जब झर्ने पातहरू आफ्ना जराहरूतर्फ फर्कन्छन्, तब तँलाई आफूले गरेका सबै दुष्टताको पछुतो हुनेछ

मैले तिमीहरूमाझ गरेको काम तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ, मैले बोलेका वचनहरू तिमीहरू आफैले सुनेका छौ, र तिमीहरूप्रतिको मेरो मनोवृत्ति तिमीहरू सबैले थाहा पाएका छौ, त्यसकारण मैले तिमीहरूमा यो काम किन गरिरहेको छु भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। म तिमीहरूलाई पूर्ण इमानदारीका साथ भन्छु, तिमीहरू आखिरी दिनहरूमा मेरो विजयको कामको औजार, अन्यजाति राष्ट्रहरूमाझ मेरो काम फैलाउने साधनबाहेक केही होइनौ। म आफ्नो काम अझ राम्ररी फैलाउन, र आफ्नो नाम अन्यजाति राष्ट्रहरूमाझ फैलिन सकोस्, अर्थात्, इस्राएलबाहिरका कुनै पनि राष्ट्रहरूमाझ फैलिन सकोस् भनेर तिमीहरूको अधार्मिकता, फोहोरीपन, प्रतिरोध र विद्रोहीपनमार्फत बोल्छु। यो त मेरो नाम, मेरा कार्यहरू, र मेरो आवाज अन्यजाति राष्ट्रहरूभरि फैलिन सकोस्, र यसरी इस्राएलका नभएका ती सबै राष्ट्रलाई मैले विजय गर्न सकूँ र तिनले मेरो आराधना गर्न सकून्, ती राष्ट्रहरू इस्राएल र मिश्रको भूमिबाहिरका मेरा पवित्र भूमि बन्न सकून् भनेर हो। मेरो कामको फैलावट वास्तवमा मेरो विजयको कामको फैलावट र मेरो पवित्र भूमिको विस्तार हो; यो पृथ्वीमा मेरो आधारस्थलको विस्तार हो। तिमीहरू अन्यजाति राष्ट्रहरूमाझ मैले विजय गर्ने सृजित प्राणी मात्रै हौ भनेर तिमीहरू स्पष्ट हुनुपर्छ। सुरुमा, तिमीहरूको न त कुनै हैसियत थियो न त उपयोगका लागि कुनै मूल्य नै थियो, र तिमीहरू पटक्कै कामका थिएनौ। मैले औँसाहरूलाई गोबरको थुप्रोबाट उचालेर सम्पूर्ण भूमिलाई विजय गर्ने मेरो कामको नमूना बनाएको, सम्पूर्ण भूमिलाई विजय गर्ने मेरो कामको एकमात्र “सन्दर्भ सामग्री” बनाएको कारणले मात्रै तिमीहरू मेरो सम्पर्कमा आउने, र अहिले मसँग भेला हुने सौभाग्यशाली भएका छौ। तिमीहरूको निम्न हैसियतका कारण नै मैले तिमीहरूलाई मेरो विजयको कामको आदर्श र नमुना हुन छानेको हुँ। यही कारणले गर्दा मात्र म तिमीहरूमाझ काम गर्छु र बोल्छु, र म तिमीहरूसँग जिउँछु र बास बस्छु। तिमीहरूले मेरो व्यवस्थापनको कारणले र गोबरको थुप्रोमा भएका औँसाहरूप्रतिको मेरो चरम घृणाले गर्दा म तिमीहरूमाझ बोलिरहेको छु भन्‍ने तिमीहरूले थाहा पाउनुपर्छ—यो म क्रोधित हुने बिन्दुमा पुगेको छ। मैले तिमीहरूमाझ काम गर्नु यहोवाले इस्राएलमा काम गर्नुजस्तो पटक्कै होइन, र यो येशूले यहूदियामा काम गर्नुजस्तो त झनै होइन। म ठूलो सहनशीलताका साथ बोल्छु र काम गर्छु, र म रिसका साथै न्यायद्वारा यी पतितहरूलाई विजय गर्छु। यो यहोवाले इस्राएलमा उहाँका मानिसहरूलाई