धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

मैले पृथ्वीमा धेरैलाई मेरा अनुयायी बनाउन खोजेको छु। यी सबै अनुयायीमध्ये, त्यस्ता मानिसहरू छन् जो धर्मगुरुका रूपमा सेवा गर्छन्, जो अगुवाइ गर्छन्, जो परमेश्‍वरका पुत्र हुन्, जो परमेश्‍वरका मानिस हुन्, र जो सेवा गर्छन्। तिनीहरूले मप्रति देखाउने बफादारीका आधारमा म तिनीहरूलाई वर्गीकरण गर्छु। जब सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको हुन्छ, अर्थात्, जब हरेक प्रकारको व्यक्तिको प्रकृति प्रकाश भएको हुन्छ, तब मानिसहरूलाई मुक्ति दिने मेरो लक्ष्य हासिल गर्नका लागि म तिनीहरू हरेकलाई तिनीहरूको सही वर्गमा राख्नेछु र हरेक प्रकारलाई तिनीहरूको उपयुक्त स्थानमा राख्नेछु। म आफूले मुक्ति दिन चाहेकाहरूलाई समूह-समूहमा मेरो घरमा बोलाउँछु, र त्यसपछि तिनीहरू सबैलाई मेरो आखिरी दिनहरूको काम स्वीकार गर्न लगाउँछु। त्यो सँगसँगै, म तिनीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्छु, अनि हरेक व्यक्तिलाई तिनीहरूका कार्यहरूका आधारमा इनाम वा दण्ड दिन्छु। मेरो काममा यस्तै चरणहरू रहेका छन्।

आज, म पृथ्वीमा जिउँछु, र म मानिसमाझ जिउँछु। मानिसहरू मेरो कामको अनुभव गर्छन्, र मैले बोलेको हेर्छन्, र यसका साथसाथै म मेरा हरेक अनुयायीलाई सबै सत्यता प्रदान गर्छु, ताकि तिनीहरूले मबाट जीवन प्राप्त गर्न सकून् र यसरी पछ्याउने मार्ग प्राप्त गरून्। किनभने म जीवनदाता परमेश्‍वर हुँ। मैले धेरै वर्ष काम गरेको बखत, मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्, र धेरै कुरा त्यागेका छन्, तैपनि म अझै भन्छु कि तिनीहरू ममा साँचो रूपमा विश्‍वास गर्दैनन्। किनभने मानिसहरू म परमेश्‍वर भएको कुरा मुखले मात्र स्वीकार गर्छन्, तर तिनीहरू मैले व्यक्त गर्ने सत्यताहरूसँग असहमत हुन्छन्, र, अझ भन्नुपर्दा, मैले तिनीहरूबाट माग गर्ने सत्यताहरू अभ्यास गर्दैनन्। भन्नुको मतलब, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर सत्यताको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर जीवनको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको नाउँलाई मात्र स्वीकार गर्छन्, तर उहाँको सारलाई स्वीकार गर्दैनन्। म तिनीहरूको जोसलाई घृणा गर्छु, किनभने तिनीहरू मलाई धोका दिनका लागि मात्र मिठा सुनिने शब्दहरू प्रयोग गर्छन्, र तिनीहरूमध्ये कसैले पनि साँचो हृदयले मेरो आराधना गर्दैनन्। तिमीहरूका शब्दहरूमा सर्पको प्रलोभन मिसिएको हुन्छ; र ती चरम रूपमा अहङ्कारी हुन्छन्, ती प्रधान स्वर्गदूतको साँचो उद्घोष हुन्। अझ भन्नुपर्दा, तिमीहरूका कार्यहरू लाजमर्दो हदसम्म बिग्रिएका