सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

म अन्यजाति राष्ट्रहरूमाझ मेरो काम फैलाइरहेको छु। मेरो महिमामय ज्योति ब्रह्माण्डभरि चम्किन्छ; सबै तारा-तारा-थोप्ला-थोप्ला मानिसहरूले आफूभित्र मेरा अभिप्रायहरू बोक्छन्, र तिनीहरू सबै मेरो हातद्वारा निर्देशित हुन्छन् र मैले खटाएका कामहरू गर्छन्। यस बिन्दुदेखि, म सबै मानिसलाई अर्को संसारमा ल्याउँदै, एउटा नयाँ युगमा प्रवेश गरेको छु। जब म मेरो “गृहभूमि” फर्किएँ, तब मानिसले मेरो बारेमा अझ बढी ज्ञान प्राप्त गरोस् भनेर मैले मेरो मूल योजनाको कामको अर्को भाग सुरु गरेँ। म सम्पूर्ण ब्रह्माण्डलाई ध्यानमा राख्छु र मेरो कामका लागि यो उपयुक्त समय हो भन्ने देख्छु, त्यसैले म मानिसमा मेरो नयाँ काम गर्दै, जताततै दौडधुप गर्छु। जे भए पनि, यो एउटा नयाँ युग हो, र मैले अझ धेरै नयाँ मानिसहरूलाई नयाँ युगमा लैजाँदै र आफूले हटाउनेहरूमध्ये अझ धेरैलाई फाल्दै, नयाँ काम ल्याएको छु। ठूलो रातो अजिङ्गरको देशमा, मैले मानवजातिले बुझ्न नसक्ने कामको एउटा चरण गरेको छु, जसले गर्दा तिनीहरू हावामा हल्लिने गर्छन्, र त्यसपछि धेरै जना हावाको बहावसँगै चुपचाप बहँदै जान्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खला” हो; मैले तृष्णा गरेको कुरा यही हो र मेरो योजना पनि यही हो। किनभने म काम गरिरहेको बेला धेरै दुष्ट जन सुटुक्क पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतार गर्दिनँ। बरु, सही समय आएपछि म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र म जीवनको मूल हुनेछु, र मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अन्जीरको रूखको फल र लिली फूलको सुगन्ध प्राप्त गर्न दिनेछु। शैतान बस्ने भूमिमा, धूलोको भूमिमा, कुनै शुद्ध सुन बाँकी छैन, केवल बालुवा छ, र त्यसैले, यी परिस्थितिहरू सामना गर्दै, म कामको यस्तो चरण गर्छु। तिमीहरूले थाहा पाउनुपर्छ कि मैले प्राप्‍त गर्ने भनेको शुद्ध र प्रशोधित सुन हो, बालुवा होइन। मेरो घरमा दुष्ट जनहरू कसरी रहन सक्छन्? म फ्याउराहरू परजीवीका रूपमा मेरो स्वर्गमा बसिरहेको कसरी सहन सक्छु? म तिनीहरूलाई धपाउन हरेक विधि प्रयोग गर्छु। मेरा अभिप्रायहरू प्रकट हुनुभन्दा पहिले, म के गर्न गइरहेको छु भन्‍ने कसैलाई थाहा हुँदैन। यही मौका छोपेर, म ती दुष्ट जनहरूलाई धपाउँछु, र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। दुष्टलाई म यस्तै गर्छु, तर तिनीहरूले मेरा लागि सेवा गर्ने दिन अझै आउनेछ। आशिष्‌प्रतिको मानिसहरूको चाहना अत्यन्तै तीव्र छ; त्यसैले, म पछाडि फर्किन्छु र अन्यजातिहरूलाई मेरो महिमामय मुहार देखाउँछु, ताकि मानिसहरू सबै आफ्नै संसारमा जिऊन् र आफैलाई जाँचून्, जबकि म आफूले भन्नुपर्ने वचनहरू भनिरहन्छु, र तिनीहरूलाई आवश्यक पर्ने कुराहरू आपूर्ति गरिरहन्छु। जब मानिसहरूको होस खुल्छ, तब मैले मेरो काम धेरै अघि नै फैलाइसकेको हुनेछु। त्यसपछि म तिनीहरूलाई मेरा अभिप्रायहरू व्यक्त गर्नेछु, र तिनीहरूमा मेरो कामको दोस्रो भाग सुरु गर्नेछु, मेरो कामसँग सहकार्य गर्नका लागि सबै मानिसलाई मलाई नजिकबाट पछ्याउन दिनेछु, र मैले गर्नैपर्ने काम मसँगै गर्न तिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सबै कुरा गर्न दिनेछु।

