अध्याय ५९
तैँले सामना गर्ने वातावरणहरूमा मेरा अभिप्रायहरू अझै बढी खोजी गर्, अनि तैँले निश्चय नै मेरो अनुमोदन प्राप्त गर्नेछस्। तँ खोजी गर्न र मेरो डर मान्ने हृदय राख्न इच्छुक भएसम्म, म तँलाई तँमा कमी भएका सबै कुरा दिनेछु। अहिले मण्डली औपचारिक तालीममा प्रवेश गरिरहेको छ, र हरेक कुरा ठीक मार्गमा छ। कामकुरा आउने कुराहरूको पूर्वस्वाद हुँदा पहिले जस्तो थियो उप्रान्त त्यस्तो छैन; तिमीहरू उपरान्त अन्योल हुनु हुँदैन वा तिमीहरूसित भेदशक्तिको कमी हुनु हुँदैन। किन म तिमीहरू सबै कुरामा वास्तविकताभित्र प्रवेश गरेको चाहन्छु? के तैँले यसलाई सच्चा रूपमा अनुभव गरेको छस्? मैले तिमीहरूबाट जे अपेक्षा राख्छु, त्यसमा जसरी म तिमीहरूलाई सन्तुष्ट पार्छु, के तिमीहरू मलाई त्यसरी सन्तुष्ट पार्न सक्छौ? छली नहोऊ! म तिमीहरूलाई बारम्बार सहिरहन्छु, तापनि तिमीहरू असल र खराबको बीचमा भिन्नता बताउन अनि आफ्नो सराहना देखाउन बारम्बार चुक्छौ!
मेरो धार्मिकता, मेरो प्रताप, मेरो न्याय र मेरो प्रेम—मसित भएका यी सबै कुराहरू, म जे हुँ ती कुराहरू—के तैँले साँच्चिकै त्यसलाई चाखेको छस्? तँ साँच्चिकै अत्यन्तै विचारहीन छस्, अनि तैँले मेरा अभिप्रायहरूलाई महसुस नगर्ने हठपूर्ण अडान लिन्छस्। मैले तयार गर्ने भोजहरूको स्वाद तिमीहरू आफैले चाख्नुपर्छ भनेर मैले बारम्बार भनेको छु, तापनि तिमीहरू त्यसलाई बारम्बार उल्टाइदिन्छौ, अनि असल र खराब वातावरण के हो भनी बताउन सक्दैनौ। यी वातावरणहरूमध्ये कुन चाहिँ तिमीहरू आफैले निर्माण गरेका थियौ? मेरो हातहरूद्वारा कुन-कुन व्यवस्थित गरियो? आफैलाई प्रतिरक्षा गर्न छोडिदेऊ! म सबै कुरा पूर्ण रूपले स्पष्ट देख्छु, अनि तथ्य यो हो कि तैँले खोजी गर्दै गर्दैनस्। म अरू के भन्न सक्छु र?
मेरा अभिप्रायहरू बोध गर्ने सबैलाई म सधैँ सान्त्वना दिनेछु, र म तिनीहरूलाई दुःख पाउन वा हानि हुन दिनेछैनँ। मेरा अभिप्रायहरूअनुसार कदम चाल्नु नै अहिलेको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसो गर्नेहरूले निश्चय नै मेरा आशिष्हरू प्राप्त गर्नेछन् अनि तिनीहरू मेरो सुरक्षाअन्तर्गत आउनेछन्। आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र बाबुआमाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यको बारेमा सोच्छौ? यसका बारेमा धेरै ध्यानपूर्वक विचार गर।
तिमीहरूले मलाई यतिसम्म घचेटेका छौ कि मैले तिमीहरूलाई हिर्काउन र अगाडि लैजान मेरा हातहरू मात्र प्रयोग गर्न सक्छु; म उपरान्त तिमीहरूलाई फकाइरहन सक्नेछैन। किनकि म बुद्धिमान् परमेश्वर हुँ, अनि तिमीहरू मप्रति कति वफादार छौ त्यसअनुसार म भिन्न-भिन्न मानिसहरूलाई भिन्न-भिन्न तरिकाले व्यवहार गर्छु। म सर्वशक्तिमान् परमेश्वर हुँ—मेरो अगाडिका पाइलाहरूलाई रोक्ने आँट कसले गर्छ? अबदेखि, ती जसले मलाई अवफादारिता सहित व्यवहार गर्ने साहस गर्छन्, तिनीहरू निश्चय नै मेरो प्रशासनिक आदेशहरूको हातमा पर्नेछन्, ताकि तिनीहरूलाई मेरो सर्वशक्तिमान्ताको बारेमा जान्ने तुल्याइन सकियोस्। मैले चाहने भनेका मानिसहरूको धेरै सङ्ख्या होइन तर सर्वोत्कृष्टता हो। जो-जो अवफादार, बेइमान छन् अनि कुटिल व्यवहार र छलमा संलग्न छन्, म तिनीहरूलाई त्याग्नेछु र दण्ड दिनेछु। म कृपालु छु वा म प्रेमिलो र दयालु छु भनेर उपरान्त नसोच्; त्यस्ता विचारहरू आत्मतृप्तिहरू मात्र हुन्। म जान्दछु कि जति बढी म तँलाई प्रसन्न तुल्याउँछु, त्यति नै बढी तँ नकारात्मक र निष्क्रिय हुन्छस् अनि त्यति नै बढी तँ आफैलाई त्याग्न अनिच्छुक हुन्छस्। जब मानिसहरू त्यस हदसम्म कठिन हुन्छन्, मैले तिनीहरूलाई निरन्तर उत्प्रेरित गरिरहन र घिस्याइरहन मात्र सक्छु। यो कुरा जान! अबदेखि, म न्याय गर्ने परमेश्वर हुँ; मानिसहरूले कल्पना गरेजस्तो, म उपरान्त कृपालु, दयालु र प्रेमिलो परमेश्वर होइन!