४९. म अब आफ्नो बुढेसकालको हेरचाहका लागि छोरामा भर पर्दिनँ

छिङसोङ, चीन

सन् २००१ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० मा, मलाई मस्तिष्कघात र मुटुको रोग लागेको पत्ता लाग्यो। त्यतिबेला मलाई उपचारको लागि तत्काल पैसा चाहिएको थियो, अनि संयोगले मेरो छोराले मलाई ५,००० युआन पठाइदियो। मैले सोचेँ, “म सधैँ भर पर्न सक्ने भनेको मेरो छोरामाथि नै हो। बुढी भएपछि पनि मैले आफ्नो छोरामाथि नै भर पर्नुपर्नेछ।” सन् २०२२ मा मेरो छोराले विवाह गर्‍यो, अनि ऊ आफैँले घर र गाडी दुवै किन्यो। पछि, मेरी बुहारीले मेरा लागि एउटा सुनको औँठीमा एक हजार युआनभन्दा बढी खर्च गरिन्। उनले मलाई यसो पनि भनिन्, “हामी तपाईंबाट अरू केही माग्दैनौँ, तर भविष्यमा हाम्रा छोराछोरी भएपछि, तपाईंले उनीहरूको हेरचाहमा सघाउन सक्नुभयो भने धेरै राम्रो हुनेछ।” मेरा छोरा-बुहारी मप्रति कति असल रहेछन् भनी देखेपछि, मैले सोचेँ, “यो मेरो एउटै छोरा हो। मैले छोरा-बुहारीसँग राम्रो सम्बन्ध बनाउनुपर्छ, किनभने म बुढी भएपछि आफ्नो हेरचाहका लागि मैले उनीहरूमाथि नै भर पर्नुपर्नेछ। मेरो स्वास्थ्य वर्षैपिच्छे बिग्रँदै गइरहेको छ। अहिले आफूले सक्ने बेलामै उनीहरूका छोराछोरीको हेरचाहमा सघाएँ भने, म बुढी भएपछि उनीहरूले मेरो हेरचाह गर्नेछन्।” यस्तो सोचेपछि, मैले सहमति जनाउँदै भनेँ, “हुन्छ। तिमीहरूका छोराछोरी भएपछि, म तिमीहरूका लागि उनीहरूको हेरचाह गरिदिनेछु।” पछि, मेरो सुरक्षामा खतरा भएकोले, मेरा निम्ति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ पर्नबाट जोगिनका लागि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुबाहेक अरू कुनै विकल्प भएन।

२०२४ को अप्रिल महिनाको एक दिन, मैले मेरी बुहारी गर्भवती भएको थाहा पाएँ, र मेरो परिवारले मलाई उनको हेरचाह गर्न घर फर्कन भन्यो। म हतारहतार फर्किएँ। तर, म घर पुग्नेबित्तिकै, गाउँका अधिकारीहरू मेरो घरपरिवारको जाँच गर्न आए। चिनियाँ कम्युनिष्ट पार्टीसँग मेरो फोटो छ र उनीहरूले यतिका वर्षदेखि मलाई खोजिरहेका छन् भन्ने सोचेर, मैले घरमा बस्ने आँट गरिनँ र तुरुन्तै त्यहाँबाट निस्किएँ। मण्डलीमा फर्केपछि, मलाई धेरै दुःख लाग्यो, र मैले सोचेँ, “मेरो छोरा अर्को सहरमा काम गर्छ र उसँग बुहारीको हेरचाह गर्ने समय छैन। सासू भएको नाताले मैले उनको हेरचाह गरिनँ भने, उनको परिवारले मेरो बारेमा के सोच्ला? मेरी बुहारी अहिले कस्तो अवस्थामा छिन्, त्यो पनि मलाई थाहा छैन।” यस्तो सोचेपछि, मलाई सधैँ उनीहरूप्रति ऋणी भएको महसुस भयो। आफ्नो हृदयको वेदनाका कारण, मेरो मस्तिष्कघात फेरि बल्झियो। म झन् चिन्तित भएँ र सोच्न थालेँ, “म झन्-झन् बूढी हुँदैछु, र मेरो स्वास्थ्य झन्-झन् खराब हुँदैछ। भविष्यमा मलाई मेरा छोरा-बुहारीको हेरचाहको आवश्यकता पर्नेछैन र? मेरी बुहारीलाई सबैभन्दा बढी मेरो आवश्यकता पर्दा मैले उनको हेरचाह गरिनँ। यदि कुनै दिन म बूढी र बिरामी भएँ र उनीहरूकहाँ फर्कनुपर्‍यो भने, के उनीहरूले मलाई अझै पनि स्वीकार गर्लान् र बुढेसकालमा मेरो हेरचाह गर्लान्?” जबजब म यसबारे सोच्थेँ, मेरो स्थिति झन् बिग्रिन्थ्यो। दिनहरू बित्दै गए, र चाँडै नै बच्चा जन्मिने समय भयो। तर म अझै पनि बुहारीको हेरचाह गर्न फर्कन सकिनँ, र म सुस्केरा नहाली बस्न सकिनँ। त्यस समय, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कर्तव्य निर्वाह गर्दै थिएँ। मैले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गरे पनि, मेरो मनलाई प्रायः यो कुराले बाधा दिन्थ्यो, र मैले कामको अनुगमन गरिनँ वा नयाँ विश्‍वासीहरूका समस्याहरू समयमै समाधान गरिनँ। फलस्वरूप, केही नयाँ विश्‍वासीहरूका समस्याहरू तुरुन्तै समाधान भएनन्, र उनीहरू नकारात्मकता र कमजोरीमा जिउन पुगे। आफूले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको देख्दा, मैले समस्या समाधान गर्ने र अवस्था सुधार्ने तरिकाबारे सोचिनँ। बरु, मैले यतिसम्म सोचेँ, “नतिजा नआए नआऊन्। म बर्खास्त भएँ भने, त्यस अवस्थामा म सायद छोराकहाँ गएर उसको बच्चाको हेरचाहमा सघाउन सक्छु होला।” म गलत स्थितिमा जिइरहेकीले, म पवित्र आत्माको अगुवाइविना नै आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, साथै म नकारात्मक र दुःखी भएँ। