अध्याय ४१

मैले एकपटक मानिसहरूको बीचमा ठूलो प्रयास गरेको छु, तर तिनीहरूले यो कुराको पत्तो पाएनन्, त्यसकारण मैले तिनीहरूको निम्ति यो कुरालाई चरणबद्ध रूपमा प्रकट गर्न मेरो वचन प्रयोग गर्नुपर्‍यो। तैपनि, मानिसले मेरा वचनहरूलाई बुझ्‍न सकेन, अनि मेरो योजनाको उद्देश्यप्रति अनजान रह्‍यो। त्यसकारण, तिनीहरूका त्रुटि र कमीकमजोरीहरूका कारण, मानिसहरूले मेरो योजनालाई बाधा पुर्‍याउने काम गरे, र यसले सबै किसिमका अशुद्ध आत्‍माहरूलाई प्रवेश गर्ने मौका दियो, त्यसकारण मानवजाति तिनीहरूको सिकार बने र तिनीहरूलाई यी अशुद्ध आत्‍माहरूले तिनीहरू पूर्ण रूपमा दूषित भइञ्‍जेल यातना दिए। त्यसपछि मात्रै मैले मानिसका अभिप्राय र उद्देश्यहरूलाई राम्ररी देखेँ। मैले बादलहरूका बीचबाट सुस्केरा लिएँ: किन मानिसहरू सधैँ आफ्‍नै लागि काम गर्छन्? के मेरा सजाय तिनीहरूलाई सिद्ध तुल्याउनको लागि होइनन् र? के मैले जानी-जानी तिनीहरूको सकारात्मक मनोवृत्तिमा प्रहार गरिरहेको छु? मानिसको भाषा सुन्दर र कोमल भए पनि, उसका कार्यहरू पूर्ण रूपमा भताभुङ्ग छन्। किन मैले मानिसलाई दिएका मापदण्डहरूको सधैँ कुनै परिणाम आउँदैन? के यो मैले कुकुरलाई रूख चढ्न सिकाएको जस्तै भएको हुन सक्छ? के मैले व्यर्थमा धेरै कष्ट गरिरहेको छु? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा, मैले विभिन्‍न प्रकारका “प्रयोगात्मक युक्तिहरू” को योजना बनाएको छु; तैपनि, यसको नाजुक अवस्था र यसले धेरै वर्षसम्‍म सुर्यको ज्योति नपाएकोले यो भूभाग निरन्तर परिवर्तन भइरहेको छ, जसले गर्दा भूमिमा “क्षय” हुन्छ। त्यसकारण, मेरो स्मरणमा मैले त्यस्ता भूमिका अनगिन्ती टुक्राहरूलाई त्यागेको छु। अहिले समेत, भूमिको धेरैजसो भाग परिवर्तन भइरहन्छ। यदि कुनै दिन, भूमि पूर्ण रूपमा अर्को प्रकारमा परिवर्तन भयो भने, म मेरो हातको एकै झट्काद्वारा त्यसलाई पन्छाउनेछु—के अहिलेको चरणमा मैले गर्ने काम ठीक यही होइन र? तर मानवजातिलाई यसको बारेमा अलिकति पनि थाहा छैन; तिनीहरूलाई मेरो “मार्गनिर्देशन” अन्तर्गत “सजाय” मात्रै दिइन्छ। त्यो के राम्रो भयो र? के म मानिसलाई सजाय दिनकै लागि आउने परमेश्‍वर हुन सक्छु? माथिको स्वर्गहरूमा, मैले म मानिसहरूका बीचमा आएपछि, म तिनीहरूमध्येकै एक बन्‍नेछु, ताकि मैले प्रेम गर्नेहरू सबै मेरो नजिक हुन सकून् भनेर एकपटक योजना बनाएको थिएँ। तैपनि, अहिले आजको यो चरणमा आइपुगिसकेपछि, मानिस मेरो सम्पर्कमा नभएको मात्र होइन, बरु मेरो सजायको कारण मबाट टाढै बस्छ। ऊ टाढा बसेको कारण म बिलौना गर्दिनँ। यसको बारेमा के गर्न सकिन्छ र? मानिसहरू सबै जुन धुन बज्यो त्यही धुनमा गाउने प्रस्तोताहरू हुन्। मानिसलाई मेरो पकडबाट “चिप्‍लन” दिने मेरो क्षमताप्रति म ढुक्क छु, र तिनीहरूलाई “अरू भागहरू” बाट मेरो “कारखाना” मा फर्काएर ल्याउने मेरो क्षमतामा म अझै बढी ढुक्क छु। यस मोडमा, मानिससँग के गुनासो हुन सक्छ र? अनि मानिसले मलाई के नै गर्न सक्छ र? के मानिसहरू पर्खालको माथि बढिरहेका घाँसहरू जस्तै होइनन् र? तैपनि, म मानिसलाई यो गल्तीको लागि हानि गर्दिनँ, बरु तिनीहरूलाई मेरा पोषणहरू दिन्छु। कसले मानिसलाई यति कमजोर र शक्तिविहीन बनायो? कसले तिनीहरूलाई पोषण अभावको अवस्थामा पुर्‍यायो? म मानिसको चिसो हृदयलाई मेरो न्यानो अङ्गालोले रूपान्तरण गर्छु: अरू कसले त्यस्तो कुरा गर्न सक्छ र? मैले मानिसको बीचमा त्यस्तो काम गरेको छु? के मानिसले साँच्‍चै मेरो हृदयलाई बुझ्‍न सक्छ त?

