अध्याय ९

म तँलाई के स्मरण गराउन चाहन्छु भने, मेरा वचनहरूको सम्बन्धमा तँ अलिकति पनि झाराटारुवा वा लापरवाह हुनु हुँदैन; तैँले ध्यान दिन र आज्ञापालन गर्न, साथै मेरा अभिप्रायहरूअनुसार कार्य गर्न जरुरी छ। तँ सधैँ चनाखो हुनुपर्छ, र तँमा कहिल्यै घमण्डी वा आत्म-धर्मी स्वभाव हुनु हुँदैन; र आफूभित्र रहेका पुराना, प्राकृतिक स्वभावहरू फाल्नका लागि तँ जहिले पनि ममा भर पर्नुपर्छ। तैँले मेरो अगाडि सधैँ सामान्य अवस्था कायम राख्न सक्नुपर्छ, र तँमा स्थिर स्वभाव हुनुपर्छ। तेरो सोचाइ संयमित र स्पष्ट हुनैपर्छ, र कुनै पनि व्यक्ति, घटना, वा कामकुराद्वारा बाँधिनु वा डगमगाइनु हुँदैन। तँ मेरो उपस्थितिमा सधैँ शान्त रहन सक्‍नुपर्छ, अनि तैँले लगातार र निरन्तर मेरो नजिक आउनुपर्छ र मसँग सङ्गति गर्नुपर्छ। तैँले शक्ति र दृढता देखाउनैपर्छ, र तँ मप्रतिको गवाहीमा दृढ रहनैपर्छ; खडा हो अनि मेरो पक्षमा बोल्, र अरू मानिसले के भन्लान् भनेर नडरा। बस मेरा अभिप्रायहरू पूरा गर्, र कसैलाई पनि आफूलाई नियन्त्रित गर्न नदे। मैले तँलाई प्रकाश गर्ने कुरा मेरा अभिप्रायहरूअनुसार पछ्याइनैपर्छ, र त्यसमा ढिलाइ गरिनु हुँदैन। तँलाई अन्तस्करणमा कस्तो महसुस हुन्छ? के तँलाई असहज महसुस हुन्छ? तँ यसबारे प्रस्ट हुनेछस्। तँ किन खडा भएर मेरो पक्षमा बोल्न र मेरो बोझलाई ख्याल गर्न सक्दैनस्? तँ आफ्नै स-साना चालहरू चाल्न जिद्दी गर्छस्, तर म सबै कुरा स्पष्टसँग देख्छु। म तेरो टेको र ढाल हुँ, र सबै कुरा मेरो हातमा छ। त्यसोभए, तँ केसँग डराउँछस्? के तँ अति नै भावुक भइरहेको छैनस् र? तैँले जतिसक्दो चाँडो तेरा सबै भावना फाल्नुपर्छ; म भावनाका आधारमा काम गर्दिनँ, बरु धार्मिकता अभ्यास गर्छु। यदि कसैले मण्डलीलाई फाइदा नहुने कुनै कार्य गर्छ भने, ती तेरा आमाबुबा नै भए पनि, त्यो अस्वीकार्य हुन्छ! मेरा अभिप्रायहरू तँसमक्ष प्रकाश गरिएका छन्, र तैँले तिनलाई बेवास्ता गर्नै मिल्दैन। बरु, तैँले तीमाथि अति धेरै ध्यान दिनैपर्छ। पूर्ण हृदयले पछ्याउनका लागि अरू सबै कुरालाई पाखा लगा—म तँलाई सुरक्षा दिनेछु र सधैँ मेरो हातमा राख्नेछु। सधैँ कायर बनेर तेरो श्रीमान् वा श्रीमतीको बन्धनमा पर्ने नगर्; तैँले मेरो इच्छा लागू हुन दिनैपर्छ।

