४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु
सन् २०२४ को अप्रिलमा, मलाई जिल्ला अगुवा चुनियो, र त्यतिबेला, मैले धेरै दबाब महसुस गरेँ। मलाई यो कर्तव्यको जिम्मेवारी भारी छ, सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन्, अनि मैले धेरै चिन्ता लिनुपर्छ र ठूलो मूल्य चुकाउनुपर्छ भन्ने महसुस भयो। तर मैले यो कर्तव्य परमेश्वरले मलाई अनुग्रह गर्नुभएको हो, र मैले आफ्नो व्यक्तिगत दैहिक स्वार्थबारे मात्र सोच्नु हुँदैन भन्ने बुझेँ, त्यसैले मैले त्यो खुसीसाथ स्वीकारेँ। म यो कर्तव्यमा नयाँ भएकाले, मलाई दिइएको काम तुलनात्मक रूपमा हलुका थियो, र मलाई लेखन-पठनको काम र मण्डली जीवनका लागि मात्र जिम्मेवार बनाइएको थियो। मेरो फुर्सदको समयमा, म भिडियोहरू हेर्न र भजनहरू सुन्न पनि सक्थेँ। मलाई यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु राम्रै हो भन्ने लाग्यो। केही समय नबित्दै, मसँग सहकार्य गरिरहेकी एक जना सिस्टरले वास्तविक काम नगरेकाले उनलाई बर्खास्त गरियो, त्यसैले उनले जिम्मा लिएको मण्डलीको सफाइको काम मैले सम्हालेँ। काम हस्तान्तरणको क्रममा मात्र मैले सफाइको काममा धेरै समस्या रहेछन्, सफाइ गर्ने सामग्रीहरू मिलाउन पर्याप्त मानिसहरू रहेनछन्, र समीक्षा गर्नुपर्ने सफाइ सामग्रीहरूको ठूलो चाङ लागेको रहेछ भन्ने थाहा पाएँ। मेरो कामको बोझ ह्वात्तै बढेको हुनाले मेरो दैनिक तालिका भरिभराउ छ भन्ने मलाई लाग्थ्यो।
एक दिन, मैले आफ्ना कामहरू सम्हालिरहेको बेला, मेरी सहकर्मी, सिस्टर छिउ यानले भनिन्, “सुसमाचारको काममा कठिनाइहरू आएका छन्, र परिणामहरू निकै घटेका छन्। हामी सबैले मिलेर समाधानका लागि छलफल गर्नुपर्छ।” उनीहरूको कुराकानी सुन्दा, मैले पहिले मण्डली अगुवा हुँदा पत्ता लगाएका यस्तै समस्याहरूबारे सोचेँ। जब दाजुभाइ-दिदीबहिनीहरूले सुसमाचार प्रचार गर्दा कठिनाइहरूको सामना गर्थे, अगुवा र कामदारहरूले परमेश्वरका अभिप्रायहरू वा सुसमाचार प्रचारसम्बन्धी सत्यताहरूमा सङ्गति गर्नुहुन्नथ्यो; उहाँहरू प्रगतिबारे मात्र दबाब दिइरहनुहुन्थ्यो। सुसमाचारको कामले कमजोर नतिजाहरू हासिल गर्नुको मुख्य कारण यही थियो। म यो मुद्दाबारे बोल्न चाहन्थेँ, तर त्यसपछि सोचेँ, “म जिम्मेवार रहेको सफाइको काममा पनि धेरै समस्याहरू छन्। मेरो दिमाग दिनहुँ व्यस्त हुन्छ। त्यसैले, मैले सुसमाचारको काममा पनि भाग लिएँ भने, के त्यो मेरा लागि अतिरिक्त प्रयास हुनेछैन र? यो सबै अतिरिक्त ऊर्जा म कहाँबाट ल्याउन सक्छु र?” त्यसैले मलाई आफू जिम्मेवार रहेको काममा मात्र केन्द्रित हुनुपर्छ भन्ने लाग्यो। र यही सोचेर, मैले केही भनिनँ, र आफ्नै काममा लागिरहेँ। छिउ यान र लि युएले लामो समयसम्म छलफल गरे तर कुनै समाधान भेट्टाउन सकेनन्, त्यसैले छिउ यानले मसँग कुनै राम्रो सुझाव छ कि भनेर सोधिन्। मैले मनमनै सोचेँ, “मैले आफ्नै कामहरू अझै सिध्याएकी छैन। यदि मैले अहिले सुसमाचारको कामसम्बन्धी छलफलमा भाग लिएँ भने, मेरो हातमा रहेको काममा ढिलाइ हुनेछैन र?” त्यसैले, मैले इन्कार गर्दै भनेँ, “तिमीहरू दुई जनाले छलफल गरे हुन्छ। अहिले मेरो हातमा जरुरी कामहरू धेरै छन्।” लि युएले मेरो मनोवृत्ति देखेर मलाई कडाइका साथ भनिन्, “हरेक व्यक्तिमा समस्याहरू पहिचान गर्ने क्षमता सीमित हुन्छ। काममा आइपर्ने कठिनाइहरू समाधान गर्न सबैको छलफल आवश्यक हुन्छ। तिमी गैरजिम्मेवार भइरहेकी छौ!” सिस्टरको आलोचना सुनेर, मैले दोषी महसुस गरेँ, यसो गरेर म साँच्चै नै धेरै स्वार्थी भएकी रहेछु भनी सोचेँ। तब मात्र मैले गरिरहेको काम रोकेर छलफलमा भाग लिएँ। मैले आफूले देखेका समस्याहरूबारे पनि कुरा गरेँ, र छिट्टै नै, हामीले एउटा समाधान निकाल्यौँ।
केही दिनपछि, लि युए र छिउ यान मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्ने विषयमा छलफल गरिरहेका थिए। उनीहरूले भने, केही मण्डली अगुवाहरू मानिसहरूलाई संवर्धन गर्नमा ध्यान दिँदैनन्, जसले गर्दा मण्डलीमा मलजल गर्ने व्यक्तिहरूको कमी भएको छ, जसको अर्थ नव-आगन्तुकहरूले समयमै मलजल पाउन सकेका छैनन्, र यसले नव-आगन्तुकहरूलाई मलजल गर्ने काममा गम्भीर रूपमा बाधा पुऱ्याएको छ। उनीहरूले भने, हामीले यसबारे सङ्गति गर्न मण्डली अगुवाहरूलाई पत्र लेख्नुपर्छ। उनीहरूले मलाई यो समस्या समाधान गर्ने छलफलमा सामेल हुन भने, तर मैले सोचेँ, “यो एकैचोटि समाधान हुने कुरा होइन। यी समस्याहरूमा धेरै समय र मानसिक ऊर्जा लाग्नेछ, र यो छलफलले मैले गरिरहेको काममा ढिलाइ गर्नेछ। पछि, यदि मेरो काम थुप्रियो भने, मैले त्यसलाई सम्हाल्न अतिरिक्त समय खर्च गर्नुपर्नेछ। अझ, मलजल गर्ने काम मेरो जिम्मेवारी पनि होइन, त्यसैले समस्या समाधान गर्दा मलाई कुनै श्रेय मिल्दैन। मैले समय र ऊर्जा लगाउनुपर्नेछ, र यसले मेरो आफ्नै काममा ढिलाइ गर्नेछ, अनि के फाइदा?” त्यसपछि मैले झाराटारुवा जवाफ दिएँ: “म यी समस्याहरू त्यति राम्ररी बुझ्दिनँ र कुनै राम्रो सल्लाह दिन सक्दिनँ। तिमीहरू पहिले छलफल गरेर पत्र लेख, र त्यो लेखिसकेपछि, हामी सँगै समीक्षा गर्न सक्छौँ।” मैले यसो भनेको सुनेर, सिस्टरहरूले केही भनेनन्, र त्यसैले उनीहरू दुई जनासँग आफैँ छलफल गर्नुबाहेक अरू विकल्प थिएन। पछि, छिउ यानले पत्र लेखिसकेर हामीलाई सुझावहरू दिन भनिन्। मैले सरसर्ती हेरेँ र केही भागहरू थप्न र सुधार गर्न आवश्यक छ भन्ने लाग्यो, तर म त्यसलाई संशोधन गर्न मेहनत गर्न चाहन्नथेँ, त्यसैले मैले उनलाई केही समस्याहरूबारे छोटकरीमा मात्र बताएँ। मेरा टिप्पणीहरू सुनेपछि, छिउ यानलाई अझै पनि कसरी कुराहरू थप्ने थाहा भएन, र अप्ठ्यारो मान्दै भनिन्, “म सञ्चार पत्र लेख्न त्यति सिपालु छैनँ, र मलाई संशोधन गर्न पनि गाह्रो लाग्छ, त्यसैले के तिमी यसमा संशोधन गर्न र थप्न मद्दत गर्न सक्छौ? यसो गर्दा, काममा ढिलाइ हुनेछैन।” तर मलाई यो निकै झन्झटिलो लाग्यो र उनलाई नै संशोधन गर्न कर गरिरहेँ। मैले यस्ता बहानाहरू बनाइरहेको देखेर, उनले अन्ततः मेरो आलोचना गरिन्, “हिजो छलफलमा तिमी सहभागी भइनौ, र अब पत्र लेखिसकेपछि, तिमी संशोधन गर्न मद्दत गर्दिनौ। मण्डलीको काम सामूहिक प्रयास हो, र सबैको जिम्मेवारी हुन्छ, तर तिमी आफ्नो कार्यभारको मात्र वास्ता गर्छौ। तिमी एकदमै स्वार्थी र नीच भइरहेकी छौ!” जब मैले उनले यसो भनेको सुनेँ, मैले साँच्चै अन्यायमा परेको महसुस गरेँ, र सिस्टरहरूले मेरो कठिनाइहरू पटक्कै बुझेनन् भन्ने लागेर, ममा उनीहरूप्रति नकारात्मक दृष्टिकोण विकास हुन थाल्यो। मैले सोचेँ, “मैले यो कर्तव्य निर्वाह गरेको थोरै समय मात्र भयो, र मैले अहिले नै हरेक दिन धेरै काम गर्नुपर्छ। अब तिमीहरू म तिमीहरू जिम्मेवार रहेको काममा अतिरिक्त समय खर्च गरूँ भन्ने चाहिरहेका छौ, र तिमीहरूको कामले नतिजा हासिल गर्दा, श्रेय तिमीहरूलाई जानेछ। म त पर्दा पछाडि मात्र हुनेछु, र मेरो लागि केही पनि हुनेछैन। मेरो आफ्नै काम पनि थुप्रिनेछ, र मैले त्यसलाई सम्हाल्न अतिरिक्त समय र ऊर्जा खर्च गर्नुपर्नेछ। यो मेरो लागि पटक्कै फाइदाजनक छैन!” तर सिस्टरलाई असहाय देखेर, मैले मन नलागी-नलागी स्विकारेँ र पत्र संशोधन गरेँ। तर मैले धेरै दबिएको महसुस गरेँ, र यो कर्तव्य धेरै गाह्रो छ भन्ने लाग्यो। मैले आफ्नै जिम्मेवारीहरू मात्र होइन, सिस्टरहरूको काम पनि हेर्नुपर्थ्यो, र म त्यसउप्रान्त यो कर्तव्य निर्वाह गर्न चाहन्नथेँ। त्यो समयमा, मैले अलमल्ल र भावशून्य स्थितिमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, पवित्र आत्माको कुनै मार्गदर्शन महसुस गरेकी थिइनँ, र हरेक दिन, म केवल यान्त्रिक रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ। मेरो पीडामा, मैले परमेश्वरसँग प्रार्थना गरेँ र खोजी गरेँ, “हे परमेश्वर, मैले मेरो कर्तव्यका समस्याहरूबाट धेरै दबाब महसुस गरिरहेकी छु, तर मैले समग्र काममा पनि भाग लिनुपर्छ, र मेरो हृदयले प्रतिरोध महसुस गरिरहेको छ। मलाई मेरो स्थिति गलत छ भन्ने थाहा छ, तर म आफूलाई समर्पित गर्न सकिरहेकै छैन। हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्, ताकि मैले सत्यता खोज्न र तपाईँको अभिप्राय बुझ्न सकूँ।”
