स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसरी नै, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाको लागि हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको शरीर पर्याप्‍त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरको आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्‍टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ शरीरमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरको आत्मा होस् वा ख्रीष्‍ट होस्, दुवै नै परमेश्‍वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।

परमेश्‍वरको आधारभूत स्वभावले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुहुन्‍छ। चाहे यो आत्माको काम होस् वा शरीरको काम होस्, यीमध्ये कुनै पनि काम एक-अर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको आधारभूत स्वभाव सहितको शरीर पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्यहरूलाई गर्न सक्‍नुहुन्‍छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्‍ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र शरीरले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा शरीर, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र शरीरका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्‍वर स्वयमको पहिचान छ। परमेश्‍वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्‍वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा शरीर जतिसुकै कमजोर होस्, जब परमेश्‍वर शरीरमा बस्‍नुहुन्छ, उहाँले परमेश्‍वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त परै जाओस्। उहाँले परमेश्‍वर पिताको इच्छालाई धोका दिनुभन्दा शरीरको पीडालाई भोग्‍नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्। मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई शरीरको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको स्वभाव हुँदैन; यसमा परमेश्‍वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्‍वरलाई पूर्ण रूपमा पालन गर्न सक्दैन, परमेश्‍वरको इच्छालाई स्वेच्‍छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्‍टबाट टाढा रहेर सबै मानिसले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा गर्न सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई पूरा गर्नुपर्ने आफ्नो कर्तव्यको रूपमा एक जनाले पनि लिन सक्दैन। ख्रीष्‍टको आधारभूत स्वभाव भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि आधारभूत स्वभाव हुँदैन। मानिसको व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै मानिसले परमेश्‍वरको लागि काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पूरा गर्नको लागि काम गर्नुहुन्छ।

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँ शरीरमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई दिन्छ, तर त्यस किसिमका सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती परिधि विहीन छैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुद पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवन बाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू उहाँको ईश्‍वरत्वद्वारा प्रभावित, असरित, र निर्देशित हुन्छन्। ख्रीष्‍टमा एउटा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वलाई बाधा दिँदैन, र ठीक यही कारणले गर्दा ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ; अरूसँग कसरी व्यवहार गर्ने त्यसमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई प्रभाव पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवतालाई उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुनको लागि उहाँको मानवता सबैभन्दा उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्यलाई व्यक्त गर्न सबैभन्दा बढी सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन यो सबैभन्दा बढी सक्षम छ। शरीरमा काम गर्ने क्रममा उहाँले शरीरमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्‍वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्‍वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम नै हुनुहुन्छ। शरीरको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्‍टले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्‍न, किनभने यो सबैले नै उहाँको स्वभावलाई निर्माण गर्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे माग्‍नुभए तापनि, मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्‍वरत्व हो, अर्थात् परमेश्‍वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयमको परिचय छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्‍वर स्वयम हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन। मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्‍टको मानवतालाई प्रायजसो सामान्य ठान्छन्। आफ्नो ईश्‍वरत्वलाई उहाँले जसरी व्यक्त गर्नुभए तापनि र प्रकट गर्नुभए तापनि, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। र ख्रीष्‍टले आफ्नो आज्ञापालनलाई र मानवतालाई जति प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्‍टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँलाई बहिष्‍कार र तिरस्कारको व्यवहार गर्ने, तर उच्‍च प्रतिष्‍ठा भएका “महान् मानिसहरू” लाई आराधनाको टेबलमा राख्‍ने मानिसहरू पनि छन्। परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीता देहधारी परमेश्‍वरको स्वभाव परमेश्‍वरप्रति समर्पित हुन्छ भन्‍ने तथ्यबाट, साथै ख्रीष्‍टको सामान्य मानवताबाट आउँछ; परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीताको स्रोत यही नै हो। यदि ख्रीष्‍टमा उहाँको मानवको भेष थिएन र उहाँले सृष्‍टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्‍नथियो, तर उहाँमा अधिक मानवता थियो भने, मानिसको बीचमा कुनै अनाज्ञाकारीता नहुने सम्‍भावना बढी छ। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्‍वरमा विश्‍वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्‍वरमा कुनै मानवता छैन, न त सृष्‍टि गरिएको प्राणीको कुनै एउटा गुण समेत उहाँमा छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्‍च आदरको दृष्‍टिकोणले हेर्छ, तर ख्रीष्‍टप्रति भने तिरस्कारको आचरण राख्छ।

पृथ्वीमा ख्रीष्‍टले परमेश्‍वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई शरीरमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्‍न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्‍न; उहाँको हातद्वारा मानिसलाई डोर्‍याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको शरीरको उद्देश्य परमेश्‍वर स्वयमको कार्य, अर्थात्, शरीरमा गरिने परमेश्‍वरको कार्यको लागि हो, तर उहाँको देहको सारलाई पूर्ण रूपमा बुझ्‍न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा शरीरद्वारा प्राप्‍त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा शरीरमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, शरीरमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले शरीरमा परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्‍वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो शरीरभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्‍ट बाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, शरीरको कुन आचरण साँचो ख्रीष्‍ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्‍हरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ। उहाँमा परमेश्‍वर स्वयमको स्वभाव भए तापनि र परमेश्‍वर स्वयमको कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए तापनि, आखिर उहाँ शरीर नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्‍वर हुनुहुन्‍न; उहाँ शरीरको आवरण भएको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए तापनि, र उहाँले परमेश्‍वर पिताको इच्छालाई जसरी खोज्‍नु भए तापनि, उहाँको ईश्‍वरत्व अखण्डनीय छ। देहधारी परमेश्‍वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्‍वरत्वको उदेकता र अज्ञेयता साथै शरीरमा उहाँले गर्ने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्‍वरत्व दुवै ख्रीष्‍टभित्र अस्तित्वमा हुन्छ, वास्तविकतामा र व्यवहारिकता दुवैमा। यो सबैभन्दा रित्तो वा अलौकिक कुरामा पर्दैन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुहुन्छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता लिनु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्‍वरत्वको शक्ति जति नै महान् भए तापनि, यसको मूल कार्यलाई असल रूपमा प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए तापनि, यो नै उहाँको मूल स्वभाव भने होइन। उहाँको मूल स्वभाव भनेको ईश्‍वरत्व हो; त्यसकारण, उहाँले जुन क्षणमा पृथ्वीमा आफ्नो सेवकाइलाई सुरु गर्नुहुन्छ त्यही क्षणमा नै उहाँले आफ्नो ईश्‍वरत्वलाई व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो शरीरको सामान्य जीवनलाई कायम राख्‍नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्‍वरत्वले शरीरमा सामान्य रूपमा आफ्नो कार्यलाई अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्‍वरत्व नै हो। जब उहाँले आफ्नो कार्यलाई पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइलाई पूरा गर्नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्‍नु पर्ने कुरा हो, र उहाँको कार्यद्वारा नै उहाँलाई चिन्‍नको लागि उहाँले मानिसलाई सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, आफ्नो ईश्‍वरत्वको स्वभावलाई लगभग पूर्ण रूपमा नै व्यक्त गर्नुहुन्छ, जुन मानवताद्वारा कलङ्कित भएको छैन, विचार र मानव आचरणद्वारा कलङ्कित भएको छैन। जब सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध रूपमा र पूर्ण रूपमा व्यक्त गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो मनद्वारा नियन्त्रित वा विचारद्वारा सञ्चालित छैन, तर स्वाभाविक रूपमा नै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्‍त गर्न नसक्‍ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए तापनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्‍नुहुन्‍छ। जो ख्रीष्‍ट हुनुहुन्छ, उहाँले ख्रीष्‍ट सारलाई प्रकट गर्नुहुन्छ, तर जो होइनन् तिनीहरूमा ख्रीष्‍टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँलाई विरोध गर्ने धारणा राखे पनि, ख्रीष्‍टले व्यक्त गर्नुभएको स्वभाव परमेश्‍वरको स्वभाव हो भन्‍ने कुरालाई मानिसको विचारहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्‍टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्‍वरलाई खोज्‍ने हरेकले, उहाँको ईश्‍वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नेछन्। मानिसको विचारहरूसँग नमिल्‍ने उहाँको कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्‍टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए तापनि, मानिसको इच्छा के हो र परमेश्‍वरबाट के आउँछ भन्‍ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्‍ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्‍टलाई जानी-जानी विरोध गर्छन्। यसको लागि होइन भने, ख्रीष्‍टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुनेथिएन, किनभने ख्रीष्‍टले व्यक्त गर्नुभएको ईश्‍वरत्व वास्तवमा अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्‍न सकिन्छ।

