्रकाश छर्दै मेघगर्जनजस्तै गुञ्जन्छन्, मेघगर्जन र बिजुलीको चमकको बीचमा, मानवजातिलाई प्रहार गरी ढालिन्छ। कुनै पनि मानिस मेघगर्जन र बिजुलीको चमकको बीचमा कहिल्यै पनि दृढ रहन सकेको छैन; मेरो ज्योति आउँदा धेरै मानिसको सातोपुत्लो उड्छ र तिनीहरूलाई के गर्ने भन्ने नै थाहा हुँदैन। जब पूर्वमा मधुरो ज्योति चम्कन थाल्छ, धेरै जना मानिस, त्यो मधुरो ज्योतिद्वारा उत्प्रेरित भएर आफ्ना भ्रमबाट तुरुन्तै जाग्छन्। तर पृथ्वीमा मेरो ज्योति ओर्लने दिन आएको छ भनी कसैले पनि कहिल्यै बुझेको छैन। धेरैजसो मानिसहरू अचानक प्रकाश आउँदा आश्चर्यचकित बन्छन्, र कतिले उत्सुकताको पूर्ण मोहसहित ज्योतिका चालहरू र त्यो जाने दिशालाई नियाल्छन् भने, कोही-कोही ज्योतिको स्रोतलाई स्पष्ट रूपमा बुझ्न सकूँ भनेर त्यसको सामना गर्न तयार भएर खडा हुन्छन्। जेसुकै भए पनि, आजको ज्योति कति बहुमूल्य छ भनेर के कसैले पत्ता लगाएको छ? के आजको प्रकाशको पृथक्ताको लागि कोही जागृत छ? धेरैजसो मानिस केवल अचम्मित मात्र हुन्छन्; तिनीहरूका आँखामा चोट लागेको छ र तिनीहरू ज्योतिद्वारा हिलोमा फालिन्छन्। यस अस्पष्ट ज्योतिमुनि, कसैले भन्न सक्ला, यो पृथ्वीलाई अव्यवस्थाले ढाक्छ, जुन एक असह्य दु:खद दृश्य हो, जसलाई राम्ररी जाँच्दा, अझ ठूलो दुःखले आक्रमण गर्छ। त्यसबाट एक व्यक्तिले यो निष्कर्ष निकाल्छ कि, जब प्रकाश बलियो हुन्छ, पृथ्वीको अवस्था मानिसहरूलाई मेरो सामु उभिन दिनु अझै कम समर्थ हुन्छ। मानवजाति ज्योतिको चमकमा रहन्छ; फेरि, सम्पूर्ण मानवजाति ज्योतिको मुक्तिमा रहन्छ, तैपनि यसको चोटमा पनि रहन्छ: के ज्योतिको मार्ने प्रहारको बीचमा नरहने को कोही छ? के ज्योतिको जलनबाट उम्कन सक्ने कोही छ? म आफ्नो हातले मेरा आत्माको बीउ छर्दै म सम्पूर्ण ब्रह्माण्डभरि हिँडेको छु, यसैले कि पृथ्वीका सारा मानवजाति यस कुरालाई देखेर मद्वारा उत्प्रेरित होऊन्। स्वर्गको अल्गो उँचाइबाट, म सम्पूर्ण पृथ्वीका प्राणीहरूको विचित्र र अनौठा घटनाहरूलाई नियाल्दै सम्पूर्ण पृथ्वीलाई हेर्छु। समुद्रको सतह भूकम्पको प्रकोपबाट पीडित भएको जस्तो देखिन्छ: समुद्री पक्षीहरू माछाहरू निल्नका निम्ति यता-उता उड्छन्। यसै बीच समुद्रको पिँध अनजान रहन्छ, अनि सतहको अवस्था त्यसलाई चेतनामा ल्याउन अति नै असमर्थ हुन्छ, किनकि समुद्रको पिँध तेस्रो स्वर्ग जस्तै शान्त हुन्छ: यहाँ ठूला-साना जीवित प्राणीहरू एकसाथ मिलेर बस्छन् र कहिल्यै पनि “मुख र जिब्रोको झगडा” मा संलग्न हुँदैनन्। असङ्ख्य विचित्र कुराहरू र अनौठा घटनामध्ये, मानवजातिले मलाई प्रसन्न तुल्याउन गाह्रो छ। मैले मानिसलाई दिएको