अध्याय १०४

मभन्दा बाहिर रहेका सबै मानिस, घटना, अनि थोकहरू शून्यतामा जानेछन् भने, मभित्र रहेका सबै मानिस, घटना, र थोकहरूले मबाट सबै कुरा प्राप्त गर्नेछन् र मसँग महिमामा प्रवेश गर्नेछन्, सियोन डाँडामा प्रवेश गर्नेछन्, मेरो निवासमा प्रवेश गर्नेछन्, र मसँगै सदैव अस्तित्वमा रहनेछन्। मैले प्रारम्भमा सबै कुराको सृष्टि गरेँ, र अन्त्यमा म मेरो कार्यलाई पूरा गर्नेछु। म सधैँ अस्तित्वमा पनि रहनेछु र राजाको रूपमा शासन गर्नेछु। हस्तक्षेपको समयमा, म सम्पूर्ण ब्रम्हाण्डको नेतृत्व गर्ने र त्यसमाथि हुकुम चलाउने पनि गर्नेछु। मेरो अख्तियार मबाट कसैले लान सक्दैन, किनकी म परमेश्‍वर स्वयम्‌ हुँ। साथै, मसँग मेरो अख्तियार मेरा ज्येष्ठ पुत्रहरूलाई हस्तान्तरण गर्ने शक्ति छ ताकि तिनीहरूले मसँगै शासन गर्न सकून्। यी कुराहरू सधैँ अस्तित्वमा रहनेछन्, र कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। यो मेरो प्रशासनिक आदेश हो। (जब म मेरो प्रशासनिक आदेशको बारेमा कुरा गर्छु, मैले मेरो राज्यमा के हुन्छ र के सदैव अस्तित्वमा रहन्छ र कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन भन्ने कुरालाई सूचित गरिरहेको हुन्छु।) सबै जना पूर्ण हृदयबाटै विश्‍वस्त हुनुपर्छ, र तिनीहरूले मैले प्रेम गर्नेहरूमा मेरो महान् शक्तिलाई देख्नुपर्छ। मेरो नाम कसैले पनि बदनाम गर्न सक्दैन; जसले त्यसो गर्छ त्यो यहाँबाट बाहिरिनुपर्छ! म त्यति धेरै दयाहीन पनि होइन, तर तँ चाहिँ अधर्मी होस्। यदि तैले मेरो सजायलाई उल्लङ्घन गरिस् भने, म तेरो निराकरण गर्नेछु र अनन्तकालका लागि तँलाई नष्ट हुने बनाइदिन्छु। (पक्कै पनि, यो सबै मेरा ज्येष्ठ पुत्रबाहेक अरूतर्फ निर्देशित छ।) मेरो घरमा यस्तो फोहोरलाई स्वागत गरिँदैन, त्यसैले चाँडो गर् र यहाँबाट निस्की जा! एक मिनेट, वा एक क्षणका लागि पनि विलम्ब नगर्! मैले जे भन्छु तैँले त्यही गर्नुपर्छ, नत्र म एउटै शब्दले तेरो विनाश गर्नेछु। अझै पनि तँ नहिचकिचाउनु नै तेरो लागि राम्रो हुन्थ्यो, र अझै पनि छल गर्न नखोज्नु नै तेरो लागि राम्रो हुन्थ्यो। मेरो अगाडि, तँ नचाहिँदो कुरा बनाउँछस्, र मेरो मुखैमा झूट बोल्छस्। चाँडो गर् र निस्की! यस्ता कुराका लागि मसँग सीमित समय छ। (जब सेवा गर्ने समय हुन्छ, यी मानिसहरूले सेवा गर्नेछन्, र जब बाहिरिने समय हुन्छ, तिनीहरू बाहिरिनेछन्। म बुद्धि पुर्‍याएर काम गर्छु, समयभन्दा एक मिनेट वा एक सेकेन्ड पनि तलमाथि गर्दिन; कहिले पनि अलिकति तलमाथि हुँदैन। मेरा सबै कार्यहरू धर्मी र सटीक हुन्छन्।) तर जब मेरो ज्येष्ठ पुत्रहरूको कुरा आउँछ, म असीमित रूपमा सहिष्णु हुन्छु, र तेरो लागि मेरो प्रेम अनन्त छ, जसले तँलाई सदैव राम्रो आशिष्‌हरूको र मसँगको जीवनको आनन्द उठाउन सक्षम बनाउँछ। यही समयमा, तैँले कुनै पनि रोकावट सहनु पर्दैन वा, मेरो न्याय भोग्नु पर्दैन। (यसले तैँले आशिष्‌हरूको उपभोग गर्न थाल्‍ने समयलाई जनाउँछ।) मैले संसारको सृष्टि गर्दा मैले मेरा ज्येष्ठ पुत्रहरूका लागि दिएको अनन्त आशीर्वाद र प्रतिज्ञा हो। तिमीहरूले त्यसमा मेरो धार्मिकतालाई देख्‍नुपर्छ: मैले पूर्वनियुक्त गरेकाहरूलाई म प्रेम गर्छु, र मैले, त्यागेकाहरूलाई म सदासर्वदा घृणा गर्छु।

