सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नको लागि, इनामहरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिसहरू आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न, वा आफ्‍नो कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनको लागि त मानिसहरूले परमेश्‍वरमा विरलै विश्‍वास गर्छन्, न त मानिस जीवित भएकोलेउसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यसो गर्नुस्वर्गको कानुनर पृथ्वीको सिद्धान्त हो अनि मानिसको प्राकृतिक इच्‍छा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरक-फरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणासबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका पात्रहरू लगभग उही नै हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरै जना मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एक-दुई जना मानिसहरू मात्रै छैनन्, न त एक-दुई हजार नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै अपेक्षाहरू वा भविष्यका निम्ति तिनीहरूका महिमित आशाहरूका खातिर नै खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू निकै कम र टाढा-टाढा छन्। धेरैजसो भक्त विश्‍वासीहरू तिनीहरूका आफ्‍नै जालमा फसेर मरेका छन्, र यसको साथै विजयी मानिसहरूको सङ्ख्या अत्यन्तै सानो छ। आजको दिनसम्‍मै, मानिसहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के हुन् भन्‍ने कुरा अझै पनि तिनीहरूका लागि अज्ञात छ। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूले अझै पनि अचानक अन्तर्दृष्टिको क्षण पाएका छैनन्, तिनीहरू यी रहस्यहरूका पिँधमा पुगेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूको खोजीमा तिनीहरूले परिश्रमीपूर्वक प्रयासहरू गरे तापनि, तिनीहरूले हिँड्ने मार्ग तिनीहरूभन्दा अघि जानेहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ लैजाने मार्गमा नै हिँड्दैनन् र? के तिनीहरूले प्राप्त गर्ने तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍नेछन् कि कष्टमा पुग्‍नेछन् भनेर अनुमान गर्नु नै पनि कठिन छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरूलाई पछ्याएर खोजी गर्ने मानिसहरूको झन् कति नराम्रो हालतहुन्छ? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका हुँदैनन् र? मानिसहरू तिनीहरूको खोजीमा सफल भए पनि असफल भए पनि, छोटकरीमा भन्दा, तिनीहरू किन त्यसो गर्छन् भन्‍ने कुराको कारण छ, र तिनीहरूको सफलता वा असफलता तिनीहरूले जसरी मन लाग्यो त्यसरी खोजी गरेर निर्धारित हुन्छ भन्‍ने छैन।

परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत मागभनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसद्वारा उसले सम्पूर्ण सत्यता प्राप्त गर्न सक्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्यलाई पूरा गर्न सक्छ। असफल हुनेहरूले प्राप्त गर्न नसक्‍ने कुरा यही नै हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूको लागि यो प्राप्त गर्नु अझै बढी कठिन हुन्छ। आफैलाई परमेश्‍वरमा पूर्ण रूपमा समर्पित गर्नमा मानिस त्यति असल नभएकोले, सृष्टिकर्ताप्रतिको आफ्‍नो कर्तव्य निभाउन मानिस इच्‍छुक नभएकोले, मानिसले सत्यतालाई देखे पनि यसबाट टाढा बसी आफ्‍नै मार्गमा हिँड्ने हुनाले, मानिसले सधैँ असफल भएकाहरूको मार्गलाई पछ्याएर खोजी गर्ने हुनाले, मानिसले सधैँ स्वर्गको अवज्ञा गर्ने हुनाले, यसैले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलमा पर्छ, र उसको आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा माहिर नभएकोले, मानिस पावलप्रति अत्यन्तै भक्त भएकोले र स्वर्गको अत्यन्तै लालच गर्ने हुनाले, मानिसले सधैँ ख्रीष्‍टलाई उसको आज्ञापालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, यसैले ती महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न घटनाहरूको अनुभव गर्नेहरू मरणशील नै हुन्, र अझै पनि तिनीहरू परमेश्‍वरको सजायको दौरान नै मर्नेछन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छन् भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको कानुनको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसमाझको सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यता सम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यता सम्‍बन्धी सफलता वा असफलताको कुरा सबै मानिसको खोजीमा नै निर्भर हुन्छ। सत्यता सम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, तर त्यसको सट्टा यसलाई उसकै खोजीले निर्धारित गर्छ। मानिसको गन्तव्य अनि उसको सफलता वा असफलतालाई परमेश्‍वरले नै बोक्‍नुभएको होस् भनेर यसलाई परमेश्‍वरको शिरमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, तर यो परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान हुन्छ, तैपनि पत्रुस र पावलका परिणामहरूका बारेमा बाहेक अरू केही कुराको बारेमा मानिसहरूलाई थाहा हुँदैन, र पत्रुसको सफलता पछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूका बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी अझै असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भयौ भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीकोमार्ग सहि छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तैँले सदासर्वदा नै सफलता पाउन सक्‍नेछैनस्, र तैँले पनि पावलको जस्तै परिणाम भोग्‍नु पर्नेछ।

