अध्याय ९७

म प्रत्येक मानिसलाई मेरो आश्‍चर्यजनक कार्य देखाउनेछु र मेरा बुद्धिमानी वचनहरू सुनाउनेछु। यसमा प्रत्येक मानिस समावेश हुनुपर्छ, र यो प्रत्येक कुरा मार्फत हुनुपर्छ। यो मेरो प्रशासनिक आदेश हो, र यो मेरो क्रोध हो। म प्रत्येक मानिस र मामलालाई छुनेछु ताकि ब्रह्माण्डमा जताततै र पृथ्वीको कुनाहरूसम्म भएका सबै मानिसहरूले आफ्नै आँखाले हेर्नेछन्; यो हासिल नहुँदासम्म म कहिल्यै रोकिनेछैन। मेरो क्रोधलाई अलिकति पनि बाँकी नराखी पूर्ण रूपमा पोखिएको छ। यो नाम स्वीकार गर्ने प्रत्येक मानिसप्रति यो लक्षित छ (यसलाई चाँडै संसारका सबै राष्ट्रहरूमाथि खन्याइनेछ)। र मेरो क्रोध भनेको के हो? यो कति गम्भीर छ? मेरो क्रोध कस्तो प्रकारका मानिसहरूमाथि खनिन्छ? अधिकतर मानिसहरूले क्रोध भनेको रिसको सबैभन्दा गम्भीर स्तर हो भन्ने सोच्छन्, तर यसले पूर्ण रूपमा व्याख्या गर्दैन। मेरो क्रोध र मेरा प्रशासनिक आदेशहरू दुई अभिन्न पक्षहरू हुन्; जब म मेरा प्रशासनिक आदेशहरू लागू गर्छु, त्यसलगत्तै क्रोध आउँछ। त्यसोभए क्रोध भनेको ठ्याक्कै के हो त? क्रोध मैले मानिसहरूलाई दिने न्यायको स्तर हो र यो मेरा प्रशासनिक आदेशहरू मध्येको कुनै पनि आदेश लागू गर्दा मैले प्रयोग गर्ने सिद्धान्त हो। मेरो आदेशहरूको उल्लङ्घन गर्नेलाई, उल्लङ्घनको स्तर अनुसार नै मेरो क्रोधको मात्रा पनि हुनेछ। जब मेरो क्रोध उपस्थित हुन्छ, तब मेरा प्रशासनिक आदेशहरू पनि उपस्थित रहन्छन् वा मेरा प्रशासनिक आदेशहरू उपस्थित हुँदा मेरो क्रोध पनि उपस्थित हुन्छ भन्ने कुरा निश्‍चित छ। मेरा प्रशासनिक आदेशहरू र मेरो क्रोध मिलेर अविभाज्य पूर्ण बन्छन्। यो न्यायहरूमध्येको सबैभन्दा गम्भीर न्याय हो, जसलाई कसैले पनि उल्लङ्घन गर्न सक्दैन। सबै मानिसहरूले यसलाई पालना गर्नुपर्छ, अन्यथा तिनीहरू मेरा हातबाट हुने प्रहारबाट सजिलै बच्न सक्दैनन्। युगौँसम्म मानिसहरूलाई यसको विषयमा कहिल्यै थाहा भएन (महान् विपत्तिहरूले निम्त्याएका पीडा भोग्ने केही मानिसहरू भए तापनि, तिनीहरूलाई अझै पनि थाहा थिएन; यद्यपि, यो प्रशासनिक आदेशको कार्यान्वयन मुख्य रूपमा अब सुरु हुन्छ), तर आज म तिमीहरूलाई सबै खुलासा गर्छु, ताकि तिमीहरू उल्लङ्घन गर्नबाट जोगिन सक।

सबै मानिसहरूले मेरो आवाज सुन्नुपर्छ र मेरा वचनहरूमा विश्‍वास गर्नुपर्छ। अन्यथा, म कार्य गर्नेछैन, न कुनै काम नै गर्नेछु। मेरो प्रत्येक वचन र कार्यहरू तिमीहरूले पछ्याउनुपर्ने उदाहरणहरू हुन्; ती तिमीहरूका आदर्श हुन् र तिमीहरूले पछ्याउनुपर्ने नमूना हुन्। म देहधारी बन्‍नुको कारण भनेको तिमीहरूले म जे हुँ र मेरा मानवतामा मसँग जे छ त्यो देख्न सक भनेर हो। भविष्यमा, म तिमीहरूलाई म जे हुँ र मेरो ईश्‍वरत्वमा