सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय २६

मेरो घरमा कसले बास गरेको छ? मेरो खातिर को खडा भएको छ? मेरो नाममा कसले कष्ट भोगेको छ? कसले मेरो अघि प्रतिज्ञा गरेको छ? मलाई वर्तमानसम्‍म पछ्याएर पनि को उदासीन भएको छैन? किन सबै मानिस रूखो र असंवेदनशील छन्? किन मानवजातिले मलाई त्यागेको छ? किन मानवजाति मलाई घृणा गर्छन्? किन मानव संसारमा कुनै न्यानोपन छैन? सियोनमा हुँदा, मैले स्वर्गको न्यानोपन चाखेको छु, र सियोनमै हुँदा मैले स्वर्गको आशिष्‌ उपभोग गरेको छु। अनि, म मानवजातिको माझमा जिएको छु, र मैले मानव संसारको तीतोपन चाखेको छु, र मानिसहरूमाझ रहेका विभिन्‍न अवस्थाहरू सबैलाई नै आफ्नै आँखाले देखेको छु। जसरी म “परिवर्तन भएको छु” त्यसरी नै थाहै नपाई मानवजाति परिवर्तन भएको छ र यसरी मात्रै ऊ वर्तमानको दिनमा आइपुगेको छ। मानिसले मेरो खातिर जुनसुकै कामकुरा गर्न सकोस् भनेर मैले मापदण्ड तय गरेको छैनँ, न त मेरै कारण उसले कुनै वृद्धि गरोस् भन्‍ने मापदण्ड नै तय गरेको छु। म त उसले मेरो योजनाअनुसार काम गर्न सकोस्, मविरुद्ध विद्रोह नगरोस् वा मेरो लाजको प्रतीक नबनोस्, बरु मेरो लागि सानदार साक्षी दियोस् भन्‍ने मात्रै चाहन्छु। मानिसहरूको माझमा, मेरो लागि राम्रो साक्षी दिने र मेरो नामलाई महिमावान् तुल्याउने मानिसहरू पनि छन्, तर मानिसको अभ्यासहरू वा आचरणले मेरो हृदयलाई कसरी सन्तुष्ट तुल्याउन सक्छ र? उसले कसरी मेरो हृदयअनुसार हुन वा मेरा अभिप्रायलाई पूरा गर्न सक्छ र? पृथ्वीका पहाडहरू अनि समुद्र र नदीहरू, र पृथ्वीका फूल, घाँसपात र रूखहरू सबैले मेरा हातका कार्य प्रदर्शन गर्छन्, र सबै नै मेरो नामको खातिर अस्तित्वमा रहन्‍छन्। तैपनि मानिसले किन मेरो मापदण्डको स्तर पूरा गर्न सक्दैन? के उसको घृणित नीचताले गर्दा हो? के उसलाई मैले उचालेको कारणले गर्दा हो? के म ऊप्रति अत्यन्तै निर्दयी भएकोले हो? किन मानिस सँधै मेरा मापदण्डहरूप्रति भयभीत हुन्छ? आज, राज्यका धेरै मानिसहरूमध्ये, किन तँ मेरो आवाज मात्रै सुन्छस् तर मेरो अनुहार हेर्न चाहँदैनस्? किन तँ मेरा वचनहरूलाई हेर्छस् मात्रै तर तिनलाई मेरो आत्मासँग मिलाउँदैनस्? किन तँ मलाई यसरी स्वर्गमा र पृथ्वीमा अलग गर्छस्? के पृथ्वीमा हुँदा, म स्वर्गमा जस्तो हुन्छु त्यस्तो नभएकोले हो? के स्वर्गमा हुँदा म पृथ्वीमा आउन नसक्‍ने हुनाले हो? के पृथ्वीमा हुँदा, म स्वर्गमा सर्न योग्य नभएकोले हो? यो त पृथ्वीमा हुँदा म नीच प्राणी र स्वर्गमा हुँदा उच्‍च प्राणी भएझैँ, अनि स्वर्ग र पृथ्वीको बीचमा पुर्न नसकिने दरार भएझैँ भयो। तैपनि मानव संसारमा यी कुराहरूको उत्पत्तिको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन जस्तो देखिन्छ, र तिनीहरू मेरा वचनहरू ध्वनी मात्रै भएझैँ र तिनमा कुनै अर्थ नै नभएझैँ गरी सँधै मेरो विरुद्ध हिँडिरहेका छन्। मेरो बाहिरी स्वरूपमा आफै अनुसन्धान गर्दै, सारा मानवजातिले मेरा वचनहरूमा प्रयत्‍न लगाउँछन्, तर तिनीहरू सबै असफल हुन्छन्, तिनीहरूका प्रयासहरूले कुनै फल फलाउँदैन, बरु तिनीहरू मेरा वचनहरूको प्रहारद्वारा लड्छन् र फेरि उठ्ने आँट गर्दैनन्।

