९०८  आफैलाई बारम्बार जाँचेर मात्र व्यक्तिले आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सक्छ

सत्यता पछ्याउँदा, व्यक्तिले सत्यता प्राप्त गर्न कसरी अभ्यास गर्नुपर्छ? महत्त्वपूर्ण कुरा भनेको कर्तव्य पूरा गर्दा आफैलाई बारम्बार जाँच्नु, उसले सिद्धान्तहरू उल्लङ्घन गरेको र भ्रष्टता प्रकट गरेको छ कि छैन, र उसमा गलत अभिप्राय छन् कि छैनन् भनी चिन्तन गर्नु हो। यदि तँ परमेश्‍वरका वचनअनुसार आत्मचिन्तन गर्छस् र ती कसरी आफूमा लागू हुन्छन् भनी हेर्छस् भने, तँलाई आफूलाई चिन्न सजिलो हुनेछ। यदि तँ यस तरिकाले आत्मचिन्तन गर्छस् भने, तेरा भ्रष्ट स्वभाव बिस्तारै समाधान हुनेछन्। यदि तँ केही गलत भइसकेपछि मात्रै जाँच गर्छस्, र कुनै गल्ती गरिसकेपछि मात्रै, वा कुनै दुष्कर्म गरिसकेपछि मात्रै जाँच गर्छस् भने, त्यतिबेला अलिक ढिलो भइसकेको हुनेछ। परिणामहरू निस्किसकेका हुनेछन्, र यो अपराध मानिन्छ। यदि तँ धेरै दुष्कर्महरू गरिसकेपछि र आफूलाई हटाइएपछि मात्रै आफूलाई जाँच गर्छस् भने, निकै ढिलो भइसकेको हुनेछ र तैँले केवल रुन र दाह्रा किट्न सक्नेछस्।

परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्—यो परमेश्‍वरको उत्थान र आशिष् हो, र यो तैँले कदर गर्नुपर्ने अवसर हो। त्यसैले, तैँले आफ्ना कर्तव्यहरू पूरा गर्दै गर्दा बारम्बार आत्मचिन्तन झनै गर्नुपर्छ। तैँले बारम्बार जाँच गर्नुपर्छ, हरेक मामिलामा आफ्नो जाँच गर्नुपर्छ। तैँले आफ्ना अभिप्राय र आफ्नो स्थितिबारे जाँच गर्नुपर्छ, र तँ परमेश्‍वरसामु जिउँछस् कि जिउँदैनस्, आफ्ना कार्यका अभिप्राय सही छन् कि छैनन्, र आफ्ना कार्यका मनसाय र स्रोत, दुवैले परमेश्‍वरको निरीक्षण थेग्‍न सक्छन् कि सक्दैनन् र ती दुवै परमेश्‍वरको छानबिनमा परेका छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि गम्भीर समस्या छ, र पनि तँ आफूलाई जाँच्दैनस् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तैँले आफैलाई हानि र बरबाद गर्नेछस्, र जब तँलाई हटाइने दिन आउँछ, तँ रुन र दाह्रा किट्न थाल्नेछस्, र त्यतिबेला एकदमै ढिलो भइसकेको हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: ८६७  सत्यता पछ्याउनु मात्रै जीवनको सही मार्ग हो

अर्को: ९३४  मानिसको आयु परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्