मसँग जे छ त्यो देखाउनेछु। यही तरिकाले कुराहरू चरणबद्ध रूपमा अघि बढ्नुपर्छ। अन्यथा, मानिसहरूले यसलाई बुझ्न सक्नेछैनन्, र तिनीहरूसँग मेरो बारेमा कुनै ज्ञान हुनेछैन। बरु, तिनीहरू अस्पष्ट र अव्यक्त दर्शनका लागि मात्रै सक्षम हुनेछन्, र तिनीहरू मेरो बारेमा स्पष्ट बुझाइ प्राप्त गर्न असमर्थ हुनेछन्। मेरो वचनहरूले मेरो व्यक्तित्व तिमीहरूको अगाडि पूर्ण रूपमा देखा परेको छ भन्ने कुरा देखाएको छ, तर पनि मानिसहरू मेरा वचनहरू सुन्छन् र अझै पनि मलाई चिन्दैनन्—यसको एक मात्र कारण तिनीहरू मूर्ख र अज्ञानी भएकोले हो। अहिले म देहधारी भएको भए पनि, मानिसहरूले अझै मेरो विरोध गर्छन्, तसर्थ यो दुष्ट र चरित्रहीन पुरानो युगलाई सजाय दिन र शैतान र दियाबलसलाई एकदमै लज्जित बनाउनका लागि म मेरो क्रोध र प्रशासनिक आदेशहरूको प्रयोग गर्छु। यो नै एक मात्र तरिका हो; मानवजातिको गन्तव्य यही हो, र मानवजातिलाई प्रतीक्षा गरिरहेको अन्त्य यही हो। यसको प्रतिफल पूर्वविदित परिणाम हो जसलाई कसैले परिवर्तन गर्न वा बोलेर पार लगाउन सक्दैन। अन्तिम निर्णय गर्ने म मात्रै हुँ; यो मेरो व्यवस्थापन र मेरो योजना हो। मानिसहरूले सबै कुरामा विश्‍वास गर्नुपर्छ र हृदय र बोलीमा विश्‍वस्त हुनुपर्छ। यो जीवनमा सौभाग्य हासिल गर्नेहरूले सम्पूर्ण अनन्तकालसम्म दुःख पाउनेछन् भने, यो जीवनमा दुःख भोग्नेहरूले सम्पूर्ण अनन्तकालसम्म सुखी हुनेछन्—यो कुरालाई मैले पूर्वनिश्‍चित गरेको छु, र यसलाई कसैले परिवर्तन गर्न सक्दैन। मेरो हृदयलाई परिवर्तन गर्न सक्‍ने कोही छैनन्, र मेरा वचनहरूमा एक वचन पनि थप्न सक्ने कोही छैनन्, र मेरो एउटा पनि वचनलाई मनोमानी रूपमा हटाउन त झनै तिनीहरूलाई अनुमति नै छैन; यदि कसैले यसको उल्लङ्घन गरेमा, म तिनीहरूलाई पक्कै सजाय दिनेछु।

मेरा रहस्यहरू तिमीहरूका लागि दैनिक रूपमा खुलासा हुन्छन्—के तिमीहरू यी रहस्यहरूलाई वास्तवमै बुझ्छौ? के तँ यसबारेमा साँच्चै निश्‍चित छस्? जब तँलाई शैतानले धोका दिइरहेको हुन्छ, के त्यति बेला तैँले त्यो थाहा पाउन सक्छस्? यो कुरा जीवनमा तिमीहरूको कद अनुसार निर्धारण हुन्छ। सबै कुराहरू मबाट पूर्वनिश्‍चित भएका हुन्छन् भनेर मैले भनेको हुँदाहुँदै पनि, मेरो ज्येष्ठ पुत्रहरूलाई सिद्ध बनाउन मैले किन व्यक्तिगत रूपमा देहधारण गरेँ? साथै, मानिसहरूले अनावश्यक भनेर सोच्ने यति धेरै काम मैले किन गरेँ? के अन्योलग्रस्त भएको म नै हुँ? यो कुरा याद राख्! मैले गर्ने सबै कुरा मेरा ज्येष्ठ पुत्रहरूलाई प्राप्त गर्नका लागि मात्रै होइनन्, बरु सबैभन्दा महत्त्वपूर्ण कुरा, शैतानलाई लज्जित बनाउनका लागि हो। शैतानले मेरो अवज्ञा गरे तापनि, मसँग यसका सन्ततिहरूलाई यसैका विरुद्ध विद्रोह गर्ने र मेरो