११. मैले कसरी मेरा बुबाको अवरोध र सतावटलाई तोडेँ

सिन् आइ, चीन

म सानो छँदा, मेरा आमाबुबा दुवैले परमेश्‍वरमा विश्‍वास गर्नुहुन्थ्यो। उत्सुकताका कारण, मैले पनि परमेश्‍वरका वचनहरूका केही किताबहरू पढेँ र मैले स्वर्ग र पृथ्वी अनि यावत् थोक परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, र परमेश्‍वरले नै हाम्रो भाग्य, जीवन र मृत्युमाथि शासन गर्नुहुन्छ भन्‍ने थाहा पाएँ। सन् २०१२ मा, मेरा आमाबुबाले विश्‍वास छाड्नुभयो, तर मेरी हजुरआमा अझै विश्‍वास गर्नुहुन्थ्यो, र उहाँ मसँगै परमेश्‍वरका वचनहरू पढ्नुहुन्थ्यो। सन् २०२१ को मे महिनामा, मैले औपचारिक रूपमा परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। काममा व्यस्त हुँदा, म फुर्सदको समय निकालेर भेलाहरूमा सहभागी हुन्थेँ। त्यतिबेला बुबाले कुनै आपत्ति जनाउनुभएन किनभने म केश शृङ्गार व्यवसायमा काम गर्थेँ, र महिनाको आठ-दश हजार युआन कमाउँथेँ। हाम्रा आफन्त र साथीभाइहरू सबैले मैले राम्रो गरिरहेकी छु भन्थे, र यो सुनेर बुबालाई निकै खुसी लाग्थ्यो र उहाँले गर्व गर्नुहुन्थ्यो। पछि, भेलाहरूमा गएर अनि परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने, एउटा सृजित प्राणीको रूपमा, परमेश्‍वरको प्रेम चुकाउन मैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। तर, मेरो जागिरले गर्दा मसँग कर्तव्य निर्वाह गर्ने समय थिएन। तर त्यसपछि मैले बितेको एक वर्षमा ब्रदर-सिस्टरहरूसँग भेला हुँदा मेरो हृदय कति सन्तुष्ट भएको थियो र पहिलेको जस्तो खाली महसुस भएको थिएन भन्‍ने कुरा सोचेँ। त्यसैले, म पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ। मैले विशेष गरी परमेश्‍वरका यी वचनहरू सम्झेँ: “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५)। मैले के महसुस गरेँ भने, परमेश्‍वरको काम अन्त्यतिर आउँदैछ। प्रकोपहरू झन्-झन् बढ्दै गइरहेका छन्, विशेष गरी पछिल्लो दुई वर्षमा, र परमेश्‍वरको सामु आएर मात्र हामीले मुक्ति पाउन सक्छौँ र हामी बाँच्न सक्छौँ। समय सकिँदै गएकाले, मैले तत्काल सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। जब मैले यस्तो सोचेँ, तब मैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्ने बाटो रोजेँ। त्यो बेला, म हरेक दिन भेलामा सहभागी हुन्थेँ र परमेश्‍वरका वचनहरू पढ्थेँ, र मैले मेरो हृदयमा पहिले कहिल्यै थाहा नपाएको आनन्दको अनुभूति गरेँ। दुई महिनापछि, मैले जागिर छाडेँ। जब बुबाले मैले काम नगरेको देख्नुभयो, तब उहाँ कत्ति पनि खुसी हुनुभएन। उहाँले भन्नुभयो, “तैँले परमेश्वरमा विश्वास गर्नु राम्रो हो, तर यसरी जागिर छाड्न चाहिँ हुँदैन। तैँले फेरि पनि पहिलेको जस्तै एउटा समयमा काम गर्न र अर्को समयमा भेलामा सहभागी हुन सक्छेस्। यदि तैँले काम गरिनस् भने, तँ के खाएर बाँच्छेस्? यो तेरो जीवनमा करियर बनाउने सबैभन्दा राम्रो समय हो। म यो तेरै भलाइका लागि मात्र भन्दैछु। यदि तैँले मेरो कुरा सुनिनस् भने, एक दिन पछुताउनेछेस्!” उहाँको कुरा सुनेपछि मलाई साह्रै नराम्रो लाग्यो। सानैदेखि, मैले मेरो जीवनका हरेक पक्षमा उहाँको कुरा सुन्दै आएकी थिएँ। यदि यस पटक मैले उहाँको कुरा सुनिनँ भने उहाँको मन कति दुख्दो हो? तर त्यसपछि मैले काम गर्दा मलाई मेरो हृदय कति खाली महसुस हुन्थ्यो, र अहिले कर्तव्य निर्वाह गर्दा कति धेरै सन्तुष्ट महसुस गर्छु भन्‍ने कुरा सोचेँ। जीवनमा के पछ्याउनु अर्थपूर्ण र बहुमूल्य हुन्छ भन्‍ने कुरा अब मैले बुझिसकेकी थिएँ। यसबाहेक, परमेश्‍वरको काम अन्त्यतिर आइरहेको छ, त्यसैले सत्यता पछ्याउनका लागि मैले आफूसँग भएको सीमित समयलाई सदुपयोग गर्नुपर्छ। सत्यता र जीवन प्राप्त गर्नु—यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो कुरा मनमा राखेर, मैले बुबालाई भनेँ, “काम गर्ने ठाउँ दाउपेच र लडाइँ-झगडाले भरिएको हुन्छ। अहिले आफ्नो कर्तव्य निर्वाह गरेर, म जीवनको सही मार्गमा हिँडिरहेकी छु।” तर उहाँले अझै पनि मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने कोसिस गर्नुभयो।