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, म सधैँ घर गएर आफ्नी बुहारी र नातिको हेरचाह गर्न चाहन्छु। मलाई यदि म अहिले फर्किनँ भने, म बुढी हुँदा मेरो हेरचाह कसैले पनि गर्ने छैन भन्ने डर छ। मलाई यस्तो स्थितिमा जिउनु गलत हो भन्ने थाहा छ। तपाईं मलाई सत्यता बुझ्न र आफ्नै समस्याहरू चिन्न अन्तर्दृष्टि र अगुवाइ दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूको यति धेरै ख्याल राख्छन्? मानिसहरूको सबै मनसाय केप्रति लक्षित हुन्छन्? के यो सबै उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नप्रति लक्षित हुँदैनन् र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापनको योजनाका खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कामका खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको आशय सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्‍वर मानिसहरूबीच कुनै साँचो प्रेम वा वास्ता हुँदैन भनी खुलासा गर्नुहुन्छ। सबैले आफ्नो व्यक्तिगत लाभ खोज्दै मनमा आफ्ना अभिप्राय लुकाएका हुन्छन्। म ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थिएँ। म निरन्तर मेरी बुहारीको गर्भावस्थाबारे सोचिरहेकी थिएँ, तर त्यो साँचो हृदयले उनको हेरचाह गर्न चाहेर नभई, बरु मेरा आफ्नै अभिप्रायका कारण थियो। मलाई विगत केही वर्षदेखि मेरो स्वास्थ्य बिग्रँदै गएको छ, र मैले आफ्नो बुढेसकालमा अझै पनि आफ्नो छोरामाथि नै भर पर्नुपर्नेछ भन्ने महसुस भयो। त्यसैले, मैले आफूले सक्ने बेलामै उनीहरूको बच्चाको हेरचाहमा सघाउन चाहेँ, ताकि बदलामा उसले मलाई मेरो बुढेसकालमा हेरचाह गरोस्। तर जब म आफ्नो कर्तव्य र आफ्नै सुरक्षा जोखिमका कारण फर्कन सकिनँ, मेरो हृदय वेदनाले भरियो, र मैले आफ्नो कर्तव्यप्रति कुनै बोझको भावना राखिनँ। मैले आफूले आफ्नो देहको हितलाई मात्र विचार गरेको देखेँ।

पछि, मैले आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोजेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब मानिसहरूले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्‍न, बुझ्‍न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्‍नो दैनिक जीवनमा विभिन्‍न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्‍नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। तिनीहरूलाई भोलि, वा पर्सि कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्ने थाहा हुँदैन, त्यसैले तिनीहरू सबै किसिमका कुराहरूका बारेमा सन्तप्त, बेचैन, र चिन्तित हुन्छन्। यी नकारात्मक संवेगहरू उत्पन्न गर्ने सन्दर्भ के हो? त्यो के हो भने, तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्—अर्थात्, तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्न र त्यसलाई छर्लङ्गै देख्‍न असक्षम हुन्छन् र तिनीहरूको हृदयमा परमेश्‍वरप्रति साँचो आस्था हुँदैन। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकताका तथ्यहरू आफ्नै आँखाले देख्दा पनि त्यो बुझ्दैनन् वा त्यसलाई विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र तिनीहरूको पूरै जीवन परमेश्‍वरको हातमा छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, त्यसकारण परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा अविश्‍वास उत्पन्‍न हुन्छ, र त्यसपछि गुनासाहरू पैदा हुन्छन्, र तिनीहरू समर्पित हुन सक्दैनन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। मैले सुरुमा परमेश्‍वरलाई पाएपछि, र आफू स्वस्थ हुँदा, म आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सक्थेँ, तर म बूढी हुँदै जाँदा, मेरा स्वास्थ्य समस्याहरू बिस्तारै बढे। मलाई मस्तिष्कघात भयो, र मेरो मुटुको अवस्था पनि राम्रो