२०२  कष्ट र शोधनमार्फत मात्र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्

यदि तँलाई परमेश्‍वरको स्वभाव थाहा छैन भने, तँ परीक्षाहरूको दौरान अपरिहार्य रूपमा ढल्नेछस्, किनकि परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध पार्नुहुन्छ भन्‍ने बारे तँ अनभिज्ञ छस्, र जब परमेश्‍वरका परीक्षाहरू तँमाथि आइपर्छन् र ती तेरा धारणासँग मिल्दैनन्, तँ दृढ हुन असक्षम हुनेछस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो। जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, उनीहरूको देहले अपरिहार्य रूपमा धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न, न तँ परमेश्‍वरलाई साँचो प्रेम अर्पण गर्न नै सक्षम हुनेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुनेछ।

सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूको दौरान, उहाँले पूर्वनिर्धारण गर्नुभएको र चुन्नुभएको मानिसहरूको यो समूहका सामु प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँले उहाँका स्वभाव प्रकट गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको साँचो प्रेम यस्तो छ। उहाँको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल उनीहरू परमेश्‍वरलाई आफ्‍नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि तब मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ।

यदि मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र उहाँको इच्छा पछ्याउने अनि उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, मृत्युभन्दा कठोर पीडा भोग्नैपर्छ। अन्ततः उनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई फिर्ता दिन बाध्य हुनेछन्। कसैले परमेश्‍वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्‍वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

अघिल्लो: २०१  परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँलाई प्रेम नगर्नु व्यर्थको जीवन हो

अर्को: २०३  परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई सुरक्षा दिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्