३६२ विजयी हुनुभई फर्कनुभएकोमा परमेश्वरको प्रशंसा गर
१
परमेश्वरले वर्तमान दिनसम्म आफ्नो छ हजार वर्षे काम गर्नुभएको छ, र मुख्यतः शैतानलाई हराउन र सारा मानवजातिलाई मुक्ति दिनका लागि उहाँका धेरै कार्यहरू प्रकाश गर्नुभएको छ। यस अवसरको माध्यमबाट, परमेश्वरले स्वर्गका यावत् थोक, पृथ्वीका र समुद्रभित्रका यावत् थोक र पृथ्वीमा भएका प्रत्येक प्राणीलाई समेत, उहाँको सर्वशक्तिमान्ता र सबै कार्य देख्ने तुल्याउनुहुन्छ। उहाँले शैतानलाई हराउने यस अवसरको माध्यममार्फत मानिसहरूलाई उहाँका सबै कार्य प्रकाश गर्नुहुन्छ, ताकि तिनीहरू सबले उहाँको प्रशंसा गरून् र शैतानलाई हराउने कार्यमा उहाँको बुद्धिको गुणगान गाऊन्।
२
पृथ्वीमा, स्वर्गमा, अनि समुद्रभित्र भएका यावत् थोकले परमेश्वरलाई महिमा दिन्छन्, उहाँको सर्वशक्तिमान्ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँ पुकार्छन्। उहाँले शैतानलाई हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई विजय गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो। अझै बढी, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्वरको सम्पूर्ण सृष्टिले उहाँलाई महिमा दिन्छ, उहाँले आफ्नो शत्रुलाई हराउनुभएकोमा र विजय भई फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, र महान् विजयी राजाका रूपमा उहाँको गुणगान गाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्नुपर्छ