थिएन। थाहै नपाई, म पीडा र चिन्तामा जिउन थालेँ, मेरो स्वास्थ्य बिग्रियो र मेरो हेरचाह गर्ने कोही भएन भने के गर्ने होला भनेर चिन्ता गर्न थालेँ। मेरा छोरा-बुहारीलाई मेरो आवश्यकता पर्दा, म उनीहरूको हेरचाह गर्न फर्किनँ, त्यसैले के उनीहरूले म बूढी भएर हेरचाह चाहिने बेलामा मेरो हेरचाह गर्लान् र? यस्तो कुरा सोच्दा, म नकारात्मक भावनाहरूमा डुब्न थालेँ, आफ्नो कर्तव्यप्रतिको बोझको भावना गुमाएँ, र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्नसमेत अनिच्छुक भएँ। म केवल आफ्नी बुहारीको हेरचाहका लागि फर्कन चाहन्थेँ। मैले अक्सर सबै कुरा परमेश्‍वरको हातमा छ भने पनि, आफूमाथि समस्याहरू आइपर्दा, मैले परमेश्‍वरको सार्वभौमिकतामाथिको आस्था गुमाएँ र अरूमाथि नै भर पर्न चाहेँ। मैले आफूमा परमेश्‍वरमाथि अलिकति पनि आस्था रहेनछ भन्ने देखेँ। यसबारे फर्केर सोच्दा, मैले यी कुराहरूबारे चिन्ता गर्नुको के अर्थ थियो त? परमेश्‍वरले मेरो भविष्यको जीवन कस्तो हुनेछ भन्ने पहिल्यै प्रबन्ध गरिसक्नुभएको थियो, र मैले केवल परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुनु र स्वाभाविक रूपमा कामकुराहरूको अनुभव गर्नु मात्र आवश्यक थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो मनमा भएका केही चिन्ता कम भए। परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउने क्रममा तिनीहरूबाट धेरै आनन्द र बुझाइ प्राप्त गरिसकेका हुन्छन्, जुन तिनीहरूका लागि ठूलो सान्त्वना र प्राप्ति हो। जहाँसम्म तेरा छोराछोरीले तँप्रतिको धर्म निभाउनेछन् कि निभाउनेछैनन्, तँ कुनै पनि कुराका लागि तिनीहरूमाथि भर पर्न सक्छस् कि सक्दैनस्, र तैँले तिनीहरूबाट के प्राप्त गर्न सक्छस् भन्‍ने कुरा छ, यी कुराहरू तिमीहरू सँगै जिउने नियति छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ, र यो परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। अर्कोतर्फ, तेरा छोराछोरी कस्तो प्रकारको वातावरणमा जिउँछन्, तिनीहरूको जियाइ अवस्था कस्तो छ, तिनीहरू तँलाई हेरचाह गर्ने अवस्थामा छन् कि छैनन्, तिनीहरू आर्थिक रूपमा सम्पन्न छन् कि छैनन्, र तिनीहरूले तँलाई भौतिक आनन्द र सहायता प्रदान गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। यसबाहेक, आमाबुबाको नाताले, तैँले तेरा छोराछोरीले तँलाई दिने भौतिक कुरा, पैसा, वा भावनात्मक सान्त्वनाको आनन्द लिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। कुरा त्यही नै होइन र? (हो।) यी मानिसहरूले आफ्नै इच्छाले माग्न सक्ने कुरा होइनन्। हेर् त, कतिपय छोराछोरीलाई तिनीहरूका आमाबुबाले मन पराउँदैनन्, र तिनीहरूका आमाबुबा तिनीहरूसँग बस्न इच्छुक हुँदैनन्, तर परमेश्‍वरले तिनीहरूलाई आफ्ना आमाबुबासँग बस्ने पूर्वनियोजन गर्नुभएको हुन्छ, त्यसैले तिनीहरूले आफ्ना आमाबुबाबाट टाढा हुन वा तिनीहरूको साथ छोड्न पाउँदैनन्। तिनीहरू जीवनभर आफ्ना आमाबुबासँगै अड्किएका हुन्छन्—तिनीहरूका आमाबुबाले तिनीहरूलाई धपाउने प्रयास गरे पनि धपाउन सक्दैनन्। अर्कोतर्फ, कतिपय छोराछोरीका आमाबुबा तिनीहरूसँग बस्न धेरै इच्छुक हुन्छन्; तिनीहरू छुट्टिनै सक्दैनन्, छुट्टिएपछि सधैँ एकअर्काको कमी महसुस गर्छन्, तर कामका लागि विदेश जानु वा विवाह गरेपछि अर्को ठाउँमा बस्नु जस्ता विभिन्न कारणले गर्दा, तिनीहरू आफ्ना आमाबुबाबाट छुट्टिएर धेरै टाढा रहन्छन्। एक पटक भेट्न पनि सजिलो हुँदैन, र तिनीहरूले फोन वा भिडियो कल गर्न पनि सही समय खोज्नुपर्छ; समयको भिन्नता वा अन्य असुविधाहरूका कारणले, तिनीहरूले आफ्ना आमाबुबासँग बारम्बार कुरा गर्न पाउँदैनन्। के यी विशेष परिस्थितिहरू सबै परमेश्‍वरको पूर्वनियोजनसँग सम्बन्धित छैनन् र? (छन्।) यो आमाबुबा वा छोराछोरीमध्ये कुनै एउटाको व्यक्तिपरक इच्छाद्वारा निर्णय गर्न सकिने कुरा होइन; सबैभन्दा बढी, यो परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूबाट मैले सबै आमाबुबाहरू आफू बुढाबुढी भएपछि आफ्ना छोराछोरीबाट हेरचाह पाउने आशा