अगुवाइ गर्नुभएको जस्तो पटक्कै होइन। इस्राएलमा उहाँको काम खानेकुरा र जिउँदो पानी प्रदान गर्नु थियो, र उहाँ आफ्ना मानिसहरूलाई भरणपोषण गर्दा तिनीहरूप्रति कृपा र करुणाले भरिपूर्ण हुनुहुन्थ्यो। आजको काम नचुनिएका मानिसहरूको श्रापित राष्ट्रमाझ गरिन्छ। त्यहाँ प्रशस्त खानेकुरा छैन, न त जिउँदो पानीको तिर्खा मेटाउने पोषण नै छ, र झन् पर्याप्त भौतिक कुराहरूको आपूर्ति हुनु त परै जाओस्; त्यहाँ न्याय, श्राप, र सजायको पर्याप्त आपूर्ति मात्रै छ। गोबरको थुप्रोमा बस्ने यी औँसाहरू मैले इस्राएललाई प्रदान गरेजस्तो गाईवस्तु र भेडाहरूले भरिएका पहाडहरू, धेरै धन, र सम्पूर्ण भूमिमा सबैभन्दा सुन्दर छोराछोरीहरू प्राप्त गर्न पूर्ण रूपमा अयोग्य छन्। समकालीन इस्राएलले व्यवस्थाअन्तर्गत यहोवाले माग गरेको दशांशलाई उछिनेर, मैले त्यसका मानिसहरूलाई पोषण गर्ने गाईवस्तु र भेडा अनि सुन र चाँदीका वस्तुहरू वेदीमा चढाउँछ, र त्यसैले मैले तिनीहरूलाई अझ बढी—व्यवस्थाअन्तर्गत इस्राएलले प्राप्त गर्नुपर्नेभन्दा सय गुणाभन्दा बढी—प्रदान गरेको छु। म जुन कुराद्वारा इस्राएललाई पोषण गर्छु त्यसले अब्राहामले प्राप्त गरेका सबै कुरा, र इसहाकले प्राप्त गरेका सबै कुरालाई उछिन्छ। म इस्राएलको परिवारलाई फलदायी बनाउनेछु र वृद्धि गर्नेछु, अनि म इस्राएलका मेरा मानिसहरूलाई पृथ्वीभरि फैलिन लगाउनेछु। मैले आशिष्‌ दिने र हेरचाह गर्नेहरू अझै पनि इस्राएलका चुनिएका मानिसहरू—अर्थात्, मबाट प्राप्त गरेका सबै कुरा मलाई नै समर्पण गर्ने मानिसहरू हुन्। तिनीहरूले मलाई मनमा राख्ने हुनाले नै तिनीहरू मेरो पवित्र वेदीमा आफ्ना पहिलो जन्मेका बाछाबाछी र पाठापाठीहरू बलि चढाउँछन् र आफूसँग भएका सबै कुरा मसमक्ष चढाउँछन्, यहाँसम्म कि मेरो पुनरागमनको अपेक्षामा आफ्ना भर्खरै जन्मेका ज्येष्ठ पुत्रहरू चढाउँछन्। अनि तिमीहरू चाहिँ? तिमीहरू मलाई रिस उठाउँछौ, मसँग मागहरू राख्छौ, र मलाई वस्तुहरू चढाउनेहरूका बलिहरू चोर्छौ, र तिमीहरू मलाई चिढ्याइरहेका छौ भन्‍ने कुरा तिमीहरू थाहै पाउँदैनौ; यसर्थ, तिमीहरूले प्राप्त गर्ने भनेको अन्धकारमा रुवाइ र दण्ड मात्रै हो। तिमीहरूले धेरै पटक मेरो रिसलाई उक्साएका छौ, र मैले मेरो जल्दो आगो यसरी बर्साएको छु कि धेरै मानिसको दुःखद अन्त्य भएको छ, र सुखी घरहरू उजाड चिहान बनेका छन्। यी औँसाहरूका लागि मसँग अनन्त रिस मात्रै छ, र तिनीहरूलाई आशिष्‌ दिने मेरो कुनै अभिप्राय छैन। मैले आफ्नो कामका खातिर मात्र छुट दिएर तिमीहरूलाई उचालेको हुँ, र ठूलो अपमान सहेर तिमीहरूमाझ काम गरेको हुँ। यदि मेरा पिताको इच्छा नभएको भए, गोबरको थुप्रोमा लडीबुडी गरिरहेका औँसाहरूसँग