सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

जीवन प्रवेश भनेको के हो? यो तब हुन्छ, जब सत्यता बुझेर मानिसहरू परमेश्‍वरलाई चिन्‍न, उहाँमा समर्पित हुन, र आफ्ना भ्रष्ट स्वभावहरूलाई मनन गर्न र चिन्‍न अनि त्याग्‍न थाल्छन्, र यसरी सत्यतालाई व्यवहारमा उतार्न सक्षम बन्छन्। जब कोही सत्यता अभ्यास गर्न र परमेश्‍वरमा साँच्चै समर्पित हुन सक्षम हुन्छन्, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यता अभ्यास गर्न सक्‍नेहरू जीवन प्रवेश हासिल गरेकाहरू हुन्। सत्यता कसैको जीवन बन्नेबित्तिकै, तिनीहरूलाई कुनै पनि व्यक्ति, मामला, वा वस्तुले बाधा दिनेछैन—तिनीहरू साँच्चै परमेश्‍वरमा समर्पित हुन, र साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र आराधना गर्न सक्षम हुनेछन्। सत्यताको वास्तविकता र साँचो गवाही प्राप्त गर्नु भनेको यही हो; त्यो जीवन प्रवेशको अन्तिम परिणाम हो। यदि कुनै व्यक्तिले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छ, तर अझै पनि शैतानी स्वभावसाथ जिँउछ, आफ्नै इच्छाअनुसार काम गर्छ, सत्यताको खोजी वा प्रार्थना गर्दैन, अलिकति पनि परिवर्तन नभई वर्षौंसम्म विश्‍वास गर्छ, र ऊ एक अविश्‍वासीभन्दा धेरै फरक छैन भने, त्यस्तो व्यक्तिले जीवन प्रवेश पाएको छैन, उसले सत्यता प्राप्त गरेको छैन, र उसले जीवन पनि प्राप्त गरेका छैन। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको छस्। तँ चाहेर पनि परमेश्‍वरमा समर्पित हुन, परमेश्‍वरलाई प्रेम गर्न, सत्यता अभ्यास गर्न वा दह्रिलो हुन सक्दैनस्। यदि तँ दह्रिलो हुन सक्दैनस् भने, तँ कस्तो स्थितिमा फस्नेछस्? के तँ सधैं नकारात्मकताको स्थितिमा फस्नेछैनस् र? तँ सधैँ आफ्नो वातावरणबाट नियन्त्रित हुनेछस्, तँलाई आफू निष्कासित हुने डर हुनेछ, परमेश्‍वर अप्रसन्‍न बन्‍नुहोला भन्‍ने डर हुनेछ, र यो वा त्यो कुराको डर हुनेछ, अनि तँ निष्क्रिय र अनिच्छुक रूपमा अलिअलि कर्तव्य निभाउनेछ्स्, र अलिअलि असल कर्महरू तयार गर्नेछ्स्। मुख्य गरी, तँलाई तान्दै, अगुवाइ गर्दै, लतारेर सँगै लगिनेछ, र तँभित्र क्रियाशील र सक्रिय भाग अत्यन्तै थोरै हुनेछ, त्यसैले तैँले आफ्नो कर्तव्य निभाउदा प्राप्त गर्ने परिणामहरू असन्तोषजनक हुनेछन्। त्यस्ता मानिसहरू कहिल्यै पनि आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्षम हुँदैनन्, र त्यसैले तिनीहरू धेरै मानिस, मामिला र वस्तुहरूद्वारा बाँधिएका र सीमित पारिएका हुन्छन्, र तिनीहरू सधैं नकारात्मक स्थितिमा फसेका हुन्छन्। यही कारणले गर्दा, तिनीहरू निकै थकाइलाग्दो जीवन जिइरहेका हुन्छन्। तिनीहरू ठूलो पीडामा हुन्छन्, र तिनीहरूले स्वतन्त्रता र मुक्ति पाउन सक्दैनन्। केही समयपछि, तिनीहरूलाई आफ्नै इच्छाशक्तिले पनि टिकाइरहन सक्दैन, र तिनीहरू हरेक दिन अविश्‍वासीहरूजस्तै शैतानी स्वभावमा जिउँछन्। के परमेश्‍वरप्रतिको यस्तो विश्‍वासले व्यक्तिलाई मुक्ति प्राप्त गर्न सक्षम बनाउन सक्छ? केही मानिसहरू यसो भन्छन्: “म उत्साहपूर्ण छु, म परमेश्‍वरको लागि कार्यहरू गर्न इच्छुक छु। म जवान छु, मसँग ऊर्जा र संकल्प छ, र म कठिनाइहरूसँग डराउँदिनँ।” के त्यो सबको कुनै उपयोग छ? छैन। तँसँग जतिसुकै उर्जा भए पनि, त्यो बेकार छ। मान्छेमा भएको त्यो सानो जोसले तिनीहरूलाई कहिलेसम्म टिकाउन सक्छ र? तिनीहरू अझै पनि बारम्बार असफल हुनेछन् र ठक्‍कर खानेछन्, र नकारात्मकतामा पर्दा स्तब्ध हुनेछन्। यदि तैँले सत्यता बुझ्दैनस् भने, वा यदि तँसँग साँचो विश्‍वास छैन भने परमेश्‍वरमा विश्‍वास गरेर काम छैन। यदि तँसँग केवल उत्साह वा ऊर्जा छ भने, यो कुनै कामको हुनेछैन। ती कुराहरू जीवन होइनन्, ती केवल व्यक्तिको क्षणिक उत्साह र चासो हुन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ। चाहे तिनीहरू पुरुष होऊन् वा महिला, वृद्ध होऊन् वा जवान, तिनीहरू सबैमा ऊर्जाका क्षणिक विस्फोटहरू, क्षणिक उत्साह र क्षणिक आवेगहरू हुन्छन्; तिनीहरू सबै कहिलेकाँही तात्तिन्छन्, र उत्तेजित हुन्छ्न्, तर त्यो रगत उम्लिएर उत्पन्‍न हुने साहस हो, र त्यो टिक्दैन। मान्छेका सिद्धान्त, आदर्श र सपनाहरू आँखा झिमिक्क गर्दा ध्वस्त हुनेछन्, र सत्यताविना मानिस दृढ भई उभिनसमेत सक्दैन। के तातो रगतले जिउने मानिसले आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छ? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) त्यसैले तिनीहरूले जीवनप्रवेश हासिल गर्नैपर्छ, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्नैपर्छ। केही यस्ता मानिसहरू छन्, जो भन्छन्: “सत्यताको वास्तविकतामा प्रवेश गर्न किन यति कठिन छ? म किन यति धेरै जालहरूले बाँधिएको छु? मैले के गर्नुपर्छ?” के यो समस्या समाधान गर्न मानिसहरू आफैमा भर पर्न सक्छन्? केही मानिसहरू छन्, जो भन्छन्: “मसँग इच्छाशक्ति र संकल्प छ। म कठिनाइहरूसँग डराउँदिनँ। मैले अठोट गरिसकेँ। म हरेक अवरोध पार गर्नेछु, म यी चुनौतीहरूलाई अँगाल्नेछु। मलाई कुनै कुराको डर लाग्दैन। जतिसुकै गाह्रो परे पनि म दृढ भई अन्त्यसम्‍मै लागिरहनेछु!” के यो उपयोगी छ? यसले तिनीहरूलाई केही समयको लागि वास्तवमै टिकाउन सक्छ, तर तिनीहरूको व्यावहारिक कठिनाइहरू अझै पनि रहिरहनेछन्, र भ्रष्ट स्वभाव अझै पनि तिनीहरू भित्र जरा गाडेर बसेको हुनेछ, र त्यो परिवर्तन भएको हुनेछैन। यदि तँ अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउनमा टिकिरहन सक्छस्, तर तैँले आफ्नो जीवन स्वभाव परिवर्तन गरेको वा सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस् भने, के तैँले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छस्? तैँले अझै सक्दैनस्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तँ अन्त्यसम्मै दृढ रहन सक्छस् कि सक्दैनस् भन्ने होइन। मुख्य कुरा भनेको तैँले सत्यता, जीवन र परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने हो। