अध्याय १९

मेरो वचनहरूलाई आफ्‍ना अस्तित्वको लागि आधारको रूपमा लिनु—मानवजातिको दायित्व यही नै हो। मेरा वचनहरूका प्रत्येक र हरेक भागमा मानिसहरूले तिनीहरूका आफ्‍नो भागलाई स्थापित गर्नुपर्छ; यसो नगर्नु भनेको तिनीहरूको आफ्‍नै विनाश खोज्‍नु र आफैमा तिरस्कार निम्त्याउनु हुनेछ। मानवजातिले मलाई चिन्दैन, र यसकारणले गर्दा, तिनीहरूले आफ्‍नो जीवनहरू लेनदेनको लागि चढाउन मकहाँ ल्याउनुको सट्टा, आफ्‍ना हातमा रद्दी टोकरी बोकेर मेरो अगाडि यता-उता गरिरहन्छन्, जसद्वारा मलाई सन्तुष्टि दिने प्रयास गर्छन्। तैपनि, ती कुराहरू जस्ता कुराहरूबाट सन्तुष्ट हुनुको सट्टा, म निरन्तर रूपमा मानवजातिबाट मागहरू गरिरहन्छु। म मानिसहरूका योगदानहरू मन पराउँछु, तर तिनीहरूका मागहरूलाई घृणा गर्छु। सबै मानवसँग लोभले भरिएका हृदयहरू छन्; यो यस्तो अवस्थामा छ मानौं मानव हृदय शैतानको बन्धनमा छ, र त्यसबाट छुटेर कसैले पनि मलाई आफ्‍नो हृदय दिन सक्दैनन्। जब म बोल्छु, मानिसहरूले अचेत ध्यानले मेरो आवाजलाई सुन्छन्; तैपनि जब म चुप बस्‍छु, तब तिनीहरूले आफ्‍नै “उद्यमहरू” सुरु गर्न थाल्छन् र मेरा वचनहरूलाई सुन्‍न पूर्ण रूपमा बन्द गर्छन्, मानौं मेरा वचनहरू तिनीहरूका “उद्यमहरू” का पूरक मात्रै थिए। म मानवजातिप्रति कहिल्यै फितलो भएको छैन, र तैपनि मानवजातिप्रति म धैर्य र सहनशील रहेको छु। त्यसकारण, मेरो उदारताको परिणामस्वरूप, मानवजाति सबैले आफैलाई ठूलो ठान्‍न थाल्छन् र आत्म-ज्ञान र आत्म-मनन गर्न तिनीहरू असक्षम छन्; तिनीहरूले मलाई धोका दिनका लागि मेरो धैर्यताको फाइदा मात्रै उठाउँछन्। तिनीहरूमध्ये एक जनाले पनि मलाई इमानदारी रूपमा वास्ता गरेका छैनन्, र तिनीहरूमध्ये एक जनाले पनि तिनीहरूको हृदयको लागि प्रिय वस्तुको रूपमा मलाई कहिल्यै पनि साँचो रूपमा बहुमूल्य ठानेका छैनन्; काम नभएको क्षणहरू हुँदा मात्रै तिनीहरूले मलाई बेपरवाह रूपमा सम्‍मान दिन्छन्। मैले मानवजातिको निम्ति गरेको प्रयास पहिले नै अथाह भइसकेको छ; यसको साथै, मैले मानवहरूमा अभूतपूर्व तरिकाले काम गरेको छु, र यस बाहेक, मसँग जे छ र म जो हुँ, त्यसद्वारा तिनीहरूले केही ज्ञान प्राप्त गर्न सकून् र तिनीहरू केही परिवर्तन भएर जान सकून् भनेर मैले तिनीहरूलाई थप भार दिएको छु। म मानिसहरूलाई “उपभोक्ताहरू” मात्रै बन्‍न अनुरोध गर्दिन; म तिनीहरूलाई “उत्पादकहरू” बन्‍न पनि अनुरोध गर्छु, जसले शैतानलाई हराउँछन्। मैले मानवजातिलाई कुनै पनि कुरा गर्नको लागि माग नगर्ने भए तापनि, मैले गर्ने मागहरूका निम्ति मसँग मापदण्डहरू भने छन्, किनभने मैले जे गर्छु त्यसमा एउटा उद्देश्य हुन्छ, साथै मेरा कार्यहरूका लागि एउटा आधार हुन्छ: मानिसहरूले कल्‍पना गरेजस्तो, म जथाभाबी काम गर्दिन, न त मैले स्वर्ग र पृथ्वी अनि सृष्टिका यावत् थोकलाई नै आफूखुसी बनाएँ। मेरो कार्यमा, मानवले केही न केही देख्‍नुपर्छ, र यसबाट केही न केही प्राप्त गर्नुपर्छ। तिनीहरूले आफ्‍नो जवान अवस्थाको वसन्तलाई जथाभाबी खेर फाल्‍नु-हुँदैन, वा आफ्‍नो जीवनलाई जथाभाबी फोहोर हुन दिने लुगालाई जस्तो व्यवहार गर्नुहुँदैन; बरु, मेरो कारणले गर्दा, जबसम्‍म तिनीहरू फर्केर शैतानतर्फ अघि बढ्न सक्दैनन्, र मेरो कारणले तिनीहरूले शैतानको विरुद्ध आक्रमण सुरु गर्न सक्दैनन्, तबसम्‍म, तिनीहरूको आफ्‍नो आनन्दको लागि मेरो उदारताबाट लिँदै आफ्‍नो सुरक्षाको लागि तिनीहरू कडाइका साथ खडा हुनुपर्छ। के मानवजातिबाट मैले गर्ने मागहरू अत्यन्तै सरल छैनन् र?