मेरो आत्मिक भक्तिको दौरान, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मेरो हृदयको परेको गाँठो तुरुन्तै फुकाइदियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छस् भने, तैँले हरेक दिन घट्ने घटनाहरू, चाहे ती राम्रा होऊन् वा नराम्रा, ती संयोगवश घट्दैनन् भनेर विश्वास गर्नुपर्छ। कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरिरहेको वा तँलाई निशाना बनाइरहेको हुँदैन; यो सबै परमेश्वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्वरका वचनहरूबाट, मैले मेरो जीवनमा हरेक दिन देखा पर्ने मानिस, घटना, र कामकुराहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तका अंश हुन्, र मैले पाठ सिक्न र मेरो आफ्नै भ्रष्ट स्वभावलाई चिन्न परमेश्वरको सामुन्ने आफूलाई शान्त पार्नुपर्छ भन्ने कुरा बुझेँ। तर अब, जब सिस्टरहरूले मलाई समग्र काममा भाग लिन भने, मलाई उनीहरूले मेरा कठिनाइहरू बुझेनन् भन्ने लाग्यो। म मानिस र कामकुराहरूमा नै अल्झिरहेकी अवस्थामा बाँचिरहेकी थिएँ, र ममा अलिकति पनि समर्पणता थिएन। म आफूलाई पन्छाएर, सत्यता खोज्न परमेश्वरसामु आउनुपर्थ्यो, र आत्मचिन्तन गर्नुपर्थ्यो।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ, र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित भएका छन् कि छैनन् भन्ने कुरालाई मात्र ख्याल गर्छन्, र आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू करकापमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो शक्ति र हैसियतलाई कायम राख्नका निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जे-जस्ता समस्याहरू पहिचान गरेर रिपोर्ट गरे पनि, तिनीहरूको कुरा जति नै सच्चा भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूकै अगाडि कुनै समस्या प्रस्तुत हुँदा पनि तिनीहरूले झाराटारुवा तरिकाले मात्र त्यसलाई सम्बोधन गर्छन्। जब माथिकाले तिनीहरूलाई सिधै काटछाँट गर्नुहुन्छ र कुनै समस्या समाधान गर्न आदेश दिनुहुन्छ, तब मात्रै तिनीहरूले अनिच्छापूर्वक अलिकति वास्तविक काम गर्छन् र माथिकालाई नाटक देखाउँछन्। त्यसपछि, तिनीहरू आफ्नै मामिलाहरूमा व्यस्त रहिरहन्छन्। जब मण्डलीको कामको, र समग्र अवस्थासँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरूको कुरा आउँछ, तिनीहरूले यी कुनै पनि कुरालाई चासो दिँदैनन् र तिनलाई बेवास्ता गर्छन्, र तिनीहरूले समस्याहरू पत्ता लगाउँदा समेत तिनलाई सम्हाल्दैनन्। अरूले जस्तोसुकै समस्याहरूको कुरा उठाए पनि, तिनीहरूले झाराटारुवा तरिकाले जवाफ दिन्छन् र आनाकानी गर्छन्, र ठूलो अनिच्छाका साथ मात्रै समस्याहरूलाई सम्बोधन गर्छन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। “यदि एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यता स्वीकार गर्दैन वा ऊ उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहविरुद्ध विद्रोह गर्न, अनि आफ्नै हितहरू वा अभिमान केही पनि त्याग्न सक्दैनन् भने; उनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका जस्तो देखिए पनि, यदि उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र उनीहरूले शैतानको दर्शन र अस्तित्वका तरिकाहरू अलिकति पनि त्यागेका वा परिवर्तन गरेका छैनन् भने, यो सम्भवतः परमेश्वरमा विश्वास गर्नु कसरी हुन सक्छ र? यो त धर्ममा विश्वास गर्नु हो। त्यस्ता मानिसहरू बाहिरी रूपमा कामकुराहरू त्याग्छन् अनि आफूलाई समर्पित गर्छन्, तर उनीहरू हिँड्ने मार्ग र उनीहरूले गर्ने सबै कुराको स्रोत र मनसायलाई हेर्दा, उनीहरू यी कुराहरूलाई परमेश्वरको वचन वा सत्यतामा आधारित गर्दैनन्; यसको साटो, उनीहरू निरन्तर आफ्नै धारणा र कल्पना, आफ्नो व्यक्तिगत अनुमान, अनि उनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गरिरहन्छन्। शैतानको जीवनदर्शन र स्वभावहरू नै अझै पनि उनीहरूको अस्तित्व र कार्यहरूको आधारका रूपमा हुन्छन्। जुन विषयहरूमा उनीहरू सत्यता बुझ्दैनन्, उनीहरू त्यसको खोजी गर्दैनन्। उनीहरू जुन विषयहरूमा सत्यता बुझ्छन्, त्यो अभ्यास गर्दैनन्, परमेश्वरलाई नै महान् मानेर सम्मान गर्दैनन्, वा सत्यतालाई मूल्यवान् ठान्दैनन्। तिनीहरूले मौखिक रूपमा र नाम मात्रका लागि परमेश्वरमा विश्वास गरे पनि र परमेश्वरलाई स्वीकार गरे पनि, र तिनीहरू कर्तव्य निर्वाह गर्न र परमेश्वरलाई पछ्याउन सक्षम देखिन सक्ने भए पनि, तिनीहरू आफूले भन्ने र गर्ने सबै कुरामा अझै पनि आफ्ना शैतानी स्वभावहरूद्वारा जिइरहेका हुन्छन्। गैरविश्वासीहरूजस्तै, तिनीहरूमा कुनै परिवर्तन हुँदैन। तिनीहरूले भन्ने र गर्ने कुराहरू सबै भ्रष्ट स्वभावका प्रकाश हुन्। तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू अभ्यास वा अनुभव गरिरहेका देख्नेछैनस्, झन् सबै कुरामा सत्यता खोज्ने र त्यसमा