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि कुनै व्यक्ति सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैन भने, यदि उसले सत्यतालाई आफ्नो जीवन बनाउन सक्दैन भने, के उसको उत्साह वा जोसको प्रस्फुटन धेरै लामो समयसम्म टिक्नेछ? यो टिक्न सक्दैन। मानिसहरूले सत्यता बुझ्नैपर्छ, र त्यसलाई प्रतिस्थापन गर्न सत्यता प्रयोग गर्नुपर्छ। जब व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव समाधान गरेको र सत्यता अभ्यास गर्ने विश्‍वास र सिद्धान्तहरू धारण गरेको हुन्छ, तब तिनीहरू अडिग भई लागिपर्न सक्षम हुनेछन् र तिनीहरूले सबै अवरोधहरूको बावजूद प्रयास गरिरहनेछ्न्। तिनीहरूले जस्तोसुकै वातावरण, बाधाहरू, वा प्रलोभनहरू सामना गरे पनि, तिनीहरू सधैं परमेश्‍वरमा भर पर्नेछ्न् र शैतानमाथि विजय प्राप्त गर्नहेतु नजर उठाएर उहाँतर्फ हेर्नेछन्। यो नतिजा प्राप्त गर्नको लागि, तँ बारम्बार परमेश्‍वरसामु आउनुपर्छ, उहाँमा भरोसा राख्नुपर्छ, उहाँलाई प्रार्थनामा आफ्ना कठिनाइहरू बताउनुपर्छ, र उहाँसँग सत्य बोल्नुपर्छ। साथै, तैँले वास्तविक संसारमा आफ्नो कर्तव्य गर्दैगर्दा, र तेरो वास्तविक जीवनको दौरान, तैँले सत्यता अभ्यास गर्नको निम्ति कसरी कार्य गर्ने भनी खोजी गर्नुपर्छ। तैँले सत्यता बुझ्ने र सत्यता बुझ्ने क्षमता भएका मानिसहरू खोजेर तिनीहरूसित सङ्गति गर्नुपर्छ, र त्यसो गरेर थोरै भए पनि अन्तदृष्टि र सुधार प्राप्त गर्नुपर्छ, र अभ्यासको मार्ग फेला पार्नुपर्छ। जब तँ सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, के यसले तेरो समस्या समाधान गर्नेछैन र? यदि तँ सधैं पछि हट्छस् र सङ्गति गर्दैनस्, अनि आफै यसो सोच्छस् भने: “सायद एक दिन मेरो कद बढ्नेछ, र मैले प्राकृतिक रूपमै सत्यता बुझ्नेछु, त्यसैले मैले अहिले यसको सामना गर्नैपर्दैन”—यसप्रकारको सोच अस्पष्ट र अवास्तविक हुन्छ र यसले अवरोधहरू निम्त्याउन सक्छ। यो समस्या सत्यता बुझ्ने मानिसहरू खोजेर तिनीहरूसित सङ्गति गरी समाधान गर्न सकिन्छ। यदि तँसँग सत्यता बुझ्ने क्षमता छ भने, तैँले परमेश्‍वरको वचन पढेर पनि समस्या समाधान गर्न सक्छस्। यो समस्या समाधान गर्ने कार्यलाई किन गम्भीरतापूर्वक लिँदैनस्? यदि तैँले यसको समाधान गर्न सत्यता खोज्दैनस् भने, के समस्या आफैं हट्नेछ र? त्यो मूर्ख सोच हो।

अहिले जब तँमाथि कुनै कुराहरू आइपर्छन्, के तँ सत्यता खोज्न सक्षम छस्? के तैँले सत्यता कसरी खोज्ने भनी सिकेको छस्? आफ्नो व्यावसायिक क्षेत्रका केही सिद्धान्तहरूमा निपुण हुनुबाहेक, तेरो आफ्नै जीवन प्रवेशको कुरा आउँदा, के तँ सत्यता खोज्न सक्षम छस्—के आफ्ना विभिन्न स्थिति सुधार गर्न र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्षम छस्? यदि तैँले सिद्धान्त उल्लङ्घन गर्ने केही कार्य गरेको कारण तँलाई निराकरण गरिँदा, तँ अझै पनि गुनासो गर्छस् भने, यदि तँलाई काटछाँट वा निराकरण गरिएको कारण तँ अझै पनि बाधित महसुस गर्छस् भने, र यदि तँ आफूलाई हटाइनेछ भन्ने सोच्दै हिम्मत हार्ने हदसम्म पुग्छस्, र नकारात्मक र सुस्त बन्छस् भने, के तेरो शैतानी स्वभाव तँ आफैलाई निस्सास्याउने गरी कठोर छैन र? मानिसहरूले सत्यता बुझ्‍ने क्रममा, तिनीहरूका कठिनाइहरू कैयौँ अनि ठूला हुन्छन्; अनि, जब तिनीहरूले समस्याहरू सामना गर्छन्, तिनीहरूका नकारात्मक भागहरू अत्यन्तै चाँडो र निकै लामो समयसम्म देखा पर्छन्, र तिनीहरूले एकदम थोरै र निकै सुस्त रूपमा सत्यता अभ्यास गर्छन्। जब मानिसहरूले निश्‍चित वातावरण सामना गर्छन्, वा अरूको निश्‍चित हेराइ देख्‍छन्, वा निश्‍चित शब्दहरू बोलिएको सुन्छन्, वा कुनै निश्‍चित प्रकारका जानकारी पत्ता लगाउँछन्, समय वा स्थान जे-जस्तो भए पनि, तिनीहरूमा नकारात्मक कुराहरू उत्पन्न हुन्छन्। यी भ्रष्ट स्वभावका प्राकृतिक प्रकटीकरणहरू हुन्। यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि मानव जीवनमा सत्यताको कुनै तत्व नै छैन। मानिसहरूबाट स्वाभाविक रूपमा निस्कने अप्रशोधित कुराहरू, चाहे तैँले ती कुरा दिमागभित्र सोचे पनि वा मुखले बोले पनि, वा ती कुराहरू तेरा अभिप्राय वा योजना भए पनि—चाहे ती मनसायपूर्ण वा मनसायरहित भए पनि—यी सबै कुराहरू तेरो भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। मानिसहरूको भ्रष्ट स्वभाव कहाँबाट निस्कन्छ? निश्‍चित रूपमा यो भन्न सकिन्छ कि मानिसहरूको भ्रष्ट स्वभाव उनीहरूको शैतानी प्रकृतिबाट निस्कन्छ, त्यही नै स्रोत हो। मानिसहरूबाट निस्कने भ्रष्ट कुराहरूलाई ध्यानमा राख्दा, मानिसहरूमा सत्यताको कुनै वास्तविकता छैन, तिनीहरूमा कुनै सामान्य मानवता छैन, र तिनीहरूसँग कुनै सामान्य समझ छैन भन्ने प्रष्ट हुन्छ। अहिले, तिमीहरूले आफैलाई चिरफार गर्न सक्छौ। यदि तिमीहरूले ध्यान दिएर आत्मचिन्तनमा केन्द्रित भयौ भने, आफ्ना अभिप्राय, विचार, र दृष्टिकोणहरू सही छन कि छैनन्, र ती सत्यतासँग मेल खान्छन् कि खाँदैनन् भनेर जान्न सक्छौ। सामान्यतया, तिमीहरूले यी कुराहरूलाई अलिअलि खुट्टयाउन र बुझ्न सक्षम