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभावलाई निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ। यी सबैलाई उहाँको सारद्वारा नै निर्धारित गरिन्छ। र उहाँको सारद्वारा नै उहाँको प्राकृतिक प्रकाशलाई निर्धारित गरिन्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण होइन, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले गरेको धेरै वर्षको परिश्रमको परिणाम होइन। उहाँले यो सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीताको साथ खोज्‍नुहुन्छ त्यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए तापनि, उहाँको उपदेश असाधारण नभए तापनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वीलाई छताछुल्ल पार्ने वा स्वर्गलाई हल्‍लाउने किसिमको नभए तापनि, उहाँ वास्तवमा नै ख्रीष्‍ट हुनुहुन्छ, जसले साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नुहुन्छ, जो स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ, र मृत्युसम्‍मै आज्ञाकारी हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसले यो सत्यतालाई विश्‍वास गर्न कठिन छ, तर सत्य यही नै हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गको परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँको सम्पूर्ण कार्यको योगले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र शरीर र रगतले बनिएको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्‍टले गर्नुहुने कार्यको हरेक चरणले प्रतिनिधित्व गर्ने आफ्नै महत्त्व छ, तर हरेक चरणको वास्तविक कार्यलाई अनुभव गर्ने मानिसले उहाँको कार्यको महत्त्वलाई बुझ्‍न सक्दैन। परमेश्‍वरले आफ्नो दोस्रो देहधारणद्वारा अघि सार्नुभएका कार्यको विभिन्‍न चरणहरूको हकमा यो विशेष गरी लागू हुन्छ। ख्रीष्‍टको वचनलाई मात्रै सुनेका वा देखेका तर उहाँलाई कहिल्यै नदेखेका धेरैजसोले उहाँको कार्यका धारणाहरूलाई बुझेका हुँदैनन्; ख्रीष्‍टलाई देखेका र उहाँको वचनलाई सुनेका, साथै उहाँको कार्यलाई अनुभव गरेका मानिसहरूले उहाँको कार्यलाई स्वीकार गर्न कठिन हुन्छ। के यो ख्रीष्‍टको स्वरूप र सामान्य मानवता मानिसले चाहेको जस्तो नभएको कारणले गर्दा हो? ख्रीष्‍ट गइसक्‍नुभएपछि उहाँको कार्यलाई स्वीकार गर्ने मानिसहरूमा त्यस्तो कठिनाइहरू हुँदैन, किनभने तिनीहरूले उहाँको कार्यलाई मात्रै स्वीकार गर्छन् र ख्रीष्‍टको सामान्य मानवतासँग तिनीहरू सम्पर्कमा आउँदैनन्। परमेश्‍वरप्रतिको आफ्नो धारणाहरूलाई त्याग्‍न मानिस असक्षम छ र उसले उहाँलाई तीव्रताको साथ जाँच्छ; यसको कारण के हो भने मानिसले उहाँको स्वरूपमा मात्रै विशेष ध्यान दिन्छ र उहाँको कार्य र उहाँको वचन अनुसार उहाँको सारलाई पहिचान गर्न सक्दैन। यदि मानिसले ख्रीष्‍टको स्वरूपको निम्ति आफ्नो आँखा बन्द गर्छ वा ख्रीष्‍टको मानवताको बारेमा छलफल गर्नबाट टाढा बस्छ, र उहाँको ईश्‍वरत्व, जसको काम र वचनलाई कुनै पनि मानिसले प्राप्‍त गर्दैन, त्यसको बारेमा मात्रै कुरा गर्छ भने, मानिसका आधा जति धारणाहरू घट्नेछन्, र सबै मानिसका कठिनाइहरू समेत समाधान हुनेछन्। देहधारी परमेश्‍वरको कार्य अवधिमा, मानिसले उहाँलाई सहन गर्न सक्दैन र मानिसमा उहाँको बारेमा विभिन्‍न किसिमका धारणाहरू हुन्छन्, र विरोध र अनाज्ञाकारिताका घटनाहरू सामान्य नै हुन्छन्। मानिसले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न, ख्रीष्‍टको नम्रता र ख्रीष्‍टको गुप्‍तताप्रति कोमल व्यवहार गर्न, वा स्वर्गमा हुनुहुने पितालाई पालन गर्ने ख्रीष्‍टको आधारभूत स्वभावलाई क्षमा गर्न सक्दैन। त्यसकारण, उहाँले आफ्नो काम समाप्‍त गरेपछि उहाँ मानिससँग अनन्तसम्‍म बस्‍न सक्‍नुहुन्‍न, किनभने उहाँलाई आफ्‍ना बीचमा जिउन दिन मानिस अनिच्‍छुक छ। यदि मानिसले उहाँको कार्य अवधिमा उहाँप्रति कोमल व्यवहार गर्न सक्दैन भने उहाँले आफ्नो सेवकाइलाई पूरा गरेपछि उहाँको वचनलाई क्रमिक रूपमा तिनीहरूले अनुभव गर्दै गएको उहाँले हेर्ने क्रममा कसरी उहाँ तिनीहरूका बीचमा जिएको कुरालाई तिनीहरूले सहन गर्न सम्‍भव छ र? उहाँको कारण के तिनीहरूमध्ये धेरै जना पतन