अध्याय ४५
एक पटक मैले मेरो घरमा राख्नको लागि असल वस्तुहरू छनौट गरेँ, ताकि त्यसभित्र अतुलनीय सम्पत्तिहरू होस् र यसलाई त्यसरी नै सिँगारिएको होस्, अनि यसबाट मैले आनन्द प्राप्त गरेँ। तर मप्रतिको मानिसको मनोवृत्तिको कारण, र मानिसहरूको हेतुका कारण, यस कार्यलाई पन्छ्याएर अर्को काम गर्ने बाहेक मसँग कुनै विकल्प थिएन। म मेरो काम पूरा गर्नको लागि मानिसका उत्प्रेरणाहरू प्रयोग गर्नेछु, म सबै कुरालाई मेरो सेवा गर्नको लागि मिलाउनेछु, र यसको परिणाम स्वरूप, उप्रान्त मेरो घरलाई त्यति अन्धकारमय र निराश नरहने तुल्याउँछु। मैले एक पटक मानिसको बीचमा नियालेको थिएँ: देह र रगतले बनेका सबै अचेत अवस्था थिए, र एउटै कुराले पनि मेरो अस्तित्वको आशिष् अनुभव गरेन। मानिसहरू आशिषहरूका बीचमा जिउँछन् तर तिनीहरू कति आशिषित् छन् सो तिनीहरूलाई थाहा छैन। यदि मानवजातिप्रतिको मेरा आशिषहरू आजको दिनसम्म अस्तित्वमा नरहेका भए, मानवजातिको बीचमा को आजको दिनसम्म दृढ रहनेथियो र नाश हुनेथिएन? मानिस मेरो आशिषमा जिउँछ, यसको अर्थ ऊ मेरा आशिषहरूको बीचमा जिउँछ भन्ने हुन्छ, किनभने सुरुमा उसँग केही पनि थिएन, र सुरुमा उसँग पृथ्वीमा र स्वर्गमुनि जिउने पुँजी थिएन; आज म मानिसलाई सहायता गर्ने कार्यलाई जारी राख्छु, र यसको कारणले मात्रै मृत्युबाट उम्कने सौभाग्य पाएर मानिस मेरो सामने खडा हुन्छ। मानिसहरूले मानव अस्तित्वका रहस्यहरू भेला गरेका छन्, तर यो मेरो आशिष हो भन्ने कुरालाई कहिल्यै पनि कसैले बुझेको छैन। परिणामस्वरूप, सबै मानिसहरूले संसारको अन्यायलाई सराप्छन्, र तिनीहरू सबैले आफ्नो जीवनका अप्रसन्नताको निम्ति मलाई गुनासो गर्छन्। मेरा आशिषहरू नभएका भए, आजको दिनलाई कसले देख्नेथियो र? सबै मानिसहरूले मेरो बारेमा गुनासो गर्छन्, किनभने तिनीहरू सहजताको बीचमा जिउन सक्दैनन्। यदि मानिसको जीवन उज्यालो र प्रसन्न भएको भए, यदि मानिसको हृदयमा न्यानो “वसन्तको मन्द हावा” पठाएर उसको सम्पूर्ण शरीरलाई असीमित मनोहर अनुभूति दिइयो र उसँग अलिकति पनि पीडा बाँकी रहेन भने, मानिसको बीचमा को गुनासो गर्दै मर्थ्यो? मानिसको पूर्ण इमानदारीता प्राप्त गर्न मलाई निकै कठिन भएको छ, किनभने मानिसहरूसँग धेरै नै धूर्त युक्तिहरू छन्—स्पष्ट रूपमा नै, ती दिमाग खराब गर्नको लागि पर्याप्त छन्। तर जब म तिनीहरूलाई विरोध जनाउँछु, तिनीहरूले मलाई रूखो व्यवहार गर्छन् र मलाई कुनै ध्यान दिँदैनन्, किनभने मेरा विरोधहरूले तिनीहरूको प्राणलाई छोएर तिनीहरूलाई शिरदेखि पाउसम्मै सुधार हुन असमर्थ तुल्याएको हुन्छ, त्यसकारण मानिसहरूले मेरो अस्तित्वलाई घृणा गर्छन्, किनभने म सधैँ तिनीहरूलाई “कष्ट दिन” मन पराउँछु। मेरा वचनहरूको कारण, मानिसहरू गाउँछन् र नाच्छन्; मेरा वचनहरूका कारण, तिनीहरू चुपचाप शिर झुकाउँछन्; अनि मेरा वचनहरूको कारण, तिनीहरू भक्कानो फुटाउँदै रुन्छन्। मेरा वचनहरूमा, मानिसहरू हरेस खान्छन्; मेरा वचनहरूमा, तिनीहरूले जिउने ज्योति प्राप्त गर्छन्। मेरा वचनहरूका कारण तिनीहरू दिन-रात सुत्न नसकी कोल्टे फेर्छन्, अनि मेरा वचनहरूको कारणले, तिनीहरू जताततै दौडधूप गर्छन्। मेरा वचनहरूले मानिसहरूलाई पातालमा फ्याँक्छन्, त्यसपछि तिनीहरूलाई सजायमा जाक्छन्—तर थाहै नपाई, मानिसहरूले मेरा आशिषहरू पनि प्राप्त गर्छन्। के मानिसले यो कुरा हासिल गर्न सक्छ? के मानिसहरूको अथक प्रयासको सट्टामा यो प्राप्त हुन्छ? मेरा वचनहरूको योजनाबद्ध कार्यहरूबाट को उम्कन सक्छ? तसर्थ, मानिसहरूको असफलताको कारण, म मानवजातिलाई मेरा वचनहरू दिन्छु, अनि मेरा वचनहरूको कारण मानवजातिको जीवनमा अतुलनीय सम्पत्तिहरू ल्याउँदै मानिसका कमीकमजोरीहरूलाई हटाउने गरी भरणपोषण दिन्छु।
म मानिसहरूका वचनहरू र कार्यहरूलाई प्रायजसो छानबिन गर्छु। तिनीहरूको बानीबेहोरा र अनुहारको हाउभाउमा, मैले धेरै “रहस्यहरू” पत्ता लगाएको छु। अरूसँगको मानिसहरूको अन्तरक्रियाहरूमा, “गुप्त विधिहरू” ले नै मुख्य स्थान लिन्छन्—तसर्थ, जब म मानिससँग संलग्न हुन्छु, मैले प्राप्त गर्ने भनेका “मानव अन्तरक्रियाका गुप्त विधिहरू” हुन्, जुन कुराले मानिसले मलाई प्रेम गर्दैन भन्ने देखाउँछ। म मानिसलाई उसका असफलताहरूका कारण हप्काउँछु, तैपनि मैले उसको भरोसा जित्न सक्दिनँ। मानिसले मलाई मार्न दिन इच्छुक छैनन्, किनभने मानिसको “मानव अन्तरक्रियाका गुप्त विधिहरू” मा, मानिसले घातक विपत्ति भोगेको छ भनेर कहिल्यै पत्ता लगाइएको छैन—उसले दुर्भाग्यको अवधिमा केही वाधा-व्यवधानहरू मात्रै भोगेको छ। मेरा वचनहरूको कारण मानिसहरू पुकार्छन्, र तिनीहरूका बिन्तीहरूमा सधैँ मेरो रूखोपन बारेमा गुनासाहरू हुन्छन्। यो यस्तो हुन्छ मानौं तिनीहरू सबैले मानिसप्रतिको मेरो साँचो “प्रेम” लाई खोजिरहेका छन्—तर मेरा कडा वचनहरूमा तिनीहरूले कसरी मेरो प्रेम भेट्टाउन सक्छन्? परिणामस्वरूप, मेरा वचनहरूको कारण तिनीहरूले जहिल्यै आशा गुमाउँछन्। यो यस्तो हुन्छ, मानौं तिनीहरूले मेरा वचनहरू पढ्ने बित्तिकै, तिनीहरूले “भयङ्कर मृत्यु” देख्छन्, त्यसकारण डरले काम्छन्। यसले मलाई बेखुशी तुल्याउँछ: किन मृत्युको बीचमा जिउने देहका मानिसहरू सधैँ मृत्युदेखि डराउँछन्? के मानिस र मृत्यु तीता शत्रुहरू हुन्? किन मृत्युको डरले मानिसहरूमा सधैँ हैरानी पैदा गर्छ? तिनीहरूको जीवनका “असाधारण” अनुभवहरूभरि, के तिनीहरूले थोरै मृत्यु मात्रै अनुभव गर्छन्? किन आफूले बताउने कुरामा, मानिसहरूले सधैँ मेरो बारेमा गुनासो गर्छन्? तसर्थ, म मानव जीवनको चौथो भनाइलाई सारांशित गर्छु: मानिसहरू मप्रति थोरै मात्रै