परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त अनुग्रहमा आनन्दित हुन्छौं, र प्रभु येशू ख्रीष्टको नाममा एकसाथ भेला हुन्छौं, प्रार्थना, प्रशंसा, र सेवा गर्छौं—र प्रभुको हेरचाह र सुरक्षा हामी यी सबै गर्छौं। हामी प्राय कमजोर छौँ, र हामी प्राय बलिया पनि छौँ। हाम्रा सबै कार्यहरू प्रभुका शिक्षाअनुसार छन् भनी हामी विश्‍वास गर्छौं। तब, यो स्पष्ट छकि हामी स्वर्गमा हुनुहुने पिताको इच्छा पुरा गर्ने मार्गमा छौँ भनी हामी आफै पनि विश्‍वास गर्छौं। हामी प्रभु येशूको दोस्रो आगमनको, उहाँको महिमित अवतरणको, पृथ्वीमा हाम्रा जीवनको अन्त्यको, राज्यको उदयको, र प्रकाशको पुस्तकमा अगमवाणी गरिएका सबै थोकहरूका तीव्र इच्छा गर्छौं: प्रभु आइपुग्नुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुन्छ, उहाँले असललाई इनाम दिनुहुन्छ र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँलाई पछ्याउनेहरू सबैलाई र उहाँलाई बादलमा भेट्न उहाँको दोस्रो आगमन स्वागत गर्नेहरूलाई उहाँले लिनुहुन्छ। जहिले हामी यो विचार गर्छौं, हामी आखिरी दिनहरूमा जन्मियौं र प्रभुको आगमनका साक्षी हुने असल भाग्य पाएकोमा हामी भावुक नभइरहन र कृतज्ञताले पूर्ण नभइरहन सक्दैनौं। हामीले सतावट भोगेका भए पनि, हामीले यसको सट्टामा “अत्याधिक र अनन्त महिमाको काम।” पाएका छौँ। कस्तो आशिष्! प्रभुले दिनुभएका यी सबै तीव्र इच्छा र अनुग्रहले हामीलाई प्रार्थना मा लगातार गम्भीर बनाउँछ र एकसाथ भेला हुनका लागि अझै बढी लगनशील बनाउँछ। सायद अर्को वर्ष, सायद भोली, र मानिसले कल्पना गरेकोभन्दा छोटो समयभित्र, उत्सुकताका साथ उहाँलाई पर्खिरहेका मानिसहरूका समूहका बीचमा उहाँ प्रकट भएर, प्रभु एक्कासि ओर्लनुहुनेछ। प्रभुको प्रकट हेर्नका लागि पहिलो समूहमा हुनका खातिर र उठाइलगिने मध्ये हुन हामी एक अर्कालाई उछिन्न हतार गर्नेछौं, पछाडि छोडिन कोही पनि इच्छुक हुँदैनौं। हामीले यस दिनको आगमनका लागि, लागतको बेवास्ता नगरी सबै थोक दिएका छौँ; कोहीले आफ्ना रोजगारीहरू छोडेका छन्, कोहीले आफ्ना परिवारहरू त्यागेका छन्, कोहीले विवाह त्यागेका छन्, र कोहीले आफ्ना सबै बचतहरूलाई दान गरेका पनि छन्। भक्तिका कस्ता निस्स्वार्थ कार्यहरू! यस्ता इमानदारीता र विश्‍वासयोग्यता अवश्य विगत युगका सन्तहरूका भन्दा पनि अझ परको छ! जसरी प्रभुले आफूले चाहनुभएकाहरूमाथि अनुग्रह गर्नुहुन्छ र आफूले चाहनुभएकाहरूलाई कृपा देखाउनुहुन्छ, हाम्रा भक्ति र समर्पणका कार्यहरू, हामी विश्‍वास गर्छौं, लामो समयदेखि उहाँका आँखाहरूले हेरेका छन् यसरी नै, हाम्रा निष्कपट प्रार्थनाहरू पनि उहाँका कानहरूमा पुगेका छन्, र हाम्रा समर्पणका लागि प्रभुले हामीलाई प्रतिफल दिनुहुन्छ भनी हामी भरोसा गर्छौं। यसबाहेक, परमेश्‍वरले संसारलाई सृष्टि गर्नुभन्दा पहिलेदेखि नै उहाँ हामीप्रति दयालु हुनुभएको थियो, र उहाँले हामीलाई दिनुभएका आशिषहरू र प्रतिज्ञाहरूलाई कसैले पनि खोसेर लान सक्दैन। हामी सबैले भविष्यका लागि योजना बनाइरहेका छौँ, र बादलमा प्रभुलाई भेट्न उठाइ लगिनको निम्ति आदानप्रदान गर्ने हाम्रा समर्पण र खर्च काउन्टर चिप्स वा पूँजी बनेको छ। अझ ठूलो कुरा त के छ भने, सारा राष्ट्रहरू र सबै जातिहरूमाथि अध्यक्षता गर्न वा राजाहरूको रूपमा शासन गर्न अलिकति हिचकिचाहटविना, हामीले आफैलाई भविष्यको सिंहासनमा राखेका छौँ। यी सबैलाई हामीले दिइएको रूपमा र अपेक्षा गर्नुपर्ने कुनै थोकको रूपमा लिन्छौं।

