ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन चाहँदैनौं भनेर भन्छन् जस्तो मलाई लाग्दैन। तिमीहरूले येशूलाई देख्नुभन्दा पहिले—तिमीहरूले देहधारी परमेश्‍वरलाई देख्नुभन्दा पहिले—सम्भवतः तिमीहरूले सबै प्रकारका विचारहरूलाई ध्यान दिन्छौ, उदाहरणको लागि, येशूको स्वरूपको बारेमा, उहाँको बोल्ने तरिकामा, उहाँको जीवनको शैलीमा, र अन्य त्यस्तै कुराहरूमा। तर जब तिमीहरूले उहाँलाई वास्तवमै देखेका हुन्छौ, तिमीहरूका विचारहरू तत्काल परिवर्तन हुनेछ। यस्तो किन हुन्छ? के तिमीहरू जान्न चाहन्छौ? मानिसको सोचाइलाई नजर अन्दाजा गर्न सकिँदैन, जुन सत्य हो—तर त्योभन्दा पनि बढि, ख्रीष्टको सार मानिसद्वारा परिवर्तन हुनसक्दैन। ख्रीष्ट अमरणशील या एउटा महात्मा हुनुहुन्छ भन्‍ने तिमीहरू सोच्छौ, तर कसैले पनि उहाँलाई ईश्‍वरीय सारले भरिएको एउटा साधारण व्यक्ति भनी मान्दैनन्। त्यसै गरी, अधिकांश तिनीहरू जो परमेश्‍वरलाई हेर्नको निम्ति दिन र रात तृषित हुन्छन् तिनीहरू वास्तवमा परमेश्‍वरका शत्रुहरू हुन्, र उहाँ अनुरूप छैनन्। के यो मानिसको गल्ती होइन र? अझै पनि तिमीहरू सोच्छौ कि तिमीहरूको विश्‍वास र भक्तिले नै तिमीहरूलाई ख्रीष्टको मुहार हेर्ने गर्ने योग्य बनाउनको लागि पर्याप्त छ, तर म तिमीहरूलाई अझै धेरै कुराहरूले आफैलाई सुसज्जित पार्नको निम्ति प्रेरित गर्दछु जुन व्यवहारिक छन्! किनकि भूत, वर्तमान, र भविष्यमा, ख्रीष्टको सम्पर्कमा आएका अधिकांश विफल भएका थिए या विफल हुनेछन्; तिनीहरू सबैले फरिसीहरूको भूमिका खेल्छन्। तिमीहरूको असफलताको कारण के हो? यसको कारण ठ्याक्‍कै के हो भने तिमीहरूको धारणामा एउटा परमेश्‍वर हुनुहुन्छ जो उच्च र सराहनाको योग्य हुनुहुन्छ। तर सत्य त मानिसले इच्छा गरेको जस्तो होइन। ख्रीष्ट उच्च त हुनुहुन्न नै, तर उहाँ विशेष रूपमा सानो पनि हुनुहुन्छ; उहाँ मानिस मात्रै हुनुहुन्न, तर उहाँ एक सामान्य मानिस पनि हुनुहुन्छ; उहाँ स्वर्गमा उचालिन नसक्‍ने मात्र होइन, तर उहाँ पृथ्वीमा पनि स्वतन्त्र रूपमा हिँड्डुल गर्न सक्नुहुन्न। अनि यस्तो भएको हुनाले, मानिसहरूले एउटा सामान्य व्यक्तिलाई जस्तै गरी उहाँलाई व्यवहार गर्छन्; तिनीहरूले उहाँसँगै हुँदा उहाँलाई सामान्य व्यवहार गर्छन्, र उहाँसँग लापरवाही रूपमा बोल्छन्, जबकी त्यस क्रममा तिनीहरू “साँचो ख्रीष्ट” को आगमनको निम्ति पर्खिरहेका हुन्छन्। तिमीहरूले आइसक्नुभएको ख्रीष्टलाई सामान्य मानिसको रूपमा लिन्छौ, र उहाँको वचनहरूलाई सामान्य व्यक्तिको जस्तो गरि लिन्छौ। यही कारणले गर्दा, तिमीहरूले ख्रीष्टबाट केही पनि प्राप्त गरेका छैनौ, र त्यसको सट्टामा उहाँले ज्योतिमा तिमीहरूको आफ्नो कुरूपतालाई पूर्ण रूपले खुलासा गरिदिनुभएको छ।