एक दिन, बुबाले मलाई एउटा सन्देश पठाउनुभयो: “मलाई निराश नपार्।” मेरो अनुहारबाट तुरुन्तै आँसु बग्न थाल्यो। मैले मनमनै सोचेँ, “यी सबै वर्षमा, बुबाले म अरूभन्दा उत्कृष्ट भएको चाहनुहुन्थ्यो। मलाई संवर्धन गर्न उहाँले ठूलो मूल्य चुकाउनुभएको छ। अहिले मैले काम गर्न छाडेपछि, उहाँका आशाहरू चकनाचुर भएका छन्। उहाँ कति धेरै पीडामा हुनुहुन्छ होला! म यति ठूली भइसकेँ, तर अझै उहाँलाई मेरो चिन्ता गर्न लगाइरहेकी छु। के यो आमाबुबाको अनादर गर्नु होइन र? म सानो छँदादेखि नै, मैले जे चाहन्थेँ बुबाले त्यही किनिदिनुहुन्थ्यो; उहाँले मलाई सधैँ लाडप्यार गर्नुहुन्थ्यो। यदि मैले भविष्यमा फेरि काम गरिनँ भने, उहाँले ममाथि गरेका सम्पूर्ण प्रयास र खर्चपछि म उहाँलाई निराश पार्नेछु। हाम्रा आफन्त र साथीसङ्गी मेरो बारेमा के सोच्लान्?” मेरो नकारात्मकताको बीचमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ, त्यसैले मैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ल भन्, एउटा व्यक्तिको सबै कुरा कहाँबाट उत्पत्ति हुन्छ? उसको जीवनका लागि कसले सबैभन्दा ठुलो बोझ वहन गर्छ? (परमेश्‍वरले।) परमेश्‍वरले मात्रै मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। के मानिसहरूका आमाबुबा र आफन्तहरूले तिनीहरूलाई साँच्‍चै प्रेम गर्छन्? के तिनीहरूले दिने प्रेम साँचो प्रेम हो? के यसले मानिसहरूलाई शैतानको प्रभावबाट बचाउन सक्छ? सक्दैन। मानिसहरू संवेदनहीन र मोटो-बुद्धिका हुन्छन्, यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र सधैँ भन्छन्, ‘परमेश्‍वरले मलाई कसरी प्रेम गर्नुहुन्छ भनी म महसुस गर्नै सक्दिनँ। जे होस्, मेरा आमा र बुबाले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँहरूले मेरो पढाइको खर्च तिरिदिनुहुन्छ र मलाई प्राविधिक सीपहरू सिक्न लगाउनुहुन्छ, ताकि म हुर्केपछि केही बन्न सकूँ, अरूभन्दा माथि उठ्न सकूँ, र एक तारा, एक सेलिब्रेटी बन्न सकूँ। मेरा आमाबुबाले फारो गरेर खानामा पैसा बचाएर मलाई संवर्धन गर्न र मेरो शिक्षामा सहयोग गर्न यति धेरै पैसा खर्च गर्नुहुन्छ। त्यो कति ठूलो प्रेम हो! म उहाँहरूलाई कहिल्यै प्रतिदान गर्न सक्दिनँ!’ के तिमीहरूलाई त्यो प्रेम हो भन्ने लाग्छ? तेरा आमाबुबाले तँलाई अरूभन्दा माथि उठ्न, संसारमा सेलिब्रेटी बन्न, राम्रो जागिर खान, र संसारमा घुलमिल हुन धकेल्नुका परिणामहरू के-के हुन्? तिनीहरूले तँलाई निरन्तर अरूभन्दा माथि उठ्न, आफ्नो परिवारलाई सम्मान दिलाउन, र संसारका दुष्ट प्रचलनहरूमा समाहित हुन खोज्न लगाउँछन्। फलस्वरूप, तँ पापको भुमरीमा फस्छस्, अनन्त विनाश भोग्छस्, र नाश हुन्छस्, र शैतानद्वारा निलिन्छस्। के त्यो प्रेम हो? त्यो तँलाई प्रेम गर्नु होइन, त्यो तँलाई हानि पुर्‍याउनु हो, तँलाई बर्बाद पार्नु हो। यदि कुनै दिन तँ यति तल डुबिस् कि तैँले फर्केर आउन नसक्ने बिन्दु पार गरिस्, यति तल कि तैँले आफूलाई बाहिर निकाल्न सकिनस्, र तँ नरकमा झरिस् भने, तब मात्रै तैँले महसुस गर्नेछस्, ‘ओहो, आमाबुबाको प्रेम त दैहिक प्रेम रहेछ, र यसले परमेश्‍वरमा विश्‍वास गर्न वा सत्यता प्राप्तिमा फाइदा गर्दैन—यो साँचो प्रेम होइन!’ तिमीहरूले यो अहिलेसम्म महसुस नगरेका हुन सक्छौ। कतिपय मानिसहरू भन्छन्, ‘परमेश्‍वरले मलाई कसरी प्रेम गर्नुहुन्छ, म महसुस गर्न नै सक्दिनँ। मलाई अझै पनि मेरी आमाले नै मलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ भन्‍ने लाग्छ। यो संसारमा उहाँ नै मेरा निम्ति सबैभन्दा नजिकको व्यक्ति हुनुहुन्छ। “आमा संसारकै सर्वश्रेष्ठ हुन्” भन्‍ने एउटा गीत छ। यसले वास्तविकतालाई प्रतिबिम्बित गर्छ; यो कथन पूर्ण रूपमा साँचो हो!’ कुनै दिन, जब तैँले साँच्चै जीवन प्रवेश पाउँछस्, र जब तैँले सत्यता प्राप्त गरेको हुन्छस्, तब तैँले भन्‍नेछस्, ‘मलाई सबैभन्दा बढी प्रेम गर्ने मेरी आमा होइनन्, न त मेरा बुबा हुन्। परमेश्‍वरले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ, र उहाँ मेरो सबैभन्दा प्रिय हुनुहुन्छ, किनभने उहाँले मलाई जीवन दिनुभयो, र उहाँले सधैँ मलाई अगुवाइ गरिरहनुभएको छ, मेरो लागि प्रबन्ध गरिरहनुभएको छ, र मलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएको छ। परमेश्वरले मात्र मानिसहरूलाई जीवन प्रदान गर्ने, अगुवाइ गर्ने, र यावत् थोकमाथि सार्वभौमिकता राख्ने गर्नुहुन्छ।’ जब तैँले सत्यता बुझ्छस् र पूर्ण रूपमा सत्यता प्राप्त गरेको हुन्छस्, तब मात्रै तैँले यी वचनहरूलाई गहिरो रूपमा कदर गर्न सक्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। म पहिले के सोच्थेँ भने, मलाई संवर्धन गर्न बुबाले लगानी गरेका सम्पूर्ण ऊर्जा र पैसा उहाँको माया हो। तर परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, मप्रतिको बुबाको भावना साँचो माया थिएन। उहाँको उद्देश्य त म जीउज्यान लगाएर करियर बनाउनतिर लागूँ, मैले धेरै पैसा कमाऊँ, र म अरूभन्दा उत्कृष्ट बनूँ, ताकि मैले हाम्रा आफन्त र साथीसङ्गीको प्रशंसा र ईर्ष्या जित्न र उहाँको मान बढाउन सकूँ भन्ने थियो। मैले काम गर्दाको समय सम्झेँ, जब म हप्तामा एक पटक मात्र भेलामा जान सक्थेँ, र मसँग कर्तव्य निर्वाह गर्ने समय नै हुँदैनथ्यो। मेरा सारा समय र ऊर्जा काम गर्न, पैसा कमाउन, र साथीसङ्गी तथा सहकर्मीहरूसँग तुलना गर्नमा नै बित्थ्यो। मेरो दिमाग कसरी पैसा कमाउने भन्‍ने कुराले भरिएको हुन्थ्यो, र अझ धेरै कमाउनका लागि, म सहकर्मीहरूसँग दाउपेच गर्थेँ र ग्राहकहरूलाई छल गर्थेँ। मेरो दिमाग पूर्ण रूपमा ख्याति र प्राप्तिले ओगटेको थियो, र मेरो हृदय झन्-झन् खाली र पीडादायी हुँदै गयो। परमेश्‍वरको प्रेम र मुक्तिले गर्दा नै मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने, मण्डलीमा आउने र आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्ने सौभाग्य पाएकी थिएँ। म अब संसारको दुष्ट प्रवृत्तिको माझ जिइरहेकी थिइनँ, न त ख्याति र प्राप्तिको पछि लागेकी थिएँ। यदि मैले कर्तव्य निर्वाह नगरेकी भए, म अझै पनि ख्याति र प्राप्तिको भुमरीमा फसिरहेकी हुनेथिएँ; म झन्-झन् दुष्ट बन्नेथिएँ, र मैले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउनेथिएँ। यो महसुस गरेर, मैले हृदयमा सङ्कल्प गरेँ: मैले मण्डलीमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य पूरा गर्नबाट निरन्तर बाधा दिइरहन्छन्, र यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेकोमा तिनीहरूले तँलाई घृणा गर्ने र सराप्ने समेत गर्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। अब तँसँग तिनीहरूलाई सन्तानले देखाउनुपर्ने पितृभक्ति देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँको