अध्याय १७

मण्डली निर्माणाधीन अवस्थामा छ, र यसलाई ध्वस्त गर्नको लागि शैतानले सक्दो प्रयास गरिरहेको छ। यसले मेरो निर्माणलाई सम्भावित कुनै पनि माध्यमद्वारा नष्ट गर्न चाहन्छ; यस कारणले गर्दा, मण्डलीलाई तुरुन्तै शुद्ध पारिनुपर्छ। दुष्टताको अलिकति फोहोर पनि बाँकी रहनु हुँदैन; मण्डलीलाई यसरी शुद्ध पारिनुपर्छ कि यो खोटरहित बन्‍न सकोस् र विगतमा जस्तै शुद्ध रहिरहोस्। तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ; तिमीहरूले मेरो वचनलाई अझै बढी खानु र पिउनु पनि पर्छ र, अझै महत्त्वपूर्ण कुरा के छ भने, तिमीहरूले ती आफै खान र पिउन सक्‍नुपर्छ। आफैलाई सारा सत्यताले सुसज्जित गर, र मेरो सामने आओ, ताकि म तिमीहरूका आत्मिक आँखा खोल्‍न सकूँ र तिमीहरूलाई आत्माभित्र भएका सबै रहस्यहरूलाई देख्‍न सक्‍ने तुल्याउन सकूँ…। जब मण्डली यसको निर्माणको चरणमा प्रवेश गर्छ, सन्तहरू युद्धमा अघि बढ्छन्। शैतानका विभिन्‍न घृणित विशेषताहरूलाई तिमीहरूका अघि राखिएका छन्: तिमीहरू रोकिएर पछि फर्कन्छौ कि खडा भएर मप्रति भरोसा गर्दै निरन्तर अघि बढ्छौ? शैतानको भ्रष्ट र कुरूप विशेषताहरूलाई पूर्ण रूपमा खुलासा गर, कुनै पनि भावना बाँकी नराख, र कुनै दया नदेखाओ! मृत्युसम्‍मै शैतानसँग लडाइँ गर! म तेरो मद्दत हुँ, र तँसँग पुरुषार्थको आत्मा हुनैपर्छ! शैतानले त्यसको अन्तिम मृत्यु वेदनामा आक्रमण गर्दैछ, तर यो अझै पनि मेरो न्यायबाट उम्कन सक्नेछैन। शैतान मेरो खुट्टामुनि छ र तिमीहरूका आफ्नै खुट्टाले पनि यसलाई कुल्चँदै छ—यही नै तथ्य हो!