म कसरी एउटै घरमा बस्न सक्थेँ र? म तिमीहरूका सबै कार्य र शब्दप्रति चरम घृणा महसुस गर्छु, र जे होस्, तिमीहरूको फोहोरीपन र विद्रोहीपनमा मेरो केही “रुचि” भएकाले, यो मेरा वचनहरूको ठूलो सङ्ग्रह बनेको छ। नत्र, म तिमीहरूमाझ यति लामो समयसम्म बिलकुलै रहनेथिइनँ। त्यसकारण, तिमीहरूले तिमीहरूप्रतिको मेरो मनोवृत्तिमा सहानुभूति र दया मात्रै छन्, जसमा एक थोपा पनि प्रेम छैन, र तिमीहरूका लागि मसँग सहनशीलता मात्रै छ भन्‍ने कुरा जान्नुपर्छ, किनभने म यो आफ्नो कामका खातिर मात्रै गर्छु। अनि मैले फोहोरीपन र विद्रोहीपनलाई “कच्चा पदार्थ” का रूपमा छानेको कारणले मात्रै तिमीहरूले मेरा कार्यहरू देखेका छौ; नत्र, म यी औँसाहरूलाई मेरा कार्यहरू बिलकुलै प्रकट गर्नेथिइनँ। म तिमीहरूमा केवल मन नलागी-नलागी काम गर्छु, मैले इस्राएलमा तत्परता र इच्छाका साथ गरेको कामजस्तो पटक्कै होइन। म आफ्नो रिस सहँदै आफूलाई तिमीहरूमाझ बोल्न बाध्य पारिरहेको छु। यदि मेरो अझ ठूलो काम नभएको भए, यस्ता औँसाहरू निरन्तर अस्तित्वमा रहेको मेरो आँखाले कसरी सहन सक्थ्यो र? यदि मेरो नामकै खातिर नहुँदो हो भने, म उहिल्यै सर्वोच्च उचाइहरूमा उक्लेर यी औँसाहरूलाई तिनीहरूको गोबरको थुप्रोसहित पूर्ण रूपमा भस्म पारिसकेको हुन्थेँ! यदि मेरो महिमाका खातिर नहुँदो हो भने, म कसरी यी दुष्ट पिशाचहरूलाई मेरा आँखैअगाडि टाउको हल्लाउँदै खुलेआम मेरो प्रतिरोध गर्न दिन सक्थेँ र? यदि मेरो काम अलिकति पनि व्यवधानविना सहज रूपमा सम्पन्न गर्नका लागि नहुँदो हो भने, म कसरी यी औँसाजस्ता मानिसहरूलाई मलाई मनपरी दुर्व्यवहार गर्न दिन सक्थेँ र? यदि इस्राएलको एउटा गाउँका एक सय मानिसहरू यसरी मेरो प्रतिरोध गर्न उठेका भए, तिनीहरूले मलाई बलिहरू चढाए पनि, म तिनीहरूलाई नामेट पार्नेथिएँ र जमिनका धाँजहरूमा फालिदिनेथिएँ, ताकि अन्य सहरका मानिसहरूले फेरि कहिल्यै विरोध नगरून्। म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएका हुनाले, म जे भन्छु र गर्छु, त्यसप्रति तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न त तिनीहरू झनै योग्य छैनन्। म सृष्टिकर्ता हुँ, र सृजित प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग बहस गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले प्रतिरोध गर्नु हुँदैन। मेरो अख्तियारद्वारा म मेरा मानिसहरूलाई शासन गर्छु, र मैले बनाएका सबै सृजित प्राणीहरू मेरो अख्तियारप्रति समर्पित हुनुपर्छ। आज तिमीहरू मेरो सामु साहसी र धीरोद्धत भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई पढाउँछु तिमीहरूले तिनका विरुद्धमा विद्रोह गरे पनि र डर मान्न