मेरा ज्येष्ठ पुत्रहरूका रूपमा, तिमीहरूले तेरा सबै कर्तव्यहरूलाई कायम राख्नुपर्छ र तिमीहरू आफ्नो पदमा बलियो भएर खडा हुनुपर्छ। मेरो अगाडि उठाइएका पहिलो पटक पाकेका फलहरू बन र मेरो व्यक्तिगत छानबिनलाई स्वीकार गर ताकि तिमीहरू मेरो महिमावान् छविमा जिउन सक, ताकि मेरो महिमाको ज्योति तिमीहरूको अनुहारबाट चम्किन सकोस्, ताकि मेरा वाणीहरू तिमीहरूको मुखबाट फैलिऊन्, ताकि मेरो राज्य तिमीहरूबाट शासित हुन सकोस्, ताकि मेरा मानिसहरू तिमीहरूबाट शासित हुन सकून्। यहाँ मैले “पहिलो पटक पाकेका फलहरू” का साथै “चुँडिएका” जस्ता शब्दावलीहरू उल्लेख गरेको छु। “पहिलो पाकेका फलहरू” भनेका के हुन्? मानिसहरूको धारणाअनुसार, तिनीहरूले यसलाई उठाइ लगिने पहिलो चरणका मानिसहरू वा विजेताहरू, वा ज्येष्ठ पुत्रहरू हुन् भन्‍ने सोच्छन्। यी सबै मेरा वचनहरूको मिथ्या र गलत अर्थानुवाद हुन्। पहिलो पटक पाकेका फलहरू मबाट प्रकाश प्राप्त गरेका र मबाट अख्तियार प्रदान गरिएका मानिसहरू हुन्। “पहिलो पटक पाकेका” भन्‍ने शब्दावलीले, मेरो स्वामित्वमा रहेको, र मबाट पूर्वनियुक्त र छनौट भएकालाई जनाउँछ। “पहिलो पटक पाकेका” भन्नाले “क्रममा पहिलो हुनु” भन्ने जनाउँदैन। “पहिलो पटक पाकेका” मानव आँखाले देख्‍ने भौतिक कुराहरू होइनन्। यी तथाकथित “फलहरू” ले सुवास फैलाउने कुराहरूलाई जनाउँछन् (यो साङ्केतिक अर्थ हो); अर्थात्, ममा जिउने, ममा प्रकट हुने, र सदैव मसँगै जिउने मानिसहरूलाई जनाउँछ। जब म “फलहरू” को बारेमा कुरा गर्छु, म मेरा सबै पुत्र तथा मानिसहरूलाई उल्‍लेख गरिरहेको हुन्छु भने, “पहिलो पटक पाकेका फलहरू” ले मसँगै राजाको रूपमा शासन गर्ने मेरा ज्येष्ठ पुत्रहरूलाई जनाउँछ। तसर्थ, “पहिलो पटक पाकेका” लाई अख्तियार भएकाहरूको रूपमा व्याख्या गरिनुपर्छ; यसको वास्तविक अर्थ नै त्यही हो। “उठाइलगिनु” भनेको मानिसहरूले कल्पना गरेका जस्तो तल्लो स्थानबाट माथिल्लो स्थानमा लगिनु होइन; त्यो एउटा ठूलो भ्रम हो। “उठाइलगिनु” ले मैले गर्ने पूर्वनियुक्तिलाई र त्यसपछि छनौटलाई बुझाउँछ। यो मैले पूर्वनियुक्त र चुनाउ गरेको सबैमा निर्देशित हुन्छ। उठाइलगिने सबै जना ती मानिसहरू जसले ज्येष्ठ छोरा वा छोराहरूको दर्जा पाएका छन्, वा जो परमेश्‍वरका मानिसहरू हुन्। यो मानिसहरूको धारणासँग सबैभन्दा नमिल्‍ने कुरा हो। भविष्यमा मसँग मेरो घरमा बस्ने तिनीहरू नै हुन् जो मेरो सामने उठाइलगिएका छन्। यो पूर्ण, कहिल्यै परिवर्तन नहुने र खण्डन गर्न नसकिने सत्य हो। यो शैतानको विरुद्ध जबाफी हमला हो। मैले पूर्वनियुक्त गरेको जो कोही पनि मेरो अघि उठाइलगिनेछ।