हुनेछौ। त्यसो भए, यी कुराहरू बुझेपछि, के तिमीहरू समाधान पाउनको निम्ति सत्यता खोजी गर्न सक्षम हुनेछौ? कि यी कुराहरूलाई आफै विकसित हुन दिँदै यस्तो सोच्नेछौः “म यसरी सोच्न चाहन्छु, यसरी सोच्नु मेरो लागि फाइदाजनक छ। अरू मानिसहरूलाई यसमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन। यदि मैले यी कुराहरू बोल्‍दिनँ, वा यी कुराअनुसार व्यवहार गर्दिनँ भने, र यदि म यी कुराबारे सोच्ने मात्रै गर्छु भने, के त्यो ठिकै छैन र?” के यस्तो सोच्‍ने मानिसहरू छैनन् र? यो केको प्रकटीकरण हो? यसरी सोच्नु गलत हो भनेर तिनीहरूलाई स्पष्ट रूपमा थाहा छ, तर तिनीहरू सत्यता खोजी गर्दैनन्, तिनीहरू यी विचारहरूलाई पन्छाउने वा त्याग्‍ने गर्दैनन्। तिनीहरू पुरै चिन्तारहित रूपमा त्यस तरिकामै सोच्न र व्यवहार गर्नमा लागिरहन्छन्। यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, र यिनीहरू दृढ भई खडा हुन सक्दैनन्।

केही मानिसहरू कर्तव्य निभाउदैनन्, र कोही पनि तिनीहरूप्रति गम्भीर हुँदैनन्—यी मानिसहरूले परमेश्‍वरका विश्‍वासीहरूको रूपमा, केवल परमेश्‍वरका वचनहरू पढ्नु, मण्डली जीवन जिउनु, र सामान्यतया अविश्‍वासीहरूले जस्तो नराम्रो काम वा मनमौजी व्यवहार नगर्नु नै पर्याप्त छ भनी सोच्छन्। तिनीहरूले सोच्छन् कि सायद अन्तिममा तिनीहरूले केही आशिष्‌हरू पाउनेछन् र बाँच्न सक्षम हुनेछन्। मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यस प्रकारको अभिलाषापूर्ण सोचमा अल्झिरहन्छन्। सतहमा, तिनीहरूले कुनै गम्भीर गल्तीहरू गर्दैनन्, तर तिनीहरूको जीवन प्रवेश भएकै हुँदैन, न त तिनीहरूले सत्यताको कुनै वास्तविकता प्राप्त गरेका नै हुन्छन्। जब कोही तिनीहरूसँग गम्भीर हुन्छ, त्यही क्षणदेखि तिनीहरूले के महसुस गर्छन् भने, तिनीहरू समस्या र कमीहरूले भरिएका छन्, र तिनीहरू यस्तो सोच्दै नकारात्मक हुन्छन्: “सबै सकियो, होइन र? मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, तर मैले यसबाट केही पनि प्राप्त गरेको छैन। परमेश्‍वरमा विश्‍वास गर्न साँच्चै सजिलो छैन जस्तो देखिन्छ!” तिनीहरू भावनाहीन हुन्छन्, र तिनीहरू त्यसउप्रान्त सत्यता पछ्याउन इच्छुक हुँदैनन्। केही समयपछि, तिनीहरू रित्तो महसुस गर्छ्न् र तिनीहरूले आशा पाउन सत्यता पछ्याउनुपर्छ भन्‍ने महसुस गर्छन्। जब तिनीहरू आफ्नो कर्तव्य निभाउन थाल्छन्, र मानिसहरू फेरि तिनीहरूसँग गम्भीर हुन्छन्, तब तिनीहरूले बल्ल महसुस गर्छन् कि “मानिसहरूसँग सत्यता हुनुपर्छ, नत्र तिनीहरूले सजिलै गल्तीहरू गर्न सक्छन्। यदि मानिसहरूले सत्यता पछ्याएनन् भने, तिनीहरूले सधैं अपराधहरू गर्नेछन्, र तिनीहरूलाई निराकरण गरिनेछ। यदि तिनीहरू कामकुराहरू गर्न आफ्नो उत्साहमा भर पर्छन् भने पनि, तिनीहरूलाई निराकरण गरिनेछ। म सबै कुरामा होसियार हुनुपर्छ। मैले लापरवाह रूपमा बोल्नु वा व्यवहार गर्नु कदापि हुँदैन। मैले हरेक कुरामा नाक घुसाउनु हुँदैन। भीडको ध्यान खिच्‍नुभन्दा कायर हुनु राम्रो हो।” तिनीहरूले सोच्छन् कि यस तरिकाले अभ्यास गर्नु पूर्ण रूपमा उपयुक्त छ र कसैले यसमा कुनै गल्तीहरू औंल्याउन सक्दैन, तर तिनीहरूले सबैभन्दा महत्त्वपूर्ण बुँदा अर्थात् तिनीहरूले सत्यता पछ्याउनुपर्छ भन्‍ने कुरालाई बेवास्ता गरेका छन्। तिनीहरूले न त सत्यता पछ्याउँछन्, न त तिनीहरू आफ्नै जीवन प्रवेशको पछि लाग्छन्, र यो तिनीहरूको घातक त्रुटि हो। जब तिनीहरू आफ्नो कर्तव्य निभाउँछन्, तिनीहरू काम पूरा गर्नमै सन्तुष्ट हुन्छन्। आफ्नो काम पूरा गर्न बिहानदेखि बेलुकासम्म परिश्रम गर्छन् र कहिलेकाहीँ तिनीहरू यति व्यस्त हुन्छन् कि दुई छाक खाना छुटेको पनि वास्ता गर्दैनन्। तिनीहरू साँच्चै कष्ट भोग्न र मूल्य तिर्न सक्छन्, तर तिनीहरूले जीवनप्रवेश गरेकै हुँदैनन्। गल्ती गरिएला र निराकरण हुनुपर्ला भन्ने डरले, हरेक मोडमा तिनीहरू अरूविरुद्ध आफ्नो प्रतिरक्षामा उभिएका हुन्छन्। के यस्तो स्थिति सही हो? के यो सत्यता पछ्याउने व्यक्ति हो? यदि मानिसहरूले अन्त्यसम्मै आफ्नो कर्तव्य यसरी नै गर्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् वा सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूमाझ यस्ता धेरै मानिसहरू छैनन् र? के तिमीहरू प्रायः यही अवस्थामा हुँदैनौ र? (हुन्छौँ।) के तिमीहरू यो त व्यवहार गर्ने खराब तरिका हो, जीवन जिउने नकारात्मक तरिका हो भन्‍ने सोच्दै, सचेत् हुन्छौ त? जब केही कुराहरू आइपर्छन्, तिमीहरू सधैं कायरझैँ व्यवहार गर्छौ, सधैं अरूलाई रिझाउने मानिसहरूजस्तो व्यवहार गर्छौ, सधैं सम्झौता गर्छौ, सधैं बीचको बाटो लिन्छौ, कहिल्यै कसैलाई अपमान गर्दैनौ वा हरेक कुरामा नाक घुसाउँदैनौ, कहिल्यै धेरै टाढा जाँदैनौ—तिमीहरू आफ्नै स्थानमा खडा भइरहेका, आफ्नै कर्तव्यमा अडिग भइरहेका, जे गर्न भनियो त्यही गरिरहेका, न अगाडि न पछाडि उभिई प्रवाहसँगै बगिरहेका झैँ देखिन्छौ—मलाई भन, के तिमीहरू अन्त्यसम्मै यसरी नै आफ्नो कर्तव्य निभाउन अडिग रहेमा परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्षम भइन्छ भन्‍ने सोच्छौ? के तिमीहरू यस प्रकारको अवस्था एकदम खतरनाक हुन्छ, यसरी तिमीहरू परमेश्‍वरको सिद्धता प्राप्त गर्न मात्र असमर्थ हुनेछैनौ, तिमीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउनेसमेत सम्भावना हुन्छ भन्‍नेबारे सचेत छौ? के यस प्रकारको उत्साहहीन व्यक्ति सत्यताको पछि लाग्छ? के तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा रहने