समर्पित हुने तिनीहरूको प्रकटीकरण देख्नु त परको कुरा हो। तिनीहरू आफ्ना कार्यहरूमा पहिले आफ्नै हितहरूलाई विचार गर्छन्, र पहिले आफ्नै चाहना र अभिप्रायलाई पूरा गर्छन्। के यी मानिसहरू परमेश्वरलाई पछ्याउनेहरू हुन् त? (होइनन्।) … तिनीहरूले जति नै वर्ष विश्वास गरेका भए पनि, परमेश्वरसित सामान्य सम्बन्ध स्थापित गरेका छैनन्; तिनीहरूले जे गरे पनि वा तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले सोच्ने पहिलो कुरा यही हो: ‘म यस्तो-उस्तो तरिकामा कार्य गर्न चाहन्छु। कुन तरिका मेरो हितमा हुनेछ, अनि कुन तरिका मेरो हितमा हुनेछैन? मैले यस्तो-उस्तो गरेँ भने के होला?’ तिनीहरूले पहिले विचार गर्ने कुराहरू यिनै हुन्। तिनीहरू कस्तो प्रकारको अभ्यासले परमेश्वरको महिमा गर्छ र उहाँको गवाही दिन्छ, वा परमेश्वरका अभिप्रायहरू पूरा गर्छ भन्नेबारे कुनै विचार गर्दैनन्, न त परमेश्वरका मागहरू के-के हुन् र उहाँका वचनहरूले के भन्छन् भनी प्रार्थना र खोजी नै गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू वा मागहरू के-के हुन्, र मानिसहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउन कसरी अभ्यास गर्नुपर्छ भनेर कहिल्यै ध्यान दिँदैनन्। तिनीहरूले कहिलेकाहीँ परमेश्वरसामु प्रार्थना गर्न र उहाँसित सङ्गति गर्न सक्ने भए पनि, आफैसित मात्र कुराकानी गरिरहेका हुन्छन्, इमानदारीपूर्वक सत्यता खोजिरहेका हुँदैनन्। तिनीहरू परमेश्वरलाई प्रार्थना गर्दा र उहाँका वचनहरू पढ्दा, त्यसलाई आफूले जीवनमा सामना गर्ने मामिलाहरूसित जोड्दैनन्। त्यसैले, तिनीहरू परमेश्वरले खडा गरेको वातावरणमा उहाँको सार्वभौमिकता, बन्दोबस्त, र योजनाबद्ध कार्यहरूलाई कसरी लिन्छन्? तिनीहरू आफ्नो इच्छाअनुसार नहुने कुराहरू सामना गर्दा, हृदयमा तिनको प्रतिरोध गर्छन् र तीबाट बच्न खोज्छन्। तिनीहरू आफ्नो हित संलग्न भएका कुराहरू सामना गर्दा, आफ्नो दिमाग खियाउँछन् र आफ्नो हितको रक्षा गर्न हरेक सम्भव तरिकाबारे सोच्छन्—तिनीहरूले फाइदा लिन नसके पनि, आफ्नो हितलाई हानि हुन दिन सक्दैनन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोजी गर्दैनन्, तर केवल आफ्नै चाहनाहरू पूरा गर्न खोज्छन्। के यो परमेश्वरमा विश्वास गर्नु हो? के त्यस्ता मानिसहरूको परमेश्वरसँग सम्बन्ध हुन्छ? अहँ, हुँदैन। तिनीहरू नीच, घृणित, हठी, र कुरूप तरिकाले जिउँछन्। तिनीहरूको परमेश्वरसित सम्बन्ध नहुने मात्र नभई, तिनीहरू हरेक मोडमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध जान्छन्। तिनीहरू बारम्बार यसो भन्छन्, ‘परमेश्वरले मेरो जीवनका सबै थोकमाथि सार्वभौमिकता राख्नुहोओस् र शासन गर्नुहोओस्। म परमेश्वरलाई मेरा हृदयमा गद्दी सम्हाल्न र शासन गर्न दिन इच्छुक छु। म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु।’ तर, जब तिनीहरू आफ्नो हितलाई हानि पुऱ्याउने कुराहरू सामना गर्छन्, तब तिनीहरू समर्पित हुन सक्दैनन्। परमेश्वरले खडा गरेको परिस्थितिमा सत्यता खोजी गर्नुको सट्टा, तिनीहरू परिस्थिति बदल्न वा त्यसबाट भाग्न चाहन्छन्। तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन चाहँदैनन्; तिनीहरू आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छन्, र तिनीहरूको आफ्नो हितलाई अलिकति पनि हानि हुनै हुँदैन। तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, अनि आफ्नै हित, परिस्थिति, र आफ्नै मनस्थिति र भावनालाई मात्र वास्ता गर्छन्। के यसो गर्नु परमेश्वरमा विश्वास गर्नु हो? (होइन।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्वास गरेर वा धार्मिक रीतिरिवाजमा संलग्न भएर मुक्ति पाउन सकिँदैन)।
