मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

मानिसले आजको कामबारे अनि भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्‍वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; परमेश्‍वरको कृपामा सबै छोडिनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छन्। यदि परमेश्‍वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गर्‍यो र यदि परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्‍वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्ने हो भने यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुने थियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्ने कुरा भन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो, र यदि मानिसलाई जित्‍नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने मानिसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर अनि त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता” बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारितालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सृष्टिहरूबाट पाउनुपर्ने निःशर्त आज्ञाकारीता र आराधना हासिल गर्न सक्नुहुने थिएन; केवल अन्धो, अनजान आज्ञाकारीता मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्‍वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्‍वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सृष्टिहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्‍वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो समस्या भनेको उसले आफ्नो भाग्य र भावी अपेक्षा बाहेक अरू केही सोच्दैन र यिनै कुराहरूलाई मूर्ति बनाउँछ। मानिसले आफ्नो भाग्य र भावी अपेक्षाको खातिर परमेश्‍वरलाई पछ्याउँदछ; उसले परमेश्‍वरलाई उहाँको निम्ति प्रेम भएको कारणले आराधना गर्दैन। अनि यसैले मानिसको जितमा स्वार्थ, लोभ अनि परमेश्‍वरको आराधना गर्न उसलाई बाधा दिने सबै कुराहरूको निराकरण गरिनुपर्छ र त्यसलाई मेटाइनुपर्छ। त्यसो गरेर मानिसको जितका असरहरूलाई हासिल गरिनेछन्। यसको फलस्वरूप, मानिसको जितको प्रथम चरणहरूमा मानिसको जङ्गली लक्ष्यहरू तथा अत्यन्त घातक कमजोरीहरूलाई शुद्ध गर्नु र यसद्वारा परमेश्‍वरप्रति मानिसको प्रेम प्रकट गर्नु अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्‍वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थलाई परिवर्तन गर्नु आवश्यक छ। यसप्रकारले परमेश्‍वरप्रति मानिसको प्रेमलाई शुद्ध गरिन्छ, अर्को शब्दमा, मानिसको हृदय जितिन्छ। तर सारा सृष्टिप्रति परमेश्‍वरको आचरणमा, परमेश्‍वरले जित्नकै खातिर जित्‍नुहुन्‍न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्‍वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सृष्टिले प्राप्त गर्नुपर्ने भावी अपेक्षाहरू र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यस बाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्‍वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोर्‍याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भएतापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। ती कुराहरू जसको लागि मानिसले आशा गर्दछ र पछ्याउँछ, ती उसको देहका अत्याधिक लालसाहरूको अनुसरणबाट उत्पन्न भएका तृष्‍णाहरू हुन्, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्‍वरले मानिसको निम्ति जे तयार गर्नुभएको छ, ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिषहरू तथा प्रतिज्ञाहरू हुन् जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसको निम्ति तयार गर्नुभयो, जुन मानिसका छनौटहरू, धारणाहरू, कल्पनाहरू अथवा देहद्वारा कलङ्कित हुँदैनन्। यो गन्तव्य एउटा विशेष व्यक्तिको निम्ति तयार गरिएको होइन तर सम्पूर्ण मानवजातिको विश्रामको स्थान हो। अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा गर्नुहुँदैन, न त तँ उहाँप्रति विद्रोही नै बन्‍नु हुन्छ। जब उहाँले गर्नुहुने कामले अन्ततः उहाँका उद्देश्यहरू हासिल गर्दछ, यसमा उहाँले महिमा प्राप्त गर्नुहुन्छ। आज किन तँलाई मोआबको सन्तान होस् वा ठूलो रातो अजिङ्गरको सन्तान होस् भनी भनिएको छैन? किन चुनिएका मानिसहरूको बारेमा कुनै कुराकानी छैन, केवल सृष्टि भएका प्राणीहरूको मात्र कुराकानी हुन्छ? सृष्टि गरिएको प्राणी—यो नै मानिसको सुरुको पदवी नाम थियो र यो नै उसको जन्मसिद्ध परिचय हो। नामहरू हेरफेर हुन्छन् किनभने युगहरू र कामका अवधिहरू हेरफेर हुन्छन्; वास्तवमा, मानिस एउटा साधारण सृष्टि हो। सबै सृष्टिहरू चाहे ती अत्यन्त भ्रष्ट होऊन् वा अत्यन्त पवित्र होऊन्, तिनीहरूले सृष्टि गरिएको प्राणी भएको हैसियतले आफ्नो कर्तव्य पालना गर्नुपर्छ। जब परमेश्‍वरले जितको काम गर्नुहुन्छ, उहाँले तेरो भावी अपेक्षा, भाग्य वा गन्तव्यलाई प्रयोग गरेर तँलाई नियन्त्रण गर्नुहुन्न। वास्तवमा, यस प्रकारले काम गर्नुपर्ने कुनै खाँचो छैन। जितको कामको लक्ष्य मानिसलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो काम गर्न लगाउनु, उसलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो; केवल यसपछि मात्रै उसले सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि, र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? संक्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसको निम्ति हो। उदाहरणको निम्ति, आकाश तथा पृथ्वी र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू मानिसको सेवा गर्नकै निम्ति हुन्: उहाँले मानिसको निम्ति बनाउनुभएको चन्द्र, सूर्य, अनि ताराहरू, जनावरहरू र वनस्पति, वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु तथा शिशिर इत्यादि—सबै मानिसको खातिर नै बनाइएका हुन्। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसको शारीरिक आशाहरूबाट बन्चित गर्नुहुने भए तापनि यो उसको शुद्धीकरणको निम्ति हो र मानिसको शुद्धीकरण ऊ बाँच्न सकोस् भन्ने हेतुले गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ, अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्‍कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नु अघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्‍णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब अन्तिम दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ, त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्तता प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसको सबै कुरा ठीक-ठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा समस्या उत्पन्न गर्ने भएकोले र परमेश्‍वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्‍वरलाई प्राप्त गर्छ र शैतानको अधिकारक्षेत्रबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्स्थापित हुनेछ; सामान्य मानिसले अधिकार गर्नुपर्ने सबै कुराहरू—जस्तै असल र खराब छुट्याउन सक्ने क्षमता, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्ने समझ, र सामान्य प्रकारले जिउने क्षमता—यी सबै कुरालाई पुनर्प्राप्ति गरिनेछ। यदि हव्‍वा सर्पद्वारा परीक्षित नभएको भए सुरुमा मानिस सृष्टि गरिएपछि ऊसित यस प्रकारको जीवन हुनेथियो। उसले खानेथियो, पहिरिनेथियो र पृथ्वीमै सामान्य जीवन जिउनेथियो। मानिस भ्रष्ट भइसकेपछि यो जीवन एउटा अप्राप्य भ्रम भयो र आज पनि मानिसले त्यस्ता कुराहरूको कल्पना गर्ने साहस गर्न सक्दैन। वास्तवमा, मानिसले तृष्णा गरेको यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिस त्यस्तो गन्तव्यरहित भएको भए, पृथ्वीमा उसको भ्रष्ट जीवन कहिल्यै टुङ्गिदैन थियो, अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा यस युग जसमा शैतानको पृथ्वीमाथि शक्ति छ, त्यसको अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरूले पहुँच गर्न नसक्‍ने राज्यभित्र आउनुपर्छ र जब मानिस त्यहाँ आइपुग्छ, शैतान पराजित भइसकेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्नेछ। यस प्रकारले जब शैतानको कुनै बाधा हुँदैन तब परमेश्‍वर स्वयमले मानवजातिलाई नियन्त्रण गर्नुहुनेछ र उहाँले मानिसको सम्पूर्ण जीवनमाथि हुकुम चलाउनुहुनेछ र नियन्त्रण गर्नुहुनेछ; तब मात्र शैतान साँचो रूपमा हारेको हुनेछ। मानिसको जीवन आज मुख्यतया एउटा अशुद्धताको जीवन हो; यो अझै पनि कष्ट र पीडाको जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि कष्टको सागरदेखि उम्‍कन बाँकी नै छ, मानिसको जीवनभरिको कठिनाइदेखि वा शैतानको प्रभावदेखि उम्‍कन बाँकी नै छ र ऊसित अझै परमेश्‍वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै कठिनाइ शैतानद्वारा सृष्टि गरिएको थियो; मानिसको जीवनभरि पीडा ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस कष्टको सागरदेखि पूर्ण रूपले उम्कनेछ। तापनि, शैतानको बन्धन मानिसलाई र उसको हृदयलाई जितिसकेपछि अनि मानिसलाई शैतानसितको युद्धमा लुटको माल बनाइसकेपछि मात्रै हासिल गरिन्छ।

आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन्, र शैतानलाई बन्धनमा राखिनुअघि उसले पछ्याउने उद्देश्यहरू तिनै हुन्। सारमा, विजेता हुने र सिद्ध बनाइने वा ठूलो प्रयोगमा आउने सम्‍बन्धी मानिसको खोजी शैतानको प्रभावदेखि उम्किनका निम्ति हो: मानिसको खोजी भनेको विजेता बन्‍नु हो, तर ऊ शैतानको प्रभावबाट उम्कनु मात्रै यसको अन्तिम परिणाम हुनेछ। शैतानको प्रभावदेखि उम्केर मात्रै मानिसले यस पृथ्वीमा सामान्य मानव जीवन, परमेश्‍वरको आराधना गर्ने जीवन जिउनसक्छ। आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी त्यस्ता कुराहरू हुन् जुन यस पृथ्वीमा सामान्य मानव जीवन प्राप्त गर्नुभन्दाअघि उसले खोजी गर्ने कुराहरू हुन्। ती शुद्ध हुन र सत्यताको अभ्यास गर्नको खातिर र सृष्टिकर्तालाई आराधना गर्नको निम्ति नै मुख्य रूपमा तिनको खोजी गरिन्छ। यदि मानिसले पृथ्वीमा सामान्य मानव जीवन, कठिनाइ वा कष्टविनाको जीवन प्राप्त गर्छ भने, मानिस विजेता हुने खोजीमा लाग्नेछैन। “विजेता हुनु” र “सिद्ध बनाइनु” परमेश्‍वरले मानिसलाई खोजी गर्नका निम्ति दिनुहुने दुई उद्देश्यहरू हुन् र यी दुई उद्देश्यहरूको खोजीद्वारा नै उहाँले मानिसलाई सत्यताको अभ्यास गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यसको उद्देश्य भनेको मानिसलाई पूर्ण बनाउनु र उसलाई हासिल गर्नु हो र विजेता हुने र सिद्ध बनाइने कार्यको खोजी केवल एउटा माध्यम मात्रै हो। यदि भविष्यमा मानिस एउटा सुन्दर गन्तव्यमा प्रवेश गर्दछ भने, त्यहाँ विजेता हुने र सिद्ध बनाइने कुनै सन्दर्भ हुनेछैन; त्यहाँ हरेक सृष्टिले आफ्नो कर्तव्य पालना गरिरहेको मात्र हुनेछ। आज मानिसको निम्ति कार्यक्षेत्र निर्धारण गर्न नै मानिसलाई यी कुराहरू खोजी गर्न लगाइन्छ ताकि मानिसको खोजी धेरै लक्षित र व्यवहारिक हुन सकोस्। नत्रभने, मानिस अस्पष्ट अमूर्त कुराहरूको बीचमा जिउनेथियो र अनन्त जीवनको प्रवेशको खोजी गर्नेथियो र यदि यसो भयो भने, मानिस झन् बढी दयनीय हुने थिएन र? यस प्रकारले विनालक्ष्य वा विनासिद्धान्त खोजी गर्नु—के यो आत्म-छल होइन र? अन्ततः यो खोजी स्वभाविक रूपले निष्फल हुनेछ; अन्त्यमा, मानिस अझै शैतानको अधिकारक्षेत्रभित्र जिउनेथियो र त्यसबाट आफैलाई मुक्त गर्न सक्‍नेथिएन। किन त्यस्तो लक्ष्यहीन खोजीमा आफैलाई राख्ने? जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ, अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। त्यहाँ अब उप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछ। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ, परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ। सुरुमा, शैतानद्वारा मानवजाति भ्रष्ट तुल्याइनुअघि मानवजातिले पृथ्वीमा सामान्य जीवन जिए। पछि, जब मानिस शैतानद्वारा भ्रष्ट भयो, तब मानिसले यो सामान्य जीवन गुमायो, अनि परमेश्‍वरको व्यवस्थापनको काम र मानिसको सामान्य जीवन पुनर्स्थापना गर्न शैतानसितको लडाइँ सुरु भयो। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन कार्य समाप्त भएपछि मात्रै पृथ्वीमा सबै मानवजातिको जीवन आधिकारिक रूपले सुरु हुनेछ; तब मात्रै मानिससित सुन्दर जीवन हुनेछ, अनि परमेश्‍वरले सुरुमा मानिस सृष्टि गर्नुभएको आफ्नो उद्देश्य र मानिसको सुरुको स्वरूपलाई पुनर्स्थापित गर्नुहुनेछ। अनि यसरी जब मानिससित पृथ्वीमा मानवजातिको सामान्य जीवन हुनेछ, तब मानिसले विजेता हुने वा सिद्ध बनाइने कुराको खोजी गर्नेछैन, किनभने मानिस पवित्र हुनेछ। “विजेताहरू” तथा “सिद्ध बनाइने” जसको बारेमा मानिसहरू कुरा गर्छन्, ती परमेश्‍वर र शैतानबीचको युद्धको अवधिमा मानिसलाई खोजी गर्नका निम्ति दिइएका उद्देश्यहरू हुन् र मानिस भ्रष्ट भएको कारणले मात्रै त्यसको अस्तित्व छ। तँलाई यो उद्देश्य दिएर अनि यो उद्देश्यलाई खोजी गर्ने तुल्याएर, शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्‍न वा सिद्ध बन्‍न वा प्रयोगमा आउन लगाउनको लागि शैतानलाई पराजित गर्न तैँले गवाही दिनु आवश्यक हुन्छ। अन्त्यमा, मानिसले पृथ्वीमा सामान्य जीवन जिउनेछ, अनि मानिस पवित्र हुनेछ; जब यो हुन्छ, के मानिसहरूले अझै विजेताहरू बन्‍न खोजी गर्नेछन् र? के तिनीहरू सबै सृष्टिका प्राणीहरू होइनन् र? विजेता हुनु र सिद्ध हुनुको बारेमा कुरा गर्दा, यी शब्दहरू शैतानप्रति र मानिसको अशुद्धताप्रति लक्षित छन्। के “विजेता” भन्‍ने यो शब्दले शैतान र त्यसका विरोधी शक्तिहरूमाथि विजयी बन्‍नुलाई जनाउँदैन र? जब तँ आफू सिद्ध बनाइएको छु भनी भन्छस्, तँभित्रको कुन कुरा सिद्ध बनाइएको हुन्छ? परमेश्‍वरको सर्वोच्च प्रेमलाई प्राप्त गर्न सकूँ भनेर तैँले आफूलाई भ्रष्ट शैतानिक स्वभावबाट स्वतन्त्र तुल्याएको हुँदैनस् र? त्यस्ता कुराहरू मानिसभित्रको अशुद्ध कुराहरूको सम्बन्धमा अनि शैतानको सम्बन्धमा बोलिन्छ; ती परमेश्‍वरको सम्बन्धमा बोलिँदैन।

यदि तँ अहिले एक विजयी बन्ने र सिद्ध हुने कुराको पछि लाग्दैनस् भने भविष्यमा जब मानव जातिले पृथ्वीमा सामान्य जीवन बिताउँछ त्यस बेला त्यसरी पछि लाग्ने कुनै मौका हुँदैन। त्यस समयमा, सबै प्रकारका व्यक्तिको अन्त्य प्रकट गरिएको हुनेछ। त्यस समयमा, तँ कस्तो प्रकारको थोक होस् भन्ने स्पष्ट हुनेछ, र यदि तँ एक विजयी हुन चाहन्छस् वा सिद्ध हुने इच्छा गर्छस् भने, त्यो असम्भव हुनेछ। उसको विद्रोहीपनको कारणले मात्रै मानिसलाई प्रकट गरिएपछि उसले दण्ड मात्र भोग्नुपर्नेछ। त्यसबेला, मानिसको खोजीको अरूभन्दा उच्च स्थान हुनेछैन, किनकि कोही विजय हासिल गर्न र अरूले सिद्ध हुन, कोही परमेश्‍वरको जेठो छोरा हुनका निम्ति र अरू परमेश्‍वरको सन्तान हुनलाई ती कुराहरूको पछि लाग्दैनन्। सबै परमेश्‍वरका प्राणीहरू हुनेछन्, सबै पृथ्वीमा बस्नेछन्, र सबै पृथ्वीमा परमेश्‍वरसँगै बस्नेछन्। अहिले परमेश्‍वर र शैतानको बीचमा लडाइँको समय हो, यो यस्तो समय हो जहाँ लडाइँको अन्त्य हुन बाँकी नै छ, एउटा यस्तो समय जब मानिस पूर्ण रूपमा प्राप्त हुन बाँकी नै छ; यो सङ्क्रमणको अवधि हो। अनि यसैले, मानिस एक विजयी बन्ने वा त परमेश्‍वरका मानिसहरूमध्ये एक बन्ने कुराको पछि लाग्नु आवश्यक छ। आज स्थितिमा भिन्नताहरू छन्, तर जब समय आउँछ तब त्यस्ता भिन्नताहरू हुनेछैनन्: विजेता भएकाहरू सबैको स्थिति त्यस्तै हुनेछ, तिनीहरू सबै मानव जातिको योग्य सदस्य हुनेछन्, र पृथ्वीमा समान रूपले बाँच्नेछन्, अर्थात् तिनीहरू सृष्टि गरिएका योग्य प्राणीहरू हुनेछन्, अनि सबैलाई एउटै कुरा दिइनेछ। परमेश्‍वरको कामका युगहरू फरक-फरक छन्, र उहाँको कामका उद्देश्यहरू फरक छन्, त्यसकारण यदि यो काम तिमीहरूमा गरिन्छ भने, तिमीहरू सिद्ध बनाइन र विजेताहरू बन्नका निम्ति योग्य हुन्छौ; यदि यो काम विदेशमा गरियो भने, त्यहाँका मानिसहरू जितिनु पर्ने र सिद्ध बनाइनु पर्ने मानिसहरूको पहिलो समूह बन्नेछन्। आज यो काम विदेशमा गरिएको छैन, यसैले अन्य देशका मानिसहरू सिद्ध बनाइने र जितिने योग्यका छैनन्, र उनीहरू पहिलो समूह बन्न असम्भव छ। परमेश्‍वरको कामको उद्देश्य फरक भएकोले, परमेश्‍वरको कामको युग फरक भएकोले, र यसको कार्यक्षेत्र फरक भएकोले, त्यहाँ पहिलो समूह छ, अर्थात् त्यहाँ विजेताहरू छन्, यसैले त्यहाँ दोस्रो समूह पनि हुनेछ जसलाई सिद्ध बनाइनेछ। त्यहाँ सिद्ध बनाइएको पहिलो समूह भएपछि, त्यहाँ एउटा नमूना र ढाँचा हुनेछ, र भविष्यमा सिद्ध बनाइएकाहरूको दोस्रो र तेस्रो समूह हुनेछ, तर अनन्तमा तिनीहरू सबै एक समान हुनेछन्, र त्यहाँ हैसियतको कुनै वर्गीकरण हुनेछैन। तिनीहरूलाई फरक-फरक समयमा सिद्ध बनाइएको हुनेछ, र हैसियतमा कुनै भिन्‍नता हुनेछैन। जब सबै जना पूर्ण बनाइने र सम्पूर्ण ब्रह्माण्डको काम समाप्त गर्न समय आउनेछ, त्यहाँ हैसियतको कुनै भिन्नता हुनेछैन, सबै जना समान हैसियतका हुनेछन्। आज, यो काम तिमीहरूको बीचमा गरिन्छ, यसैले कि तिमीहरू विजेता बन्न सक। यदि यो बेलायतमा गरिएको थियो भने जसरी तँ पहिलो समूह हुनेथिइस्, त्यसरी नै बेलायत त्यो पहिलो समूह भएको हुनेथियो। तिमीहरू अनुग्रहसहित आशिष् पाएकोले नै आज त्यस प्रकारले तिमीहरूमा काम भइरहेको छ, र यदि यो काम तिमीहरूमा नगरिएको भए तिमीहरू दोस्रो, वा तेस्रो, वा चौथो, वा पाँचौं समूह हुनेथियौ। यो कामको चरणको कारणले मात्र भिन्नता भएको हो; पहिलो समूह र दोस्रो समूहले तिनीहरू एउटा अर्कोभन्दा उच्च छ वा निम्न स्तरको छ भनेर जनाउँदैन, त्यसले ती मानिसहरूलाई सिद्ध बनाइएको क्रमलाई मात्र जनाउँछ। आज यी वचनहरू तिमीहरूलाई बताइएको छ, तर तिमीहरूलाई पहिले यो किन बताइएन? किनकि, एक प्रक्रियाविना, मानिसहरू चरमतातिर बढ्छन्। उदाहरणको लागि, येशूले उहाँको समयमा यसो भन्नुभयो: “जसरी म जाँदैछु, त्यसरी नै म आउनेछु।” आज, धेरै जना व्यक्ति यी वचनहरूद्वारा मोहित भएका छन्, र तिनीहरू केवल सेतो वस्त्र पहिरिन्छन् र स्वर्गमा जानका निम्ति उठाइको घटनालाई पर्खन्छन्। यसैले, धेरै वटा यस्ता कुराहरू छन् जुन चाँडै बोल्न सकिँदैन; यदि तिनलाई चाँडै बोलियो भने, मानिसहरू चरमतातिर जान्छन्। मानिसको कद धेरै सानो छ, र ऊ यी वचनहरूको सत्यताहरूलाई देख्न असमर्थ छ।

