आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

धेरै मानिसलाई आफ्नो कर्तव्य निर्वाह गरेपछि आफूमा धेरै कमी छ र आफूसँग सत्यता वास्तविकता छैन भन्‍ने महसुस हुन्छ, त्यसैले तिनीहरू सधैँ सुन्नका लागि अझै धेरै प्रवचन दिऊन् अनि अगुवा र कामदारहरूले अझै धेरै भेला आयोजना गरून् भन्ने अनुरोध गर्छन्, मानौँ त्यसले मात्रै तिनीहरूलाई जीवन प्रवेश र जीवनको वृद्धि दिन सक्छ। यदि तिनीहरू केही समय कुनै भेलामा उपस्थित नभई वा कुनै प्रवचन नसुनी बसे भने, तिनीहरूलाई आफ्नो हृदय पूर्ण रूपमा खाली भएको महसुस हुन्छ, मानौँ तिनीहरूभित्र केही पनि छँदै छैन। तिनीहरूलाई हृदयमा, हरेक दिन प्रवचनहरू सुन्दा र भेलाहरूमा उपस्थित हुँदा मात्रै तिनीहरूले जीवन प्रवेश पाउनेछन् वा तिनीहरू आत्मिक परिपक्वतामा वृद्धि हुन सक्नेछन् जस्तो लाग्छ। तिनीहरू के सोच्छन् भने यदि तिनीहरू हरेक दिन प्रवचनहरू सुन्दैनन् वा भेलाहरूमा उपस्थित हुँदैनन्, र त्यसको सट्टा आफ्नो कर्तव्य निर्वाह गर्नमा मात्रै व्यस्त रहन्छन् भने, तिनीहरूको जीवनमा कुनै वृद्धि हुनेछैन। यस प्रकारको सोचाइ पूर्ण रूपमा गलत हो। वास्तवमा, परमेश्‍वरको विश्‍वासीका रूपमा, सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुनु मुख्यतया परमेश्‍वरका वचनहरू अनुभव गर्न र अभ्यास गर्नमा निर्भर हुन्छ। विशेष गरी, यदि कसैले आफ्नो कर्तव्यमा सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्छ र ऊ सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम छ भने, उसको जीवन सबैभन्दा छिटो वृद्धि हुनेछ। यदि तँ परमेश्‍वरमा निष्कपट रूपले विश्‍वास गर्छस् भनेर भन्छस्, तर आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा निष्कपटता कहाँ छ? निष्कपट रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरू नै आस्था भएकाहरू हुन्। आस्था भएकाहरूले मात्रै आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्ने आँट गर्छन्, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सबै कुरा त्याग्न इच्छुक हुन्छन्। यस्ता मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा पवित्र आत्माको काम अनुभव गर्छन्; तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, मार्गदर्शन र ताडना दिनुहुन्छ। यो सबले जीवन अनुभव उत्पन्न गर्छ। त्यसैले, जीवन प्रवेश औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गरेर सुरु हुन्छ।

यदि मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नेबारे उदासीन हुन्छन्, वा सधैँ अन्योल बन्छन् भने, तिमीहरूलाई यो कस्तो मनोवृति हो जस्तो लाग्छ? के यो झारा टार्ने काम मात्र होइन? के आफ्ना कर्तव्यप्रति तिमीहरूको मनोवृति यही हो? यो समस्या क्षमताको हो कि स्वभावको? तिमीहरू सबैजना यसबारे प्रष्ट हुनुपर्छ। किन मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्दा झाराटारूवा हुन्छन्? किन तिनीहरू परमेश्‍वरका लागि काम गर्दा वफादार हुँदैनन्? के तिनीहरूमा समझ र विवेकसमेत हुन्छ? यदि तँमा साँच्‍चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी सद्भावना, जिम्‍मेवारी, र ख्याल लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निर्वाह गर्ने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुनेछन् र तिनले अरू मानिसहरू र परमेश्‍वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ। तैँले यसमा मन लगाउनुपर्छ! तँ भुलक्कड हुनु हुँदैन, मानौँ तैँले बाहिरी संसारमा काम गरेर आफूले खर्चेको समयमुताबिकै पैसा कमाइरहेको छस्। तँमा त्यस्तो मनोवृति छ भने, तँ समस्यामा छस्। तँ पक्कै आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्। यो कस्तो खालको मानवता हो? के विवेकबिनाको मानिसमा मानवता हुन्छ? हुँदैन। यदि तँ आफूमा मानवता छ भन्छस्, र सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले आफ्नो कर्तव्यमा अझ बढी मेहनत गर्नुपर्छ, र त्यसमा अझ धैरै मन लगाउनुपर्छ। तँ आफूमा विवेक छ त भन्छस्, तर आफ्नो कर्तव्यमा कहिल्यै मन लगाउँदैनस्। के तेरो विवेकले काम गरिरहेको छ? तैँले आफ्नो मन सही ठाउँमा लगाउनैपर्छ। तिमीहरूले यी कुराहरूबारे प्रायः सोच्नुपर्छ—तिमीहरूले ती सबै बुझ्नैपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु एक प्रमुख वर्जित कुरा हो। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झारा टार्छस् भने, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न असम्भव छ। यदि तँ अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छस् भने, तैँले सबैभन्दा पहिले झाराटारुवा हुने आफ्नो समस्यालाई सुल्झाउनुपर्छ। तैँले यस अवस्थाका प्रकटीकरणहरू देख्नेबित्तिकै त्यसलाई सच्याउन कदम चाल्नुपर्छ। यदि तँ अन्योलमा परेको छस्, कहिल्यै समस्याहरू देख्न सक्दैनस्, सधैँ प्रक्रिया मात्र पूरा गर्छस्, र झाराटारुवा शैलीमा काम गर्छस् भने, तैँले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सम्भव हुनेछैन। त्यसकारण, तैँले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउनैपर्छ। मानिसहरूले मुस्किलले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पाउँछन्! जब परमेश्‍वरले तिनीहरूलाई यो मौका दिनुहुन्छ, तैपनि तिनीहरूले यसलाई पक्रँदैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, न त आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई निर्वाह गर्न चाहन्छु। म असफलताभन्दा माथि उठ्नेछु।” यस्तो सङ्कल्प राख्नु अद्भुत कुरा हो, तर तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्‍ने बारेमा स्पष्ट हुनैपर्छ: तैँले सत्यतातर्फ प्रयास गर्नैपर्छ। सत्यता बुझ्नेहरूले मात्रै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। यदि कसैले सत्यता बुझ्दैन भने, उसको श्रम समेत मानकअनुरूप हुनेछैन। तँ सत्यताबारे जति स्पष्ट हुन्छस्, तँ आफ्नो कर्तव्यमा त्यति नै प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिलालाई जस्तो हो त्यस्तै देख्न सक्छस् भने, तैँले सत्यतामा मेहनत लगाउनेछस्, र तँसँग आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुनेछ। हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै तिकडम पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै काम राम्रोसँग पूरा गर्नेछैनस्। मानौँ तैँले भन्छस्, “मैले धूर्त्याइँ गरेको र ढिलासुस्ती गरेको कसैले देखेन। क्या गजब भो!” यो कस्तो सोचाइ हो? के तँलाई तैँले मानिसहरूको आँखामा, र परमेश्‍वरको आँखामा पनि, छारो हालेको छस् भन्‍ने लाग्छ? तर, खास तथ्यमा, के तैँले के गरेको छस् भन्ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ? थाहा हुन्छ। वास्तवमा, तँसँग केही समय अन्तरक्रिया गर्ने जो कोहीले पनि तेरो भ्रष्टता र कुरूपताको बारेमा थाहा पाउनेछ; कुरा यति मात्रै हो कि तिनीहरूले सोझै नभन्न सक्छन्: तिनीहरूले हृदयमा तेरो मूल्याङ्कन गर्नेछन्। धेरै मानिसहरू यस्ता थिए जसलाई प्रकट गरी हटाइयो किनभने धेरैजसो मानिसहरूले तिनीहरूको सार छर्लङ्गै देख्न सक्थे र त्यसैले तिनीहरू को हुन् भन्ने कुरा खुलासा गरे र तिनीहरूलाई मण्डलीबाट निकाल्न लगाए। त्यसैले, मानिसहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तिनीहरू आफ्नो विवेकद्वारा डोऱ्‍याइनुपर्छ र तिनीहरूले केही वास्तविक कामकुरा गर्नुपर्छ। तँमा कमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ आफू ठीक छु, मलाई पक्कै पनि हटाइनेछैन भनी सोच्छस् भने, यदि तैँले कहिल्यै चिन्तन गर्दैनस् वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र