अध्याय २०

मेरो घरका सम्पत्ति अनगिन्ती र अथाह छन्, तैपनि तिनको आनन्द लिन मानिस कहिल्यै मकहाँ आएको छैन। मानिस आफै एकलै आनन्द लिन असमर्थ छ, न त उसले आफै प्रयास गरेर आफूलाई रक्षा गर्न सक्छ; बरु उसले सधैँ अरूमा भरोसा गरेको छ। मैले नियाल्‍ने सबैमध्ये, कसैले पनि मलाई जानी-जानी र प्रत्यक्ष रूपमा खोजी गरेको छैन। तिनीहरू सबै अरूले कर गरेको कारण मकहाँ आउँछन्, बहुसंख्यकलाई पछ्याउँछन्, अनि तिनीहरू आफ्‍नो जीवनलाई समृद्ध तुल्याउन मूल्य चुकाउन वा समय बिताउन अनिच्‍छुक छन्। त्यसकारण, मानिसमध्ये कसैले पनि कहिल्यै वास्तविकतामा जिएको छैन, र सबै मानिसले अर्थविहीन जीवन जिउँछन्। मानिसका पहिलेदेखि चलिआएका तौरतरिका र रीतिरिवाजका कारण उसको शरीर सांसारिक माटोको गन्धले भरिएको छ। परिणामस्वरूप, मानिस संसारको बरबादीप्रति अचेत, असंवेदनशील बनेको छ, बरु उसले यो चिसोले जमेको संसारमा आफूलाई आनन्द गराउने कार्यमा आफूलाई व्यस्त राख्छ। मानिसको जीवनमा अलिकति पनि न्यानोपन छैन, र उसमा मानवता वा ज्योतिको अलिकति पनि छाप छैन—तैपनि केही पनि हासिल नगरीकन दौडधूप गर्दै मूल्यहीन जीवनकाल बिताउँदै, ऊ सधैँ आफैमा लुप्त हुन्छ। आँखा झिमिक्‍क गर्दा, मृत्युको दिन नजिक आइपुग्छ, र मानिस तीतो मृत्यु मर्छ। यस संसारमा उसले कहिल्यै पनि कुनै कुरा पूरा गरेको छैन वा कुनै कुरा प्राप्त गरेको छैन—ऊ हतारमा आउँछ र हतारमा जान्छ। मेरो नजरमा तिनीहरूमध्ये कसैले पनि कहिल्यै केही ल्याएका छैनन्, वा कुनै पनि कुरा लगेका छैनन्, त्यसकारण मानिसलाई संसार न्यायसङ्गत छैन भन्‍ने लाग्छ। तैपनि कोही पनि हतारमा जान चाहँदैनन्। तिनीहरूले बाटो बिराएर गएको बेला फेरि एक पटक अनन्त जीवनको मार्ग देखाउँदै स्वर्गबाट अचानक मेरो प्रतिज्ञा मानिसमाझ आउने दिनको प्रतीक्षा मात्रै गरिरहन्छन्। यसरी, मैले मानिसलाई गरेको मेरो प्रतिज्ञा साँच्‍चै पूरा गरेको छु कि छैन भनेर हेर्न उसले मेरो हरेक कर्म र कार्यलाई नियाल्छ। जब मानिस कष्टको बीचमा वा चरम पीडामा, वा परीक्षाहरूले पिरोलेर ढल्‍न लागेको अवस्थामा हुन्छ, तब ऊ आफ्‍ना कष्टहरूबाट चाँडै उम्केर अर्को आदर्श ठाउँमा स्थानान्तर हुन सकोस् भनेर उसले आफू जन्‍मेको दिनलाई सराप्छ। तर जब परीक्षाहरू पार भइसकेका हुन्छन्, तब मानिस आनन्दले भरिपूर्ण हुन्छ। उसले पृथ्वीमा आफू जन्‍मेको दिनको निम्ति उत्सव मनाउँछ र उसको जन्‍म दिनलाई आशिष्‌ दिन मलाई बिन्ती गर्छ; यस पटक, मानिसले उसमाथि दोस्रो पटक मृत्यु आइपर्नेछ भन्‍ने गहन डरको कारण, विगतका शपथहरूलाई अबउप्रान्त उल्‍लेख गर्दैन। जब मेरा हातले संसारलाई माथि उठाउँछ, तब मानिसहरू आनन्दले नाच्छन्, तबउप्रान्त शोकाकुल हुँदैनन्, र तिनीहरू सबैले ममाथि भरोसा गर्छन्। जब म मेरा हातले मेरो अनुहार छोप्छु, र मानिसहरूलाई भूमिभन्दा मुनि थिच्छु, तिनीहरू तुरुन्तै सास फेर्न असमर्थ हुन्छन्, र जसोतसो बाँच्‍छन्। मैले तिनीहरूलाई नष्ट गर्नेछु भनेर डरले थरथर काम्दै तिनीहरू सबैले मलाई पुकार्छन्, किनभने तिनीहरू सबैले मैले महिमा प्राप्त गर्ने दिनलाई देख्‍न चाहन्छन्। मानिसले मेरो दिनलाई उसको अस्तित्वको पूँजीको रूपमा लिन्छ, र मानिसहरूले मेरो महिमा आइपुग्‍ने दिनको तृष्णा गर्ने हुनाले मात्रै मानवजाति आजसम्‍म बाँचेको छ। मेरो मुखले जारी गरेको आशिष्‌ के हो भने, आखिरी दिनहरूको अवधिमा जन्‍मनेहरूले मेरा सबै महिमा देख्‍ने सौभाग्य पाउँछन्।