मैले छनौट गरेका सबै मानिसहरूका बीचमा, म एउटा “व्यवसायमा” संलग्‍न भएको छु, त्यसकारण मेरो घरमा सधैँ कहिल्यै अन्त्य नहुने गरी मानिसहरूको आवतजावत भइरहन्छ। तिनीहरू सबै मेरो स्थानमा विभिन्‍न औपचारिकतामा संलग्‍न हुन्छन्, मानौं तिनीहरूले मसँग व्यापार-व्यवसायको कुरा गरिरहेका छन्, जसले मेरो कार्यलाई भारी रूपमा व्यस्त तुल्याउँछ, यहाँसम्‍म कि कहिलेकहीँ त म तिनीहरूबीचको कलहलाई सम्‍हाल्नै सक्दिनँ। म मानिसहरूलाई मेरो बोझमा थप बोझ नथप्‍न आग्रह गर्छु; सधैँ मेरै भरोसा गरिरहनुभन्दा तिनीहरूले आफ्‍नै बाटो बनाएको भए राम्रो हुनेथियो। तिनीहरू सधैँ मेरा घरमा बालबच्‍चाजस्तो भएर जिउनु हुँदैन; त्यसो गर्दा के नै फाइदा हुन्छ र? मैले जे गर्छु त्यो निकै महत्त्वपूर्ण व्यवसाय हो; मैले कुनै “छिमेकी खाजा पसल” वा अर्को कुनै सानो “सुलभ भण्डार” चलाउँदिन। मानिसहरू सबै मेरो मनको स्थितिलाई बुझ्‍न असफल छन्, मानौं तिनीहरूले जानी-जानी मसँग ठट्टा गरिरहेका छन्, मानौं तिनीहरू खेल्‍ने अतृप्त चाहना भएका, गम्‍भीर विषयहरूलाई कहिल्यै विचार नगर्ने चकचके बालबच्चा हुन्, जसले धेरैलाई मैले तिनीहरूलाई दिएको “गृहकार्य” गर्न असफल बनाएका छन्। कसरी त्यस्ता मानिसहरूलाई तिनीहरूको “शिक्षक” को अघि आफ्‍नो अनुहार देखाउने आँट हुन्छ? किन तिनीहरू कहिल्यै तिनीहरूले गर्नुपर्ने काममा ध्यान दिँदैनन्? मानिसको हृदय कस्तो प्रकारको वस्तु हो? आजको दिनसम्‍म, म यस विषयमा अस्पष्ट नै छु। किन मानिसको हृदय अटुट रूपमा परिवर्तन भइरहन्छ? यो त जुन महिनाको दिनजस्तै छ: अहिले नै घाम चर्किरहेको हुन्छ, अहिले नै बाक्‍लो बादल लाग्छ, र अहिले नै बतास चल्छ। त्यसकारण, मानिसले किन अनुभवबाट सिक्‍न सक्दैन? सायद मैले जे भनेँ त्यो अत्युक्ति हुन सक्छ। वर्षाको मौसममा छाता बोक्‍नुपर्छ भन्‍नेसमेत मानिसलाई थाहा छैन, त्यसकारण, तिनीहरू आफ्नो अज्ञानताको कारण धेरै पटक अचानक भारी वर्षामा परी पूर्ण रूपमा भिजेका छन्, मानौं मैले तिनीहरूलाई जानी-जानी गिज्याइरहेको छु र तिनीहरू सधैँ स्वर्गबाट झर्ने वर्षाको आक्रमणमा परिरहेका छन्। अथवा, सायद म अत्यन्तै “निर्दयी” छु, र मानिसको ध्यान खलबल्याएर के गर्ने भनी थाहा नहुने गरी सधैँ अलमल्याउँछु। कुनै पनि मानिसले कहिल्यै पनि मेरो कामको उद्देश्य वा महत्त्वलाई साँचो रूपमा बुझेको छैन। यस्तो भएको हुनाले, तिनीहरू सबैले आफैलाई बाधा दिने र सजाय दिने काम गरिरहेका छन्। के म साँच्‍चै तिनीहरूलाई सजाय दिन निस्कन्छु त? किन मानिसहरूले आफ्‍नो लागि आफै समस्या पैदा गर्छन्? तिनीहरू किन सधैँ फन्दातिर हिँड्छन्? किन तिनीहरूले मसँग वार्तालाप गर्दैनन्, बरु सधैँ आफ्नो लागि काम गर्ने बाटोहरूको खोजी गर्छन्? के मैले मानिसलाई दिने सबै कुरा पर्याप्त नभएको हुन सक्छ?