प्रतिरोधसमेत गर्छन् भने, तिमीहरू फरकफरक मार्गमा हिँडिरहेका छौ। तिनीहरू शैतानमा विश्‍वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू तँभन्दा फरक मार्गमा छन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्‍बन्ध तोड्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, म र बुबा दुई फरक बाटोमा छौँ: बुबा पैसा कमाउन कडा मेहनत गर्नुहुन्थ्यो र अरूले उहाँलाई आदर गरून् भनेर ख्याति र प्राप्ति पछ्याउनुहुन्थ्यो; उहाँ शैतानको मार्गमा हुनुहुन्थ्यो। जहाँसम्म मेरो कुरा छ, म परमेश्‍वरमा विश्‍वास गर्थेँ र मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ; म सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा थिएँ। म पहिले मेरा दैहिक भावनाहरूमा जिइरहेकी थिएँ, र जागिर छाडेर मैले बुबालाई चोट पुर्‍याएँ र निराश पारेँ, अनि सधैँ उहाँको मन दुखाएँ भन्‍ने सोच्थेँ। तर आज, परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुबाको विषयमा केही सुझबुझ प्राप्त गरेँ। उहाँले परमेश्‍वरमा विश्‍वास गर्नुहुन्नथ्यो र मलाई समेत विश्‍वास गर्नबाट रोक्ने कोसिस गर्नुहुन्थ्यो। हामी एउटै बाटोमा थिएनौँ, त्यसैले अब मैले उहाँलाई हाडनाताको दृष्टिकोणबाट हेर्न मिल्दैनथ्यो। यो महसुस गरेपछि, म अब भावनाको बन्धनमा बाँधिन छाडेँ।

२०२२ को डिसेम्बरमा, कर्तव्यमा धेरै व्यस्त भएकाले मैले घर छाड्नुपर्‍यो, र म हप्तामा एक पटक मात्र घर आउँथेँ। एक पटक घर आउँदा, बुबाले मलाई कठोरतापूर्वक भन्नुभयो, “तैँले कहिले जागिर खान्छेस्? यदि तँ काम गर्दिनस् भने, यहाँ नबस्। गाउँको पुरानो घरमा फर्केर जा!” मलाई चिन्ता लाग्न थाल्यो, “यदि मैले उहाँको कुरा सुनिनँ भने, के उहाँले मलाई साँच्चै गाउँ पठाउनुहोला? त्यसो भयो भने के मैले अझै पनि कर्तव्य निर्वाह गर्न सकुँला?” त्यसपछि, म सधैँ कर्तव्य निर्वाह गर्न लुकेर निस्कन्थेँ। एक पटक, म कर्तव्य निर्वाह गर्न निस्कनै लाग्दा, बुबाले मलाई देख्नुभयो। उहाँले कडा स्वरमा भन्नुभयो, “यदि तँ फेरि लुकेर निस्किइस् भने, फर्केर नआइज। यदि आइस् भने, म तेरो खुट्टा भाँचिदिनेछु! मैले तर्साको होइन। यसो गरेर त हेर्!” म अलि डराएँ, र मैले सोचेँ, “यदि म गएँ र पछि फर्केँ भने, के उहाँले साँच्चै मेरा खुट्टा भाँचिदिनुहोला? मैले कर्तव्य पूरा गर्ने कार्यलाई जारी राख्ने कि नराख्ने?” म धेरै दोधारमा परेँ, र मैले सोचेँ, “तर यदि म गइनँ भने, मेरो कर्तव्य नि? मण्डलीको काम धेरै व्यस्त छ, र समयमै नफर्कँदा काममा ढिलाइ हुनेछ।” मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मद्दत मागेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तँलाई जे आइपरे पनि, चाहे त्यो जाँच होस् वा परीक्षा होस्, वा तँलाई काटछाँट गरिँदै होस्, र मानिसहरूले तँलाई जस्तोसुकै व्यवहार गरे पनि, तैँले सबैभन्दा पहिले यी कुराहरूलाई पन्छाएर परमेश्‍वरसामु आउनुपर्छ, गम्भीरतापूर्वक प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ, जसले गर्दा तैँले आफ्नो स्थितिलाई मिलाउन सक्छस्। पहिला यो गरिहाल्नुपर्छ। तैँले यसो भन्नुपर्छ, ‘यो जतिसुकै ठूलो विषय भए पनि, आकाश नै खसे पनि, मैले आफ्नो कर्तव्य राम्ररी निभाउनैपर्छ। सास रहुञ्जेलसम्म, म आफ्नो कर्तव्य त्याग्नेछैनँ।’ त्यसोभए तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् त? तैँले प्रक्रिया मात्र पूरा गर्नु, वा भौतिक रूपमा मात्र उपस्थित भएर मन अर्कैतिर डुलाउनु हुँदैन—तैँले आफ्नो मन र दिमाग दुवै आफ्नो कर्तव्यमा लगाउनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। जेसुकै भए पनि, बुबाले साँच्चै मेरा खुट्टा भाँचिदिनुभए पनि, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो र म कर्तव्य छाड्न सक्दिनथेँ। यस्तो सोच्नासाथ, ममा शक्तिको सञ्चार भएको महसुस गरेँ र म कर्तव्य निर्वाह गर्न घरबाट निस्केँ। जब म पछि फेरि घर गएँ, तब बुबाले मलाई कुट्नुभएन, तर उहाँले अझै मलाई काममा जान फकाउने कोसिस गर्नुभयो। तैपनि, म उहाँद्वारा बाँधिइनँ र मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेँ।

२०२३ को फेब्रुअरीमा, म एक महिनासम्म घर फर्किनँ किनभने म कर्तव्यमा धेरै व्यस्त थिएँ र ठूलो रातो अजिङ्गरले विश्‍वासीहरूलाई कठोरतापूर्वक सताइरहेको र पक्राउ गरिरहेको थियो। बुबाले रिसाउँदै भन्नुभयो, “यस पटक, तँ कतै जान नसक्ने गरी म तँलाई सिक्रीले बाँधेर राख्नेछु!” म सानो छँदादेखि नै, बुबाले मसँग कहिल्यै त्यसरी—अनुहार रातो पारेर र रिसले घाँटीको नसा फुलाएर—बोल्नुभएको थिएन। मलाई साह्रै डर लाग्यो। त्यो साँझ, मेरी बहिनीले रुँदै मलाई भनिन्, “दिदी, नजानुहोस् न। तपाईँ गएपछि बुबा कराएको कराएकै गर्नुहुन्छ। तपाईँले आमा र मेरो बारेमा त सोच्नु नै हुन्न।” भोलिपल्ट, जब म कर्तव्य निर्वाह गर्न निस्कनै लागेकी थिएँ, तब आमाले मलाई रोक्दै भन्नुभयो, “अहिलेलाई बुबाको कुरा सुनेर जागिर खा न! तँ किन यति जिद्दी गर्छेस्?” मेरो हृदयले साह्रै कमजोर महसुस गर्‍यो। मैले मनमनै सोचेँ, “आमा र बहिनीले पहिले कहिल्यै मेरो विश्‍वास वा कर्तव्यको विरोध गरेका थिएनन्, तर अहिले उनीहरू बुबाको पक्षमा छन्। यदि मैले कर्तव्य निर्वाह गरिरहेँ भने, बुबाले आमासँग हरेक दिन झगडा गर्नुहुनेछ। यदि उहाँहरूको सम्बन्ध टुट्यो र उहाँहरूले सम्बन्धविच्छेद गर्नुभयो भने के होला? यदि मैले बुबाको कुरा सुनिनँ भने, के म अब यो घरमा बस्न समेत पाउनेछु र?” म अलि चिन्तित भएकी र डराएकी थिएँ, अनि मैले जागिर खाने र कर्तव्य छाड्ने बारेमा सोचेँ। तर विगत केही महिनादेखि कर्तव्य निर्वाह गर्दा, मैले मेरो हृदयमा शान्ति र आनन्द महसुस गरेकी थिएँ। अहिले, सबै प्रकारका प्रकोपहरू आइरहेका छन्, र परमेश्‍वरको काम अन्त्यतिर आउँदैछ। म परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउन चाहन्नथेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो हृदय कमजोर र पीडामा छ। मलाई यो परिवार साँच्चै टुक्रिएला कि भन्‍ने डर छ, तर म बाँधिन चाहन्नँ। कृपया मलाई मेरो गवाहीमा दृढ रहन विश्‍वास दिनुहोस्।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू खोजेर पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्‍न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, यो बाटो कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि तँ कस्तो देखिन्छस् भन्ने कुराको वास्ता नगर्; के मलाई सन्तुष्ट बनाउनुमा अझ बढी महत्त्व र वजन हुँदैन र? के यसले तँलाई अनन्त र आजीवन शान्ति र खुसी झनै दिनेछैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। मैले यो वा त्यो कुरासँग डराउनुहुँदैनथ्यो; मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थ्यो। परिवार टुक्रिएला भन्‍ने डरले मात्र मैले कर्तव्य छाड्न सक्दिनथेँ। मैले के देखेँ भने, मेरो परिवारप्रतिको भावनात्मक लगाव धेरै बलियो रहेछ। मैले मेरो हृदय पूर्ण रूपमा परमेश्‍वरलाई दिएकी थिइनँ, र सबथोक छाडेर उहाँलाई पछ्याउने सङ्कल्प मसँग थिएन। ममा परमेश्‍वरप्रति अलिकति पनि बफादारी कहाँ थियो र? जतिसुकै गाह्रो भए पनि, मैले परमेश्‍वरमा