प्रभु येशूका विरुद्धमा भएकाहरूलाई हामी घृणा गर्छौं; तिनीहरू सबैका अन्त्य विनाश नै हुनेछ। प्रभु येशू मुक्तिदाता हुनुहुन्छ भनी विश्‍वास नगर्न कसले तिनीहरूलाई भन्यो? अवश्य पनि, संसारका मानिसहरूप्रति करुणामय हुनुभएका प्रभु येशू लाई अनुकरण गर्ने समयहरू छन्, किनकि तिनीहरूले बुझ्दैनन्, र हामी तिनीहरूप्रति सहनशील र क्षमाशील हुनु ठीक हो। हामीले गर्ने सबै कुराहरू बाइबलका वचनहरू अनुसार हुनुपर्छ, किनकि बाइबल अनुरूप नहुने कुनै पनि कुरा शास्‍त्र-विरोधी वा झूटा शिक्षा हो। यस किसिमको विश्‍वासले हामी प्रत्येकका मनमा गहिरो किसिमले जरा गाडेको छ। हाम्रा प्रभु बाइबलमा हुनुहुन्छ, र यदि हामी बाइबलबाट विचलित भएनौं भने, हामी प्रभुबाट पनि अलग हुनेछैनौं; यदि हामी यस सिद्धान्तमा रह्यौं भने, हामीले मुक्ति पाउनेछौं। हामी एक-अर्कालाई प्रेरणा दिन्छौं, एउटाले अर्कोलाई सहायता गर्छौं, र हरेक पल्ट हामी एकसाथ भेला हुँदा, हामीले भनेका र गरेका सबै कुराहरू प्रभुको इच्छाअनुसार छन् र प्रभुले यसलाई स्वीकार गर्नुहुनेछ भनी हामी आशा गर्छौं। हाम्रो अत्यन्त प्रतिकूल परिवेश हुँदाहुँदै पनि, हाम्रा हृदयहरू आनन्दले भरिएका छन्। सहज पहुँचमा भएका हाम्रा आशिषहरूलाई हामीले विचार गर्दा, के हामीले पन्छाउन नसक्ने कुनै कुरा छ र? अलग हुनका लागि हामीले सङ्कोच मान्नुपर्ने कुनै कुरा छ र? यी सबै कुराहरू स्पष्ट छन्, र यी सबै कुराहरू परमेश्‍वरका चनाखा आँखा सामु नै छन्। गोबरको थुप्रोबाट उठाइएका खाँचोमा परेका मुठ्ठीभरका हामीहरू, उठाइ लगिने वा, आशिषित हुने, र सबै राज्यहरूमाथि शासन गर्ने गरेको सपना देख्ने, प्रभु येशूका अरू साधारण अनुयायीहरू जस्तै छौँ। हाम्रा भ्रष्टता परमेश्‍वरका दृष्टिमा खुला राखेका छन्, अनि हाम्रा अभिलाषाहरू र लोभहरू परमेश्‍वरका दृष्टिमा दोषी ठहरिएका छन्। तथापि, यी सबै थोकहरू यति सामान्य रूपमा र यति तर्कसंगत किसिमले हुन्छन्, कि हाम्रा तीव्र इच्छाहरू ठीक छन् वा छैनन् भन्ने बारेमा हामी कोही पनि अचम्ममा पर्दैनौं, हामीले अवलम्बन गरेका सबै थोकको विशुद्धतामाथि शङ्का गर्ने कुरा त परै जाओस्। कसले परमेश्‍वरको इच्छालाई जान्न सक्छ? खास कस्तो किसिमको मार्गमा मानव हिँड्छ, हामीले खोज्न वा अन्वेषण गर्न जान्दैनौं; अनि सोधपूछ गर्नमा पनि हाम्रो चासो झनै कम छ। हामीलाई उठाइ लगिन्छ कि उठाइ लगिँदैन, हामीले आशिष् पाउन सक्छौं कि पाउँदैनौ, स्वर्गको राज्यमा हाम्रा लागि कुनै स्थान छ कि छैन, जीवनको नदीको पानी र जीवनको रूखको फलमा हाम्रो हिस्सा हुन्छ कि छैन भन्ने बारेमा मात्र हामी सरोकार राख्छौं। के यी नै कुराहरू पाउनका खातिर हामीले प्रभुमा विश्‍वास गरेका र उहाँका अनुयायीहरू बनेका होइनौं र? हाम्रा पापहरू क्षमा भएका छन्, हामीले पश्‍चाताप गरेका छौँ, हामीले दाखमद्यको तीतो कचौरा पिएका छौँ, अनि हामीले हाम्रो क्रूसलाई पीठमाथि राखेका छौँ। हामीले तिरेको मूल्य प्रभुले स्वीकार गर्नुहुन्न भनी कसले भन्न सक्छ? हामीले पर्याप्त तेलको तयारी गरेका छैनौं भनी कसले भन्न सक्छ? हामी ती मूर्ख कन्याहरू वा ती त्यागिएकाहरू मध्येका जस्ता हुन चाहँदैनौं। यसका साथसाथै, झूटा ख्रीष्टहरूद्वारा छलमा नपर्नका लागि हामीलाई सुरक्षित राख्न हामीले प्रभुलाई बिन्ती गर्दै, निरन्तर प्रार्थना गर्छौं, किनकि बाइबलमा यसो भनिएको छ: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्नेछन्” (मत्ती २४:२३-२४)। हामी सबैले बाइबलका यी पदहरूलाई कण्ठस्थ गरेका छौँ; हामीले तिनीहरूलाई हृदयले चिन्छौं, र हामीले तिनीहरूलाई बहुमूल्य सम्पत्तिको रूपमा, जीवनको रूपमा, र हामीले मुक्ति पाउन सक्छौं वा सक्दैनौं वा उठाइ लगिन्छ वा लगिँदैन भनी निर्णय गर्ने श्रेय पत्रका रूपमा हेरेका छौँ …