युगहरूभरि, धेरै जना निराशामा र अनिच्छुक हुँदै यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्‍वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति आउने बन्दोबस्त गरेको छु र धेरैलाई पठाएको छु। अनगिन्ती मानिस मेरा हात भएर गएका छन्। धेरै आत्मालाई पातालमा फालिएका छन्, धेरैले शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यका आशिष्‌हरूको आनन्द लिने मौका पाएका छैनन्। मैले मानिसलाई धेरै नै दिएको छु, तापनि उसले थोरै प्राप्त गरेको छ, किनकि शैतानका शक्तिहरूको आक्रमणले उसलाई मेरा सबै सम्पत्तिहरूको आनन्द लिन नसक्ने बनाएका छन्। उसले ती सम्पत्तिलाई देख्‍ने सौभाग्य मात्र पायो, तर पूर्ण रूपमा तिनको आनन्द लिन कहिल्यै पाएको छैन। मानिसले स्वर्गका सम्पत्तिहरू प्राप्त गर्न आफ्‍नो शरीरमा कहिले पनि खजाना घर भेट्टाएको छैन, यसैले मैले उसलाई प्रदान गरेका आशिष्‌हरू उसले गुमाएको छ। के मानिसको आत्मा भनेको उसलाई मेरो आत्मासँग जोड्ने कुरा होइन र? मानिस किन उसको आत्माद्वारा ममा कहिले पनि लीन भएको छैन? ऊ किन देहमा मेरो नजिक आउँछ, तैपनि आत्मामा त्यसो गर्न असक्षम छ? के मेरो साँचो मुहार देहको मुहार हो? मानिसले किन मेरो सार जान्दैन? के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्‍ह छैन? के म मानिसको आत्मादेखि पूर्ण रूपमा हराएको छु? यदि मानिस आत्मिक क्षेत्रमा प्रवेश गर्दैन भने, उसले कसरी मेरा अभिप्रायहरूलाई राम्ररी बुझ्‍न सक्छ? मानिसको नजरमा आत्मिक क्षेत्रलाई प्रत्यक्ष रूपमा छेड्न सक्‍ने कुरो छ? मैले मानिसलाई धेरै पटक मेरो आत्माद्वारा बोलाएको छु, तैपनि मैले घोचेको छु जस्तो गरी मानिसले व्यवहार गर्छ अनि उसलाई अर्कै संसारमा डोर्‍याउँछु कि भन्‍ने ठूलो डरले मलाई टाढैबाट सम्‍मान गर्छ। मैले धेरै पटक मानिसको आत्मालाई सोधपुछ गरेँ, तापनि म उसको घरमा पस्‍नेछु र उसका सबै सर-सम्पत्ति खोस्ने मौका छोप्‍नेछु भनेर अत्यन्तै डराउँदै ऊ पूर्णतया बेखबर रहन्छ। यसैले मजबुत तरिकाले बन्द गरिएको ढोकाबाहिर मलाई जाडो सहनको लागि छोडेर, उसले मलाई बाहिरै राख्छ। मानिस धेरै पटक लडेको छ र मैले उसलाई बचाएको छु, तापनि उठेपछि उसले मलाई तुरुन्तै छोड्छ, अनि मेरो प्रेमले उसलाई छुन नपाउँदै, मतर्फ सावधानीपूर्वक नजर लाउँछ; मैले मानिसको हृदयलाई कहिल्यै पनि न्यानो पारेको छैनँ। मानिस भावनाविनाको चिसो रक्तधारी प्राणी हो। मेरो अङ्गालोमा न्यानो भए तापनि, ऊ यसबाट कहिले पनि गहिरोसित प्रभावित भएको छैन। मानिस पहाडमा बस्ने जङ्गलीजस्तो छ। मैले मानवजातिको निम्ति गरेका सबै हेरचाहलाई उसले कहिले पनि महत्त्व दिएको छैन। ऊ मेरो नजिक आउन अनिच्छुक छ, पर्वतहरूको माझमा बस्‍न रुचाउँछ, जहाँ उसले जङ्गली पशुहरूको खतरालाई सहन्छ—तापनि ऊ ममा शरण लिन अझै अनिच्छुक छ। म कुनै पनि मानिसलाई कर लगाउँदिनँ: म मेरो काम मात्र गर्छु। त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यो राज्यमा परमेश्‍वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छ, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले तबउसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले तबउसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काको विरुद्धमा लडाइँ गर्दैनन्, तबउसो नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूका अनुहारमा तबउसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैनन्। तबउसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्‍ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र? आज तैँले तिर्ने मूल्यको कारण तैँले भविष्यका आशिष्‌हरू पाउनेछस् र मेरो महिमामा जिउनेछस्। के तिमीहरू अझै पनि मेरा आत्माको सारमा संलग्‍न हुन चाहँदैनौ? के तिमीहरू अझै पनि आफूलाई मार्न चाहन्छौ? मानिसहरू देख्न सक्ने प्रतिज्ञाहरू क्षणिक प्रकृतिकै भए पनि तिनकै पछि लाग्न इच्छुक छन्, भोलिका प्रतिज्ञाहरू अनन्तका निम्ति भए पनि ती स्वीकार गर्न कोही पनि तयार छैनन्। मानिसले देख्न सक्ने कुराहरू नै मैले नाश गर्ने कुरा हुन् अनि जुन मानिसहरूले सजिलै देख्न-छुन नसक्ने कुराहरू नै मैले हासिल गर्ने कुरा हुन्। परमेश्‍वर र मानिसबीचको भिन्नता नै यही हो।

