२८४ अन्तिम चरणको विजय मानिसहरूलाई मुक्ति दिन हो
१
अन्तिम चरणको विजयको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु र तिनीहरूका परिणाम प्रकाश गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था खुलासा गर्नु, र त्यसो गरेर तिनीहरूलाई पश्चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानवजीवनको सही मार्ग पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायमार्फत तिनीहरूको भित्री विद्रोहीपन प्रकाश गर्नु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानवजीवनको सही मार्ग पछ्याउन असमर्थ छन् भने र यी भ्रष्टताहरू फाल्न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। विजयको महत्त्व यस्तो छ: मानिसहरूलाई मुक्ति दिनु, र तिनीहरूका परिणामहरू पनि देखाउनु। असल परिणामहरू, खराब परिणामहरू—ती सबै विजयको कामद्वारा प्रकाश हुनेछन्। मानिसहरूलाई मुक्ति दिइनेछ वा श्राप दिइनेछ, यी सबै कुरा विजयको कामको दौरान प्रकाश गरिनेछ।
२
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)