ट. परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने त्यसको सम्बन्धमा

४५३. कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन। यस्तो ज्ञानले न त मानिसलाई विश्‍वस्त पार्छ न जित्न नै सक्छ; यो यथार्थतासँग मेल खाँदैन, र यो सत्य होइन। यो कानको निम्ति प्रचुर र प्रसन्न तुल्याउने कुरा हुनसक्छ, तर यदि यो परमेश्‍वरको निहित स्वभावसँग मेल खाँदैन भने, परमेश्‍वरले तँलाई छोड्नुहुनेछैन। उहाँले तेरो ज्ञानको सराहना मात्र गर्नुहुनेछैन तर उहाँको निन्दा गर्ने पापी भएकोमा उहाँले तँलाई प्रतिशोध पनि लिनुहुनेछ। परमेश्‍वरलाई चिन्ने सम्‍बन्धी शब्दहरूलाई हल्का रूपमा बोलिँदैन। तँ वाक्पटु र सुवक्ता नै भए पनि र तँ सेतोलाई कालो र कालोलाई सेतो बनाउने गरी चतुर नै भए तापनि परमेश्‍वरको ज्ञानको बारे बताउनु पर्दा तँ आफ्नो गहनताभन्दा बाहिर हुनेछस्। परमेश्‍वर तिमीहरूले सुझबुझविना नै न्याय गर्न सक्‍ने वा अकस्मात् रूपमा प्रशंसा गर्न सक्‍ने वा बेपर्बाही रूपमा बदनाम गर्न सक्‍ने कुनै व्यक्ति हुनुहुन्‍न। तैँले कुनै वा हरेकको प्रशंसा गर्छस्, तैपनि परमेश्‍वरको महान् सद्गुण र अनुग्रहीपनको वर्णन गर्नलाई सही शब्द पाउन तँलाई गाह्रो हुन्छ—हरेक हरुवाले यही महसुस गर्न पुग्छ। परमेश्‍वरको बारे वर्णन गर्न सक्‍ने धेरै भाषिक विशेषज्ञहरू भए तापनि तिनीहरूले वर्णन गरेका कुराहरू भनेका परमेश्‍वरका मानिसहरूले बताएको सत्यताको सय भागको एक भाग मात्र हुन्, तिनीहरूसँग सीमित शब्दावलीहरू हुने भए तापनि, प्रयोग गर्नलाई प्रचुर अनुभव उपलब्ध हुन्छ। यसैले परमेश्‍वरको ज्ञान शब्दहरूको चलाकीपूर्ण प्रयोगमा होइन सत्यता र यथार्थतामा रहन्छ अनि मानिसको ज्ञान र परमेश्‍वरको ज्ञान पूर्ण रूपमा असम्बन्धित कुराहरू हुन् भन्ने देख्न सकिन्छ। परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने क्रममा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुगे लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न कि आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबैभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