गर्छन् भन्ने बुझेँ। तर वास्तवमा यो मानिसहरूले आफैँ खोज्न सक्ने कुरा होइन; बरु, यो परमेश्‍वरको सार्वभौमिकता र उहाँको नियोजनद्वारा निर्धारित हुन्छ। मैले आफूले चिनेकी एउटी वृद्ध सिस्टरका बारेमा सोचेँ। उनका छोराछोरीले आफ्नै परिवार सुरु गरेपछि, उनले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह जारी राखिन्, र उनीसँग आफ्ना नातिनातिनाको हेरचाहमा सघाउने समय थिएन। तर उमेरमा ६० को दशकमा पुगेपछि, उनकी छोरीले उनको हेरचाह गर्न अग्रसरता लिइन्, र उनी आफ्नी छोरीको घरबाटै आफ्नो कर्तव्य निर्वाह गर्न सक्थिन्। अर्को एउटा उदाहरणमा, म एक जना व्यक्तिलाई चिन्थेँ जसले आफ्नो छोराको परिवारका लागि पैसा कमाउन काम गरिरहेकी थिइन् र उसका छोराछोरीको हेरचाहमा सघाएकी थिइन्, तर अन्तमा, बुहारीले उनलाई घरबाट निकालिदिइन्। मैले सन् २०२० मा आफू बिरामी भएको र साँच्चै पैसा आवश्यक परेको त्यो समयबारे पनि सोचेँ। मैले आफ्नो छोरालाई केही नभनेकी भए पनि, उसले मलाई ५,००० युआन नै दियो। के यो सबै परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूको परिणाम थिएन र? आफूले यो बुझेपछि, मलाई साँच्चै लाज लाग्यो। मैले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ र परमेश्‍वरका यति धेरै वचनहरू खाएकी र पिएकी थिएँ, तर बिरामी हुनेबित्तिकै, म प्रकटित भएँ। म परमेश्‍वरमा भर परिनँ, मैले आफैँ बाहिर निस्कने बाटो खोज्ने कोसिस गरेँ, र मैले सहाराका लागि छोराकहाँ दौडिने चाहना राखिरहेँ। म कुन हिसाबले परमेश्‍वरको विश्‍वासी रहेछु त? परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, यदि परमेश्‍वरले कुनै व्यक्तिका छोराछोरीले बुढेसकालमा उसको हेरचाह गर्नेछैनन् भन्ने पूर्वनियोजन गर्नुभएको छ भने, उसले आफ्ना छोराछोरीसँगको सम्बन्ध कायम राख्न जतिसुकै कोसिस गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरले मेरा छोराछोरीले मेरो हेरचाह गर्नेछन् भनी पूर्वनियोजन गर्नुभएको छ भने, समय आएपछि परमेश्‍वरले मेरा लागि कामकुराहरूको प्रबन्ध मिलाउनुहुनेछ। यदि कुनै दिन मैले आफ्नो स्वास्थ्यका कारण आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, म परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित भएर यसको अनुभव गर्नेछु। मैले सिक्नुपर्ने पाठहरू र प्राप्त गर्नुपर्ने सत्यताहरू हुन्छन् भन्ने विश्वास गरेँ। त्यसपछि, मैले आफ्नी बुहारीको हेरचाह गर्न नसकेकोमा चिन्ता लिन छोडेँ, र मैले आफ्नो हृदयलाई शान्त पार्न र आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ।

पछि, मैले परमेश्‍वर शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउन परम्परागत संस्कृति प्रयोग गर्छ भनी खुलासा गर्नुहुन्छ भन्ने कुरा पढेँ, र मैले आफूभित्र रहेका गलत धारणाहरूबारे केही खुट्याइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परम्परागत चिनियाँ संस्कृतिलाई हेर्दा, चिनियाँ मानिसहरू छोराछोरीको धर्मलाई विशेष जोड दिन्छन्। प्राचीन समयदेखि अहिलेसम्‍मै, यसबारे सधैँ छलफल गरिँदै आएको छ, र यसलाई मानिसहरूको मानवताको एउटा पाटोका रूपमा र कोही असल हो कि खराब भनी मापन गर्ने मानकका रूपमा लिइएको छ। अनि अवश्य नै, समाजमा एउटा आम मनस्थिति र सार्वजनिक राय निर्माण भएको छ। यदि छोराछोरीले आफ्नो धर्म निभाउँदैनन् भने, तिनीहरू तिरस्कृत र निन्दित हुन्छन्, अनि आमाबुबाले लज्जित महसुस गर्छन्, साथै छोराछोरीले तिनीहरूको ख्यातिमा यो दाग सहन नसक्ने महसुस गर्छन्। विविध तत्त्वहरूको प्रभावमा, आमाबुबाहरू पनि यो परम्परागत सोचबाट गहिरो रूपमा विषाक्त हुन्छन्, र केही नसोचीकनै वा केही नखुट्याईकनै आफ्ना छोराछोरीले आफ्नो धर्म निभाऊन् भन्‍ने माग गर्छन्। आमाबुबाले छोराछोरीलाई किन हुर्काउँछन्? यो तिनीहरूले तँलाई बुढेसकालमा हेरचाह गरून् र तँ बितेपछि तेरो उचित अन्येष्टि गरून् भन्नका लागि होइन, बरु परमेश्‍वरले तँलाई दिनुभएको जिम्मेवारी र दायित्व पूरा गर्नका लागि हो। एउटा पक्ष के हो भने, छोराछोरी