ठ. कसरी परमेश्‍वरको सेवा गर्ने र उहाँको गवाही बन्‍ने सो सम्बन्धमा

४६९. परमेश्‍वरले ब्रह्माण्डमा आफ्नो काम सुरु गर्नुभएदेखि नै, उहाँका अभिप्रायहरू पूरा होऊन् र पृथ्वीमा उहाँको काम सहज रूपमा सम्पन्न होस् भन्‍ने उद्देश्यका साथ, उहाँले जीवनको हरेक क्षेत्रका मानिसहरूलगायत धेरै मानिसलाई उहाँको सेवा गर्न पूर्वनिर्धारित गर्नुभएको छ—मानिसहरूलाई उहाँको सेवा गर्न छान्नुमा परमेश्‍वरको उद्देश्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेक व्यक्तिले उहाँको यो अभिप्राय बुझ्नुपर्छ। परमेश्‍वरको यस काममार्फत, मानिसहरूले उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँले गर्ने कामका सिद्धान्तहरू अझ स्पष्ट रूपमा देख्छन्। परमेश्‍वर व्यावहारिक तवरले आफ्नो काम गर्न र मानिसहरूसँग घूलमिल हुन पृथ्वीमा आउनुभएको छ, ताकि तिनीहरूले उहाँका कार्यहरू अझ स्पष्ट रूपमा चिन्न सकून्। आज, तिमीहरू—मानिसहरूको यो समूहले—व्यावहारिक परमेश्‍वरको सेवा गर्ने सौभाग्य पाएका छौ। यो तिमीहरूका लागि अमापनीय आशिष्‌ हो—यो साँच्चै परमेश्‍वरले तिमीहरूलाई उचाल्नुभएको हो। उहाँको सेवा गर्न कुनै व्यक्तिलाई छान्दा, परमेश्‍वरसँग सधैँ उहाँका आफ्नै सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेजस्तो, व्यक्तिमा उत्साह भएसम्म उसले परमेश्‍वरको सेवा गर्न सक्छ भन्‍ने पटक्कै होइन। आज, तिमीहरू परमेश्‍वरसामु सेवा गर्ने सबैले परमेश्‍वरको मार्गदर्शनका कारण त्यसो गर्छन्, र तिनीहरूसँग पवित्र आत्माको काम हुन्छ, र तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भन्ने देख्न सक्छौ। परमेश्‍वरको सेवा गर्ने सबैका न्यूनतम सर्तहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

४७०. जो परमेश्‍वरको सेवा गर्छन् तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिस हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई खुसी पार्ने खालका, र परमेश्‍वरप्रति एकनिष्ठ बफादारी देखाउन सक्ने हुनुपर्छ। मानिसहरूको निजी रूपमा होस् वा सार्वजनिक रूपमा, परमेश्‍वरको उपस्थितिमा तेरा कार्यहरूले उहाँलाई खुसी पार्न सक्नुपर्छ, र ती सबै उहाँसामु दृढ रहन सक्नुपर्छ; अरू मानिसले तँलाई जे-जस्तो व्यवहार गरे पनि, परमेश्‍वरको बोझलाई ख्याल गर्न तैँले सधैँ आफू हिँड्नुपर्ने मार्गमा हिँड्नुपर्छ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठ मानिस हुन्। परमेश्‍वरका घनिष्ठ मानिसहरूले सिधै उहाँको सेवा गर्न सक्नुको कारण के हो भने तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नै बनाउन, र परमेश्‍वरको बोझलाई आफ्नै बोझको रूपमा लिन सक्छन्, र तिनीहरू आफ्ना भविष्यका सम्भावनाहरूको लाभ वा क्षतिलाई कुनै ख्याल गर्दैनन्—तिनीहरूका सम्भावनाहरूमा तिनीहरूसँग केही पनि नहुने, र तिनीहरूले केही पनि प्राप्त नगर्ने अवस्था हुँदा समेत, तिनीहरू सधैँ परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्नेछन्। त्यसैले, यस प्रकारको व्यक्ति परमेश्‍वरको घनिष्ठ व्यक्ति हो। परमेश्‍वरका घनिष्ठ मानिसहरू उहाँका विश्‍वासपात्र पनि हुन्; परमेश्‍वरका विश्‍वासपात्रहरूले मात्र उहाँको हतारो, र उहाँका विचारहरू बुझ्न सक्छन्, र तिनीहरूको देह पीडादायी र कमजोर भए पनि, तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि पीडा सहन र आफूले प्रेम गर्ने कुरालाई छोड्न सक्षम हुन्छन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बढी बोझ दिनुहुन्छ, र परमेश्‍वर जे गर्न चाहनुहुन्छ त्यो त्यस्ता मानिसहरूको गवाहीमा प्रमाणित हुन्छ। यसर्थ, यी मानिसहरू परमेश्‍वरलाई मन पर्ने हुन्छन्, तिनीहरू परमेश्‍वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूअनुरूप हुने मानिस हुन्, र यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँगै राजाका रूपमा शक्ति हातमा लिन सक्छन्। जब तँ साँचो रूपमा परमेश्‍वरको घनिष्ठ व्यक्ति बन्छस्, ठीक त्यही बेला तैँले परमेश्‍वरसँगै राजाका रूपमा शक्ति हातमा लिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४७१. साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति परमेश्‍वरका अभिप्रायहरूअनुरूप रहेको, परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य, र धार्मिक धारणाहरू त्याग्‍न सक्‍ने व्यक्ति हो। यदि तँ आफूले परमेश्‍वरका वचनहरू खानु र पिउनु प्रभावकारी होस् भन्‍ने चाहन्छस् भने, तैँले आफ्‍ना धार्मिक धारणाहरू त्याग्नैपर्छ। यदि तँ परमेश्‍वरको सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू त्याग्न र सबै कुरामा परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन अझै बढी जरुरी छ। परमेश्‍वरको सेवा गर्ने व्यक्तिमा यो कुरा हुनुपर्छ। यदि तँसँग यो ज्ञानको कमी छ भने, तैँले सेवा गर्नेबित्तिकै अवरोध र बाधाहरू निम्त्याउनेछस्, अनि यदि तँ आफ्ना धारणाहरूमा टाँसिरहिस् भने, तँलाई अपरिहार्य रूपमा परमेश्‍वरले फेरि कहिल्यै उठ्न नसक्‍ने गरी “ढाल्नुहुनेछ।” उदाहरणका लागि, वर्तमानलाई नै लिऊँ: धेरै भनाइ र धेरै काम बाइबल र परमेश्‍वरले यसअघि गरेका कामअनुरूप छैनन्, अनि यदि तँमा समर्पणको हृदय छैन भने, तँ कुनै पनि समय पतित हुनेछस्। यदि तँ परमेश्‍वरका अभिप्रायहरू अनुसार सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू त्याग्न र आफ्ना विचार सच्याउनैपर्छ। भविष्यमा, धेरै भनाइ पहिलेका भनाइहरूअनुरूप हुनेछैनन्, अनि यदि तँसँग अहिले समर्पित हुने सङ्कल्प छैन भने, तँ अगाडिको मार्गमा हिँड्न सक्नेछैनस्। यदि परमेश्‍वरको काम गर्ने एउटा विधिले तँभित्र जरा गाडेको छ र तँ यसलाई कहिल्यै त्याग्‍दैनस् भने, यो विधि नै तेरो धार्मिक धारणा बन्नेछ। यदि परमेश्‍वर जे हुनुहुन्छ त्यसले तँमा जरा गाडेको छ भने, तैँले सत्यता प्राप्त गरेको छस्, अनि परमेश्‍वरका वचनहरू र सत्यता तेरो जीवन बनेमा, तँमा अब उप्रान्त परमेश्‍वरबारे धारणाहरू हुनेछैनन्। परमेश्‍वरको साँचो ज्ञान हुनेहरूसँग कुनै धारणा हुनेछैन र तिनीहरूले प्रावधानहरू पालन गर्नेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम चिन्नेहरू मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