मैले मेरो “पहिलो काम” सबै मानवजातिको बीचमा प्रकाशन गरेको छु, र मेरो प्रकाशनले मानिसमाझ निकै ठूलो आदरभाव पैदा गर्ने हुनाले, तिनीहरू सबैले यसलाई विस्तृत रूपमा र होशियारीसाथ अध्ययन गर्छन्, अनि यो ध्यानपूर्ण अध्ययनद्वारा, तिनीहरूले धेरै कुरा प्राप्त गरेका छन्। मेरो लिखित कार्य अचम्‍मको, अत्यन्तै जटिल उपन्यासजस्तो देखिन्छ; यो रोमान्टिक गद्य कविताजस्तो देखिन्छ; यो राजनीतिक कार्यक्रमको छलफलजस्तो देखिन्छ; यो आर्थिक बुद्धिको सार-संग्रहजस्तो देखिन्छ। मेरो लिखित कार्य अत्यन्तै प्रचुर भएको हुनाले, यसको बारेमा विभिन्‍न फरक-फरक विचारहरू छन्, र मेरो यो कार्यलाई सारांशित गर्ने प्रस्तावना कसैले पनि प्रदान गर्न सकेको छैन। मानिसहरूसँग “असाधारण” ज्ञान र प्रतिभा हुन सक्छ, तर मेरो यो कार्य सक्षम र प्रतिभावान् मानिसहरू सबैलाई असमञ्जसमा पार्नको लागि पर्याप्त छ। “रगत बग्‍न सक्छ, आँसु झर्न सक्छ, तर शिर कहिल्यै पनि झुकाउनु हुँदैन” भन्‍ने तिनीहरूको भनाइजस्तै, मेरो लिखित कामको अघि आत्मसमर्पणता व्यक्त गर्नको लागि तिनीहरूले पहिले नै अचेत रूपमा आफ्‍नो शिर निहुर्‍याइसकेका छन्। मानिसले आफ्‍नो अनुभवका पाठहरूद्वारा, मेरो लिखित कार्यलाई आकाशबाट खसेको स्वर्गीय पुस्तक हो भनी सारांशित गरेको छ। तैपनि म मानिसलाई त्यति धेरै संवेदनशील नहुन आग्रह गर्छु। मेरो दृष्टिकोणमा, मैले जे भने त्यो सबै साधारण नै छन्; तैपनि, मेरो आशा के छ भने, मेरो कार्यमा समावेश जीवनको विश्‍वकोशमा, मानिसहरूले जीविकोपार्जनको कुनै उपाय पत्ता लगाउन सक्‍नेछन्; मानिसको गन्तव्यमा, तिनीहरूले जीवनको अर्थको खोजी गर्न सक्छन्; स्वर्गका रहस्यहरूमा, तिनीहरूले मेरो इच्‍छाको खोजी गर्न सक्छन्; अनि मानवजातिको मार्गमा, तिनीहरूले जिउने कला खोजी गर्न सक्छन्। के यसरी काम-कुराहरू अझै असल हुँदैनन् र? म मानिसलाई जबरजस्ती गर्दिन; यदि कुनै व्यक्तिलाई मेरो लिखित कार्यप्रति “चासो छैन” भने, म तिनीहरूलाई मेरो पुस्तकको रकमका साथै “सेवा शुल्क” “फिर्ता” दिनेछु। म कसैलाई पनि जबरजस्ती गर्दिनँ। यो पुस्तकको लेखको रूपमा, पाठकहरूले मेरो कार्यलाई मन पराउनेछन् भन्ने मेरो एउटै आशा छ, तर मानिसहरूले सधैँ फरक-फरक कुरा मन पराउँछन्। त्यसकारण, म मानिसहरूलाई के आग्रह गर्छु भने तिनीहरूले अनुहारसम्‍बन्धी विचारहरू त्याग्‍न नसकेकै कारण तिनीहरूको भावी सम्‍भावनाहरूमा सम्झौता नगरून्। यदि तिनीहरूले त्यसो गरे भने, दयालु मन भएको मैले कसरी त्यस्तो ठूलो अपमान सहन सक्छु र? यदि तिमीहरू मेरो कार्य मन पराउने पाठकहरू हौ भने, मलाई आशा छ, तिमीहरूले मलाई तिमीहरूका