ती सबै धार्मिक बाधकहरू, र मण्डलीको निर्माण-कार्य भत्काउनेहरूलाई अलिकति पनि सहनशीलता देखाउनेछैन तर तुरुन्तै न्याय गरिनेछ; शैतानलाई खुलासा गरिनेछ, कुल्चीमिल्ची गरिनेछ, पूर्ण रूपमा नष्ट गरिनेछ, र लुक्‍ने कुनै ठाउँ छोडिनेछैन। सबै प्रकारका दुष्ट आत्माहरू र भूतहरू मेरै सामने निश्चय नै तिनीहरूका वास्तविक रूप प्रकट गरिनेछ, र म तिनीहरू सबैलाई अतल कुण्‍डमा फ्याँकिदिनेछु जसबाट तिनीहरू कहिल्यै उम्कनेछैनन्; तिनीहरू सबै हाम्रा खुट्टामुनि हुनेछन्। यदि तिमीहरू सत्यको लागि असल लडाइ लड्न चाहन्छौ भने, सबैभन्दा पहिले, तिमीहरूले शैतानलाई काम गर्ने कुनै मौका दिनु हुँदैन—यस हदसम्‍म, तिमीहरू एउटै मनका हुनुपर्छ र समन्वयमा काम गर्नुपर्छ, तिमीहरूका आफ्‍ना धारणाहरू, विचारहरू, दृष्टिकोणहरू, र काम गर्ने शैलीहरूलाई त्याग्‍नुपर्छ, तिमीहरूको हृदयलाई मभित्र शान्त राख्‍नुपर्छ, पवित्र आत्‍माको आवाजमा ध्यान दिनुपर्छ, पवित्र आत्‍माको काममा ध्यान दिनुपर्छ, र परमेश्‍वरको वचनहरूलाई विस्तृत रूपमा अनुभव गर्नुपर्छ। तिमीहरूको अभिप्राय एउटै मात्र हुनुपर्छ, जुन त्यो मेरो इच्‍छा पूरा हुनेछ। यस बाहेक तिमीहरूमा अरू कुनै अभिप्राय हुनुहुँदैन। तिमीहरूले मलाई तिमीहरूका सारा हृदयले हेर्नुपर्छ, मेरा कार्यहरू र काम गर्ने मेरो शैलीलाई नजिकबाट नियाल्‍नुपर्छ, र तिमीहरू बिलकुलै लापरवाही हुनुहुँदैन। तिमीहरूको आत्मा चनाखो हुनुपर्छ, तिमीहरूका आँखा खुला हुनुपर्छ। सामान्यतया, जब तिनीहरूको कुरा आउँछ जसका अभिप्राय र उद्देश्यहरू सहि छैनन्, साथै जो अरूले देखेको मन पराउँछन्, जो काम-कुराहरू गर्न उत्कट इच्‍छा गर्छन्, जो वाधाहरू पैदा गर्नमा उन्‍मुख हुन्छन्, जो धार्मिक सिद्धान्तलाई उमार्नमा सिपालु हुन्छन्, जो शैतानका दासहरू हुन्, र इत्यादि—जब यी मानिसहरू खडा हुन्छन्, तिनीहरू मण्डलीका लागि कठिनाइहरू बन्छन्, र यसले गर्दा तिनीहरूका दाजुभाइ र दिदीबहिनीहरूको परमेश्‍वरको वचन खाने र पिउने कामलाई व्यर्थ तुल्याइदिन्छ। जब यस्ता मानिसहरूले नाटक गरिरहेको देख्छौ, तिनीहरूलाई तुरुन्तै निषेध गरिहाल। यदि, बारम्‍बार उपदेशहरू दिँदा पनि, तिनीहरू परिवर्तन हुँदैनन् भने, तिनीहरूले नोक्‍सानी बेहोर्नेछन्। यदि जिद्दी भएर आफ्‍नै बाटोमा लाग्‍नेहरूले आफ्‍नै प्रतिरक्षा गर्ने प्रयास गर्छन् र आफ्‍नो पापलाई ढाक-छोप गर्ने प्रयास गर्छन् भने, मण्डलीले तिनीहरूलाई तुरुन्तै बहिस्कार गर्नुपर्छ र तिनीहरूलाई युक्ति गर्ने कुनै ठाउँ दिनु हुँदैन। थोरैलाई बचाउनको लागि धेरै नगुमाओ; आफ्‍नो नजरलाई समग्र चित्रमा केन्द्रित गर।

तिमीहरूका आत्मिक आँखा अब खोलिनैपर्छ, र मण्डलीका विभिन्‍न प्रकारका मानिसहरूलाई पहिचान गर्न सक्‍नुपर्छ:

कस्तो प्रकारका मानिसहरूमा आत्मिक बुझाइ हुन्छ र कस्ताहरूले आत्मालाई चिन्छन्?

कस्तो प्रकारका मानिसहरूमा आत्मिक बझाइ हुन्छ?

कस्तो प्रकारका मानिसहरूमा दुष्ट आत्मा हुन्छ?

कस्तो प्रकारका मानिसहरूमा तिनीहरूमा शैतानको काम हुन्छ?

कस्तो प्रकारका मानिसहरू अवरोधहरू पैदा गर्न उन्‍मुख हुन्छन्?

कस्तो प्रकारका मानिसहरूमा तिनीहरूमा पवित्र आत्माको काम हुन्छ?

कस्तो प्रकारका मानिसहरूले परमेश्‍वरको बोझलाई बुझ्छन्?

कस्तो प्रकारका मानिसहरूले मेरो इच्‍छा पूरा गर्न सक्छन्?

मेरा निष्ठावान साक्षीहरू को हुन्?