ख्रीष्टको सम्पर्कमा आउनुभन्दा पहिले, तैँले के विश्‍वास गरेको हुनसक्छस् भने, तेरो आफ्नो स्वभाव पूर्ण रूपले रूपान्तरण भइसकेको छ, तँ ख्रीष्टको एउटा वफादार अनुयायी होस्, कोही पनि तँ जत्तिको ख्रीष्टको आशिषहरू प्राप्त गर्ने योग्यका छैनन्—र तैँले, धेरै सडकहरू यात्रा गरेको, धेरै कार्य गरेको, र धेरै फल ल्याएको हुनाले, तँ निश्‍चय नै तिनीहरू मध्ये एक हुनेछस् जसले अन्ततः मुकुट प्राप्त गर्नेछ। यद्यपि एउटा सत्य छ जुन तँलाई थाहा नहुनसक्छ: मानिसको भ्रष्ट स्वभाव र उसको विद्रोहीपन र प्रतिरोध तब खुलासा हुँदछ जब उसले ख्रीष्टलाई देख्दछ, र यस बेला खुलासा हुने विद्रोहीपन र प्रतिरोध अरू बेलाको दाँजोमा अझै धेरै पूर्ण र सम्पूर्ण रूपले खुलासा हुँदछ। किनभने ख्रीष्ट मानिसको पुत्र हुनुहुन्छ—मानिसको एउटा पुत्र जसमा सामान्य मानवता छ—मानिसले न त उहाँलाई सम्मान गर्छ न त आदर नै गर्छ। परमेश्‍वर देहमा बास गर्नुहुने भएकोले मानिसको विद्रोहीपन यति सम्पूर्ण रूपमा र स्पष्ट रूपमा प्रकाशमा ल्याइदिन्छ। त्यसैले म भन्छु कि ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई खुलस्त गरिदिएको छ र मानवजातिको प्रकृतिलाई उदाङ्गो पारिदिएको छ। “एउटा बाघलाई लोभ देखाई डाँडोबाट तल ल्याउनु” र “एउटा ब्वाँसोलाई लोभ देखाई गुफाबाट बाहिर निकाल्नु” भनेको यही हो। तँ परमेश्‍वरप्रति बफादार छस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तैँले परमेश्‍वरलाई पूर्ण आज्ञाकारीता देखाउँछस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तँ विद्रोही छैनस् भन्‍ने हिम्मत तँसँग छ? कोही-कोहीले भन्नेछन्: “जुन बेला परमेश्‍वरले मलाई नया वातावरणमा स्थापित गर्नुहुन्छ, म गनगन नगरिकन स्थिर रूपमा आफैलाई समर्पित हुन्छु, र यसको साथै परमेश्‍वरको बारेमा म कुनै धारणाहरू बुन्दिनँ।” कसैले भन्नेछन्: “परमेश्‍वरले मलाई गर्न दिनुभएको काम म मेरो क्षमताले भ्याएसम्म गर्नेछु र म त्यसलाई कदापि लापरवाही गर्दिन।” त्यस हकमा, म तिमीहरूलाई यो सोध्छु: जब तिमीहरू उहाँसँगै जिउँछौं तब के तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्छौ? र कहिलेसम्म तँ उहाँको अनुरूप रहनेछस्? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तेरो विश्‍वासको तारिफ गर्न योग्य हुन सक्ला, तर तँ दृढताको बाटोमा त्यति धेरै छैनस्। जब तँ वास्तवमै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तेरा वचनहरू र क्रियाकलापहरूबाट तेरो स्व-धार्मिकता र आत्म-महत्त्व एक-एक गरेर खुलासा हुनेछ, र त्यसरी नै तेरो घमण्डी चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि स्वभाविक रूपमा नै प्रकट हुनेछ। अन्ततः तेरो अहङ्कार पहिलेको भन्दा तबसम्म ठूलो हुनेछ, जबसम्म तँ आगो र पानी झैँ नमिल्‍ने गरी ख्रीष्टको विरोधमा हुन्छस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपले खुलासा हुनेछ। त्यस बेला, तेरा धारणाहरू उप्रान्त ढाक्‍न सकिँदैन, तेरा गुनासाहरू पनि स्वभाविक रूपमा बाहिर निस्की आउनेछ, र तेरो पतित मानवताको पूर्ण रूपमा खुलासा हुनेछ। तैपनि, त्यसबेला समेत, तैँले अझै पनि तेरो आफ्नो विद्रोहीपन स्वीकार गर्न मान्दैनस्, त्यसको सट्टामा यस प्रकारको ख्रीष्टलाई स्वीकार गर्न सजिलो छैन, कि उहाँ मानिसको लागि अत्यन्त कठोर हुनुहुन्छ, र उहाँ एउटा दयालु ख्रीष्ट हुनुहुन्थ्यो भने तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्‍ने विश्‍वास गर्छस्। तिमीहरूले के विश्‍वास गर्छौ भने तिमीहरूको विद्रोहीपन उचित छ, उहाँले तिमीहरूलाई हदभन्दा बढी गर्नुभयो भने मात्रै तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्छौ। तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा हेरेको छैनस्, उहाँमा आज्ञाकारी हुने अभिप्राय तँमा छैन भन्‍ने कुरालाई तिमीहरूले एक पटक पनि विचार गरेनौ। बरु, तँ त ख्रीष्टले चाहिँ तेरो इच्छा बमोजिम कार्य गर्नुभएको होस् भनेर जिद्दी गर्छस् र जब उहाँले तेरो विचारसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ तब तैँले उहाँ परमेश्‍वर होइन तर एउटा मानिस हो भन्‍ने विश्‍वास गर्छस्। के तिमीहरूमध्ये उहाँसँग यस तरिकाले संघर्ष गर्ने धेरै छैनन् र? आखिरमा तिमीहरूले कसमाथि विश्‍वास गर्छौ? अनि कुन तरिकामा तिमीहरूले खोजी गर्छौ?