आफ्‍नै बहुमूल्‍य सुझावहरू प्रदान गर्नेछौ, र मेरो लेखाइलाई अझै सुधार गर्नेछौ भन्‍ने मेरो आशा छ, र यसरी मानिसका गल्तीहरूद्वारा मेरो लेखाइको विषयवस्तुमा सुधार आउनेछ। यसले लेखक र पाठक दुवैलाई फाइदा पुर्‍याउनेछ, होइन र? मलाई थाहा छैन, मेरो भनाइ सही छ कि छैन, र सायद यसरी मैले मेरो लेख्‍ने क्षमतालाई सुधार गर्न सक्छु, वा सायद हामीबीचको सम्‍बन्धलाई बलियो बनाउन सक्छु। समग्रमा, मलाई आशा छ, सबै मानिसहरूले मेरो काममा कुनै बाधा नदिई मसँग सहकार्य गर्न सक्छन्, ताकि मेरो वचन हरेक परिवार र घरमा पुर्‍याउन सकियोस्, ताकि पृथ्वीका सबै मानिसहरू मेरा वचनहरूमा जिउन सकून्। मेरो लक्ष्य यही नै हो। मलाई आशा छ, “मेरा वचनहरूमा जीवन” भन्‍ने अध्याय पढिसकेपछि, सबैले केही न केही प्राप्त गर्न सकून्, चाहे त्यो जीवनका नीति वचन वा मानव संसारमा आइपर्ने गल्तीको ज्ञान, वा मैले मानिसबाट के चाहन्छु त्यो कुरा, वा आजको राज्यका मानिसहरूका “रहस्यहरू” नै किन नहोस्। तैपनि, म मानिसहरूलाई आजका मानिसहरूको काण्डहरू भन्‍ने खण्डलाई हेर्न आग्रह गर्छु; यो सबैको लागि फाइदाजनक हुनेछ। नयाँ रहस्यहरू भन्‍ने खण्डबाट पढ्दा पनि त्यसले हानि गर्नेछैन, जुन मानिसहरूको जीवनको लागि अझै फाइदाजनक हुनेछ। फेरि, ताजा विषयहरू भन्ने स्तम्‍भ नियमित रूपमा पढ्नू—के यो मानिसहरूको जीवनको लागि अझै बढी लाभदायक हुनेछैन र? मेरो सल्‍लाह लिने, यसले कुनै प्रभाव पार्छ कि पार्दैन हेर्ने, त्यसपछि यसलाई पढेपछि तिमीहरूलाई कस्तो लाग्यो सो मलाई बताउने गर्दा कुनै हानि हुँदैन, र त्यसरी मैले सही औषधि प्रदान गर्न सक्छु, र अन्तिममा, मानवजातिको रोग-बिमारहरू सबैलाई पूर्ण रूपमा हटाउन सक्छु। मेरा सुझावहरू तिमीहरूलाई कस्तो लाग्यो मलाई थाहा छैन, तर तिमीहरूले तिनलाई सन्दर्भ सामग्रीको रूपमा लिनेछौ भन्‍ने मेरो आशा छ। त्यसो गरे कसो होला?

मे १२, १९९२

अघिल्लो: अध्याय ४०

अर्को: अध्याय ४२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के तँ जीवित भएको व्यक्ति होस्?

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न...

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

अध्याय १३

मेरा वचन र वाणीहरूमा मेरा धेरै आशयहरू लुकेका हुन्छन्, तर मानिसहरूले यी कुराहरू जान्दैनन् र बुझ्दैनन्; उनीहरूले मेरा वचनहरूलाई बाह्य रूपमै...

अध्याय ८

जब मेरा प्रकाशहरू उत्कर्षमा पुग्छन्, र जब मेरो न्याय अन्त्यतिर आइपुग्छ, त्यो बेला मेरा सबै मानिसहरू प्रकट हुने र पूर्ण बनाइने समय हुनेछ। म...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्