आजको सबैभन्दा उच्‍च दर्शन भनेको पवित्र आत्‍माले मण्डलीहरूमा ल्याउनुहुने अन्तर्दृष्टि नै हो भन्‍ने जान। यी कुराहरूका बारेमा बेवकुफ नबन; बरु, तिनलाई पुर्ण रूपमा पत्ता लगाउन समय लेऊ—तिमीहरूको जीवनको प्रगतिको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ! तिमीहरूकै आँखा अगाडिका यी कुराहरूलाई तिमीहरू बुझ्दैनौ भने, तिमीहरू अघिको मार्गमा हिँड्न सक्‍नेछैनौ; परीक्षाहरू र दासत्वमा पर्ने निरन्तर खतरामा तिमीहरू हुनेछौ, अनि सायद तिमीहरू निलिनेछौ। अहिले गर्नु पर्ने मुख्य कुराहरू भनेका तिमीहरूका हृदयमा मेरो नजिक आउन र मसँग अझै बढी कुराकानी गर्नमा ध्यान केन्द्रित गर्नु हो। त्यस किसिमको घनिष्ठता र कुराकानीले तँमा जे कमी छ वा तँ जे खोज्छस् त्यसलाई तँमा पूर्ण तुल्याउनेछ। तेरो जीवनको लागि अवश्य नै जुटाइनेछ, अनि तँसँग नयाँ अन्तर्दृष्टि हुनेछ। तँ विगतमा कति अज्ञानी थिइस् त्यसलाई म कहिल्यै हेर्नेछैन, न त तिमीहरूको विगतका अपराधहरूलाई नै मेरो मनमा राखिरहनेछु। तैँले मलाई कसरी प्रेम गर्छस् म त्यसलाई हेर्छु: के तैँले अरू कुनै पनि कुरालाई जति प्रेम गर्छस् त्योभन्दा बढी मलाई प्रेम गर्न सक्छस्? तँ पछि फर्कन्छस् कि फर्कँदैनस् र तेरा अज्ञानताहरूलाई हटाउनका लागि ममा भर पर्छस् कि पर्दैनस् भनेर म हेर्छु। कतिपय मानिसहरूले मेरो विरोध गर्छन्, खुलेआम मलाई चुनौती दिन्छन्, अनि अरूलाई न्याय गर्छन्; तिनीहरूलाई मेरा वचनहरू थाहा छैन, र तिनीहरूले मेरो अनुहारलाई भेट्टाउने सम्‍भावना झनै कम छ। मेरो अगाडिका सबै जसले मलाई इमानदारीताका साथ खोज्छन्, जोसँग धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने हृदय छ—म तँलाई अन्तर्दृष्टि दिनेछु, तेरो निम्ति प्रकट गर्नेछु, तेरो आफ्‍नै आँखाले मलाई हेर्न र मेरो इच्‍छालाई व्यक्तिगत रूपमै बुझ्‍न दिनेछु; मेरो हृदय तेरो निम्ति अवश्य नै प्रकट गरिनेछ, ताकि तैँले बुझ्‍न सक्। मैले मेरो वचनहरूअनुसार तँभित्र अन्तर्दृष्टि दिएको कुरालाई तैँले अभ्यास गर्नैपर्छ; अन्यथा, तँलाई न्याय गरिनेछ। मेरो इच्‍छालाई पछ्याओ, अनि तिमीहरूले आफ्‍नो बाटोलाई गुमाउनेछैनौ।