जब म मानिसहरूको आस्था जाँच्छु, साँचो साक्षी दिने एक जना पनि हुँदैन, आफ्‍नो सम्पूर्णता अर्पण गर्न एक जना पनि सक्षम हुँदैन; बरु, मैले उसको हृदयलाई खोसेर लैजान खोजिरहेको छु झैँ गरी मानिसले निरन्तर रूपमा आफूलाई लुकाउँछ र खुलस्त हुन इन्कार गर्छ। आफ्‍नो परीक्षाको बेला अय्यूबसमेत कहिल्यै पनि साँचो रूपमा दृढ भई खडा हुन सकेन, न त कष्टको बेला उसले मिठास छर्न नै सक्यो। सबै मानिसहरूले वसन्तको न्यानोपनमा हरियालीको फिक्‍का झलक पैदा गर्छन्; हिउँदको चिसोले प्रहार गर्दा तिनीहरू कहिल्यै पनि हरित रहँदैनन्। आफ्‍नो ख्याउटे र दुर्बल कदद्वारा, मानिसले मेरा अभिप्रायहरू पूरा गर्न सक्दैन। सारा मानवजातिमा, अरूका लागि नमुनाका रूपमा काम गर्न सक्‍ने कोही छैन, किनभने सबै मानिस आधारभूत रूपमा उस्तै छन् र तिनीहरू एकअर्काबाट फरक छैनन् अर्थात् तिनीहरूलाई एकअर्कामा छुट्ट्याउने कुरा नगन्य छ। यसकारण, आज पनि मानिसहरू मेरा कार्यहरूको बारेमा पूर्ण रूपमा जान्‍न असमर्थ छन्। मेरो सजाय सारा मानवजातिमाथि परेपछि मात्रै तिनीहरू थाहा नपाई मेरा कार्यहरूको बारेमा सचेत हुन्छन्, र मैले केही नगरीकनै वा कसैलाई बाध्य नपारीकनै, मानिसले मलाई चिन्‍नेछ, अनि मेरा कार्यहरूलाई देख्‍नेछ। यही नै मेरो योजना हो, यही नै मेरा कार्यहरूको प्रकट गरिने पक्ष हो, र यही नै मानिसहरूले जान्‍नुपर्ने कुरा हो। राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनशक्ति पुन: प्राप्त गर्न थाल्छन्। पृथ्वीका स्थिति परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु: जब एउटा मुलुकबाट अर्को मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, यही नै सारा राष्ट्रहरूलाई टुक्राटुक्रा हुने गरी मैले प्रहार गर्ने समय हुनेछ। यो समयमा, म सारा सृष्टिको नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डको पुनर्विभाजन गर्नेछु, र यसरी ब्रह्माण्डलाई व्यवस्थित गरेर पुरानोलाई नयाँमा रूपान्तरित गर्नेछु—मेरो योजना यही हो र मेरा कामहरू यिनै हुन्। जब राष्ट्रहरू र संसारका मानिसहरू मेरो सिंहासनअघि फर्कन्छन्, तब म स्वर्गका सारा प्रचुरता लिनेछु र मानव संसारलाई प्रदान गर्नेछु, ताकि मैले गर्दा संसार अतुलनीय प्रचुरताले भरियोस्। तर पुरानो संसार अस्तित्वमा रहँदा, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र त्यसपछि ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरा अभिप्रायविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती तारा लिनेछु र तिनलाई फेरि बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्‍निद्वारा तल गिराइनेछन्—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै जातिहरूलाई सजाय दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा, र मेरो राज्यमा फर्कनेछन्, मेरा कामद्वारा विजय गरिनेछन् किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारका विभिन्न सजायहरू पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी आचरणमा राखेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असङ्ख्य मानिसहरू र असङ्ख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र पृथ्वीमा म आफ्‍नै आवाज व्यक्त गर्नेछु र मानवजातिले आफ्नै आँखाले देख्ने गरी सारा मानवजातिका लागि मेरो महान् काम पूरा भएको घोषणा गर्नेछु।

मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको अवस्था पनि अवलोकन गर्छु। मेरा वचनहरूमार्फत, सबै थोकलाई नवीन बनाइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवता यसको मूल स्वरूपमा खुलासा गरिन्छ र बिस्तारै सबै मानिसलाई उनीहरूको प्रकारअनुसार अलग गरिन्छ, र अनजानमै उनीहरू आफ्‍नो “परिवार” कहाँ फर्काइन्छन्। यसले मलाई अत्यन्तै खुसी तुल्याउँछ। म बाधाबाट मुक्त छु र थाहै नभई मेरो महान् कार्य पूरा हुन्छ, र सबै थोकहरू रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले सबै कुरालाई तिनीहरूको प्रकारअनुसार छुट्टयाउँदै रूप भएका सबै कुरालाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म सबै कुरालाई तिनीहरूको पहिलेकै रूपमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई राम्रोसँग परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजनाअन्तर्गतको बनाउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! यो निश्‍चय नै मेरा वचनहरूले गर्दा पतन हुनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, सब थोकहरू! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्‍ना सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो अवश्य नै मेरो महिमामाझ पुनर्जीवित हुनेछ! ए, सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म सारा पृथ्वीलाई सबै कुरामाझ नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवनको सुरुवात गरेका छन् र तिनीहरूमा नयाँ आशाहरू पलाएका छन्। ए, मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिमाझ जीवनमा फर्किआउन सक्दैनौ र? मेरो मार्गदर्शनमा तिमीहरू कसरी खुशीले उफ्रन सक्दैनौ र? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मैले पूर्वनिर्धारण गरेको कारण तैँले कसरी गर्व गर्न सक्दैनस्? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवताको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूमार्फत अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणास्पद मिश्र! के तैँले अवश्य नै अझै मेरो प्रतिरोध गर्दैनस् र? तैँले कसरी मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस्? तँ कसरी मेरो सजायभित्र नजिउन सक्छस्? मैले प्रेम गर्ने जति सबै अवश्य नै अनन्तसम्‍म अस्तित्वमा रहनेछन्, र मविरुद्ध खडा हुने जति सबैले अवश्य नै अनन्तसम्‍म मेरो सजाय भोग्नेछन्। किनभने म डाही परमेश्‍वर हुँ र म सबै मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, सबै मानिससामु आफूलाई प्रकट गर्नेछु!

मार्च २९, १९९२

अघिल्लो: हे सबै मानिस हो, आनन्दित होओ!

अर्को: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय २९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्