हजारौँ वर्षदेखि, जीवितहरूले आफ्ना तीव्र चाहनाहरू र आफ्ना सपनाहरू तिनीहरूसँग लिएर बितिसकेका छन्, तर तिनीहरू स्वर्गका राज्यमा गए वा गएनन् भन्ने कुरा कसैलाई पनि साँच्चिकै थाहा छैन। कुनै समय घटेका सबै कथाहरू बिर्सेर मृतकहरू फर्कन्छन्, अनि तिनीहरूले पितापुर्खाहरूका शिक्षाहरू र मार्गहरूलाई अझै पछ्याएका हुन्छन्। अनि यसरी, वर्षहरू बित्छन् र दिनहरू टर्छन्, हाम्रा प्रभु येशू, हाम्रा परमेश्‍वरले हामीहरूले गरेका सबै कुराहरूलाई साँच्चै स्वीकार गर्नुहुन्छ वा हुँदैन, कसैलाई पनि थाहा छैन। हामीले गर्न सक्ने कुराचाहिँ परिणामका लागि प्रतीक्षा गर्नु र हुन आउने कुराहरूका बारेमा अनुमान गर्नु मात्र हो। तर पनि हामीकहाँ कहिल्यै देखा नपरी, हामीसित कहिल्यै नबोली नै परमेश्‍वर यस अवधिभरि मौन रहनुभएको छ। अनि यसरी, बाइबललाई पछ्याएर चिन्हहरू अनुसार, हामी परमेश्‍वरका इच्छा र स्वभावका बारेमा स्वेच्छाचारी न्यायहरू बनाउँछौं। परमेश्‍वरका मौनतामा हाम्रो बानी बसेको छ; विचार गर्ने हाम्रा आफ्नै तरिकाद्वारा हाम्रा व्यवहारलाई ठीक र बेठीक भनी मापन गर्ने हाम्रो बानी परेको छ; परमेश्‍वरले हामीबाट माग गर्नुभएका कुराहरूको सट्टामा हाम्रा ज्ञान, धारणाहरू, र नैतिक नीतिहरूमा भर पर्न हामीलाई बानी परेको छ; परमेश्‍वरको अनुग्रहमा आनन्द लिन हामीलाई बानी परेको छ; आवश्यकता पर्दा परमेश्‍वरले हामीलाई प्रदान गर्नुहुने सहायतामा हाम्रो बानी परेको छ; सबै थोकहरूका निम्ति परमेश्‍वरतिर हाम्रा हातहरू फैलाउन र परमेश्‍वरलाई आज्ञा गर्न हामीलाई बानी परेको छ; पवित्र आत्माले कसरी अगुवाइ गर्नुहुन्छ भनी ध्यान नदिई, नियमहरू अनुरूप चल्न हामीलाई बानी परेको छ; अनि अझ बढी त, हाम्रा मालिक हामी आफै भएको समयको हामीलाई बानी परेको छ। हामीले कहिल्यै आमनेसामने नभेटेका यस्तो परमेश्‍वरमा हामी विश्‍वास गर्छौं। उहाँको स्वभाव कस्तो छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको स्वरूप कस्तो छ, उहाँ आउनुहुँदा हामी उहाँलाई चिन्छौं वा चिन्दैनौं, र यस्तै खालका प्रश्नहरू—यिनीहरू कुनै एउटा पनि महत्वपूर्ण छैनन्। उहाँ हाम्रो हृदयमा हुनुहुन्छ र हामी सबैले उहाँलाई पर्खेका छौँ भन्ने कुरा महत्वपूर्ण छ, र उहाँ यस्तो वा त्यस्तो हुनुहुन्छ भनी हामीले कल्पना गर्न सक्नु नै पर्याप्त हुन्छ। हामी हाम्रा विश्‍वासको सराहना गर्छौं र हाम्रा आत्मिकतालाई मूल्यवान् ठान्छौं। हामी सबै कुराहरूलाई गोबरको रूपमा हेर्छौं, र सबै थोकहरूलाई पैतालामुनि कुल्चन्छौं। हामी महिमित प्रभुका विश्‍वासीहरू भएका हुनाले, यात्रा जति नै लामो र कठिन भए पनि, कठिनाइहरू र खतराहरू हामीमाथि आइपरे पनि, हामीले प्रभुलाई पछ्याउँदा केही कुराले पनि हाम्रा पाइलाहरूलाई रोक्न सक्दैनन्। “परमेश्‍वर र थुमाको सिंहासनबाट स्फटिक जस्तै जीवनको सफा पानीको विशुद्ध नदी बगी निस्क्यो। त्यो नदीको दुवै किनारामा जीवनको रूख थियो, जसले बाह्र किसिमका फलहरू फलाउथे र हरेक महिना फल दिन्थे: र त्यस रूखका पातहरू जाति-जातिहरूलाई निको पर्नलाई थियो। अनि त्यहाँ उप्रान्त कुनै सराप हुनेछैन: तर यसभित्र परमेश्‍वर र थुमाको सिंहासन हुनेछ; र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्: अनि तिनीहरूले उहाँको मुहार देख्नेछन्; र तिनीहरूको निधारमा उहाँको नाउँ हुनेछ। त्यहाँ कुनै रात हुनेछैन; र तिनीहरूलाई कुनै बत्ती आवश्यक पर्दैन, न त सूर्यको प्रकाशको नै आवश्यक पर्छ; किनभने परमप्रभु परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुहुन्छ: र तिनीहरूले सदासर्वदा नै शासन गर्नेछन्” (प्रकाश २२:१-५)। हामीले हरेक पल्ट यी शब्दहरूलाई गाउँदा, हाम्रा हृदयहरू असीम आनन्द र सन्तुष्टिले भरिन्छन्, र हाम्रा आँखाहरूबाट आँसुहरू बग्छन्। हामीलाई छान्नुभएकोमा प्रभुलाई धन्यवाद होस्, उहाँको अनुग्रहको निम्ति प्रभुलाई धन्यवाद होस्। उहाँले यस जीवनमा हामीलाई सय गुणा दिनुभएको छ र आउने संसारमा हामीलाई अनन्त जीवन दिनुभएको छ। यदि उहाँले मर्नका लागि अहिले हामीलाई भन्नुभयो भने, हामीले कुनै पनि गुनासोविना त्यसो गर्थ्यौं। हे प्रभु! कृपया चाँडै आउनुहोस्! हामी तपाईंलाई यति उत्कट रूपमा चाहन्छौं र तपाईंका खातिर सबै कुराहरूलाई त्यागेका छौँ भन्ने कुरालाई विचार गर्दै, एक मिनेट, एक सेकेन्ड पनि ढीला नगर्नुहोस्।