र भताभुङ्ग भएका छन्, र तिमीहरूका अत्यधिक चाहनाहरू र लालची अभिप्रायहरू सुन्दा कानलाई अप्रिय लाग्छन्। तिमीहरू सबै मेरो घरका किरा बनेका छौ, जुन मैले तिरस्कार गर्ने वस्तु हुन्। किनभने तिमीहरूमध्ये कोही पनि सत्यतालाई प्रेम गर्दैनौ; यसको सट्टा, तिमीहरू आशिषित् हुन, स्वर्गमा उक्लिन, ख्रीष्टले पृथ्वीमा आफ्नो शक्ति प्रयोग गरिरहनुभएको भव्य दर्शन हेर्न मन पराउँछौ। तर के तिमीहरूजस्तो, यति गहिरो रूपमा भ्रष्ट पारिएको, परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको कुनै पत्तो नभएको व्यक्ति कसरी परमेश्‍वरलाई पछ्याउन योग्य हुन सक्छ भनेर तिमीहरूले कहिल्यै सोचेका छौ? तिमीहरू कसरी स्वर्गमा उक्लिन सक्छौ? त्यो अभूतपूर्व भव्य दर्शनको सुन्दर दृश्य हेर्न तिमीहरू कसरी योग्य हुन सक्छौ? तिमीहरूका मुखहरू मलाई धोका दिने शब्दहरू, फोहोर शब्दहरू, मलाई विश्‍वासघात गर्ने शब्दहरू, र अहङ्कारका शब्दहरूले भरिएका छन्। तिमीहरूले मलाई इमानदारीका शब्दहरू, पवित्र पारिएका शब्दहरू, मेरो वचन अनुभव गर्ने र मप्रति समर्पित हुने भन्ने शब्दहरू कहिल्यै बोलेका छैनौ। आखिरमा, तिमीहरूको विश्‍वास चाहिँ कस्तो छ? तिमीहरूको हृदयमा चाहना र पैसाबाहेक अरू केही छैन, र तिमीहरूको दिमागमा भौतिक कुराहरूबाहेक अरू केही छैन। हरेक दिन, तिमीहरू मबाट कसरी केही लिने भनेर लेखाजोखा गर्छौ। हरेक दिन, तिमीहरू मबाट कति सम्पत्ति र कति भौतिक कुराहरू प्राप्त गरिएछ भनेर गन्छौ। हरेक दिन, तिमीहरू आफूले आनन्द लिन सकिने अझ धेरै, अझ उच्च कुराहरूको आनन्द लिन सकौँ भन्नका लागि आफूलाई अझ धेरै आशिष् प्राप्त होस् भनेर पर्खन्छौ। तिमीहरूले हरेक पल सोच्ने कुरामा म पर्दिनँ, न त मबाट आउने सत्यता नै पर्छ, बरु तिमीहरूका श्रीमान् वा श्रीमती, तिमीहरूका छोराछोरी, र तिमीहरूले खाने र लगाउने कुराहरू पर्छन्। तिमीहरू कसरी अझ राम्रो, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भनेर सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि एउटा लास मात्रै होइनौ र? तिमीहरूले आफूलाई त्यति सुन्दर पहिरनले सजाए पनि, के तिमीहरू अझै पनि जीवनशक्तिविहीन जिउँदो लास मात्रै होइनौ र? तिमीहरू आफ्नो पेटको खातिर कपाल फुल्ने बेलासम्म परिश्रम गर्छौ, तर तिमीहरूमध्ये कसैले पनि मेरो कामका लागि एउटा कपाल समेत बलिदान गर्दैनौ। तिमीहरू आफ्नै देहको खातिर, र आफ्ना छोराछोरीका खातिर निरन्तर दौडधूप गर्छौ, आफ्नो शरीरलाई थकाउँछौ र दिमाग खियाउँछौ—तर तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायहरूप्रति कुनै चिन्ता वा चासो देखाउँदैनौ। तिमीहरू अझै पनि मबाट के प्राप्त गर्ने आशा गर्छौ?

