२९१ परमेश्वरमा विश्वास गर्नु तर जीवन प्राप्त नगर्नुले दण्डमा डोऱ्याउँछ
१
सायद, आजको दिनसम्म आइपुग्दा, तैँले निकै कष्ट भोगेको छस्, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र भित्री गहिराइमा तैँले जीवन प्राप्त गरेको छैनस्। जब तेरो काम जाँच्ने समय आउँछ, तैँले आगोजस्तो भीषण परीक्षा र अझ ठूलो सङ्कष्ट अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण सत्वलाई खरानीमा परिणत गर्नेछ। जीवन नभएको व्यक्ति, भित्र अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, र प्रतिभार बन्ने काम समेत राम्रोसँग गर्न नसक्ने व्यक्तिका रूपमा, तँलाई किन हटाइँदैन होला र?
२
के एक पैसाभन्दा कम मूल्य भएको र जीवन नहुने व्यक्तिलाई विजयको काममा प्रयोग गर्न सकिन्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछन्! तब तेरा प्रार्थना तेरा निम्ति व्यर्थ हुनेछन्। मुक्तिको काम समाप्त भइसकेपछि, के तँ पछि फर्केर फेरि पश्चात्ताप गर्न थाल्न सक्नेछस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआतचाहिँ हुनेछ। तँ प्रतिरोध गर्छस्, तँ विद्रोह गर्छस्, र तँ जानाजान दुष्कर्म गर्छस्। के तँ कठोर दण्डको पात्र होइनस् र?
३
आज म यी कुरा तँलाई निकै स्पष्ट रूपमा व्याख्या गर्दै छु। यदि तँ नसुन्ने छनौट गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, तब मात्र पछुतो महसुस गर्न र विश्वास गर्न थाल्छस् भने, के धेरै ढिलो हुनेछैन र? आज म तेरो विगतका अपराध याद गर्दिनँ; म तेरो नकारात्मक पक्ष नहेरी तेरो सकारात्मक पक्ष मात्र हेरेर तँलाई बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचन र काम तँलाई मुक्ति दिनका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी सराहना गर्ने भनी जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी प्रतिशोध मात्र पर्खेर बसिरहेका हुँदैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)