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू दासत्वमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो कठिन हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले परमेश्‍वरलाई आदर र प्रेम गर्दछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि, अर्थात्, शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू दासत्वमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ, र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ, र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन, र तैंले कसैको बारेमा चिन्ता लिइरहनु पर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन, र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरू जस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूत जस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा। आज मानिस सजाय र न्यायबाट भएर जान्छ; के तँ मानिसले गर्ने त्यस्ता अनुभवहरू अर्थहीन छन् भनी सोच्छस्? के सजाय र न्यायको काम विनाकारण गर्न सकिन्छ? मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा फाल्नु हो, जसको अर्थ उसको भाग्य र सम्भावनाहरू खोस्नु हो भनेर यसभन्दा पहिले भनिएको थियो। यो एउटा कुराका लागि हो: मानिसलाई शुद्ध पार्नु। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, त्यसपछि परमेश्‍वरले ऊबाट आफ्ना हातहरू धुनुहुन्छ। यसको साटो, यो मानिस भित्रको विद्रोहीपनको निराकरण गर्नलाई हो, यसैले कि अन्त्यमा मानिसभित्रका थोकहरू शुद्ध हुन सकोस्, यसरी उसले परमेश्‍वरको सत्य ज्ञान पाउन सकोस् र पवित्र व्यक्तिजस्तो हुन सकोस्। यदि यसो गरियो भने सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिस भित्रका निराकरण गर्नुपर्ने थोकहरूको निराकरण गरिन्छ, र मानिसको गवाही जोडदार हुन्छ, तब शैतान पनि पराजित हुनेछ, र मानिसभित्र सुरुदेखि नै रहेका केही कुराहरू शुद्ध नभए पनि शैतान पराजित भएपछि यसले उप्रान्त समस्या पैदा गर्नेछैन, र त्यो बेला मानिस पूर्ण रूपमा शुद्ध पारिएको हुनेछ। मानिसले त्यस्तो जीवनको अनुभव कहिल्यै गरेको छैन, तर जब शैतानलाई पराजित गरिएपछि, सबै कुरा मिलाइनेछ अनि ती सबै तुच्छ कुराहरूको समाधान गरिनेछ, र एक पटक त्यो मुख्य समस्या समाधान गरेपछि अरू सबै समस्याहरू समाप्त हुनेछन्। परमेश्‍वर पृथ्वीमा देहधारण गरी आउनुभएको यो अवधिमा जब उहाँले पृथ्वीमा मानिसहरूको माझमा व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै कामहरू शैतानलाई हराउनका लागि गरिन्छ र उहाँले मानिसमाथि विजय हासिल गरेर अनि तिमीहरूलाई सम्पूर्ण बनाएर शैतानलाई हराउनुहुनेछ। जब तिमीहरूले जोडदार गवाही दिन्छौ, यो पनि शैतानको पराजयको चिह्न हुनेछ। पहिले मानिसलाई जितिनेछ र शैतानलाई पराजित गर्नको लागि अन्त्यमा उसलाई पूर्ण रूपमा सिद्ध बनाइन्छ। तापनि, सारमा शैतानको पराजयको साथसाथै यो कष्टको रित्तो समुद्रबाटको सारा मानव जातिको मुक्ति पनि हो। काम सम्पूर्ण ब्रह्माण्डमा गरिओस् वा चीनमा गरिओस्, ती सबै शैतानलाई हराउन र सम्पूर्ण मानव जातिलाई मुक्ति दिनका लागि गरिन्छ, यसैले कि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी परमेश्‍वर, यो सामान्य देह, शैतानलाई हराउनकै निम्ति हो। शरीरमा आउनुभएका परमेश्‍वरको काम आकाशमुनि उहाँलाई प्रेम गर्नेहरू सबैको मुक्तिका निम्ति हो, यो सम्पूर्ण मानव जातिलाई जित्नका लागि हो र त्यसबाहेक शैतानलाई पराजित गर्नका लागि पनि हो। परमेश्‍वरका सबै व्यवस्थापन कार्यका मुख्य कुराहरू सारा मानवजातिलाई मुक्ति दिनको लागि शैतानलाई पराजय गर्ने कार्यबाट अलग गर्न सकिँदैन। यो धेरै जस्तो काममा किन तिमीहरूलाई गवाही दिने कुरा गरिन्छ? यो गवाही कोतिर निर्देशित हुन्छ? के यो शैतानतिर निर्देशित हुँदैन? यो गवाही परमेश्‍वरका निम्ति दिइन्छ, र यो परमेश्‍वरको कामले यसको प्रभाव प्राप्त गरेको गवाही दिनका निम्ति दिइन्छ। गवाही दिनु शैतानलाई हराउने कामसँग सम्बन्धित छ; यदि शैतानसँग लडाइँ गर्नुपर्ने थिएन भने, मानिसले गवाही दिनु पर्ने थिएन। शैतानलाई पराजित गर्नै पर्ने र त्यसको साथै मानिसलाई मुक्ति दिनु पर्ने भएकोले परमेश्‍वरले मानिससँग शैतानको अगि गवाही दिने माग गर्नुहुन्छ, जसलाई उहाँले मानिसलाई मुक्ति दिन र शैतानसँग युद्ध गर्नको लागि प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यको केन्द्र हो भने शत्रु शैतान केवल विनाशको पात्र हो। तैंले केही गरेको छैनस् जस्तो तँलाई लाग्न सक्छ, तर तेरो स्वभावमा भएको परिवर्तनको कारण गवाही दिइएको छ, र त्यो गवाही शैतानतिर निर्देशित हुन्छ र मानिसलाई दिइएको हुँदैन। मानिस त्यस्तो गवाहीको आनन्द लिने योग्यको छैन। उसले परमेश्‍वरले गर्नुभएको काम कसरी बुझ्न सक्छ? परमेश्‍वरको लडाइँको पात्र शैतान हो; मानिसचाहिँ केवल मुक्तिको पात्र मात्र हो। मानिससँग शैतानिक भ्रष्ट स्वभावहरू छन्, र यो काम बुझ्न असक्षम छ। यो शैतानको भ्रष्टताको कारणले र यो मानिसमा अन्तर्निहित रूपमा छैन तर शैतानद्वारा निर्देशित हुन्छ। आज, परमेश्‍वरको मुख्य काम शैतानलाई हराउनु हो, अर्थात् मानिसहरूलाई पूर्ण रूपमा जित्नु हो, यसैले कि मानिसले शैतानको सामु परमेश्‍वरलाई अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुराहरू पूरा हुनेछन्। धेरैजसो अवस्थाहरूमा, तेरो नाङ्गो आँखाको लागि के देखिन सक्छ भने, केही पनि गरिएको छैन, तर वास्तवमा, काम पहिलेबाटै पूरा भइसकेको हुन्छ। मानिस पूरा भएका सबै कामहरू देख्न सकियोस् भन्ने चाहन्छ, तैपनि तिमीहरूका निम्ति देख्न सक्ने नबनाई मैले मेरो काम पूरा गरेको छु, किनकि शैतान अधीनमा पारिएको छ, जसको अर्थ, त्यो पूर्ण रूपमा पराजित भएको छ, परमेश्‍वरको सबै ज्ञान, शक्ति र अख्तियारले शैतानलाई हराएको छ। यो हामीले धारण गर्नैपर्ने गवाही हो, तर यो मानिसमा स्पष्ट व्यक्त नगरिए पनि, यो नाङ्गो आँखाले नदेखिए पनि शैतान पहिलेबाटै हारिसकेको छ। यो कामको सम्पूर्णता शैतानको विरुद्ध निर्देशित छ र शैतानसितको लडाइँको कारण यो पूरा गरिन्छ। यसरी, धेरै यस्ता कुराहरू छन् जुन मानिसले सफल भइरहेको भनी देख्दैन, तर जुन परमेश्‍वरको आँखामा, धेरै अघि नै सफलतापूर्वक पूरा भइसकेका थिए। यो परमेश्‍वरका सबै कामको एक भित्री सत्यता हो।

