परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने मानिसहरूलाई लाग्छ। मानिसहरूले परमेश्‍वरको व्यवस्थापन उहाँको काम मात्रै हो र यो उहाँसँग मात्रै सम्‍बन्धित छ भन्‍ने सोच्छन्—त्यसैले, मानवजाति उहाँको व्यवस्थापनप्रति उदासीन छ। यसरी, मानवजातिको मुक्ति अस्पष्ट र अप्रस्ट बनेको छ, र अब यो खोक्रो गफ बाहेक केही पनि रहेन। मानिसले मुक्ति प्राप्त गर्न र सुन्दर गन्तव्यमा प्रवेश गर्नका लागि परमेश्‍वरलाई पछ्याउने भए तापनि, परमेश्‍वरले आफ्‍नो काम कसरी गर्नुहुन्छ त्यसको उसलाई कुनै चासो छैन। परमेश्‍वरले जे योजना बनाउनुभएको छ त्यसको चासो मानिसलाई छैन, न त मुक्ति पाउनका लागि उसले निर्वाह गर्नुपर्ने आफ्‍नो भूमिका बारेमा नै उसलाई चासो छ। यो साँच्‍चै नै दुःखद कुरा हो। मानिसको मुक्तिलाई परमेश्‍वरको व्यवस्थापनबाट अलग गर्न सकिँदैन न त यसलाई उहाँको योजनाबाट नै छुट्टयाउन सकिन्छ। तैपनि मानिसले परमेश्‍वरको व्यवस्थापनलाई जुनै महत्त्व दिँदैन, त्यसैले ऊ उहाँबाट झन्-झन् टाढिन्छ। यसले मुक्तिको प्रश्‍नसँग अत्यन्तै नजिक रूपमा सम्‍बन्धित रहेका विषयहरू—जस्तै, सृष्टि के हो, परमेश्‍वरमाथिको विश्‍वास के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, इत्यादि—प्रति पूर्ण रूपमा अनभिज्ञ रहेका बढ्दो सङ्ख्याका मानिसहरूलाई उहाँका अनुयायीहरूको दर्जामा संलग्‍न हुने तुल्याएको छ। यसकारण, हामीले अहिले, परमेश्वरलाई पछ्याउनु र उहाँमा विश्‍वास गर्नु भनेको के हो सो उहाँका हरेक अनुयायीले स्पष्ट रूपमा बुझून् भनेर परमेश्‍वरको व्यवस्थापनको बारेमा छलफल गर्नैपर्छ। त्यसो गरेमा हरेक व्यक्तिलाई आशिषहरू प्राप्त गर्नका लागि, वा विपत्तिहरूबाट बच्‍नका लागि, वा अरूभन्दा उच्‍च हुनका लागि नभई उसले हिँड्ने बाटो अझै ठीक तरिकाले छनौट गर्न सहयोग गर्नेछ।

परमेश्‍वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। किनभने परमेश्‍वरको सबै काम उहाँको व्यवस्थापन र मानवजातिलाई मुक्ति दिने उहाँको कार्यसँग जोडिएको छ, र यसले मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सरोकार राख्छ। मानिसको बीचमा र मानिसमा परमेश्‍वरले गर्ने काम अत्यन्तै व्यावहारिक र अर्थपूर्ण छ भनेर भन्‍न सकिन्छ। यसलाई मानिसले देख्‍न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्‍वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ हुन्छ भने, उहाँको कामको महत्त्व के हुन्छ? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसलाई मुक्तिमा डोऱ्याउन सक्छ? परमेश्‍वरलाई पछ्याउने धेरै जना कसरी आशिष्‌ पाउने वा प्रकोपलाई कसरी टार्ने भन्‍ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्‍वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्‌ पाउनुभन्दा परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसबाट अविचलित रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्‍वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्‍वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्‍वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्‍वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन।

परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा के हो भने, परमेश्‍वरको कामको बीचमा मानिस आफ्‍नै उद्यममा संलग्न हुन्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा अलिकति पनि ध्यान दिँदैन। परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा ठूलो असफलता के हो भने, उसले परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न पछ्याइरहँदा, उसले साथसाथै आफ्‍नै आकाङ्क्षात्मक गन्तव्य निर्माण गर्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी योजना बुन्छ। मानिसहरूले आफू कति निकृष्ट, घृणास्पद, र दयनीय छौँ भन्‍ने कुरा बुझे तापनि, कति जनाले आफ्‍ना आकाङ्क्षा र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि कसले आफ्‍नै पाइलाहरूलाई रोक्न, अनि आफ्‍नै तर्फबाट योजना बनाउन छोड्न सक्छ? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँमा समर्पित हुनका लागि उहाँको व्यवस्थापनको कार्यमा आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गर्नेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, अनि उहाँप्रति अलिकति समर्पित हुने अनि त्यसपछि उहाँबाट त्यसको भर्पाइ माग्न प्रतीक्षा गर्नेहरूको खाँचो त झनै छैन। सानोतिनो योगदान दिने अनि त्यसपछि आफ्‍ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। तिनीहरूकै लाभका लागि मुक्ति दिने उहाँको कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्‍वर आफ्‍नो व्यवस्थापनको कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। तिनीहरूलाई परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको मात्रै चासो हुन्छ। तिनीहरू आफ्‍नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरू परमेश्‍वरको हृदयको ख्याल पटक्कै गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि परमेश्‍वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्नेबारे र उहाँका अभिप्रायहरूबारे अलिकति पनि रुचि नराख्नेहरू सबैले परमेश्‍वरको व्यवस्थापनको कार्यको दायराभन्दा बाहिर रहेर आफूलाई गर्न मन लाग्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका कार्यलाई न त परमेश्‍वर स्मरण गर्नुहुन्छ न त अनुमोदन नै, परमेश्‍वर यसलाई सकारात्मक रूपमा त झनै हेर्नुहुन्न।

ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यी मानवजातिलाई सृष्टि गऱ्यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्‍चै आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्‍नो हृदयलाई लट्याउनका लागि आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्‍ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्‍म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै सार्वभौमिकता राख्नुहुन्छ। चार ऋतुमाथि उहाँकै शासन छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र उहाँको बुद्धि र अख्तियारको एउटा प्रकटीकरण हो। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्‍प दिँदैनन्। उहाँबाहेक कुनै कुराले पनि ब्रह्माण्डमाथि शासन गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्‍वरद्वारा नियोजित हुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन, र यावत् थोकमाथि सधैँ परमेश्‍वर नै सार्वभौम हुनुहुनेछ भन्‍ने कुरामा पनि कुनै शङ्‍का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्‍ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यी सबै देख्‍नेछन्, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्‍वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखा चिम्‍लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्‍वरको व्यवस्थापन सदा अघि बढिरहेको छ; त्यो कहिल्यै रोकिएको छैन। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा विश्वास गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्‍न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौँ वर्षसम्‍म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपऱ्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्‍न योग्य वातावरण। यो परमेश्‍वरको व्यवस्थापनको सुरुवात थियो।

त्यसपछि, परमेश्‍वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको शक्तिअन्तर्गत जियो, जसले बिस्तारै परमेश्‍वरको पहिलो युगको काममा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनको बानी पर्‍यो र उसले यसलाई बेवास्ता गर्‍यो। क्रमिक रूपमा, मानिसले परमेश्‍वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू पनि गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्‍नो जीवन जिए। वास्तवमा, परमेश्‍वरको कामले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्‍वास गर्ने गरेका भए तापनि, परमेश्‍वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …

जब परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ, उहाँले सधैँ चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुहुने नयाँ कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। अचेत मानिसहरूका लागि यो अविश्वसनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ व्यवहार गर्ने वा तिनलाई घृणित ठान्‍ने गरेका छन्। त्यसैले, परमेश्‍वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्‍मै, यसबारेमा जान्‍ने सबै कुराहरूमध्ये अन्तिममा जान्‍नेचाहिँ मानिस हो।

सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्‍वरले दोस्रो चरणको आफ्‍नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्‍म देहधारी हुनुभएर—अनि विश्‍वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरे। समस्याको रूपमा, पावल भन्‍ने एक जना देखा परे, जसले आफैलाई परमेश्‍वरका ठूलो शत्रुको रूपमा प्रस्तुत गरे। उसलाई प्रहार गरिएर उनी प्रेरित बनेपछि पनि, पावलले आफ्‍नो पुरानो प्रकृति परिवर्तन गरेनन्, र तिनले परमेश्‍वरको विरुद्धको बाटोमा हिँड्ने कार्यलाई जारी राखे। उनले गरेको कामको दौरान, पावलले धेरै पत्रहरू लेखे; दुर्भाग्यबस, पछिल्‍ला पुस्ताहरूले उनका पत्रहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा लिए, र तिनलाई नयाँ करारमा समेत समावेश गरियो अनि परमेश्‍वरले बोल्नुभएको वचनसँग मिसाइयो। यो धर्मशास्‍त्रको उदयपछिको अत्यन्तै ठूलो अपमान हो! अनि के मानिसको चरम मूर्खताको कारणले गर्दा यो गल्ती गरिएको थिएन र? अनुग्रहको युगको परमेश्‍वरको कामका अभिलेखहरूमा, परमेश्‍वरको काम र वचनहरूको नक्‍कल गर्ने मानव पत्रहरू वा आत्मिक लेखहरू हुनु हुँदैन भन्‍ने तिनीहरूलाई थाहा थिएन। तर यो हाम्रो चासोको विषय होइन, त्यसकारण हामी हाम्रो मुख्य शीर्षकमा फर्कौं। परमेश्‍वरको कामको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको काम पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार मात्रै गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सरल रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनका लागि उसको पापहरू त्यस उप्रान्त बाधा रहेनन्, र ती त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेनन्। किनभने परमेश्‍वर स्वयमले व्यावहारिक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको नमुना बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र उसलाई परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्‍वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कामको यो चरण व्यवस्थाको युगको परमेश्‍वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: उहाँ मानवजातिलाई—परमेश्‍वर के हुनुहुन्छ, सृष्टिकर्ता के हुनुहुन्छ, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा तिनीहरू किन परमेश्‍वरमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्दै नजान्‍ने मानवजातिलाई शैतानको हातमा सुम्‍पिनुहुन्छ—अनि उनीहरूलाई चाहेअनुसार भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिनुहुन्छ; त्यसपछि चरणबद्ध रूपमा, उनीहरूले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, उहाँ तिनीहरूलाई शैतानको हातबाट पुनः फिर्ता लिनुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो पौराणिक कथाजस्तो सुनिन सक्छ, र यो बुझ्नै गाह्रो लाग्न सक्छ। मानिसहरूलाई यो पौराणिक कथा जस्तो लाग्छ किनभने विगतका केही हजारौँ वर्षको अवधिमा मानिसलाई के भएको छ भन्नेबारे तिनीहरूलाई आभास नै छैन, ब्रह्माण्ड र आकाश-मण्डलमा कति वटा कथाहरू घटे भन्नेबारे तिनीहरूलाई झनै थाहा छैन। अनि त्योभन्दा पनि बढी, यसको कारण के हो भने, तिनीहरू आफ्नो नश्वर आँखाले भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको अझै अद्भुत, अझै डरलाग्दो संसार देख्नै सक्दैनन्। तिनीहरूलाई यो बुझ्न नसकिने जस्तो लाग्छ किनभने तिनीहरूमा परमेश्‍वरले दिने मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कामको महत्त्वबारे बुझाइ छैन, र तिनीहरू परमेश्‍वर वास्तवमा कस्तो मानवजाति चाहनुहुन्छ भन्ने कुरा बुझ्दैनन्। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा पटक्कै भ्रष्ट नगरिएको हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको एउटा समूह प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरू उप्रान्त शैतानलाई आफ्‍ना पिता मान्दैनन्; बरु, तिनीहरू शैतानको घिनलाग्दो मुहारलाई चिन्छन् र त्यसलाई इन्कार गर्छन्, अनि तिनीहरू परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नका लागि परमेश्‍वरसामु आउँछन्। तिनीहरू कुरूप र पवित्रबीचको अन्तर थाहा पाउन र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टता पहिचान गर्न पुग्छन्। यस्तो मानवजाति उप्रान्त शैतानको सेवा गर्नेछैन, वा शैतानको आराधना गर्नेछैन वा शैतानलाई प्रतिष्ठापित गर्नेछैन। किनभने तिनीहरू परमेश्‍वरद्वारा साँच्‍चै प्राप्त गरिएका मानिसहरूको एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कामको महत्त्व यही नै हो। यस व्यवस्थापनको कार्यको दौरान, मानवजाति शैतानको भ्रष्टता, र साथसाथै परमेश्‍वरको मुक्तिको पात्र हो, त्यो उपज हो जसका लागि परमेश्‍वर र शैतान लडाइँ गरिरहेका छन्। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँ मानिसलाई चरणबद्ध रूपमा शैतानको हातबाट पुनः प्राप्त गर्दै हुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यावहारिक चरण हो, र तैपनि यो मानिसलाई स्वीकार गर्नका लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्‍वरको नजिक आउँछ, परमेश्‍वरको डण्डा त्यति नै मानिसको नजिक आउँछ, र परमेश्‍वरको मुहार मानिसका निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्‍वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्‍ने मानिसले सोच्यो, तैपनि उसले परमेश्‍वरको पूर्ण प्रहार भोग्छ, जुन कस्तो छ भन्‍ने कुरा कसैले पनि पहिले देख्‍न सक्दैनथ्यो: के देखिन्छ भने, यो परमेश्‍वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्‍नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्‍प हुँदैन, “म धेरै वर्षसम्‍म हराएको थुमा हुँ जसलाई खरिद गरेर फिर्ता पाउन परमेश्‍वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्‍वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्‍ने, र मलाई खुलासा गर्ने परमेश्‍वरको तरिका हो? …” वर्षौँको अनुभवपछि, शोधन र सजायको कठिनाइबाट गुज्रेर मानिस थकित बनेको छ। मानिसबाट विगत समयहरूको “महिमा” र “रोमान्स” गुमेको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू र मानवजातिलाई यतिका वर्षसम्म मुक्ति दिनमा परमेश्‍वरले राखेका श्रमसाध्य अभिप्रायहरू बुझ्‍न पुगेको छ। बिस्तारै, मानिसले आफ्‍नो जङ्गलीपनलाई उसलाई रत्याउन कति गाह्रो छ भन्ने कुरालाई, परमेश्‍वरबारे उसका सबै गलत बुझाइहरू, र उसले उहाँलाई गरेका अत्य़धिक मागहरूलाई घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। बितेका घटनाहरू मानिसले पश्चात्ताप गरने यादहरू बन्छन्, अनि परमेश्‍वरका वचनहरू र कोमल प्रेम मानिसको नयाँ जीवनशैलीको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको शरीर बलियो बन्दै जान्छ, अनि ऊ खडा हुन्छ र सर्वशक्तिमानको अनुहार देख्छ…। स्पष्ट छ, उहाँ सँधै मलाई निगरानी गर्दै मेरो साथमा हुनुभएको छ। उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ, उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिबारे यस्तो चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैँचाको समयमा फर्केजस्तै हुन्छ, तैपनि अब मानिसले त्यसउप्रान्त सर्पको प्रलोभनलाई सुन्दैन र त्यसउप्रान्त यहोवाको नजरबाट लुक्दैन। मानिसले आराधना गर्न परमेश्‍वरसामु घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको मुहार सामना गर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