म काम गर्दा कहिल्यै हतार गर्दिनँ। मानिसहरूले मलाई जसरी अनुसरण गरे पनि, म मेरो काम मेरा आफ्नै कदम र मेरो आफ्नै योजनाअनुसार गर्छु। तसर्थ, तिमीहरू मविरुद्ध यति विद्रोही भए पनि, म अझ निरन्तर काम गर्छु, र अझ आफूले बोल्ने अभिप्राय राखेका शब्दहरू बोलिरहन्छु। म आफूद्वारा पूर्वनिर्धारित गरिएकाहरूलाई मेरो घरमा निम्त्याउँछु, ताकि तिनीहरूले मेरा वचनहरू सुनून्। त्यसपछि, मेरा वचनहरूमा समर्पित हुने, मेरा वचनहरू सुन्न लालायित हुने सबैलाई म मेरो सिंहासनसामु ल्याउँछु; मेरा वचनहरूलाई विश्‍वासघात गर्ने, मेरो आज्ञापालन नगर्ने वा मप्रति समर्पित नहुने, र खुलमखुला मेरो प्रतिरोध गर्ने सबैलाई अन्तिम दण्ड पर्खनका लागि एकातिर फालिदिन्छु। मानिसहरू सबै भ्रष्टतामाझ र दुष्टको नियन्त्रणमा जिउँछन्, त्यसैले मेरा अनुयायीमध्ये थोरैले मात्र सत्यताको तृष्णा गर्छन्। भन्नुको अर्थ, अधिकांश मानिस साँचो रूपमा मेरो आराधना गर्दैनन्, उनीहरू सत्यतासाथ मेरो आराधना गर्दैनन्, तर भ्रष्टता र विद्रोह, कपटपूर्ण माध्यमहरूबाट मेरो विश्‍वास जित्ने प्रयास गर्छन्। यही कारणले म भन्छु: धेरैलाई बोलाइन्छ तर थोरैलाई चुनिन्छ। ज-जसलाई बोलाइन्छ तिनीहरू सबै गहन रूपमा भ्रष्ट पारिएका छन् र सबै उही युगमा जिउँछन्, तर चुनिएकाहरू तिनीहरूमध्ये एक हिस्सा मात्र हुन्, उनीहरू सत्यतामा विश्‍वास गर्ने र सत्यतालाई स्वीकार गर्ने, साथै सत्यता अभ्यास गर्नेहरू हुन्। तर ती मानिस सम्पूर्णताको सानो अंश मात्र हुन् र उनीहरूको माझबाटै मैले अझै धेरै महिमा प्राप्त गर्नेछु। यी वचनका आधारमा, के तिमीहरूले आफू चुनिएकाहरूमध्येका हौँ कि होइनौँ भन्ने थाहा पायौ? तिमीहरूको परिणाम कस्तो हुने रहेछ?

मैले भनेझैँ, मलाई पछ्याउनेहरू धेरै छन् तर मलाई साँचो रूपमा प्रेम गर्नेहरू थोरै छन्। सायद कतिपयले यसो भन्न सक्छन्, “यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले यति धेरै मूल्य चुकाएको हुनेथिएँ र? यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले तपाईँलाई यहाँसम्म पछ्याएको हुनेथिएँ र?” मानौँ, तँसँग धेरैवटा कारण छन्, र तेरो प्रेम धेरै ठूलो छ, तर मप्रतिको तेरो प्रेमको सार कहाँ छ? “प्रेम” भन्ने कुराले एउटा शुद्ध र निस्खोट स्नेहलाई जनाउँछ, जहाँ तैँले आफ्नो हृदयद्वारा प्रेम गर्छस्, महसुस गर्छस्, र ख्याल गर्छस्। प्रेममा सर्तहरू हुँदैनन्, बाधाहरू हुँदैनन्, र दूरी हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छल हुँदैन, र कुनै धूर्त्याइँ हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन, र त्यहाँ कुनै पनि प्रकारको मिसावट हुँदैन। यदि तँसँग प्रेम छ भने, तैँले छल, गुनासो, विश्‍वासघात, विद्रोह, माग गर्नेछैनस्, वा केही प्राप्त गर्न वा निश्चित मात्रामा केही कुरा प्राप्त गर्न खोज्नेछैनस्। यदि तँसँग प्रेम छ भने, तैँले खुसीसाथ आफूलाई समर्पित गर्नेछस् र