हुर्काउनु भनेको मानवको नैसर्गिक प्रवृत्ति हो, र अर्को पक्ष भनेको यो एउटा मानव जिम्मेवारी हो। तैँले नैसर्गिक प्रवृत्ति र जिम्मेवारीका कारण छोराछोरी जन्माइस्, बुढेसकालको तयारीको लागि र बुढेसकाल लागेपछि हेरचाह गरियोस् भनेर होइन। के यो दृष्टिकोण सही होइन र? (हो।) के छोराछोरी नभएका मानिसहरू बुढेसकालमा दुःखित नै हुन्छन् भन्ने हुन्छ? हुन्छन् नै भन्ने छैन, हैन र? छोराछोरीबिनाका मानिसहरू पनि बुढेसकालसम्म बाँच्न सक्छन्, र कतिपय स्वस्थ पनि हुन्छन्, आफ्ना पछिल्ला वर्षहरूमा रमाउँछन्, र शान्तिपूर्वक मरण अँगाल्छन्। के छोराछोरी भएका मानिसहरू आफ्ना पछिल्ला वर्षहरूमा निश्‍चित रूपमा खुसी र स्वस्थ भई रमाउन सक्छन्? (सक्छन् नै भन्‍ने छैन।) त्यसकारण, बुढेसकालमा आमाबुबाको स्वास्थ्य, खुसी, जियाइ अवस्था, जीवनको गुणस्तर, र शारीरिक स्थिति वास्तवमा तिनीहरूका छोराछोरीले आफ्नो धर्म निभाउँछन् कि निभाउँदैनन् भन्‍ने कुरासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुँदैन, बरु परमेश्‍वरको पूर्वनियोजन र उहाँले तिनीहरूका लागि खडा गर्नुहुने जियाइ वातावरणसँग सम्बन्धित हुन्छ। छोराछोरीहरू आफ्ना आमाबुबाको पछिल्‍ला वर्षहरूको जियाइ अवस्थाको जिम्मेवारी बोक्न बाध्य हुँदैनन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने छोराछोरी हुर्काउनुको उद्देश्य उनीहरूले बुढेसकालमा तपाईंको हेरचाह गरून् भन्‍ने होइन, र सबैका आ-आफ्नै मिसन र जिम्मेवारीहरू हुन्छन्। तर, आफू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मैले उसले मभित्र भरिदिएका “बुढेसकालमा भर पर्न कोही हुनु,” “बुढेसकालमा हेरचाह गर्ने कोही हुनु,” र “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु” जस्ता धारणा र विचारहरू स्वीकार गरेँ। मैले कुनै व्यक्तिलाई उसको बुढेसकालमा हेरचाह गर्न छोराछोरी नभई त हुँदै हुँदैन भन्ने विश्वास गरेँ। आफू बूढी हुँदै जाँदा र विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्दा, मैले भविष्यमा मेरा छोरा-बुहारीहरूले मेरो हेरचाह गर्लान् भनेर मात्र उनीहरूसँग राम्रो सम्बन्ध कायम राख्न चाहेँ। आफू खतराका कारण आफ्नी गर्भवती बुहारीको हेरचाह गर्न फर्किन नसक्दा, मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मनसमेत लागेन। यसको मतलब नयाँ विश्‍वासीहरूका समस्याहरू कहिल्यै समाधान भएनन्, र उनीहरूको जीवन प्रवेशमा ढिलाइ भयो। तर मैले अझै पनि पश्चात्ताप गरिनँ, र मैले आफ्नो कर्तव्यमा फेरबदल होस् भनी आशासमेत गरेँ, ताकि म घर गई बुहारीको हेरचाह गर्न सकूँ। मैले आफूले कसरी धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ र परमेश्‍वरबाट सत्यताको आपूर्तिको यति धेरै आनन्द लिएकी थिएँ भन्नेबारे सोचेँ। मैले परमेश्‍वरलाई तिर्नका लागि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसकेकी मात्र होइन, बरु मैले आफ्ना छोरा-बुहारीलाई खुसी पार्न आफ्नो कर्तव्य त्याग्नसमेत सकेँ। आफूमाथि कामकुराहरू आइपर्दा, मैले आफू उम्कने बाटाहरूबारे मात्र सोचेँ। मैले आफ्नो कर्तव्यप्रति अलिकति पनि समर्पण देखाइनँ। ममा कुन हिसाबले मानवता रहेछ त? मैले “बुढेसकालमा भर पर्न कोही हुनु,” “बुढेसकालमा हेरचाह गर्ने कोही हुनु,” र “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु” जस्ता धारणाहरू शैतानले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने युक्तिहरू रहेछन् भन्ने महसुस गरेँ। यी धारणाहरूअनुसारको जियाइले मलाई परमेश्‍वरको सार्वभौमिकतामा विश्वास नगर्ने, परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, उहाँप्रति समर्पित नहुने, र आफ्नो कर्तव्यप्रति कुनै बोझ महसुस नगर्ने दिशातर्फ डोऱ्यायो। मैले लगभग आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाएँ। यदि मैले यी धारणाहरू नै कायम राख्ने कार्यलाई निरन्तरता दिएकी भए, मैले मुक्तिको मौका गुमाउने थिएँ, र मैले साँच्चै आफूलाई बर्बाद पार्ने थिएँ। त्यसपछि मैले हालैका वर्षहरूका आफ्नो बिमारीसम्बन्धी