तैँले अझै पनि आफ्ना उचित कामहरूलाई बेवास्ता गर्छस् र सधैँ झारा टार्छस् भने, जब परमेश्‍वरका चुनिएका मानिसहरूले साँच्चै तँप्रति सहनशीलता गुमाउँछन्, तब तिनीहरूले तँ को होस् भन्ने कुरा खुलासा गर्नेछन्, अनि तँलाई हटाइनेछ। त्यसपछि, पछुताउन धेरै ढिलो भइसकेको हुनेछ, किनभने सबैले तँलाई छर्लङ्गै देखिसकेका हुनेछन्, र तैँले आफ्नो सबै इज्जत र निष्ठा गुमाइसकेको हुनेछस्। यदि कसैले तँलाई विश्‍वास गर्दैन भने, के परमेश्‍वरले तँलाई विश्‍वास गर्नुहुन्छ? परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले यस्तो व्यक्तिलाई कदापि विश्‍वास गर्नुहुनेछैन। यदि कोही व्यक्ति भरपर्दो छैन भने, उसलाई कुनै परिस्थितिमा पनि, कुनै कार्य नसुम्पनू। यदि कुनै व्यक्ति कस्तो छ भनेर तँलाई थाहा छैन, वा अरू मानिसले उक्त व्यक्ति आफ्नो काममा ठिकै छ भनेको मात्र सुनेको छस्, तर तँ आफ्नो मनमा शतप्रतिशत निश्चित छैनस् भने, तैँले पहिला उसलाई केही महत्त्व नभएको कुनै सानो काम मात्र दिन सक्छस्। यदि उसले केही साना कार्यहरूमा राम्रै गऱ्यो भने, तैँले उसलाई कुनै साधारण काम दिन सक्छस्। अनि ऊ त्यस कार्यमा सफल भयो भने मात्र तैँले उसलाई महत्त्वपूर्ण कार्य सम्हाल्न दिनुपर्छ। यदि उसले साधारण कार्यमा गडबड गर्छ भने, यो व्यक्ति भरपर्दो होइन। ठूलो वा सानो जस्तोसुकै काम भए पनि, उसलाई सुम्पनु हुँदैन। यदि तैँले यस्तो व्यक्ति देखिस् जो दयालु र जिम्मेवार छ, जसले कहिल्यै झारा टार्ने काम गरेको छैन, जसले अरूले आफूलाई सुम्पेको काम आफ्नै काम ठानेर गर्छ, कामको प्रत्येक पक्षलाई विचार गर्छ, तेरो आवश्यकताबारे सोच्छ, सबै कोणलाई विचार गर्छ, जो अति सावधान छ र जसले परिस्थितिलाई ठिक तरिकाले सम्हाल्छ, र तँलाई विशेष गरी उसको कामद्वारा सन्तुष्ट तुल्याउँछ भने, भरोसायोग्य व्यक्ति यही हो। भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्‍नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्‍नो कर्तव्यलाई आफ्‍नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्‍नो कर्तव्य नराम्ररी गर्ने पक्‍का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि, तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूबारे चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिबारे सोध्नुपर्छ; नत्र भने, तिनीहरूले कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, र काम गर्दा समस्याहरू आउन सक्छन्, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ। छोटकरीमा, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफूलाई जाँच्नुपर्छ: “के मैले यो कर्तव्य मानकअनुरूप निर्वाह गरेको छु? के मैले यसमा आफ्नो हृदय लगाएको छु? के म झाराटारुवा स्थितिमा पुगेको छु?” यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँसँग कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले तँलाई विश्‍वास गर्न सक्दैनन् भन्‍ने हुन्छ। अझ गम्भीर रूपमा भन्दा, यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा हुन्छस्, र यदि तँ सधैँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तँ ठूलो खतरामा छस्! खुलेआम छलमा संलग्न हुनुका परिणामहरू के-के हुन्? तैँले जानी-जानी गलत गरिरहेको छस् भन्ने कुरा सबैले देख्न सक्छन्। तँ पूर्ण रूपमा आफ्नै भ्रष्ट स्वभावहरूअनुसार जिइरहेको छस्, र तेरो कर्तव्यमा तँ झारा टार्ने बाहेक केही गर्दैनस्, र तैँले सत्यता पटक्कै अभ्यास गर्दैनस्—यसको मतलब तँ मानवताविहीन छस्! यदि यो तँमा सुरुदेखि अन्त्यसम्म प्रकट हुन्छ—तैँले कुनै ठूला गल्तीहरू गर्दैनस् तर सानातिना गल्तीहरू निरन्तर गरिरहन्छस्, र सुरुदेखि अन्त्यसम्म पश्‍चात्ताप गर्दैनस् भने, तँ एक दुष्ट व्यक्ति, एक अविश्‍वासी होस्, र तँलाई निकालिनुपर्छ—यो एक गम्भीर परिणाम हो। तँलाई अविश्‍वासी र दुष्ट व्यक्तिका रूपमा पूर्ण रूपमा प्रकट गरी हटाइन्छ।

तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू पट्टाइलाग्दा हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकाहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावका कारण, तिनीहरूका शैतानी भ्रष्ट स्वभावहरूले तिनीहरूमा गडबडी मच्चाउँछन्, जसले गर्दा तिनीहरू अनुचित दृष्टिकोणहरू राख्छन्; तिनीहरू खराब स्थिति र खराब मुडमा पर्छन् र अन्ततः झारा टार्ने तरिकामा आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्। मानिसहरूको आन्तरिक स्थिति तिनीहरूको वातावरणअनुसार परिवर्तन हुनेछ, तर ती जसरी परिवर्तन भए पनि, यदि कसैले सत्यता बुझ्छ भने, उसले सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छ। आफ्नो मुडका आधारमा कामकुराहरू गर्नु गलत हो; त्यो त आफ्ना रुचिहरूका आधारमा कामकुराहरू गर्नु हो। जब तँ राम्रो मुडमा हुन्छस्, तब तँ आफूले गर्ने काममा थोरै हृदय लगाउन सक्छस्, र जब तँ खराब मुडमा हुन्छस्, तब तँ आफूले गर्ने काममा हृदय लगाउँदैनस्, र झारा टार्ने हिसाबले काम गर्छस्—के यो कामकुराहरू गर्ने सैद्धान्तिक तरिका हो? के यसले तँलाई मानकअनुरूप आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाँधिन र ढलपल हुनबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य निर्वाह गर्ने तेरो कार्य मानकअनुरूप छ कि छैन, तैँले त्यो झारा टार्ने ढङ्गले गरिरहेको छस् कि छैनस्, तँ धूर्त र सुस्त भएको छस् कि छैनस्, अनि तेरो मनोवृत्ति र सोच्ने तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरका अभिप्रायहरू बुझ्नुपर्छ। यी कुराहरू गरेर, तँसँग अभ्यासको मार्ग हुनेछ। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, सत्यता अभ्यास गर्नुपर्छ, आफ्ना दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ, अनि आफूले गर्ने हरेक कुरामा सिद्धान्तहरूप्रति अडिग रहनुपर्छ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, जसले आफ्नो जिम्मेवारी लिन सक्छ, जो सच्‍चा रूपमा असल हुन्छ, र जसले साँच्चै मानकअनुरूप आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ, अनि तैँले एक सच्‍चा व्यक्तिको रूप पूर्ण रूपमा जिउनेछस्। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वरको नजरमा इमानदार मानिस भन्न सकिन्छ। इमानदार मानिसहरू मात्र सिद्धान्तका साथ कार्य गर्न र मानकअनुरूप आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नका लागि सत्यता अभ्यासमा दृढ रहन सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू झारा टार्ने तरिकाले काम गर्दैनन्, तिनीहरू धृष्ट हुँदैनन् र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आफूलाई दबाब वा बाधा दिने झर्कोलाग्दो कुरा सामना गरे भने पनि, तिनीहरू अझै परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यसो भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, तबसम्म मैले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। मैले आफू जिउने प्रत्येक दिन नै आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्नैपर्छ, ताकि म परमेश्‍वरले मलाई दिएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिएको यस सासको योग्य बनूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, कामकुरा वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिलो स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो। के यस तरिकाले जिउँदा व्यक्ति ढुक्क हुनेथियो? परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ भनेर के तैँले चिन्ता