४५४. परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब मानिसले परमेश्‍वरको वचन अनुभव गर्छ, मानिसले वचनलाई अभ्यासमा लगाउने प्रक्रियाद्वारा परमेश्‍वरले बोल्‍नुभएको वचनको उद्देश्य बुझ्‍न थाल्छ, र परमेश्‍वरको वचनको स्रोत र पृष्‍ठभूमि बुझ्‍न र परमेश्‍वरको वचनको आशा गरिएको प्रभाव बुझ्‍न र कदर गर्न थाल्छ। मानवजातिले यी सबै कुराहरू अनुभव गर्नुपर्छ, पक्रनुपर्छ, र सत्य र जीवन हासिल गर्न वचनलाई प्राप्‍त गर्नुपर्छ, परमेश्‍वरको अभिप्रायहरू बुझ्‍नुपर्छ, आफ्नो स्वभावमा रूपान्तरित बन्‍नुपर्छ, र परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापन पालन गर्न सक्षम बन्‍नुपर्छ। साथै त्यही समयमा मानिसले यी सबै कुराहरू अनुभव गर्न, बुझ्‍न र प्राप्‍त गर्न थाल्छ, उसले विस्तारै परमेश्‍वरको बुझाइ प्राप्‍त गर्नेछ, र उसले यस समयसम्ममा उहाँको विषयमा ज्ञानको फरक नाप हासिल गरिसकेको हुन्छ। यो बुझाइ र ज्ञान मानिसले कल्पना गरेको वा रचना गरेको कुनै कुराबाट आउँदैन, तर बरु उसले आफूभित्र के कुरा कदर गर्छ, अनुभव गर्छ, महसूस गर्छ, र सुनिश्‍चत हुन्छ भन्‍ने कुराबाट आउँछ। यी कुराहरूको कदर गर्न, अनुभव गर्न, महसूस गर्छ र सुनिश्‍चित हुन थालेपछि मात्र परमेश्‍वरको विषयमा मानिसको ज्ञान प्राप्‍ति सन्तुष्‍ट हुन्छ; यस समयमा मानिसले प्राप्‍त गरेको ज्ञान मात्र वास्तविक, साँचो, सही हुन्छ, अनि उहाँको वचनलाई कदर गर्ने, अनुभव गर्ने, महसूस गर्ने र सुनिश्‍चित हुने माध्यमद्वारा परमेश्‍वरको साँचो बुझाइ र ज्ञान प्राप्‍त गर्ने यो प्रक्रिया मानिस र परमेश्‍वर बीचको साँचो परमेश्‍वरीय सङ्‍गतिभन्दा अरू केही होइन। यस किसिमको सङ्‍गतिको बीचमा मानिसले परमेश्‍वरको अभिप्रायहरू साँच्‍चिकै बुझ्छ र थाहा गर्छ, परमेश्‍वरको सम्पत्ति र अस्तित्व साँच्‍चिकै बुझ्‍छ र थाहा गर्छ, परमेश्‍वरको सार साँच्‍चिकै बुझ्छ र थाहा गर्छ, विस्तारै परमेश्‍वरको स्वभाव साँच्‍चिकै बुझ्छ र थाहा गर्छ, सारा सृष्‍टिमाथि परमेश्‍वरको राज्यको यथार्थप्रति साँच्‍चिकै निश्‍चित हुन्छ र यसको सही परिभाषा बुझ्छ, र परमेश्‍वरको परिचय र ओहदाको ठोस बुझाइ र ज्ञान प्राप्‍त गर्छ। यस किसिमको सङ्‍गतिको बीचमा मानिसले परमेश्‍वरको विषयमा आफ्नो सोचविचार चरणबद्ध रूपमा परिवर्तन गर्छ, उहाँको विषयमा निराधार कुरा कल्पना गर्न छोड्छ, वा उहाँको विषयमा आफ्नो सन्देहमाथि लगाम लगाउँछ, वा उहाँमाथि गलत बुझाइ, वा उहाँलाई दोष लगाउने, वा उहाँमाथि अनावश्यक न्याय गर्ने, वा उहाँमाथि शङ्‍का गर्ने जस्ता कुराहरूमाथि पनि लगाम लगाउँछ। त्यसैले, मानिसको परमेश्‍वरसँग थोरै मात्र विवादहरू हुनेछ, उसको परमेश्‍वरसँग थोरै मात्र द्वन्द्व हुन्छ, मानिसले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने विशेष अवसरहरू पनि थोरै मात्र हुनेछन्। तर यसको विपरित, मानिस परमेश्‍वरको वास्ता र आज्ञापालन गर्ने कुरामा वृद्धि हुँदै जानेछ, र परमेश्‍वरका निम्ति उसको आदर र भय अझ धेरै वास्तविक र गहिरफ बन्‍दै जानेछ। यस किसिमको सङ्‍गतिको बीचमा, मानिसले सत्यताको बन्दोबस्त र जीवनको बप्‍तिस्मा मात्र प्राप्‍त गर्ने छैन, तर उसले यही समयमा परमेश्‍वरको साँचो ज्ञान पनि प्राप्‍त गर्नेछ। यस किसिमको सङ्‍गतिको बीचमा, मानिस आफ्नो स्वभावमा रूपान्तरित हुने र उसले उद्धार प्राप्‍त गर्ने मात्र छैन, तर उसले यही समयमा साँचो भय र डर प्राप्‍त गर्नेछ र परमेश्‍वरको साँचो आराधक बन्‍नेछ। मानिसले यस किसिमको सङ्‍गति प्राप्‍त गरिसकेपछि परमेश्‍वरमा उसको विश्‍वास एउटा खाली कागज जस्तै हुँदैन, वा मुखले मात्र ठिक्‍क पार्ने खालको सेवाको प्रतिज्ञा गर्दैन, वा अन्धभक्त भएर पछ्याउँदैन र कुनै कुरालाई मूर्ति बनाउँदैन; केवल यस किसिमको सङगतिद्वारा मात्र मानिसको जीवन दिन प्रतिदिन परिपक्‍वतातिर वृद्धि हुनेछ, र अब उसको स्वभाव रूपान्तरित हुँदै जानेछ, र परमेश्‍वरमा उसको विश्‍वास चरणबद्ध रूपमा अस्पष्‍टता र अनिश्‍चत विश्‍वासबाट साँचो आज्ञापालन र वास्ता गर्ने स्वभावमा बदली भई साँचो भय आउनेछ, परमेश्‍वरलाई पछ्याउने प्रक्रियामा मानिस निष्‍क्रियताबाट सक्रियतातिर, नकारात्मकताबाट सकारात्मकतातिर अघि बढ्नेछ; केवल यस किसिमको सङ्‍गतिद्वारा मात्र मानिस परमेश्‍वरको साँचो बुझाइ र समझ, परमेश्‍वरको साँचो ज्ञानमा आइपुग्‍नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

४५५. परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई बन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

४५६. मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

४५७. परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्नु भनेको सामान्य विषय होइन। तैँले उहाँको स्वभावलाई बुझ्‍नुपर्छ। यसरी तिमीहरूले विस्तारै र थाहै नपाईकन परमेश्‍वरको सारतत्त्व थाहा गर्नेछौ। जब तिमीहरू यस ज्ञानमा प्रवेश गर्छौ, तब तिमीहरूले अझ उच्‍च र सुन्दर अवस्थामा प्रवेश गरेको महसुस गर्नेछौ। अन्त्यमा, तिमीहरू आफ्ना घृणित प्राणप्रति लज्‍जित महसुस गर्नेछौ, र तिमीहरूका लाजबाट लुक्‍ने कुनै ठाउँ छैन भनी तिमीहरूले महसुस गर्नेछौ। त्यस समयमा, तिमीहरूले परमेश्‍वरको स्वभावलाई अपमान गर्ने आफ्नो व्यवहारलाई कम गर्दै जानेछौ, तिमीहरूको हृदय परमेश्‍वरको हृदयको नजिक-नजिक आउनेछ, र तिमीहरूका हृदयमा उहाँको निम्ति प्रेम विस्तारै बढ्दै जानेछ। यो चाहिँ मानवजाति सुन्दर अवस्थामा प्रवेश गरेको एउटा चिन्ह हो। तर तिमीहरूले यो अवस्था हासिल गरिसकेका हुँदैनौ। तिमीहरू सबै जना आफ्नो नियतिको खातिर कुदिरहेका हुन्छौ, जोसँग परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्न प्रयत्‍न गर्ने कुनै चाहना हुँदैन? के यसले निरन्तरता पाउनु हुन्छ, यदि यसो भएमा तिमीहरूले अन्जानमै प्रशासनिक आदेशहरू विरुद्ध अपराध गर्नेछौ, किनकि तिमीहरूले परमेश्‍वरको स्वभावको विषयमा थोरै कुराहरू मात्र बुझेका हुन्छौ। के यसरी तिमीहरूले परमेश्‍वरको स्वभाव विरुद्ध उल्‍लङ्घन गर्न जग बसालेका हुँदैनौ? तिमीहरूलाई परमेश्‍वरको स्वभाव बुझ्‍न अनुरोध गरेको कुरा मेरो कामसँग अमिल्दो भएको छैन। यदि तिमीहरूले प्रशासनिक आदेशहरू घरीघरी उल्लङ्‍घन गर्‍यौ भने तिमीहरू दण्डबाट कसरी उम्कने छौ? त्यसपछि के मेरा काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसैले, तैँले आफ्नो व्यवहारलाई नजिकबाट जाँच्‍दै, तैँले उठाउने आफ्नो कदमहरूमा होशियार रहन म तँलाई आग्रह गर्छु। यो मैले तिमीहरूसँग मागेको यो उच्‍च माग हो, म आशा गर्छु कि तिमीहरू सबै जनाले यसलाई होशियारसाथ विचार गर्नेछौ र तिमीहरूले लगनशील भई यो माग पूरा गर्नेछौ। तिमीहरूका कामले मलाई अत्यन्त धेरै रीस उठाउने दिन आयो भने त्यसको परिणामहरू तिमीहरूले नै विचार गर्नुपर्नेछ, तिमीहरूको ठाउँमा दण्ड भोग्‍न त्यहाँ अरू कुनै व्यक्ति हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