परमेश्वरका वचनहरू निकै स्पष्ट छन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति आफ्ना धारणाहरूसँग मेल नखाने कुराहरूको सामना गर्दा सत्यता खोज्न र परमेश्वरमा समर्पित हुन सक्छ। यदि कुनै व्यक्तिले आफ्ना धारणाहरूसँग मेल नखाने कुराहरूको सामना गर्दा सत्यता पटक्कै खोज्दैन, र उसले आफ्नै हितको मात्र विचार गर्छ, र बाहिर निस्कने उपायहरू खोज्छ भने, ऊ परमेश्वरको साँचो विश्वासी होइन, र परमेश्वर उसलाई अनुमोदन गर्नुहुन्न। ख्रीष्टविरोधीहरू ठ्याक्कै यस्तै किसिमका व्यक्ति हुन्। तिनीहरू आफ्नो कर्तव्यमा परमेश्वरको घरको हितलाई कहिल्यै विचार गर्दैनन्, र तिनीहरू ख्याति, प्राप्ति, वा हैसियतको सन्दर्भमा आफूलाई फाइदा हुने काम मात्र गर्छन्। यदि कुनै कुराले ख्रीष्टविरोधीहरूलाई फाइदा गर्दैन भने, तिनीहरूले समस्या देखे पनि वा अरूले मद्दत मागे पनि, तिनीहरू आँखा चिम्लन्छन् र कान थुन्छन्। तिनीहरू एकदमै कठोर हृदयका, निर्दयी, स्वार्थी, नीच, र मानवताविहीन हुन्छन्। परमेश्वरका वचनहरूको खुलासाको सामना गर्दा, मैले लज्जित र अप्ठ्यारो महसुस गरेँ। मेरा गुनासाहरू, प्रतिरोध, र अनाज्ञाकारिता सबै निकै तर्कहीन थिए। मैले कसरी धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी छु भनी सोचेँ। मैले मेरो परिवार र करियर त्यागेकी भए पनि र साँच्चै नै परमेश्वरमा विश्वास गरे जस्तो देखिए पनि, मेरो कर्तव्यमा, मेरा सबै सोच र विचारहरू मेरो आफ्नै फाइदाका लागि थिए, र मैले मण्डलीको कामको पटक्कै रक्षा गरिनँ। म कसरी परमेश्वरको घरकी सदस्य थिएँ र? जब मेरा सिस्टरहरूले सुसमाचारको काममा रहेका समस्याहरूबारे छलफल गरे र सँगै समाधान खोज्न चाहे, तब मैले केही निश्चित समस्याहरू बुझेकी भए तापनि, मैले बोलेँ भने, मैले छलफलमा भाग लिनुपर्छ, जसले मेरो आफ्नै काममा ढिलाइ गराउनेछ भन्ने डरले, मैले व्यस्त भएको बहाना बनाएर भाग लिन अस्वीकार गरेँ। जब मण्डलीमा मलजल गर्ने व्यक्तिहरूको कमी थियो र मानिसहरूलाई संवर्धन गर्नुको महत्त्वबारे सङ्गति गर्न अगुवाहरूलाई तुरुन्तै पत्र पठाउनुपर्यो, म आफ्नो कामको बोझ थपिने डरले, र मैले त्यो राम्रोसँग गरेँ भने पनि त्यसको श्रेय नपाउने सोचेर, मैले केवल झाराटारुवा जवाफ दिएँ र संलग्न हुन चाहिनँ। जब सिस्टरले पत्र लेखेर मलाई जाँच्न भनिन्, तब मैले समस्याहरू देखेँ तर तिनलाई संशोधन गर्न समय खर्च गर्न चाहिनँ। यी कामहरूका लागि, मैले समस्याहरू पत्ता लगाउन नसकेकी वा ती समाधान गर्न नजानेकी होइन, तर म धेरै स्वार्थी र नीच थिएँ, र मलाई आफ्नै हितबारे मात्र फिक्री थियो, र यदि कुनै कुराले मेरो प्रतिष्ठा वा हैसियतलाई फाइदा गर्दैनथ्यो भने, म त्यो गर्न चाहन्नथेँ। मेरो हृदयमा कसरी परमेश्वरका लागि ठाउँ थियो र? यस्तो व्यवहारले गर्दा, जब मेरी सिस्टरले म स्वार्थी र नीच भएकाले मलाई काटछाँट गरिन्, मैले अन्यायमा परेको महसुस समेत गरेँ, र म यो कर्तव्यबाट जोगिन र यसलाई त्याग्न चाहन्थेँ। म साँच्चै नै कति अविवेकी भइरहेकी थिएँ! विशेष गरी जब मैले परमेश्वरका यी वचनहरू पढेँ: “तिनीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोजी गर्दैनन्, तर केवल आफ्नै चाहनाहरू पूरा गर्न खोज्छन्। के यो परमेश्वरमा विश्वास गर्नु हो? के त्यस्ता मानिसहरूको परमेश्वरसँग सम्बन्ध हुन्छ? अहँ, हुँदैन,” म केही हदसम्म प्रभावित भएँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, र मैले परमेश्वरका यति धेरै वचन खाएकी र पिएकी थिएँ र परमेश्वरका यति धेरै अनुग्रह र आशिष्हरूको आनन्द लिएकी थिएँ, तर जब म सुसमाचारको काम र मलजल गर्ने काम जस्ता प्रमुख क्षेत्रहरूमा समस्याहरू उत्पन्न भएको देख्थेँ, म तिनलाई यत्तिकै बेवास्ता गर्थेँ। म आफूलाई कसरी परमेश्वरको विश्वासी भन्न सक्थेँ? म आफ्नो श्रममा समेत अर्पित भएकी थिइनँ! यी कुराहरू महसुस गरेपछि मात्र मैले मेरो भ्रष्ट स्वभाव कति गम्भीर थियो भन्ने देखेँ, र मलाई अलिक डर लाग्यो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो स्थिति साँच्चै नै खतरनाक छ रहेछ भन्ने देख्छु। म एकदमै स्वार्थी र विद्रोही रहिआएकी छु! कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि म मेरो भ्रष्ट स्वभावलाई साँच्चै चिन्न सकूँ।”
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ, र आफ्नो प्रकृति सारबारे अलिकति बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले कसैलाई भ्रष्ट तुल्याएपछि, उसले आफ्नो विवेक र समझ गुमाउँछ …। उसको हृदय शैतानले पूर्ण रूपमा बहकाएको हुन्छ, र उसले शैतानबाट आउने धेरै विचार र दृष्टिकोणहरू, साथै दुष्ट प्रचलनहरूबाट आउने केही भनाइ र रायहरू स्वीकार गर्छ। जब कामकुराहरू यो अवस्थामा पुग्छन्, तब उसको विवेक र समझ पूर्ण रूपमा भ्रष्ट तुल्याइएको र क्षय भएको हुन्छ—यस बेला उसको विवेक र समझ पूर्ण रूपमा गुमेको हुन्छ भनेर भन्न सकिन्छ। उसको चरित्र अत्यन्तै खराब र दुष्ट छ भन्ने कुरा