मेरो महिमा देख्ने विश्‍वास कसैमा पनि छैन, र म तिनीहरूलाई बाध्य पार्दिनँ, बरु मेरो महिमालाई मानवजातिमाझबाट हटाउँछु र यसलाई अर्को संसारमा लैजान्छु। जब मानिसहरूले फेरि एकपटक पछुतो महसुस गर्छन्, तब म मेरो महिमा लिनेछु र यसलाई विश्‍वास भएका अझ धेरै मानिसलाई देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनानलाई छोड्ने एउटा समय हुन्छ, र मेरो महिमाले चुनिएका मानिसहरूलाई छोड्ने पनि एउटा समय हुन्छ। यसबाहेक, मेरो महिमाले सम्पूर्ण पृथ्वीलाई छोड्ने एउटा समय हुन्छ, जसले गर्दा यो धमिलो बन्छ र अन्धकारमा डुब्छ। कनानको भूमिले समेत सूर्यको प्रकाश देख्नेछैन; सबै मानिसले आफ्नो विश्‍वास गुमाउनेछन्, तर कनानको भूमिको सुगन्ध छोड्न कसैले पनि सक्नेछैन। जब म नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्छु, तब मात्र म मेरो महिमाको अर्को भाग लिन्छु र यसलाई पहिले कनानको भूमिमा प्रकट गर्छु, जसले गर्दा सम्पूर्ण अन्धकारमय पृथ्वीमा ज्योतिको किरण चम्किन्छ। यो सम्पूर्ण पृथ्वी ज्योतिमा आओस् भनेर हो। यो पृथ्वीभरिका मानिसहरू ज्योतिको शक्ति प्राप्त गर्न आऊन्, जसको फलस्वरूप मेरो महिमालाई अझ बढोस् र हरेक राष्ट्रमा नयाँ रूपमा देखा परोस्, र सम्पूर्ण मानवजातिले म धेरै अघि नै मानव संसारमा आइसकेको छु र धेरै अघि नै मेरो महिमा इस्राएलबाट पूर्वमा ल्याइसकेको छु, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ र यो अनुग्रहको युगदेखि आजको दिनसम्म ल्याइएको थियो भन्ने महसुस गरून् भनेर हो। तर म इस्राएलबाट प्रस्थान गरेको थिएँ र त्यहीँबाट म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति बिस्तारै सेतो बन्छ, तब मात्र पृथ्वीभरिको अन्धकार ज्योतिमा परिणत हुन थाल्नेछ, र त्यसपछि मात्र मानिसले म धेरै अघि नै इस्राएलबाट गइसकेको छु र पूर्वमा नयाँ रूपमा उदाइरहेको छु भन्ने पत्ता लगाउनेछ। म एकपटक इस्राएलमा ओर्लिसकेपछि र पछि त्यहाँबाट प्रस्थान गरिसकेपछि, फेरि एकपटक इस्राएलमा नै जन्मनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सम्पूर्ण ब्रह्माण्डलाई डोर्‍याउँछ र, अझ भन्नुपर्दा, बिजुली पूर्वबाट आउँछ र पश्‍चिमसम्मै चम्किन्छ। यसैकारण म पूर्वमा ओर्लेको छु र पूर्वमा रहेका मेरा चुनिएका मानिसहरूकहाँ कनान ल्याएको छु। म पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, र त्यसैले म सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न कनानको भूमिमा निरन्तर वाणीहरू जारी गर्छु। यस समयमा, सम्पूर्ण पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरूबाहेक, सबै मानिस भोक र चिसोको खतरामा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ र त्यसपछि त्यो खोसेँ, जसद्वारा इस्राएलीहरूलाई पूर्वमा ल्याएँ, र सबै मानिसलाई पनि पूर्वमा ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ ताकि यससँग तिनीहरूको पुनर्मिलन हुन सकोस्, र तिनीहरू यससँग सम्बद्ध रहन सकून्, र उप्रान्त खोजी नगरून्। म खोजी गर्ने सबैलाई फेरि ज्योति देख्न सक्ने, इस्राएलमा मसँग भएको महिमा देख्न सक्ने, म धेरै अघि नै सेतो बादलमा मानिसहरूमाझ ओर्लिसकेको छु भनी देख्न सक्ने, र सेता बादलका गुच्छाहरू र प्रशस्त झुप्पामा भएका फलहरू देख्न सक्ने तुल्याउनेछु। त्यसभन्दा पनि बढी, म तिनीहरूलाई इस्राएलका यहोवा परमेश्‍वरलाई देख्न सक्ने, यहूदीहरूका “मालिक” लाई देख्न सक्ने, तिर्सना गरिएका मसीहलाई देख्न सक्ने, र मेरो पूर्ण देखापराइ देख्न सक्ने तुल्याउनेछु, म, जसलाई युगौँयुगभरि राजाहरूले सताएका छन्। म सम्पूर्ण ब्रह्माण्डमा काम गर्नेछु र म महान् काम गर्नेछु, आखिरी दिनहरूमा मानिसलाई मेरो सम्पूर्ण महिमा र मेरा सबै कार्य प्रकट गर्नेछु, र धेरै वर्षदेखि मेरो प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आउने तिर्सना गरेकाहरूलाई, म फेरि एकपटक देखा पर्ने तिर्सना गरेको इस्राएललाई, र मलाई सताउने सम्पूर्ण मानवजातिलाई मेरो सम्पूर्ण महिमामय मुहार प्रकट गर्नेछु, ताकि मैले धेरै अघि नै मेरो महिमा लगिसकेको छु र यसलाई पूर्वमा ल्याएको छु, र यो अब यहूदियामा छैन, किनभने आखिरी दिनहरू आइसकेका छन् भन्ने कुरा सबैले जानून्!

म सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन अनन्त रूपमा जारी हुन्छ, जसले सबै राष्ट्र र सम्प्रदायलाई हल्लाइदिन्छ। मेरा वाणीहरूले नै सबै मानिसलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। म सबै मानिसलाई मेरा वाणीहरूद्वारा विजय हासिल गरिने, यही प्रवाहमा पर्ने र मेरो सामु समर्पित तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा पुनः जारी गरेको छु। मेरो महिमा देख्ने तिर्सना कसलाई हुँदैन र? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुनः देखापराइको तृष्णा कसले गर्दैन र? मेरो प्रेमिलोपनको तिर्सना कसले गर्दैन र? ज्योतितर्फ कोचाहिँ आउँदैन र? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन र? उद्धारकको पुनरागमनको तिर्सना कसले गर्दैन र? महाशक्ति भएको उहाँको कसले आदर गर्दैन र? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन् र म पहाड र नदीहरूलाई हल्लाउने शक्तिशाली मेघगर्जन जस्तै, मेरा चुनिएका मानिसहरूलाई अझ धेरै वचन भन्नेछुछु र बोल्नेछु। म मेरा वचनहरू सम्पूर्ण ब्रह्माण्ड र मानवजातिसँग बोल्छु। त्यसैले मेरो मुखका वचनहरू मानिसको खजाना बनेका छन्, र सबै मानिसले मेरा वचनहरूको कदर गर्छन्। बिजुली पूर्वबाट पश्‍चिमसम्मै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई छोड्न हिचकिचाउँछ, र ती मानिसका लागि अबोधगम्य पनि छन्, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्द महसुस गराउँछन्। नवजात शिशुहरूजस्तै, सबै मानिस खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूमार्फत, म सबै मानिसलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म औपचारिक रूपमा मानवजातिमाझ प्रवेश गर्नेछु, र तिनीहरू मलाई आराधना गर्न आउने तुल्याउनेछु। मैले जारी गर्ने महिमा र मेरो मुखका वचनहरूद्वारा, सबै मानिस मेरो सामु आउँछन्, र बिजुली पूर्वबाट चम्किन्छ, म पूर्वमा रहेको “जैतुनको डाँडा” मा पनि ओर्लेको छु, र धेरै अघि नै पृथ्वीमा आइसकेको छु, र म अब यहूदीहरूको पुत्र होइन, बरु पूर्वको बिजुली हुँ भन्ने देख्छन्। किनभने म धेरै अघि नै मृत्युबाट बौरी उठेको छु, र मानवजातिमाझबाट प्रस्थान गरेको छु, र त्यसपछि तिनीहरूको बीचमा महिमाका साथ पुनः देखा परेको छु। म त्यही हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि आराधना गरिन्थ्यो, र म त्यही शिशु पनि हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि इस्राएलीहरूले त्यागेका थिए। त्यसभन्दा पनि बढी, म वर्तमान युगको सर्व-महिमामय सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! सबै जना मेरो सिंहासनसामु आऊन् र मेरो महिमामय मुहार देखून्, मेरा वाणीहरू सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो सम्पूर्ण अभिप्राय यही हो; यो मेरो योजनाको अन्त्य र चरमोत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य पनि हो: असङ्ख्य राष्ट्रले मेरो आराधना गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून्, र मेरा असङ्ख्य चुनिएका मानिस ममा समर्पित होऊन्!

फूटनोटहरू:

क. मूल पाठमा “भन्‍ने देख्छु” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

अर्को: देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका सारगत भिन्नता

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्