हे सबै मानिस हो, आनन्दित होओ!

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने कुराहरू प्राप्त गर्छन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट प्रस्थान गरेको हुँ। मेरो महिमाको ज्योति चम्कँदा, अनेकौँ राष्ट्रहरू उज्यालो हुन्छन्, सबैतिर ज्योति पुग्छ, एउटा पनि कुरा अन्धकारमा रहँदैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले उहाँसँग जिउने जीवन मापन गर्नै नसकिने गरी खुसी हुन्छ। ती मानिसहरूको आशिषित् जीवन देखेर समुद्रहरू खुसीले नाच्छन्, पहाडहरू मानिसहरूसँगै मेरो प्रशस्ततामा रमाउँछन्। सबै मानिसहरू प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा आफ्नो अर्पण देखाइरहेका छन्। राज्यमा अब विद्रोह हुँदैन, अब विरोध हुँदैन; स्वर्गहरू र पृथ्वी एकअर्कामा निर्भर छन्, मानिस र म गहिरो भावनामा निकट हुन्छौँ, मिठासपूर्वक सँगै जिउँछौँ, एकअर्कामा अडेस लाग्छौँ…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। अबउप्रान्त शैतानको बाधा हुँदैन र मानिसहरू विश्राममा प्रवेश गर्छन्। ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू अतुलनीय रूपमा आशिषित् भएर, मानिसहरूबीच जिउने मानिसजस्ता नभई, बरु परमेश्‍वरसँग जिउने मानिसजस्ता भएर मेरो महिमाको ज्योतिमा जिउँछन्। सारा मानिसले शैतानको भ्रष्टता भोगेका छन् अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र मीठो पिएका छन्। अब, मेरो ज्योतिमा जिउन पाउँदा, तिनीहरू कसरी आनन्दित नहोला र? तिनीहरूले कसरी यो सुन्दर क्षणलाई हल्का रूपमा त्यागिदिन र उम्कन दिन सक्छन्? हे मानिसहरू हो! चाँडो आफ्नो हृदयमा गीत गाओ र मेरो लागि खुसीले नाच! चाँडो तिमीहरूका सच्चा हृदय उचाल र ती मलाई चढाओ! चाँडो तिमीहरूको ढोल पिट र खुसीका साथ मेरो निम्ति बजाओ। म ब्रह्माण्डमाथिबाट मेरो आनन्द छर्छु! मानिसहरूलाई म मेरो महिमायुक्त अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले मानिसहरूमाझ शासन गर्न थालिसकेँ! म मानिसहरूद्वारा उच्च पारिन्छु! म माथि नीलो स्वर्गमा तैरिन्छु र मानिसहरू मसँगै हिँडेर जान्छन्। म मेरा मानिसहरूमाझ हिँड्छु र तिनीहरू मलाई घेर्छन्! मानिसहरूका हृदय हर्षले भरिन्छन्, तिनीहरूका गुञ्जायमान गीतहरूले ब्रह्माण्ड हल्लाउँछन्, सर्वोच्च स्वर्गलाई चिर्छन्! ब्रह्माण्ड अब कुहिरोले ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिनीहरू आफ्नो साँचो अनुहार देखाउँछन्। तिनीहरू फोहोरले ढाकिएका मानिस होइनन्, पवित्र मोतीजतिकै शुद्ध पवित्र मानिस हुन्, तिनीहरू सबै मेरा प्रियजन हुन्, तिनीहरू सबै मेरा खुसी हुन्! सबै थोक फेरि जीवित हुन्छन्। पवित्र जनहरू सबै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, मेरो न्यानो अङ्गालोमा पसेका छन्, रुन छाडेका छन्, चिन्ता लिन छाडेका छन्, आफूलाई मप्रति अर्पण गर्छन्, मेरो घर फर्किरहेका छन् र तिनीहरूको मातृभूमिमा तिनीहरूले मलाई अनवरत प्रेम गर्नेछन्! तिनीहरू सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैनन्! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! अब पृथ्वी रहेन, तर स्वर्गहरू सधैँभरि रहन्छन्। म अनेकौँ मानिसमाझ देखा पर्दछु र अनेकौँ मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, आदिकालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

अघिल्लो: अध्याय २५

अर्को: अध्याय २६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्