४७२. परमेश्‍वरको सेवा गर्नु कुनै सरल काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ, तिनीहरू कहिल्यै परमेश्‍वरको सेवा गर्न सक्दैनन्। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय र सजाय गरिएको छैन भने, तेरो स्वभावले अझै पनि शैतानको प्रतिनिधित्व गर्छ, जसले परमेश्‍वरप्रतिको तेरो सेवा तैँले आफ्नै असल अभिप्रायहरू अर्पण गर्नु मात्र हो, र तेरो सेवा तेरो शैतानी प्रकृतिमा आधारित छ भन्ने प्रमाणित गर्छ। तँ आफ्नो प्राकृतिक चरित्रद्वारा, र आफ्ना व्यक्तिगत अभिरुचिहरूअनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सधैँ आफूलाई गर्न इच्छा लाग्ने कुराहरू नै परमेश्‍वरका आनन्ददायी कुरा हुन्, र आफूलाई गर्न इच्छा नलाग्ने कुराहरू नै परमेश्‍वरका लागि घृणास्पद हुन् भन्ने सोच्छस्; तँ पूर्ण रूपमा आफ्नै अभिरुचिहरूअनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न मिल्छ? अन्ततः तेरो जीवन स्वभावमा अलिकति पनि परिवर्तन हुनेछैन; बरु, तेरो सेवाले त्यसलाई अझ बढी जिद्दी बनाउनेछ, जसले गर्दा तेरो भ्रष्ट स्वभावले गहिरो जरा गाड्नेछ, र यसरी, तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा, र तेरो आफ्नै स्वभावअनुसारको तेरो सेवाबाट प्राप्त अनुभवमा आधारित परमेश्‍वरको सेवा गर्नेबारे नियमहरू बन्नेछन्। यी मानिसका अनुभव र पाठहरू हुन्। यो संसारसँग व्यवहार गर्ने मानिसको दर्शन हो। यस्ता मानिसहरू फरिसी र धार्मिक अधिकारी हुन्। यदि तिनीहरूले अहिले नै ब्युँझेर पश्चात्ताप गरेनन् भने, तिनीहरू पक्कै पनि आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट र ख्रीष्टविरोधीमा परिणत हुनेछन्। उल्लेख गरिएका झूटा ख्रीष्टहरू र ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूमाझबाट पैदा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरू आफ्नै चरित्रलाई पछ्याउँछन् र आफ्नै इच्छाअनुसार काम गर्छन् भने, तिनीहरू कुनै पनि समयमा हटाइने जोखिममा हुन्छन्। अरूको मन जित्न, तिनीहरूलाई उपदेश दिन र नियन्त्रणमा राख्न, र उच्च स्थानमा खडा हुन आफ्नो धेरै वर्षको अनुभवमा भर परेर परमेश्‍वरको सेवा गर्नेहरू—र कहिल्यै पश्चात्ताप नगर्ने, कहिल्यै आफ्ना पापहरू नस्विकार्ने, कहिल्यै हैसियतका लाभहरू परित्याग नगर्नेहरू—यी मानिसहरू परमेश्‍वरसामु ढल्नेछन्। तिनीहरू पावलकै प्रकारका हुन्, जो आफ्नो वरिष्ठताको फाइदा लिन्छन् र अरूको अगाडि आफ्नो योग्यताको धाक देखाउँछन्। परमेश्‍वर यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुन्न। यस्तो सेवा गर्नु भनेको परमेश्‍वरको काममा अवरोध गर्नु हो। मानिसहरू सधैँ पुराना कुराहरूमा टाँसिन्छन्। तिनीहरू विगतका धारणाहरूमा, बितेका समयका सबै कुरामा टाँसिन्छन्। यो तिनीहरूको सेवामा एउटा ठूलो अड्चन हो। यदि तैँले तिनलाई फालिनस् भने, यी कुराहरूले तेरो सम्पूर्ण जीवन बर्बाद गर्नेछन्। तैँले परमेश्‍वरको “सेवा” गर्नका खातिर दौडधुप गरेर आफ्नो खुट्टा भाँचिस् भने पनि, परिश्रम गरेर आफ्नो ढाड भाँचिस् भने पनि, वा शहादत नै प्राप्त गरिस् भने पनि, परमेश्‍वरले तँलाई अलिकति पनि अनुमोदन गर्नुहुनेछैन। यसविपरित: उहाँले तँ दुष्कर्मी होस् भनेर भन्नुहुनेछ।

