अध्याय १८

मण्डली निर्माण गर्नु साँच्चिकै सजिलो कुरा गर्नु होइन! मैले मेरो सारा हृदय यसको निर्माणमा लगाउँछु अनि शैतानले यसलाई भत्काउन त्यसको शक्तिमा भएको सबै कुरा गर्छ। यदि तँ निर्माण हुन चाहन्छस् भने, तँ दर्शन भएको व्यक्ति हुनैपर्छ; तँ ममाथि भर परेर जिउनैपर्छ, ख्रीष्टको गवाही हुनैपर्छ, उहाँलाई ठूलो आदर गर्नैपर्छ अनि मप्रति वफादार हुनैपर्छ। तैँले बहानाहरू बनाउनु हुँदैन; बरु तैँले निसर्त आज्ञा मान्नुपर्छ। तैँले कुनै पनि परीक्षाहरू सहनैपर्छ र मबाट आउने सबै कुरालाई स्वीकार गनैपर्छ। पवित्र आत्माले तँलाई जसरी डोर्‍याउनुभए तापनि तैँले उहाँलाई पछ्याउनैपर्छ। तँसित एउटा उत्सुक आत्मा र कामकुरालाई छुट्ट्याउने क्षमता हुनैपर्छ। तैँले मानिसहरूलाई बुझ्नैपर्छ, अनि तिनीहरूलाई अन्धो भएर पछ्याउनु हुँदैन; तेरा आत्मिक आँखाहरू उज्ज्वल राख्, अनि सबै कुराहरूको सम्पूर्ण ज्ञान हासिल गर्। मेरो जस्तै मन भएका मानिसहरू मेरो गवाही भएर खडा हुनैपर्छ अनि शैतानको विरुद्धमा निर्णायक युद्ध लड्नैपर्छ। तिमीहरू दुवै निर्माण हुने कार्य र युद्धमा भाग लिनुपर्छ। म तिमीहरूको माझमा छु; म तिमीहरूलाई आड दिन्छु, अनि म तिमीहरूको शरणस्थान हुँ।

तिमीहरूले गर्नैपर्ने पहिलो कुराहरू भनेको आफैलाई शुद्ध गर्नु, परिवर्तित मानिस बनाउनु अनि स्थिर मिजासको हुनु हो। तिमीहरूको वातावरण राम्रो भए पनि नभए पनि, तिमीहरूले आफ्नो जीवनमा ममाथि भर पर्नैपर्छ; तिमीहरू घरमा भए पनि वा अरू कुनै ठाउँमा भए पनि, तिमीहरू अरू कसैको कारण वा कुनै घटना वा मामलाको कारण डगमगाउनु हुँदैन। यसको अतिरिक्त, तँ दृढ भइ खडा हुनैपर्छ, अनि सधैँ जस्तै ख्रीष्टको जीवन जिउनैपर्छ अनि परमेश्‍वर स्वयम्‌लाई प्रकट गनैपर्छ। तैँले आफ्नो कार्य गर्नैपर्छ अनि तेरा कर्तव्यहरूलाई सामान्य रूपमा पूरा गर्नैपर्छ; यसलाई एक पटक मात्र गर्नु हुँदैन, तर यसलाई लामो समयसम्म जारी राख्नुपर्छ। तैँले मेरो हृदयलाई आफ्नै जस्तो गरी लिनैपर्छ, मेरा अभिप्रायहरू तेरा विचारहरू बन्‍नैपर्छ, तैँले ठूलो चित्रलाई तेरो सोचविचारमा लिनैपर्छ, तैँले आफूबाट ख्रीष्टलाई प्रकट हुन दिनैपर्छ, अनि तैँले अरूसितको सहकार्यमा सेवा गर्नैपर्छ। तैँले पवित्र आत्माको कामको गतिलाई कायम राख्नैपर्छ, अनि आफैलाई उहाँको मुक्तिको विधिमा अर्पण गर्नैपर्छ। तैँले आफैलाई रित्याउनैपर्छ, अनि निर्दोष र खुला व्यक्ति बन्‍नैपर्छ। तैँले सामान्यतया आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्नुपर्छ र संलग्‍न हुनुपर्छ, आत्मामा कामकुराहरू गर्न सक्‍नुपर्छ, एक-अर्कालाई प्रेम गर्नुपर्छ, तिनीहरूका शक्तिहरूलाई तेरा कमजोरीहरूसित सन्तुलन मिलाउन दिनुपर्छ, अनि मण्डलीभित्र निर्माण हुन खोज्‍नुपर्छ। तब मात्रै, राज्यमा तैँले साँच्चिकै उत्तराधिकारको भाग पाउनेछस्।

अघिल्लो: अध्याय १७

अर्को: अध्याय १९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्