अध्याय ६०

जीवनको वृद्धि हुनु कुनै सजिलो कुरा होइन; यसका लागि प्रक्रिया चाहिन्छ र त्योभन्दा पनि, यसका लागि तिमीहरूले मूल्य चुकाउन सक्‍नु र तिमीहरूले मसँग एउटै हृदय र मनका भएर सहकार्य गर्नु अनि यसरी मेरो अनुमोदन प्राप्त गर्नु आवश्यक पर्छ। स्वर्ग र पृथ्वी अनि यावत् थोक मैले बोल्ने वचनहरूद्वारा स्थापित र सम्पन्न हुन्छन् र मेरा लागि केही पनि असम्भव छैन। मेरो एउटै मात्र इच्छा तिमीहरू चाँडै वृद्धि होऊ, मेरो काँधको बोझ लेऊ, यसलाई आफ्नै काँधमा राख र मेरो खातिर परिश्रम गर भन्ने हो; त्यसपछि मात्रै मेरो हृदय सन्तुष्ट हुनेछ। कुन छोराले आफ्ना बुबाका लागि बोझ उठाउँदैन र? कुन बुबाले आफ्नो छोराका लागि दिनरात परिश्रम गर्दैन र? तैपनि, तिमीहरूमा मेरा अभिप्रायहरूबारे बुझाइ नै छैन र तिमीहरू मेरा बोझहरूको ख्याल गर्दैनौ; तिमीहरू मेरा वचनहरूलाई महत्त्व दिँदैनौ र मैले भनेजस्तो तिमीहरू गर्दैनौ; तिमीहरू सधैँ आफ्नै मालिक बन्छौ। कति स्वार्थी! तिमीहरू आफ्नै लागि मात्रै योजनाहरू बनाउँछौ!

तैँले साँच्चिकै मेरा अभिप्रायहरू बुझ्छस् कि तैँले नबुझेको बहाना गर्दैछस्? किन तँ सधैँ त्यस्तो आवारा व्यवहारमा तल्लीन हुन्छस्? के त्यसो गरेर तैँले मेरो नजरमा ठीक काम गरिरहेको छस् भनेर तेरो विवेकले भन्छ र? तेरो रोगको कारण पत्ता लगाइसकेपछि पनि तँ किन उपचारको निम्ति मसित कुराकानी गर्दैनस्? म तँलाई बताउँछु: आजको दिनदेखि, तिमीहरूको शरीरमा कुनै रोगहरू हुनेछैन। यदि तिमीहरूको शरीरको कुनै भाग अस्वास्थ्य भएमा, बाहिरी कारण खोजी गर्नमा व्यस्त नहोऊ; बरु मेरो सामु आऊ र मेरा अभिप्रायहरू जान्ने प्रयास गर। के तिमीहरूले यसलाई सम्झिनेछौ? यो मेरो प्रतिज्ञा हो: आजको दिनदेखि, तिमीहरू पूर्ण रूपले आफ्नो भौतिक शरीरदेखि निस्केर आत्मिक क्षेत्रभित्र प्रवेश गर्नेछौ; अर्थात्, अब उपरान्त तिमीहरूको शरीर रोगले बोझिलो हुनेछैन। के तिमीहरू त्यसमा खुशी छौ? के तिमीहरू आनन्दित अनुभूति गर्छौ? यो मेरो प्रतिज्ञा हो। यसको अतिरिक्त, यो तिमीहरूले लामो समयदेखि आशा गरेको कुरा हो। आज, तिमीहरू आशिषित जनहरूमा यो पूरा भएको छ। कति उदेकको र अथाह कुरा!

मेरो काम दिन र रात; पल-पल अघि बढ्छ। यो कहिल्यै रोकिँदैन। किनकि मेरो अत्यावश्यक चाहना भनेको तँलाई मेरा अभिप्रायहरूअनुसारको व्यक्ति बनाउनु हो, ताकि मेरो हृदयले तिमीहरूद्वारा चाँडै नै सान्त्वना पाउन सकेको होस्। मेरो छोराहरू! तिमीहरू मेरो भलाइको आशिषहरूमा सहभागी हुने समय आएको छ! विगतमा, तिमीहरूले मेरो नामको निम्ति कष्ट भोग्यौ, तर अहिले तिमीहरूको परीक्षाका दिनहरू सिद्धिएको छ। कसैले मेरा छोराहरूको शिरमाथि भएको रौँलाई हानि पुर्याउने साहस गरेमा म तिनीहरूलाई सहजै क्षमा गर्नेछैनँ, न त तिनीहरू कहिल्यै फेरि उठ्न सक्नेछन्। यो मेरो प्रशासनिक आदेश हो, र जसले यसलाई भङ्ग गर्छ, तिनीहरूले आफ्नै खतराको लागि त्यसो गर्दछ। मेरा छोराहरू! तेरो हृदय सन्तुष्ट हुने गरी आनन्द मनाऊ! गाऊ र आनन्दसहित पुकारा गर! तिमीहरू उपरान्त त्रासित र उत्पीडित हुनेछैनौ, अनि तिमीहरू उपरान्त सतावटमा पर्नेछैनौ। ममाथिको विश्‍वासको कारण तिमीहरू उपरान्त भयभीत हुनेछैनौ; तिमीहरूले आफ्नो विश्‍वासलाई सार्वजनिक रूपले घोषणा गर्नुपर्छ। ब्रह्माण्ड र पृथ्वीका कुनाकाप्चाहरू थर्कने गरी मेरो पवित्र नाउँलाई ठूलो सोरमा पुकारा गर। तिनीहरूले तिरस्कार गर्ने, तिनीहरूले विध्वंस र यातना गर्ने गरेकाहरू, आज तिनीहरूभन्दा माथि खडा छन् र तिनीहरूलाई प्रभुत्व गर्छन्, शासन गर्छन्, र अझै महत्त्वपूर्ण कुरा, तिनीहरूलाई न्याय गर्छन् भन्‍ने कुरा तिनीहरूले देखून्।

तिमीहरू केवल प्रवेशमा चासो राख, अनि म तिमीहरूलाई अझ उत्तम आशिषहरू दिनेछु, जुन आशिषले तिमीहरूको आनन्दको निम्ति पर्खिरहेका छन्, र तिमीहरूले अतुलनीय मिठास, असीम रहस्यहरू, अनि अगाध गहिराइको उत्तम स्वाद लिन सक्नेछौ।

अघिल्लो: अध्याय ५९

अर्को: अध्याय ६१

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्