आजदेखि सुरु गरेर, परमेश्‍वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्‍वरमा समर्पित हुनेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्‍वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्‍वरको सेवा गर्नुपर्दछ। परमेश्‍वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिमा समर्पित हुने सङ्कल्प छैन, र ऊ परमेश्‍वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्विकार्नका लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्‍नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्‍वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्‍वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्‍नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले अनुमोदन गर्नुहुन्छ? योमध्ये कत्ति जति परमेश्‍वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्‍वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्‍वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्‍वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्‍वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा हटाउनुहुन्न। यदि तैँले परमेश्‍वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमावलीहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्‍वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्‍नु हुँदैन। परमेश्‍वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्‍वरको काम र परमेश्‍वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्‍वरले कुनै नियमावलीहरू पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्‍वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तिनीहरू परमेश्‍वरका विरोधी होइनन् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्‍वरले तेरो विगतका सेवाहरू सम्‍झनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

४७३. सङ्कल्प भएका सबैले परमेश्‍वरको सेवा गर्न सक्छन्—तर परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्नेहरू मात्र परमेश्‍वरको सेवा गर्न योग्य र हकदार हुन्छन्। मैले तिमीहरूमाझ यो कुरा पत्ता लगाएको छु: धेरै मानिस के विश्‍वास गर्छन् भने यदि तिनीहरू परमेश्‍वरका लागि जोसका साथ मार्गको प्रचार गर्ने, परमेश्‍वरका लागि दौडधुप गर्ने, परमेश्‍वरप्रति आफूलाई अर्पण गर्ने र उहाँका लागि कुराहरू त्याग्ने, आदि गर्छन् भने, यो परमेश्‍वरको सेवा गर्नु हो। अधिकांश धार्मिक मानिसहरू परमेश्‍वरको सेवा गर्नु भनेको हातमा बाइबल लिएर यताउता दौडनु, स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नु र मानिसहरूलाई पश्‍चात्ताप गर्न र पाप स्वीकार गर्न लगाएर मुक्ति दिनु हो भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता धार्मिक अधिकारीहरू पनि धेरै छन् जसले सेमिनरीमा उच्च अध्ययन र तालिम लिएपछि गिर्जाघरहरूमा प्रचार गर्नु, र बाइबलका पदहरू पढेर मानिसहरूलाई सिकाउनु नै परमेश्‍वरको सेवा गर्नु हो भन्‍ने सोच्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमाझ बिरामीहरूलाई निको पार्नु र पिशाचहरू निकाल्नु, तिनीहरूका लागि प्रार्थना गर्नु, र तिनीहरूको सेवा गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। तिमीहरूमध्ये, यस्ता धेरै छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको हरेक दिन परमेश्‍वरका वचनहरू खानु र पिउनु र परमेश्‍वरलाई प्रार्थना गर्नु, साथै जताततै मण्डलीहरूको भ्रमण गर्नु र त्यहाँ काम गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरू पनि छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा घरजम नगर्नु र आफ्नो सम्पूर्ण सत्त्व परमेश्‍वरलाई समर्पित गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरको सेवा गर्नुको वास्तविक अर्थ थोरै मानिसलाई मात्र थाहा छ। हुन त परमेश्‍वरको सेवा गर्ने मानिसहरूको सङ्ख्या आकाशका ताराहरूको जति नै छ, तर सिधै सेवा गर्न सक्ने, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेहरूको सङ्ख्या नगण्य—अत्यन्तै कम—छ। म किन यसो भन्छु? म यसो भन्छु किनभने तिमीहरू “परमेश्‍वरको सेवा गर्नु” भन्‍ने वाक्यांशको सार बुझ्दैनौ, र तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी सेवा गर्ने भन्‍ने कुरा अत्यन्तै कम बुझ्छौ। परमेश्‍वरप्रतिको कस्तो प्रकारको सेवा ठ्याक्कै उहाँका अभिप्रायहरूअनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले तुरुन्तै बुझ्न आवश्यक छ।

यदि तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न चाहन्छौ भने, तिमीहरूले पहिले कस्ता मानिसहरू परमेश्‍वरलाई मन पर्छन्, कस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, कस्ता मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिन्छन्, र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्य हुन्छन् भन्‍ने कुरा बुझ्नैपर्छ। कम्तीमा पनि, तिमीहरू यो ज्ञानले सुसज्जित हुनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको कामको उद्देश्य, र परमेश्‍वरले वर्तमानमा गर्ने काम जान्नुपर्छ। यो बुझेपछि, र परमेश्‍वरका वचनहरूको मार्गदर्शनमार्फत, तिमीहरूले पहिले प्रवेश गर्नुपर्छ, र पहिले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ। जब तिमीहरूले परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभव पाएका हुन्छौ, र जब तिमीहरू परमेश्‍वरको कामलाई साँचो रूपमा चिन्छौ, तब तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्य हुनेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ तब परमेश्‍वरले तिमीहरूको आत्मिक आँखा खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामको अझ ठूलो बुझाइ प्राप्त गर्न र यसलाई अझ स्पष्ट रूपमा देख्न सम्भव तुल्याउनुहुनेछ। जब तँ यस वास्तविकतामा प्रवेश गर्छस्, तेरा अनुभवहरू अझ गहन र व्यावहारिक हुनेछन्, र त्यस्ता अनुभवहरू प्राप्त गरेका तिमीहरू सबै जना मण्डलीहरूमाझ हिँड्न र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भरणपोषण प्रदान गर्न सक्षम हुनेछौ, ताकि तिमीहरू प्रत्येकले एक-अर्काका सबलताहरूबाट सिकेर आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न सक, र आफ्नो आत्मामा अझ समृद्ध ज्ञान प्राप्त गर्न सक। यो प्रभाव हासिल गरेपछि मात्र तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेछौ र आफ्नो सेवाको क्रममा परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४७४. मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरूलाई हटाइनुपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