प्रदर्शन हुन्छ। अर्थात्, उसले सकारात्मक कुराहरूलाई स्वीकार गर्नुभन्दा पहिले, उसले आफ्नो हृदयमा शैतानबाट आउने धेरै भ्रमपूर्ण कुराहरूलाई स्वीकार गरिसकेको हुन्छ। यी कुराहरूले उसको मानवतालाई गम्भीर रूपमा भ्रष्ट तुल्याएका हुन्छन्, नतिजास्वरूप उसको मानवता अत्यन्तै खराब गुणस्तरको हुन्छ। उदाहरणका लागि, उसले ‘अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ’ भन्ने संसारको शैतानी विचार र दृष्टिकोणलाई स्वीकार गरेपछि, उसको विवेक सुध्रिनेछ कि उस्तै रहनेछ, कि यो बिग्रिनेछ? (यो बिग्रिनेछ।) अनि यो बिग्रनुका निर्दिष्ट प्रकटीकरणहरू के-के हुन्? (उसले आफूले गर्ने सबै कुरामा आफ्नै हितहरूका बारेमा मात्रै ख्याल गर्छ।) आफ्नै उद्देश्य र हितहरूका खातिर, ऊ कुनै पनि कुरा गर्न हिचकिचाउँदैन। उसले अरूलाई धोका दिन र हानि गर्न र नैतिकता र विवेकविरुद्ध जाने कुनै पनि कुरा गर्न सक्छ। उसले जति धेरै यसो गर्छ, उसका कार्य त्यति नै निर्दयी बन्छन्, उसको हृदय त्यति नै अन्धकारमय बन्छ, ऊसँग विवेकको बोध त्यति नै कम हुन्छ, र उसले त्यति नै कम मानवता कायम राख्छ। आफ्नै हितहरूका लागि, तिनीहरूले जोसुकैलाई धोका दिनेछन् र छल गर्नेछन्…। उसले जोसुकैलाई छल गर्न सक्नुको कारण के हो? यसको मूल कारण के हो? किनभने उसले शैतानका विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेको हुन्छ, र उसले शैतानका विचार र दृष्टिकोणहरूका प्रभुत्व अन्तर्गत रहेर काम गर्छ। अन्ततः, उसको मानवताका विवेक र समझले उप्रान्त काम गर्दैन; अर्थात्, मानवतामा हुनुपर्ने आधारभूत कुराहरूले पूर्ण रूपमा काम गर्न छोड्छन्, र तिनलाई शैतानका दुष्ट विचारहरूले पूर्ण रूपमा क्षय गर्छन् र नियन्त्रण गर्छन्। क्षय र नियन्त्रणको प्रक्रिया भनेको उसले यी विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्ने प्रक्रिया हो, र अवश्य नै, यो ऊ भ्रष्ट हुने प्रक्रिया पनि हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्वरका वचनहरूले समग्र काममा भाग लिनेप्रतिको मेरो अनिच्छाको मूल समस्या म शैतानको विषद्वारा प्रभावित हुनु थियो भन्ने खुलासा गरे। म “सबैले आफ्नै आँगन बढार्छन्; अर्काको छानोमा फोहोर भए के मतलब” र “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” जस्ता संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार बाँचिरहेकी थिएँ। म अत्यन्तै स्वार्थी, आत्म-केन्द्रित, र मानवताविहीन भएकी थिएँ, मैले गर्ने हरेक कुराले मलाई फाइदा गर्छ कि गर्दैन भनेर नाप्थेँ। मेरो प्रतिष्ठा र हैसियतलाई फाइदा पुऱ्याउने कुराहरूमा म मेहनत गर्थेँ, तर मलाई फाइदा नगर्ने कुनै पनि कुरालाई म बेवास्ता गर्थेँ। अरूले मेरो मद्दत माग्दा वा मलाई सम्झाउँदा पनि, म यी कुराहरू हेर्दिनथेँ, र मैले त कुनै कुरा मेरो जिम्मेवारी होइन भने, समस्या भए तापनि, मसँग त्यसको कुनै सरोकार हुँदैन, र यसलाई बेवास्ता गर्ने हरेक कारण मसँग छ भन्ने कुरालाई स्वाभाविक रूपमा लिएकी समेत थिएँ। यस्ता सोच र विचारहरूको प्रभावमा, मैले सुसमाचारको कामलाई बेवास्ता गरेँ, र जब सिस्टरहरूले मेरो मद्दत मागे, तब मैले अझै पनि कान थुनेँ। सुसमाचारको काममा बाधा पुग्दा पनि, मसँग समाधान गर्ने केही उपायहरू भए तापनि, म सहभागी हुन चाहन्नथेँ। जब मण्डलीमा मलजल गर्ने व्यक्तिहरूको कमीले मलजलको कामलाई असर गरिसकेको थियो, तब म आफ्नो काममा ढिलाइ हुने डरले, समस्या समाधान गर्न सिस्टरहरूसँग सहकार्य गर्न चाहन्नथेँ, र यसले मलजल गर्ने काममा ढिलाइ गरे तापनि, मैले अलिकति पनि दोषी महसुस गरिनँ। जब सिस्टरले मेरो स्वार्थीपन औँल्याइन्, तब मैले अझै पनि त्यो स्विकार्न मानिनँ, तर्क गरेँ, र प्रतिरोधी महसुस गरेँ, र मेरो स्वार्थीपन र नीचताका कारण परमेश्वरको घरको हितलाई कायम राख्न नसकेकोमा मलाई अलिकति पनि लाज लागेन। म शैतानको विषअनुसार जिइरहेकी थिएँ, र मैले परमेश्वरको घरको हितको पटक्कै रक्षा गरिनँ। मेरो विवेक र समझ भावशून्य भइसकेको थियो। अतिरिक्त चिन्ता र बोझबाट बच्नका लागि, मैले परमेश्वरका अभिप्रायहरू र मण्डलीको हितलाई पूर्ण रूपमा बेवास्ता गरेँ। मैले मेरो कर्तव्यलाई जसरी लिएँ, त्यो वास्तवमा त्यसलाई अस्वीकार गर्नु थियो, र त्यो परमेश्वरलाई धोका दिनु थियो! यी कुराहरू महसुस गर्दै, अन्ततः मैले मेरो स्वार्थी र नीच भ्रष्ट स्वभावप्रति घृणा महसुस गरेँ।