स्थान धेरै उच्च छ, र उसको महत्वाकांक्षा त्यस्तै उच्च छ, र उसको नजरमा, जहिल्यै कुनै न कुनै अनाज्ञाकारिताको भाग हुन्छ। मैले मानिसलाई अनुशासन कारबाही गर्दा, मैले गर्ने उसको न्यायभित्र, धेरै कष्टदायी कुराहरू हुन्छन्, धेरै भलाइका कुराहरू पनि हुन्छन्, तर यी कुराहरूको बारेमा मानवजातिलाई अलिकति पनि आभास हुँदैन। मैले कहिल्यै कुनै मानिससँग कठोर व्यवहार गरेको छैनँ; मानवजाति अनाज्ञाकारी हुँदा मैले उचित सुधारहरू मात्र गरेको छु, र ऊ कमजोर हुँदा उचित सहायता मात्र गरेको छु। तर, जब मानवजाति मबाट टाढा रहन्छ, साथै उसले मेरो विरुद्धमा विद्रोह गर्न शैतानका छली युक्तिहरू प्रयोग गर्छ, म तुरुन्तै मानवजातिलाई उन्मूलन गर्नेछु, यसरी उनीहरूलाई मसँग तिनीहरूका सीपहरूको ठूलो प्रदर्शन गर्ने अर्को मौका रहन दिनेछैन, यसैले कि तिनीहरू पृथ्वीमा फेरि आडम्बरी भई घमन्डी भएर अनि अरूलाई धम्काउँदै हिँड्न सक्नेछैनन्।
म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित हुन्छन्; स्वर्गमा हुने मेरा गतिविधिहरूलाई पृथ्वीमा मानवजातिले कहिल्यै पनि बुझ्न सकेको छैन, न त मेरो आत्माको कक्ष र मार्गहरूलाई विस्तृत रूपमा विचार गर्न सकेको छ। अधिकांश मानिसहरू आत्माको बाहिर रहेका सानातिना कुराहरूलाई मात्र बुझ्छन्, आत्माको वास्तविक अवस्थालाई बुझ्न सक्दैनन्। मैले मानिसहरूसँग गरेका मागहरू स्वर्गमा रहेको मेरो अस्पष्ट अस्तित्वबाट वा यस पृथ्वीमा रहेको सोच्नै नसकिने अस्तित्वबाट निस्कँदैन; म पृथ्वीमा मानिसको कदको आधारमा उपयुक्त मापदण्ड तय गर्छु। मैले कसैलाई कहिल्यै पनि कठिनाइहरूमा पारेको छैनँ, न त मैले कहिल्यै कसैलाई मेरो खुसीका लागि “उसको रगत निचोर्न” लगाएको छु—के मेरा मागहरू त्यस्तो अवस्थामा मात्र सीमित हुन सक्छन्? पृथ्वीका असङ्ख्य प्राणीहरूमध्ये कुनचाहिँ मेरो मुखका वचनहरूद्वारा भष्म हुँदैन? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामने आएर, मेरा वचनहरू र मेरो जल्दो आगोले पूर्ण रूपमा नष्ट हुँदैन र? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु “गजक्क परेर” घमन्ड गर्दै रमाउन सक्छ? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु निहुरिँदैन? के म केवल सृष्टिमा मौनता थप्ने परमेश्वर हुँ? सृष्टिका असङ्ख्य थोकहरूमध्ये, म ती चुन्छु, जसले मेरो अभिप्रायलाई पूरा गर्दछन्; असङ्ख्य मानिसहरूमध्ये म तिनीहरूलाई चुन्छु जसले मेरो हृदयलाई वास्ता गर्दछन्। म सम्पूर्ण ताराहरूमध्ये सबैभन्दा उत्तमलाई चुन्छु, त्यसरी मेरो राज्यमा प्रकाशको मधुरो ज्योति थप्छु। म आफ्नो सुवासना जताततै फैलाउँदै पृथ्वीमा हिँड्दै जान्छु, र हरेक ठाउँमा म आफ्नो स्वरूप छोड्छु। प्रत्येक स्थानले मेरो आवाजलाई गुञ्जाउँछ। मानिसहरू जताततै हिजोको सुन्दर दृश्यमा रहन्छन्, किनकि सबै मानिसले विगतलाई सम्झिरहेका छन् …