व्यक्ति हुन्? यस प्रकारको स्थितिमा बस्ने व्यक्तिले प्राय: अरूलाई प्रसन्‍न पार्ने विचारहरू पोख्छ, र तिनीहरूमा परमेश्‍वरको डर हुँदैन। यदि कसैले बिनाकारण डर र त्रास मात्र महसुस गर्छ भने, के त्यो हृदयले परमेश्‍वरको डर मान्छ? (मान्दैन।) तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व कर्तव्यमा लगाए पनि, आफ्नो जागिरबाट राजीनामा दिए पनि र आफ्नो परिवार त्यागे पनि, यदि तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनन् भने र परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन् भने, के त्यो राम्रो स्थिति हो? के त्यो सत्यताको वास्तविकतामा प्रवेश गर्ने सामान्य स्थिति हो? के त्यो स्थितिको भावी विकासक्रम डरलाग्दो छैन? यदि मान्छेले यो स्थिति जारी राख्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले जीवन प्राप्त गर्न सक्छन्? के तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूको अवस्था पनि यस्तै छ भनेर तिमीहरू सचेत छौ? जब तिमीहरू यसबारे सचेत हुन्छौ, के तिमीहरू यस्तो सोच्छौ: “म किन सधैं परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छु? म किन सधैं यसरी सोच्छु? यसरी सोच्नु साह्रै डरलाग्दो हुन्छ! यो त परमेश्‍वरको विरोध गर्नु र सत्यता अस्वीकार गर्नु हो। परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु उहाँको विरोध गर्नुजस्तै हो”? परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु भनेको चोर हुनुजस्तै हो—तिमीहरू ज्योतिमा जिउने आँट गर्दैनौ, आफ्नो राक्षसी अनुहार खुलासा गर्न डराउँछौ, र साथै, त्रसित भई यस्तो सोच्छौ: “परमेश्‍वरसँग जोरी खोज्नु हुँदैन। उहाँले हर समय र स्थानमा मानिसहरूलाई न्याय र सजाय गर्न सक्नुहुन्छ। परमेश्‍वरलाई क्रोधित तुल्याइयो भने, हल्का अवस्थामा उहाँले काटछाँट र निराकरण गर्नुहुनेछ, तर गम्भीर अवस्थामा उहाँले दण्ड दिनुहुनेछ, बिरामी बनाउनुहुनेछ, वा कष्ट भोगाउनुहुनेछ। मानिसहरूले यी कुराहरू सहन सक्दैनन्!” के मानिसहरूमा यस्ता गलत बुझाइ छैनन्? के यो परमेश्‍वरको डर मान्‍ने हृदय हो? (होइन।) के यस्तो स्थिति डरलाग्दो हुँदैन? जब मान्छे यस स्थितिमा हुन्छ, जब तिनीहरूले परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र सधैं यी विचारहरू अँगाल्छन्, जब तिनीहरूसँग परमेश्‍वरप्रति सधैं यसप्रकारको मनोवृत्ति हुन्छ, के तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गरिरहेका हुन्छन्? के यो परमेश्‍वरमाथिको विश्‍वास हो? जब मान्छेले परमेश्‍वरमा यस तरिकाले विश्‍वास गर्छ, जब तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गर्दैनन्, के त्यो समस्या होइन? न्यूनतम रूपमा, मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई स्वीकार गर्दैनन्, न त उहाँको कामको तथ्यलाई नै स्वीकार गर्छन्। तिनीहरू सोच्छन्: “यो सत्य हो कि परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, तर उहाँ क्रोधपूर्ण पनि हुनुहुन्छ। जब परमेश्‍वरको क्रोध कुनै व्यक्तिमाथि पर्छ, त्यो विनाशकारी हुन्छ। उहाँले जुनसुकै बेला मानिसलाई प्रहार गरी मार्न सक्नुहुन्छ, जसलाई चाह्यो उसलाई नष्ट गर्न सक्नुहुन्छ। परमेश्‍वरको क्रोधलाई ननिम्त्याऊ। यो सत्य हो, उहाँको प्रताप र क्रोधले उल्लङ्घनको कुनै अनुमति दिदैन। उहाँबाट आफ्नो दूरी राख!” यदि मान्छेमा यस्तो मनोवृत्ति र यी विचारहरू छन् भने, के तिनीहरू पूर्ण रूपमा र इमानदारीपूर्वक परमेश्‍वरको सामु आउन सक्छन्? सक्दैनन्। के तिनीहरू र परमेश्‍वरबीच दूरी छैन? के ती दुईलाई अलग गर्ने धेरै कुराहरू छैनन्? (छन्।) कुन कुराहरूले मानिसहरूलाई परमेश्‍वरसामु आउन अवरोध गर्छ? (उनीहरूका भविष्य र गन्तव्यहरूले।) (ख्याति, नाफा र हैसियतले।) अरू के-के छन्? कुन कुराहरूले मानिसहरूलाई सत्यताबाट दिक्क बनाउँछ, सत्यता अस्वीकार गर्ने, परमेश्‍वरको जीवन आपूर्ति र उहाँको मुक्ति अस्वीकार गर्ने बनाउँछ? यसबारे विचार गर: मानिसहरूको कुन भागले उनीहरूलाई इमानदारीपूर्वक परमेश्‍वरसामु आउन र सत्यता अभ्यास गर्नबाट, अनि आफ्नो शरीर र हृदय परमेश्‍वरको स्वामित्व र शासनमा सुम्पनबाट रोक्छ? कुन कुराले मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र परमेश्‍वरलाई गलत बुझ्ने तुल्याउँछ? मानिसहरूमा भ्रष्ट स्वभाव, साथै शैतानी दर्शनहरू, र शैतानी विचारहरू छन्; तिनीहरू छली छन्, र हरेक मोडमा तिनीहरू परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र उहाँलाई अविश्‍वास गर्ने र गलत बझ्ने गर्छन्। जब मान्छे यी सबै कुराहरूद्वारा प्रदूषित बन्छ, के तिनीहरूले साँच्चै परमेश्‍वरमा भरोसा गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्न सक्छन्? केही मानिसहरू भन्छन्‌: “म हरेक दिन परमेश्‍वरको वचन खान्छु र पिउँछु। जब म उहाँका वचनहरू पढ्छु र ती वचनहरूद्वारा उत्प्रेरित हुन्छु, म प्रार्थना गर्छु। म परमेश्‍वरका वचनहरूलाई सत्यता मानेर कदर गर्छु। म ती वचनहरू हरेक दिन पढ्छु, र म प्रायः चुपचाप प्रार्थना गरिरहन्छु, र परमेश्‍वरको प्रशंसा गर्ने भजनहरू गाइरहन्छु।” यसप्रकारको आत्मिक जीवन राम्रो भए पनि, यदि यी मानिसहरू अझै पनि आफूमाथि आइपर्ने कुराहरूप्रति प्रतिक्रिया जनाउँदा, आफ्नै विचारहरूमा भर पर्छन् भने, यदि तिनीहरूले सत्यता खोजी गर्दैनन्, र तिनीहरूले बुझेको कुनै पनि धर्मसिद्धान्तले तिनीहरूमा प्रभाव पार्दैन भने, त्यहाँ के भइरहेको छ? मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको कदर गर्ने दाबी गर्छन्, तर आफूलाई ती वचनहरूसँग तुलना गर्दैनन्, र ती वचनहरू अभ्यास गर्दैनन्। यो धेरै कष्टदायी छ, र तब मानिसहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न धेरै गाह्रो हुन्छ। मानिसहरूले सत्यता कहिल्यै बुझ्दैनन्, न त तिनीहरूसँग परमेश्‍वरबारे अलिकति पनि ज्ञान नै छ, त्यसैले तिनीहरूमा निश्‍चय नै परमेश्‍वरबारे धारणा र गलतफहमीहरू छन्, र तिनीहरू र परमेश्‍वरबीचमा पर्खाल छ। के तिमीहरू सबैसँग यस्तो व्यक्तिगत अनुभव छैन र? तँ भन्छस्: “म परमेश्‍वरदेखि आफूलाई प्रतिरक्षा गर्न चाहन्‍नँ, म उहाँमा साँच्चै भरोसा गर्न चाहन्छु, तर जब मलाई केही हुन्छ, म उहाँदेखि आफूलाई प्रतिरक्षा नगरी बस्न सक्दिनँ। मलाई आफैलाई गुटमुट्याउन र परमेश्‍वरबाट आफैलाई अलग गर्न, अनि आफ्नो सुरक्षाको लागि शैतानी दर्शनहरू प्रयोग गर्न मन लाग्छ। ममा के समस्या छ?” यसले देखाउँछ कि मानिसहरूसँग सत्यता छैन, तिनीहरू अझै पनि शैतानी दर्शनद्वारा बाँचिरहेका छन्, र तिनीहरू अझै पनि शैतानद्वारा नियन्त्रित छन्। यो शैतानी स्वभावको कारण मानिसहरूमा भएको दयनीय स्वरूप हो—तिनीहरूलाई सत्यता व्यवहारमा उतार्न गाह्रो छ। सत्यता अभ्यास नगर्नु जीवन प्रवेशको सबैभन्दा ठूलो बाधा हो। यदि यो समस्या समाधान भएन भने, व्यक्तिले आफ्नो हृदय परमेश्‍वरलाई दिन, उहाँको काम प्राप्त गर्न, वा सत्यताको वास्तविकतामा प्रवेश गर्न गाह्रो हुन्छ। के तिमीहरू सबैले यो अनुभव गरेका छौ? यो मामिला कसरी समाधान गर्न सकिन्छ? तिमीहरूले चिन्तन गर्नुपर्छ र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ, र कुन कुराहरूले तिमीहरूलाई सत्यता अभ्यास गर्न बाधा पुर्‍याइरहेको छ भनेर हेर्नुपर्छ। यो समस्या समाधान गर्नु महत्त्वपूर्ण कुरा हो।

के सत्यता पछ्याउनु कुनै विद्वत्‌ विषयको अध्ययन गर्नुजत्तिकै जटिल वा गाह्रो छ? यो वास्तवमा त्यति गाह्रो छैन, यो केवल व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्नेमा भर पर्छ। सत्यता पछ्याउन आफैमा गाह्रो छैन; यसको लागि विज्ञानको विशेष क्षेत्रको अध्ययन गर्नुभन्दा कम परिश्रम लाग्छ—यो जीविकोपार्जन गर्नुभन्दा पनि सजिलो छ। त्यस्तो किन हुन्छ? सत्यताको वास्तविकता भनेको सामान्य मानवता भएकाहरूले जीउनुपर्ने र तिनीहरूसँग हुनुपर्ने कुरा हो। यो मानिसहरूको सामान्य मानवतासँग सम्बन्धित छ, त्यसैले यो तिनीहरूका विचार र अवधारणाहरूबाट, तिनीहरूले सोच्ने सबै कुराबाट, तिनीहरू दैनिक जीवनमा संलग्न हुने सबै कार्य र व्यवहारहरूबाट, वा तिनीहरूको मनमस्तिष्कबाट असम्बन्धित हुँदैन। सत्यता कुनै सिद्धान्त होइन, न त यो कुनै प्राज्ञिक क्षेत्र हो, न यो कुनै पेशा हो। सत्यता रित्तो छैन। सत्यता सामान्य मानवतासँग घनिष्ठ रूपमा सम्बन्धित छ—सत्यता भनेको सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने जीवन हो। यसले तेरा त्रुटिहरू, तेरा खराब बानीहरू, र तेरा नकारात्मक र गलत विचारहरू सबै सच्याउन सक्छ। यसले तेरो शैतानी स्वभाव रूपान्तरित गर्न सक्छ, यो तेरो जीवन बन्न सक्छ, यसले तँलाई मानवता र समझ प्राप्त गर्न सक्षम बनाउन सक्छ, यसले तेरा विचार र तेरो मानसिकता सामान्य बनाउन सक्छ—यसले तेरो हरेक भाग सामान्य बनाउन सक्छ। सत्यता तेरो जीवन बनेमा, तैँले जिउने कुराहरू र तेरा मानवताका सबै अभिव्यक्ति सामान्य हुनेछन्। त्यसकारण, सत्यता पछ्याउने र अभ्यास गर्ने कार्य कुनै अस्पष्ट र अकल्पनीय कुरा होइन, न त यो विशेष गाह्रो कुरा नै हो। अहिले, तिमीहरूले सत्यतालाई अलिअलि प्रेम गरे पनि र तिमीहरू अझै राम्रो बन्ने प्रयास गर्न इच्छुक भए पनि, तिमीहरूले अझै यो मार्गमा हिँड्न सुरू गरेका पनि छैनौ। पहिलो कदम सधैं सबैभन्दा कठिन हुन्छ। जबसम्म तिमीहरूले सत्यता अभ्यास गर्न र यसको मिठास चाख्‍न सक्छौ, तबसम्म तिमीहरूले सत्यता पछ्याउनु सजिलो कुरा हो भन्‍ने नै सोच्नेछौ।

यदि व्यक्तिले सत्यतालाई आफ्नो जीवनको रूपमा लिँदैन र सधैं भ्रष्ट स्वभावमा जीवन बिताउँछ भने, त्यो कुरा कसरी प्रकट हुन्छ? जब व्यक्तिले सत्यता प्राप्त गरेको हुँदैन, तिनीहरूसँग प्राकृतिक रूपमा आफ्नो शैतानी प्रकृतिको बाधा र बन्धनहरू हटाउने कुनै उपाय हुँदैन। स्वाभाविक रूपमै, तिनीहरूमा प्रकट हुने भ्रष्ट स्वभावहरू भनेका अहङ्कार र घमण्ड, मनपरीतन्त्र, स्वेच्छाचारी र लापरवाही व्यवहार, झुट र धोका, कपट र छल, प्रतिष्ठा र हितहरूको लालच, अनि केवल नाफाको खोज, र स्वार्थ र नीचता हुन्। यसबाहेक, तिनीहरू अरू मानिसहरूसँगको व्यवहारमा अविश्‍वास, आलोचना र आक्रमण गर्नमा अग्रसर हुन्छन्। तिनीहरू सधैं आफ्ना प्राथमिकताहरूमा आधारित भएर बोल्‍ने र कार्य गर्ने गर्छन्; तिनीहरूसँग सधैं व्यक्तिगत अभिप्राय र उद्देश्यहरू हुन्छन्, र तिनीहरूसँग सधैं अरूको बारेमा पूर्वकल्पित धारणाहरू हुन्छन्। अवरोध वा असफलता सामना गर्दा तिनीहरू सधैं नकारात्मक हुन्छन्। कहिलेकाहीँ, तिनीहरू अहङ्कारीभन्दा परका हुन्छन्; कहिलेकाहीँ, तिनीहरू यति नकारात्मक हुन्छन् कि तिनीहरूले आफैलाई खाडलमा गाड्न सक्छन्। तिनीहरू जहिले पनि चरम सीमामा पुग्छन्—यदि तिनीहरू दाह्रा देखाइरहेका र नङ्ग्रा निकालिरहेका छैनन् भने, तिनीहरू नकारात्मक भइरहेका र दयनीय व्यवहार देखाउन खोजिरहेका हुन्छन्। तिनीहरू कहिल्यै सामान्य हुँदैनन्। अहिले तिमीहरू भएको स्थिति यही हो। तिमीहरू दुःख भोग्न र मूल्य चुकाउन तयार छौ, र तिमीहरू सङ्कल्प र दृढताले भरिपूर्ण छौ, तर तिमीहरूसँग सत्यताको वास्तविकता छैन। यदि