४७५. जहाँसम्म कामको कुरा छ, मानिस काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, जताततै प्रचार गर्नु, र उहाँका खातिर आफूलाई अर्पण गर्नु हो भन्ने विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि, यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वर मानिससँग उहाँका निम्ति यताउति दौडधुप गर्न मात्र माग गर्नुहुन्न, बरु, यो त आत्माभित्रको सेवकाइ र भरणपोषणसित बढी सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीले यतिका वर्षको अनुभवपछि पनि परमेश्‍वरका निम्ति काम गर्नेबारे कहिल्यै सोचेका छैनन्, किनकि मानिसले कल्पेको काम परमेश्‍वरले माग गर्नुभएको कामसित मिल्दैन। त्यसकारण, मानिसलाई कामको विषयमा कुनै पनि रुचि छैन, र मानिसको प्रवेश निकै एकतर्फी हुनुको मुख्य कारण ठ्याक्कै यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, ताकि तिमीहरूले अनुभवको प्रत्येक पक्ष अझ राम्ररी भोग्न सक। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरका निम्ति यताउति दौडधुप गर्नुलाई जनाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जिउने कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई जनाउँछ। कामले मानिसहरूले परमेश्‍वरको गवाही दिन र मानिसको सेवकाइ गर्नका लागि परमेश्‍वरप्रतिको आफ्‍नो बफादारी र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञान प्रयोग गर्नुलाई जनाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसले बुझ्नुपर्ने कुरा यही हो। तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरू परमेश्‍वरका निम्ति काम गर्ने क्रममा प्रवेश गर्न खोजिरहेका छौ भनेर भन्न सकिन्छ। परमेश्‍वरको काम अनुभव गर्नु भनेको तिमीहरूले उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; त्योभन्दा महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको गवाही दिन जान्‍नैपर्छ अनि परमेश्‍वरको सेवा गर्न र मानिसलाई सेवकाइ र भरणपोषण गर्न सक्‍नैपर्छ। यो नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति दौडधुप गर्ने र सबैतिर प्रचार गर्ने कुरामा मात्र ध्यान दिने, तर आफ्नो व्यक्तिगत अनुभवलाई उपेक्षा गर्ने र आफ्नो आत्मिक जीवन प्रवेशलाई बेवास्ता गर्ने धेरै छन्। यसैले गर्दा परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरको विरोध गर्ने बन्न पुगेका छन्। …

व्यक्ति परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, परमेश्‍वरका अभिप्रायहरूअनुरूपका सबैलाई उहाँसमक्ष ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याउन, र पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी ऊ परमेश्‍वरको कामका फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू कामको सारबारे पूर्ण रूपमा स्पष्ट हुनु अपरिहार्य छ। परमेश्‍वरद्वारा प्रयोग गरिने हरेक व्यक्ति परमेश्‍वरका निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् हरेकले पवित्र आत्माद्वारा प्रयोग गरिने अवसर पाउँछ। तर, तिमीहरूले एउटा कुरा बुझ्नैपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसलाई परमेश्‍वरद्वारा प्रयोग गरिने अवसर दिइएको हुन्छ, तर मानिस जे भन्छ र जान्दछ, त्यो नै पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो काम गर्ने क्रममा आफ्नै कमजोरीहरू अझ राम्ररी चिन्‍नु, र पवित्र आत्माबाट अझ बढी अन्तर्दृष्टि प्राप्त गर्नु मात्र हो। यसरी, तिमीहरू आफ्नो काम गर्ने क्रममा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

४७६. पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्‍वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्‍वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्‍वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्‍वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्‍वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्‍वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्‍वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र परमेश्‍वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्‍वरको नवीनतम कामबाट परमेश्‍वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

४७७. आजको परमेश्‍वरको सेवा गर्दा, यदि तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिइरहन्छस् भने, तेरो सेवाले अवरोध सृजना गर्नेछ, र त्यो एक प्रकारको पुरानो अभ्यास बन्नेछ, त्यो धार्मिक अनुष्ठानबाहेक केही हुनेछैन। यदि तँ परमेश्‍वरको सेवा गर्नेहरूमा अन्य गुणहरूका साथै, बाहिरी रूपमा नम्रता र धैर्य हुनैपर्छ भन्‍ने विश्‍वास गर्छस्, र यदि तँ आज यस प्रकारको ज्ञान अभ्यास गर्छस् भने, त्यस्तो ज्ञान एउटा धार्मिक धारणा हो; यस तरिकाले अभ्यास गर्नु भनेको पाखण्ड देखाउनुसरह हो। “धार्मिक धारणाहरू” भन्‍ने वाक्यांशले पुराना (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरूको बुझाइ र पवित्र आत्माको प्रत्यक्ष अन्तर्दृष्टिको ज्योति लगायत) कुराहरूलाई दर्साउँछ, र यदि तिनलाई आज व्यवहारमा लागू गरियो भने, तिनले परमेश्‍वरको काममा अवरोध पुर्‍याउँछन् र मानिसलाई कुनै फाइदा गर्दैनन्। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुरालाई आफूबाट हटाउन सकेनन् भने, ती कुरा तिनीहरूले परमेश्‍वरको सेवा गर्ने कार्यमा ठूलो तगारो बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिसहरूसँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै झन्-झन् पछि पर्छन्। यस्तो किन हुन्छ भने, यी धार्मिक धारणाहरूले गर्दा मानिस असाधारण रूपमा आत्म-धर्मी र अहङ्कारी बन्छ। परमेश्‍वर विगतमा आफूले भनेका वा गरेका कुरालाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँ त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोलेका वचनहरूमा नै टाँसिइरहन्छस् भने, के यसले तँलाई परमेश्‍वरको काम थाहा भएको प्रमाणित गर्छ? यदि तँ पवित्र आत्माको वर्तमानको ज्योति स्विकार्न सक्दैनस्, बरु त्यही पुरानो ज्योतिमा टाँसिइरहन्छस् भने, के यसले तँ परमेश्‍वरका पदचापहरू पछ्याउँछस् भन्‍ने प्रमाणित गर्न सक्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम चिन्नेहरू मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