खुसीसाथ कष्ट भोग्नेछस्, तँ मसँग मिल्दो हुनेछस्, र तैँले मेरो लागि आफूसँग भएका सबै कुरा त्याग्नेछस्, आफ्नो परिवार, आफ्ना सम्भावनाहरू, आफ्नो यौवन, र आफ्नो विवाहलाई त्याग्नेछस्। नत्रभने, तेरो प्रेम पटक्कै प्रेम हुनेछैन, बरु छल र विश्‍वासघात हुनेछ! तेरो प्रेम कस्तो प्रकारको प्रेम हो? के यो साँचो प्रेम हो? कि झूटो हो? तैँले कति त्यागेको छस्? तैँले कति अर्पण गरेको छस्? मैले तँबाट कति प्रेम प्राप्त गरेको छु? के तँलाई थाहा छ? तिमीहरूका हृदयहरू दुष्टता, विश्‍वासघात, र छलले भरिएका छन्—त्यसोभए तिमीहरूको प्रेममा अशुद्धता चाहिँ कति छ? तिमीहरू आफूले मेरा लागि पहिले नै पर्याप्त त्यागिसकेको सोच्छौ; तिमीहरू मप्रति तिमीहरूको प्रेम पहिले नै पर्याप्त छ भन्ने सोच्छौ। तर त्यसोभए तिमीहरूका शब्द र कार्यहरूमा किन सधैँ विद्रोहीपन र छल हुन्छन्? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो वचनलाई स्वीकार गर्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि मलाई इन्कार गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू ममाथि अविश्‍वास गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो अस्तित्वलाई स्वीकार गर्न सक्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ तर मलाई म जो हुँ त्यसअनुसार व्यवहार गर्दैनौ, र हरेक मोडमा मलाई कठिनाइमा पार्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू हरेक मामलामा मलाई मूर्ख बनाउने र मलाई धोका दिने प्रयास गर्छौ। के यो प्रेम हो? तिमीहरू मेरो सेवा गर्छौ, तैपनि तिमीहरू मेरो भय मान्दैनौ। के यो प्रेम हो? तिमीहरू यावत् पक्ष र यावत् कुरामा मेरो विरोध गर्छौ। के यीमध्ये कुनै प्रेम हो? तिमीहरूले धेरै कुरा समर्पित गरेका छौ, यो साँचो हो, तैपनि मैले तिमीहरूसँग माग गर्ने कुरा तिमीहरूले कहिल्यै अभ्यास गरेका छैनौ। के यो प्रेम हुन सक्छ? ध्यानपूर्वक हेर्दा तिमीहरूमा मप्रतिको प्रेमको सङ्केत रत्तिभर छैन भन्‍ने देखिन्छ। यति धेरै वर्ष काम गरेपछि र मैले यति धेरै वचन आपूर्ति गरेपछि, तिमीहरूले वास्तवमा कति प्राप्त गरेका छौ? के यो ध्यानपूर्वक पछाडि फर्केर हेर्न लायक छैन र? म तिमीहरूलाई चेतावनी दिन्छु: म जसलाई आफूकहाँ बोलाउँछु तिनीहरू कहिल्यै भ्रष्ट नतुल्याइएका हुँदैनन्; बरु, जसले मलाई साँचो रूपमा प्रेम गर्छन् म तिनैलाई चयन गर्छु। त्यसकारण, तिमीहरू आफ्ना शब्द र कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले आफ्ना अभिप्राय र विचारहरू जाँच्नैपर्छ ताकि तिनले सीमा पार नगरून्। आखिरी दिनहरूको समयमा, मेरो सामुन्ने आफ्नो प्रेम अर्पण गर्न तिमीहरू आफ्नो सक्दो प्रयास गर, नत्र मेरो क्रोध तिमीहरूबाट कहिल्यै हट्नेछैन!

अघिल्लो: ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

अर्को: तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्