हुने छैनन् र? मानिसले उहाँलाई पृथ्वीमा काम गर्नको लागि मात्रै अनुमति दिन्छ; मानिसको कोमलताको सबैभन्दा ठूलो हद त्यही नै हो। यदि उहाँको काम नै नभएको भए, मानिसले उहाँलाई धेरै पहिले नै पृथ्वीबाट निर्वासित गर्नेथियो, उहाँको काम पूरा भइसकेपछि झन् कति कम रूपमा तिनीहरूले उहाँप्रति कोमल व्यवहार देखाउनेछन्? त्यसपछि के मानिसले उहाँलाई मार्ने र मृत्युसम्‍मै उहाँलाई यातना दिने थिएनन् र? यदि उहाँलाई ख्रीष्‍ट नभनिएको भए, उहाँले मानवजातिको बीचमा काम गर्न सक्‍नुहुन्‍नथियो; यदि उहाँले परमेश्‍वर स्वयमको पहिचान लिएर काम नगर्नुभएको भए, र एउटा साधारण मानिसको रूपमा मात्रै काम गर्नुभएको भए, उहाँले बोल्‍नुभएको एउटा वाक्यलाई पनि मानिसले सहने थिएन, उहाँको कामको सानोभन्दा सानो भागलाई सहने कुरा त परै जाओस्। त्यसकारण उहाँले यो पहिचानलाई आफ्नो कार्यमा मात्रै आफूमा लिन सक्‍नुहुन्‍छ। यसरी, उहाँले त्यसो नगर्नुभएको अवस्थामा भन्दा यस अवस्थामा उहाँको काम बढी शक्तिशाली हुन्छ, किनभने प्रतिष्‍ठित र महान् पहिचानलाई पालन गर्न सबै मानिसहरू तयार हुन्छन्। काम गर्ने क्रममा यदि उहाँले परमेश्‍वर स्वयमको पहिचानलाई नलिनुभएको भए वा उहाँ परमेश्‍वर स्वयमको रूपमा देखा नपर्नुभएको भए, उहाँले काम गर्ने मौका नै पाउनुहुने थिएन। उहाँमा परमेश्‍वरको स्वभाव र ख्रीष्‍टको अस्तित्व नभएको भए, मानिसले सहज भएर उहाँलाई मानिसहरूका बीचमा सहजताको साथ उहाँको काम अघि बढाउन दिने थिएन। आफ्नो काममा उहाँले परमेश्‍वर स्वयमको पहिचानलाई बोक्‍नुहुन्छ; त्यस्तो कार्य त्यस्तो पहिचानविना गरेको कार्यभन्दा धेरै गुणा शक्तिशाली हुने भए तापनि, मानिस उहाँमा पूर्ण रूपमा आज्ञाकारी छैन, किनभने मानिस उहाँको प्रतिष्‍ठाप्रति मात्रै समर्पित छ, उहाँको आधारभूत स्वभावप्रति होइन। यदि त्यसो हो भने, सायद एक दिन ख्रीष्‍ट आफ्नो पदबाट तल झर्नुभयो भने, के मानिसले उहाँलाई एक दिन पनि जीवित रहन दिन सक्छ? परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा बस्‍न तयार हुनुहुन्छ ताकि आफूले गरेको कामले त्यसपछिका वर्षहरूमा ल्याउने प्रभावहरूलाई उहाँले देख्‍न सक्‍नुभएको होस्। तैपनि, उहाँको उपस्थितिलाई मानिसले एक दिन पनि सहन सक्दैन, त्यसकारण उहाँले यस कार्यलाई परित्याग मात्रै गर्न सक्‍नुभयो। मानिसको बीचमा उहाँले गर्नुपर्ने काम गर्न र उहाँको सेवकाइलाई पूरा गर्न दिनु नै परमेश्‍वरलाई मानिसले देखाएको सबैभन्दा ठूलो कोमलता र अनुग्रहको हद हो। उहाँद्वारा व्यक्तिगत रूपमा विजय गरिएका मानिसहरूले उहाँलाई त्यस किसिमको अनुग्रह देखाए तापनि, तिनीहरूले उहाँलाई उहाँको काम समाप्‍त भइञ्‍जेलसम्‍म मात्रै बस्‍न दिन्छन्, त्यसभन्दा बढी एक क्षण पनि बस्‍न दिँदैनन्। यदि यसो हो भने, विजय नगरिएकाहरूको हकमा के हुन्छ? के मानिसले देहधारी परमेश्‍वरलाई यसरी व्यवहार गर्नुको कारण उहाँ सामान्य मानवको देह लिनुभएको ख्रीष्‍ट हुनुभएकोले हो? यदि उहाँमा ईश्‍वरत्व मात्रै भएको भए र सामान्य मानवता नभएको भए, के मानिसको कठिनाइहरू निकै सहजताको साथ समाधान हुनेथिएनन् र? उहाँको स्वभाव ख्रीष्‍टको जस्तै छ, जुन स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित छ भन्‍ने तथ्यको बाबजुत पनि, मानिसले जबरजस्ती उहाँको ईश्‍वरत्वलाई स्वीकार गर्छ र उहाँको साधारण मानिसको स्वरूपप्रति कुनै चासो देखाउँदैन। त्यसैले, उहाँले मानिससँग आनन्द र शोकहरू बाँड्नका लागि तिनीहरूसँग बस्‍ने आफ्नो कार्यलाई रद्द मात्रै गर्न सक्‍नुभयो, किनभने मानिसले उहाँको अस्तित्वलाई उप्रान्त सहन सकेन।

अघिल्लो: परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अर्को: परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग...

के तँ जीवित भएको व्यक्ति होस्?

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले ‍जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न...

आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्