विश्‍वास गर्! विश्‍वास गर्! म तेरो सर्वशक्तिमान् हुँ। सायद यसबारे तँसँग केही प्रस्ट ज्ञान होला, तर तँ अझै पनि चनाखो हुनैपर्छ। मण्डली, मेरो इच्छा, र मेरो व्यवस्थापनका खातिर, तँ पूर्ण रूपमा अर्पित हुनैपर्छ; सबै रहस्य तथा परिणाम तँलाई प्रस्ट पारिनेछन्। थप ढिलाइ हुनेछैन; दिनहरू अन्त्य हुँदैछन्। तैँले के गर्नुपर्छ? जीवनमा हुर्किनु र परिपक्व हुनुको पछि कसरी लाग्ने, कसरी आफूलाई अझै चाँडो मेरो प्रयोगको योग्य बनाउने, मेरो इच्छाको पूर्ति कसरी सुनिश्‍चित गर्ने—तैँले यी विषयहरूलाई ध्यानपूर्वक मनन गर्न र मसँग अझ गहिरो सङ्गति गर्न जरुरी छ। ममा भर पर्, ममा विश्‍वास गर्, कहिल्यै लापरवाह नबन्, र मेरो मार्गदर्शनअनुरूप कामकुरा सम्हाल्न सक्‍ने बन्। तँ सत्यताले पूर्ण रूपमा सुसज्जित हुनैपर्छ, र तैँले अझ बारम्बार त्यो खाने-पिउने गर्नुपर्छ। तैँले हरेक सत्यतालाई व्यवहारमा लागू गर्नैपर्छ, त्यसपछि मात्र तँसित प्रस्ट बुझाइ हुनेछ।

के अब तँलाई आफूसँग पर्याप्त समय नभएको महसुस हुन्छ? के तँलाई अब आफ्नो बोझ निकै भारी भएझैँ गरी भित्री रूपमा पनि फरक महसुस हुन्छ? मेरा अभिप्रायहरू तँप्रति नै छन्; तेरो दिमाग स्पष्ट हुनैपर्छ, तँ तीबाट उम्कनु हुँदैन। तिमीहरू सधैँ मसँग जोडिएर रहनुपर्छ, निरन्तर मसँग नजिकिनुपर्छ, मसँग सङ्गति गर्नुपर्छ, मेरो हृदयलाई ख्याल गर्नुपर्छ, र अरूसँगको सहकार्यमा सेवा गर्न सक्षम हुनुपर्छ, ताकि मेरा अभिप्रायहरू तिमीहरूसामु सधैँ प्रकट होऊन्। सधैँ राम्ररी ध्यान दे! राम्ररी ध्यान! अलिकति पनि ढिलासुस्ती नगर्; त्यो तेरो कर्तव्य हो, र मेरो काम त्यहीभित्र रहन्छ!

यस बिन्दुमा, तैँले थोरै बुझाइ प्राप्त गरेको होलास्, र यो निकै अद्भुत रहेछ भनेर महसुस गर्लास्। विगतमा तँलाई केही शङ्का लागेको थियो, र यो पूर्ण रूपमा मानव धारणा, विचार र अवधारणाहरूभन्दा फरक छ भनेर सधैँ लागिरहन्थ्यो, तर अब तैँले आधारभूत रूपमा बुझिसकेको छस्। यो मेरो आश्‍चर्यजनक काम हो, र यो परमेश्‍वरको आश्‍चर्यजनक काम पनि हो; तँ पूर्ण रूपमा ब्युँझिएको र पर्खिरहेको हुनुपर्छ, र यसैमा हिँड्नुपर्छ। समय मेरै हातमा छ; यसलाई खेर नफाल, र एक छिन पनि ढिलासुस्ती नगर्; समय खेर फाल्दा मेरो काममा ढिलाइ हुन्छ र यसले गर्दा तँभित्र मेरो इच्छामाथि बाधा पुग्छ। तैँले बारम्बार मनन गर्नुपर्छ र मसँग सङ्गति गर्नुपर्छ। तैँले तेरा सबै कार्य, गतिविधि, सोच, र विचारहरू, साथै तेरो परिवार, तेरो श्रीमान्, तेरा छोराछोरीलाई मसमक्ष ल्याउनुपर्छ। आफ्ना कार्यहरूमा आफैमाथि भर नपर्, नत्र म रिसाउनेछु, र तैँले ठूलो घाटा भोग्नेछस्।