भर परेर उहाँको लागि गवाही दिनुपर्थ्यो। परमेश्‍वरले मानिसहरूको विवाह र भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ; हरेकको आ-आफ्नै भाग्य हुन्छ। मेरा आमाबुबाको विवाह सम्बन्धमा के हुन्छ र यो परिवार टुक्रिने छ कि छैन भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ। भविष्यमा मेरो भाग्य कस्तो हुनेछ भन्‍ने कुरा पनि परमेश्‍वरकै हातमा छ; मेरो बुबासँग अन्तिम निर्णय हुँदैन। म आफ्‍नो कर्तव्यमा अडिग रहनुपर्छ र मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यदि मैले बुबाको कुरा सुनेर कर्तव्य निर्वाह गर्न छाडेँ भने, मैले परिवारबाट सतावट भोग्नुपर्दैनथ्यो, तर त्यो परमेश्‍वरलाई धोखा दिनु हुनेथियो, र त्यो अनन्त पीडा हुनेथियो!

अर्को दिन बित्यो। बिहान सबेरै, म कर्तव्य निर्वाह गर्न निस्कन तयार हुँदै थिएँ। म छक्क परेँ, बुबा मेरो निगरानी गर्न बिहान चार-पाँच बजे नै उठ्नुभएको रहेछ। छ बजेपछि, उहाँ मेरो कोठामा आउनुभयो र चिनियाँ कम्युनिष्ट पार्टीका आधारहीन अफवाहहरू भएको भिडियो बजाउनुभयो, जसमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गरिएको थियो। ती समाचार रिपोर्टहरू सत्य होइनन् भन्‍ने मलाई थाहा थियो, विशेष गरी लामो समयदेखि कर्तव्य निर्वाह गरेपछि मैले केही सत्यताहरू बुझेकी थिएँ, त्यसैले म ती आधारहीन अफवाहहरूबाट प्रभावित भइनँ। मेरो व्यवहारमा परिवर्तन नआएको देखेर, बुबाले मलाई फकाउने कोसिस गर्दै भन्नुभयो, “मलाई अचेल तेरो धेरै चिन्ता र फिक्री लाग्छ। मैले तँलाई आफ्नै हातले हुर्काएको हुँ। म यो तेरो भलाइका लागि मात्र गर्दैछु—के म कहिल्यै तेरो कुभलो चिताउँछु त? यदि तँ अहिले काममा गइस् भने, म तँलाई दश हजार युआनभन्दा बढी पर्ने नयाँ फोन किनिदिनेछु। जब तेरो बहिनीको बिदा हुन्छ, म तिमीहरू दुवैलाई सान्या घुम्न जान पैसा दिनेछु।” जब मैले बुबाको यो कुरा सुनेँ, मलाई के लाग्यो भने, यदि यस पटक मैले उहाँको कुरा सुनिनँ भने, मैले साँच्चै उहाँलाई निराश पार्नेछु। तर मलाई के पनि थाहा थियो भने, परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निर्वाह गर्नु जीवनको सही मार्ग हो, र म यसलाई छाड्न सक्दिनथेँ। म दोधारमा परेँ। मैले मेरो स्थिति गलत छ भन्‍ने महसुस गरेँ, त्यसैले मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो हृदयलाई बुबाका कुराहरूबाट प्रभावित हुन नदिनुहोस् भनी बिन्ती गरेँ। म केही नबोलेको देखेर बुबा बैठक कोठामा फर्कनुभयो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र मेरो बुबाले मेरो विश्‍वासमा रोकावट गर्नु भनेको शैतानको बाधा हो भन्‍ने महसुस गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरूले मुक्ति पाइसकेका हुँदैनन्, तिनीहरूको जीवन प्रायः शैतानद्वारा बाधित र नियन्त्रित समेत हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदी हुन्, तिनीहरूसँग कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले छोडेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरू शैतानद्वारा नजिकबाट खेदो गरिएका र क्रूरतापूर्वक आक्रमण गरिएका हुन्छन्। त्यस्ता मानिसहरूसँग कुनै भन्नलायक खुसी हुँदैन, तिनीहरूसँग भन्नलायक सामान्य अस्तित्वको अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग कुनै भन्नलायक इज्जत त झनै हुँदैन(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती प्रत्येकका लागि परमेश्‍वरको शत्रु शैतानको ‘सहकार्य’ आवश्यक पर्छ। यसो भन्‍नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने शक्तिशाली