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै, तिनलाई पूर्ण रूपमा सिद्ध पारियो; उनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ, सुरुदेखि नै, पत्रुसले हिँडेको मार्ग सहि थियो, र परमेश्‍वरमाथि विश्‍वास गर्ने उनको उत्प्रेरणासहि थियो, र त्यसकारण तिनी सिद्ध पारिएका व्यक्ति बने र मानिसले पहिले कहिल्यै नहिँडेको मार्गमा तिनले पाइला चाले। तैपनि, सुरुदेखि नै पावलले हिँडेको मार्ग ख्रीष्ट-विरोधी मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न, र आफ्‍नो कार्यको लागि उनका सबै वरदानहरू र उनका सबै योग्यताहरूलाई प्रयोग गर्न चाहनुभएको हुनाले मात्रै, तिनले ख्रीष्टका लागि धेरै दशकसम्‍म काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका एकजनाव्यक्ति मात्रै थिए, र येशूले तिनको मानवतालाई निगाहको दृष्टिकोणले हेर्नुभएको कारणले होइन, तर तिनका वरदानहरूका कारण तिनलाई प्रयोग गरिएको थियो। तिनलाई प्रहार गरिएको हुनाले तिनले येशूको लागि काम गर्न सके, तिनी त्यसो गर्न खुशी थिए भनेर होइन। पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइको कारण तिनले त्यस्तो काम गर्न सके, अनि तिनले गरेको कामले उनको खोजी, वा उनको मानवतालाई कुनै पनि हालतमा प्रतिनिधित्व गरेन। पावलको कार्यले सेवकको कार्यलाई प्रतिनिधित्व गर्‍यो, भन्‍नुको अर्थ, तिनले एक प्रेरितको रूपमा काम गरे। तैपनि पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; यो पावलको काम जत्तिकै महान् थिएन, तर तिनले आफ्‍नै प्रवेशको खोजी गर्दै काम गरे, अनि तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य पूरा गर्ने काम थियो। उनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, तर परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा उनको व्यक्तिगत खोजी पनि समावेश थियो: उनको खोजी भनेको उनको भविष्यको लागि उनले गरेका आशाहरू, र असल गन्तव्यको लागि उनले गरेका इच्‍छा भन्दा बढी केही थिएन। आफ्‍नो कामको अवधिमा उनले शोधन स्वीकार गरेनन्, न त उनले काट-छाँटको कार्य र निराकरणलाई नै स्वीकार गरे। जबसम्‍म उसले गर्ने कामले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछ, र उसले गर्ने सबै कामले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ, तबसम्‍म उसलाई आखिरमा इनामले पर्खिरहेकै हुन्छ भन्‍ने विश्‍वास उनको थियो। उनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै उनको आफ्‍नै खातिर थियो, र परिवर्तनको खोजीको दौरानगरिएको थिएन। उनको कामको सबै कुरा लेनदेन नै थियो, त्यसमा परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य वा समर्पणता केही पनि समावेश थिएन। उनको कामको अवधिमा, पावलको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। उनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले उनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध पारिने वा निराकरण गरिने कार्यविना नै पावलले आफ्‍नो काम प्रत्यक्ष रूपमा गरे, र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काट-छाँट र निराकरणबाट भएर गएका व्यक्ति थिए र तिनीशोधन भएर गए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरेको भए तापनि, उनको स्वभाव धेरै परिवर्तनहरू भएर गयो, र तिनले जे खोजी गरे त्यो सत्यता, र यथार्थ परिवर्तन थियो। उनले कामकै खातिर मात्रै आफ्‍नो काम गरेका थिएनन्। पावलले धेरै काम गरेको भए तापनि, यो सबै पवित्र आत्‍माको कार्य थियो, र पावलले यो काममा सहकार्य गरेको भए तापनि, तिनले यसको अनुभव गरेनन्। पवित्र आत्माले तिनीद्वारा धेरै काम नगर्नुभएको हुनाले मात्रै पत्रुसले थोरै काम गरेका थिए। तिनीहरूलाई सिद्ध पारिएकाथिए कि थिएनन् भन्‍ने कुरालाई तिनीहरूले गरेको कामको मात्राले निर्धारण गरेन; एउटाको खोजी इनामहरू प्राप्त गर्नको लागि थियो, अनि अर्कोको खोजी परमेश्‍वरको निम्ति सर्वश्रेष्ठ प्रेम हासिल गर्न, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट गर्नको लागि उसले सुन्दर स्वरूपमा जिउन सकून् भन्‍ने हदसम्‍म परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्नको लागि थियो। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसरी नै तिनीहरूका सार पनि फरक थिए। तिनीहरूमध्ये कसलाई सिद्ध पारिएकोथियो भन्ने कुरातिनीहरूले कति काम गरे भन्‍ने आधारमा तैँले निर्धारित गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूपअनुसारजिउने, परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्‍ने, निराकरण र काट-छाँटगर्ने कार्यलाई स्वीकार गर्ने व्यक्ति बन्‍ने, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने व्यक्ति बन्‍न खोजी गरे। तिनले आफैलाई परमेश्‍वरमा अर्पण गर्न, आफ्‍नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा समर्पित गर्न, र मृत्युसम्‍मै उहाँको आज्ञापालन गर्न सके। तिनले त्यही गर्ने संकल्‍प गरेका थिए, र यसको साथै तिनले