मेरो एक आत्मिक भक्तिको दौरान, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले मेरो कर्तव्य र व्यक्तिगत हितहरूबीच द्वन्द्व हुँदा, मैले सधैँ परमेश्वरको घरका हितहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा बुझेँ। आफ्नो कर्तव्यप्रति अर्पित व्यक्तिले राख्नुपर्ने मनोवृत्ति यही हो। हाम्रा जिम्मेवारीहरू विभाजित भए पनि, जब सिस्टरहरूको काममा समस्याहरू आएका थिए, तब मैले मण्डलीको समग्र कामलाई प्राथमिकता दिनुपर्थ्यो। सुसमाचार प्रचार गर्ने, नव-आगन्तुकहरूलाई मलजल गर्ने, र मण्डली अगुवा र डिकनहरू चुन्ने जस्ता कुराहरू मण्डलीका महत्त्वपूर्ण कामहरू हुन्, र यदि समस्याहरू उत्पन्न भए र ती समयमै समाधान गरिएनन् भने, यसले काममा ढिलाइ गराउनेछ। मेरो हातमा धेरै काम भए तापनि, मैले प्राथमिकताहरू छुट्याउनुपर्थ्यो। यदि मैले मेरो समयको राम्रो उपयोग गरेको भए, मेरो काममा धेरै ढिलाइ हुनेथिएन। कहिलेकाहीँ समग्र कामका लागि छलफल र निर्णयमा भाग लिन धेरै समय र प्रयास लाग्ने भए पनि, वास्तविक खोजी र छलफलमार्फत, मैले थाहै नपाईकन केही सिद्धान्तहरू बिस्तारै बुझेँ। यो मेरो लागि आफूलाई सुधार्ने एउटा तरिका पनि थियो। यो वास्तवमा कष्टको कुरा थिएन, बरु मेरो लागि निकै फाइदाजनक कुरा थियो। मेरो दृष्टिकोण गलत भएकाले मलाई थकित महसुस हुन्थ्यो, तर जब मेरो दृष्टिकोण बदलियो, तब मैले दुःख भोगिरहेको छु भन्ने महसुस गर्न छोडेँ।
एक दिन, मैले परमेश्वरका थप वचनहरू पढेँ र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कसरी अभ्यास गर्ने भन्नेबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको घरमा मानिसहरू कसरी कर्तव्य निर्वाह गर्छन् भन्ने कुरा गैरविश्वासीहरूमाझ काम कसरी गरिन्छ भन्ने कुराबाट पुरै फरक हुन्छ। के फरक हुन्छ? दाजुभाई दिदीबहिनीहरूले सँगै परमेश्वरका वचनहरू पढ्छन् र तिनीहरू आत्मिक रूपमा जोडिएका हुन्छन्। तिनीहरू एकअर्कासँग मित्रैलो रूपमा रहन र एकअर्कासँग आफ्नो भित्री सोचहरू बाँड्न सक्षम छन्। तिनीहरू एकअर्कासँग सरल र खुला रूपमा सत्यता सङ्गति गर्न, परमेश्वरको वचनको आनन्द लिन, र एकअर्कालाई मद्दत गर्न सक्षम छन्। कठिनाइहरू हुने जोसुकैले त्यो मामिला समाधान गर्न सँगै सत्यता खोजी गर्छन्, भित्री एकता हासिल गर्छन् अनि तिनीहरू सत्यतासामु र परमेश्वरसामु समर्पित हुन सक्षम बन्छन्। गैरविश्वासीहरू फरक हुन्छन्। तिनीहरू सबैले आफ्नो मनको कुरा लुकाउँछन्, तिनीहरू अरूलाई आफ्नो कुरा खुलस्त रूपमा बताउँदैनन्, तिनीहरू एकअर्काप्रति सतर्क हुन्छन्, र तिनीहरू एकअर्काविरुद्ध षड्यन्त्र र होडसमेत गर्छन्। अन्त्यमा, तिनीहरूबीच फाटो आएर तिनीहरू छुट्छन् र आ-आफ्नै बाटो लाग्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरको घरमा हाम्रो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गर्न, हामीले एउटै मन र हृदयले सहकार्य गर्नैपर्छ भन्ने बुझेँ। मैले आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाएर मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ, र जसको काममा समस्या आए पनि, हामीले सँगै समाधान खोज्नुपर्छ, ताकि हामीले अझ सजिलैसँग पवित्र आत्माको काम प्राप्त गर्न र हाम्रो कर्तव्यको दक्षता बढाउन सकौँ। प्रभु येशूले भन्नुभएझैँ: “फेरि म तिमीहरूलाई भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्ने कुराबारे सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूका निम्ति त्यो गरिदिनुहुनेछ” (मत्ती १८:१९)। हरेक व्यक्तिमा कमीकमजोरीहरू हुन्छन् र केही मामिलाहरूमा बुझाइ, क्षमता, वा स्पष्टताको कमी हुन्छ, र कुनै पनि काम एउटा व्यक्तिले मात्र पूरा गर्न सक्दैन। हामीले सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न र हरेक व्यक्तिको सबल पक्षहरू र सीपहरूलाई बाहिर ल्याउन आवश्यक छ। यसरी मात्र हामीले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छौँ। मण्डलीको काम एक सामूहिक प्रयास हो, र जुनसुकै काममा समस्या आए पनि, सबैले त्यसलाई समाधान गर्न सहकार्य गर्न आवश्यक छ। यो बुझेपछि, मैले समग्र काममा भाग लिनमा प्रतिरोधी महसुस गर्न छोडेँ। पछि, आफ्नो कर्तव्य पूरा गर्दा, हामी सबैले सामञ्जस्यपूर्ण सहकार्यमा ध्यान केन्द्रित गर्यौँ, र जब हामीले काममा हामी अस्पष्ट भएका वा नबुझेका कुराहरूको सामना गर्यौँ, तब हामीले सक्रिय रूपमा तिनलाई छलफल र कुराकानीका लागि अघि ल्यायौँ। यस्तो वास्तविक सहकार्यमार्फत, हामीले समस्याहरूबारे अझ व्यापक दृष्टिकोण प्राप्त गर्यौँ, मैले मेरो कर्तव्यमा धेरै कम दबाब महसुस गरेँ, र समस्याहरू पनि छिटो समाधान हुन सक्थे।