जब शैतानलाई पराजित गरिएको हुन्छ, भन्नुको अर्थ, मानिस पूर्ण रूपमा जितिएपछि, मानिसहरूले यी सबै कामहरू मुक्तिको खातिर हो, र यो मुक्तिको माध्यम भनेको मानिसहरूलाई शैतानको हातबाट जफत गर्नु हो भन्‍ने बुझ्‍नेछन्। परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानव जातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानव जातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानको विरुद्धमा लडाइँ गर्न सक्‍नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ, र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानव जातिको मुक्तिको लागि हो र मानव जातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्न सकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ, र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्‍म भ्रष्ट बनाएको छ त्यस अनुसार हुन्छ। सायद, जसरी दुई सेनाले एक-अर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानको विरुद्धमा हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्‍पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्‍ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै संचालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्नका निम्ति त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामको धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानको विरुद्ध हतियार उठाउनु होइन, तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, यसैले कि उसले परमेश्‍वरको साक्षी दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात्, जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ, र यस प्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतान विरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो शैतानको अधिकार क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्त रूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानको विरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन, वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानव जातिको मुक्तिको लागि हो। प्रारम्भिक मानव जाति परमेश्‍वरको हातमा थियो, तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पर्‍यो र दुष्टको हातमा पर्‍यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वसमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात्, मानिसलाई शैतान कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यस प्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिनुपर्ने पात्र बन्छ, त्यसपछि मानव जातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

परमेश्‍वरले सृष्टिको कुनै प्राणीसित द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम शैतानतिर निर्देशित हुन्छ; यो मानव जातिको मुक्तिका लागि गरिन्छ, यो सबै शैतानलाई हराउनका लागि हो, र यसको एउटै उद्देश्य छ: अन्त्यसम्म शैतान विरुद्ध लडाइँ गर्नु! परमेश्‍वर त्यत्ति बेलासम्म विश्राम गर्नुहुन्न जबसम्म उहाँले शैतानमाथि विजयी पाउनुहुन्न! शैतानलाई हराएपछि मात्र उहाँले विश्राम गर्नुहुनेछ। परमेश्‍वरले गर्नुभएका सबै कामहरू शैतानतर्फ निर्देशित छन् र शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबै शैतानको अधिकार क्षेत्रको नियन्त्रणमा छन् र सबै शैतानको अधिकारक्षेत्रभित्र जिउँछन्, त्यसकारण शैतानसित लडाइँ नगरी र त्योसित सम्बन्ध नतोडी शैतानले तिनीहरूमाथिको आफ्नो पकड खुकुलो पार्दैन, र तिनीहरूलाई प्राप्त गर्न सकिँदैन। यदि तिनीहरू प्राप्त गरिएनन् भने, त्यसले शैतानलाई पराजित गरिएको छैन, त्यो हारेको छैन भन्ने प्रमाणित गर्छ। र यसैले, परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन योजनाको, पहिलो चरणमा उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणमा उहाँले अनुग्रहको युगको काम गर्नुभयो, अर्थात् क्रूसीकरणको काम, र तेस्रो चरणको अवधिमा उहाँले मानव जातिलाई जित्ने काम गर्नुहुन्छ। यो सबै काम शैतानले मानव जातिलाई भ्रष्ट पार्ने हदमा निर्देशित छ, यो सबै शैतानलाई हराउनका लागि गरिन्छ, र प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन कार्यको सार भनेको ठूलो रातो अजिङ्गरको विरुद्धको लडाइँ हो, र मानव जातिको प्रबन्ध गर्ने काम पनि शैतानलाई हराउने काम हो, शैतानसँग लडाइँ गर्ने काम। परमेश्‍वरले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, यसरी मानिसलाई नयाँ क्षेत्रमा ल्याउन उहाँले छ हजार वर्षसम्म काम गर्नुभएको छ। जब शैतानको पराजय हुन्छ, मानिसलाई पूर्ण रूपमा स्वतन्त्र गरिनेछ। के यो आजको परमेश्‍वरको कामको दिशा होइन र? आजको कामको सटीक दिशा यही हो: मानिसलाई पूर्ण छुटकारा दिनु र स्वतन्त्र बनाउनु, यसैले कि ऊ कुनै नियमको अधीनमा नहोस्, न त कुनै बन्धन वा सीमाहरूद्वारा सीमित होस्। यी सबै काम तिमीहरूको कदको आधारमा र तिमीहरूका आवश्यकताहरू अनुसार गरिन्छ, यसको मतलब तिमीहरूले जे हासिल गर्न सक्छौ त्यही तिमीहरूलाई प्रदान गरिन्छ। यो भनेको जबरजस्ती “क्षमताभन्दा बाहिरको काम लगाउनु”, तिमीहरूमाथि कुनै कुरा जबरजस्ती लाद्‍ने होइन, बरु, सबै काम तिमीहरूका वास्तविक आवश्यकताहरू अनुसार नै गरिन्छ। कामको प्रत्येक चरण मानिसको वास्तविक आवश्यकता र मागहरू अनुसार नै गरिन्छ; कामको प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। वास्तवमा, सुरुमा सृष्टिकर्ता र