लिनुपर्नेथियो? तिमीहरूले ढुक्क महसुस गर्न काम गर्नुपर्छ भनेर कसरी भन्‍नेथियौ? (आफूलाई कुनै व्यक्ति, घटना, वा परिस्थितिको बन्धनमा पर्न नदे, र आफ्नो कर्तव्यलाई प्राथमिकतामा राख्। यसो गरेमा मात्र तँ परमेश्‍वरलाई निराश पार्नबाट जोगिन सक्छस्।) सही हो, ढुक्क महसुस गर्नुको राज यही हो। के तिमीहरू सबैले यस राजलाई राम्ररी बुझेका छौ? यदि कुनै व्यक्तिले तँसँग बोल्दा खराब मनोवृति राख्छ, र तँलाई बेवास्ता गर्ने वा जानाजानी तँमा खराबी कोट्याउने अभिप्राय राख्छ भने, तँ दुःखी हुनेछस्, मानौँ तेरो मुटुमा छुरा घोपिएको छ। तँलाई खान मन लाग्नेछैन र तेरो सुताइमा असर पर्नेछ। जसरी पनि तँ खराब मुडमा हुनेछस्, र तेरो हृदयमा पीडा हुनेछ। यस अवस्थामा, तैँले के गर्नेछस्? तैँले यसो भन्लास्, “आज म खराब मुडमा छु, त्यसैले म मेरो कर्तव्य केही दिनका लागि थाँती राख्नेछु” वा “म आफ्नो कर्तव्य त निर्वाह गर्नेछु, तर मैले उदासीन भएर झारा टार्ने काम मात्र गरे पनि ठिकै छ। आफूले चाहेकै जस्तो नहुने समय सबैलाई आउँछ, त्यसकारण म खराब मुडमा छु भने, परमेश्‍वरले मबाट धेरै माग गर्नुहुन्न, गर्नुहुन्छ र? आज म आफ्नो कर्तव्य केहीबेरका लागि थाँती राख्नेछु। ठिकै छ, म भोलि राम्रो काम गर्नेछु। परमेश्‍वरले छ हजार वर्षदेखि आफ्नो काम गर्दै आइरहनुभएकोले, के मैले आफ्नो काम एक दिन ढिलो गर्दा उहाँलाई केही वास्ता होला?” कस्तो खालको व्यक्तिले स-साना कुराहरूले गर्दा आफ्नो मुड बिगार्छ र त्यसपछि यसलाई आफ्नो कर्तव्यमा असर पार्न दिन्छै दिन्छ? के यो बचकना र निराशाजनक स्वभाव होइन र? तिनीहरू आफूलाई केही आइपर्दा झोँक्किन्छन्, पूर्ण रूपमा विवेकहीन बन्छन्, आफ्नो कर्तव्य पूरा गर्दैनन्, सङ्कल्प राख्दैनन् र आफ्ना वाचा बिर्सन्छन्। यो कस्तो खालको समस्या हो? के यो जिद्दीपनको समस्या होइन र? केही मानिस होलान् जो सामान्यतया यस्तो व्यवहार गर्दैनन्, तर तिनीहरू खराब मुडमा हुँदा आफ्ना काम छोड्छन्। यस्ता कुराहरू प्रायजसो भइरहन्छन्। कतिपय मानिसहरू आफ्नो खराब मुडद्वारा प्रभावित हुन्छन्, र फलस्वरूप आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा ऊर्जा हुँदैन, र तिनीहरू अलिकति पनि उत्साह जगाउनन सक्दैनन्। यस्तो हुँदा के गर्नुपर्छ? के यस्ता समस्याहरू समाधान गर्नुपर्दैन? कतिपय मानिस भन्छन्, “ती समाधान गर्न सकिन्न। अहिलेका लागि, मलाई त्यो समाधान गर्न चाहन्नँ, र म परिस्थितिअनुसार चल्छु। जे भए पनि, म खराब मुडमा छु र कोही पनि मसँग बोलेको चाहन्नँ। मलाई केहीबेर दुःखी हुन दिनुस्।” तिनीहरू आफ्नो कर्तव्य गरिरहेकै छन् भने पनि, तिनीहरूको शरीर मात्र त्यहाँ हुन्छ, मन हुँदैन। तिनीहरूका मन कता उडिरहेका छन् भन्‍ने कुरा अनिश्चित हुन्छ। तिनीहरू आफ्ना कर्तव्यमा जिम्मेवार छैनन्, तिनीहरू प्रयास गर्दैनन्, र तिनीहरू कमजोर छन्। तर जब तिनीहरूको मुड ठिक हुन्छ, तब तिनीहरू फेरि उत्साहित हुन थाल्छन्; तिनीहरू फेरि कठिनाइ सहन र थकान भोग्न सक्षम हुन्छन्, र आफ्नो खानेकुराप्रति अत्याधिक ध्यान दिँदैनन्। के यी सब अलि असामान्य होइन? किन मानिसहरू यति धेरै फरक-फरक भावना र परिस्थितिहरूबाट प्रभावित हुन्छन्? के तिमीहरूले कहिल्यै यसको कारण खोजेका छौ? के तिमीहरूलाई यी कुराहरूले प्रायः समस्यामा पार्दैनन् ऱ? के तिमीहरू यस्ता स्थितिहरूमा प्रायः अल्झिदैनौ? के तिमीहरू सबैले सामना गर्ने समस्या यही होइन? (हो।) यदि यी समस्याहरू समाधान गरिएन भने, मानिसहरू कहिल्यै परिपक्व हुनेछैनन्; तिनीहरू सधैँ बच्चा रहनेछन्। उदाहरणका लागि, कुनै व्यक्तिले तेरो भावनालाई विचार नगरी केही भन्छ, जुन आंशिक रूपले तँप्रति लक्षित छ, वा उसले तँलाई छड्के हान्छ भने, तँलाई अलि असहज लाग्नेछ। यदि तैँले कसैसँग कुरा गर्दा उसले तँलाई ध्यान दिँदैन, वा उसको मुहारमा राम्रो भाव देखिँदैन भने, तँलाई असहज हुनेछ। यदि कुनै दिन तैँले चाहेको जस्तो तेरो कर्तव्य अघि बढेन भने, तँलाई असहज हुनेछ। यदि तैँले अशुभ लाग्ने डरलाग्दो सपना देखिस् भने, तँलाई असहज हुनेछ। तैँले आफ्नो परिवारबारे नराम्रो खबर सुनिस् भने, तँलाई असहज हुनेछ, तेरो मुड बिग्रनेछ, अनि तैँले आफ्नो ऊर्जा बढाउन सक्नेछैनस्। यदि तैँले अरू कसैले राम्ररी कर्तव्य निभाएको, र प्रशंसा बटुलेको अनि तिनलाई अगुवाको रूपमा बढुवा गरेको देखिस् भने, त्यसले पनि तँलाई असहज बनाउनेछ, र तेरो मुड बिगार्नेछ…। तँलाई प्रभाव पार्न सक्ने साना-ठूला यी सबै परिस्थितिले तँलाई नकारात्मकतामा फसाउन, दिक्दार बनाउन, र कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा प्रभाव पार्न सक्छन्। यस्तो व्यवहार गर्ने मानिसमा कस्तो समस्या हुन्छ? (तिनीहरूको स्वभाव अस्थिर हुन्छ।) अस्थिर स्वभाव त्यसको एउटा पक्ष हो। तिनीहरूको मानवता अपरिपक्व र बचकना हुन्छ, र तिनीहरूमा अन्तर्दृष्टि हुँदैन। तिनीहरूको जीवन प्रवेशबारे भन्नुपर्दा, तिनीहरू सधैँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्, त्यसकारण तिनीहरूलाई सत्यता अभ्यास गर्न सहज हुँदैन। यदि तिनीहरूले सत्यता अभ्यास गर्न सकेनन् भने, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न सकेनन् भने, तिनीहरूले जीवन प्रवेश पाउनेछैनन्। कुरा त्यस्तै होइन र? किन तिनीहरू मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन्, सही र गलत छुट्याउन सक्दैनन्, र को सही र को गलत छुट्याउन सक्दैनन्। परिणामस्वरूप, कसरी अभ्यास गर्ने तिनीहरू जान्दैनन्, र द्विविधामा पर्छन्। परिणाम यही हुन्छ। अधिकांश नयाँ विश्‍वासीहरू यही स्थितिमा हुन्छन्। जब तिनीहरूले सत्यता बुझ्छन्, परिस्थितिहरू स्पष्ट रूपमा देख्न र मानिसहरू छुट्याउन सक्छन्, यो समस्या स्वतः सुल्झिनेछ। तर, सत्यतालाई प्रेम नगर्नेहरूले परिस्थितिहरू झेल्नुपर्दा सत्यता खोजी गर्दैनन्। यस्तो व्यक्ति थरिथरिका मानिस, परिस्थिति, र वस्तुहरूको बन्धन त्याग्न सदाका लागि असक्षम हुनेछ। प्रायः मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्ने मानिसहरूले कस्ता खालका स्थितिहरू प्रकट गर्छन्? तिनीहरू सजिलै नकारात्मक बन्छन्, र रोकावट आउँदा वा कठिनाइहरू सामना गर्नुपर्दा, तिनीहरू ठेस खान्छन्। यी कुराहरूले तिनीहरूको मुड र कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्छन्। सत्यता नबुझ्नेहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा सजिलै पर्छन्। तिनीहरूको जीवन प्रवेश अति सुस्त हुन्छ, र तिनीहरूले जति वर्ष नै विश्‍वास गरेका भए पनि, तिनीहरूमा प्रगति देखिँदैन। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्, र धेरथोर गैरविश्‍वासीहरूजस्तै नै हुन्छन्। यो सब सत्यता नपछ्याउनुको परिणाम हो। कारण यही हो। सङ्क्षेपमा भन्नुपर्दा, तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तेरो क्षमता वा उमेर जेजति भए पनि, यदि तैँले सत्यतालाई प्रेम गरिनस् वा सबै कुरामा सत्यता खोजिनस् भने, तँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्नेछस्। कसरी उचित रूपमा काम गर्ने भनी तँलाई थाहा हुनेछैन, न त सत्यता कसरी अभ्यास गर्ने वा सिद्धान्तहरूबमोजिम कसरी चल्ने भनेर नै थाहा हुनेछ। तैँले मान्छेहरूको धारणाअनुसार काम गरिस् र खराब काम गरिनस् भने पनि, तँलाई आफू परमेश्‍वरका अभिप्रायअनुरूप छु कि छैन भन्‍ने थाहा हुनेछैन। यस्तो व्यक्तिले जतिसुकै वर्ष विश्‍वास गरेको भए तापनि, आफ्नो अनुभवात्मक गवाहीहरूबारे बोल्न सक्नेछैन, किनकि उसले परमेश्‍वरको काम कसरी अनुभव गर्ने भन्‍ने कुरा बुझ्दैन, न त अलिकति सत्यता नै बुझ्छ। सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्; तिनीहरूले जतिसुकै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तिनीहरूसँग बताउने गवाही हुँदैन। तिनीहरूको कद अति सानो हुन्छ, र तिनीहरूमा सत्यता वास्तविकता हुँदैन।