जब पूर्वमा ज्योतिको धिपधिपे प्रकाश उदाउँछ, तब ब्रह्माण्डका सारा मानिसहरूले यसमा अलिक बढी ध्यान दिन्छन्। उप्रान्त झुल्‍न छोडेका मानिसहरू यो पूर्वीय ज्योतिको स्रोतलाई हेर्न अघि बढ्छन्। तिनीहरूको सीमित क्षमताको कारण, ज्योति कहाँबाट आएको हो भन्‍ने कुरालाई कसैले पनि देख्‍न सक्षम भएका छैनन्। जब ब्रह्माण्डभित्रका सबैमा पूर्ण प्रकाश पुग्छ, तब मानवहरू निन्द्रा र सपनाबाट बिउँझन्छन्, र त्यसपछि मात्रै मेरो दिन तिनीहरूकहाँ बिस्तारै आएको छ भन्‍ने कुरालाई तिनीहरूले महसुस गर्छन्। ज्योतिको आगमनको कारणले गर्दा सारा मानवजातिले उत्सव मनाउँछन्, र यसकारण उप्रान्त गहिरो निद्रामा वा अचेत अवस्थामा हुँदैनन्। मेरो ज्योतिको चमकमा, सारा मानवजाति मन र दृष्टिमा स्पष्ट बन्छन्, र अचानक जिउनुको आनन्दमा बिउँझन्छन्। कफनको कुहिरोले ढाकेको अवस्थामा, म संसारलाई हेर्छु। पशुहरू सबै विश्राममा छन्; ज्योतिको धिपधिपे प्रकाशको उदयको कारण, नयाँ जीवन आउँदैछ भन्‍ने कुराप्रति सबै सचेत बन्छन्। यसकारणले गर्दा, पशुहरूसमेत खानेकुरा खोज्‍न आफ्‍ना वासस्थानबाट घस्रँदै निस्कँदैछन्। पक्‍कै पनि बोट-बिरुवाहरू पनि अपवाद होइनन्, र म पृथ्वीमा हुँदा नै तिनीहरूको आफ्‍नै भूमिका निर्वाह गर्नको लागि प्रतीक्षा गर्दै ज्योतिको चमकमा तिनीहरूका हरिया पातहरू ज्योतिले धपक्क देखिन्छन्। सारा मानवजातिले ज्योतिको आगमनको कामना गर्छन्, र तैपनि तिनीहरूको आफ्‍नै कुरूपतालाई उप्रान्त लुकाउने ठाउँ हुनेछैन भन्‍ने कुराप्रति गहिरो चिन्ता गर्दै तिनीहरू यो ज्योतिको उदयप्रति डराउँछन्। यसको कारण के हो भने मानवहरू पूर्ण रूपमा नाङ्गै छन्, र तिनीहरूलाई ढाक्‍नको लागि केही पनि छैन। त्यसकारण ज्योतिको आगमनको परिणामस्वरूप, धेरै मानिसहरू आत्तिएका छन्, र यो देखा परेको कारण तिनीहरू चकित भएको अवस्थामा छन्। ज्योतिलाई देखेपछि, धेरै मानिसहरू आफ्‍नै अशुद्धताप्रति घिनाए पनि, वास्तविकतालाई परिवर्तन गर्न असमर्थ भएका कारण असीमित ग्‍लानिले भरिएका हुन्छन्, मैले गर्ने दण्डाज्ञाको घोषणाको लागि प्रतीक्षा गर्न बाहेक तिनीहरूले केही पनि गर्न सक्दैनन्। अन्धकारमा कष्ट भोगेर शोधन भएको कारण, धेरै मानिसहरूले ज्योतिलाई देखेपछि, यसको गहन अर्थको प्रहारले तिनीहरूलाई लाग्छ, र ज्योतिलाई फेरि गुमाउने गहिरो डरले गर्दा आफ्‍नो काखको नजिक रहेको ज्योतिलाई अङ्गालो हाल्छन्। अचानक भएको ज्योतिको आगमनद्वारा परिक्रमा पथबाट बाहिर फ्याँकिनुको सट्टा, धेरैजसो मानिसहरू आफ्‍नो हातमा रहेको दैनिक काममा नै व्यस्त बन्छन् किनभने तिनीहरू धेरै वर्षसम्‍म अन्धा भएका छन् र ज्योती आएको छ भन्‍ने कुरा पत्ता लगाउन नसकेका मात्र होइनन्, तर यसद्वारा प्रसन्‍न हुन समेत तिनीहरू सकेका छैनन्। मानवको हृदयमा, म न त उच्‍च छु न त नीच नै छु। तिनीहरूको लागि त, म अस्तित्वमा भए पनि नभए पनि त्यसले केही फरक पार्दैन; यो यस्तो छ मानौं म अस्तित्वमा थिएन भने पनि मानिसहरूको जीवन अलिकति पनि एकलो हुने थिएन, र म अस्तित्वमा थिए भने पनि, तिनीहरूको जीवनहरू अलिकति बढी आनन्दपूर्ण समेत हुनेछैन। मानवजातिले मलाई कदर नगर्ने हुँदा, मैले तिनीहरूलाई दिने आनन्दहरू थोरै छन्। तैपनि, मानिसहरूले मलाई अलिकति समेत भक्ति दिने बित्तिकै, मैले तिनीहरूप्रति राख्‍ने आचरणलाई म पनि परिवर्तन गर्नेछु। यसकारणले गर्दा, मानवहरूले यो नियमलाई बुझेपछि मात्र आफैलाई ममा समर्पित गर्नका लागि र मैले हातमा लिएर राखेका कुराहरू माग्‍नका लागि तिनीहरू पर्याप्त मात्रामा सौभाग्य हुनेछन्। के मप्रतिको तिनीहरूको प्रेम निश्‍चय नै तिनीहरूका आफ्‍नै रुचिहरूद्वारा मात्रै बाँधिएको छ? के मप्रतिको तिनीहरूको विश्‍वास निश्‍चय नै मैले दिने कुराहरूद्वारा मात्रै बाँधिएको छ? के मेरो ज्योति नदेखेसम्‍म आफ्‍नो विश्‍वासद्वारा मलाई सच्‍चा रूपमा प्रेम गर्न मानवहरू असक्षम हुन सक्छन्? के तिनीहरूको क्षमता र जोस आजका अवस्थाहरूद्वारा वास्तवमा नै सीमित गरिएका छैनन्? के मलाई प्रेम गर्नको लागि मानवजातिलाई साहसको खाँचो पर्छ?

