९३४  मानिसको आयु परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको छ

धेरै मानिसहरू बारम्बार बिमार पर्छन्, र तिनीहरूले परमेश्‍वरलाई जति प्रार्थना गरे नि, तिनीहरूमा सुधार हुँदैन। तिनीहरू आफ्नो बिमारबाट जति नै मुक्त हुन चाहे पनि, मुक्त हुन सक्दैनन्। कहिलेकाहीँ त, तिनीहरूले जीवन नै खतरामा पर्ने अवस्था सामना गर्न सक्छन्, र तीसँग जुझ्न बाध्य हुन्छन्। वास्तवमा, व्यक्तिको हृदयमा परमेश्‍वरप्रतिको आस्था साँच्चै छ भने, उसले सुरुमा मानव आयु परमेश्‍वरकै हातमा हुन्छ भनी जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ। जब परमेश्‍वरले मानिसहरूलाई बिमारी दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ—त्यसको अर्थ हुन्छ। तिनीहरूले महसुस गर्न सक्ने भनेको रोगबिमार हो, तर वास्तवमा, दिइएको कुरा अनुग्रह हो, बिमारी होइन। मानिसहरूले सुरुमा यो तथ्य चिन्नुपर्छ र यसबारे निश्‍चित हुनुपर्छ, यसलाई गम्‍भीरतासाथ लिनुपर्छ।

जब मानिसहरू बिमारीका कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्‍वरअघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कतासाथ गर्ने सुनिश्‍चित गर्न सक्छन्, र आफ्‍नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनसाथ लिन सक्छन्। जहाँसम्‍म मानिसहरूको कुरा छ, यो सुरक्षा हो, जन्जिर होइन। यो निष्क्रिय तौरतरिका हो। यसका साथै, सबैको आयु परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको छ। चिकित्सकीय हिसाबमा कुनै रोग निको नहुने हुन सक्छ, तर परमेश्‍वरको नजरमा, यदि तेरो जीवन अझै चल्नैपर्छ र तेरो समय आउनै बाँकी छ भने, तँ चाहे पनि मर्न सक्दैनस्।

यदि परमेश्‍वरले तँलाई कुनै आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, घातक नै हुनुपर्ने रोगले पनि तेरो मृत्यु हुनेछैन—परमेश्‍वरले तँलाई तब लागिहाल्नुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस्, वा आफ्‍नो बिमारीको उपचार गर्नमा ध्यान दिँदैनस्, वा तैँले आफ्‍नो उपचारमा ढिलाइ नै गर्छस् भने पनि, तँ मर्नेछैनस्। विशेषगरी परमेश्‍वरबाट आज्ञा पाएका मानिसहरूको हकमा यो अत्यन्तै साँचो हुन्छ: तिनीहरूको मिसन पूरा हुन बाँकी नै हुँदा, तिनीहरूलाई जुनै बिमारी आइपरे पनि, तिनीहरू तुरुन्तै मर्दैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्‍म जिउनैपर्छ।

परमेश्‍वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै निर्धारित गर्नुभएको थियो। यदि तिनीहरू परमेश्‍वरका प्रबन्ध र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्छन् भने, तिनीहरूले बिमारी भोगे वा नभोगे पनि, र तिनीहरूको स्वास्थ्य राम्रो वा खराब भए पनि, तिनीहरू परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको वर्ष सङ्ख्या नै बाँच्‍नेछन्। के तँमा यो आस्था छ? यदि तँ यसलाई धर्मसिद्धान्तका हिसाबमा मात्र मान्छस् भने, तँसित साँचो आस्था छैन, र कर्णप्रिय शब्दहरू भन्नु बेकार हो; यदि तँ हृदयको गहिराइदेखि नै परमेश्‍वरले यस्तो गर्नुहुनेछ भनी पक्का छस् भने, तेरो तौरतरिका र अभ्यासको तरिका स्वतः परिवर्तन हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: ९०८  आफैलाई बारम्बार जाँचेर मात्र व्यक्तिले आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सक्छ

अर्को: ९३६  सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्