अनुभवहरूबारे सोचेँ। सन् २०१८ मा, गर्दनको हड्डीको समस्याले स्नायु च्यापिएर मैले आफ्ना पाखुराहरू तन्काउन सकेकी थिइनँ। मलाई आतिथ्यता प्रदान गर्ने सिस्टरले मेरा लागि केही औषधि किनिदिइन्, र पछि, मैले अन्ततः आफ्ना पाखुराहरू फेरि सोझो पार्न सकेँ। साथै, सन् २०२० मा मलाई मस्तिष्कघात भयो, र डाक्टरहरूले मेरो रोग निको पार्न गाह्रो रहेको बताए। अप्रत्याशित रूपमा, एउटी वृद्ध सिस्टरले मलाई मस्तिष्कघातका लागि चार बट्टा औषधि दिइन्। औषधि खाएपछि, मेरो स्वास्थ्य बिस्तारै सुधार भयो। हालैका वर्षहरूमा लागेका यी कुनै पनि रोग मेरो छोरामा भर परेर निको भएका थिएनन्: मेरा रोगहरू निको हुन सकून् भनेर पटक-पटक मानिस, घटना, र कामकुराहरू खडा गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो। म आज परमेश्‍वरकै सुरक्षाका कारण जीवित छु! मैले “बुढेसकालमा भर पर्न कोही हुनु” र “बुढेसकालमा सहारा दिने कोही होस्” जस्ता शैतानका भ्रामक तर्कहरूलाई त्याग्नैपर्थ्यो, र आफूलाई परमेश्‍वरमा सुम्पेर, उहाँलाई सन्तुष्ट पार्न आफ्नो बाँकी रहेको समय आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा प्रयोग गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले बुढेसकालमा मेरो हेरचाहका लागि सधैँ आफ्नो सन्तानमा भर पर्न चाहने मेरो दृष्टिकोण परिवर्तन गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबाले आफ्ना छोराछोरीले उनीहरूको धर्म निभाउनुपर्छ, उनीहरूले आफूलाई पछिल्ला वर्षहरूमा हेरचाह गर्नुपर्छ र साथ दिनुपर्छ भनेर माग गर्नु हुँदैन—यसो गर्नु आवश्यक छैन। एक हिसाबले, यो आमाबुबामा आफ्ना छोराछोरीप्रति हुनुपर्ने मनोवृत्ति हो, र अर्को हिसाबले, यो आमाबुबामा हुनुपर्ने मर्यादा हो। अनि अवश्य नै, योभन्दा महत्त्वपूर्ण पक्ष पनि छ: यो जो आमाबुबा हुन् ती सृजित प्राणीहरूले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा पालना गर्नुपर्ने सिद्धान्त हो। यदि तेरा छोराछोरी कर्तव्यनिष्ठ, र तेरो हेरचाह गर्न इच्छुक छन् भने, तैँले उनीहरूलाई अस्वीकार गर्नु पर्दैन; यदि उनीहरू त्यसो गर्न अनिच्छुक छन् भने, तैँले दिनभरि विलाप र गनगन गर्ने, हृदयमा असहज वा रुष्ट महसुस गर्ने, वा छोराछोरीविरुद्ध तिक्तता पाल्ने काम गर्नु पर्दैन। तैँले आफ्नो जीवन र अस्तित्वको लागि सकेसम्‍म आफै जिम्मेवारी र बोझ वहन गर्नुपर्छ, र तैँले त्यो अरूमा, विशेषगरी छोराछोरीको काँधमा, सार्नु हुँदैन। तैँले जीवनलाई आफ्ना छोराछोरीको साथ वा सहयोगविना सक्रिय र सही ढङ्गले सामना गर्नुपर्छ, र तँ तेरा छोराछोरीदेखि अलग भए पनि, तैँले जीवनमा आइपर्ने जुनसुकै कुरालाई आफैले सामना गर्न सक्नुपर्छ। अनि अवश्य नै, यदि तँलाई तेरा छोराछोरीको आधारभूत मद्दत आवश्यक पर्छ भने, तैँले उनीहरूसित मद्दत माग्न सक्छस्, तर त्यो छोराछोरीले आमाबुबाप्रति आफ्नो धर्म निभाउनैपर्छ वा बुढेसकालमा हेरचाहका लागि तँ उनीहरूमाथि नै निर्भर हुनुपर्छ भन्‍ने गलत सोच र दृष्टिकोणमा आधारित हुनु हुँदैन। बरु, दुइटैले आफ्ना जिम्मेवारीहरू पूरा गर्ने दृष्टिकोणबाट आफ्ना आमाबुबा वा छोराछोरीका लागि कामकुरा गर्नुपर्छ। यसरी, आमाबुबा र छोराछोरीबीचको सम्बन्धलाई विवेकपूर्वक सम्हाल्न सकिन्छ। अनि अवश्य नै, यदि दुवै पक्ष तर्कसङ्गत छन्, र दुवैले एकअर्कालाई ठाउँ र सम्मान दिन्छन् भने, अन्त्यमा तिनीहरू पक्कै पनि राम्रोसँग मिलेर र सौहार्दपूर्ण रूपमा रहन, र यो पारिवारिक स्नेह र तिनीहरूको एकअर्काप्रतिको रेखदेख, चासो र परबाहलाई कदर गर्न सक्नेछन्। अवश्य नै, आपसी सम्मान र बुझाइका आधारमा यी कामकुरा गर्नु तुलनात्मक रूपमा मानवताअनुरूप र उचित हुनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबाले आफ्ना छोराछोरीले उनीहरूको धर्म निभाउनुपर्छ, उनीहरूले आफूलाई पछिल्ला वर्षहरूमा हेरचाह गर्नुपर्छ र साथ दिनुपर्छ भनेर माग गर्नु हुँदैन—यसो गर्नु आवश्यक छैन। एक हिसाबले, यो आमाबुबामा आफ्ना छोराछोरीप्रति हुनुपर्ने मनोवृत्ति हो, र अर्को हिसाबले, यो आमाबुबामा