कसैले सत्यताको वास्तविकतालाई आफ्नो जीवनको रूपमा लिन्छ भने, त्यो कसरी प्रकट हुन्छ? सबैभन्दा पहिले, तिनीहरू परमेश्‍वरमा समर्पित हुन, र मानव रूपमा जिउन सक्षम हुनेछन्; तिनीहरू जीवन स्वभाव परिवर्तन भएका इमानदार व्यक्ति हुनेछन्। व्यक्तिको स्वभावगत परिवर्तनका धेरै विशेषताहरू छन्। पहिलो विशेषता भनेको सही र सत्यताअनुरूप रहेका कुराहरू पालन गर्न सक्षम हुनु हो। वृद्ध वा जवान जसले विचार राखे पनि, तेरो उनीहरूसँग तालमेल मिलोस् वा नमिलोस्, तिमीहरू उनीहरूलाई चिन वा नचिन, उनीहरूसँग परिचित होऊ वा नहोऊ, वा तिमीहरूको उनीहरूसँग सम्बन्ध राम्रो होस् वा खराब, जबसम्म उनीहरूले भनेको कुरा सही, सत्यताअनुरूप, र परमेश्‍वरको घरको काममा लाभदायी हुन्छ, तबसम्म तँ कुनै पनि कुराको प्रभावमा नपरी त्यो सुन्‍न, अपनाउन र स्विकार्न सक्षम हुन्छस्। सही र सत्यताअनुरूप रहेका कुराहरू स्विकार्न र पालन गर्न सक्षम हुनु नै पहिलो विशेषता हो। दोस्रो विशेषताचाहिँ केही कुरा आइपर्दा सत्यता खोज्न सक्षम हुनु हो; यो सत्यता स्विकार्न सक्षम हुनु मात्र नभई, सत्यता अभ्यास गर्ने, र आफ्नो इच्छाअनुसार मामिलाहरू नसम्हाल्‍ने कुरा पनि हो। तँलाई जेसुकै हुँदा पनि, तैँले ती कुराहरू स्पष्टसित नबुझेमा खोजी गर्न सक्छस्, र तैँले कसरी समस्या सम्हाल्ने र कसरी सत्यताका सिद्धान्तअनुरूप र परमेश्‍वरका मापदण्डहरू पूरा हुने गरी अभ्यास गर्ने भनेर हेर्न सक्छस्। तेस्रो विशेषताचाहिँ तैँले जुनसुकै समस्या सामना गरे पनि परमेश्‍वरको इच्छालाई विचार गर्नु, र परमेश्‍वरप्रति समर्पित हुन देहविरुद्ध विद्रोह गर्नु हो। जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले परमेश्‍वरको इच्छालाई ख्याल गर्नेछस्, र तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। यस कर्तव्यको लागि परमेश्‍वरका मापदण्डहरू जेसुकै भए पनि, तैँले यो कर्तव्य निभाउँदा ती मापदण्डहरूअनुसार नै व्यवहार गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनैको लागि काम गर्नेछस्। तैँले यो सिद्धान्त बुझ्नैपर्छ, र आफ्नो कर्तव्य जिम्मेवारपूर्ण र विश्‍वासयोग्य ढङ्गमा निर्वाह गर्नैपर्छ। परमेश्‍वरको इच्छालाई ख्याल गर्नु भनेको त्यही हो। यदि तँलाई कुनै निश्‍चित मामिलामा कसरी परमेश्‍वरको इच्छालाई ख्याल गर्ने वा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने भनेर थाहा छैन भने, तैँले खोजी गर्नैपर्छ। तिमीहरूले स्वभावगत परिवर्तनका यी तीन विशेषताहरूसँग आफूलाई दाँज्नुपर्छ, र तिमीहरूसँग यी विशेषताहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि तिमीहरूसँग यी तीन क्षेत्रहरूमा व्यावहारिक अनुभव र अभ्यासका मार्गहरू छन् भने, तिमीहरूले सिद्धान्तअनुरूप मामिलाहरू सम्हालिरहेका हुनेछौ। तिमीहरूलाई जे आइपरे पनि वा तिमीहरूले जुनै समस्या सम्हालिरहेको भए पनि, तिमीहरूले सधैँ अभ्यासका सिद्धान्तहरू के-के हुन्, सत्यताको प्रत्येक सिद्धान्तमा के-कस्ता कुराहरू समावेश छन् र सिद्धान्तहरू उल्लङ्घन नगरी कसरी अभ्यास गर्ने भन्‍नेबारेमा खोजी गर्नैपर्छ। यी समस्याहरूमा स्पष्टता हासिल गरिसकेपछि, तिमीहरूले स्वाभाविक रूपमै कसरी सत्यता अभ्यास गर्ने भनेर थाहा पाउनेछौ।

जब सबै कुरा ठिक हुन्छ, कतिपय मानिसहरू कुनै स्पष्ट भ्रष्ट स्वभावहरू प्रकट नगर्नेजस्ता देखिन्छन्, र यसकारण, तिनीहरूले आफू असल भएको, आफू परिवर्तित भएको छु, र आफूमा सत्यताको वास्तविकता भएको सोच्छन्। तर जब तिनीहरूमाथि परीक्षाहरू वा सत्यताका सिद्धान्तहरू समावेश भएका महत्त्वपूर्ण मामलाहरू आइपर्छन्, तिनीहरूको भ्रष्ट स्वभाव आफै प्रकट भइहाल्छ। तिनीहरू अभ्यास गर्ने उचित तरिका नजानेर र कठिनाइहरूद्वारा घेरिएर नकारात्मकता र अन्योलमा डुब्छन्। उदाहरणको लागि, इमानदार व्यक्ति बन्‍नु र सत्य बोल्नु भनेको सत्यता अभ्यास गर्नु हो। जब तँ सत्य बोल्ने प्रयास गर्छस्, तैँले के-कस्ता कठिनाइहरू सामना गर्छस्? तँ के-कस्ता अवरोधहरूको सम्‍मुख हुन्छस्? तँलाई बाधा दिने, बाँध्‍ने, र सत्य बोल्नबाट रोक्‍ने कुराहरू कुन-कुन हुन्छन्? घमण्ड, हैसियत, आडम्बर, साथै तेरा भावनाहरू, र व्यक्तिगत प्राथमिकताहरू—यी सबै कुराहरू जुनसुकै बेला पनि उत्पन्न हुन सक्छन्, र यी कुराले मानिसहरूलाई पछाडि नै रोकिराख्छन् र तिनीहरूलाई सत्यता अभ्यास गर्नमा अवरोध गर्छन्। यी कुराहरू भ्रष्ट स्वभावहरू हुन्। तँ जस्तोसुकै अवस्थामा भए पनि, भ्रष्ट स्वभावले तेरो स्थितिलाई असामान्य बनाइदिन सक्छ, हरप्रकारका नकारात्मक कुराहरू पैदा गर्न सक्छ, तँलाई हरतरिकाले अवरोध र नियन्त्रण गर्न सक्छ, र तँलाई पछाडि रोकिराखेर सत्यता अभ्यास गर्न र परमेश्‍वरको सेवा गर्न गाह्रो बनाउन सक्छ। यो सबैले तँलाई निकै थकित महसुस गराउनेछ। सतहमा, मानिसहरू स्वतन्त्र देखिन्छन्, तर तिनीहरू वास्तवमा आफ्नो भ्रष्ट, शैतानी स्वभावद्वारा बाँधिएका हुन्छन्। तिनीहरूसँग छनौट गर्ने कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई एक कदम चाल्न पनि अत्यन्तै गाह्रो हुन्छ, र तिनीहरू थकित जीवन बिताउँछन्। धेरैजसो समय, यदि सत्य बोल्‍नु वा कुनै पनि व्यावहारिक काम गर्नुपर्‍यो भने, तिनीहरूले धेरै प्रयास गर्नुपर्छ। तिनीहरूले चाहेर पनि आफ्नो कर्तव्य राम्रोसँग निभाउन वा परमेश्‍वरप्रति बफादार हुन सक्दैनन्, र यदि तिनीहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरको गवाही दिन चाहन्छन् भने, त्यो अझै गाह्रो हुनेछ। कस्तो थकाइलाग्दो! के तिनीहरू आफ्नो भ्रष्ट, शैतानी