केही हप्तापछि, सुसमाचारको कामको नतिजा अझै राम्रो आएन, त्यसैले हामी सङ्गति र विश्लेषणका लागि सँगै भेला हुन चाह्यौँ। मैले सोचेँ, “सुसमाचारको काममा रहेका समस्याहरू थोरै समयमा समाधान हुन सक्दैनन्। हामीले हरेक मण्डलीको कामका रिपोर्टहरू समीक्षा गर्नुपर्नेछ र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले सुसमाचार प्रचारमा सामना गर्ने समस्या र कठिनाइहरूलाई बुझ्नुपर्नेछ, ताकि ती समाधान गर्न सकियोस्। यसमा धेरै समय लाग्नेछ। तर मैले अझै केही पत्रहरूको जवाफ दिनु छ, र सुसमाचारको कामबारे छलफल गर्दा मेरो आफ्नै काममा ढिलाइ हुनेछ।” यी सबै कुराहरू सोच्दा, म भाग लिन अलिकति अनिच्छुक भएँ। त्यति नै बेला, मैले फेरि स्वार्थीपन प्रकट गरिरहेकी छु भन्ने महसुस गरेँ। त्यसैले मैले परमेश्वरका वचनहरू खोलेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कुनै काम जति ठूलो वा सानो भए पनि, त्यो काममा तँलाई जसले खटाएको भए पनि, चाहे त्यो काम तँलाई परमेश्वरको घरले सुम्पेको भए पनि वा मण्डली अगुवा वा कामदारले सुम्पेको भए पनि, तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: ‘यो कर्तव्यमा मलाई खटाइएकाले, यो परमेश्वरको उत्थान र अनुग्रह हो। मैले यसलाई सत्यताका सिद्धान्तअनुसार राम्रोसित पूरा गर्नुपर्छ। मेरो क्षमता औसत भए पनि, म यो जिम्मेवारी लिन र त्यसलाई राम्ररी पूरा गर्न आफ्नो सब थोक लगाउन इच्छुक छु। यदि मैले राम्ररी काम गरिनँ भने, मैले यसको जिम्मेवारी लिनुपर्छ, र राम्रो काम गरेँ भने, यसको श्रेय मेरो हुँदैन। मैले गर्नुपर्ने नै यही हो।’ व्यक्तिले आफ्नो कर्तव्यलाई कसरी लिन्छ भन्ने कुरा सिद्धान्तसँग सम्बन्धित मामिला हो भनेर म किन भन्छु? यदि तँमा साँच्चै नै जिम्मेवारीको बोध छ र तँ जिम्मेवार व्यक्ति होस् भने, तैँले मण्डलीको काम वहन गर्न अनि आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्नेछस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरूबाट, मैले मानकअनुरूप रहेको अगुवामा पहिले जिम्मेवारीको बोध हुनैपर्छ, र उसले परमेश्वरको घरको हितलाई प्राथमिकता दिनैपर्छ भन्ने कुरा बुझ्न पुगेँ। यो काम मुख्यतया मेरी सहकर्मीको जिम्मेवारी भए पनि, यो मण्डलीको सुसमाचारको काम सहज रूपमा अघि बढ्न सक्छ कि सक्दैन भन्ने कुरासँग सम्बन्धित थियो। अगुवा भएको नाताले, यसमा आंशिक रूपमा मेरो पनि जिम्मेवारी थियो, र मैले आफ्नै हितबारे मात्र सोच्न मिल्दैनथियो—त्यसो गर्नु पूर्ण रूपमा मानवताविहीन हुनु हुनेथ्यो। मैले राम्रोसँग प्राथमिकता छुट्याएर आफ्नै हितहरूलाई पन्छाउनुपर्थ्यो। मैले वास्तवमा मेरा आफ्नै कामहरूलाई पछि सार्न सकिन्थ्यो भन्ने महसुस गरेँ, त्यसैले मैले यो विश्लेषण र छलफलमा भाग लिन अग्रसरता देखाएँ। छलफलमा, मैले अन्य सिस्टरहरूले स्पष्ट रूपमा सङ्गति नगरेका केही क्षेत्रहरूमा थप्न अग्रसरता लिएँ, र सहकार्यको क्रममा, मैले परमेश्वरको मार्गदर्शन देखेँ। मैले समस्याहरू समाधान गर्ने केही तरिका र मार्ग पनि फेला पारेँ, र मैले मेरो हृदयमा ठूलो निर्धक्कता महसुस गरेँ।
यस्तो प्रकाश अनुभव गरेर, मैले मेरो स्वार्थी र नीच शैतानी स्वभावका बारेमा केही सुझबुझ प्राप्त गरेँ। विगतमा, मैले स्वार्थीपन गम्भीर समस्या हो भन्ने सोचेकी थिइनँ, तर अब, परमेश्वरका वचनहरूको खुलासामार्फत, मैले मानिसहरू आफ्नो स्वार्थी र नीच भ्रष्ट स्वभावअनुसार जिउँदा, तिनीहरू झन्-झन् मानवताविहीन, विवेक र समझविहीन हुँदै जान्छन्, र तिनीहरूले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गर्नेछैनन् भन्ने कुरा स्पष्ट रूपमा देखेँ। परमेश्वरका वचनहरूअनुसार जिएर, सत्यता अभ्यास गरेर, अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्र मानव रूपमा जिउन सकिन्छ। तब मात्र हृदयमा साँचो शान्ति र निर्धक्कता हुन सक्छ। यी बुझाइ र प्राप्तिहरू हासिल गर्न दिनुभएकोमा परमेश्वरलाई धन्यवाद!