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि ख्रीष्टलाई देख्न सक्छन्, तर म भन्छु, ख्रीष्टलाई हेर्ने योग्यका कोही पनि छैनन्। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरेको हुने हुँदा, तैँले ख्रीष्टलाई देख्‍ने बित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट पार्नेछ र मृत्यु-दण्ड दिनेछ। एउटा दाजु-भाइ (या दिदी-बहिनी) सँगको तेरो सम्‍बन्धले तेरो बारेमा धेरै जसो कुरा देखाउँदैन, तर जब तँ ख्रीष्टसँग जोडिन्छस् तब त्यो त्यति सहज हुँदैन। कुनै पनि समयमा, तेरा धारणाहरूले जरा लगाउन सक्छ, तेरो अहङ्कार पलाउन सुरु हुन्छ, र तेरो विद्रोहीपनले अन्जीरहरू फलाउँछ। त्यस्तो मानवताद्वारा तँ कसरी ख्रीष्टसँग जोडिन लायक हुन सक्छस्? के तैँले हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरको रूपमा साँचो तरिकाले व्यवहार गर्न सक्छस्? के तँमा साँच्‍चै परमेश्‍वरमाथिको समर्पणको वास्तविकता हुनेछ? तिमीहरूले उच्च परमेश्‍वरलाई आफ्नो हृदयमा यहोवाको रूपमा आराधना गर्छौ, जब कि त्यही क्रममा दृश्यमा भएको ख्रीष्टलाई एउटा मानिसको रूपमा लिन्छौ। तेरो भावना अति नै तल्लो दर्जाको छ र तेरो मानवता अत्यन्त पतित छ! तैँले ख्रीष्टलाई सधैँ परमेश्‍वरको रूपमा हेर्न सक्दैनस्; कहिलेकहीँ तिमीहरूलाई मन लागेको बेला मात्रै, तिमीहरू उहाँलाई समाएर उहाँलाई परमेश्‍वरको रूपमा पुज्छौ। यहि कारणले म भन्छु, कि तिमीहरू परमेश्‍वरका विश्‍वासीहरू होइनौ, तर ख्रीष्टको विरुद्धमा लड्ने अपराधी दल हौ। अरूलाई दया देखाउने मानिसहरूलाई पुनः चुक्ता गरिए पनि, र तिमीहरूका बीचमा त्यस्तो काम गर्नुहुने, ख्रीष्टले न त मानिसको प्रेम, न त उहाँको प्रतिफल र समर्पण नै पाउनुभयो। के यो हृदय विदारक कुरा होइन र?