त्यही कुरा हासिल गरे। आखिरमा उनको अन्त्य किन पावलको भन्दा फरक भयो त्यसको आधारभूत कारण यही नै हो। पवित्र आत्‍माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नको लागि थियो, र पवित्र आत्‍माले पावलमा गर्नुभएको काम उनलाई प्रयोग गर्नको लागि थियो। किनभने तिनीहरूका प्रकृति र खोजी सम्‍बन्धी तिनीहरूका दृष्टिकोणहरू उस्तै थिएनन्। दुवैसँग पवित्र आत्‍माको कार्य थियो। पत्रुसले यो कार्यलाई आफैमा लागू गरे, र अरूलाई पनि यो प्रदान गरे; यस बीच, पावलले पवित्र आत्माको कार्यको सम्पूर्णता मात्रै अरूलाई प्रदान गरे, र यसबाट आफूले केही पनि प्राप्त गरेनन्। यसरी, त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि, पावलमा आएको परिवर्तनहरू लगभग अस्तित्वमा नै थिएनन्। तिनी अझै पनि लगभग तिनको स्वभाविकअवस्थामा नै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि मात्रै, तिनले कसरी “काम” गर्ने भन्‍ने सिकेका थिए र दृढ रहन सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै धेरै प्रतिस्पर्धी र भाडावाला प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि उनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त उनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि उसको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको अझै बढी अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै उनलाई परिवर्तन गर्न सक्दैन थियो र अस्तित्व वा उसको खोजीको महत्त्वको बारेमा उनका दृष्टिकोणहरूलाई परिवर्तन गर्न सक्दैन थियो। तिनले ख्रीष्‍टको निम्तिधेरै वर्ष काम गरेको र फेरि प्रभु येशूलाई कहिल्यै सतावट नगरेको भए तापनि, तिनको हृदयमा परमेश्‍वर सम्‍बन्धी तिनकोज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, तर बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानी-जानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनले पवित्र आत्‍माको कार्यलाई जानेनन्, र पवित्र आत्‍माको इच्‍छालाई अलिकति समेत ध्यान नदिइकन, तिनले आफ्‍नै चरित्र अनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र सत्यतालाई पालना गरेन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्ति—त्यस्तो व्यक्ति कसरी मुक्तहुन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ त्यस कुरामा निर्भर हुँदैन, तर यसलाई उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन, र खोजी सम्‍बन्धी उसका दृष्टिकोणहरू सत्यतासँग मिल्छ कि मिल्दैन त्यस कुराले निर्धारित गर्छ।

पत्रुसले येशूलाई पछ्याउन थालेपछि स्वभाविकप्रकाशहरू देखा परेका भए तापनि, स्वभावमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रतिको तिनको आज्ञापालन विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तर त्यसको साटो तिनी सत्यताको पालनाद्वारा उत्प्रेरित थिए। तीनपटक पत्रुसले ख्रीष्टलाई चिनेको बारे इन्कार गरेको भए तापनि, र तिनले प्रभु येशूलाई परीक्षा गरेको भए तापनि, उनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई प्रभाव पारेन, र यसले उसको परीक्षा ख्रीष्ट-विरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्ख गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेको सबै काम, र उनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्‍ने हुन्छ र? अवश्य नै जोसँग साँचो रूपमा चेतना हुन्छ के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएन वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, तर ती पछिका पुस्ताहरूले सङ्कलित गरेका थिए। त्यसो हुनाले, बाइबलमा विवरण दिइएका सबै कुरा के मानिसका विचारहरू अनुसार चुनिएको थिएन र? यसको साथै, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएका छैनन्, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोणहरू, र उसका आफ्‍नै रुचिहरू अनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उसका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, उनले नै धेरैको भरोसा जिते। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्‍ने हुन्छ र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेका छन् भन्‍ने कुरालाई ध्यानमा राख्दा, उनको कार्यलाई हतारमा कसले इन्कार गर्ने आँट गर्छ? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूका हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले नै इनाम दिइनुपर्ने थियो, र परमेश्‍वरको अनुमोदनप्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्ने थियो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका वरदानहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकी परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र। प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा कुनै पनि हालतमा हुँदै-होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृति अनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकी परमेश्‍वरले मानिसको सार साथै सुरुदेखि नै मानिसले पछ्याउने मार्ग अनि मानिसको खोजीको पछाडिको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका धारणा, र तिनीहरूका आफ्‍नै