आज्ञाकारी छन्, तसर्थ, तिनीहरूले सधैँ मलाई घृणा गर्छन्। मानिसको घृणाको कारण, म प्रायजसो बिदा हुन्छु। मैले किन सधैँ आफूलाई यस अवस्थामा पार्नुपर्छ? मैले किन मानिसहरूमा सधैँ घृणा पैदा गर्नुपर्छ? मानिसहरूले मेरो अस्तित्वलाई स्वागत नगर्ने हुनाले, म किन विनालाज मानिसको घरभित्र जिउनुपर्छ? मैले मेरो “भारी” लिइकन मानिसलाई छोडेर जानु बाहेक मसँग कुनै विकल्प छैन। तर मानिसहरूले मलाई जान दिन सक्दैनन्, र तिनीहरूले मलाई कहिल्यै बिदा गर्न चाहँदैनन्। म बिदा भएर जानेछु भनेर अनि जिउनको लागि तिनीहरू भर परेको कुरालाई तिनीहरूले गुमाउनेछन् भनेर डराएको कारण तिनीहरू बिलौना गर्छन् र रुन्छन्। तिनीहरूको अनुरोधको हेराइलाई हेरेर, मेरो हृदय कोमल बन्छ। संसारका सबै सागरहरूका बीचमा, मलाई प्रेम गर्न सक्ने को छ? मानिस समुद्रको शक्तिले डुबेर फोहोर पानीले ढाकिएको अवस्थामा छ। म मानिसको अनाज्ञाकारीतालाई घृणा गर्छु, तैपनि मानवजातिको सबै दुर्भाग्यको निम्ति मलाई मानवजातिप्रति दया पनि लाग्छ—आखिर मानिस अझै पनि पीडित नै हो। म कसरी मानिसलाई पानीमा फ्याँक्न सक्छु, जब ऊ कमजोर र शक्तिहीन छ? के ऊ जमिनमा हुँदा उसलाई लात मार्ने गरी म त्यति निर्दयी छु र? के मेरो हृदय त्यति दया विहीन छ? मानवजातिप्रतिको मेरो मनोवृत्तिको कारण मानिस मसँगै यो युगमा प्रवेश गर्छ, र यही कारणले गर्दा उसले मसँगै यी असाधारण दिन र रातहरू मसँगै बिताएको छ। आज, मानिसहरू आनन्दको वेदनामा छन्, तिनीहरूसँग मेरो स्नेहको अझै ठूलो बोध भएको छ, र तिनीहरूले मलाई अझै ठूलो जोसको साथ प्रेम गर्छन्, किनभने तिनीहरूको जीवनमा जीवनशक्ति छ, र तिनीहरू पृथ्वीको पल्लो छेउसम्म भौतारिने उडन्ते पुत्रहरू बन्न छोडेका छन्।
मानिससँग जिउँदाका मेरा दिनहरूमा, मानिसहरू मेरो भर पर्छन्, र मैले मानिसलाई सबै कुरामा वास्ता गर्ने र ऊप्रतिको मेरो वास्तामा मैले अत्यन्तै ध्यान दिने हुनाले, मानिसहरू प्रहार गर्ने बतास, प्रखर वर्षा, वा पोल्ने घाममध्ये कुनै नसहिकन मेरो अङ्गालोको न्यानोपनमा नै सधैँ जिउँछन्; मानिसहरू आनन्दको बीचमा जिउँछन् र मलाई प्रेमिलो आमाको रूपमा लिन्छन्। मानिसहरू “प्राकृतिक विपत्तिहरू” को प्रहारलाई कहिल्यै सहन नसक्ने, दह्रिलो गरी कहिल्यै खडा हुन नसक्ने हरितगृहका फूलहरू जस्तै छन्। तसर्थ म तिनीहरूलाई गर्जने समुद्रका परीक्षाहरूको बीचमा पार्छु, र तिनीहरू अटुट रूपमा “डगमगाउने” बाहेक केही पनि गर्न सक्दैनन्। तिनीहरूसँग वस्तुतः प्रतिरोध गर्न सक्ने कुनै शक्ति नै छैन—अनि तिनीहरूको कद अत्यन्तै सानो र तिनीहरूको शरीर अत्यन्तै कमजोर भएको हुनाले, मलाई बोझको अनुभूति हुन्छ। तसर्थ, थाहै नपाई, मानिसहरू मेरा परीक्षाहरूमा पर्छन्, किनभने तिनीहरू अत्यन्तै कमजोर छन्, र तिनीहरू गर्जने