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनका बारेमा कसैलाई पनि थाहा छैन, कसैले उहाँको आगमनलाई स्वागत गर्दैन, अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिलेको जस्तै चल्छ, उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीको रूपमा, अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ। उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्; र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले बुझेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्‍वासी बाहेक केही पनि हुनुहुन्न। उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ, र हाम्रा सबै विचारहरू र धारणाहरू उहाँका सामु खुला छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँका कार्यको बारेमा कुनै कुरा कल्पना गर्दैन, र, यसका अतिरिक्त, उहाँको पहिचानको बारेमा कसैसँग अलिकता पनि शङ्का छैन। उहाँको हामीसँग कुनै पनि सम्बन्ध नभए झैँ गरी हामीले गर्ने भनेको हाम्रा खोजहरूलाई जारी राख्नु हो …

पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्‍वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्‍वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्‍म ती पवित्र आत्माबाट आउँछन् तबसम्‍म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्‍वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्‍वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्‍वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्‍वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्‍वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्‍न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्‍त रूपमा लुक्न सम्भव हुनसक्छ?

तथापि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ। उहाँले हामीलाई कुनै व्याख्या दिनुभएको छैन, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै भएको छ, तर उहाँले गर्न चाहनुभएको काम सुविचारित कदमहरू र उहाँको योजनाअनुसार गर्नुहुन्छ। उहाँका वचनहरू र वाणीहरू अझ नियमित हुन्छन्। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने, हप्काउने र अनुशासनमा राख्‍नेदेखि नम्र र कोमल लबजदेखि डरलाग्दा र प्रतापी वचनहरूसम्‍म सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ। उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई प्रहार गर्छ; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भन्ने कुरा जान्नै नसकिने हुन्छ। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्‍वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ त र उहाँ के गर्न चाहनुहुन्छ भनी हामी अचम्ममा पर्न थाल्छौं। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिको बारेमा … हामीले हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौं। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्‍वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्‍वास गर्दैनौं। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्‍नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्‍वरका रूपमा यस साधारण मानवलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौं, अनि उहाँद्वारा नै हामी परमेश्‍वरसँग आमने-सामने बस्छौं। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहको निम्ति मात्र हामी धन्यवादी छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौं जसमा ईश्‍वरीयता छ। अझै पनि, मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भए झैँ गरी, मानिसको बालकपन र अज्ञानतालाई अनन्त रूपमा क्षमा गर्ने र उहाँप्रति मानिसको अनादरप्रति सदासर्वदा सहिष्णु हुनुहुने झैँ गरी पहिलाको जस्तै, उहाँले आफ्नो काम नम्रतासाथ शरीरमा लुकेर गर्नुहुन्छ।

यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एक कदमदेखि अर्कोमा अगुवाइ गर्नुभएको छ भन्ने हामीलाई जानकारी नहोला। हामी असंख्य परीक्षाहरू भएर जान्छौं, असंख्य ताडनाहरू भोग्छौं, र मृत्युद्वारा जाँच गरिन्छौं। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे सिक्छौं, उहाँको प्रेम र कृपामा आनन्द मनाउँछौं, परमेश्‍वरको महान् शक्ति र बुद्धिको सराहना गर्छौं, परमेश्‍वरको प्रेमिलोपन साक्षी हुन्छौं, र मानवलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्छालाई हेर्छौं। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरका स्वभाव र सारलाई जान्न, परमेश्‍वरको इच्छालाई बुझ्न, मानवको प्रकृति र सारलाई जान्न, र मुक्ति र सिद्धताको बाटोलाई देख्न पाउँछौं। उहाँका वचनहरूले हामीलाई “मर्न” लगाउँछन्, र तिनीहरूले हामीलाई “नयाँगरी जन्मन” लगाउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तापनि हामीलाई दोषले चकनाचूर र ऋणी भएको आभास दिएर छोड्छन्; उहाँका वचनहरूले हामीमा आनन्द र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा काटिन लगिएका थुमाहरूजस्तै हुन्छौं; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौं, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौं। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौं, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौं। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा भुसुना हौँ, अनि हामी हराएका थुमाहरू हौँ, उहाँ हामीलाई भेट्टाउन दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँले हामीलाई तिरस्कार गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई प्रोत्साहित गर्नुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, हाम्रा बारेमा फिक्री गर्न उहाँ कहिल्यै रोकिनुहुन्न, र हाम्रो सुरक्षा गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ, रात र दिन, हाम्रो पक्षलाई कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र मासुले बनेको साधारण शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई हेरेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्‍वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्‍वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्‍वरका पक्षमा यसरी हाम्रा बीचमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्‍वरको गरिमा दिँदैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्‍वरको भित्री हृदय, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसलाई हामी रात दिन चाह गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्‍नुभएको छ; उहाँ को हुनुहुन्छ भन्ने कुरालाई अब हामी शङ्का गर्दैनौं, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौं, र हामी उहाँका सामु लम्पसार पर्छौं। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्‍वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न गर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्‍नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौं।

परमेश्‍वरद्वारा जितिनु भनेको मार्शल आर्ट प्रतियोगिता जस्तै हो।

परमेश्‍वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाज लाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेकामा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन, कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्छन्, कुनै पनि अनुचित मागहरू गर्ने आँट पनि हामी गर्दैनौं वा उहाँको कुनै आशा ग्रहण गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजाय ले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा परमेश्‍वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

हामी भ्रष्ट शैतानी स्वभावले भरिएका, युगहरूभन्दा पहिलेबाट नै परमेश्‍वरले पूर्वनिर्धारित, र खाँचोमा परेकाहरू फोहोरको डङ्गुरबाट परमेश्‍वरले उठाउनुभएका यस्ता साधारण मानिसहरूका समूह मात्र हौँ। कुनै समय हामीले परमेश्‍वरलाई इन्कार गर्‍यौं र उहाँको निन्दा गर्‍यौं, तर अहिले उहाँद्वारा विजय गरिएका छौँ। परमेश्‍वरबाट हामीले जीवन र अनन्त जीवनको बाटो पाएका छौँ। पृथ्वीमा हामी जहाँ भए पनि, हामीले जस्तोसुकै सतावटहरू र कष्टहरू सहे पनि, हामी सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिबाट अलग हुन सक्दैनौं। किनकि उहाँ हाम्रा सृष्टिकर्ता, र हाम्रा एक मात्र उद्धार हुनुहुन्छ!

परमेश्‍वरको प्रेम मुहानको पानी झैँ फैलिन्छ, अनि तपाईं, र म, र अरूहरू, र तिनीहरू सबैलाई दिइएको छ जसले साँचो रूपमा सत्यता खोजी गर्छन् र परमेश्‍वरको प्रकटलाई प्रतीक्षा गर्छन्।

जसरी चन्द्रमाले सूर्यलाई अनन्त चक्रमा पछ्याउँछ, यसरी नै परमेश्‍वरको काम कहिल्यै रोकिँदैन, अनि यसलाई तपाईंहरूमाथि, ममाथि, अरूहरूमाथि, र परमेश्‍वरका पाइला पछ्याउनेहरू सबैमाथि र उहाँको न्याय र सजायलाई स्वीकार गर्नेहरूमाथि कार्यान्वयन गरिन्छ।

मार्च २३, २०१०

अघिल्लो: प्रस्तावना

अर्को: अध्याय ५

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक सङ्कल्प हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्