मेरो दिन कहिले आउनेछ भनेर मानिसले हिसाब गरेको छ, तर कसैले पनि कहिल्यै ठीक मिति जानेको छैन, त्यसकारण मानिस अचेत अवस्थामा मात्रै जिउन सक्छ। मानिसका तृष्णाहरू असीमित आकाशहरूसम्म गुञ्जिएर हराउने हुनाले, मानिसले बारम्‍बार आशा गुमाएको छ, यहाँसम्‍म कि ऊ उसका वर्तमान परिस्‍थितिहरूमा झरेको छ। मेरा वाणीहरूको उद्देश्य मानिसलाई मितिहरूको खोजी गर्न लगाउनु होइन, न त उसको नैराश्यताको कारण उसलाई उसको आफ्नै विनाशतर्फ धकेल्नु नै हो। म मानिसलाई मेरो प्रतिज्ञा स्वीकार गर्न लगाउन चाहन्छु, र म संसारभरिका मानिसले मेरो प्रतिज्ञाको हिस्सा पाऊन् भन्‍ने चाहन्छु। म जीवनले भरिपूर्ण जीवित प्राणीहरू चाहन्छु, मृत्युमा जाकिएका लासहरू होइन। म राज्यको टेबलमा बसेको हुनाले, पृथ्वीका सबै मानिसलाई मेरो निरीक्षण ग्रहण गर्न लगाउनेछु। म मेरो अघि कुनै पनि अशुद्ध कुराको उपस्थिति हुन दिँदिनँ। मेरो काममा म कुनै पनि मानिसको हस्तक्षेप सहँदिनँ; मेरो कामलाई हस्तक्षेप गर्ने सबैलाई कालकोठरीहरूमा फालिन्छन् र तिनीहरू रिहाइ भएपछि पनि पृथ्वीका प्रचण्ड ज्वालाहरू सामना गर्दा विपत्तिद्वारा पिरोलिइरहन्छन्। जब म मेरो देहधारी शरीरमा हुन्छु, तब ज-जसले मेरो देहसँग मेरो कामबारे विवाद गर्छन्, तिनीहरूलाई म घृणा गर्नेछु। धेरै पटक मैले सबै मानिसलाई के कुरा याद गराएको छु भने, पृथ्वीमा मेरो नातेदार कोही पनि छैन, र ज-जसले मलाई आफू समान ठान्छन्, र मसँग विगतको यादमा डुब्‍नको लागि मलाई आफूतिर तान्छन्, तिनीहरू विनाशमा पर्नेछन्। मेरो आदेश यही हो। यस्ता कुराहरूमा म मानिसप्रति अलिकति पनि दयालु छैनँ। मेरो काममा हस्तक्षेप गर्ने र मलाई परामर्श दिने सबैलाई म सजाय दिनेछु, र तिनीहरूलाई म कहिल्यै क्षमा दिनेछैनँ। यदि मैले स्पष्ट रूपमा बोलिनँ भने, मानिस कहिल्यै पनि होसमा आउनेछैन, र अनजानमा मेरो सजायमा पर्नेछ—किनभने मानिसले मेरो देहमा रहेको मलाई चिन्दैन।

मार्च २०, १९९२

अघिल्लो: अध्याय १९

अर्को: अध्याय २१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्