जहिले पनि आफ्ना कदमहरूलाई सीमित गर्, र निरन्तर मेरा वचनहरूभित्र नै हिँड्। तँसँग मेरो बुद्धि हुनैपर्छ। कुनै कठिनाइ आइपर्‍यो भने, मेरो अगाडि आइज, अनि म तँलाई मार्गनिर्देशन दिनेछु। जथाभावी कार्य गर्ने र स्वेच्छाचारी रूपमा सङ्गति गर्ने नगर्। त्यसले तेरो जीवनलाई फाइदा गर्दैन, किनभने तँसँग ज्ञानको कमी छ र तँ असल र खराब वचनहरूबीच भिन्नता छुट्याउन सक्दैनस्। जब तँलाई हानि पुग्छ, तँ खराब अवस्थामा हुन्छस्, र तँसँग पवित्र आत्माको उपस्थिति हुँदैन, तब मात्र तँ यो कुरा बुझ्छस्, तर त्यति बेलासम्म निकै ढिलो भइसकेको हुन्छ। अब समय निकै कम छ, त्यसैले तँ जीवनको दौडमा अलिकति पनि पछि पर्नु हुँदैन; तैँले मेरा पदचापहरू नजिकबाट पछ्याउनैपर्छ। कुनै पनि कठिनाइ उत्पन्न हुँदा, मसँग नजिकिएर बारम्बार मनन गर्, र प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्। यदि तैँले यो मार्ग समात्न सकिस् भने, यसले तेरो अगाडिको प्रवेशलाई सहज बनाउनेछ।

मेरा वचनहरू तँप्रति मात्रै लक्षित छैनन्; मण्डलीमा रहेका सबै जनामा फरक-फरक रूपमा कमी छ। तिमीहरूले अझ बढी सङ्गति गर्नुपर्छ, आफ्नै आत्मिक भक्तिको समयमा आत्मनिर्भर रूपमा खान र पिउन सक्‍नुपर्छ, साथै मुख्य सत्यताहरूलाई समात्न र तुरुन्तै व्यवहारमा लागु गर्न सक्नुपर्छ। तैँले मेरो वचनको वास्तविकता अनुभूत गर्नुपर्छ, अनि यसको चुरो कुरा र यसका सिद्धान्तहरू समात्नुपर्छ र आफ्नो पकड खुकुलो पार्नु हुँदैन। सधैँ मनन गर्, र मसँग सङ्गति गर्, अनि बिस्तारै कामकुराहरू प्रकट हुनेछन्। तँ केही बेरका लागि परमेश्‍वरको नजिक आउने अनि, त्यसपछि, उहाँको अगाडि तेरो हृदय शान्त हुन नपाउँदै, आफूलाई अरू केही आइपर्नेबित्तिकै बाधामा पर्ने गर्नु हुँदैन। तँ कामकुराहरूबारे सधैँ अन्योलग्रस्त र अस्पष्ट हुन्छस्, र मेरो अनुहार देख्न सक्दैनस्; त्यसैले, तँ मेरो हृदयबारे स्पष्ट बुझाइ प्राप्त गर्न सक्दैनस्—र तैँले यो अलिकति बुझ्न सकिस् भने पनि, तँ अनिश्‍चित हुन्छस् र अझै पनि शङ्का गर्छस्। जब तेरो हृदय पूर्ण रूपमा मेरो स्वामित्वमा हुन्छ, र तेरो मन उप्रान्त कुनै सांसारिक कुराहरूको बाधामा पर्दैन र तँ स्पष्ट मनले शान्त भएर प्रतीक्षा गर्न सक्छस्, तब मात्र म मेरा अभिप्रायहरूअनुसार एक-एक गर्दै बिस्तारै-बिस्तारै तिमीहरूसामु कामकुराहरू प्रकट गर्नेछु। तिमीहरूले मसँग नजिक हुने यो मार्ग बुझ्नैपर्छ। तँलाई जसले हिर्काए पनि वा सरापे पनि, वा तँलाई मानिसहरूले दिन प्रस्ताव गर्ने कुराहरू जतिसुकै राम्रा भए पनि, यदि ती कुराले तँलाई परमेश्‍वरको नजिक आउनबाट रोक्छन् भने ती अस्वीकार्य हुन्छन्; यसरी, तेरो हृदय मेरो पकडमा हुनेछ, र त्यसले मेरो साथ कहिल्यै छोड्नेछैन। यसरी मेरो नजिक आएर र यस प्रकारको सङ्गतिमा संलग्न भएर, तेरा आमाबाबु, श्रीमान्, बालबच्चा, अन्य पारिवारिक सम्पर्क, र सांसारिक उल्झनहरू बगेर जानेछन्, तैँले हृदयमा सधैँ लगभग अवर्णनीय मिठासको आनन्द प्राप्त गर्नेछस्, र तैँले महकिलो र मीठो स्वाद चाख्नेछस्—तँ मबाट साँच्चिकै अविभाज्य हुनेछस्। यदि तिमीहरू यसरी अघि बढिरह्यौ भने, तिमीहरूले मेरो हृदयको कुरा बुझ्नेछौ। निरन्तर अघि बढिरहँदा, तिमीहरूले आफ्नो बाटो कहिल्यै बिराउनेछैनौ, किनकि म नै तिमीहरूको मार्ग हुँ, र सबथोक मेरै कारणले अस्तित्वमा छ। तिमीहरूको जीवन कति परिपक्‍व बन्नेछ, तिमीहरू कहिले संसारबाट टाढा जान सक्‍नेछौ, तिमीहरू कहिले आफ्‍ना भावनाहरू फाल्न सक्‍नेछौ, तिमीहरू कहिले आफ्‍नो श्रीमान् र बालबच्चालाई छोड्न सक्‍नेछौ, र तिमीहरूको जीवन कहिले परिपक्व हुनेछ … यी सबै कुरा मेरो समयअनुसार हुनेछन्। बेचैन हुनुको कुनै काम छैन।

