२०३  परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई सुरक्षा दिनुहुन्छ

भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छन्—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम भइस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि, तँ डराउने छैनस्। तिमीहरू भविष्यमा के हुनेछ भनेर बुझ्न सक्दैनौ, आजका परिस्थितिहरूमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै सक्छौ। तिमीहरू कुनै पनि महान् कार्य गर्न सक्षम हुँदैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट पार्नमा ध्यान दिनुपर्छ, र शैतानलाई लज्जित पार्ने बलियो र जोरदार गवाही दिनुपर्छ।

तेरो देह असन्तुष्ट नै रहने र त्यसले कष्ट भोगेको हुने भए पनि, तैँले परमेश्‍वरलाई सन्तुष्ट र शैतानलाई लज्जित पारेको हुनेछस्। तैँले सधैँ यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो परीक्षा आउँछ, अरू ढल्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सक् र नढल्। यदि, साधारण रूपमा, तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न सक्छस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने परीक्षामा पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्‍नेमा निर्भर रहन्छ।

मानौँ आज, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्, तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, र तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट पार्छस्—तँमा परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय छ, तँ तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले स्पष्टसँग बुझ्न नसक्ने केही कुरा भए पनि, तँ तेरा मनसायहरू सच्याउन र परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्न परमेश्‍वरसामु आउन सक्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न आवश्यक सबै कुरा गर्छस्। अनि तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्न सक्ने भए पनि, तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको छ, र तैँले देहसुखको लालसा गरिरहेको छैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँमाथि ठूला परीक्षा आउँदा तँ सुरक्षित हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

अघिल्लो: २०२  कष्ट र शोधनद्वारा मात्र तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छौ

अर्को: २०५  परमेश्‍वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्