४५८. परमेश्‍वरलाई चिन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको खुशी, रिस, दुःख र सुख बुझ्‍न सक्नु हो; परमेश्‍वरलाई चिन्‍नु यही हो। तैँले उहाँलाई देखेको छु भनेर दावी गर्छस्, तैपनि तैँले अझै उहाँको खुशी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछस्। यो परमेश्‍वरबारेको ज्ञान होइन। यसैले, केही मानिसहरूले परमेश्‍वरलाई पछ्याउन त पछ्याउँछन् तर तिनीहरू उहाँमा साँचो तवरले विश्‍वास गर्न सक्षम छन् भन्‍ने जरुरी छैन; फरक यहीँ छ। यदि तैँले परमेश्‍वरलाई चिन्छस्, उहाँलाई बुझ्छस् र तँ उहाँका केही इच्छाहरू बुझ्न सक्षम छस् भने, तैँले साँचो रूपले उहाँमा विश्‍वास गर्न सक्छस्, साँचो रूपले उहाँमा समर्पित हुन सक्छस्, साँचो रूपले उहाँलाई प्रेम गर्न सक्छस् र साँचो रूपले उहाँको आराधना गर्न सक्छस्। यदि तैँले यी कुराहरू बुझ्दैनस् भने, तब तँ केवल साथमा दौडने र प्रवाहसँगै बहने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण वा साँचो आराधना भन्‍न सकिन्‍न। साँचो आराधना कसरी हुन्छ त? बिना कुनै अपवाद, साँचो रूपमा परमेश्‍वरको आराधना गर्नेबारेमा जान्‍ने र उहाँलाई देख्दा उहाँको आदर गर्ने सबै; तिनीहरू सबै दण्डवत् गर्न र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्‍वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्‍नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको आदर गर्नेछन्। सामान्यत: मानिसहरूसँग जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसैकारण तिनीहरूले परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्‍वरलाई चिन्थे र देख्थे भने, तिनीहरू डरले काँप्‍थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्‍न पनि म योग्य छैन”—यूहन्‍नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्‍वर तेजस्वी हुनुहुन्छ भन्‍ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्‍वरको आदर गर्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरूले कसरी परमेश्‍वरको आदर गर्न सक्छन् र? मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्‍वरको स्वभाव नै बुझ्छन्, तिनीहरू परमेश्‍वरको साँचो आराधना गर्न सक्षम हुने कुरा त परै जाओस्। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँको अवज्ञा गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्‍वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्‍वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्‍वरत्वको बारेमा जान्‍नुपर्छ। यो परमेश्‍वरलाई जान्‍ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्‍वरमाथि विश्‍वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