दृष्टिकोणहरू अनुसार नाप्छन्, तैपनि मानिसको अन्तिम समाप्ति उसका बाहिरी कुराहरू अनुसार निर्धारित गरिँदैन। त्यसकारण यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सहि छ भने, तँ पत्रुसजस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो समाप्ति अझै पनि पावलको जस्तै हुनेछ। तेरो गन्तव्य के हुनेछ, र तँ सफल हुनेछस् कि असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सहि छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो समर्पणता वा तैँले चुकाउने मूल्यले होइन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरक-फरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले जे देख्‍नुहुन्छ त्यो मानिसको सार हो, जबकिमानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्र रहेको सारलाई, वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरूलाई पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई होइन तर पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो, र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ अनि त्यसकारण मानिसहरूले पावलका “उपलब्धीहरूलाई” स्वीकार गर्छन्। तैपनि, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र उसले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका इच्‍छालाई मात्रै सन्तुष्ट तुल्याउने प्रयास गर्छु, र मलाई दण्ड दिइए पनि, वा मेरो न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति अनुभव गरे, तिनको हृदयभित्र गहिराइमापरमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यस बीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेको भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, उनले आफ्‍नो कामलाई छोड्ने थिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा होइन, तर तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्ने बारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। उनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तैपनि ती आफ्‍नो र परमेश्‍वरको बारेमा रहेको उसको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र दण्डबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले जे खोजे त्यो चोखो प्रेम थियो, र पावलले जे खोजे त्यो धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञान, साथै आफ्‍नै बारेमा गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवन सम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र उनको प्रेम सर्तरहित प्रेम थियो, यो स्वभाविकप्रेम थियो, र उनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍ट सम्‍बन्धी ठूलो ज्ञान थिएन, र आफ्‍नै बारेमा रहेको तिनको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड अन्तिम पुष्प-मुकुट प्राप्त गर्नको लागि नै थियो। तिनले उत्तम मुकुटको खोजी गरे, विशुद्ध प्रेमको होइन। तिनले सक्रिय रूपमा होइन, तर निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि उसको खोजीमा तिनी बाध्य गरिए। त्यसकारण, तिनको खोजीले तिनी परमेश्‍वरका सुयोग्य सृष्टि थिए भन्‍ने प्रमाणित गर्दैन; परमेश्‍वरको सुयोग्य प्राणी पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। मानिसले विचार गर्छ कि परमेश्‍वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, तिनीहरूले परमेश्‍वरको निगाह प्राप्त गर्नुपर्छ भन्‍ने कुरालाई त्यति नै बढी मानिलिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई उसले सक्रिय रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैन। परमेश्‍वरको लागि, मानिसहरूले जति बढी परमेश्‍वरप्रतिको साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण आज्ञापालन गर्न खोज्छन्—जुन परमेश्‍वरको सृष्टिको रूपमा रहेको तिनीहरूको कर्तव्यलाई पूरा गर्न खोज्‍नु पनि हो—तिनीहरूले परमेश्‍वरको अनुमोदनलाई त्यति नै बढी प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनःप्राप्ति गर्नलगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाटको कुनै पनि मागहरू गरेर आफैलाई नाघ्नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने बाहेक केही पनि गर्नु हुँदैन। परमेश्‍वरका सृष्टिका रूपमा रहेका तिनीहरूका कर्तव्यलाई तिनीहरूले पूरा गर्न सके कि सकेनन् त्यस अनुसार पावल र पत्रुसको गन्तव्यलाई मापन गरिए, तिनीहरूका योगदानको आकार अनुसार होइन; तिनीहरूले सुरुदेखि नै जे कुराकोखोजी गरे त्यस अनुसार तिनीहरूका गन्तव्य निर्धारित गरिए, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यस अनुसार होइन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सहि मार्ग हो; आफ्‍नो पुरानो स्वभावमा परिवर्तनहरू खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनःप्राप्ति गर्नेमार्ग हो। पुनःप्राप्तिको मार्ग यही नै हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल गरिने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनःप्राप्तिको कार्यको विपरीत हुन्छ। यो पवित्र आत्माले गर्नुहुने काम होइन भन्‍नेमा कुनै शङ्का छैन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?

पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्‍नो हृदयको अन्तस्करणमा तिनले परमेश्‍वरलाई कति धेरै प्रेम गर्थे—मानिसले यी कुराहरू देख्‍न सक्दैन। उसले गरेको कामलाई मात्रै मानिसले देख्‍न सक्छ, जसद्वारा मानिसले तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्‍दछ, र त्यसकारण मानिसले के विचार गर्छ भने पावल पत्रुसभन्दा उत्तमथिए, तिनको काम महान् थियो, किनभने तिनले मण्डलीहरूलाई प्रदान गर्न सकेका थिए। पत्रुसले आफ्‍नो व्यक्तिगत अनुभवहरूलाई मात्रै हेरे र उनले बेला-बेलामा गर्ने कामको अवधिमा थोरै मानिसहरू मात्रै प्राप्त गरे। तिनका एक-दुई वटा त्यति परिचित नरहेका पत्रहरू मात्रै छन्, तर तिनको हृदयको अन्तस्करणमा परमेश्‍वरको लागि तिनको प्रेम कति महान् थियो भन्‍ने कुरा कसलाई थाहा छ र? दिन-रात पावलले परमेश्‍वरकै लागि काम गर्थे: जबसम्‍म गर्नुपर्ने काम हुन्थ्यो, उनले त्यो काम गर्थे। यसरी तिनले मुकुट प्राप्त गर्नेछन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍नेछन् भन्‍ने उनलाई लागेको थियो, तैपनि तिनले आफ्‍नो कामद्वारा आफैलाई परिवर्तन गर्ने तरिकाहरूको खोजी गरेनन्। परमेश्‍वरको चाहनालाई सन्तुष्ट नगर्ने पत्रुसको जीवनको कुनै पनि कुराले तिनलाई असहज महसुस गरायो। यदि यसले परमेश्‍वरको चाहनालाई सन्तुष्ट पार्दैन थियो भने, तिनले ग्लानिको अनुभव गर्ने थिए, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नको लागि तिनले उचित मार्गको खोजी गर्ने थिए। उनको जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत, उनले आफैलाई परमेश्‍वरको चाहना सन्तुष्ट पार्नलगाउँथे। आफ्‍नो पुरानो स्वभावको हकमा तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। पावलले सतहीसम्‍मान र हैसियत मात्रै खोज्थे। उनले आफैलाई मानिसको अघि प्रदर्शन गर्न खोज्थे, र जीवन प्रवेशमा कुनै पनि गहन प्रगति गर्ने प्रयास गर्दैन थिए। तिनलाई वास्तविकताको होइन धर्मसिद्धान्तको चासो थियो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको लागि पावलले धेरै काम गरे, किन तिनलाई परमेश्‍वरले सम्झनुभएन? पत्रुसले परमेश्‍वरको लागि थोरै काम बाहेक केही पनि गरेनन्, र मण्डलीहरूप्रति ठूलो योगदान दिएनन्, त्यसोभए किन तिनलाई सिद्ध पारियो?” परमेश्‍वरले माग गर्नुभएको निश्‍चित विन्दुसम्‍म पत्रुसले परमेश्‍वरलाई प्रेम गरे; यस्तो मानिसहरूमा मात्रै गवाही हुन्छ। पावलको विषयमा के भन्‍ने? कुन हदसम्‍म पावलले परमेश्‍वरलाई प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केको लागि गरियो? अनि पत्रुसको काम केको लागि गरियो? पत्रुसले त्यति धेरै काम गरेनन्, तर उसको हृदयको अन्तस्करणभित्र के थियो भन्‍ने के तँलाई थाहा छ? पावलको काम मण्डलीहरूको निम्ति प्रावधान, र मण्डलीहरूको सहयोगसँग सम्‍बन्धित थियो। पत्रुसले जे अनुभव गरेका थिए त्यो उनको जीवनको स्वभावका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेमको अनुभव गरे। तिनीहरूका सारका बारेमा रहेका भिन्‍नताहरू अब तँलाई थाहा भएको हुनाले, के तँ आखिरमा कसले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्‍यो, र कसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन सो देख्‍न सक्छस्? तिनीहरूमध्ये एक जनाले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरे, र अर्कोले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेनन्; एक जना आफ्‍नो स्वभावमा परिवर्तन भएर गयो, र अर्को गएन; एउटाले नम्रताको साथ सेवा गरे, र मानिसहरूले तिनलाई त्यति सजिलै ध्यान दिएनन्, र अर्कोलाई मानिसहरूले आराधना गरे, र तिनी एक ठूलो छविको व्यक्ति थिए; एउटाले पवित्रताको खोजी गरे, र अर्कोले खोजी गरेन, र तिनी अशुद्ध थिएनन्, तैपनि तिनमा चोखो प्रेम थिएन; एक जनामा साँचो मानवता थियो, र अर्कोमा थिएन; एक जनामा परमेश्‍वरको सृष्टिको रूपमा आभास थियो, र अर्कोमा थिएन। पावल र पत्रुसको सारमा रहेका भिन्‍नताहरू यिनै हुन्। पत्रुसले हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनःप्राप्तिर परमेश्‍वरका सृष्टिको कर्तव्य पुनःप्राप्ति हासिल गर्ने मार्ग पनि थियो। पत्रुसले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन् जो सफल छन्। पावलले हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनले आफुस्वयमलाई सतहीरूपमा समर्पित हुने र खर्च गर्ने, अनि परमेश्‍वरलाई सच्‍चा प्रेम नगर्नेहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावलले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन्, जोसँग सत्य छैन। परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरिकन, उनले सजाय र न्याय, साथै शोधन, संकष्ट र उसको जीवनमा नरोकिकन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेमलाई परिवर्तन गर्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरको एकजना सृष्टिको कर्तव्यको पूर्णता थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरको एकजना सृष्टिले हासिल गर्नुपर्ने यही नै हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही नै हो। यदि मानिसले यतिसम्‍म हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरको सुयोग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई यसले जत्तिको राम्ररी सन्तुष्ट पार्नेअरू केही छैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्‍वरले दोषी पनि ठहर्याउनुहुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्‍ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई भुज्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

