अन्तभाषण

यी वचनहरूले परमेश्‍वरको सम्पूर्ण अभिव्यक्तिहरूलाई समावेश नगरे पनि, ती मानिसहरूले परमेश्‍वरलाई चिन्ने र स्वभावमा परिवर्तनको अनुभव गर्ने उद्देश्यहरू प्राप्त गर्नका लागि पर्याप्त छन्। सायद त्यहाँ केही यस्ता मानिसहरू छन् जसले यो सोच्छन् कि चिनियाँ मुख्य भूमिमा परमेश्‍वरको काम समाप्त भएको छ, त्यसकारण यसले उहाँले बोल्नु पर्ने सबै वचनहरू बोलिसक्नुभएको छ, र उहाँसँग बोल्नुपर्ने नयाँ कुरा हुन सक्दैन, किनकि परमेश्‍वर यी वचनहरू बोल्न मात्र सक्षम हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। यसबाहेक, त्यहाँ यस्ता मानिसहरू पनि जसले वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा राज्यको युगको परमेश्‍वरका सबै अभिव्यक्तिहरू छन्, र यो पुस्तक प्राप्त गर्नु भनेको परमेश्‍वरका सबै थोक प्राप्त गर्नु बराबर हो, वा यो पुस्तकले पनि बाइबलले जस्तै मानवजातिलाई भविष्यतर्फ अगुवाइ गर्दछ भन्‍ने विश्‍वास गर्छन्। मलाई विश्‍वास छ, कि यस्तो विचार राख्नेहरू अल्पसंख्यामा छैनन्, किनकि मानिसहरू जहिले पनि परमेश्‍वरमा सीमाहरू लाद्‍न चाहन्छन्। तिनीहरूले परमेश्‍वर सर्वशक्तिमान्‌ र सर्वव्यापी हुनुहुन्छ भनी घोषणा गरे पनि, तिनीहरूका प्रकृतिले अझै पनि परमेश्‍वरलाई एक निश्चित सीमामा सीमित गर्न तिनीहरूका निम्ति सजिलो बनाउँदछ। सबैले परमेश्‍वरलाई चिनिरहेका छन्, तर यसै बीच सबैले उहाँको विरोध र उहाँलाई सीमित पार्ने काम पनि गरिरहेका छन्।

राज्यको युगमा परमेश्‍वरको काम भर्खरै मात्र सुरु भएको छ। यस पुस्तकमा समावेश गरिएका परमेश्‍वरका सबै वचन केवल त्यस समयमा उहाँलाई पछ्याइरहेकाहरूप्रति लक्षित छन्, र ती उहाँको हालको देहधारणमा गरिएका उहाँका अभिव्यक्तिहरूको एउटा भाग मात्र हुन्। तिनले परमेश्‍वरको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैनन्, र तिनले यस देहधारणमा रहँदा परमेश्‍वरले गर्न चाहेका सबै कामलाई समेट्छन् भनेर भन्न त झनै सकिँदैन। परमेश्‍वरले आफ्ना वचनहरू विभिन्न जाति र पृष्ठभूमिका मानिसहरूप्रति लक्षित गर्नुहुनेछ, र उहाँले सम्पूर्ण मानवजातिलाई विजय गर्नुहुनेछ र पुरानो युगको अन्त्य गर्नुहुनेछ। त्यसो भएको हुनाले, उहाँले आफ्ना वचनहरूको यति सानो भाग मात्र व्यक्त गरेर कसरी यो सबै टुङ्ग्याउन सक्नुहुन्थ्यो र? कुरा यत्ति हो कि, उहाँको काम विभिन्न समय अवधि र विभिन्न चरणमा विभाजित छ; उहाँ आफ्नो योजनाअनुसार काम गरिरहनुभएको छ र आफ्ना चरणहरूअनुसार आफ्ना वचनहरू व्यक्त गरिरहनुभएको छ। मानिसले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिको भेउ पाउन कसरी सक्थ्यो र? मैले यहाँ व्याख्या गर्न चाहेको तथ्य के हो भने: परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो अनन्त रूपमा अक्षय र असीमित छ। परमेश्‍वर जीवन र यावत् थोकको स्रोत हुनुहुन्छ; कुनै पनि सृजित प्राणीले उहाँको भेउ पाउन सक्दैन। अन्त्यमा, मैले अझै पनि सबैलाई सम्झाउनैपर्छ: परमेश्‍वरलाई पुस्तकहरूमा, शब्दहरूमा, वा उहाँका विगतका वाणीहरूमा फेरि कहिल्यै सीमित नगर। परमेश्‍वरको कामको एक मात्र विशेषतालाई वर्णन गर्ने एउटै मात्र शब्द छ: नयाँ। उहाँ पुराना मार्गहरू लिन वा आफ्नो काम दोहोर्‍याउन मन पराउनुहुन्न; अझै बढी, उहाँ मानिसहरूले उहाँको आराधना गर्दा उहाँलाई कुनै निश्चित दायराभित्र सीमित गरून् भन्‍ने चाहनुहुन्न। परमेश्‍वरको स्वभाव यही हो।

अघिल्लो: परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्