४५९. परमेश्‍वरमाथि विश्‍वास गर्नु अनि परमेश्‍वरलाई नचिन्‍नु चाहिँ स्वर्गको नियम अनि पृथ्वीको सिद्धान्त हो, अनि आज—देहधारी परमेश्‍वरले आफै उपस्थित भई आफ्नो कार्य गरिरहनुभएको युगमा—यो परमेश्‍वरलाई चिन्ने विशेष गरी असल समय हो। परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु त्यो कुरा हो, जुन परमेश्‍वरको इच्छाको बुझाइको जगमा बसालिएको हुन्छ, अनि परमेश्‍वरको इच्छा बुझ्नको लागि, परमेश्‍वरबारे केही ज्ञान हुन जरुरी छ। परमेश्‍वरको यो ज्ञान जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकमा हुनै पर्ने दर्शन हो; परमेश्‍वरमा मानिसले गर्ने विश्‍वासको आधार यही हो। यो ज्ञानको अनुपस्थितिमा, मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास अस्पष्ट अवस्थामा रित्तो सिद्धान्तको बीचमा रहन्छ। यदि यो परमेश्‍वरलाई पछ्याउनको निम्ति मानिसको सङ्कल्प हो भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। यो प्रवाहमा केही पनि हासिल गर्न नसक्नेहरू सबै मेटिएर जानेछन्—ती सबै सित्तैँमा लिन चाहनेहरू हुन्। … यदि मानिसले दर्शनहरू ग्रहण गर्न सक्दैन भने उसले परमेश्‍वरको नयाँ कार्य ग्रहण गर्न सक्दैन, अनि यदि मानिसले परमेश्‍वरको नयाँ कार्य पालन गर्न सक्दैन भने मानिस परमेश्‍वरको इच्छा बुझ्न असक्षम हुन्छ, अनि त्यसरी नै परमेश्‍वरबारे उसको ज्ञान कति पनि हुँदैन। मानिसले परमेश्‍वरको वचनलाई अभ्यास गर्न थाल्नुअघि, उसले परमेश्‍वरको इच्छा बुझ्‍नैपर्छ; अर्थात्, उसले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नैपर्छ। यसरी मात्र परमेश्‍वरको वचनलाई ठीकसँग अनि परमेश्‍वरको इच्छामुताबिक अभ्यासमा लैजान सकिन्छ। यो सत्यता खोज्‍नेहरूले धारण गरेको हुनुपर्ने कुरा हो, अनि परमेश्‍वरलाई जान्ने प्रयास गर्ने प्रत्येक व्यक्ति यही प्रक्रिया भएर जानुपर्छ। परमेश्‍वरको वचन बुझ्दै जाने प्रक्रिया नै परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्दै जाने प्रक्रिया हो। त्यसकारण, दर्शनलाई बुझ्नु केवल देहधारी परमेश्‍वरलाई मात्र बुझ्नु होइन, बरु यसमा परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्ने कुरा पनि संलग्न हुन्छ। परमेश्‍वरको वचनबाट नै मानिसहरूले परमेश्‍वरको इच्छालाई बुझ्छन्, अनि परमेश्‍वरको कार्यबाट नै तिनीहरूले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर के हुनुहुन्छ भन्ने कुरा जान्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु नै परमेश्‍वरलाई जान्ने कार्यको पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो सुरुवाती विश्‍वासबाट अघि बढेर उहाँमा सबैभन्दा गहन विश्‍वास गर्ने अवस्था सम्म पुग्ने प्रक्रिया नै परमेश्‍वरलाई बुझ्दै जाने प्रक्रिया हो, परमेश्‍वरको कार्यको अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्नुको खातिर मात्र परमेश्‍वरलाई विश्‍वास गर्छस्, तर उहाँलाई जान्‍नको खातिरले नै चाहिँ गर्दैनस् भने, तेरो विश्‍वासको कुनै वास्तविकता हुँदैन, अनि तेरो विश्‍वास विशुद्ध हुन सक्दैन—–यो कुरामा कुनै शङ्का छैन। यदि, जुन प्रक्रियाद्वारा मानिसले परमेश्‍वरको कार्यको अनुभव गर्छ उक्त प्रक्रियाको दौरान, उसले क्रमैसित परमेश्‍वरलाई बुझ्दै जान्छ भने उसको स्वभाव क्रमैसित परिवर्तन हुँदै जान्छ, अनि उसको विश्‍वास बढ्दो रूपमा साँचो हुँदै जान्छ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता प्राप्त गर्दै जान्छ, उसले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्राप्त गरेको हुनेछ। परमेश्‍वरले स्वयम् उपस्थित भई आफ्नो कार्य गर्न दोस्रो पल्ट देहधारण गर्ने सम्मको कदम चाल्नुभएको कारण चाहिँ मानिसले उहाँलाई जान्न अनि देख्न सक्षम होस् भनेर नै हो। परमेश्‍वरलाई[क] जान्नु चाहिँ परमेश्‍वरको कार्यको समाप्तिमा प्राप्त गरिने आखिरी प्रभाव हो; यो मानव जातिको लागि परमेश्‍वरले तय गर्नुभएको अन्तिम आवश्यकता हो। उहाँले यसो गर्नुको कारणचाहिँ उहाँको अन्तिम साक्षीको निम्ति हो; मानिस अन्तमा सम्पूर्ण रूपले उहाँतर्फ फर्किऊन् भनेर उहाँले यो कार्य गर्नुभएको छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्र उसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नको लागि उसले परमेश्‍वरलाई चिन्‍नैपर्छ। उसले जसरी खोजी गरे पनि, अथवा उसले जसरी हासिल गर्न खोजे पनि, उसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्‍नुपर्छ। यसरी मात्र मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्‍वरलाई चिनेर मात्रै मानिसले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छ, अनि परमेश्‍वरलाई चिनेर मात्रै उसले परमेश्‍वरको आदर अनि आज्ञा पालन गर्न सक्छ। जसले परमेश्‍वरलाई चिनेका छैनन् तिनीहरू कहिले पनि साँचो रूपमा परमेश्‍वरको आज्ञा पालन र आदरसम्म पुग्न सक्दैनन्। परमेश्‍वरलाई जान्नु भनेको उहाँको स्वभावलाई जान्नु हो, उहाँको इच्छालाई बुझ्नु हो, अनि उहाँ को हुनुहुन्छ त्यो जान्नु हो। कसैले जुनसुकै पक्षको बारेमा जाने तापनि, हरेक पक्षको लागि मानिसले मूल्य चुकाउनु आवश्यक हुन्छ अनि आज्ञापालन गर्ने इच्छा आवश्यक पर्छ, जुनविना कसैले पनि अन्तसम्म पछ्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

४६०. परमेश्‍वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्‍वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्‍वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्‍वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्‍वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्‍वरको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्‍वरलाई चिन्‍न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्‍वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्‍वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्‍वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको कार्यलाई जान्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