परमेश्‍वरको प्रेम र कृपाले उहाँको व्यवस्थापनको कार्यको प्रत्येक र हरेक विवरणमा व्याप्त हुन्छ, र मानिसहरूले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्‍न सके पनि वा नसके पनि, उहाँ आफूले पूरा गर्ने अभिप्राय राखेको काम निरन्तरको दृढताका साथ गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापनबारे मानिसहरूले जति बुझे पनि, परमेश्‍वरको कामले मानिसलाई दिने सहयोग र लाभहरू हरेकले अनुभव गर्न सक्छन्। सायद, आजको दिनमा, तैँले परमेश्‍वरबाट कुनै प्रेम वा जीवनको भरणपोषण महसुस गरेको छैनस्, तर यदि तँ परमेश्‍वरलाई छोड्दैनस् र सत्यता पछ्याउने तेरो सङ्कल्पलाई त्याग्दैनस् भने, परमेश्‍वरको मुस्कुराउँदो मुहार तेरो सामु देखापर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापनको कार्यको उद्देश्य भनेको शैतानको शक्तिअन्तर्गत रहेका मानिसहरूलाई पुनः प्राप्त गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍नु होइन।

सेप्टेम्‍बर २३, २००५

अघिल्लो: परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

अर्को: परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्