बतास र पोल्ने घाममा खडा हुन सक्दैनन्। के वर्तमानमा मेरो काम यही होइन र? मेरा परीक्षाहरूको सामना गर्दा मानिसहरू किन सधैँ आँसु झार्छन्? के मैले तिनीहरूलाई अन्याय गरिरहेको छु? के मैले तिनीहरूलाई जानी-जानी मारिरहेको छु? किन मानिसको प्रेम गर्न योग्य स्थिति कहिल्यै नजाग्ने गरी मर्छ? मानिसहरूले सधैँ मलाई हात फैलाएर समात्छन् र कहिल्यै छोड्दैनन्; तिनीहरू कहिल्यै पनि आफै जिउन नसक्ने भएका हुनाले, अरू कसैले लैजान्छन् कि भन्ने कुराको अत्यन्तै डर मान्दै तिनीहरूले सधैँ मेरो हातको अगुवाइलाई पछ्याएका छन्। के तिनीहरूको सम्पूर्ण जीवनलाई मैले नै अगुवाइ गरेको छैन र? तिनीहरूको जीवन उथलपुथल हुँदा, तिनीहरूले उतावचडाव पार गर्ने क्रममा, तिनीहरूले निकै धेरै कोलाहल अनुभव गरेका छन्—के यो मेरो हातबाट आएको थिएन र? किन मानिसहरूले मेरो हृदयलाई कहिल्यै पनि बुझ्न सक्दैनन्? किन मेरा असल अभिप्रायहरूलाई तिनीहरूले सधैँ गलत रूपमा बुझ्छन्? किन मेरो काम पृथ्वीमा सहजताको साथ अघि बढ्न सक्दैन? मानिसको कमजोरीको कारण, म मानिसबाट सधैँ टाढा बसेको छु, जुन कुराले मलाई शोकले भर्छ: किन मेरो कामको अर्को चरण मानिसमा अघि बढाउन सकिँदैन? तसर्थ, उसलाई होसियारीको साथ मुल्याङ्कन गर्दै म शान्त हुन्छु: म किन सधैँ मानिसको दोषहरूद्वारा लाचार हुन्छु? किन मेरो काममा सधैँ अवरोधहरू आउँछन्? आज, मैले मानिसमा पूरा उत्तर भेट्टाउन बाँकी नै छ, किनभने मानिस सधैँ घरी तातो र घरी चिसो बन्छ, ऊ कहिल्यै पनि सामान्य हुँदैन; उसले मलाई कि त अत्यन्तै घृणा गर्छ कि त उसँग मप्रति धेरै प्रेम हुन्छ। म सामान्य परमेश्वर स्वयम्ले मानिसले सताएको सहन सक्दिन। मानिसहरू सधैँ मानसिक रूपमा असामान्य हुने हुनाले, म मानिसप्रति अलिक डराएको जस्तो देखिन्छु, त्यसकारण उसको हरेक चाललाई हेर्दा म उसको असामान्यताको बारेमा विचार गर्छु। मैले अनजानमै मानिसको रहस्य पत्ता लगाएको छु: उसको पछाडि युक्ति गर्ने व्यक्ति रहेछ; परिणाम स्वरूप, मानिसहरू सधैँ साहसिक र आत्मविश्वासी हुन्छन्, मानौं तिनीहरूले कुनै उचित काम गरेका छन्। तसर्थ, मानिसहरूले सधैँ वयस्क भएको बहाना गर्छन्, अनि तिनीहरू “सानो बालक” ले जस्तै मीठो बोल्छन्। मानिसको पहेलीलाई हेरेर, म क्रोधित नभई रहन सक्दिनँ: मानिसहरू किन आफैप्रति यति निर्दयी र अनादरणीय बन्छन्? किन तिनीहरूले आफैलाई चिन्दैनन्? के मेरा वचनहरू बितेर गएका छन्? के मेरा वचनहरू मानिसका शत्रु हुन्? किन तिनीहरूले मेरा वचनहरू पढ्दा, तिनीहरू मप्रति आक्रोशित बन्छन्? किन मानिसहरूले सधैँ मेरा वचनहरूमा आफ्नै विचारहरू थप्छन्? के म मानिसप्रति अत्यन्तै अनुचित छु? यसको बारेमा, मेरा वचनहरूमा समावेश भएका कुराको बारेमा सबै मानिसहरूले गहन विचार गर्नुपर्छ।
मे २४, १९९२