मेरो अस्तित्वको परिणामस्वरूप, सृष्टिका असंख्य थोकहरू आफू बस्‍ने ठाउँबाट आज्ञाकारीतामा समर्पित हुन्छन्, र मेरो अनुशासनको अनुपस्थितिमा, अनैतिक परित्यागमा लिप्त हुँदैन। त्यसकारण, पहाडहरू भूमिमा राष्ट्रहरूको बीचका सिमानाहरू बन्छन्, नदी र समुद्रहरू फरक-फरक ठाउँका मानिसहरूलाई अलग राख्‍ने अवरोधहरू बन्छन्, र हावा पृथ्वी माथिको अन्तरिक्षमा व्यक्ति-व्यक्तिबीच बहने कुरा बन्छ। मानवजाति मात्रै मेरो इच्‍छाका मापदण्डहरूलाई साँचो रूपमा पालन गर्न असक्षम छ; सारा सृष्टिमध्ये, मानव मात्रै अनाज्ञाकारीको वर्गमा पर्छ भनेर मैले भन्‍नुको कारण यही नै हो। मानवजाति कहिल्यै पनि मप्रति साँचो रूपमा समर्पित भएको छैन, र यस कारणले गर्दा, सुरुदेखि नै मैले मानवजातिलाई कठोर अनुशासनमा राखेको छु। मानवजातिको बीचमा यदि मेरो महिमा सारा ब्रह्माण्डभरि फैलन पुग्छ भने, तब म मेरा सम्पूर्ण महिमालाई लिनेछु र यसलाई मानवजातिको अगाडि प्रकट गर्न लगाउनेछु। आफ्‍ना अशुद्धिमा रहेका कारण मानव मेरो महिमालाई हेर्न योग्य छैनन्, किनभने हजारौं वर्षसम्‍म म कहिल्यै पनि बाहिर आएको छैन, बरु गुप्तमा नै बसेको छु; यसकारणले गर्दा, तिनीहरूका अगि मेरो महिमा कहिल्यै पनि प्रकट भएको छैन, र तिनीहरू सँधै नै पापको अतल-कुण्डमा खसेका छन्। तिनीहरूका अधार्मिकताको लागि मैले मानवलाई क्षमा गरेको छु, तर आफैलाई कसरी संरक्षण गर्ने सो कुरा तिनीहरू सबैलाई थाहा छैन, बरु तिनीहरूले आफैलाई पापमा खुला रूपमा छोड्छन् र तिनीहरूलाई हानी गर्न यसलाई दिन्छन्। के यसले मानवजातिको आत्म-सम्‍मान र आत्म-प्रेमलाई देखाउँदैन र? के मानवजातिको बीचमा, कसैले साँचो रूपमा प्रेम गर्न सक्छ र? मानवजातिको भक्तिको तौल कति नै हुन्छ र? के मानिसहरूको तथाकथित विशुद्धतामा अशुद्ध थोकहरू मिसिएका छैनन् र? के तिनीहरूको भक्ति पूर्ण रूपमा मिश्रित छैन र? मैले चाहने कुरा तिनीहरूको अखण्डित प्रेम नै हो। मानवले मलाई चिन्दैनन्, र तिनीहरूले मलाई जान्‍ने प्रयास गरे पनि, तिनीहरूले मलाई तिनीहरूको साँचो र एकाग्रचित्त हृदयहरू दिँदैनन्। मैले मानवबाट तिनीहरू जे दिन इच्‍छुक छैनन् त्यो कुरा लिन सक्दिन। यदि तिनीहरूले मलाई तिनीहरूको भक्ति दिए भने, म यसलाई शिष्ट विनय नदेखाइकन स्वीकार गर्नेछु। तैपनि, यदि तिनीहरूले मलाई भरोसा गर्दैनन्, र आफ्‍नो सानोभन्दा सानो भाग पनि मलाई दिन इन्कार गर्छन्, तर पनि त्यस विषयमा अझै विवाद गर्दै जान्छन् भने, म तिनीहरूलाई कुनै अर्को तरिकाले खुलासा गर्नेछु र तिनीहरूका लागि उचित गन्तव्य मिलाउनेछु। आकाशमा बटारिने चट्याङ्गले तलका मानवलाई प्रहार गर्नेछ; पहाडहरू झर्ने क्रममा, तिनले तिनीहरूलाई पुर्नेछन्; भोकाएका जङ्गली जनावरहरूले तिनीहरूलाई निल्‍नेछन्; र समुद्रहरू उर्लेर आई तिनीहरूका शिरहरूमा बजारिनेछन्। मानवजाति फूटको सङ्घर्षमा संलग्‍न हुने क्रममा, सारा मानवले तिनीहरूका बीचमा पैदा हुने विपत्तिहरूमा आफ्‍नै विनाशको खोजी गर्नेछन्।

मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमा, तिमीहरूमध्ये को मानवजातिका बीचमा रहेको मानव होइनौ र? तिमीहरूमध्ये को मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब कसरी मानवजातिले प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै नजरले देखेका छौ; यो संसारमा सदासर्वदा रहने आशालाई तिमीहरूले पक्‍कै पनि अझै राखेका छैनौ? म अहिले मेरा मानिसहरूका बीचमा हिँडडुल गरिरहेको छु र म तिनीहरूका बीचमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्यका हुन्। मप्रति समर्पित हुनेहरू धन्यका हुन्, अवश्य नै तिनीहरू मेरो राज्यमा रहनेछन्। मलाई चिन्‍नेहरू धन्यका हुन्, अवश्य नै तिनीहरूले मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। मलाई खोजी गर्नेहरू धन्यका हुन्, निश्‍चय नै तिनीहरू शैतानको बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिषहरूको आनन्द लिनेछन्। आफैलाई त्याग्न सक्षम हुनेहरू धन्यका हुन्, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको उदारताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरो वचनमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरूलाई अड्याउने खम्‍बाहरू हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिहरूको घाँटी दबाउने कार्यलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

मार्च १९, १९९२

अघिल्लो: अध्याय १०

अर्को: अध्याय २६

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको गवाही हुन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नको लागि, व्यक्तिसित सिद्धान्त हुनुपर्छ, अनि व्यक्तिले सर्त पूरा गर्नुपर्छ:...

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्