उहाँका सृष्टिहरू बीच कुनै अवरोधहरू थिएनन्। यी सबै अवरोधहरू शैतानको कारणले भएका हुन्। शैतानले उसलाई जसरी वाधा दिएको छ र भ्रष्ट बनाएको छ त्यसले गर्दा मानिसले कुनै पनि कुरा देख्न वा छुन सक्दैन। मानिस पीडित हो, जसलाई धोका दिइएको छ। शैतानलाई पराजित गरिएपछि, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई हेर्नुहुनेछ, र तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ गर्न सक्नुहुनेछ। पृथ्वीमा मानिसमा हुनुपर्ने जीवन यही हो। र यसरी, परमेश्‍वरको काम मुख्य रूपमा शैतानलाई हराउनु को लागि नै हो, र शैतानलाई हराइसकेपछि सबै कुराको समाधान हुनेछ। आज, तैँले देखेको छस्, कि परमेश्‍वर मानिसको बीचमा आउनु कुनै सजिलो कुरा होइन। उहाँ प्रत्येक दिन तिमीहरूमा गल्ती भेट्टाउन, यो अनि त्यो कुरा भन्न, वा उहाँ कस्तो हुनुहुन्छ र उहाँ कसरी बोल्नुहुन्छ र जिउनुहुन्छ त्यो तिमीहरूलाई देखाउन आउनुभएको होइन। उहाँलाई हेर्ने तिमीहरूलाई अनुमति दिन, वा तिमीहरूका आँखाहरू खोल्न, वा उहाँले भन्नुभएका रहस्यहरू र उहाँले सातवटा मोहोरहरू खोल्नुभएको तिमीहरूलाई सुन्न दिन मात्र परमेश्‍वर मानिस बन्नुभएको होइन। बरु, उहाँ शैतानलाई हराउनको लागि मानिस बन्नुभएको छ। मानिसलाई मुक्ति दिन र शैतानको विरुद्ध लडाइँ गर्न उहाँ मानिसको बीचमा देहमा आउनुभएको छ; उहाँको देहधारणको महत्त्व यही हो। यदि त्यो शैतानलाई हराउनका लागि थिएन भने उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुहुने थिएन। परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्‍वर यथार्थ हुनुहुन्छ, अस्पष्ट वा खोक्रो होइन, र परमेश्‍वर उच्‍च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्‍ने जानोस् भनी परमेश्‍वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ, र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानिस नै हो परमेश्‍वरले, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउनका लागि र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिनको लागि परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। चाहे परमेश्‍वरका आत्मा होऊन् वा परमेश्‍वरको देहधारणको शरीर, शैतानसँग लडाइँ गर्ने परमेश्‍वर मात्र हुन सक्‍नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन्, र मानिस त झन् अझै दुर्बल छ। त्यसरी नै, यदि परमेश्‍वर मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात्, उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ, र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनु पर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरको आत्मा वा मानिसले गर्ने हो भने यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन, र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानको विरुद्धमा व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान सर्ममा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम परमेश्‍वरका आत्माले हासिल गर्न सक्‍नुहुन्‍न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनु परेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्‍नेथियो र ऊ आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानव जातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरू भन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नेसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्‍नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानव जातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको आज्ञापालन गर्नु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्ने जस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्नसक्छ। मानिसले परमेश्‍वर स्‍वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा यो काम परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानव जातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ, र एउटा नयाँ युगमा जसलाई परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ। मानिस सबै थोकको मालिक हो, तर प्राप्त भएकाहरू शैतानसँगका सबै लडाइँका फलहरू हुनेछन्। शैतानले सबै कुरालाई भ्रष्ट पार्दछ, लडाइँहरूको अन्त्यमा पराजित हुन्छ, र यी लडाइँहरू पछि दण्ड दिइने पनि त्यसलाई नै। परमेश्‍वर, मानिस र शैतानको बीचमा शैतानलाई मात्र घृणा र अस्वीकार गरिनेछ। शैतानले प्राप्त गरेको, तर परमेश्‍वरद्वारा फिर्ता नलिएकाहरू शैतानको पक्षमा दण्ड पाउनेहरू बन्‍नेछन्। यी तीनमध्ये, सबै थोकले केवल परमेश्‍वरलाई मात्रै आराधना गर्नुपर्दछ। तिनीहरू, जो शैतानद्वारा भ्रष्ट भएका थिए तर परमेश्‍वरद्वारा फिर्ता लिइएका छन् र जो परमेश्‍वरको मार्ग अनुसरण हिँड्दछन्, तिनीहरूचाहिँ परमेश्‍वरको प्रतिज्ञा पाउने र परमेश्‍वरको तर्फबाट दुष्टहरूको न्याय गर्नेहरू हुनेछन्। परमेश्‍वर निश्चय विजयी हुनुहुनेछ र शैतान निश्चय पराजित हुनेछ, तर मानिसको बीचमा जित्नेहरू हुनेछन् र हार्नेहरू पनि हुनेछन्। जित्नेहरू विजय हुनेहरूका स्वामित्वमा हुनेछन् र हार्नेहरू पराजित हुनेहरूका स्वामित्वमा हुनेछन्; प्रत्येकको प्रकारअनुसारको वर्गीकरण यही हो, यो परमेश्‍वरको सबै कामको अन्तिम समाप्ति हो। यो परमेश्‍वरका सबै कामको लक्ष्य पनि हो, र यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको व्यवस्थापन योजनाको मुख्य काम मानिसको मुक्तिमा केन्द्रित छ, र परमेश्‍वर मुख्य रूपमा यस कामको खातिर र शैतानलाई हराउनका लागि देह बन्नुहुन्छ। पहिलो पटक परमेश्‍वर मानिस बन्‍नुको कारण पनि शैतानलाई हराउनु नै थियो: पहिलो लडाइँको काम पूरा गर्न, अर्थात् मानव जातिलाई छुटकारा दिनको लागि उहाँ व्यक्तिगत रूपले देह बन्नुभयो अनि उहाँलाई व्यक्तिगत रूपले क्रूसमा काँटी ठोकियो। त्यस्तै गरी, कामको यो चरण पनि परमेश्‍वरले व्यक्तिगत रूपमै गर्नुहुन्छ, जो मानिसको बीचमा आफ्नो काम गर्न, व्यक्तिगत रूपमा उहाँको वचन बोल्न र मानिसलाई उहाँ स्वयम्‌लाई देख्ने तुल्याउन मानिस बन्नुभयो। अवश्य नै, यस क्रममा उहाँले अनिवार्य रूपमा अन्य कामहरू पनि गर्नुहुन्छ, तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानव जातिलाई जित्नु र यी मानिसहरूलाई प्राप्त गर्नु नै हो। यसैले, परमेश्‍वरको देहधारणको काम साँच्चै सजिलो छैन। यदि उहाँको उद्देश्य मानिसलाई परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ र परमेश्‍वर वास्तविक हुनुहुन्छ भनी देखाउनु मात्रै थियो भने, यदि यो काम गर्नका लागि मात्र थियो भने उहाँ देह बन्नुको कुनै आवश्यक हुँदैनथियो। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए पनि उहाँले आफ्नो नम्रता र गोप्यता, आफ्‍नो महान्‌ता र पवित्रता मानिसको सामु प्रत्‍यक्ष रूपमा प्रकट गर्न सक्नुहुन्थ्यो, तर मानव जातिलाई व्यवस्थापन गर्ने कामसित ती कुराहरूको कुनै सरोकार हुनेथिएन। तिनीहरू मानिसलाई बचाउन वा पूर्ण बनाउन असमर्थ छन्, तिनीहरूले शैतानलाई जित्‍न सक्‍ने कुरा त परै जाओस्। यदि शैतानलाई पराजित गर्नका निम्ति आत्माले केवल आत्माको विरुद्ध लडाइँ मात्रै गर्नुपर्थ्यो भने त्यस्तो कामको व्यावहारिक मूल्य अझै कम हुने थियो; त्यो मानिसलाई प्राप्त गर्न असमर्थ हुनेथियो र यसले मानिसको भाग्य र सम्भावनाहरूलाई नाश पार्न सक्थ्यो। त्यसैले, परमेश्‍वरको आजको कामको गहन महत्त्व छ। यो मानिसले उहाँलाई देख्न सकोस् वा मानिसका आँखाहरू खोलिऊन्, वा उसले स्पर्श र उत्साहको केही भावनाहरू प्राप्त गरून् भनेर मात्र होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस प्रकारको ज्ञानको बारेमा मात्रै कुरा गर्न सक्छस् भने तँलाई परमेश्‍वरको देहधारणको वास्तविक महत्त्व थाहा छैन भन्‍ने त्यसले प्रमाणित गर्छ।

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम परमेश्‍वर आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो, र यदि त्यस्तो नभएको भए कसैले पनि मानव जातिलाई सृष्टि गर्न सक्ने थिएन; दोस्रो चरण सम्पूर्ण मानव जातिको उद्धार गर्नुथियो, र यो पनि परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणको बारेमा केही भनिरहनु पर्दैन: यसमा परमेश्‍वरका सबै कामहरू समाप्त गर्नका लागि परमेश्‍वरले काम गर्नु अझ बढी आवश्यक हुन्छ। सम्पूर्ण मानव जातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानव जातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले उहाँलाई देखोस् भनी परमेश्‍वर आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने त्यस्तो विश्‍वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम परमेश्‍वर आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। मानिसले परमेश्‍वरको तर्फबाट यो गर्न सक्दैन। ऊसँग परमेश्‍वरको पहिचान वा वास्तविक गुण नभएकोले, ऊ परमेश्‍वरको काम गर्न असक्षम छ, र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। परमेश्‍वर पहिलो पटक सारा मानव जातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि परमेश्‍वरले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, परमेश्‍वरले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने मानिस परमेश्‍वरका लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले परमेश्‍वरको काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम परमेश्‍वरले स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्‍नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, तब यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थ्यो, र परमेश्‍वर आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले, र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन, र मानिसको पापसँग सम्बन्धित थिएन, र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो, र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। परमेश्‍वरको कामको पहिलो चरण मानव जातिको नेतृत्व थियो। त्यो शैतान विरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतान विरुद्धको आधिकारिक युद्ध परमेश्‍वरको पहिलो देहधारणबाट सुरु भयो, र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी परमेश्‍वरको क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्‍वरले प्रत्यक्ष रूपमा मानिसको जीवनमा लागि काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुआत थियो, र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो परमेश्‍वरको कामको सुरुआत थियो, र यसमा कुनै युद्ध, वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जगको बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो, कि मानव जीवन परमेश्‍वर आफैले बनाउनुभएको हो। यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानको विरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले परमेश्‍वरको तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान समर्पित हुने थिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी परमेश्‍वर नै हुनुपर्थ्यो, किनकि देहधारी परमेश्‍वरको सार अझै पनि परमेश्‍वर नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले देह धारण गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भए, ऊ ती बोल्न असमर्थ हुनेथियो, र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्‍न सक्दैनथियो। देह धारण गरेर परमेश्‍वर शैतानलाई हराउन र त्यसलाई पूर्ण अधीनतामा ल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, उहाँले मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। परमेश्‍वरको व्यवस्थापनमा मानिस परमेश्‍वरको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यक हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्छ, परमेश्‍वर स्वयम् र शैतानको बीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो, र परमेश्‍वर