परमेश्‍वरमाथिको तेरो वर्षौंदेखिको सबै विश्‍वासमा, तैँले कसैलाई कहिल्यै पनि सरापेको नहुन सक्छस् या खराब काम गरेको नहुन सक्छस्, तापनि ख्रीष्टसँगको तेरो सम्बन्धमा, तैँले सत्य बोल्न, इमानदारीतामा काम गर्न, या ख्रीष्टको वचन पालन गर्न सक्दैनस्; त्यस्तो स्थितिमा, म त भन्छु, तँ संसारकै सबैभन्दा कपटी र दुर्भावनापूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू, प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूका निम्ति आफ्‍नो सबै आराम अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि दुष्ट छस्, साथै एउटा धूर्त छलले भरिपूर्ण छस्। तँ अरूसँग मिल्छस् या केही असल कार्य गर्छस् भन्दैमा तँ ख्रीष्ट अनुरूप छस् भन्‍ने नसोच्। के तेरो परोपकारी अभिप्रायले स्वर्गका आशिषहरू ल्याउन सक्छ भन्‍ने तँलाई लाग्छ? के केही असल कार्यहरू गर्नु तेरो आज्ञाकारीताको विकल्प हो भन्‍ने तँलाई लाग्छ? तिमीहरूमध्ये एक जनाले पनि निराकरण र काटछाँटलाई स्वीकार गर्न सक्दैनौ, र तिमीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो आज्ञाकारीताको तुरही निरन्तर रूपमा फुकिरहे पनि तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवता अँगाल्न मुस्किल हुन्छ। तँमा भएको जस्तो विश्‍वासले एउटा उचित दण्ड ल्याउनेछ। काल्‍पनिक भ्रममा लिप्त हुन र ख्रीष्टलाई हेर्ने इच्छा राख्ने काम गर्न छोड्, किनकि तँ कदमा यति सानो छस् कि तँ उहाँलाई हेर्न समेत योग्य छैनस्। जब तँ आफ्नो विद्रोहीपनबाट पूर्ण रूपमा शुद्ध हुन्छस्, र ख्रीष्टसँगको एकतामा रहन सक्षम हुन्छस्, त्यो क्षण परमेश्‍वर स्वभाविक रूपमा तँकहाँ देखा पर्नुहुन्छ। यदि तँ काँटछाँट या न्यायबाट भएर नगईकन परमेश्‍वरलाई हेर्न जान्छस् भने, तँ निश्‍चय नै परमेश्‍वरको विरोधी हुनेछस् र विनाशमा पर्नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्‍वरप्रति शत्रुतापूर्ण छ, किनकि सबै मानिसहरू शैतानको सबैभन्दा गाढा भ्रष्टतामा परेका छन्। यदि मानिसले आफ्नै भ्रष्टताको बीचमा रही परमेश्‍वरसँग सम्‍बन्ध कायम गर्ने कोसिस गर्छ भने, निश्‍चय नै यसबाट केही असल कुरा आउँदैन; उसको क्रियाकलाप र शब्दहरूले हरेक मोडमा निश्‍चय नै उसको भ्रष्टता खुलासा गर्नेछ, र परमेश्‍वरसँग सम्‍बन्ध बनाउने क्रममा उसको विद्रोहीपन त्यसको हरेक पक्षमा प्रकट हुनेछ। अन्जानमै, मानिसले ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई छल गर्न, र ख्रीष्टलाई त्याग्न पुग्छ; जब यो हुन आउँछ, मानिस अझै अस्थिर स्थितिमा हुनेछ, र यो जारी रह्यो भने, ऊ दण्डको भागीदार हुनेछ।

