283  मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

यदि व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ—नियतिबारे उसको भावना निकै गहन भए पनि—उसले मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र पहिचान गर्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, उसको जीवन एउटा दुःखान्त हुनेछ, व्यर्थमा जिइएको, खोक्रो जीवन हुनेछ; यस्ता व्यक्तिहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आत्मसमर्पण गर्न, सबैभन्दा सच्‍चा अर्थमा सृष्टि गरिएको मानिस बन्‍न, अनि सृष्टिकर्ताको स्वीकृति प्राप्त गर्न असमर्थ हुनेछन्।

सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सक्रिय स्थितिमा हुनुपर्छ, नकारात्मक वा लाचार स्थितिमा हुनु हुँदैन। त्यस्तो व्यक्तिले सबै कुराहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्ने भए तापनि, उसले जीवन र नियतिसम्‍बन्धी सही परिभाषा धारण गर्नुपर्छ: सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले देख्छ कि उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देशित गरिरहनुभएको थियो, र यसबारेमा योजना बनाइरहनुभएको थियो। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने त परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु— कस्तो सौभाग्य हुन्थ्यो! जब उसले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँच्चै अनुभव गर्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएका सबै कुरामा थप इमानदारीसाथ समर्पित हुने इच्‍छा गर्नेछ, र परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नका लागि उसमा थप सङ्कल्प र आत्मविश्‍वास हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

अघिल्लो: 282  परमेश्‍वरले धेरै अगाडि मानिसको नियति निर्धारण गर्नुभयो

अर्को: 284  मानव पीडा कसरी उत्पन्न हुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्