४७८. धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्‍वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्‍वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने, तेरो जोशिलो सेवाले परमेश्‍वरको घिन र घृणा मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

४७९. धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (३)

४८०. येशूले परमेश्‍वरको आज्ञा—सम्पूर्ण मानवजातिको छुटकाराको काम—पूरा गर्न सक्नुभयो किनभने उहाँले आफ्ना लागि कुनै योजना वा प्रबन्ध नगरी, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्नुभयो। उहाँ परमेश्‍वरको—परमेश्‍वर स्वयम्‌को—घनिष्ठ हुनुहुन्थ्यो, जुन तिमीहरू सबैले राम्रोसँग बुझेको कुरा हो। (वास्तवमा, उहाँ परमेश्‍वरद्वारा गवाही दिइनुभएका परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो। म यस समस्यालाई चित्रण गर्न येशूको तथ्य प्रयोग गर्नका लागि यहाँ यो कुरा उल्लेख गर्दै छु।) उहाँले परमेश्‍वरको व्यवस्थापनको योजनालाई एकदमै केन्द्रमा राख्न सक्नुभयो, र सधैँ स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गर्नुभयो र स्वर्गमा हुनुहुने पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्नुभयो र भन्नुभयो, “हे परमेश्‍वर पिता! तपाईँको इच्छा जे हो त्यो पूरा गर्नुहोस्, र मेरा चाहनाहरूअनुसार नभई तपाईँको योजनाअनुसार कार्य गर्नुहोस्। मानिस कमजोर भए तापनि, तपाईँले उसको किन वास्ता गर्नुपर्छ र? तपाईँको हातमा भएको कमिलाजस्तो मानिस तपाईँको चिन्ताको योग्य कसरी हुन सक्छ र? म आफ्नो हृदयमा तपाईँको इच्छा पूरा गर्न मात्र चाहन्छु, र म चाहन्छु कि तपाईँले ममा आफ्नै चाहनाहरूअनुसार जे गर्न चाहनुहुन्छ त्यो पूरा गर्नुहोस्।” यरूशलेम जाने बाटोमा, येशू वेदनामा हुनुहुन्थ्यो, मानौँ उहाँको हृदयमा छुरी घुमाइँदै थियो, तैपनि उहाँमा पछि हट्ने अलिकति पनि अभिप्राय थिएन; उहाँलाई क्रूसमा टाँगिने ठाउँतर्फ अघि बढ्न बाध्य पार्ने एउटा शक्तिशाली बल सधैँ थियो। उहाँ अन्ततः क्रूसमा टाँगिनुभयो र पापी देहको स्वरूप बन्नुभयो, र मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। उहाँ मृत्यु र पातालका सबै बन्धनभन्दा माथि उठ्नुभयो। उहाँको अघि, मृत्यु, नरक, र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तिस वर्षसम्म जिउनुभयो, र त्यस अवधिभरि उहाँले सधैँ त्यस समयको परमेश्‍वरको कामअनुसार परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुभयो, आफ्नो व्यक्तिगत लाभ वा हानिको कहिल्यै ख्याल गर्नुभएन, र सधैँ परमेश्‍वर पिताका अभिप्रायहरूका खातिर योजनाहरू बनाउनुभयो। त्यसैले, परमेश्‍वरले बप्तिस्मा लिएपछि, उहाँले भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरका अभिप्रायहरूअनुसार भएको परमेश्‍वरप्रतिको उहाँको सेवाका कारण, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने भारी बोझ उहाँको काँधमा राख्नुभयो र उहाँलाई त्यो पूरा गर्न लगाउनुभयो, र उहाँ यो महत्त्वपूर्ण काम पूरा गर्न योग्य र हकदार हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका लागि असीमित कष्ट सहनुभयो, र उहाँलाई शैतानद्वारा अनगिन्ती पटक प्रलोभनमा पार्‍यो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यस्तो महत्त्वपूर्ण काम दिनुभयो किनभने उहाँ उहाँलाई भरोसा गर्नुहुन्थ्यो, र उहाँलाई प्रेम गर्नुहुन्थ्यो, त्यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस समयमा, येशू मात्र यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, र यो अनुग्रहको युगमा सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको कामको पूर्णताका वास्तविक परिस्थितिहरूको एउटा पक्ष थियो।