मेरा वचनहरू, अनुग्रह र आशिषहरूमा प्रवेश गर्न खोज्‍नेहरू सबैलाई दुई गुना दिइनेछ, तिनीहरूले हरेक दिन नयाँ अन्तर्दृष्टि र अन्तर्ज्ञान पाउनेछन्, र दैनिक रूपमा मेरा वचनहरू खाने र पिउने क्रममा तिनीहरूले ताजा महसुस गर्नेछन्। तिनीहरूले तिनीहरूका आफ्‍नै मुखले ती चाख्‍नेछन्: यो कति मीठो छ! … जब तिमीहरूले केही अन्तर्दृष्टि र मिठासको स्वाद पाएका हुनेछौ, तिमीहरू होशियार हुनुपर्छ, र सन्तुष्ट हुनुहुँदैन; मुख्य कुरा भनेको खोज्दै अघि जान जारी राख्‍नु हो! पवित्र आत्‍माको काम साँच्‍चै अचम्‍मको र वास्तविक छ भन्‍ने कतिपय मानिसहरूले विचार गर्छन्—यो अवश्य नै सर्वशक्तिमान्‌ परमेश्‍वरको व्यक्तित्व खुला रूपमा प्रकट भएको हो, र अगाडि अझै ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू हुनेछन्। सँधै होशियार रहो र जागा रहो, आफ्‍नो आँखालाई स्रोतमा नै केन्द्रित गर, मेरो अघि शान्त रहो, ध्यान देओ अनि होशियार साथ सुन, र मेरा वचनहरूप्रति निश्‍चित बन। कुनै पनि अस्पष्टता हुन सक्दैन; यदि तिमीहरूले शङ्का गर्‍यौ भने, तिमीहरूलाई ढोका बाहिर फ्याँकिनेछ भन्‍ने मलाई डर छ। स्पष्ट दर्शनहरू लेऊ, ठोस धरातलमा खडा होओ, जीवनको यो प्रवाहलाई पछ्याओ, र यो जता बहन्छ यसलाई नजिकबाट पछ्याओ; तिमीहरूले पूर्ण रूपले कुनै पनि मानवीय हिचकिचाहटलाई आन्तरिककरण गर्नुहुँदैन। खाओ, पिओ, अनि प्रशंसा गर; चोखो हृदयले खोज, अनि कहिल्यै हरेस नखाओ। तिमीहरूले जे बुझ्दैनौ त्यसलाई बारम्‍बार मेरो सामने ल्याओ, र तिमीहरूले कुनै पनि शङ्का नबोक्ने निश्‍चित गर, ताकि तिमीहरूले ठूलो घाटाको सामना गर्न नपरोस्। लागि रहो! लागि रहो! नजिक बस! आफ्‍ना बाधाहरूबाट आफैलाई मुक्त गर, अनि भ्रष्ट नहोओ। अघि बढ र पूर्ण हृदयले खोजी गर, अनि पछि नहट। तैँले आफ्‍नो हृदयलाई सँधै अर्पण गर्नुपर्छ र एक क्षण पनि छुटाउनु हुँदैन। पवित्र आत्‍मासँग उहाँले निरन्तर गर्नुपर्ने नयाँ काम हुन्छ, उहाँले हरेक दिन नयाँ काम गर्नुहुन्छ, र हरेक दिन उहाँसँग नयाँ अन्तर्दृष्टिहरू पनि हुन्छन्; पर्वतमा भएको रूप परिवर्तनको घटना, परमेश्‍वरको पवित्र शरीर देखा परेको छ! धार्मिकताको सूर्यले ज्योति छर्छ र चम्कन्छ; तपाईंको महिमित मुहारलाई सारा राष्ट्रहरू र सारा मानिसहरूले देखेका छन्। मेरो सामने आउने सबैमा मेरो ज्योति चम्कनेछ। मेरा वचनहरू तिमीहरूलाई अघि डोर्‍याउने ज्योति हुन्। तिमीहरू हिँड्ने क्रममा देब्रे वा दाहिनेतिर लाग्‍नेछैनौ, तर मेरो ज्योतिभित्रै हिँड्नेछौ, अनि तिमीहरूको दौड व्यर्थको परिश्रम हुनेछैन। तिमीहरूले पवित्र आत्माको कामलाई स्पष्ट रूपमा देख्‍नैपर्छ; मेरो इच्‍छा यही भित्र छ। सबै रहस्यहरूलाई लुकाइएको छ, तर ती बिस्तारै तँलाई प्रकट गरिनेछ। सँधै मेरो वचनहरूलाई आफ्‍नो मनमा राख्, र मसँग थप कुराकानी गर्न मेरो सामने आइज। पवित्र आत्‍माको काम अघि बढ्छ। मेरा पाइलाहरूमा हिँड्; ठूला-ठूला आश्‍चर्यकर्महरू अगाडि छन्, र यिनलाई एक-एक गरी तेरो निम्ति प्रकट गरिनेछ। ध्यान दिने, प्रतीक्षा गर्ने, र जागा रहनेहरूले मात्रै ती देख्‍नेछन्। सुस्त नहोओ। परमेश्‍वरको व्यवस्थापन योजना यसको अन्तिम चरणमा पुग्‍न लागेको छ; मण्डलीको निर्माण सफल हुनेछ, विजयीहरूको सङ्ख्या पहिले नै तय गरिएको छ, विजयी पुरुष बालक निर्माण गरिनेछ, र तिनीहरू मसँग राज्यमा प्रवेश गर्नेछन्, मसँग राजसत्‍ता लिनेछन्, फलामको राजदण्डले सारा राष्ट्रहरूलाई शासन गर्नेछन् र सँगै महिमामा हुनेछन्!

अघिल्लो: अध्याय १६

अर्को: अध्याय १८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्