हातहतियारहरू दिएपछि परमेश्‍वरले मानिसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद ‘जाँच्न’ दिनुहुन्छ। यदि मानिस शैतानले खडा गरेका युद्ध संरचनाहरूलाई तोडेर बाहिर निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिसले त्यो परीक्षा उतीर्ण गरेको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको वशमा पर्छ भने, उसले त्यो परीक्षा उतीर्ण गरेको हुनेछैन। परमेश्‍वरले मानिसको जुनसुकै पक्षको परीक्षा लिनुभए पनि, उहाँले लिने परीक्षाका मापदण्डहरू शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानसामु झुक्ने र आत्मसमर्पण गर्ने गर्छ कि गर्दैन भन्‍ने हुन्। यो भन्‍न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले शैतानलाई जित्‍न र पराजित गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा भर पर्छ, र उसले स्वतन्त्रता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा शैतानसित लड्नका लागि परमेश्‍वरले उसलाई शैतानको बन्धनलाई जित्नका लागि दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले चलाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई छोडिदिने बनाउन सक्छ कि सक्दैन भन्‍ने कुरामा भर पर्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडिदिन्छ भने त्यसको अर्थ यही हुन्छ कि अब शैतानले फेरि कहिल्यै त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्‍ने कोसिस गर्नेछैन, फेरि कहिल्यै त्यस व्यक्तिलाई आरोप लगाउनेछैन र बाधा दिनेछैन, फेरि कहिल्यै उसलाई मनोमानी रूपमा यातना दिने वा आक्रमण गर्नेछैन; त्यस्तो व्यक्ति मात्र साँच्चिकै परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले व्यक्तिलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, म अझै पूर्ण रूपमा शैतानको घेराबाट बाहिर निस्केकी छैनँ। शैतानले अझै पनि मलाई निरन्तर बाधा दिन मेरो बुबालाई प्रयोग गरिरहेको थियो, र उहाँमार्फत चिनियाँ कम्युनिष्ट पार्टीका मनगढन्ते अफवाहहरू मलाई जबर्जस्ती सुनाइरहेको थियो। जब त्यसले मैले कुरा सुन्दिनँ भन्‍ने देख्यो, तब त्यसले पारिवारिक स्नेह र नरम वचनहरू प्रयोग गर्‍यो, र मबाट परमेश्‍वरलाई धोखा दिलाउने प्रयत्नमा हरेक, कडा तथा नरम दुवै, उपायहरू अपनाएर हेर्‍यो। यो कति घिनलाग्दो कुरा थियो! मैले अय्यूबले शैतानका परीक्षाहरू सामना गर्दाको समय सम्झेँ। डाँडाकाँडा ढाकेका उनका सबै गाईवस्तु र भेडाबाख्राहरू नष्ट भएका थिए, उनको शरीरभरि खटिराहरू आएका थिए, र उनकी श्रीमतीले उनलाई परमेश्‍वरलाई छाड्न फकाएकी थिइन्। तर अय्यूबले भने: “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। जब अय्यूबले परीक्षाको सामना गरे, तब उनले परमेश्‍वरलाई छाडेनन्, र उनी परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहे। मैले अय्यूबको सिको गर्नुपर्थ्यो, शैतानको घेराबन्दीको बीचमा परमेश्‍वरका वचनहरूको हतियार प्रयोग गरेर त्यसलाई जित्नुपर्थ्यो, र म परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गर्दै एउटा सङ्कल्प गरेँ, र मलाई मेरो गवाहीमा दृढ रहन विश्‍वास दिनुहोस् भनी उहाँसँग अनुरोध गरेँ।