अहिले मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नमा सक्रिय छन्। तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्‍वरका लागि समर्पित हुने र उहाँका लागि कामकुरा त्याग्ने, र आफूलाई उहाँमा अर्पण गर्ने दृढता पनि छ। आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्ने, र उहाँका लागि समर्पित हुने कसम धेरैपटक खाएका मानिसहरूसमेत छन्। तिनीहरूसँग यी सबै कुरा छन्, तर जीवन प्रवेश छैन। यदि कुनै व्यक्तिसँग जीवन प्रवेश छैन भने, थरिथरिका जटिल मानिस, परिस्थिति र वस्तुहरूको कारण, तिनीहरूलाई शान्त रहन वा समस्या समाधान गर्न निकै गाह्रो हुनेछ। तिनीहरूले दिशा भेटाउन सक्दैनन्, न त मार्ग नै भेटाउन सक्छन्, अनि तिनीहरूलाई प्रायः आफ्नो नकारात्मक स्थिति हटाउन सकिँदैन भन्‍ने लाग्छ। तिनीहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको अल्झोमा, बन्धनमा, नियन्त्रणमा, र पकडमा पर्छन्, अनि तिनीहरूलाई अभ्यास गर्ने सबैभन्दा सही तरिका थाहा हुँदैन। अब, म तिमीहरूलाई अभ्यासको एउटा सिद्धान्तबारे बताउनेछु: तँलाई जे आइपरे पनि, चाहे त्यो जाँच होस् वा परीक्षा होस्, वा तँलाई काटछाँट गरिँदै होस्, र मानिसहरूले तँलाई जस्तोसुकै व्यवहार गरे पनि, तैँले सबैभन्दा पहिले यी कुराहरूलाई पन्छाएर परमेश्‍वरसामु आउनुपर्छ, गम्भीरतापूर्वक प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ, जसले गर्दा तैँले आफ्नो स्थितिलाई मिलाउन सक्छस्। पहिला यो गरिहाल्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “यो जतिसुकै ठूलो विषय भए पनि, आकाश नै खसे पनि, मैले आफ्नो कर्तव्य राम्ररी निभाउनैपर्छ। सास रहुञ्जेलसम्म, म आफ्नो कर्तव्य त्याग्नेछैनँ।” त्यसोभए तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् त? तैँले प्रक्रिया मात्र पूरा गर्नु, वा भौतिक रूपमा मात्र उपस्थित भएर मन अर्कैतिर डुलाउनु हुँदैन—तैँले आफ्नो मन र दिमाग दुवै आफ्नो कर्तव्यमा लगाउनैपर्छ। तँलाई जतिसुकै ठूला परिस्थितिहरू आइपरे पनि, तैँले पहिला ती कुराहरू छाडेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने तरिका खोज्न परमेश्‍वरसामु आउनैपर्छ, यसो गर्दा परमेश्‍वरलाई सन्तुष्टि मिल्छ। तैँले यस्तो सोच्ने प्रयास गर्नुपर्छ, “मैले आज यो कुरा सामना गरेपछि, म कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गरूँ? पहिले, म लापरवाही तरिकामा काम गर्थेँ, त्यसैले आज मैले आफ्नो तरिका परिवर्तन गरी राम्ररी कर्तव्य निभाउने प्रयास गर्नैपर्छ, ताकि कसैले गल्ती कोट्याउने ठाउँ नपाओस्। महत्त्वपूर्ण कुरा के हो भने मैले परमेश्‍वरलाई पटक्कै निराश तुल्याउनु हुँदैन। मैले उहाँको मनलाई ढुक्क पार्नैपर्छ, ताकि मैले आफ्नो कर्तव्य निर्वाह गरेको उहाँले देख्दा, म आज्ञाकारी र समर्पित व्यक्ति मात्र नभई वफादार पनि छु भनेर देख्नुहुनेछ।” यदि तेँले यसलाई अभ्यास गरिस् र यस दिशामा बल गरिस् भने, तँलाई केही कुराले पनि कर्तव्य निभाउनमा ढिलाइ गराउन, वा तेरो कर्तव्यको प्रभावकारीतामा असर पार्न सक्नेछैन। जब तँ निरन्तर प्रार्थना गर्छस्, सत्यता खोज्छस्, र परमेश्‍वरका वचनहरू बुझ्ने कोसिस गर्छस्, तब तैँले देहगत भावनात्मक समस्याहरूलाई बुझेर सुल्झाउन सक्नेछस्; तर सत्यता नस्विकारेसम्म कुनै व्यक्तिले त्यसो गर्न सक्दैन। यदि तैँले सत्यता बुझिस् भने, कुनै पनि समस्या सुल्झाउन सकिन्छ। तेरो हृदयको उदासी, निराशा, चिन्ता, आशङ्का, र नकारात्मकता सबै पूर्ण रूपमा सुल्झाउन सकिन्छ। तेरो मुड बिस्तारै ठिक हुँदै जानेछ, र तँ पूर्ण रूपमा मुक्त हुनेछस्। तँलाई साँच्चै वास्तविक कठिनाइहरू आइपरेको छ भने, तैँले सत्यता खोज्न र समर्पित हुन सिक्नैपर्छ। व्यक्तिलाई यस्ता परिस्थितिहरू आइपर्दा, त्यो उसको कदको जाँच हुन्छ र त्यसले ऊ को हो भन्‍ने कुरा प्रकट हुन्छ, ताकि उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनी बुझ्न सकियोस्।

मानकअनुरूप हुने तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्नका लागि, तँसँग पहिला उचित मानसिकता हुनैपर्छ। तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा, तैँले आफ्नो स्थिति पनि समायोजन गर्नैपर्छ। जब तँ आफ्नो कर्तव्य सही ढङ्गले सम्हाल्न सक्षम हुन्छस्, जब सबै खालका मानिस, घटना र कामकुराहरूबाट आउने बन्धन र प्रभावहरूलाई हटाउँछस्, जब परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छस्, तब तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्। यसो गर्नुको राज भनेको आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई जहिले पनि प्राथमिकता दिनु हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सधैँ आफूलाई जाँच्नैपर्छ: “के ममा आफ्नो कर्तव्य निर्वाहतर्फ झारा टार्ने मनोवृत्ति छ? कस्ता कुराहरूले मलाई बाधा दिन्छन् र आफ्नो कर्तव्य निर्वाहमा मलाई झारा टार्ने तुल्याउँछन्? के म आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु? यदि मैले यसरी कार्य गरेँ भने के परमेश्‍वरले मलाई भरोसा गर्नुहुनेछ? के मसँग परमेश्‍वरप्रति समर्पणको हृदय छ? के यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु सिद्धान्तहरूअनुसार हो? के यसले उत्कृष्ट परिणामहरू हासिल गर्न सक्छ?” तैँले प्रायजसो यी प्रश्नहरूबारे चिन्तन गर्नुपर्छ। जब तँ समस्याहरू पत्ता लगाउँछस्, तब तैँले सक्रिय रूपमा सत्यता खोज्नुपर्छ र ती समाधान गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यसरी, तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछस्, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा समस्याहरू बारम्बार उत्पन्न हुन्छन् भने, यस समस्याको जड कहाँ छ त? यो तेरो हृदयको समस्या हो; यो भ्रष्ट स्वभावहरू हुनुको मामला हो। जब व्यक्तिको भ्रष्ट स्वभाव प्रकट हुन्छ, तब उसको हृदयमा समस्याहरू हुनेछन् र उसको स्थिति असामान्य हुनेछ, जसले उसले आफ्नो कर्तव्य निर्वाह गर्ने तरिकालाई प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ। व्यक्तिको कर्तव्यलाई प्रभाव पार्ने समस्याहरू ठूला, गम्भीर समस्या हुन्; तिनले परमेश्‍वरसँगको व्यक्तिको सम्बन्धलाई प्रत्यक्ष रूपमा प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिस परिवारमा प्रकोपहरू आइपर्दा तिनीहरू परमेश्‍वरबारे धारणा र गलतफहमीहरू विकास गर्छन्। कतिपय मानिस आफ्नो कर्तव्यमा अलिकति कठिनाइ सहँदा र कसैले त्यो नदेख्दा वा त्यसका लागि तिनीहरूलाई प्रशंसा नगर्दा तिनीहरू नकारात्मक बन्छन्। कतिपय मानिस आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, सधैँ झाराटारुवा हुन्छन्, अनि तिनीहरू आफूलाई काँटछाँट गरिँदा परमेश्‍वरविरुद्ध गुनासो गर्छन्। कतिपय मानिस आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन् किनभने तिनीहरू सधैँ उम्कने बाटोबारे विचार गरिरहेका हुन्छन्। यी सबै समस्याले परमेश्‍वरसँगको सामान्य सम्बन्धलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छन्। यी सबै भ्रष्ट स्वभावका समस्याहरू हुन्। ती सबै नै मानिसहरूले परमेश्‍वर वा उहाँको कामलाई नचिन्‍ने, र तिनीहरूले सधैँ आफ्नै हैसियत र प्रतिष्ठा, आफ्ना सम्भावनाहरू र भाग्य, अनि आफ्ना दैहिक हितहरूका लागि युक्ति रच्ने र विचार गर्ने तथ्यबाट उत्पन्न हुन्छन्, जसले तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न र परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुनबाट रोक्छ, जसले गर्दा सबै प्रकारका नकारात्मक संवेगहरू उत्पन्न हुन्छन्। सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्। अलिक कठिन परिस्थितिहरू सामना गर्दा, तिनीहरू नकारात्मक र कमजोर बन्छन्; जब तिनीहरू आफ्नो तरिकामा नहुने कुराहरू सामना गर्छन्, तब तिनीहरू आफ्नो कर्तव्यबारे आफ्नो कुण्ठा पोख्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा, निरन्तर रूपमा नकारात्मक बन्छन्, सुस्त हुन्छन्, र झारा टार्ने तरिकाले कार्य गर्छन्; तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहन्छन्, अनि परमेश्‍वरलाई विश्‍वासघात गर्दै आफ्नो काम त्याग्नसमेत चाहन्छन्। यी सबै व्यक्ति आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिँदा आउने विभिन्‍न परिणामहरू हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्तिले आफ्नै जीवन, सम्भावना, र नियतिलाई पन्छाउन सक्छ, अनि ऊ सत्यता पछ्याउन र प्राप्त गर्न मात्र चाहन्छ। ऊ पर्याप्त समय छैन भन्‍ने सोच्छ, उसलाई आफू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुनेछ र आफू सिद्ध पारिनेछैनँ भन्‍ने डर लाग्छ, त्यसैले ऊ सबै कुरा त्याग्न र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न सक्षम हुन्छ। उसको मानसिकता केवल परमेश्‍वरमा ध्यान केन्द्रित गर्नु र परमेश्‍वरप्रति समर्पित हुनु हो। उसलाई अल्झाउन सक्ने कुनै कठिनाइ हुँदैन, र यदि उसलाई नकारात्मक वा कमजोर महसुस भयो भने, ऊ त्यसलाई परमेश्‍वरका वचनहरूबाट केही खण्ड पढेर स्वाभाविक रूपमा समाधान गर्छ। सत्यता नपछ्याउने मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्; सत्यता जजसरी सङ्गति गरिए पनि, यसले तिनीहरूका समस्याहरू पूर्ण रूपमा समाधान गर्न सक्दैन। तिनीहरू क्षणिक रूपमा मन परिवर्तन गरेर सत्यता स्वीकार गर्न सक्षम भए पनि, तिनीहरू पछि त्यसबाट पछि हट्छन्, त्यसैले यस्तो प्रकारको व्यक्तिलाई सम्हाल्न एकदमै गाह्रो हुन्छ। तिनीहरूले सत्यताको एक अंशसमेत बुझ्दैनन् भन्‍ने होइन; कुरा के हो भने तिनीहरूले आफ्नो हृदयमा सत्यताको कदर गर्दैनन् वा यसलाई स्वीकार गर्दैनन्। फलस्वरूप, तिनीहरू कहिल्यै आफ्नो इच्छा पन्छाउन, वा आफ्ना व्यक्तिगत हितहरू, आफ्ना सम्भावनाहरू र भवितव्य, अनि आफ्नो परिणाम र गन्तव्यलाई त्याग्न सक्दैनन्। तिनीहरूको हृदय सधैँ यी कुराहरूद्वारा बाधित र नियन्त्रित हुन्छ, जसले गर्दा तिनीहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असक्षम हुन्छन्। यदि कुनै व्यक्ति सत्यता स्विकार्न सक्षम छ भने, उसले त्यो बुझेपछि, भ्रष्ट स्वभावहरूका ती सबै कुरा स्वाभाविक रूपमा हराएर जानेछन्, र ऊसँग जीवन प्रवेश र कद हुनेछ; ऊ उप्रान्त अज्ञानी बालक रहनेछैन। जब व्यक्तिसँग कद हुन्छ, तब ऊ परिस्थितिहरू छर्लङ्ग देख्न झन्-झन् सक्षम हुनेछ, सबै प्रकारका मानिसहरूलाई खुट्ट्याउन झन्-झन् सक्षम हुनेछ, र उसलाई कुनै व्यक्ति, घटना वा कामकुराद्वारा बाँधिनेछैन। जो कोहीले भनेको वा गरेको कुनै कुराले ऊ प्रभावित हुनेछैन। ऊ शैतानका दुष्ट शक्तिहरूको हस्तक्षेपको अधीनमा हुनेछैन, वा झूटा अगुवा र ख्रीष्टविरोधीहरूका बहकाउ र बाधाहरूमा पर्नेछैन। यदि यसो भयो भने, के व्यक्तिको कद क्रमिक रूपले बढ्नेछैन र? कुनै व्यक्तिले सत्यता जति बढी बुझ्छ, उसले त्यति नै बढी आत्मचिन्तन गर्नेछ र आफूलाई चिन्‍नेछ, ऊ आफ्ना भ्रष्ट स्वभावहरूले पुऱ्याउने हानि त्यति नै बढी पत्ता लगाउन सक्षम हुनेछ, उसले सत्यता अभ्यास गर्ने मार्ग त्यति नै बढी भेट्टाउन सक्नेछ, र सत्यता वास्तविकतामा उसको प्रवेश त्यति नै छिटो हुनेछ; त्यससँगसँगै, ऊ आफ्नो कर्तव्य मानकअनुरूप हुने तरिकामा निर्वाह गर्न पनि सक्षम हुनेछ। जब तैँले जीवन प्रवेश प्राप्त गर्छस् र तेरो जीवन क्रमिक रूपमा वृद्धि भइरहेको हुन्छ, तब तेरो स्थिति झन्-झन् सामान्य हुँदै जानेछ। तँलाई पहिले बाधा र बन्धनमा पार्न सकेका मानिस, घटना र कामकुराहरू तेरा लागि अब समस्या हुनेछैनन्। तँलाई उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्नमा कुनै कठिनाइहरू हुनेछैनन्, अनि परमेश्‍वरसँग तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ। जब तैँले परमेश्‍वरमा कसरी भर पर्ने, परमेश्‍वरका अभिप्राय कसरी खोज्ने, आफ्नो स्थान कुन हो, तैँले के गर्नु हुन्छ र के गर्नु हुँदैन, र कस्ता मामिलामा तैँले जिम्मेवारी लिनुपर्छ र कस्ता मामिलामा लिनु पर्दैन भन्‍ने जान्दछस्, तब के तेरो स्थिति झन्-झन् सामान्य बन्दै जानेछैन र? यस तरिकाले जिउँदा तँ थकित हुँदैनस्, हुन्छस् र? तँ थकित नहुने मात्र होइन, तर तँलाई विशेष गरी आराम र खुसी महसुस हुनेछ। के परिणामस्वरूप तँलाई हृदयमा उज्यालो महसुस हुनेछैन र? तेरो मानसिकता सामान्य हुनेछ, तेरो आत्मा मुक्त हुनेछ, तैँले भ्रष्ट स्वभावहरू कमै मात्र प्रकट गर्नेछस्, र तँ परमेश्‍वरप्रति अझ बढी समर्पित हुनेछस्। यसरी, तँ परमेश्‍वरको उपस्थितिमा निरन्तर रूपमा जिउन सक्नेछस्, र तँ सामान्य मानवता जिउनेछस्। जब मानिसहरूले तेरो व्यवहार देख्छन्, तब तिनीहरूले तँमा ठूलो परिवर्तन आएको छ भन्‍ने महसुस गर्नेछन्। तिनीहरू तँसँग सङ्गति गर्न इच्छुक हुनेछन्, तेरो सङ्गति सुन्दा तिनीहरूले आफ्नो हृदयमा शान्ति र आनन्द महसुस गर्नेछन्, र यसबाट लाभ पनि प्राप्त गर्नेछन्। तेरो कद बढ्दै जाँदा, तेरो बोली र कार्यहरू अझ बढी सन्तुलित र सैद्धान्तिक हुनेछन्। जब तँ कुनै व्यक्ति नकारात्मक र कमजोर भएको देख्छस्, तब तैँले तिनीहरूलाई केही साँचो मद्दत दिन सक्नेछस्। तैँले मानिसहरूका समस्याहरू समाधान गर्न सक्ने मात्र होइन, तर तँ तिनीहरूलाई बाँध्न वा व्याख्यान दिनबाट जोगिन पनि सक्नेछस्, र त्यसको सट्टा अरूलाई मद्दत गर्न आफ्नै व्यावहारिक अनुभवहरू प्रयोग गर्न सक्नेछस्, जसले तिनीहरूलाई केही लाभ प्रदान गर्नेछ। यसरी, तैँले परमेश्‍वरको घरमा परिश्रम गरिरहेको मात्र हुनेछैनस्, तँ एक उपयोगी व्यक्ति हुनेछस्, बोझ उठाउन सक्षम हुनेछस्, र परमेश्‍वरको घरमा अझ बढी अर्थपूर्ण कुराहरू गर्न सक्षम हुनेछस्। के परमेश्‍वर यस्तै व्यक्ति रुचाउनुहुन्छ होइन र? यदि तँ परमेश्‍वरले रुचाउने व्यक्ति होस् भने, के सबैले तँलाई रुचाउनेछैनन् र? (रुचाउनेछन्।) परमेश्‍वर किन यस प्रकारको व्यक्तिसँग खुसी हुनुहुन्छ? किनकि ऊ उहाँसामु व्यावहारिक काम गर्न सक्षम हुन्छ, ऊ खोक्रा, अलङ्कारिक शब्दहरू प्रयोग गर्दैन, र ऊ वास्तविक कुराहरू पूरा गर्छ। ऊ आफ्ना साँचो अनुभवहरू बताएर अरूलाई सहयोग र अगुवाइ गर्न सक्षम हुन्छ; ऊ अरूलाई कुनै पनि समस्या सुल्झाउनका लागि मद्दत गर्न सक्षम हुन्छ, अनि मण्डलीको काममा कठिनाइहरू आइपर्दा, सक्रिय रूपमा समस्याहरू समाधान गर्दै अगुवाइ गर्न सक्षम हुन्छ। आफ्नो कर्तव्य अर्पणपूर्वक निर्वाह गर्नु भनेको यही हो। तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, यसले तिनीहरूमा जीवन प्रवेश छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले अनेकौँ व्यावहारिक काम गर्न सक्ने तथ्यले के प्रमाणित गर्छ भने तिनीहरू सत्यता अभ्यास गर्छन्, र परमेश्‍वरको उपस्थितिमा जिउँछन्। तिनीहरूसँग सत्यता वास्तविकता भएकोले तिनीहरूले अरूलाई पनि सत्यता वास्तविकतामा प्रवेश गराउन सक्छन्। यदि तँसँग सत्यता वास्तविकता छैन वा साँचो अनुभव छैन भने, के तँ अरूलाई परमेश्‍वरको उपस्थितिमा लैजान सक्छस्? यदि तँ आफै परमेश्‍वरको उपस्थितिमा जिउँदैनस् भने, तैँले अरूलाई उहाँको उपस्थितिमा लैजान सक्दैनस्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता सिद्धान्तहरू बिलकुलै नखोजी प्रयास मात्र गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न अनिच्छुक हुन्छस् भने, तँ परमेश्‍वरको उपस्थितिमा जिइरहेको छैनस्। के परमेश्‍वरको उपस्थितिमा नजिउनेहरू उहाँको छानबिन स्विकार्न सक्षम हुन्छन्? के तिनीहरू परमेश्‍वरका जाँचहरू सामना गर्न सक्छन्? के तिनीहरू परीक्षाहरूमा अडिग रहन सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) के यस्तो व्यक्तिले परमेश्‍वरको साक्षी दिन सक्छ? के तिनीहरूले उहाँको गवाही दिन सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो व्यक्ति परमेश्‍वरको साक्षी दिन असक्षम हुन्छ? के त्यो परमेश्‍वरमा साँच्चिकै विश्‍वास गर्ने व्यक्ति हो? कम्तीमा पनि, तिनीहरू परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा अझै प्रवेश गरिसकेका हुँदैनन्, र तिनीहरू अझै परमेश्‍वरका वचनहरूभन्दा बाहिर बाँच्छन्। कुनै जीवन प्रवेशविना परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरिसकेको, अनुभवात्मक गवाहीबारे बोल्न नसक्ने, परमेश्‍वरको साक्षी दिन त झनै नसक्ने, जसले सुसमाचार प्रचार गरेर कुनै असल मानिसहरू प्राप्त गर्न नसक्ने व्यक्ति—ऊ परमेश्‍वरको साक्षी भनेर कहलाइन योग्य हुँदैन। त्यसैले अपरिपक्व कद भएको र जीवन प्रवेश नभएको व्यक्तिले कहिल्यै परमेश्‍वरको साक्षी दिन सक्दैन। यसको अन्तर्निहित अर्थ के हो भने यस प्रकारको व्यक्ति परमेश्‍वरको उपस्थितिमा बाँच्दैन। यदि तँ परमेश्‍वरको उपस्थितिमा बाँच्दैनस्, तँसँग जीवन प्रवेश छैन, र तँ परमेश्‍वरको साक्षी होइनस् भने, के उहाँले तँलाई उहाँको अनुयायीमध्ये एकको रूपमा स्वीकार गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्‍वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने एउटा अवसर दिनुभएको छ, र तँ त्यो गर्न इच्छुक छस्, तर तेरा प्रकटीकरणहरूमार्फत् उहाँले तँ त्यत्तिका समय उहाँमा विश्‍वास गरेपछि पनि उहाँको साक्षी दिन सक्दैनस् भन्ने देख्नुभएको छ। तँसँग साँचो अनुभवात्मक ज्ञान नभएको मात्र होइन, तँ आफ्ना धारणा र कल्पनाहरूबमोजिम पनि जिउँछस्; तँसँग सत्यता वास्तविकता पटक्कै छैन, र तँ परमेश्‍वरको उपस्थितिमा नै जिउँदैनस्। उहाँले तेरो परीक्षा लिनुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई काटछाँट गर्नुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई न्याय गर्नुभयो र सजाय दिनुभयो भने, तँ आफ्नो काम त्याग्छस् र ठुस्किन्छस्, अनि उहाँले सोच्नुहुनेछ: “यो व्यक्ति जिस्क्याउन नहुने भालुजस्तै हो! म जहाँजहाँ मेरो काम गर्न वा बोल्न जान्छु, त्यस्तो व्यक्ति मेरो अनुसरण गर्न लायक हुँदैन, मसँग रहन लायक हुँदैन।” म किन यसो भन्छु? किनकि यस प्रकारको व्यक्तिले सत्यता बुझ्दैन, उसमा शुद्ध बोध हुँदैन, उसँग साँचो अनुभवहरू हुँदैनन्, र उसले परमेश्‍वरका अभिप्राय बुझ्दैन। यदि तिनीहरूले परमेश्‍वरका अभिप्राय बुझ्दैनन् भने, तिनीहरू उहाँसँग मिल्ने हुन सक्छन् त? यदि तिनीहरू उहाँका अभिप्रायहरू बुझ्दैनन् भने, के तिनीहरूले ती बोध गर्न सक्छन्? के तिनीहरू सत्यता स्विकार्न सक्छन्? त्यो भन्न गाह्रो छ, र यी सबै अज्ञात कुराहरू हुन्। त्यसोभए, यदि यस प्रकारको व्यक्ति परमेश्‍वरसँग भएको भए, तिनीहरूमा उहाँबारे हरेक कुरामा आशङ्का हुनेथ्यो, र तिनीहरूले उहाँलाई बुझ्नेछैनन्, जसले त्यसपछि परमेश्‍वरबारे सबै प्रकारका गलतफहमी र गुनासाहरू र हरेक मोडमा परमेश्‍वरबारे मूल्याङ्कनहरू उत्पन्न गर्नेथिए। अन्तिममा, यसले विश्‍वासघात उत्पन्न गराउनेछ। परमेश्‍वरले उहाँलाई विश्‍वासघात गर्ने कोही व्यक्ति चाहन सक्नुहुन्छ होला त? के परमेश्‍वरले तिनीहरूलाई उहाँको अनुयायी बन्न दिन सक्नुहुन्छ? उहाँ सक्नुहुन्न। यदि तँ परमेश्‍वरले तँलाई उहाँका अनुयायीहरूमध्ये एकका रूपमा मान्यता दिनुहोओस् भन्‍ने चाहन्छस् भने, सबैभन्दा पहिले, तैँले जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नैपर्छ—यसको अर्थ सुरुमा आफूलाई चिन्नु हो। व्यक्तिले आफूलाई जति बढी चिन्छ, उसले आफ्नो भ्रष्टताको सार र वास्तविकतालाई त्यति नै बढी छर्लङ्गै देख्‍न सक्नेछ, अनि उसले भित्रैदेखि सत्यता पछ्याउन त्यति नै बढी तृष्णा गर्नेछ; आफ्नो कर्तव्य निर्वाह गर्दा, उसले सत्यता खोज्नु, सत्यता अभ्यास गर्नु, र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नुलाई विशेष महत्त्व दिनेछ, जसद्वारा ऊ आफ्नो कर्तव्य कायम राख्‍न, र परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछ। त्यो तेरो सबैभन्दा उच्च प्राथमिकता हुनुपर्छ। जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नुको उद्देश्य आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो; मूलतः यो सब आफ्नो कर्तव्य निर्वाह गर्नुमै आएर ठोक्किन्छ। तैँले आफ्नो कर्तव्य निर्वाहद्वारा जीवन प्रवेश पछ्याउन सुरु गर्नुपर्छ, र जीवन प्रवेशमार्फत, तैँले अलि-अलि गर्दै सत्यता बुझ्नुपर्छ र प्राप्त गर्नुपर्छ, ताकि तँ आफूसँग कद हुने, तेरो जीवन क्रमिक रूपमा वृद्धि हुने र तँसँग सत्यताका व्यावहारिक अनुभवहरू हुने बिन्दुमा पुग्छस्। त्यसपछि तैँले अभ्यासका सबै प्रकारका सिद्धान्तहरूमा निपुणता हासिल गर्नुपर्छ, ताकि तँ कुनै व्यक्ति, घटना, वा कामकुराद्वारा नियन्त्रित र बाधित नभई आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम होस्। यसरी, तँ क्रमिक रूपमा परमेश्‍वरको उपस्थितिमा जिउनेछस्। तँ कुनै पनि प्रकारको व्यक्ति, घटना वा कामकुराद्वारा बाधित हुनेछैनस्, अनि तँसँग सत्यताको अनुभव हुनेछ। तेरो अनुभव अझ प्रशस्त हुँदै जाँदा, तँ परमेश्‍वरको साक्षी दिन त्यति नै बढी सक्षम हुनेछस्, र तँ परमेश्‍वरको साक्षी दिन अझ बढी सक्षम हुँदै जाँदा, तँ क्रमिक रूपमा उपयोगी व्यक्ति बन्‍नेछस्। जब तँ उपयोगी व्यक्ति बन्छस्, तब तैँले परमेश्‍वरको घरमा मानकअनुरूप हुने तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछस्, तँ सृजित प्राणीका रूपमा आफ्नो स्थान उचित रूपमा ग्रहण गर्न र परमेश्‍वरका प्रबन्ध र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्षम हुनेछस्, अनि तँ दृढ रहन सक्षम हुनेछस्। यस प्रकारको व्यक्ति मात्र मानकअनुरूपको सृजित प्राणी र परमेश्‍वरको अनुमोदन पाएको व्यक्ति हो। त्यसपछि तँ परमेश्‍वरले तँलाई दिएका सबै कुराको योग्य हुनेछस्।

सत्यता वास्तविकतामा प्रवेश गर्ने कडी के हो? तैँले सत्यता अभ्यास गर्ने तरिका सिक्नैपर्छ ताकि तैँले मामलाहरू सैद्धान्तिक तरिकामा सम्हाल्न सकेस्। के सधैँ शपथहरू खानु र आफ्नो सङ्कल्प व्यक्त गर्नुको कुनै फाइदा छ? यदि तँ सधैँ शपथहरू खान्छस् र आफ्नो सङ्कल्प व्यक्त गर्छस्, तर अझै पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यसको कुनै फाइदा हुँदैन। सर्वमहत्त्वपूर्ण कुरा, सबैभन्दा वास्तविक कुरा भनेको आफ्नो कर्तव्य निर्वाह गर्दा देखा पर्ने विभिन्‍न समस्याहरू समाधान गर्न सत्यता खोजेर जीवन प्रवेश प्राप्त गर्नु, अनि आफ्नो कर्तव्यप्रतिका तेरा विभिन्‍न गलत मनोवृत्तिहरू परिवर्तन गर्नु हो। जीवन प्रवेश हुनुको अर्थ के हो? जीवन प्रवेश हुनुको अर्थ हो, तँसँग सत्यताको अनुभव र ज्ञान छ, अनि तँ यो सही रूपमा अभ्यास गर्न सक्छस्। के तिमीहरू सबैसँग अहिले जीवन प्रवेश छ? के तिमीहरू परमेश्‍वरको साक्षी दिन सक्षम छौ? के यो धेरैजसो समय तिमीहरूले केही शब्द र धर्मसिद्धान्त मात्रै भन्‍नसक्नु, र सत्यताबारे तिमीहरूको ज्ञान धर्मसिद्धान्तको स्तरमा रोकिनु, तिमीहरूमा सत्यताको कुनै साँचो ज्ञान वा अनुभवको कमी हुनु होइन र? यदि तँ सत्यताको साँचो अनुभव र ज्ञान प्राप्त गर्न सक्दैनस् भने, तँ परमेश्‍वरको