कोही-कोहीले के विश्‍वास गर्न सक्छन् भने, यदि परमेश्‍वरसँगको सम्‍बन्ध यति खतरा छ भने, परमेश्‍वरबाट टाढा बस्‍नु नै बुद्धिमानी हुनसक्छ। यस्ता खालका मानिसहरूले के चाहिँ हासिल गर्न सक्लान् र? के तिनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्छन्? निश्चित रूपमा, परमेश्‍वरसँगको सम्‍बन्ध धेरै नै कठिन छ—तर त्यो यसकारणले भएको हो किनकि मानिस भ्रष्ट छ, परमेश्‍वरले मानिससँग सम्‍बन्ध राख्न नसक्‍नुभएकोले होइन। आफैलाई चिन्‍ने सत्यतामा अझै धेरै प्रयास गर्नु नै तिमीहरूका लागि उत्तम हुनेथियो। किन तिमीहरूले परमेश्‍वरको निगाह पाएको छैनौ? किन तिमीहरूको स्वभाव उहाँको निम्ति घृणित छ? किन तिमीहरूको बोलीले उहाँको अप्रसन्नता जगाउँछ? तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै, तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ, र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ; जब तिमीहरूले सानो आज्ञाकारीता पूरा गर्छौ तिमीहरूले अरूलाई तल हेर्छौ, र केही स-साना कार्य पूरा गरिसकेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरलाई ग्रहण गर्नको लागि, तिमीहरू पैसा, उपहारहरू, र प्रशंसाहरू माग्छौ। एउटा या दुई वटा सिक्का दिनु परे यसले तिमीहरूको हृदय पोल्छ; जब तिमीहरूले दस सिक्‍का दिन्छौ, तिमीहरूले आशिषको कामना गर्छौ र विशिष्टताको साथ व्यवहार गरियोस् भन्‍ने चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नको लागि अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनौ। तिमीहरू योग्यता बिनाका छौ भन्ने पूर्ण रूपमा जान्दा जान्दै पनि तिमीहरू उही तरिकामा घमण्ड कायम राख्छौ। के तिमीहरू महसुस गर्दैनौ कि तिमीहरूका समझ त्यस बिन्दुसम्म भ्रष्ट भइसक्यो कि तिमीहरूमा आत्म-नियन्त्रण नै बाँकी छैन? यस्तो समझले, तिमीहरूले कसरी परमेश्‍वरसँग सम्‍बन्ध राख्न सक्छौ? के यस परिस्थितिमा तिमीहरू आफ्नै लागि डराउँदैनौ? तिमीहरूको स्वभाव यस बिन्दुसम्म खराब भइसकेको छ कि तिमीहरू परमेश्‍वर अनुरूप हुन सक्दैनौ। यसैले गर्दा, के तिमीहरूको विश्‍वास हास्यास्पद छैन र? के तेरो विश्‍वास निरर्थक छैन? तँ आफ्नो भविष्यको लागि कसरी अघि बढ्दैछस्? कुन बाटो लिने भनेर तैँले कसरी चयन गर्छस्?

अघिल्लो: तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्

अर्को: तीन अर्तीहरू

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

तिमीहरू एक हजार वर्षे राज्यको दर्शनको बारेमा के सोच्छौ? केही मानिसहरू यस विषयमा धेरै सोच्छन्, र तिनीहरू भन्छन्, “एक हजार वर्षे राज्य...

अध्याय १०

आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छ त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि...

अध्याय १०३

सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँदै एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ। यो यति कर्णभेदी छ कि मानिसहरू यसबाट समयमै छलेर उम्किन सक्दैनन्।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्