हुनुपर्ने मर्यादा हो।” यी वचनहरूले साँच्चै मेरो मन छोए। परमेश्‍वरले हामीलाई स्पष्टसँग भन्नुभएको छ, आमाबुबा र छोराछोरीबीचको सम्बन्ध आपसी हेरचाह र समझदारीमा आधारित हुनुपर्छ, र यसमा कुनै मोलतोल समावेश हुनुहुँदैन। सबैको आ-आफ्नै मिसन हुन्छ, र आमाबुबाका रूपमा हामीले, आफ्ना छोराछोरीलाई हाम्रो पालनपोषण र हेरचाह गर भन्नुहुँदैन। वृद्धवृद्धाहरूले पनि गरिमाका साथ जिउनुपर्छ र सधैँ आफ्ना छोराछोरीको हेरचाहमा भर पर्नेबारे सोच्नुहुँदैन। मैले मेरो छोरालाई हुर्काएकी भए पनि, ऊ अब वयस्क र स्वतन्त्र छ, र अब उसको मसँग खासै सरोकार छैन। सबैको जीवनमा आ-आफ्नै बाटो हुन्छ र जीवनमा आइपर्ने कुराहरूलाई स्वतन्त्र रूपमा सामना गर्नुपर्छ। तर, म सधैँ आफू बुढी भएपछि छोराले मेरो हेरचाह गरोस् भन्ने चाहन्थेँ, र परमेश्‍वरले मेरा लागि प्रबन्ध गर्नुभएको जीवनलाई आफैँले अनुभव गर्ने आँट गरिनँ। म कुन हिसाबले गरिमापूर्वक जिइरहेकी रहेछु र? परमेश्‍वरका वचनहरू खाएर र पिएर, मेरो दृष्टिकोण केही हदसम्म बदलियो, र मैले धेरै स्वतन्त्र महसुस गरेँ।

एक दिन, मैले घरबाट एउटा पत्र पाएँ। त्यसमा मेरी बुहारीले बच्चा जन्माइसकेकी भन्दै मलाई उनको हेरचाहका लागि घर फर्कन आग्रह गरिएको थियो। मभित्र अलिकति हलचल भयो, र मैले सोचेँ, “अहिले म आफ्नो कर्तव्यमा यति व्यस्त छु। यदि म साँच्चै घर गएँ भने, मलाई फेरि यहाँ फर्कन कति समय लाग्छ थाहा छैन। यसले मण्डलीको काममा ढिलाइ गर्नेछ। यसबाहेक, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई पक्राउ गर्ने निरन्तर कोसिस गरिरहेको छ। फर्कँदा खतरा हुन सक्छ। तर म नफर्किँदा, मेरा छोरा-बुहारीले मसँग सम्बन्ध तोडिदिए भने के गर्ने? मैले आफ्नो बुढेसकालमा हेरचाहका लागि अझै पनि उनीहरूमै भरपर्नु पर्ने हुन्छ। यदि साँच्चै कुरा मिलेन भने, म फर्कनु नै पर्छ।” जब मैले यस्तो सोचेँ, मैले म अझै पनि बुढेसकालमा आफ्नो छोरामै भर पर्न चाहन्छु भन्ने महसुस गरेँ, र मैले आफ्नो समस्या सम्बन्धमा सत्यता खोजेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “परमेश्‍वर हरेक व्यक्तिका लागि उसको जन्मदेखि हालसम्मका दशकहरूमा केवल मूल्य चुकाउनुहुन्न। परमेश्‍वरको नजरमा, तँ यस संसारमा अनगिन्तीपटक आएको छस्, र तेरो अनगिन्तीपटक पुनर्जन्म भएको छ। यसको जिम्मेवार को हो? परमेश्‍वर यसको जिम्मेवार हुनुहुन्छ। तँसँग यी कुराहरू जान्ने कुनै उपाय छैन। … परमेश्‍वर एउटा व्यक्तिमा कति धेरै मेहनत खर्चनुहुन्छ! कतिपय मानिस भन्छन्, ‘म साठी वर्ष पुगेँ। साठी वर्षदेखि परमेश्‍वरले मलाई हेरचाह गरिरहनुभएको छ, सुरक्षा गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। म बूढो भएपछि यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ र केही पनि गर्न सकिनँ भने—के परमेश्‍वरले अझै पनि मेरो वास्ता गर्नुहुनेछ?’ के यो भन्नु मूर्ख कुरा होइन र? परमेश्‍वर एक जीवनकालका लागि मात्र कुनै व्यक्तिको हेरचाह र सुरक्षा गर्नुहुन्न र उसको भवितव्यमाथि सार्वभौमिकता राख्नुहुन्न। यदि यो एउटै जीवनकाल, एउटै जीवन-समयका लागि भएको भए, त्यसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भनी देखाउन सक्दैनथ्यो। कसैका लागि मेहनत खर्चँदा र मूल्य चुकाउँदा, परमेश्‍वरले तिनीहरूले यस जीवनमा के गर्नेछन् भनेर मात्रै प्रबन्ध गरिरहनुभएको हुँदैन—उहाँले तिनीहरूका लागि अनगिन्ती जीवनकालहरू प्रबन्ध गरिरहनुभएको हुन्छ। परमेश्‍वर पुनर्जन्म हुने हरेक आत्माका लागि पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँ आफ्नो हृदयले काम गर्नुहुन्छ, आफ्नो जीवनको मूल्य चुकाउनुहुन्छ, हरेक व्यक्तिलाई मार्गदर्शन गर्नुहुन्छ र तिनीहरूको प्रत्येक जीवनको प्रबन्ध गर्नुहुन्छ। परमेश्‍वर मानिसका खातिर यस्तो मेहनत खर्चनुहुन्छ र यस्तो मूल्य चुकाउनुहुन्छ, र मानिसलाई यी सबै सत्यता र यो जीवन प्रदान गर्नुहुन्छ भन्‍ने कुरालाई विचार गर्दा, यदि मानिसहरू यी आखिरी दिनहरूमा सृजित प्राणीहरूको कर्तव्य निर्वाह गर्दैनन् र सृष्टिकर्तासामु