४६१. पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय गर्ने गर्दथे। आत्माको बारेमा पत्रुसको छुट्टै खालको बुझाई रहेको भए तापनि, केही हदसम्म उनको बुझाई स्पष्ट भने थिएन, त्यसैले गर्दा उनले यसो भनेः “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनुपर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ।” येशूले गर्नुभएका कामहरूलाई उनले बुझेका थिएनन् र ती कुराहरूको बारेमा उनलाई स्पष्ट भएको थिएन। उनले उहाँलाई पछ्याएको केही समयपछि, उहाँले गर्नुभएका कामहरू र भन्नुभएका कुराहरूप्रति साथै येशूमा समेत उनको चाख बढ्यो। येशूले माया र आदर दुवै गरेर प्रेरित गर्नुहुन्छ भन्ने कुरा उनले महशुस गरे; उनी उहाँसँग संगत गर्न र उहाँको छेउमा बस्न रुचाउँथे, र येशूका वचनहरू सुन्दा उनलाई आफ्नो खाँचो पूरा भएको र धेरै सहायता भएको महशुस हुन्थ्यो। उनले येशूलाई पछ्याएको समय अवधिमा, पत्रुसले उहाँको जीवनको बारेमा हरेक कुराहरू अवलोकन गर्थे र ती कुराहरूलाई आफ्नो हृदयमा लिन्थेः उहाँले गरेका कामहरू, वचनहरू, चालहरू, र अभिव्यक्तिहरू। येशू साधारण मानिसजस्तो हुनुहुन्नथ्यो भन्ने कुराहरूलाई उनले गहन रूपमा बुझेका थिए। उहाँको मानव स्वरूप एकदम सामान्य किसिमको भए तापनि, उहाँ मानिसका लागि प्रेम, दया, र सहिष्णुताले पूर्ण हुनुहुन्थ्यो। उहाँले गर्नुभएको वा भन्नुभएको हरेक कुरा अरु मानिसहरूको लागि ठूलो सहायता हुन्थ्यो, अनि पत्रुसले यो भन्दा अगाडि कहिल्यै पनि येशूबाट यस्तो कुरो देखेको र पाएको अनुभव गरेका थिएनन्। येशूको न त कुनै ठूलो कद थियो न त कुनै असामान्य मानवता नै थियो भन्ने कुरा उनले देखे तापनि, उहाँमा असाधारण र असामान्य आभास थियो। पत्रुसले यस कुरालाई पूर्ण रूपले वर्णन गर्न नसके तापनि, उनले अरु कुनै मानिसले गरेका कार्यहरू भन्दा भिन्दै किसिमले येशूले गर्नुभएको कार्यहरू देख्न सकेका थिए, किनकि उहाँले गर्नुभएका कार्यहरू सामान्य मानिसहरूले गरेका कार्यहरूभन्दा फरक खालका हुन्थे। येशूसँग सम्पर्कमा आएको यस समयदेखि, पत्रुसले उहाँको चरित्र अरु सामान्य मानिसको भन्दा भिन्दै खालको भएको पनि देखेका थिए। उहाँ सधैं दृढ भएर आफ्नो काम गर्नुहुन्थ्यो, उहाँ कहिल्यै पनि हतार गर्ने, बढाईचढाई गर्ने, र कुनै विषयलाई लुकाउने काम गर्नुहुन्नथियो, अनि उहाँले आफ्नो जीवनलाई त्यस्तो ढंगले सञ्चालन गर्नुभयो, जसले एउटा चरित्रलाई प्रकट गर्दछ, जो सामान्य र प्रशंसनीय पनि थियो। कुराकानीमा, येशूले स्पष्ट र अनुग्रहका साथ बोल्नुहुन्थ्यो, उहाँ सधैं हँसिलो र शान्त ढंगमा कुराकानी गर्नुहुन्थ्यो‒तर उहाँले आफ्नो काम गरिरहँदा कहिले पनि आफ्नो इज्जत गुमाउनुभएन। येशू कहिले पनि जिस्कनुहुन्न थियो, तर उहाँ सधैं निर्धक्क साथ बोल्नुहुन्थ्यो भन्ने कुरा पत्रुसले देखेका थिए। कहिलेकाहीँ उहाँ यति प्रसन्न बन्नुहुन्थ्यो कि उहाँ उल्लासी ढुकुर जस्तो भएर देखा पर्नुहुन्थ्यो, र अरु कतिबेलाचाहिँ उहाँ यति धेरै दुःखित बन्नुहुन्थ्यो कि उहाँ थकित र चिन्तित आमाझैं शोकले ओतप्रोत भएर केही पनि नबोली बस्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँ आफ्नो शत्रुसँग रिसाएर त्यसलाई मार्न खोज्ने बहादुर सिपाहीँ र गर्जने सिंह झैं रिसले भरिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हाँस्नुहुन्थ्यो; अरुबेला उहाँ प्रार्थना गर्नुहुन्थ्यो, र रुनुहुन्थ्यो। येशूले जस्तोसुकै व्यवहार गर्नुभएता पनि, पत्रुसले उहाँप्रति असीमित प्रेम र आदर देखाए। येशूको हाँसोले उनलाई खुशीले भरिदिएको थियो, उहाँको दुःखले उनलाई शोकमा डुबाएको थियो, उहाँको क्रोधले उनलाई डर लाग्थ्यो, उहाँको दया, क्षमा, र मानिसहरूलाई गरेको कडा मागहरूले गर्दा येशूलाई साँच्चै प्रेम गर्न र साँचो श्रद्धा गर्न उनलाई उत्कट चाहना गरायो। वास्तवमा, येशूसँग धेरै वर्ष विताई नसक्दै उनले विस्तारै यी सबै कुरा महशुस गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