यदि तिमीहरू येशूजस्तै परमेश्‍वरको बोझको ख्याल गर्न, र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्षम छौ भने, परमेश्‍वरले आफ्नो भारी जिम्मेवारी तिमीहरूलाई सुम्पनुहुनेछ, ताकि तिमीहरूले परमेश्‍वरको सेवा गर्न आवश्यक सर्तहरू पूरा गर्नेछौ। यस्ता परिस्थितिहरूमा मात्र तिमीहरूले आफू परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति, परमेश्‍वरको आज्ञा पूरा गर्ने व्यक्ति, र साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति रहेको भनेर भन्ने आँट गर्नेछौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? के तँ आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति भन्ने आँट गर्छस्? के तँ आफूलाई साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्ने आँट गर्छस्? आज, तँलाई परमेश्‍वरको सेवा कसरी गर्ने भन्‍ने थाहा छैन, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? यदि तैँले आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, के तँ उहाँको निन्दा गर्दैनस् र? यसबारे सोच: तँ परमेश्‍वरको सेवा गरिरहेको छस् कि आफ्नै? तँ शैतानको सेवा गर्छस्, तैपनि हठी भई आफूले परमेश्‍वरको सेवा गरिरहेको भनेर भन्छस्—यसमा, के तँ परमेश्‍वरको निन्दा गर्दैनस् र? धेरै मानिस—मेरो पिठ्यूँपछाडि—हैसियतका फाइदाहरूमा रमाउँछन्; तिनीहरू खानामा लिप्त हुन्छन्, तिनीहरू सुत्न मन पराउँछन्, र तिनीहरू देहको हरेक ख्याल राख्छन्, अनि देहका लागि कुनै निस्कने बाटो छैन कि भनेर सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफ्नो भूमिका राम्ररी पूरा गर्दैनन्, तर मण्डलीको भरमा बाँच्छन्, अन्यथा तिनीहरू मेरा वचनहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई उपदेश दिन्छन्, अनि माथिबाट अरूलाई नियन्त्रित गर्छन्। यी मानिसहरू आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने मानिस भनिरहन्छन् र सधैँ आफूलाई परमेश्‍वरका घनिष्ठ भन्छन्—के यो बेतुके होइन र? यदि तेरो मनसाय सही छ, तर तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न असक्षम छस् भने, तँ मूर्ख भइरहेको छस्; तर यदि तेरो मनसाय सही छैन, र तँ अझै पनि आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्, र तँ परमेश्‍वरद्वारा दण्डित हुनुपर्छ! मलाई त्यस्ता मानिसहरूप्रति कुनै सहानुभूति छैन! तिनीहरू परमेश्‍वरको घरमा अरूको भरमा बाँच्छन्, सधैँ देहसुखमा लिप्त हुन्छन्, र परमेश्‍वरका हितहरूलाई कुनै वास्ता गर्दैनन्। तिनीहरू सधैँ व्यक्तिगत फाइदा खोज्छन्, र परमेश्‍वरका अभिप्रायहरूमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका आत्माको छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू कुटिल र छली भएर सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठगिरहेका हुन्छन्, र तिनीहरू दुईमुखे हुन्छन्। तिनीहरू दाखबारीको फ्याउरोजस्तै हुन्छन्, सधैँ दाख चोर्छन् र दाखबारी नष्ट गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य छस्? तँ आफ्नो जीवन र मण्डलीका लागि कुनै बोझ लिँदैनस्, के तँ परमेश्‍वरको आज्ञा प्राप्त गर्न योग्य छस्? तँजस्तो व्यक्तिलाई कसले भरोसा गर्ने आँट गर्छ र? जब तँ यसरी सेवा गर्छस्, तब के परमेश्‍वर तँलाई अझ ठूलो काम सुम्पन सक्नुहुन्छ र? के यसले काममा ढिलाइ गराउँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४८१. तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई प्रदान गर्ने कुराहरूले मैले मोशा र दाऊदलाई प्रदान गरेका कुरालाई नै उछिन्छन्, त्यसरी नै म तिमीहरूका गवाहीले मोशाका गवाहीहरूलाई उछिनून् र तिमीहरूका शब्दहरूले दाऊदका शब्दहरूलाई उछिनून् भन्ने चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—त्यसै गरी म तिमीहरू मलाई सय गुणा फिर्ता गर भनेर भन्छु। मानवजातिलाई जीवन प्रदान गर्ने म नै हुँ भन्ने कुरा तिमीहरूलाई थाहा हुनैपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिनैपर्ने तिमीहरू नै हौ। मैले तिमीहरूलाई पठाउने कर्तव्य, र तिमीहरूले मेरा निम्ति निर्वाह गर्नुपर्ने कर्तव्य यही हो। मैले मेरा सारा महिमा तिमीहरूलाई प्रदान गरेको छु, इस्राएलका मेरा चुनिएका मानिसहरूले कहिल्यै प्राप्‍त नगरेको जीवन मैले तिमीहरूलाई प्रदान गरेको छु। तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी मलाई अर्पण गर्नुपर्छ र आफ्नो ज्यान दिनुपर्छ। जसलाई म मेरो महिमा प्रदान गर्छु, उसले मेरो गवाही दिनेछ र मेरा निम्ति आफ्नो ज्यान दिनेछ—यो मैले उहिले नै पूर्वनियोजन गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरू जे देख्छौ त्यो यहोवाको महिमा, येशूको छुटकारा, र मैले अहिले गर्ने सबै कार्य हुन्। तिमीहरू आफ्नै कानले मेरो आत्माका वचनहरू पनि सुन्छौ, र तिमीहरूले मेरो बुद्धिबारे बोध प्राप्त गरेका छौ, मेरो आश्चर्यकर्म थाहा पाएका छौ र मेरो स्वभावबारे थाहा पाएका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, धार्मिकताले भरिपूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो कामको अद्भुतता देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने थाहा पाउन पुगेका छौ; कुनै समय मैले इस्राएलको घरमाथि मेरो क्रोध खन्याएको थिएँ, र अब यो तिमीहरूमाथि आएको छ भन्‍ने कुरा तिमीहरूले अझ बढी थाहा पाएका छौ। तिमीहरू स्वर्गमा मेरा रहस्यहरू यशैया र यूहन्नाभन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रेमिलो स्वभाव र श्रद्धेयता विगतका सबै सन्तभन्दा पनि बढी जान्दछौ। तिमीहरूले मेरो सत्यता, मेरो मार्ग र मेरो जीवन मात्र प्राप्‍त गरेका छैनौ, बरु यूहन्नाले पाएको भन्दा ठूला दर्शन र प्रकाशहरू प्राप्त गरेका छौ। तिमीहरू अझ धेरै रहस्य बुझ्छौ, र मेरो साँचो मुहार पनि हेरेका छौ; तिमीहरूले मेरो न्याय अझ धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभाव अझ बढी जान्दछौ। त्यसैले, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि, तिमीहरू पहिलेका कुराहरू र विगतका कुराहरू बुझ्छौ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ, जुन मद्वारा व्यक्तिगत रूपमै गरिएका थिए। मैले तिमीहरूसँग माग गरेको कुरा अत्यधिक छैन, किनभने मैले तिमीहरूलाई अति धेरै दिएको छु, र तिमीहरूले ममा अति धेरै देखेका छौ। यसैले, म तिमीहरू विगतका सन्तहरूलाई मेरा निम्ति गवाही देऊ भनेर माग गर्छु, र मेरो हृदयको एक मात्र चाहना यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