प्रशंसा गर्ने बनाउने शक्ति छ। साथै, मैले यो सबै गर्नुको कारण भनेको मेरो कामको अर्को चरण सहज रूपमा अगाडि बढोस् भन्नका लागि हो, र सम्पूर्ण संसारले मेरो जयकार र प्रशंसा गर्नेछ र सास फेर्ने सबै कुराहरूले मेरो अगाडि घुँडा टेक्नेछन् र मेरो महिमा गाउनेछन् भनेर हो; त्यो दिन वास्तवमै महिमाको दिन हुनेछ। सबै कुरा मेरै हातमा छन्, र जब सात बिजुली चम्किन्छन्, कहिल्यै परिवर्तन नहुने गरी सबै कुराहरू पूर्ण रूपमा समापन भएको हुनेछ, सबै कुरा स्थायी हुनेछ। त्यो बिन्दुदेखि, नयाँ स्वर्ग र पृथ्वीको नयाँ जीवनमा प्रवेश गरिनेछ, र राज्यको जीवनको सुरुवात हुनेछ। तर राज्यमा कस्तो हुन्छ? मानिसहरूले यसलाई सजिलै बुझ्न सक्दैनन् (किनभने यसभन्दा अघि कसैले पनि राज्यको जीवनको स्वाद लिन पाएको छैन, त्यसैले यसलाई मानिसहरूको मनमा कल्पना र तिनीहरूको हृदयमा विचार मात्रै गरिएको छ)। मण्डलीको जीवनबाट, वर्तमान स्थितिबाट भविष्यको स्थितिमा परिवर्तन हुने राज्यको जीवनमा परिवर्तन हुँदा, यो समयमा धेरै कुराहरू हुनेछन् जसका बारेमा मानिसहरूले पहिले कहिल्यै कल्पना गरेका छैनन्। राज्यको जीवनमा प्रवेश गर्ने पूर्ववर्ती स्थिति मण्डलीको जीवन हो, त्यसैले राज्यको जीवनको उदय हुनुभन्दा पहिले, म मण्डलीको जीवनलाई सुदृढ बनाउन कुनै कसर बाँकी राख्नेछैन। मण्डलीको जीवन भनेको के हो? यो यस्तो हो: मेरा ज्येष्ठ पुत्रहरूसहित सबै जनाले खान्छन्, पिउँछन् र मेरा वचनहरूको आनन्द उठाउँछन् र मलाई चिन्छन्, त्यसरी मेरो दहन र शुद्धीकरण प्राप्त गरिरहेका हुन्छन्, ताकि तिनीहरूले मेरो प्रशासनिक आदेशहरू, न्याय र क्रोधलाई बुझ्न सक्नेछन्, र राज्यको जीवनमा उल्लङ्घन गर्नबाट जोगिन सक्नेछन्। र “राज्यको जीवन” भनेको के हो? राज्यको जीवन भनेको सबै मानिस र राष्ट्रहरू उपर शासन गर्दै मेरा ज्येष्ठ पुत्रहरू मसँगै राजाहरूको रूपमा शासन गर्ने स्थान हो (म र मेरा ज्येष्ठ पुत्रहरूले मात्रै राज्यको जीवनको आनन्द उठाउन सक्छौं।) सबै राष्ट्र र मानिसहरूबीच रहेका मेरा पुत्र र मानिसहरू राज्यमा प्रवेश गर्ने भए पनि, तिनीहरूले राज्यको जीवनको आनन्द उठाउन सक्दैनन्। राज्यको जीवनको आनन्द आत्मिक संसारमा प्रवेश गर्नेहरूले मात्रै उठाउन सक्छन्। त्यसैले मेरा ज्येष्ठ पुत्रहरू र म मात्रै शरीरमा जिउन सक्छौं भने, मेरा पुत्र र मानिसहरूले देहमा जिउने कामलाई नै निरन्तरता दिन्छन्। (तर यो शैतानले भ्रष्ट बनाएको देह होइन। यो मेरा ज्येष्ठ पुत्रहरूले मसँगै राजाको रूपमा गर्ने शासनको महत्त्व हो।) अरू सबै मानिसहरूबाट तिनीहरूको आत्मा, प्राण र शरीर लिइनेछ र तिनीहरूलाई पातालमा फ्याँकिनेछ। यसो भन्नुको अर्थ, यी मानिसहरूलाई पूर्ण रूपमा विनाश गरिनेछ र तिनीहरूको अस्तित्व मेटिनेछ (तर पनि तिनीहरूले कठिनाइ र विपत्तिहरू जस्ता शैतानका सबै बन्धन र क्रूरताको सामना गर्नुपर्ने हुन्छ।) यो भएपछि, राज्यको जीवन आधिकारिक रूपमा सही मार्गमा हुनेछ, र म आधिकारिक रूपमा मेरा कार्यहरूको खुलासा गर्न सुरु गर्नेछु (खुला रूपमा खुलासा गरिएको हुने र लुकाइएको नहुने)। त्यसपछि, पक्कै पनि थप सुस्केरा र आँशु हुनेछैन। (किनकी मानिसहरूलाई पीडा दिने, वा तिनीहरूलाई रुवाउने वा दुःख दिने कुनै पनि कुरा हुनेछैन, अनि यो मेरा पुत्र र मानिसहरूका लागि पनि लागू हुन्छ; तर त्यसमा जोड दिइनुपर्ने एउटा कुरा छ, जुन के हो भने मेरा पुत्र र मानिसहरू सदैव देह नै रहनेछन्।) सबै जना खुशी रहनेछन्—प्रसन्नताको एक दृश्य। यो कुनै भौतिक कुरा हुनेछैन, बरु भौतिक आँखाले देख्न नसकिने कुरा हुनेछ। जो मेरो ज्येष्ठ पुत्रहरू हुन् तिनीहरूले पनि यसको आनन्द उठाउन सक्नेछन्; यो मेरो आश्‍चर्यजनक कार्य, र मेरा महान् शक्ति हो।

म तिमीहरूले मेरो इच्छालाई खोजी गर्न सकेको र सधैँ मेरो हृदयलाई बुझेको चाहन्छु। क्षणिक सुखले तेरो सम्पूर्ण जीवनलाई विनाश गर्नसक्छ भने, क्षणिक दुःखले अनन्त आशिषहरूको ल्याउन सक्छ। खिन्न नबन्; यो हिँड्नै पर्ने मार्ग हो। मैले पहिले बारम्बार भनेको छु: “मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” र “आशिषहरू” भनेका के हुन्? तिनीहरू आज प्राप्त हुने कुराहरू मात्रै होइनन्, बरु अझै बढी ती त भविष्यमा आनन्द उठाइने कुराहरू हुन्—यी मात्रै साँचो आशिषहरू हुन्। जब तिमीहरू सियोन डाँडामा फर्किनेछौ, तिमीहरूले हालको दुःखका लागि अनन्त कृतज्ञता देखाउनेछौ, किनकी यो मेरा आशीर्वाद हो। अहिले देहमा जिउनु भनेको सियोन पर्वतमा हुनु हो (अर्थात् तँ मभित्र जिउँछस्) भने, भोलि शरीरमा जिउनु भनेको त्यो महिमाको दिन हुनेछ, र यो, अझै धेरै, सियोन पर्वतमा हुनु हो। मैले बताएका यी वचनहरू सुनेपछि, तिमीहरूले “सियोन डाँडा” भनेको के हो भनेर बुझ्छौ। सियोन पर्वत राज्यको पर्यायवाची शब्द हो, र यो आत्मिक संसार पनि हो। आजको सियोन पर्वतमा, तँ आराम र मेरा अनुग्रह प्राप्त गर्दै देहमा रहन्छस्; भविष्यको सियोन पर्वतमा, तँ राजाहरूका रूपमा शासन गर्दै शरीरमा आशिषहरूको आनन्द उठाइरहेको हुनेछस्। यसलाई वर्गीय हिसाबले उपेक्षा गरिनु हुँदैन। र कुनै पनि तरिकाले आशीर्वादहरू प्राप्त हुने समयलाई चिप्लिन दिनु हुँदैन; आखिर आज भनेको आज हो, र यो भोलिभन्दा एकदमै भिन्न छ। जब तैँले आशिषहरू प्राप्त गर्न थाल्छस्, तैँले आजको अनुग्रह उल्लेख गर्न पनि योग्य छैन भन्ने सोच्नेछस्। मैले तँलाई सुम्पने कुरा यही हो, र यो मेरो अन्तिम परामर्श हो।

अघिल्लो: अध्याय ९६

अर्को: अध्याय ९८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्