साक्षी दिन कम पर्छस्। धेरैजसो समय, तँसँग भावना-आधारित केही ज्ञान मात्रै हुन्छ, तँलाई परमेश्‍वरले यसलाई एउटा तरिकाले भन्‍नुहुँदा, यो सत्यता हो, अनि उहाँले यसलाई अर्को तरिकाले भन्‍नुहुँदा, यो पनि सत्यता नै हो भन्‍ने लाग्छ—तँलाई परमेश्‍वरका सबै वचन सत्यता हुन् भन्‍ने लाग्छ र तँ तीप्रति आमेन भन्छस् र तिनलाई अनुमोदन गर्छस्। तर तँ तिनलाई आफूसँग जोड्न सक्दैनस्। जब तँ कामकुराहरू गर्छस्, तब तँ अझै पनि अन्योलमा पर्छस्, र तँलाई आफ्ना समस्याहरू समाधान गर्न कुन सत्यताहरू प्रयोग गर्नुपर्छ भनेर थाहा हुँदैन, न त काम गर्ने कुन तरिका सत्यता अभ्यास हुन्छ भनेर नै थाहा हुन्छ। के तिमीहरूमध्ये धेरैजसो यस प्रकारको स्थितिमा छैनौ र? तिमीहरूले धेरै शब्द र धर्मसिद्धान्त भन्‍न सके पनि, तिनलाई आफ्ना वास्तविक जीवनमा लागू गर्न सक्दैनौ। तिमीहरूलाई सत्यता कसरी अभ्यास गर्ने भनेर अझै थाहा छैन, न त परमेश्‍वरका वचनहरूलाई आफ्ना वास्तविक जीवनमा कसरी लागू गर्ने भनेर नै थाहा छ, अनि तिमीहरूलाई जेसुकै आइपरे पनि, तिमीहरू आफ्ना समस्याहरू समाधान गर्न सत्यता कसरी खोज्ने भनेर जान्दैनौ। किनभने मानिसहरूको जीवन प्रवेश अत्यन्तै सतही छ र तिनीहरूको कद अत्यन्तै सानो छ। जब तिमीहरूले परमेश्‍वरका वचनहरू आफ्ना वास्तविक जीवनमा कसरी अनुभव, अभ्यास, र लागू गर्ने, अनि कुनै कुरा आइपरेपछि समस्याहरू सुल्झाउन कसरी सत्यता खोजी गर्ने भनी थाहा पाउँछौ, तब तिमीहरूको जीवन वृद्धि हुनेछ। सत्यता अभ्यास गर्ने विधि जान्नु भनेको तेरो जीवन वृद्धि भइरहेको सङ्केत हो। कुनैदिन, जब तँ सत्यतामार्फत समस्याहरू सुल्झाउन सक्षम हुनेछस्, जब तँसँग परमेश्‍वरबारे केही ज्ञान हुनेछ, जब तैँले परमेश्‍वरबारे आफ्नो सच्चा ज्ञान बाँडेर उहाँको काम, उहाँको पवित्र र धर्मी स्वभाव, र उहाँको सर्वशक्तिमानता र बुद्धिको साक्षी दिन सक्नेछस्, तब तँ साँचो रूपमा परमेश्‍वरको साक्षी दिन सक्षम हुनेछस्, र परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुनेछस्। यदि तँलाई आफूले निकै कुरा बुझेको छु भन्ने लाग्छ, र तँ धर्मसिद्धान्तबारे निरन्तर रूपमा कुरा गर्न सक्छस्, तर तैँले आफ्ना समस्याहरूसँग सम्बन्धित कुनै कुरा समाधान गर्न सक्दैनस्, र ती समाधान गर्न सत्यता कसरी खोज्ने भनेर पनि जान्दैनस् भने, यसले तैँले बुझेको कुरा सत्यता होइन, तर शब्द र धर्मसिद्धान्तहरू हुन् भनेर प्रमाणित गर्छ। अरूहरू तैँले भनेका केही धर्मसिद्धान्त सुनेर सहमत भए पनि, तिनीहरूले तीबाट केही आत्मिक उन्नति प्राप्त गर्न सके पनि, र तैँले भन्‍ने धर्मसिद्धान्तहरूले केही परिणाम हासिल गरे पनि, तँ कुराहरूलाई पूर्ण रूपमा व्याख्या गर्नै सक्दैनस्, न त समस्याहरूलाई पूर्ण रूपमा समाधान गर्न नै सक्छस्। यसले तैँले भन्‍ने धर्मसिद्धान्तहरू शाब्दिक अर्थमा मात्रै व्यक्त गरिएका हुन् भन्‍ने प्रमाणित गर्छ; बढीमा ती भावना-आधारित ज्ञानका अंशहरू हुन्, जुन अझै तर्कसङ्गत ज्ञानको स्तरमा पुगेका हुँदैनन्; ती सत्यता वास्तविकता हुन् भनेर भन्‍न सकिँदैन, झन् तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भनेर भन्न सक्नु त परको कुरा हो। अब, तँ शब्द र धर्मसिद्धान्तहरू भन्‍ने यो समस्या कसरी समाधान गर्छस्? यसका लागि सत्यता बुझ्नमा मेहनत गर्नुपर्छ। जब तँ सत्यता बुझ्छस् तब मात्रै तैँले आत्मचिन्तन गर्नेछस्, आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू पहिचान गर्न सक्नेछस्, र आफ्ना समस्याहरूको जड पत्ता लगाउन सक्नेछस्। त्यसपछि, तैँले सत्यता खोज्नुपर्छ, र आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू पूर्ण रूपमा समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्नुपर्छ। चाहे तँमा प्रकट हुने कुरा अहङ्कार र आत्म-धार्मिकता होस् वा कुटिलपन र छलीपन होस्, वा यो स्वार्थीपन र दुष्टपन वा झाराटारुवापन र परमेश्‍वरलाई धोका दिनु होस्, तैँले यी भ्रष्ट स्वभावहरूलाई छर्लङ्गै नदेखेसम्म यीबारे चिन्तन गर्नैपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता समस्याहरू छन् र तँ मुक्ति प्राप्त गर्नबाट कति टाढा छस् भनेर थाहा पाउनेछस्। जब तँ आफ्नै भ्रष्ट स्वभावहरू स्पष्टसँग देख्‍न सक्छस् तब मात्रै तैँले तेरो कर्तव्य निर्वाहमा कठिनाइ र अड्चनहरू कहाँ छन् भनेर जान्न सक्नेछस्। त्यसपछि मात्रै तँ समस्याहरू जडबाटै समाधान गर्न सक्षम हुनेछस्। उदाहरणका लागि, मानौँ तँ आफ्नो कर्तव्य निर्वाह गर्नका लागि जिम्मेवारी लिँदैनस्, बरु सधैँ झाराटारुवा तरिकामा काम गर्छस्, जसले गर्दा तेरो काममा घाटा पुग्छ, तर आफ्नो अभिमानको वास्ता गर्छस्, त्यसैले तँ आफ्नो स्थिति र कठिनाइहरूबारे खुलस्त रूपमा सङ्गति गर्न र तिनलाई चिरफार गर्ने र चिन्‍ने अभ्यास गर्न अनिच्छुक हुन्छस्, बरु सधैँ झाराटारुवा तरिकाले कामकुराहरू सम्हाल्न बहानाहरू खोज्छस्। तैँले यो समस्या कसरी समाधान गर्नुपर्छ? तैँले यसो भन्दै परमेश्‍वरलाई प्रार्थना र आत्मचिन्तन गर्नैपर्छ: “परमेश्‍वर, म आफ्नो अभिमानलाई जोगाउन त्यस्ता कुराहरू भन्‍न चाहन्छु। त्यो मेरो भ्रष्ट स्वभाव बोलेको हो। मैले त्यस्तो बोल्नु हुँदैन। म खुलस्त हुनैपर्छ, आफैलाई उदाङ्गो पार्नैपर्छ, र साँच्चै मनमा लागेका कुराहरू जोरले भन्नैपर्छ। म आफ्नै आडम्बरलाई पूरा गर्नुभन्दा बरु लज्जा सहनेछु र छवि गुमाउनेछु। म परमेश्‍वरलाई मात्र सन्तुष्ट तुल्याउन चाहन्छु।” यसरी, आफूविरुद्ध विद्रोह गरेर अनि आफ्नो मनका साँचो विचारहरू जोरले व्यक्त गरेर, तँ इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको हुन्छस्, र यसअलावा, तैँले आफ्नै इच्छाअनुसार कार्य गरिरहेको र आफ्नो अभिमानको बचाउ गर्ने प्रयास गरिरहेको हुँदैनस्। तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न, परमेश्‍वरका चाहनाहरूअनुसार सत्यता अभ्यास गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न, र आफ्नो जिम्मेवारी पूर्ण रूपले पूरा गर्न सक्षम हुन्छस्। यसरी, तैँले सत्यता अभ्यासमा ल्याइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको मात्र हुँदैनस्, तर परमेश्‍वरको घरका हितहरू कायम राखिरहेको पनि हुन्छस्, जसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्छ। यसरी जिउनु खुलस्त र सोझो हुनु हो, र तेरा सोच र विचारहरू, साथै तेरा कार्य र कामहरूलाई मानिसहरूसामु र परमेश्‍वरसामु ल्याउन सकिन्छ। यो कति अद्भुत छ! यसरी अभ्यास गर्न अलि गाह्रो हुन्छ, र तैँले धेरै पटक असफलता सामना गर्न सक्छस्, तर यदि तैँले यस दिशामा अभ्यास र प्रयास गरिस् भने, तँ निश्चित रूपमा सफल हुनेछस्। अनि सफल हुनुको अर्थ तेरा लागि के हो? यसको अर्थ जब तैँले सत्यताको अभ्यास गर्छस्, तैँले आफूलाई शैतानको बन्धनबाट मुक्त गर्ने यो कदम चाल्न सक्छस्, जुन कदमले तँलाई आफूविरुद्ध विद्रोह गर्ने अनुमति दिन्छ। यसको अर्थ तैँले घमण्ड र अभिमानलाई पन्छाउन, आफ्नै लागि लाभ खोज्न छोड्न अनि स्वार्थी र नीच कुराहरू गर्न छोड्न सक्छस्। जब तँ यो अभ्यास गर्छस्, तब तैँले मानिसहरूलाई तँ सत्यतालाई प्रेम गर्ने, सत्यता वास्तविकता भएको, न्याय र ज्योतिको तृष्णा गर्ने व्यक्ति होस् भनेर देखाउँछस्। तैँले सत्यता अभ्यास गरेर पाउने परिणाम यो हो। यसको साथै, तैँले शैतानलाई लज्जित पनि पार्छस्। शैतानले तँलाई भ्रष्ट तुल्यायो, तँलाई स्वार्थी बनायो, तँलाई आफ्नै हितहरू जोगाउन र आफ्नै अभिमानबारे सोच्न लगायो। तर अहिले, यी शैतानी कुराहरूले अबउप्रान्त तँलाई बाँध्‍न सक्दैनन्, तँ ती कुराहरूबाट स्वतन्त्र भएको छस्, तँ अबउप्रान्त घमण्ड, अभिमान, वा आफ्‍नै व्यक्तिगत हितहरूको नियन्त्रणमा छैनस्, र