४८२. मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

४८३. के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गर्नुभएको स्वभावलाई ठोस रूपमा, र त्यस युगका लागि उपयुक्त अनि त्यस युगको महत्त्व बोक्‍ने भाषामा वर्णन गर्न सक्छस्? के परमेश्‍वरको आखिरी दिनहरूको काम अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा वर्णन गर्न सक्छस्? के तँ स्पष्ट र सही रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्? गोठालो गरिन कस्तो प्रकारका मानिसहरू तेरो प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

४८४. परमेश्‍वरको गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा अनि परमेश्‍वरले मानिसहरूलाई कसरी विजय गर्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले कसरी मानसिहरूलाई परिवर्तन गर्नुहुन्छ सोबारेमा तेरो ज्ञान बताउनु हो; यो भनेको परमेश्‍वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कामले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको साक्षी दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू परमेश्‍वरको देहधारी शरीरमार्फत व्यक्त गरिने मात्र हो। वास्तवमा, ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि परमेश्‍वर देहको आवरणमा मानिसमाझ आउनुभएपछि, उहाँले बोल्नुभएन वा काम गर्नुभएन र तिमीहरूलाई उहाँको व्यावहारिकता, उहाँको सामान्यता र उहाँको सर्वशक्तिमान्‌ता जान्‍न लगाउनुभयो भने, के तँ सक्‍नेथिइस्? के तँ आत्माको सार के हो भनी जान्न सक्‍नेथिइस्? के तँ उहाँको देहको प्रकृति के हो भनेर जान्न सक्‍नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरण अनुभव गरेका हुनाले मात्रै उहाँ तिमीहरूलाई उहाँका लागि गवाही दिन भन्नुहुन्छ। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। तसर्थ, तैँले परमेश्‍वरको गवाही दिँदा उहाँको सामान्य मानवताको बाहिरी आवरणको मात्र गवाही दिने होइन, बरु तैँले उहाँले गर्ने काम र उहाँले डोऱ्याउने मार्गको गवाही दिनुपर्छ; तँलाई कसरी उहाँले जित्‍नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। … तैँले चरणबद्ध रूपमा सजाय, न्याय, शोधन, परीक्षा, अड्चन र सङ्कष्टहरू अनुभव गरेको छस्, र तँलाई विजय गरिएको छ; तैँले देहका सम्भावनाहरू, तेरा व्यक्तिगत प्रेरणाहरू र देहका भित्री रुचिहरू त्यागेको छस्। अर्को वचनमा, परमेश्‍वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ जीवनमा उहाँले माग गर्नुभएजति वृद्धि नभएको भए पनि, तँलाई यी सबै कुरा थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्‍वस्त छस्। यो गवाही हो—व्यावहारिक गवाही! उहाँ मानिसलाई विजय गर्नका निम्ति न्याय र सजायको काम गर्न आउनुभएको छ; तर उहाँ आफ्नो काम टुङ्ग्याउन, युगको अन्त्य गर्न र समाप्तिको काम गर्न—सम्पूर्ण युगको अन्त्य गर्न, सबै मानवजातिलाई मुक्ति दिन, मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन, र उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्न पनि आउनुभएको छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; अन्त्यमा आफ्नो जिम्मेवारीमा पर्ने प्रकार्य निर्वाह गर्न असक्षम नहो। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृजित प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको महत्त्व ठ्याक्कै के हो? यसको प्रभाव के हो? अनि मानिसहरूमा यो कतिसम्म साकार पारिएको छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरू देहधारी परमेश्‍वरले संसारमा आएदेखि गर्नुभएका सबै कामबारे पूर्ण रूपमा व्याख्या सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तँ उहाँको कामको महत्त्व; त्यसका विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू गरी यी पाँच वटा कुरा पूर्ण रूपमा व्याख्या गर्न सक्छस्, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने कुरा प्रमाणित गर्नेछ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र साँचो हृदयले पछ्याउने सबैले ती प्राप्त गर्न सक्छन्। यदि तँसँग परमेश्‍वरका साक्षीहरूमध्ये एक बन्ने सङ्कल्प छ भने, तैँले परमेश्‍वर कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँका अभिप्रायहरू र मानवजातिप्रति उहाँका मागहरू बुझ्नुपर्छ, अनि यो ज्ञानलाई उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