४६२. यदि तपाईं परमेश्‍वरलाई जान्न चाहनुहुन्छ, उहाँलाई साँचो रूपमा जान्न चाहनुहुन्छ, उहाँलाई साँचो रूपमा बुझ्न चाहनुहुन्छ भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यहरूका कथाहरूमा प्रतिबन्धित नगर्नुहोस्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्न चाहन्छस् भने, तैँले परमेश्‍वरमा सीमितता लगाउँदैछस्, उहाँलाई नियन्त्रण गर्दैछस्। तैँले परमेश्‍वरलाई केही एकदमै सानो कुराको रूपमा हेर्दैछस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको चमत्कारिकता वा सर्वोच्चता जान्न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्ति र उहाँको अख्तियारको क्षेत्र नै जान्न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै कुराको शासक हुनुहुन्छ भन्ने सत्यलाई स्वीकार्ने तेरो क्षमताको साथै परमेश्‍वरको साँचो परिचय र स्थिति सम्बन्धी तेरो ज्ञानमा प्रभाव पार्नेछ। अर्को शब्दमा, यदि परमेश्‍वर सम्‍बन्धी तेरो बुझाइ क्षेत्रमा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्ने कुरा पनि सीमित हुन्छ। त्यसैले गर्दा नै तैँले आफ्नो क्षेत्रलाई फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरूलाई विस्तार गर्नुपर्छ। तैँले यो सबै कुरा बुझ्न खोज्नुपर्छ—परमेश्‍वरको कार्यको क्षेत्र, उहाँको व्यवस्थापन, उहाँको शासन र उहाँले व्यवस्थापन गर्ने र उहाँले शासन गर्नेभन्दा माथिका सबै कुराहरू। यो यी कराहरू मार्फत हुन्छ जुन तैँले परमेश्‍वरका कार्यहरू भनी बुझ्नुपर्छ। यस्तो बुझाइको साथमा, तैँले यसलाई पहिचान नगरी महसुस गर्नेछस् कि परमेश्‍वरले सबै कुराहरूलाई तिनीहरूमाझ शासन गर्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ र प्रदान गर्नुहुन्छ र तैँले आफू यी सबै कुराहरूको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपमा महसुस गर्नेछस्। परमेश्‍वरले सबै कुराहरूको लागि प्रदान गर्नुहुने भएकाले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो को कसैले पनि नकार्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

४६३. मानिसहरूका हृदयहरूमा परमेश्‍वरबारेको बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयहरूमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूका हृदयहरूमा परमेश्‍वर बारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयहरूमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध नै छैन। त्यसैले, परमेश्‍वरका व्यवहारिक कार्यहरू जान्‍नु, परमेश्‍वरको वास्तविकता र उहाँको सर्वशक्तिमान्‌ता जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचान जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूको माझमा उहाँले प्रकट गर्नुभएका कार्यहरू जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पच्छ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्य वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍ने बारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरबारेको तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरो आफ्नै थोरै अनुभवहरूमा, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरामा वा परमेश्‍वरबारेको तेरो थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, बरु यसो पनि भन्‍न सकिन्छ कि तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्न। यो यस कारणले हो कि साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र उहाँका हातमा भएका हरेक थोकको नियति सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कार्यहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पच्छ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट गरिएका छन्।

यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरो आफ्नै विचारहरूमा र तेरो मनको साँघुरो सिमानाभित्र सीमित, सानो "परमेश्‍वर" भनाउँदाको बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस्तो परमेश्‍वरको बारेमा निरन्तर बोल्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। जब तँ परमेश्‍वरको गवाही बन्‍छस्, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँबारेको तेरो गवाहीमा उहाँका आशिष्‌हरूमा कसरी आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, तब त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँको इच्छासँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अधिकार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गरिस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोकहरू लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकहरूमाथि शासन गर्दै उहाँले सबै मानवजातिको नेतृत्व गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्नेछैनस्। यो सबै भन्‍नु पछाडिको मेरो उद्देश्य के हो त? मैले यस्तो गरेँ ताकि तिमीहरूले यसलाई हलुका रूपमा नलेओ, मैले बोलेका यी विषयहरूलाई तिमीहरूका व्यक्तिगत जीवनमा प्रवेश सम्बन्धमा अप्रासंगिक छन् भनेर गलत तवरले विश्‍वास नगर र यी विषयहरूलाई एक किसिमको ज्ञान वा सिद्धान्तको रूपमा मात्र नलेओ। यदि मैले भनेको कुरालाई त्यस किसिमको मनोवृत्तिको साथ सुन्यौ भने, तिमीहरूले एउटा कुरा पनि प्राप्त गर्नेछैनौ। तिमीहरूले परमेश्‍वरलाई चिन्‍ने यो महान् मौकालाई गुमाउनेछौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

४६४. मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने कानूनहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। मानिसको निम्ति, परमेश्‍वरको नियन्त्रण अनन्त छ। मानिसले परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा साँचो परिणामहरू प्राप्त नगरीकनै आफ्नो सम्पूर्ण जीवन खर्च गर्न सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गरिस् भने तँ कहिले पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एक दिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकै पटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै तेँले परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तँ यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन गर्ने, व्यवस्थापन गर्ने र कायम राख्‍ने क्षमता र सार परमेश्‍वरबाहेक कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्षम हुनेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अब उप्रान्त तेरो परीक्षा र मूल्यांकन गर्नुहुनेछैन, न त उहाँले तँबाट केही माग नै गर्नुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई जान्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

४६५. मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भनेर भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई परमेश्‍वरले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाक-छोप गर्नुभएको छैन, न त उहाँले आफैलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइहरू, उहाँका विचारहरू, उहाँका वचनहरू अनि उहाँका कार्यहरू सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यमहरू र तरिकाहरूबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, परमेश्‍वरले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय परमेश्‍वरसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचारहरू, वचनहरू वा कार्यहरूप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताको वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचारहरू र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचारहरू, वचनहरू, र कार्यहरू स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सँधै मानिसको बीचमा हुनुहुन्छ, उहाँ सँधै मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइहरू र विचारहरूलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हातहरू न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र सोभामय छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन र रात, उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