स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतान विरुद्धको युद्ध संलग्‍न कुनै पनि कुरामा परमेश्‍वरको देहधारण पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्ने हो। यदि मानिसले युद्ध गर्नु परेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै अधिकार क्षेत्रमा बसेर ऊसँग त्यसको युक्तिको विरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने तँ शैतानका होस्, तर यदि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्छस् भने तँ परमेश्‍वरको होस्। यदि यो युद्धको काममा मानिसले परमेश्‍वरको पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले परमेश्‍वरको काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो, कि मानिससँग परमेश्‍वरको सार हुँदैन, र यदि तैँले शैतानसँग युद्ध गरिस् भने तैँले त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ, तर ऊ परमेश्‍वरको स्वयम्‌को काममा परमेश्‍वरको स्थानमा खडा हुनु सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब परमेश्‍वर स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा परमेश्‍वरलाई पछ्याउँछ र उहाँको आज्ञा पालन गर्दछ, तब मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन् सक्छ, र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

सबै, जो सिद्ध हुन इच्छुक छन् तिनीहरूसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध हुन इच्छुक छैनस् र त्यो सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने त्यो तेरो आफ्नै समस्या हो। ती सबै जो सिद्ध हुन इच्छुक छन् र परमेश्‍वरप्रति बफादार हुन्छन्, ती सबै जसले आज्ञापालन गर्छन्, र जसले विश्‍वासयोग्य ढङ्गले आफ्नो काम गर्दछन्—त्यस्ता सबै मानिसहरूलाई सिद्ध बनाउन सकिन्छ। आज, ती सबै जसले बफादार भई आफ्नो कर्तव्य पालन गर्दैनन्, ती सबै जो परमेश्‍वरप्रति बफादार छैनन्, ती सबै जो परमेश्‍वरको अधीन बस्दैनन्, विशेष गरी तिनीहरू जसले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेका छन्, तर त्यसलाई व्यवहारमा प्रयोग गर्दैनन् त्यस्ता सबै मानिसहरू सिद्ध बन्न असमर्थ हुन्छन्। तिनीहरू सबै जो बफादार छन् र परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक छन्, तिनीहरू सिद्ध बनाइन सक्छन्, चाहे तिनीहरू थोरै अज्ञानी नै किन नहोऊन्; ती सबै जो पछ्याउन इच्छुक छन्, तिनीहरूलाई सिद्ध पार्न सकिन्छ। यसको बारेमा चिन्ता लिनु आवश्यक छैन। जबसम्म तँ यस दिशातिर लाग्न तयार हुन्छस्, तँलाई सिद्ध पारिन सकिन्छ। म तिमीहरूको बीचमा भएका कसैलाई पनि त्याग्न वा हटाउन इच्छुक छैन, तर यदि मानिसले राम्रो गर्ने कोसिस गर्दैन भने, तैँले आफैलाई नाश पारिरहेको हुन्छस्; तँलाई हटाउने म होइनँ, तर तँ आफै होस्। यदि तँ आफैले राम्रो गर्ने कोसिस गर्दैनस् भने—यदि तँ अल्छी छस् वा आफ्‍नो कर्तव्य पालन गर्दैनस्, वा तँ बफादार छैनस्, वा सत्यको पछि लाग्दैनस् र सधैँ तँलाई जे मन लाग्छ त्यही गर्छस्, यदि तँ लापरवाही व्यवहार गर्छस्, तेरो आफ्नै प्रसिद्धि र धनको लागि लडाइँ गर्छस्, विपरीत लिङ्गप्रतिको तेरो व्यवहारमा बेइमान छस् भने तैँले आफ्नो पापको बोझ आफै बोक्‍नेछस्; तँ कसैको दया पाउने लायकको हुँदैनस्। मेरो अभिप्राय तिमीहरू सबै सिद्ध बन, र कम्तीमा पनि जितिएका हौ भन्ने हो, यसैले कि यो चरणको काम सफलतापूर्वक पूरा हुन सकोस्। परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पछौटे वा कम क्षमताका छौ भन्दा केही फरक पर्दैन—यो सब तथ्य हो। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु, र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो, कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस्, र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो कमजोर योग्यता अनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमता अनुरूप हुनेछ; यदि तँ अन्जान र अशिक्षित छस् भने तँसित मेरा मागहरू तेरो असाक्षरता अनुरूप हुनेछ; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्य अनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरको अनुरूप हुनेछ; यदि तँ अतिथिसत्कार प्रदान गर्न सक्छस् भने तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथिसत्कार गर्न सक्दिनँ, केही कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको देखरेख गर्ने ना अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, आखिरीसम्म आज्ञापालन गर्नु, र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो, र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ, र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, कि प्रत्येक व्यक्तिसँग सिद्ध हुने मौका हुन्छ र सिद्ध हुनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ आफ्नो खोजीमा अझ उत्तम हुने प्रयास गर्दैनस्। यदि तैँले यी तीन मापदण्डहरू हासिल गर्दैनस् भने, अन्त्यमा तँलाई हटाइनु नै पर्छ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्‍ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस्, र आखिरीसम्म आज्ञापालन गर्न सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्‍वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन्, अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्‍नको लागि रहिरहनेछन्।

अघिल्लो: परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अर्को: आशिषको बारेमा तिमीहरूको बुझाई कस्तो छ?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

अध्याय १०

आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छ त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि...

परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता १हाम्रो अन्तिम भेलामा हामीले परमेश्‍वरको अख्तियारको बारेमा थप सङ्‍गति गरेका थियौं। अहिले चाहिँ हामी परमेश्‍वरको...

तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्