४८५. तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर केही लाभ प्राप्त गरेका छौ, र केही वास्तविक अनुभव पाएका छौ, त्यसैले तिमीहरूले परमेश्‍वरको गवाही दिनुपर्छ। परमेश्‍वरको गवाही दिँदा, तिमीहरूले मुख्यतया परमेश्‍वरले तिमीहरूलाई कसरी न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, साथै तिमीहरूलाई शोधन गर्न र तिमीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँ कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारे कुरा गर्नुपर्छ। तिमीहरूले आफ्ना अनुभवहरूभरि कति भ्रष्टता प्रकट गरेका छौ, परमेश्‍वरबारे कस्ता धारणाहरू विकास गरेका छौ, र परमेश्‍वरको प्रतिरोध गर्न के-कस्ता कुराहरू गर्‍यौ, साथै अन्ततः तिमीहरूलाई परमेश्‍वरद्वारा कसरी विजय गरियो, तिमीहरूले परमेश्‍वरको कामबारे कस्तो वास्तविक ज्ञान प्राप्त गरेका छौ, र परमेश्‍वरको प्रेमको प्रतिदान गर्न तिमीहरूले कसरी उहाँको साक्षी दिनुपर्छ भन्‍नेबारे पनि तिमीहरूले कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा सारतत्त्व हाल्नुपर्छ, र सरल शब्दमा बोल्नुपर्छ। खोक्रा सिद्धान्तहरूबारे कुरा नगर। केही वास्तविक कुरा, केही हृदयको कुरा भन। यसरी परमेश्‍वरको गवाही दिँदा मात्र उचित हुन्छ। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो खास अनुभवबाट वास्तविक कुराहरूका बारेमा अझ बढी बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; अरूका लागि सबैभन्दा लाभदायक कुरा, र तिनीहरूले सबैभन्दा उपयुक्त देख्ने कुरा पनि यही हो। तिमीहरू विगतमा परमेश्‍वरको सबैभन्दा बढी प्रतिरोध गर्ने, उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्‍ने मानिस थियौ, तर अब तिमीहरू विजय गरिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्‍ने थाहा हुनेछ, अन्यथा, तिनीहरू समझ नभएका लाजमर्दो कामहरू गर्न प्रवृत्त हुनेछन्, जुन परमेश्‍वरको गवाही दिनु होइन, बरु परमेश्‍वरलाई लज्जित तुल्याउनु हो। सच्‍चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्‍वरको लागि गवाही दिन सम्‍भव हुँदैन। परमेश्‍वरमाथि जसको विश्‍वास अलमल्ल र अन्योलमा छ ती मानिसहरू कहिल्यै परमेश्‍वरको गवाही दिन सक्षम हुनेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

४८६. परमेश्‍वरको कामको गवाही दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नैपर्छ। यसरी मात्र तँ उहाँका अभिप्रायहरू पूरा गर्न सक्छस्। के तँ परमेश्‍वरको कामको गवाही दिने व्यक्ति होस्? के तँमा यो सङ्कल्प छ? यदि तँ उहाँको नाउँको, र अझ बढी, उहाँको कामको गवाही दिन सक्छस् भने, अनि उहाँले माग गर्नुहुने उहाँका मानिसहरूको स्वरूपमा जिउन सक्छस् भने, तँ परमेश्‍वरको गवाही दिने व्यक्ति होस्। तँ कसरीचाहिँ परमेश्‍वरको गवाही दिन्छस् त? यदि तँ मानिसहरूले परमेश्‍वरको काम थाहा पाउन र उहाँका कार्यहरू देख्न सकून् भनेर परमेश्‍वरको वचन जिउन र आफ्नै मुखले गवाही दिन खोज्छस् र त्यसको तृष्णा गर्छस् भने—यदि तँ साँच्‍चै यो पछ्याउँछस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्ततः आशिषित हुन मात्रै पछ्याउँछस् भने, परमेश्‍वरप्रतिको तेरो आस्थाको दृष्टिकोण शुद्ध छैन। तैँले परमेश्‍वरका कार्यहरू वास्तविक जीवनमा कसरी देख्ने, उहाँले तँलाई आफ्ना अभिप्रायहरू प्रकट गर्नुहुँदा उहाँलाई कसरी सन्तुष्ट पार्ने भनी पछ्याइरहेको हुनुपर्छ, र कसरी उहाँको अद्भुतता र बुद्धिको साक्षी दिने, अनि कसरी उहाँले तँलाई ताडना दिनु र काटछाँट गर्नुको साक्षी दिने भनी पछ्याइरहेको हुनुपर्छ। यी सबै तैँले अहिले मनन गरिरहेको हुनुपर्ने कुरा हुन्। परमेश्‍वरले तँलाई सिद्ध पार्नुभएपछि तैँले परमेश्‍वरसँगै महिमा पाउन सक्छस् भनेर मात्रै तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र त्यसले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैन। तैँले व्यावहारिक रूपमा परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न, र उहाँले मानिसहरूमा गर्ने काम अनुभव गर्न सक्नुपर्छ। चाहे त्यो पीडा होस्, आँसु होस्, वा दुःख होस्, तैँले यी सबै कुरा व्यावहारिक रूपमा अनुभव गर्नैपर्छ। ती तँलाई परमेश्‍वरको गवाहीका रूपमा सिद्ध पार्नका लागि हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

४८७. तिमीहरूको आस्था अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा वर्णन गर्न सक्दैन, तिमीहरूले देखेका सबै तथ्यको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। सोच त: आज तिमीहरूमध्ये अधिकांश आफूले गर्नुपर्ने कामहरूमा ध्यान दिँदैनौ, बरु देहलाई पछ्याउँछौ, देहलाई तृप्त पार्छौ, र देहमा लिप्त हुन्छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। त्यसोभए, तिमीहरू आफूले देखेका सबै कुराको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा गवाही बन्‍न सक्ने कुरामा साँच्चै विश्वस्त छौ? यदि तैँले आज देखेका सबै कुराको गवाही दिन नसक्‍ने दिन आयो भने, तैँले सृजित प्राणीको भूमिका गुमाएको हुनेछस्, र तेरो अस्तित्वको कुनै अर्थ रहनेछैन। तँ मानव हुन अयोग्य हुनेछस्। तँ मानव नै हुनेछैनस् पनि भन्न सकिन्छ! मैले तिमीहरूमाथि असङ्ख्य काम गरेको छु, तर अहिले तँ केही पनि सिक्न नखोज्ने र सबथोकबारे अनजान रहने, र तँ व्यर्थमा श्रम गर्ने हुनाले, जब मेरो काम फैलिने समय आउँछ, तब तँ खाली नजरले हेरिरहनेछस्, निरुत्तर र पूर्ण रूपमा बेकम्मा हुनेछस्। त्यसपछि, के तँ इतिहासमा पापी कहलिनेछैनस् र? जब त्यो समय आउँछ, के तैँले सबैभन्दा गहिरो पछुतो महसुस गर्नेछैनस् र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, समर्पित हुनु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरो मार्गमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरूले मेरा मार्गहरू पछ्याउनुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरूले मेरो मार्ग पछ्याउनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

अघिल्लो: ट. परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने त्यसको सम्बन्धमा

अर्को: ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्