नजाने पनि, म सहनशीलताका साथ मात्रै तिमीहरूको विद्रोहीपनको सामना गर्छु; मा साना, तुच्छ औँसाहरूले गोबर चलाएकै कारण आक्रोशित हुँदिनँ, र आफ्नो कामलाई प्रभावित हुन दिन्नँ। म आफ्नो पिताको इच्छाका खातिर आफूले तिरस्कार गर्ने सबथोक र मैले घृणा गर्ने सबै कुराको जारी अस्तित्वलाई सहन्छु, र म आफ्ना वाणीहरू पूर्ण नहुन्जेल, आफ्नो अन्तिम क्षणसम्मै म त्यसो गर्नेछु। चिन्ता नगर्! म नामविहीन औँसाको स्तरमा गिर्नेछैनँ, र म आफ्नो सिपलाई तेरो सिपसँग तुलना गर्नेछैनँ। म तँलाई घृणा गर्छु, तर म सहन सक्षम छु। तँ मविरुद्ध विद्रोह गर्छस्, तर तँ मैले तँलाई सजाय दिने दिनबाट, जुन मेरा पिताले मलाई प्रतिज्ञा गर्नुभएको थियो, उम्कन सक्दैनस्। के सृजित औँसाले सृष्टिकर्तालाई जित्न सक्छ र? शरद ऋतुमा, झर्ने पातहरू तिनका जरातर्फ फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पितातर्फ फर्कनेछु। मलाई उहाँको कोमल स्नेहको साथ मिल्नेछ, र तँ तेरा पिताको कुल्चाइमा पर्नेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरा पिताको सरम हुनेछ। म तँलाई मैले लामो समयदेखि रोकेर राखेको सजाय दिनेछु, र तैँले दसौँ हजार वर्षदेखि भ्रष्ट रहेको तेरो दुर्गन्धित देहद्वारा मेरो सजायको सामना गर्नेछस्। मैले सहनशील भएर तँमाथि मेरा वचनहरूको काम टुङ्ग्याएको हुनेछु, अनि तैँले मेरा वचनहरूमा उल्लिखित दुःख भोग्ने भूमिका पूरा गर्न थाल्नेछस्। म इस्राएलमा धेरै रमाउनेछु र काम गर्नेछु; तँ रुनेछस् र दाह्रा किट्नेछस्, हिलोमै बाँच्नेछस् र मर्नेछस्। म मेरो मूल रूप पुनः प्राप्त गर्नेछु र अब तँसँग फोहोरमा रहनेछैनँ, जबकि तैँले तेरो मूल कुरूपता पुनः प्राप्त गर्नेछस् र गोबरको थुप्रोमा यताउति दुलो पारिरहनेछस्। जब मेरो काम र वचनहरू पूरा हुन्छन्, तब त्यो मेरा लागि आनन्दको दिन हुनेछ। जब तेरो प्रतिरोध र विद्रोहीपन समाप्त हुन्छन्, तब त्यो तेरा लागि रुवाइको दिन हुनेछ। म तँलाई सहानुभूति देखाउनेछैनँ, र तैँले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म तँसँग अब संवाद गर्नेछैनँ, र तैँले मलाई फेरि कहिल्यै सामना गर्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तँलाई मेरो प्रेमिलो स्वभावको याद आउनेछ। म तँलाई प्रहार गर्नेछु, र तँलाई मेरो याद आउनेछ। म खुसीसाथ तँबाट छुट्टिनेछु, र तँलाई मप्रति ऋणी महसुस हुनेछ। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तँ सधैँ मेरो आशा गर्नेछस्। तैँले अहिले मलाई प्रतिरोध गर्ने भएकाले म तँलाई घृणा गर्नेछु, र मैले अहिले तँलाई सजाय दिने भएकाले तँलाई मेरो याद आउनेछ। म तँसँगै जिउन अनिच्छुक हुनेछु, तर तँ यसको असाध्यै लालसा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनभने तँलाई तैँले मलाई गरेका सबै कुरामा पछुतो हुनेछ। तँलाई तेरो विद्रोहीपन र प्रतिरोधका लागि अफसोस महसुस हुनेछ, यहाँसम्म कि तँ अफसोस मान्दै भुइँमा घोप्टो पर्नेछस् र मसमक्ष ढलेर मविरुद्ध फेरि कहिल्यै विद्रोह नगर्ने कसम खानेछस्। तर, तैँले हृदयमा मलाई प्रेम मात्र गर्नेछस्, तैपनि मेरो आवाज कहिल्यै सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।

अब म चापलुसी गरेर मलाई फुस्ल्याउन प्रयास गर्ने तेरो भोगविलासी देहलाई हेरिरहेको छु, र मैले तँलाई सजाय “नदिए” पनि, तँलाई मेरो सानो चेतावनी मात्रै छ। मेरो काममा तँ कस्तो भूमिका खेल्छस् भनेर तैँले जान्नुपर्छ, र त्यसपछि म सन्तुष्ट हुनेछु। यसबाहेकका मामिलाहरूमा, यदि तँ मेरो प्रतिरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस्, वा म यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमी औँसाहरू एकअर्कालाई टोक्छौ, वा यदि तिमी कुकुरजस्ता प्राणीहरू द्वन्द्व गर्छौ वा एकअर्कालाई हिंसा गर्छौ भने—मलाई त्यो कुनै कुराको चासो छैन। तिमीहरूले तिमीहरू कस्ता प्रकारका चीज हौ भनेर मात्रै जान्नुपर्छ, र म सन्तुष्ट हुनेछु। यो सब कुराबाहेक, यदि तिमीहरू एकअर्कामाथि हतियार उठाउन वा एकअर्कासँग शब्दहरूले युद्ध गर्न चाहन्छौ भने, ठिकै छ; मलाई त्यस्ता कुराहरूमा हस्तक्षेप गर्ने कुनै चाहना छैन, र मानव मामिलाहरूको मसँग बिलकुलै सम्बन्ध छैन। मैले तिमीहरूबीचको द्वन्द्वबारे चासो नराख्ने भएकाले होइन, तर म तिमीहरूमध्ये एक भएकाले, म तिमीहरूबीचका मामिलाहरूमा सहभागी हुँदिनँ। म स्वयम्‌ कुनै सृजित प्राणी होइनँ र म संसारको होइनँ, त्यसैले म मानिसहरूको व्यस्त जीवन र तिनीहरूबीचको अस्तव्यस्त, अनुचित सम्बन्धहरूलाई घृणा गर्छु। म विशेष गरी कोलाहल भीडहरूलाई घृणा गर्छु। तर, मलाई प्रत्येक सृजित प्राणीको हृदयमा भएका अशुद्धताहरूको गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा पहिले, मानव हृदयको गहिराइमा रहेको अधार्मिकताका बारेमा मलाई थाहा थियो, र मलाई मानव हृदयमा भएका सबै छलीपन र कुटिलपन थाहा थियो। त्यसकारण, मानिसहरूले अधर्मी कामकुराहरू गर्दा तिनको कुनै नामोनिसान नभए पनि, मलाई तिमीहरूको हृदयमा रहेको अधार्मिकता मैले सृष्टि गरेका सबै कुराको प्रशस्तीभन्दा बढी छ भन्‍ने अझै मलाई थाहा छ। तिमीहरूमध्ये हरेक भीडहरूभन्दा माथि उठेर शिखरमा पुगेको छ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उन्नति गरेका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र तिमीहरू सजिलो ठाउँ खोज्दै र आफूभन्दा साना औँसाहरूलाई खाने स्वैरकल्पना गर्दै सबै औँसाको बीचमा उन्मत्त रूपमा दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा दुर्भावपूर्ण र छली छौ, र समुद्रको फेदमा डुबेका भूतहरूलाई उछिन्छौ। तिमीहरू गोबरको फेदमा बस्छौ अनि, माथिदेखि तलसम्मका औँसाहरूमा अशान्ति छाएर ती एक छिनका लागि एक अर्कासँग झगडा गरी त्यसपछि शान्त नहोऊञ्जेल तिनलाई बाधा दिन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तिमीहरू के प्राप्त गर्न सक्छौ? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय भएको भए, तिमीहरू मेरो पिठिउँपछाडि कसरी एक-अर्कासँग होडबाजी गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि, के तँ अझै पनि गोबरमा भएको गनाउने सानो किरा होइनस् र? के तँ पखेटा पलाउन र आकाशमा उड्ने ढुकुर बन्न सक्नेछस्? तिमी गनाउने साना किराहरू म यहोवाको वेदीबाट भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तिमीहरू आफ्नो बर्बाद, नष्ट भएको प्रतिष्ठालाई बचाउन र इस्राएलका चुनिएका मानिस बन्न सक्छौ? तिमीहरू निर्लज्ज नीच व्यक्ति हौ! वेदीमा भएका ती बलिहरू मानिसहरूद्वारा, मलाई चढाइएका, मेरो डर मान्नेहरूबाट स्नेहको चिनोका रूपमा थिए। ती मैले नियन्त्रण र प्रयोग गर्नका लागि हुन्, त्यसैले मानिसहरूले मलाई दिएका साना ढुकुरहरू तैँले सम्भवतः मबाट कसरी लुट्न सक्छस्? के तँ यहूदा बन्न डराउँदैनस्? के तँलाई तेरो जमिन रगतको मैदान बन्ला भनेर डर लाग्दैन? ए निर्लज्ज वस्तु! के तँलाई मानिसहरूले चढाएका ढुकुरहरू तँ औँसाको पेट भर्नका लागि हुन् भन्ने लाग्छ? मैले तँलाई जे दिएको छु त्यो म तँलाई दिन सन्तुष्ट र इच्छुक भएको कुरा हो; मैले तँलाई नदिएको कुरा मेरो अधिकारमा नै हुनुपर्छ। तैँले त्यतिकै मेरा भेटीहरू चोर्न पाउँदैनस्। काम गर्ने व्यक्ति म, यहोवा—सृष्टिकर्ता—हुँ, र मानिसहरू मेरै कारणले बलिहरू चढाउँछन्। के तँ यो तैँले गर्ने सबै दौडधुपको भरपाई हो भन्ठान्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसका लागि दौडधुप गर्छस्? के यो तेरै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ किन मेरो पैसाको थैलोबाट पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतीको छोरो होइनस् र? म यहोवालाई चढाइएका बलिहरू धर्मगुरुहरूले उपभोग गर्नुपर्छ। के तँ धर्मगुरु होस्? तँ दम्भका साथ मेरा बलिहरू खाने, र तिनलाई टेबलमा पस्कनेसमेत आँट गर्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन नीच व्यक्ति! मेरो आगो, यहोवाको आगोले तँलाई भस्म पार्नेछ!

अघिल्लो: विश्‍वासको बारेमा तँलाई के थाहा छ?

अर्को: देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्