मैले परमेश्‍वरका वचनका अरू केही खण्डहरू पढेँ र आफ्नै बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। “तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई अलिकति पनि बफादारी दिएका छैनौ। बरु, तिमीहरू आफूलाई मन पर्ने मानिस र कुराहरूको वरिपरि घुमेका छौ—यतिसम्‍म कि तिमीहरू हरेक समयमा र जहाँसुकै जाँदा पनि ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्यागेका छैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित हुन्छौ, त्यो तिमीहरूले मलाई पछ्याउँदै गर्दा हुन्छ, वा तिमीहरूले मेरा वचनहरू सुनिरहँदा समेत हुन्छ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको बफादारीलाई तिमीहरूले आफ्ना ‘प्रिय’ हरूप्रति बफादार हुन र तिनलाई माया गर्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई वटा कुरा त्याग गरे तापनि, यसले तिमीहरूका सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै बफादार छौ भन्‍ने देखाउँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, मैले सत्यताको खातिर कष्ट भोग्नुपर्छ र पारिवारिक मेलमिलापको आनन्द लिनका लागि मात्र सत्यतालाई पन्छाउनु हुँदैन। मैले परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य निर्वाह गरिरहेको यो सम्पूर्ण समयमा, मैले यो परिवारलाई जोगाउन होसियार भई कोसिस गरिरहेकी थिएँ, र म उनीहरूसँगको मेरो सम्बन्ध टुट्ला र मैले घर जान नपाउँला भनेर डराएकी थिएँ। बुबाको पटक-पटकको फकाई-फुल्याई र धम्कीको सामना गर्दा, म भित्रभित्रै धेरै कमजोर महसुस गर्थेँ, र म दोधारमा पर्थेँ, अनि फेरि बाहिर गएर कर्तव्य निर्वाह गर्न हिचकिचाउँथेँ। मैले के देखेँ भने, म सधैँ यो परिवारप्रति बफादार थिएँ, परमेश्‍वरप्रति बफादार थिइनँ, र पक्कै पनि मैले सत्यता पछ्याउने कुरालाई पहिलो प्राथमिकतामा राखेकी थिइनँ। परिवारप्रतिको मेरो भावनात्मक लगाव धेरै बलियो भएकाले, म धेरै पटक शैतानका परीक्षाहरूमा परेकी थिएँ र मैले झण्डै परमेश्‍वरलाई धोखा दिएकी थिएँ। बल्ल मैले के देखेँ भने, शैतानले मानिसहरूलाई पारिवारिक स्नेहमा जिउन, देहमा लिप्त हुन, र अन्ततः मुक्ति पाउने मौका गुमाउन लगाउँदो रहेछ। परमेश्‍वरको अभिप्राय भनेको हामीले सृजित प्राणीहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गरौँ, सत्यता पछ्याऔँ, साँचो मानव रूपमा जिऔँ, र मुक्ति प्राप्त गरौँ भन्‍ने हो। यदि यस पटक म आफ्नो देहका हितहरूको सुरक्षा गर्नका लागि मात्र बुबाको कुरा सुनेर काममा गएकी भए, मैले पारिवारिक मेलमिलापको आनन्द त लिन सक्थेँ होला, तर मैले सत्यता प्राप्त गर्ने मौका गुमाउनेथिएँ। त्यो शून्यता र पीडाबाहेक अरू के हुन्थ्यो र? मैले सही मार्ग रोज्नैपर्थ्यो। एक दिन बिहान, बुबा अचानक केही कामले बाहिर जानुपर्‍यो। मैले फेरि निस्केर आफ्नो कर्तव्य निर्वाह गर्ने मौका छोपेँ।

दुई महिनापछि, मैले मण्डलीबाट एउटा चिठी पाएँ र त्यसमा मेरो बुबाले मेरो विरुद्ध प्रहरीमा उजुरी गर्नुभएको, साथै गाउँमा बस्ने मेरी हजुरआमा र ब्रदर-सिस्टरहरूको बारेमा पनि उजुरी गरेर सबैलाई पक्राउ गराएको भनी लेखिएको थियो। मेरा बुबाले मलाई पागलझैँ सताउन र कर्तव्य निर्वाह गर्नबाट रोक्न सबै प्रकारका उपायहरू प्रयोग गरिरहनुभएको थियो। जब उहाँले म उहाँको कुरा सुन्दिनँ भन्ने देख्नुभयो, तब उहाँ पूर्ण रूपमा मेरो विरुद्धमा खनिनुभयो र प्रहरीलाई खबर गर्नुभयो, यहाँसम्म कि मेरी हजुरआमालाई समेत पक्राउ गराउनुभयो। उहाँको सार दियाबलसको जस्तै छ! उहाँको सारलाई स्पष्ट रूपमा देखेपछि, म मेरा भावनाहरूद्वारा बाँधिन छाडेँ। त्यस दिनबाट, म कहिल्यै घर फर्कनँ। तबदेखि म पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु। मलाई सही छनौट गर्न अगुवाइ गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: १०. अगुवा बन्न मेरो अनिच्छाको पछाडि के लुकेको छ?

अर्को: १२. रोगको सास्ती भोगेर मैले समर्पित हुन सिकेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्