“पवित्र तुरही” लाई कसरी व्याख्या गर्ने? यसको विषयमा तिमीहरूको बुझाइ के छ? यसलाई किन पवित्र र पहिले नै बजाइसकिएको छ भनेर भनिएको हो? यसलाई मेरो कार्यका चरणहरूबाट व्याख्या गरिनुपर्छ र मैले काम गर्ने विधिबाट बुझिनुपर्छ। मेरो न्याय सार्वजनिक रूपमा घोषणा हुने समय नै मेरो स्वभाव सबै राष्ट्र र मानिसहरूलाई खुलासा गरिने समय हो। पवित्र तुरही बजाइने समय त्यही हो। अर्थात्, म मेरो स्वभाव पवित्र र उल्लङ्घन गर्न नसकिने छ भनेर प्रायजसो भन्छु, त्यही कारणले “तुरही” लाई व्याख्या गर्न “पवित्र” शब्दको प्रयोग गरिएको हो। यसबाट “तुरही” ले मेरो स्वभाव र म के हुँ र मसँग के छ भन्ने कुरालाई जनाउँछ। मेरो न्याय प्रत्येक दिन प्रगतिमा छ, मेरो क्रोध प्रत्येक दिन जारी गरिन्छ, र मेरो श्राप दैनिक रूपमा मेरो स्वभावसँग मेल नखाने प्रत्येक कुराउपर पर्छ भनेर पनि भन्न सकिन्छ। त्यसोभए मेरो न्याय सुरु हुने समयमा तुरही बजाइन्छ, र यो प्रत्येक दिन, एकछिन पनि नबिराइ र एक मिनेट वा एक सेकेन्ड पनि नरोकी निरन्तर बज्छ भनेर भन्न सकिन्छ। अब उप्रान्त, पवित्र तुरहीको आवाज ठूलो-ठूलो हुँदै जान्छ, जस सँगसँगै महान् विपत्तिहरू पनि बिस्तारै झर्दै जान्छन्। अर्को शब्दमा, मेरो धर्मी न्यायको खुलासा हुँदै गर्दा, मेरो स्वभावलाई थप सार्वजनिक बनाइनेछ, र मे जे हुँ र मसँग जे छ ती मेरा ज्येष्ठ पुत्रहरूमा झनै थपिँदै जानेछ। भविष्यमा म यसरी नै काम गर्नेछु: एकातिर, मैले प्रेम गर्नेहरूलाई भरणपोषण गर्ने र मुक्ति दिने, अर्कोतिर, मैले घृणा गर्नेहरूलाई खुलासा गर्न मेरा वचनहरूको प्रयोग गर्ने। याद राख! मेरो कार्यको विधि, मेरो कार्यको चरण यही हो, जुन एकदमै सत्य छ। मैले यसको योजना सृष्टिको समयदेखि गर्दै आएको हुँ, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन।

मेरा वचनहरूका अझै धेरै खण्डहरू छन् जुन मानिसहरूलाई बुझ्न गाह्रो पर्छ, त्यसैले मैले मेरा बोल्ने शैली र रहस्यहरू खुलासा गर्ने मेरो विधिहरूलाई थप सुधार गरेको छु। अर्थात्, दैनिक नयाँ तरिका र विधिहरूसहित, मेरो बोल्ने शैली प्रत्येक दिनसँगै परिवर्तन र सुधार हुँदैछ। यी मेरो कार्यका चरणहरू हुन्, र यिनलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। मानिसहरूले म जे भन्छु त्यसअनुसार मात्रै बोल्न र कार्य गर्न सक्छन्। यो एकदमै साँचो कुरा हो। मैले मेरो व्यक्ति र मेरो देह दुवैमा उपयुक्त प्रबन्ध मिलाएको छु। मेरो मानवताको प्रत्येक कार्य र क्रियाबाट मेरो ईश्‍वरत्वको बुद्धिको एक हिस्सा आउँछ। (मानवजातिसँग बिलकुलै कुनै पनि बुद्धि नभएको हुनाले, मेरा ज्येष्ठ पुत्रहरूसँग मेरो बुद्धि छ भन्नुले तिनीहरूसँग तिनीहरूभित्र मेरो ईश्वरीय स्वभाव छ भन्ने तथ्यलाई जनाउँछ।) जब मेरा ज्येष्ठ पुत्रहरूले कुनै मूर्खतापूर्ण काम गर्छन्, यसको कारण भनेको तिमीहरूभित्र अझै पनि मानव पक्षहरू भएर हो। त्यसैले, तैँले त्यस्तो मानव मूर्खताबाट छुटकारा पाउनुपर्छ, र म जे कुरालाई प्रेम गर्छु त्यो गर्नुपर्छ र जे कुरालाई म घृणा गर्छु त्यसलाई नकार्नुपर्छ। मबाट आउने जोकोही पनि मभित्र फर्किनुपर्छ, र मबाट जन्मेका जोकोही पनि मेरो महिमाभित्र फर्किनुपर्छ। मैले घृणा गर्नेहरूलाई एक-एक गरी मबाट बहिष्कार र छुटाइनुपर्छ। मेरो कार्यका चरणहरू यिनै हुन्; यो मेरो व्यवस्थापन हो र यो मेरो छ हजार वर्षको सृष्टिको योजना हो। मैले प्रेम गर्नेहरूले, मैले तिनीहरूलाई प्रदान गरेको आशीर्वादका कारण, मेरो प्रशंसा गर्नुपर्छ, ताकि मेरो नाम अझै महिमासहित ठूलो होस्, र मेरो महिमावान् छविमा महिमावान् ज्योति थपियोस्, ताकि मेरो महिमामा तिनीहरू मेरो बुद्धिले भरिपूर्ण होऊन्, र मेरो महिमावान् ज्योतिमा मेरो नामलाई महिमित गरून्!

अघिल्लो: अध्याय १०३

अर्को: अध्याय १०५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्