तँ सत्यता अभ्यास गर्छस्, त्यसैले शैतान अत्यन्तै अपमानित हुन्छ, र त्यसले केही गर्न सक्दैन। जब शैतानले तँलाई नियन्त्रण गर्न सक्दैन, तब के तँ विजयी हुँदैनस् र? जब तँ विजयी हुन्छस्, तब के तँ परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ हुँदैनस् र? के तैँले असल लडाइँ लड्दैनस् र? जब तैँले असल लडाइँ लडेको हुन्छस्, तेरो हृदयमा शान्ति, र आनन्द, र सहजताको अनुभूति हुन्छ। यदि तँ हृदयमा बारम्बार दोषको भावनाका साथ जिउँछस्, असहज महसुस गर्छस्, तँमा कुनै शान्ति वा आनन्द छैन, र यदि तँ अक्सर यावत् प्रकारका कुराहरूका बारेमा चिन्तित र व्याकुल हुन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रति आफ्नो गवाहीमा दृढ रहँदैनस् भन्ने मात्र देखाउँछ। जब तँ शैतानी स्वभावहरूमाझ जिउँछस्, तब तैँले आफ्नै इच्छाअनुसार काम गर्छस्, सत्यता अभ्यास गर्न मन पराउँदैनस्, र सत्यतालाई धोका समेत दिन्छस्, र आफ्ना लक्ष्यहरू हासिल गर्न कुनै पनि उपाय अपनाउँछस्। तैँले आफ्नो आडम्बर, अभिमान, ख्याति, हैसियत, र स्वार्थहरूको मात्रै रक्षा गर्छस्। के यो स्वार्थी र घृणास्पद हुनु होइन र? जब तँ सधैँ आफ्नै लागि र आफ्नै स्वार्थका लागि जिउँछस्, तब जीवन अत्यन्तै पीडादायी बन्छ। तँसँग धेरै स्वार्थी चाहनाहरू, उल्झन, बन्धन, संशय, र हैरानीहरू हुन्छन्; तँमा अलिकति पनि शान्ति वा आनन्द हुँदैन। भ्रष्ट देहका लागि जिउनु चरम दुःखबाहेक केही होइन। सत्यता पछ्याउनेहरू फरक हुन्छन्। तिनीहरूले सत्यतालाई जति बढी बुझ्छन्, तिनीहरू त्यति नै मुक्त र स्वतन्त्र हुन्छन्; तिनीहरूले सत्यताको जति बढी अभ्यास गर्छन्, तिनीहरूलाई त्यति नै धेरै शान्ति र आनन्द मिल्छ। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तब तिनीहरू पूर्ण रूपमा ज्योतिमा जिउनेछन् र परमेश्‍वरका आशिष्‌हरूमा रमाउनेछन्, साथै दुःखबाट मुक्त हुनेछन्।

अहिले, तिमीहरू सबैजना बढीजसो कुन स्थितिमा जिउँछौ? बढीजसो सकारात्मक स्थितिमा जिउँछौ कि नकारात्मक स्थितिमा? (हामी प्रायः नकारात्मक स्थितिमा जिउँछौँ।) सधैँ नकारात्मक स्थितिमा जिउने व्यक्तिका लागि आफ्नो कर्तव्य त्याग नगरी त्यो गर्न निरन्तर लागिरहनु कुनै सामान्य कुरा होइन! तिमीहरू सबैजना प्रायः निष्क्रिय हुन्छौ, तर यसको समाधान कसरी गर्ने तिमीहरूलाई थाहा छैन। कहिलेकाहीँ, तिमीहरूले आफ्ना निष्क्रिय स्थितिहरू समाधान गर्न ठूलो प्रयत्न गर्नुपर्ने हुन्छ, र परिस्थितिहरू तिमीहरूले चाहेजस्तो नभइदिँदा, तिमीहरू फेरि एकपटक निष्क्रिय बन्छौ। तँ सधैँ तेरो निष्क्रियतामै लडीबुडी गरिरहन्छस्, र तैँले चाहेर पनि उभिन सक्दैनस्; तैँले कुनै पनि कर्तव्य राम्ररी गर्न सक्दैनस्, र तँ यति अयोग्य छस् कि तँलाई कसैले मद्दत गर्न सक्दैन। यसरी जिउनु थकाइलाग्दो हुँदैन र? (हुन्छ नि।) त्यसोभए तैँले निष्क्रियताको समस्यालाई कसरी पूर्णरूपमा निराकरण गर्छस्? तैँले सत्यताका केही पक्षहरू स्पष्टरूपमा बुझ्नुपर्छ। तैँले जति नै धेरै धर्मसिद्धान्तबारे बोल्न सकेता पनि त्यसले तेरो समस्या सुल्झाउँदैन। कुनै व्यक्तिले साँचो रूपमा सत्यता बुझेपछि, र उसले सामना गर्ने जुनसुकै निष्क्रियता वा कठिनाइ समाधान गर्न सक्षम भएपछि, उसका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु त्यति धेरै सकसपूर्ण हुनेछैन। सत्यता प्राप्त गरेर मात्र स्वतन्त्र र मुक्त हुन सकिन्छ। अहिले, तिमीहरूमा सबैभन्दा कमी भएको कुरा नै सत्यता हो, तर सत्यता रातारात प्राप्त गर्न सकिने कुरा होइन। तँसँग परमेश्‍वरको कामबारे साँचो ज्ञान हुनुपर्छ, र मानिसका भ्रष्ट स्वभावहरू प्रष्टरूपमा देख्न तँ सक्षम हुनुपर्छ। यसको लागि समय लाग्छ, र त्यो बुझ्न तैँले सत्यताको खोजी गर्नुपर्छ। तिमीहरू सबैले भ्रष्ट स्वभावमा जिउनुको पीडा महसुस गर्न सक्छौ, तिमीहरूमा त्यसबारे गहन बुझाइ छ। तिमीहरूले सत्यता बुझेपछि, सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू हेर्न सक्षम भएपछि आफ्नो हृदयमा पैदा हुने शान्ति र खुसीको अनुभव गरेका छौ? के तिमीहरूसँग यस्ता धेरै अनुभवहरू छन्? यदि साँच्चिकै यी अनुभवहरू प्रचुर छन् भने, त्यसको मतलब तिमीहरूमा पूर्ण रूपले सत्यता वास्तविकता छ। तिमीहरूले प्रकाशमा र परमेश्‍वरको उपस्थितिमा बाँचेको अनुभव गर्नेछौ। यदि तिमीहरूले बेलाबेलामा थोरै भएपनि परमेश्‍वरको अन्तर्दृष्टि पायौ भने, तिमीहरू धेरै खुशी हुनेछौ। यदि तिमीहरू बेलाबेलामा मानिसको सट्टामा परमेश्‍वरमा भर पर्छौ, र परमेश्‍वरले तिमीहरूलाई अलिकति प्रकाश र तिमीहरूले नसोचेको अगाडि बढ्ने मार्ग दिनुभयो, अनि समस्याको निराकरण गरियो भने, तिमीहरू धेरै खुशी हुनेछौ। बारम्बार यी अनुभवहरू पाउनुले मात्र पर्याप्त हुँदैन; तिमीहरूले अझै सत्यताप्रति प्रयास जारी राख्नुपर्छ। एकातिर, तिमीहरूले दर्शनहरूबारे सत्यता बुझ्नुपर्छ, परमेश्‍वरको कामको पूर्णरूपमा प्रष्ट बुझाइ हुनुपर्छ, र परमेश्‍वरको स्वभावबारे साँच्चिकै ज्ञान हुनुपर्छ। यस तरिकाले, जब आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा फेरि पनि कठिनाइहरू सामना गर्छौ, कम्तीमा यसले धारणाहरू जन्माउनेछैन, न त त्यसले विद्रोहीपन नै उत्पन्न गराउँछ। यो परिस्थितिहरूको एउटा पक्ष हो। अतिरिक्तरूपमा, तिमीहरूले जीवन प्रवेश तिर प्रयास गर्नुपर्छ। जुन सत्यता अभ्यास गरिनुपर्छ र जसमा प्रवेश गर्नुपर्छ तिनीहरूको सारांशीकरण गरिनुपर्छ, जस्तैः आफैलाई चिन्ने, इमानदार व्यक्ति बन्ने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरमा कसरी भर पर्ने, वफादारपूर्ण तरिकाले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने, थरिथरीका मानिसहरू कसरी छुट्याउने, तैँले शैतानलाई कस्तो व्यवहार गर्ने, तँसँग कस्तो बुद्धि हुनुपर्छ, इत्यादि। सत्यताका यी विभिन्न पक्षहरूको अनुभव गरेर अनि त्यसमा प्रवेश गरेर मात्र तैँले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न, र सिद्ध व्यक्ति बन्न सक्छस्। अहिले तिमीहरू सत्यता वास्तविकताका कतिवटा पक्षहरूमा प्रवेश गरेका छौ? सत्यता वास्तविकताका कुन-कुन पक्षमा तिमीहरू अझै प्रवेश गरेका छैनौ? तिमीहरूले यो तथ्यलाई मनमा सम्झिराख्नुपर्छ। जब तिमीहरू अभ्याससम्बन्धी थुप्रै सत्यतामा प्रवेश गरेका हुन्छौ, तिमीहरूको जीवन पहिल्यै वृद्धि भइसकेको हुनेछ, र तिमीहरूसँग साँच्चिकै कद हुनेछ। जब तिमीहरूको कद निश्चित स्तरसम्म बढ्छ, तब तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने मार्गमा प्रवेश गर्न सक्षम हुनेछौ, अनि तिमीहरूसँग साँचो कद हुनेछ। यो हतार गरेर हुने कुरा होइन—एकै गासमा सिङ्गै हात्ती निल्न सकिन्न। अहिले, तैँले सुल्झाउनुपर्ने सबैभन्दा निर्णायक र महत्त्वपूर्ण कुरा के हो? त्यो के हो भने तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश प्राप्त गर्नुपर्छ। यो नै कडी हो। तैँले भएभरको प्रयास गरेर मात्र हुँदैन—आफ्नो मन त्यसैमा लगाउनुपर्छ। तैँले सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्दा परमेश्‍वरले तैँले आफ्नो श्रम बेचोस् भन्‍ने चाहनुहुन्न, बरु तैँले उहाँलाई तेरो इमानदारी देखाएको हेर्न चाहनुहुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तँसँग जीवन प्रवेश हुनुपर्छ। जीवन प्रवेश भएपछि मात्र तँसँग जीवन हुनेछ, तँसँग जीवन भएपछि मात्र तेरो वृद्धि हुनेछ, र जीवन भएकाहरूसँग मात्र सत्यता हुन्छ।

अगष्ट १०, २०१५

अघिल्लो: सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ

अर्को: सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका जन्जिरहरूलाई फाल्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्