४६६. जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् अनि उहाँको स्वभावलाई जान्दैनन्, तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रीतिले खुल्न सक्दैन। जब तिनीहरूले परमेश्‍वरलाई चिनेका हुन्छन्, तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई अभिरुचि र विश्‍वासका साथ सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्नेछन्। जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसलाई सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्छस्, तब तेरो हृदय विस्तारै अलि-अलि गर्दै उहाँप्रति खुल्दै जानेछ। जब तेरो हृदय उहाँप्रति खुल्नेछ, तब परमेश्‍वरसितको तेरा कुराकानीहरू, परमेश्‍वरसितको तेरा मागहरू, अनि तेरा आफ्नै अनावश्यक चाहनाहरू कति घिनलाग्दा र तुच्छ रहेछन् भनी तैँले महसुस गर्नेछस्। जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ, तब तैँले उहाँको हृदय त एउटा अनन्त संसार नै रहेछ भनी देख्‍नेछस्, अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्। यस राज्यमा कुनै धोका हुँदैन, कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन। त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ; केवल ज्योति र सच्चाइ हुन्छ; केवल धार्मिकता र दया हुन्छ। यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ, करुणा र सहिष्णुताले भरिपूर्ण हुन्छ, अनि यसद्वारा तैँले जीवित हुनुको खुशी र आनन्दलाई अनुभव गर्छस्। जब तैँले परमेश्‍वरप्रति आफ्‍नो हृदय खोल्छस्, तब परमेश्‍वरले यिनै कुराहरू तँलाई प्रकट गरिदिनुहुनेछ। यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ; यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ। यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, कुन कुराले उहाँलाई आनन्द ल्याउँछ, किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ, उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्…। आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ। यदि तैँले आफ्नो हृदय परमेश्‍वरको निम्ति खोलिस् भने मात्र परमेश्‍वर तेरो हृदयमा आउन सक्‍नुहुन्छ। यदि उहाँ तेरो हृदयमा आउनुभएको छ भने तैँले उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसलाई मात्र देख्न सक्छस्, तँप्रतिको उहाँका अभिप्रायहरू मात्र तैँले देख्न सक्छस्। त्यस समयमा, परमेश्‍वरको बारेमा सबै कुरा बहुमूल्य छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मूल्यवान् ठानेर जोगाउन लायकको छ भनी तैँले पत्ता लगाउनेछस्। त्यसको तुलनामा, तेरो वरिपरि रहेका मानिसहरू, तेरो जीवनमा रहेका थोक तथा घटनाहरू, तेरा प्रियजनहरू समेत पनि, तेरो जीवनसाथी, अनि तैँले प्रेम गर्ने थोकहरू पनि मुस्किलले उल्लेखनीय हुन्छन्। तिनीहरू साह्रै सानो हुन्छन्, साह्रै नीच हुन्छन्; कुनै भौतिक वस्तुले तँलाई फेरि खिँच्न सक्नेछैन, अथवा कुनै भौतिक वस्तुले तँलाई कहिल्यै लोभ्याएर त्यसको निम्ति कुनै मूल्य चुकाउन लगाउनेछैन भन्‍ने तैँले महसुस गर्नेछस्। परमेश्‍वरको नम्रतामा तैँले उहाँको महान्‌ता र उहाँको सर्वोच्‍चतालाई देख्‍नेछस्। यसको साथै, तैँले पहिले एकदम सानो ठानेको परमेश्‍वरको कुनै काममा तैँले उहाँको अनन्त बुद्धि तथा उहाँको सहनशीलता देख्‍नेछस्, तैँले उहाँको धैर्य, उहाँको सहिष्णुता, तँप्रतिको उहाँको बुझाइलाई देख्‍नेछस्। यसले तँभित्र उहाँको निम्ति श्रद्धा उत्पन्न गर्नेछ। त्यस दिन, मानवजाति कस्तो अशुद्ध संसारमा बाँचिरहेका रहेछन्, अनि तेरो पक्षमा रहेका मानिसहरू अनि तेरो जीवनमा घट्ने घटनाहरू, तैँले प्रेम गर्ने मानिसहरू समेत, तेरो निम्ति तिनीहरूको प्रेम, अनि तेरो निम्ति तिनीहरूको कथित सुरक्षा वा वास्ता समेत पनि उल्लेखनीय छैनन् भन्‍ने तैँले महसुस गर्नेछस्—केवल परमेश्‍वर मात्र तेरो प्रिय हुन्छ, अनि केवल परमेश्‍वरलाई मात्रै तैँले सबैभन्दा बढी मूल्यवान् ठान्छस्। जब त्यो दिन आउँछ, तब यसो भन्ने केही मानिसहरू हुनेछन् भन्‍ने म विश्‍वास गर्छु: परमेश्‍वरको प्रेम अत्यन्त महान् छ, अनि उहाँको सारतत्व अत्यन्त पवित्र छ—परमेश्‍वरमा कुनै छल छैन, कुनै खराबी, कुनै ईर्ष्या, कुनै कलह छैन, तर केवल धार्मिकता र विश्‍वसनीयता मात्रै छ, अनि परमेश्‍वरमा जे छ र उहाँ जे हुनुहुन्छ, ती हरेक कुरालाई मानिसहरूले चाहना गर्नुपर्छ। मानिसहरूले त्यसको निम्ति संघर्ष गर्नुपर्छ, चाहना गर्नुपर्छ। यो प्राप्त गर्ने मानिसजातिको क्षमता कुन आधारमाथि बनिएको हुन्छ? यो परमेश्‍वरको स्वभावबारे तिनीहरूको बुझाइमाथि, परमेश्‍वरको सारबारे तिनीहरूको बुझाइमाथि बनिएको हुन्छ। त्यसैले, परमेश्‍वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्नु हरेक व्यक्तिको निम्ति एउटा जीवनभरिको पाठ हो; आफ्नो स्वभावलाई परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्न संघर्ष गर्ने हरेक व्यक्तिले यो जीवनभरिको पाठलाई अनुसरण गर्नुपर्छ