कतिपय मानिसहरूले भन्छन्, “पावलले निकै धेरै मात्रामा काम गरे, र मण्डलीहरूका लागि उनले निकै ठूलो भार थामे र तिनीहरूका निम्ति धेरै योगदान दिए। २,००० वर्षको अनुग्रहको युगमा पावलका तेह्र वटा पत्रहरूलाई समर्थन गरियो, र तिनलाई चार वटा सुसमाचारपछि दोस्रोमा गनिन्छ। कसलाई तिनीसित तुलना गर्न सक्छ? यूहन्‍नाको प्रकाशको पुस्तकलाई कसैले पनि अर्थ्याउन सक्दैन, जबकी पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। अरू कसले यस्ता कुराहरू हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के काम गर्‍यो र?” जब मानिसले अरूको लेखा-जोखा गर्छ, उसले तिनीहरूको योगदान अनुसार नै त्यसो गर्छ। जब परमेश्‍वरले मानिसको लेखा-जोखा गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार त्यसो गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल त्यो व्यक्ति थिए जसलाई आफ्‍नै सार थाहा थिएन। तिनी कुनै पनि हालतमा नम्र वा आज्ञाकारी थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको उसको सारबारे नै थाहा थियो। त्यसकारण तिनी विस्तृत अनुभवहरूबाट गुज्रेर नगएका व्यक्ति, र सत्यतालाई अभ्यास नगरेकाव्यक्ति थिए। पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धताहरू, कमजोरीहरू, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्ये एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि सुयोग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू स्वभाविकरूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार र इन्कार गर्नुहुने मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिरमा पत्रुसजस्तो व्यक्ति हो कि पावलजस्तो व्यक्ति होस् त्यो आफै स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र तिनीजस्तै अझै पनि गफ हाँक्ने र घमण्डी छस् भने, तँ असफल हुने अपभ्रष्ट व्यक्ति होस् भन्‍नेमा कुनै शङ्‍का छैन। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा मनोमानी गर्ने छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ परमेश्‍वरको विजय हासिल गर्न सक्‍ने सृष्टि बन्‍नेछस्। उसको आफ्‍नो सार वा भ्रष्टताको बारेमा पावललाई थाहा थिएन, तिनलाई आफ्‍नै अनाज्ञाकारीताको बारेमा थाहा हुने कुरा त परै जाओस्। ख्रीष्‍टप्रतिको तिनको घृणित अनाज्ञाकारितालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनी अत्यन्तै अपसोसी नै थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र, आफ्‍नो हृदयको अन्तस्करणमा, तिनी परमेश्‍वरमा पूर्ण रूपमा समर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमा नै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभावलाई परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण समस्याको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, उसको आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि जुटाउनुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यस उप्रान्त नसताउनुमामात्रै सन्तुष्ट थिए। तिनले पछ्याएको उद्देश्य भविष्यको मुकुट र परिवर्तनात्मक कार्यभन्दा बढी केही पनि थिएन, उनले पछ्याएको उद्देश्य प्रशस्‍त अनुग्रह थियो। तिनले पर्‍याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले तिनले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे? त्यसकारण आफ्‍नो बारेमा रहेको तिनको ज्ञानलाई झूट भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने होइन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसको साथै, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, तर ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले मूल रूपमा गर्ने भनी अठोट गरेको कुरा थिएन, न त उसको पुरानो स्वभावलाई काट-छाँट गर्ने कार्यलाई तिनले स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनलाई तिनको पापहरूबाट प्रायश्‍चित गरेन तर त्यो समयका निश्‍चित मण्डलीहरूका बीचमा निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो कुनै व्यक्ति, जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, तिनले मुक्ति प्राप्त गरेनन्, र तिनमा सत्यताको अझै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गरेकाहरूमध्ये एक बन्‍न सक्दैन थिए। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र श्रद्धाले भरिएको व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी त्यो व्यक्ति मात्रै थिए जो दर्शनवादमा निपुर्ण थिए, र जो तिनीभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। उनको विपरीत रहेका वा उनीप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, यसरी तिनले महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका वरदानप्राप्त मानिसहरूलाई रुचाउथे। साँचो मार्गको खोजी गर्ने र सत्यता बाहेक केही कुराको चासो नगर्ने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैन थियो, र बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका माथिल्‍ला पदका धार्मिक व्यक्तिहरूसँग आफैलाई उठबस गराउँथे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानको उनलाई चासो थिएन। बरु, आधारभूत सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजातसार र तिनले जे कुराको खोजी गरे त्यसको सम्पूर्णतामा, तिनलाई सत्यताको खोजी गर्ने ख्रीष्टीयनभनेर भन्‍नु योग्य छैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍ने कुरा त परै जाओस्, किनभने तिनको ढोङ्गीपन अत्यन्तै धेरै थियो, र तिनको अनाज्ञाकारीता अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको द्वारमा प्रवेश गर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी, र अधर्म गर्ने, तैपनि ख्रीष्टको लागि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर उपयुक्त रूपमै भन्‍न सकिन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, तर त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको पिँधमा पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तमछु; म प्रभुको बोझलाई बुझ्‍न सक्छु जति कसैले पनि बुझ्‍न सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने मलाई ठूलो ज्योति ममाथि चम्किएकोछ, र मैले ठूलो ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी लापरवाही नरहेको भए तापनि, आफ्‍ना गल्तीहरूलाई पूर्ति गर्न, उसका विवेकका दोषहरूलाई पूर्ति गर्नको लागि मात्रै उनले काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको तिनको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम पूरा गर्ने, आफ्‍नो दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानद्वारा प्रभु येशूलाई भेट्ने होइन, तर तिनको कामले तिनको लागि कमाएका इनामहरू प्रभु येशूलाई भेट्ने बित्तिकै प्राप्त गर्नको लागि जति सक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन, र आफ्‍नो भविष्यको मुकुटको साटो सम्झौता गर्नको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, तर मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरू अनुसार काम गरे। तिनको कामको सम्पूर्णतामा, तिनले चुकाएको मूल्यमा अलिकति पनि तत्परता थिएन; तिनी सम्झौता गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, तर सम्झौताको उद्देश्यलाई हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्ने थियो र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिपूर्ण थिए, सुन्दर योजनाले भरिपूर्ण थिए, र मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, तर त्यो देखावटी शिष्टाचार मात्रै थियो; यो सम्झौता गर्ने कार्य मात्रै थियो। यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनःप्राप्तिगर्ने मार्गमा डोर्याउन सक्छ?

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न इच्‍छुक थिए। परमेश्‍वरका विश्‍वासीले गर्ने खोजी योभन्दा ठूलो हुँदैन। पावलले जे खोजी गरे त्यो तिनकै आफ्‍नै देहद्वारा, तिनकै आफ्‍नै धारणाहरूद्वारा, र तिनका आफ्‍नै योजनाहरूद्वारा र युक्तिहरूद्वारा कलङ्कित थियो। तिनी कुनै पनि हालतमा परमेश्‍वरका सुयोग्य सृष्टि थिएनन्, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न खोज्‍ने व्यक्ति थिएनन्। पत्रुस परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुन खोज्थे, अनि तिनले गरेको काम ठुलोनभएको भए तापनि, तिनको खोजी पछाडिको अभिप्राय र तिनले हिँडेको मार्ग सहि थियो; तिनले धेरै मानिसहरू प्राप्त गर्न नसकेको भए तापनि, तिनले सत्यको मार्ग पछ्याउन सके। यही कारणले तिनी परमेश्‍वरका सुयोग्य सृष्टि थिए भनेर भन्‍न सकिन्छ। आज, तँ कामदारनभए तापनि, तैँले परमेश्‍वरको सृष्टिको कर्तव्यलाई निभाउन सक्‍नुपर्छ र परमेश्‍वरका सबै योजनाबद्ध कार्यमा समर्पित हुने प्रयास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यसलाई तैँले पालना गर्न, र सबै प्रकारका संकष्ट र शोधनलाई अनुभव गर्न सक्‍नुपर्छ, अनि तँ कमजोर भए तापनि, आफ्‍नो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्न सक्‍नुपर्छ। तिनीहरूका आफ्‍नो जीवनको लागि जिम्‍मेवारी लिनेहरू परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्यलाई निभाउन इच्‍छुक हुन्छन्, र खोजी सम्‍बन्धी त्यस्ता मानिसहरूको दृष्टिकोण सहि हुन्छ। परमेश्‍वरलाई चाहिने मानिसहरू यिनै हुन्: यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफै परिवर्तन भइनस्, र कुनै पनि गवाही वहन गरेकोछैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्‍म कि तेरो जीवनको अन्त्यसम्‍म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैनभने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो भागलाई प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो भागलाई उहाँले प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरिस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिने थिइस्। तैपनि तँलाई आखिरमा प्राप्त गरिने छ कि छैन भन्‍ने बारेमा पवित्र आत्माले कुनै पनि जिम्‍मेवारीहरू स्वीकार गर्नुहुन्‍न, र यो तेरो खोजीको तरिकामा नै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तनहरू छैन भने, खोजी सम्‍बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्‍नै समस्या हो, र तैँले सत्यतालाई अभ्यास नगरेको हुनाले र तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न नसक्‍ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरू जत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेश जत्तिको गम्भीरकुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै भएको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न मात्रै दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्रै सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमापरिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, र त्यसकारण तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई तैँले निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौटहरू वा मागहरू गर्नुहुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तेरो आफ्नै गन्तव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता तँसँग छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्यलाई पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, तर यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यसलाई हासिल गर्नुपर्छ र हासिल गर्न सक्छन्। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी खोजी गर्नुपर्ने हो त्यो तैँले जान्‍नेछस्। पत्रुस र पावलले हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को निष्कासन हुने मार्ग हो; पत्रुस र पावलले दुई फरक-फरक मार्गहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू प्रत्येकले पवित्र आत्माको काम प्राप्त गरे, र प्रत्येकले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे, र प्रत्येकले प्रभु येशूद्वारा तिनीहरूलाई सुम्पिएका कुरालाई स्वीकार गरे, तैपनि प्रत्येकमा फलेको फल उही थिएन: एउटाले साँचो रूपमा फल फलायो, अर्कोले फलाएन। तिनीहरूका सारहरू, तिनीहरूले गरेका काम, तिनीहरूले बाहिरी रूपमा व्यक्त गरेका कुरा, र तिनीहरूका अन्तिम समाप्तिका आधारमा, तैँले कुन मार्गमा हिँड्नुपर्छ, तैँले कुन मार्गमा हिँड्ने निर्णय गर्नुपर्छ सो बुझ्‍नुपर्छ। तिनीहरूले दुई वटा स्पष्ट रूपमा फरक-फरक मार्ग हिँडे। पावल र पत्रुस, तिनीहरू प्रत्येकमार्गका सिद्ध उदाहरण थिए, र त्यसकारण सुरुदेखि नै तिनीहरू यी दुई मार्गका प्रतीक बने। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनले सिद्ध बनाइने कार्यलाई कसरी अनुभव गरे? तिनीहरू प्रत्येकले के कुरालाई वास्ता गर्थे त्यसलाई तैँले तुलना गरिस् भने, परमेश्‍वरले ठ्याक्‍कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरको इच्‍छा के हो, परमेश्‍वरको स्वभाव के हो, कस्तो प्रकारको व्यक्तिलाई आखिरमा सिद्ध पारिन्छ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन तैँले सो जान्‍नेछस्; सिद्ध पारिनेहरूको स्वभाव के हो, र सिद्ध नपारिनेहरूको स्वभाव के हो सो तैँले जान्‍नेछस्—सार सम्‍बन्धी यी कुराहरूलाई पत्रुस र पावलका अनुभवहरूमा देख्‍न सकिन्छ। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीव-जनावर, वनस्पति, मानवजाति, पहाड-पर्वत र नदि, अनि तालहरू लगायत परमेश्‍वरका सबै सृष्टि-सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गर्दै, र परमेश्‍वरको इच्‍छा अनुसार तिनीहरूको आफ्‍नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्‍नुहुन्छ। यो जति नै ठूलो भए तापनि, कुनै पनि थोकले परमेश्‍वरलाई उछिन्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छ, र कुनै पनि थोकले परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने वा परमेश्‍वरलाई कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको बीचमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव बाहेक केही पनि होइन, र महत्त्वहीन मानवजाति, परमेश्‍वरको सृष्टि बाहेक केही पनि होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरिकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेमगर्न खोजी गर्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा तिनीहरूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नुहुँदैन; खोजी गर्ने सबैभन्दा सहि माध्यमयही नै हो। यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सहि छ। यदि तैँले देहका आशिषहरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्‍ना धारणाहरूको सत्यतालाई अभ्यास गर्छस् भने, र तेरो स्वभावमा कुनै परिवर्तन छैन, र देहमा तँ परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी छैनस्, अनि तँ अझै अस्पष्टतामा नै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ।

अघिल्लो: परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

अर्को: परमेश्‍वरको काम र मानिसको काम

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्