तैँले सकारात्मक कोणबाट प्रवेश लिनैपर्छ। यदि तँ निष्क्रिय भएर पर्खन्छस् भने, तँ अझै पनि नकारात्मक नै भइरहेको हुन्छस्। तँ मसँगको सहकार्यमा सक्रिय हुनैपर्छ; परिश्रमी हुनैपर्छ, र अल्छी हुनै हुँदैन। सधैँ मसँग सङ्गति गर् र मसँग अझ गहन घनिष्ठता हासिल गर्। यदि तँ बुझ्दैनस् भने, शीघ्र परिणामहरूका लागि अधीर नबन्। म तँलाई बताउनेछैन भन्‍ने होइन; कुरा के हो भने, तँ मेरो उपस्थितिमा ममा निर्भर हुन्छस् कि हुँदैनस्, र ममा भर पर्नका लागि तँमा विश्वास छ कि छैन भनेर म हेर्न चाहन्छु। तँ सधैँ मेरो नजिक आउनैपर्छ, र सबै कुरा मेरो हातमा छोड्नैपर्छ। व्यर्थमा पछाडि नहट्। तँ केही समयका लागि यसरी मेरो नजिक आइस् भने, तैँले थाहा पाउनुअघि नै मेरा अभिप्रायहरू तँसामु प्रकट हुनेछन्। यदि तैँले ती बोध गरिस् भने, तँ वास्तवमै मेरो आमनेसामने आएको हुनेछस्—तैँले वास्तवमै मेरो अनुहार भेट्टाएको हुनेछस्। भित्री रूपमा, तँसँग उल्लेखनीय स्पष्टता र स्थिरता हुनेछ, र तँसँग निर्भर हुनका लागि केही कुरा, साथै शक्ति, आस्था र अगाडि हिँड्ने मार्ग हुनेछ। तेरा लागि सबै कुरा सहज हुनेछन्।

अघिल्लो: अध्याय ८

अर्को: अध्याय १०

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्