सन्दर्भग्रन्थ

यी वचनहरूले परमेश्‍वरको सम्पूर्ण अभिव्यक्तिहरूलाई समावेश नगरे पनि, ती मानिसहरूले परमेश्‍वरलाई चिन्ने र स्वभावमा परिवर्तनको अनुभव गर्ने उद्देश्यहरू प्राप्त गर्नका लागि पर्याप्त छन्। सायद त्यहाँ केही यस्ता मानिसहरू छन् जसले यो सोच्छन् कि चिनियाँ मुख्य भूमिमा परमेश्‍वरको काम समाप्त भएको छ, त्यसकारण यसले उहाँले बोल्नु पर्ने सबै वचनहरू बोलिसक्नुभएको छ, र उहाँसँग बोल्नुपर्ने नयाँ कुरा हुन सक्दैन, किनकि परमेश्‍वर यी वचनहरू बोल्न मात्र सक्षम हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। यसबाहेक, त्यहाँ यस्ता मानिसहरू पनि जसले वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा राज्यको युगको परमेश्‍वरका सबै अभिव्यक्तिहरू छन्, र यो पुस्तक प्राप्त गर्नु भनेको परमेश्‍वरका सबै थोक प्राप्त गर्नु बराबर हो, वा यो पुस्तकले पनि बाइबलले जस्तै मानवजातिलाई भविष्यतर्फ अगुवाइ गर्दछ भन्‍ने विश्‍वास गर्छन्। मलाई विश्‍वास छ, कि यस्तो विचार राख्नेहरू अल्पसंख्यामा छैनन्, किनकि मानिसहरू जहिले पनि परमेश्‍वरमा सीमाहरू लाद्‍न चाहन्छन्। तिनीहरूले परमेश्‍वर सर्वशक्तिमान्‌ र सर्वव्यापी हुनुहुन्छ भनी घोषणा गरे पनि, तिनीहरूका प्रकृतिले अझै पनि परमेश्‍वरलाई एक निश्चित सीमामा सीमित गर्न तिनीहरूका निम्ति सजिलो बनाउँदछ। सबैले परमेश्‍वरलाई चिनिरहेका छन्, तर यसै बीच सबैले उहाँको विरोध र उहाँलाई सीमित पार्ने काम पनि गरिरहेका छन्।

परमेश्‍वरको राज्यको युगको काम भर्खरै सुरु भएको छ। यस पुस्तकमा भएका परमेश्‍वरका सबै वाणीहरू केवल तिनिहरूतिर लक्षित छन् जसले त्यसबेला उहाँलाई पछ्याइरहेका थिए, र ती उहाँको वर्तमान देहधारणमा गरिएका उहाँका अभिव्यक्तहरूको एक भाग मात्र हुन्; तिनले परमेश्‍वरका सबै कुराहरूको प्रतिनिधित्व गर्दैनन्। यसबाहेक, यसले परमेश्‍वरले उहाँको यो देहधारणको अवधिमा गर्नुहुने सबै कामलाई समेट्दछ भनेर भन्न सकिँदैन। परमेश्‍वरले उहाँका वचनहरू विभिन्न जाति समूह र पृष्ठभूमिका मानिसहरूलाई लक्षित गर्नुहुनेछ, र उहाँले सबै मानवजातिलाई जित्नुहुनेछ र पुरानो युगको अन्त्य गर्नुहुनेछ। यस्तो अवस्थामा उहाँले आफ्ना वचनहरूको एउटा सानो भाग व्यक्त गरेर कसरी यो सबै समेट्न सक्नुहुन्छ? यति मात्र हो कि उहाँको काम फरक समय अवधि र विभिन्न चरणहरूमा विभाजित छ; उहाँले आफ्नो योजनाअनुसार काम गर्दैहुनुहुन्छ र उहाँका चरणहरू अनुसार आफ्ना वचनहरू व्यक्त गर्दैहुनुहुन्छ। मानिसले कसरी परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिलाई बुझ्न सक्छ? मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्‍वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; सृष्टि गरिएको कुनै पनि प्राणीले उहाँलाई बुझ्‍न सक्दैन। अन्तमा, मैले हरेकलाई सम्झना दिलाउने कार्यलाई निरन्तरता दिनुपर्छ: परमेश्‍वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्‍वरको कार्यको चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्‍याउन मन पराउनुहुन्‍न; यसका अतिरिक्त, मानिसहरूले एक निश्‍चित क्षेत्रमा सीमित गरेर उहाँलाई आराधना गरेको उहाँ चाहनुहुन्‍न। यो परमेश्‍वरको स्वभाव हो।

अघिल्लो: परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्