हे सबै मानिस हो, आनन्दित होओ!

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले तिनीहरूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। जब मेरो महिमा चम्कन्छ, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। परमेश्‍वरको राज्यमा, परमेश्‍वरका मानिसहरू नाप्नै नसकिने आनन्दमा जिउनेछन्। ती मानिसहरूको आशिषित जीवनमा समुद्रहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा उनीहरूको बफादारी देखाइरहेका छन्। परमेश्‍वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, मानिस र म एक-अर्कामा अडेस लाग्दै मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौं...। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन, र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा जिउँछन्, मानिसहरूको बीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्‍वरसँग बस्ने मानिसहरू जस्तो भएर। सारा मानव जाति शैतानको भ्रष्टताबाट भएर गएको छ, अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र पीठो पिएको छ। अब, मेरो ज्योतिमा जिउँदा को आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिनसक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले पहिले नै मानिसहरू माझ शासन गरें। म मानिसहरूद्वारा उच्च पारिएको छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रियहरू हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन्, र तिनीहरूको आफ्ना मातृ भूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु, र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

अघिल्लो: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय १२

अर्को: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय २६

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले त्यसमा विश्‍वास गर्‍यो भने उसले मुक्तिपाउँथ्यो। आज, मुक्तिको सट्टामा...

प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन...

वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्