स्वभावको पिँजरामा जिइरहेका छैनन् र? के तिनीहरू शैतानको अँध्यारो प्रभावमा जिइरहेका छैनन्‌ र? (छन्।) त्यसो भए, मानिसहरूले यसलाई कसरी हटाउन सक्छन्? के सत्यता अभ्यास गर्नु र जीवन प्रवेश प्राप्त गर्नुबाहेक के कुनै अर्को मार्ग छ? बिल्कुलै छैन। के परम्परागत संस्कृतिको ज्ञानले मानिसहरूलाई मुक्ति दिन र शैतानको प्रभावबाट मुक्त गर्न सक्छ? के बाइबलको ज्ञानको बुझाइले त्यो गर्न सक्छ? के आत्मिक धर्मसिद्धान्तहरू बोल्न सक्षम हुनुले त्यो गर्न सक्छ? अहँ, यीमध्ये कुनै पनि कुराले मानिसहरूलाई मुक्ति दिन र शैतानको प्रभावबाट मुक्त गर्न सक्दैन। परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्विकार्दा मात्र भ्रष्ट स्वभावको समस्या समाधान गर्न सकिन्छ; तब मात्र मानिसहरूले सत्यताको बुझाइ प्राप्त गर्न, सत्यता प्राप्त गर्न र शैतानको प्रभावबाट मुक्त हुन सक्छन्। यदि कोही असल व्यक्ति बन्न र केही नराम्रो कुरा नगर्न लागिपर्छ, तर उसले आफ्नो स्वभाव परिवर्तन गर्दैन भने, के ऊ शैतानको प्रभावबाट मुक्त हुन सक्छ? के मान्छेले ताओ ते चिङ, बौद्ध धर्मग्रन्थ वा परम्परागत संस्कृति अध्ययन गरेर सत्यता प्राप्त गर्न सक्छ? के तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? के तिनीहरूले परम्परागत संस्कृति अवलम्बन गरिरहे तर सत्यता पछ्याएनन् भने तिनीहरूको भ्रष्ट स्वभाव पखालिन सक्छ? के तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? त्यसो गर्ने मानिसहरूले आफैलाई धोका दिइरहेका छन्, र तिनीहरूले आफ्नो कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरै मानिसहरू छन्, तर तिनीहरूको विश्‍वास अझै अस्पष्ट छ। तिनीहरू सत्यता पछ्याउन कुनै चासो राख्दैनन्; तिनीहरू केवल आफ्नो कर्तव्य निभाएर नै सन्तुष्ट छन्। तिनीहरू सोच्छन् कि जबसम्म तिनीहरूले कुनै दुष्ट काम गर्दैनन्, वा कम दुष्टता गर्छन्, र जबसम्म तिनीहरूले राम्रा र परोपकारी अझ धेरैकामहरू गर्छन्, जबसम्म तिनीहरूले अरूलाई प्रेमिलो रूपमा मद्दत गर्न अझ धेरै काम गर्छन्, जबसम्म तिनीहरूले मण्डली छोड्ने वा परमेश्‍वरलाई धोका दिने गर्दैनन्, तबसम्म त्यसले अरू मानिसहरूलाई खुसी पार्नेछ, र परमेश्‍वरलाई प्रसन्न तुल्याउनेछ, र तिनीहरू परमेश्‍वरको राज्यका भागीदार हुनेछन्। के यो विचार मान्य छ? के असल व्यक्ति बन्‍ने कार्यले मान्छेलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्षम पार्न सक्छ? के तिनीहरूले यसरी मुक्ति प्राप्त गर्न सक्छन्? के राज्यमा तिनीहरूको भागीदारी हुनेछ? तिमीहरू सबैले देख्न सक्छौ, संसारमा धेरै तथाकथित “असल मानिसहरू” छन्, जो उच्च आदर्शका शब्दहरू बोल्छन्—सतहमा, तिनीहरूले कुनै ठूलो दुष्कर्म गरेजस्तो देखिँदैन, तर तिनीहरू वास्तवमा औधी छली र कुटिल हुन्छन्। तिनीहरू जता हावा बग्यो उतै बग्नमा सिपालु हुन्छन्, तिनीहरू चिप्लो र चतुर रूपमा बोल्छन्। तिनीहरू झूटा असल मानिसहरू र ढोँगीहरू हुन्—तिनीहरू केवल असल भएको नाटक गरिरहेका हुन्छन्। मध्यमार्गीहरू सबैभन्दा कपटी मानिसहरू हुन्। तिनीहरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू चिप्लो र चतुर हुन्छन्, तिनीहरू सबै परिस्थितिहरूमा मिल्न सिपालु हुन्छन्, र कसैले पनि तिनीहरूको गल्ती देख्न सक्दैन। तिनीहरू जीवित शैतानजस्तै हुन्छन्! के तिमीहरूमाझ यस्ता मानिसहरु छन्? (छन्।) के तिमीहरूलाई यसरी जिउनु थकाइलाग्दो हुन्छ जस्तो लाग्दैन? (हो, यो थकाइलाग्दो हुन्छ।) त्यसो भए, के तिमीहरूले परिवर्तन हुने तरिका सोचेका छौ? तिमीहरू कसरी परिवर्तन हुन्छौ? यसमा सफलताको सुरुवात कहाँ-कसरी गर्नुपर्छ? (सत्यता अभ्यास गरेर।) “सत्यता अभ्यास गरेर” वा “सत्यता बुझेर” वा “सत्यताको वास्तविकतामा प्रवेश गरेर” नभन। यो ठूलो गफ हो, र यो मानिसको पहुँचबाहिर छ, त्यसैले यी शब्दहरू रित्ता लाग्‍छन्। बरु, हामीले विस्तृत विवरणबाट सुरु गर्नुपर्छ। (एक इमानदार व्यक्ति भएर।) त्यो ठोस अभ्यास हो। एक इमानदार व्यक्ति बन्‍नु, वा अलि विस्तृत विवरण दिँदा: एक सरल र खुला व्यक्ति बन्‍नु, जो कुनै पनि कुरा ढाकछोप गर्दैन, जो झूट बोल्दैन, जो शब्दहरू घुमाएर बोल्दैन, र एक सीधा व्यक्ति बन्‍नु, जोसित न्यायको बोध छ र जो सत्य बोल्न सक्छ। मानिसहरूले पहिला यो कुरा हासिल गर्नुपर्छ। मानौँ, एउटा दुष्ट व्यक्तिले मण्डलीको काम बिथोलिरहेको छ, र यो परिस्थितिलाई राम्रोसँग बुझ्नको लागि एक अगुवा तँकहाँ आउँछ। तँलाई यो कसले गरेको हो भन्‍ने थाहा छ, तर त्यो व्यक्तिसँग तेरो राम्रो सम्बन्ध भएकोले र तैँले उसलाई चिढ्याउन नचाहेकोले, तँ झूट बोल्छस् र तँलाई थाहा छैन भनेर भन्छस्। अगुवाले थप विवरणहरू माग्छ, र तँ त्यो दुष्ट व्यक्तिलाई ढाक्‍ने बहाना बनाउँदै कुरा घुमाउँछस्। के त्यो छलपूर्ण हुँदैन र? तैँले अगुवालाई परिस्थितिबारे सत्य बताइनस्, बरु कुरा लुकाइस्। तँ किन यस्तो गर्छस्? किनभने तँ कसैलाई चिढ्याउन चाहँदैनस्। तैँले अन्तरवैयक्तिक सम्बन्ध रक्षा गर्नु र कसैलाई नचिढ्याउनुलाई पहिलो प्राथमिकता दिन्छस्, र तैँले सत्य बोल्नु र सत्यता अभ्यास गर्नुलाई अन्तिममा राख्छ्स्। तँ केद्वारा नियन्त्रित भइरहेको छस्? तँ तेरो शैतानी स्वभावद्वारा नियन्त्रित भइरहेको छस्, यसले तेरो मुख बन्द गरेको छ र तँलाई सत्य बोल्नबाट रोकेको छ—तँ तेरो शैतानी स्वभावद्वारा मात्र बाँच्न सक्षम छस्। भ्रष्ट स्वभाव भनेको के हो? भ्रष्ट स्वभाव भनेको शैतानी स्वभाव हो, र आफ्नो भ्रष्ट स्वभावद्वारा जिउने व्यक्ति जीवित शैतान हो। तिनीहरूको