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

४६७. परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ होर, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौं, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

४६८. “परमेश्‍वरको भय मान्‍नु र दुष्‍टको घृणा गर्नु” र परमेश्‍वरलाई चिन्‍नु चाहिँ एउटै धागोमा अविभाज्य रूपमा गाँसिएको छ, र तिनीहरूका बीचमा भएको सम्बन्ध स्वःप्रमाणित हुन्छ। यदि कसैले दुष्‍टलाई घृणा गर्ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो भय मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो भय मान्‍ने इच्छा गर्छ भने उसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको वचन अनुभव गर्नुपर्छ, परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको अनुशासन र ताडना अनुभव गर्नुपर्छ, उहाँको ताडना र उहाँको न्याय अनुभव गर्नुपर्छ; यदि कसैले परमेश्‍वरको वचन अनुभव गर्ने इच्छा गर्छ भने उ पहिला परमेश्‍वरको वचनको आमुनेसामुने आउनुपर्छ, परमेश्‍वरको आमुनेसामने आउनुपर्छ, मानिसहरू, घटनाहरू र वस्तुहरू समावेश भएको सबै किसिमका वातावरण रूपी परमेश्‍वरको वचन अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँको वचनको आमनेसामने आउने इच्छा गर्छ भने उसँग पहिला सरल र ईमानदार हृदय हुनुपर्छ, सत्य स्वीकार गर्न तयार हुनुपर्छ, दुःखकष्‍ट सहने इच्छा हुनुपर्छ, दुष्‍टलाई घृणा गर्ने सङ्‍कल्प र साहस हुनुपर्छ, र साँचो सृष्‍टि गरिएको प्राणी बन्‍ने आकांक्षा हुनुपर्छ…। यसरी तपाईं चरणबद्ध तरिकाले परमेश्‍वरको नजिक जानुहुनेछ, तपाईंको हृदय अझ शुद्धतामा वृद्धि हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तपाईंको ज्ञान लगायत तपाईंको जीवन र बाँचिरहने इच्छा अझ बढी अर्थपूर्ण र बत्ती अझ धेरै उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ, सृष्‍टिकर्ता थाहा गर्न नसकिने कथा हुनुहुन्छ, सृष्‍टिकर्ता तपाईंबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तपाईंबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तपाईंबाट कहिल्यै टाढा हुनुभएको छैन, सृष्‍टिकर्ता तपाईंले आफ्नो विचारमा परिकल्पना गरी पर्खिरहनुभएको व्यक्ति हुनुहुन्‍न तर उहाँ तपाईंका अनुभूतिहरूद्वारा पुग्‍न नसकिने, उहाँ तपाईंको दाहिने र देब्रेतिर साँच्‍चिकै र वास्तविक रूपमा तपाईंको पहरेदार गर्न खडा हुनुहुन्छ, उहाँले तपाईंलाई जीवन दिनुहुन्छ र तपाईंको नियति अधीन गर्नुहुन्छ भनी तपाईंले महसूस गर्नुहुनेछ। उहाँ टाढा क्षीतिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा अलग गर्नुहुन्छ। उहाँ तपाईं नजिकै हुनुहुन्छ, तपाईंमा अधीन गरिरहनुभएको छ, उहाँ तपाईंसँग भएका सबै थोक हुनुहुन्छ, र उहाँ नै तपाईंको भएको एउटै कुरा हुनुहुन्छ। यस किसिमको परमेश्‍वरले तपाईंलाई हृदयदेखि उहाँलाई प्रेम गर्न, उहाँमा रहिरहन, उहाँलाई नजिकबाट समात्‍न, उहाँको प्रशंसा गर्न, उहाँलाई गुमाउने भय मान्‍न, र उहाँलाई अबदेखि उसो इन्कार गर्न अनिच्छुक हुन, उहाँको आज्ञा उल्लङ्‍घन नगर्न, वा उहाँलाई नछल्‍न वा उहाँलाई टाढा नराख्‍न अनुमति दिनुहुन्छ। तपाईंले चाहनुहुने सबै कुरा भनेको उहाँलाई वास्ता गर्नु, उहाँको आज्ञापालन गर्नु, उहाँले दिनुभएका सबै थोक सही किसिमले सदुपयोग गर्नु, उहाँको अधीनतामा आफैलाई समर्पित गर्नु हो। तपाईंले उहाँद्वारा मार्गदर्शन प्राप्‍त, बन्दोबस्त प्राप्‍त गर्न, हेरचाह, उहाँद्वारा सुरक्षित हुन कहिल्यै इन्कार गर्नुहुन्‍न, उहाँले तपाईंलाई दिनुभएको हुकुम र आदेश कहिल्यै इन्कार गर्नुहुन्‍न। तपाईंले चाहनुहुने सबै कुरा भनेको उहाँलाई पछ्याउनु, उहाँसँग हिँड्नु, उहाँलाई तपाईंको एक मात्र जीवनको रूपमा ग्रहण गर्नु, उहाँलाई तपाईंको एक मात्र प्रभुको रूपमा ग्रहण गर्नु, तपाईंको एक मात्र परमेश्‍वरको रूपमा ग्रहण गर्नु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

फूटनोट:

क. मूल पाठमा “परमेश्‍वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।

अघिल्लो: ञ. प्रेमिलो परमेश्‍वरलाई कसरी पछ्याउने त्यसको सम्‍बन्धमा

अर्को: ठ. कसरी परमेश्‍वरको सेवा गर्ने र उहाँको गवाही बन्‍ने सो सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्