सबै मानिसहरू मेरो अनुहार हेर्न चाहन्छन्, तर जब म एक व्यक्ति बनेर यस पृथ्वीमा ओर्लन्छु, तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ, र लगातार सचेत रहन्छ, मसँग उसका निम्ति अर्को योजना होला भनी गम्भीर रूपमा डराउँछ। मानवजातिले मलाई अपरिचित साथी ठानेको कारण, उनीहरू आफ्ना मनमा मैले उनीहरूलाई अन्धाधुन्ध मार्ने उद्देश्य राखेको छु भनी विचार गर्छन्। मानिसको नजरमा, म एक भयानक विरोधी हुँ। विपत्तिको बीचमा मेरो न्यानो स्वाद चाखेपछि पनि मानिस मेरो प्रेमको बारेमा अनजान रहन्छ, र मलाई अझै रोक्न र चुनौती दिन दृढ बन्छ। उसको अवस्थाको फाइदा उठाउँदै ऊ विरुद्ध कदम चाल्नु त कता हो कता, तर म मानिसलाई मेरो न्यानो अङ्गालोमा लिन्छु, उसको मुख मिठासले भरिदिन्छु, र उसको पेटमा आवश्यक भोजन हालिदिन्छु। तर जब मेरो भयानक क्रोधले पहाड र नदीहरू हल्लाउँछ, मानिसको कायरतालाई ध्यानमा राखेर अब उसो म उसलाई कुनै प्रकारको सहायता गर्नेछैनँ। यस घडी, म क्रोधित हुनेछु र सबै जीवित प्राणीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन इन्कार गर्नेछु र मानिसप्रतिको मेरा सबै आशाहरू त्यागेर म त्यससँग अत्यन्तै योग्य बदला लिनेछु। यस समयमा गर्जन र बिजुलीको चमक चम्कन्छ र गर्जन्छ, समुद्रका छालहरू क्रोधमा उठेजस्तै, हजारौं-हजार पर्वतहरू भत्केर ढलेझैं। मानिस उसको विद्रोहीपनको कारण गर्जन र बिजुलीको चमकद्वारा ढल्छ, अनि अरू प्राणीहरू गर्जन र बिजुलीको चमकको विस्फोटद्वारा पूर्ण रूपले नष्ट हुन्छन्, र सारा ब्रह्माण्ड अचानक अराजकतामा ओर्लन्छ, र सृष्टि जीवनको मूल सास फेरि प्राप्त गर्न असमर्थ हुन्छ। मानिसहरूका असङ्ख्य भीडहरू त्यो गर्जनको आवाजबाट उम्कन सक्दैनन्; बिजुलीको चमकको बीचमा, मानिसहरू भीडका भीड पहाडबाट झरेको प्रचण्ड वर्षाको प्रवाहमा बगेर नष्ट हुन्छन्। अचानक, “मानिसहरू” को संसार मानिसको “गन्तव्य” को रूपमा परिवर्तित हुन्छ। लासहरू समुद्रको सतहमा बग्छन्। मेरो क्रोधको कारण सबै मानिसहरू मबाट टाढा जान्छन्, किनकि मानिसले मेरो आत्माको अस्तित्वको विरुद्ध पाप गरेका छन् र उसको विद्रोहले मलाई अप्रसन्न तुल्याएको छ। तर, पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।
