२४१  परमेश्‍वरलाई नचिन्नेहरू उहाँको प्रतिरोध गर्छन्

परमेश्‍वरका प्रतिरोधीले उनीहरूलाई जनाउँछन् जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठले परमेश्‍वरलाई स्विकार्छन् तैपनि उहाँलाई चिन्दैनन्, जसले परमेश्‍वरलाई पछ्याउँछन् तैपनि उहाँमा समर्पित हुँदैनन्, र जसले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउँछन् तैपनि उहाँको गवाहीमा दृढ रहन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्य नबुझ्ने जोकोही उहाँको प्रतिरोध गर्ने व्यक्ति हो, र परमेश्‍वरको कामको उद्देश्य बुझ्न पुगेको, तर अझै उहाँलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई झन् बढी परमेश्‍वरको प्रतिरोधी मानिनुपर्छ।

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन।

उनीहरू सबैजना “परमेश्‍वर”लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, मानिसको परमेश्‍वरको खोजीमा अवरोध दिने बाधा-अड्चन हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर मानिसलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीले कसरी जान्न सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भनेर कसरी तिनीहरूका अनुयायीले जान्न सक्छन्?

परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मानमा राख्ने व्यक्तिहरू नै सबैभन्दा नीच मानिस हुन्, जबकि आफूलाई सानो ठान्‍नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्‍वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ त्यसमाथि, उहाँलाई सोझै हेर्दै गर्दा अरूहरूमाझ ठूलै तामझामको साथ उहाँको कामबारे घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मानिसहरू सबै परमेश्‍वरको गवाहीरहित हुन्छन्, उनीहरू सबै अहङ्कारी र घमण्डी हुन्छन्। परमेश्‍वरका अभिप्राय नबुझ्नेहरू परमेश्‍वरका प्रतिरोधी हुन्; उहाँका अभिप्राय बुझ्ने तैपनि सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरका प्रतिरोधी हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने, तैपनि उहाँका वचनको सारविरुद्ध जानेहरू, परमेश्‍वरका प्रतिरोधी हुन्; देहधारी परमेश्‍वरबारे धारणा भएका, र त्यसमाथि जानाजान विद्रोहमा संलग्न हुनेहरू, परमेश्‍वरका प्रतिरोधी हुन्; परमेश्‍वरको आलोचना गर्नेहरू उहाँका प्रतिरोधी हुन्; र परमेश्‍वरलाई चिन्न नसक्ने वा उहाँको गवाही दिन नसक्ने जोकोही परमेश्‍वरको प्रतिरोधी हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

अघिल्लो: २४०  मानिसहरूलाई निन्दा गर्ने परमेश्‍वरको आधार

अर्को: २४६  पृथ्वीमा परमेश्‍वरको एक मात्र चाहना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्