फर्कँदैनन् भने—तिनीहरू जतिसुकै जीवन र पुस्ताहरूबाट गुज्रेर जिएका भए पनि, यदि तिनीहरू अन्ततः आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्‍वरका मागहरू पूरा गर्न असफल हुन्छन् भने—के परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछैन र? के तिनीहरू परमेश्‍वरले चुकाएका सबै मूल्यहरूको अयोग्य हुनेछैनन् र? तिनीहरूमा विवेकको एकदमै कमी हुनेछ, तिनीहरू मानिस कहलाइन योग्य हुनेछैनन्, किनभने परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछ। … परमेश्‍वरले मानिसलाई देखाउने अनुग्रह, प्रेम, र कृपा एक प्रकारको मनोवृत्ति मात्रै होइनन्—ती तथ्य पनि हुन्। त्यो कस्तो तथ्य हो? त्यो के हो भने परमेश्‍वर आफ्ना वचनहरू तँभित्र राख्नुहुन्छ, तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, तँलाई उहाँका बारेमा के प्रेमिलो छ र यो संसार वास्तवमा के हो भनी देख्न दिनुहुन्छ, तँलाई ठूलो मानसिक स्पष्टता दिनुहुन्छ, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न दिनुहुन्छ। यसरी, थाहै नपाई तैँले सत्यता प्राप्त गर्छस्। परमेश्‍वर तँमाथि एकदमै वास्तविक तरिकाले यति धेरै काम गर्नुहुन्छ, जसले तँलाई सत्यता प्राप्त गर्न सक्षम बनाउँछ। जब तँ सत्यता प्राप्त गर्छस्, जब तँ सबैभन्दा बहुमूल्य चीज, जुन अनन्त जीवन हो, प्राप्त गर्छस्, तब परमेश्‍वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्‍वरले मानिसहरूले सत्यता पछ्याइरहेका छन् र उहाँसँग सहकार्य गर्न इच्छुक छन् भनी देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट हुनुहुन्छ। त्यसपछि उहाँसँग एउटा निश्चित मनोवृत्ति हुन्छ, र जब उहाँसँग त्यो मनोवृत्ति हुन्छ, तब उहाँ काम गर्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘म तँलाई इनाम दिनेछु। यी तैँले पाउनुपर्ने आशिष्‌हरू हुन्।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँसँग सृष्टिकर्ताको ज्ञान हुन्छ र तैँले उहाँको कदर प्राप्त गरेको हुन्छस्, तब के तैँले अझै पनि आफ्नो हृदयमा रित्तोपन महसुस गर्नेछस्? गर्नेछैनस्। तैँले सन्तुष्ट महसुस गर्नेछस् र तँमा आनन्दको अनुभूति हुनेछ। के त्यो मूल्यवान् जीवन जिउनु होइन र? यो सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। परमेश्‍वरका वचनहरू पढेपछि, म गहिरो रूपमा प्रभावित भएँ। परमेश्‍वर सारा मानवजातिको भाग्यमाथि सार्वभौम हुनुहुन्छ र नियन्त्रण गर्नुहुन्छ, अनि उहाँ मात्रै मेरो सहारा हुनुहुन्छ। मैले कसरी आफूले परमेश्‍वरलाई पछ्याएका र आफ्नो कर्तव्य निर्वाह गरेका यतिका वर्षहरूमा, परमेश्‍वरले सधैँ मलाई अगुवाइ र सुरक्षा दिइरहनुभएको थियो, र मैले परमेश्‍वरका धेरै कार्यहरू देखेकी थिएँ भन्नेबारे सोचेँ। परमेश्‍वर मेरै साथमा हुनुहुँदा, म अझै केकाबारे चिन्तित रहेछु? यदि, परमेश्‍वरका कामको यो महत्त्वपूर्ण क्षणमा, म आफ्नै परिवार र देहका लागि जिइरहेँ, आफ्नो छोरासँगको सम्बन्ध कायम राख्नका लागि आफ्नो कर्तव्य पूरा गर्न असफल भएँ, र अन्ततः मुक्तिको मौका गुमाएँ भने, त्यो वास्तवमै मूर्खतापूर्ण हुनेछ! म केवल आफ्नो बाँकी जीवनमा आफ्नो कर्तव्य पूरा गर्न आफूले सक्नेजति सबै कुरा समर्पित गर्न चाहन्छु। मेरो छोराले मलाई बुढेसकालमा हेरचाह गरेन भने पनि, मैले चिन्ता लिनु आवश्यक छैन। म केवल परमेश्‍वरमा भर परेर यसको अनुभव गर्नेछु। अहिले, म हरेक दिन आफ्ना कर्तव्य निर्वाह गर्न व्यस्त छु, र म अत्यन्तै हलुका र स्वतन्त्र महसुस गर्छु।

यो अनुभवपछि, मेरो सबैभन्दा गहिरो अनुभूति के हो भने परमेश्‍वर नै मेरो साँचो सहारा हुनुहुन्छ। केवल परमेश्‍वरले मात्र सत्यता व्यक्त गर्न, हामीलाई जीवनमा सही मार्ग देखाउन, र हामीलाई अर्थपूर्ण जीवन जिउन अगुवाइ गर्न सक्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ४८. मैले जिम्मेवारी लिने आँट नगर्दा मलाई के कुराको चिन्ता थियो?

अर्को: ५०. के ज्ञान पछ्याउँदा राम्रो भविष्यको ग्यारेन्टी हुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्