जब सबै मानिसहरू मौन हुन्छन्, म तिनीहरूका आँखाको अगाडि एक मन्द ज्योति निकाल्छु। त्यसपछि, मानिसहरू स्वच्छ मन र आँखामा चमक भएका हुन्छन्, अब चुप लागी बस्न राजी हुँदैनन्; यसरी उनीहरूका हृदयमा तुरुन्तै आत्मिक भावना उत्पन्न हुन्छ। यस्तो भएपछि, सारा मानवजाति पुनरुत्थान हुन्छन्। तिनीहरूका अव्यक्त गुनासाहरू पन्साउँदै सबै मानिसहरू मेरो सामने आउँछन्, मैले घोषणा गरेको वचनद्वारा जिउने अर्को मौका पाउँछन्। किनकि सबै मानिसहरू पृथ्वीमा जिउने इच्छा गर्छन्। तर तिनीहरूमध्ये कसले कहिले मेरो खातिर जिउने उद्देश्य राखेको छ? तिनीहरूमध्ये कसले मेरो आनन्दका निम्ति आफैमा भव्य थोकहरू प्रकट गरेको छ? तिनीहरूमध्ये कसले मेरो आकर्षक सुगन्ध पत्ता लगाएको छ? सबै मानिसहरू असभ्य र अशुद्ध थोकहरू हुन्: बाहिरी रूपमा, तिनीहरू आँखा टिल्ल बनाउँछन्, तर तिनीहरूको सारतत्व मलाई साँचो हृदयले प्रेम गर्ने हुँदैन, किनकि मानिसको हृदयको गहिरो स्थानमा मेरो कुनै तत्व कहिल्यै रहेको छैन। मानिसमा धेरै कुराको कमी छ: उसलाई मसँग तुलना गर्दा स्वर्ग र पृथ्वीको बीचमा भएको जस्तो ठूलो धाँदो प्रकट हुन्छ। त्यसो भए पनि, म मानिसको दुर्बल र कमजोर ठाउँहरूमा प्रहार गर्दिनँ, न त म उसका कमी-कमजोरीहरूको कारण उसलाई हाँसोमा उडाउँछु। मेरा हातहरूले पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दैआएका छन्, र ती सँगसँगै, मेरा आँखाहरूले सम्पूर्ण मानवजातिमाथि नजर राखेका छन्। तापनि मैले एउटै पनि मानव जीवनलाई सामान्य रूपमा लिएर त्यसलाई खेलौना सम्झी त्योसँग खेलेको छैनँ। मानिसले लिने पीडा मैले देखेको छु र म उसले तिरेको मूल्य बुझ्छु। ऊ मेरो सामु खडा हुँदा, म उसलाई दण्ड दिनका निम्ति उसलाई अचानक पक्रन चाहन्नँ, न त म उसलाई अप्रिय थोकहरू नै दिन चाहन्छु। यसको सट्टामा, मैले हरसमय मानिसका लागि प्रबन्ध गरेको छु र उसलाई दिएको छु। यसैले मानिसले प्राप्त गर्ने भनेको मेरो अनुग्रह नै हो, मेरो हातबाट आउने सबै इनाम यही हो। म यस पृथ्वीमा भएकोले, मानिसले कहिल्यै भोकका कष्टहरू भोग्नु परेको छैन। बरु, उपभोग गर्नका निम्ति म मानिसलाई मेरो हातका चीजहरू दिन्छु, र म मानवजातिलाई मेरा आशिषहरूभित्र जिउन दिन्छु। के सबै मानिस मेरो सजायमा परेर जिउँदैनन्? जसरी पर्वतहरूका गहिराइहरूमा प्रशस्तता छ र समुद्रमा उपभोग गर्ने प्रशस्त थोकहरू छन्, त्यसरी नै के आज मेरो वचनभित्र जिउने मानिसहरूसँग उपभोग गर्न र चाख्नका निम्ति त्योभन्दा प्रशस्त खाने कुराहरू छैनन् र? म पृथ्वीमा छु, र मानिसहरूले पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्छन्। जब म पृथ्वी छोडेर जान्छु, त्यस बेला मेरो काम पनि त्यसको पूर्णतामा पुग्दछ, मानवजातिले तिनीहरूका कमजोरीको कारण मेरो कृपा प्राप्त गर्न छोड्नेछन्।
मार्च १६, १९९२