बोलीमा सधैं प्रलोभन हुन्छ, त्यो सधैं घुमाउरो हुन्छ, र कहिल्यै सीधा हुँदैन; कुटेर मारे पनि तिनीहरू सत्य बोल्दैनन्। जब व्यक्तिको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तब यस्तो हुन्छ; तिनीहरूले पूर्णतया आफ्नो मानवता गुमाउँछन् र दियाबलस बन्छन्। तिमीहरूमध्ये धेरैले अरूसँगको आफ्नो सम्बन्ध, र अरू मानिसहरूमाझको आफ्नो हैसियत र प्रतिष्ठा सुरक्षित गर्नको निम्ति परमेश्‍वरलाई चिढ्याउन र धोका दिन रुचाउँछौ। के यसरी काम गर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्छ? के तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन्? तिनीहरू त आँखा खोलेरै परमेश्‍वरलाई धोका दिने, र हृदयमा अलिकति पनि परमेश्‍वरको डर नहुने व्यक्तिहरू हुन्। तिनीहरू परमेश्‍वरलाई धोका दिने दुस्साहस गर्छन्; तिनीहरूको महत्वाकाङ्क्षा र विद्रोह साँच्चै ठूलै हुनुपर्छ! त्यस्ता व्यक्तिहरूले प्रायजसो अझै पनि आफूले परमेश्‍वरलाई प्रेम गर्छु र परमेश्‍वरको डर मान्छु भन्‍ने सोच्छन् र प्रायः यसो भन्छन्: “जब म परमेश्‍वरबारे सोच्छु, म उहाँ कति विशाल, कति महान् र कति अथाह हुनुहुन्छ भनेर सोच्छु! परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, उहाँको प्रेम कति वास्तविक छ!” तैँले राम्रो सुनिने शब्दहरू बोल्न सक्छस्, तर तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुर्‍याएको देखिस् भने त्यसको खुलासा गर्दैनस्। तिमीहरू मान्छे रिझाउने व्यक्तिहरू हौ, परमेश्‍वरको घरको हित रक्षा गर्नुको सट्टा, आफ्नो प्रतिष्ठा, नाफा र हैसियत मात्र रक्षा गर्छौ। मामिलाहरूको वास्तविक अवस्था थाहा पाउँदा पनि, तिमीहरू साँचो रूपमा बोल्दैनौ, तिमीहरू दुष्ट मानिसहरूको रक्षा गर्दै, कुरा घुमाउँछौ। यदि तँलाई सत्य बोल्न भनियो भने, त्यो तेरो लागि धेरै गाह्रो हुनेछ। सत्य बोल्नबाट बच्नको लागि, तँ धेरै नचाहिने कुरा बोल्छस्! जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गर्व रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्‍वर प्रसन्न हुनुहुन्छ? परमेश्‍वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हू, सत्य बता, आफ्नो भावनाद्वारा बाधित नहू, आफ्नो ढोंग र छललाई पन्छा, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्‍वरअघि जिउन सक्षम हुनेछस्। यदि तँ सधैं शैतानी दर्शनअनुसार जिउँछस्, र दिनहरू कटाउन सधैं झूट र छलमा भर पर्छस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको हुनेछस्, र तँ अन्धकारमा जिइरहेको हुनेछस्। यदि तँ शैतानको संसारमा जिउँछस् भने, झन्झन् छली हुनेछस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैँले धेरै प्रवचनहरू सुनेको छस्, तर तेरो भ्रष्ट स्वभाव अझै पखालिएको छैन, र तँ अहिले पनि आफ्नो शैतानी स्वभावले जिइरहेको छस्—के तँलाई यसबाट घृणा लाग्दैन? के तँलाई लाज लाग्दैन? तैँले जति समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि तँ अझै पनि अविश्‍वासीजस्तै छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भयो? के तैँले यसरी परमेश्‍वरमा विश्‍वास गरेर साँच्चै मुक्ति पाउन सक्छस्? तेरो जीवन लक्ष्यहरू परिवर्तन भएका छैनन्, न त तँसँग सिद्धान्त र विधिहरू छन्; तँसँग भएको एउटा मात्र कुरा जुन एक अविश्‍वासीसँग छैन, त्यो “विश्‍वासी” को उपाधि हो। तैँले बाहिरी रूपमा परमेश्‍वरलाई पछ्याए पनि, तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र अन्त्यमा तैँले मुक्ति प्राप्त गर्नेछैनस्। के तँ व्यर्थमै आशा गरिरहेको छैनस् र? के परमेश्‍वरमाथिको यस प्रकारको विश्‍वासले तँलाई सत्यता वा जीवन प्राप्त गर्न मद्दत गर्न सक्छ? बिल्कुलै सक्दैन।

आज हामीले स्वभावगत परिवर्तनका तीन विशेषताहरूबारे सङ्गति गरेका छौं। ती तीन विशेषताहरू सारसङ्क्षेप बताओ त। (पहिलो विशेषता भनेको सही र सत्यतासँग मेल खाने कुराहरू स्विकार्ने र त्यसमा समर्पित हुने क्षमता हो। दोस्रो विशेषता भनेको तँमाथि केही आइपर्दा सत्यता खोज्ने र त्यसलाई अभ्यास गर्ने, तर आफ्नै इच्छामा आधारित भएर मामिलाहरू सम्हाल्ने काम नगर्ने क्षमता हो। तेस्रो विशेषता भनेको जे सुकै आइपरे पनि परमेश्‍वरको इच्छालाई विचार गर्ने, देहको विरोध गर्ने र परमेश्‍वरप्रति समर्पित हुने क्षमता हो।) तिमीहरू सबैले यी तीन विशेषताहरूबारे मनन र सङ्गति गर्नुपर्छ। तिमीहरूले आफ्नो वास्तविक जीवनमा ती विशेषताहरूसँग आफूलाई तुलना गर्नुपर्छ, र तिनलाई अभ्यास गर्न र तिनमा प्रवेश गर्न आफैलाई प्रशिक्षित गर्नुपर्छ—यसरी तिमीहरू सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न सक्षम हुनेछौ। सत्यताको जुनसुकै पक्ष सङ्गति गरिँदै गरिएको भए पनि, सत्यतालाई प्रेम गर्नेहरूले यो स्वीकार गर्न सजिलो हुनेछ। सत्यतालाई अभ्यास गर्न चाहनेहरू सत्यता हासिल गर्न सक्षम हुनेछन्, र सत्यता हासिल गर्नेहरू स्वभावगत परिवर्तन हासिल गर्न सक्षम हुनेछन्। विवेक वा समझ नभएकाहरू, जो सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरू सत्यता स्वीकार वा अभ्यास गर्न सक्दैनन्, त्यसैले तिनीहरूले सत्यता हासिल गर्न सक्नेछैनन्। कुनै व्यक्तिले सत्यता प्राप्त गर्न, वा स्वभावगत परिवर्तन हासिल गर्न सक्छ वा सक्दैन भन्ने कुरा, तिनीहरूको व्यक्तिगत पछ्याइमा निर्भर हुन्छ।

अगष्ट १६, २०१५

अघिल्लो: आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

अर्को: परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्