१०. अगुवा बन्न मेरो अनिच्छाको पछाडि के लुकेको छ?
सन् २०२४ को मे महिनाको सुरुमा, म मण्डलीमा नृत्यसम्बन्धी कर्तव्य निर्वाह गर्दै थिएँ। एक साँझ, इलाका अगुवाले मलाई म मण्डली अगुवा चुनिएको जानकारी दिनुभयो। यो खबर सुन्नेबित्तिकै मेरो मुटु बेस्सरी धड्कियो। मैले मनमनै सोचेँ, “ब्रदर-सिस्टरहरूले मलाई कसरी अगुवाको रूपमा छनोट गर्न सक्नुभयो? मसँग कुनै सत्यता वास्तविकता छैन, मेरो क्षमता कमजोर छ, र मेरो भ्रष्ट स्वभाव पनि गम्भीर छ। मैले आफ्नो कर्तव्यमा धेरै पटक असफलता भोगेकी र ठेस खाएकी छु। मैले अगुवाको कर्तव्य कसरी सम्हाल्न सक्छु र? यो कर्तव्य गर्नु भनेको प्रकट गरिन र हटाइनका लागि पर्खनु मात्र होइन र? विशेष गरी, भजन र नृत्यको काम धेरै महत्त्वपूर्ण छ, र मेरो भ्रष्ट स्वभावले गर्दा, कुनै दिन मैले कामकुराहरूमा बाधा र अवरोध पुऱ्याउन सक्छु। तब म माथिल्लो तहका अगुवाहरूको काटछाँटमा पर्न सक्छु वा बर्खास्त समेत हुन सक्छु। के त्यसोभए म पूर्ण रूपमा बर्बाद भएर मेरो आस्थाको मार्गको अन्त्यमा पुग्नेछैनँ र?” यति सोच्दा मात्र पनि मेरो मन भारी भयो। मैले त परमेश्वरले मलाई हटाउन यो कर्तव्य प्रयोग गर्नुहुने हो कि भनेर शङ्का समेत गरेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हृदयलाई शान्त राख्न र उहाँको अभिप्राय बुझ्न मद्दत गर्न बिन्ती गरेँ। प्रार्थना गर्दा, मैले के महसुस गरेँ भने मैले हरेक दिन सामना गर्ने सबै मानिस, घटना र कामकुराहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूको हिस्सा हुन्, र संयोगले उत्पन्न भएका होइनन्। परमेश्वरले मेरो क्षमता र कदलाई राम्ररी जान्नुहुन्छ, र उहाँले यो कर्तव्य ममाथि आउन दिनुभएकोमा, मैले खोज्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यता पक्कै हुनुपर्छ, त्यसैले मैले पहिले स्वीकार गर्नु र समर्पित हुनु पर्थ्यो, अस्वीकार वा प्रतिरोध गर्नु हुँदैनथ्यो। नत्र, म पूर्ण रूपमा समझहीन हुने थिएँ। प्रार्थना गरेपछि, मैले अगुवाको कर्तव्यबाट पन्छिन त छोडेँ, तर मेरो मनमा ठूलो ढुङ्गाले थिचेजस्तो भारी महसुस भइरहेको थियो, र म पीडा र चिन्ताले भरिएकी थिएँ।
भोलिपल्ट, मेरो भक्तिको समयमा, मैले एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ, र त्यसमा उद्धृत परमेश्वरका वचनहरूले मेरो मन खिच्यो। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिस सोच्छन्, ‘अगुवाका रूपमा सेवा गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छ अनि उसले आफ्नै विनाश निम्त्याइरहेको हुन्छ, किनभने जब कुनै व्यक्तिले अगुवाका रूपमा सेवा गर्छ, तब उसले अनिवार्य रूपमा परमेश्वरसामु भ्रष्टता प्रकट गर्छ। यदि तिनीहरूले यो काम नगरेका भए के यति धेरै भ्रष्टता प्रकट हुनेथियो?’ कस्तो हास्यास्पद विचार! के तँ तैँले अगुवाका रूपमा काम गरिनस् भने भ्रष्टता प्रकट गर्नेछैनस् भन्ने सोच्छस्? अगुवा नहुनुले, तैँले कम भ्रष्टता प्रकट गरे पनि, मुक्ति पाउनेछस् भनेर जनाउँछ? यो तर्कअनुसार, के अगुवाका रूपमा सेवा नगर्नेहरू सबै बाँच्न र मुक्ति पाउन सक्नेहरू हुन्? के यो कथन धेरै हास्यास्पद छैन र? अगुवाका रूपमा सेवा गर्ने मानिसहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि परमेश्वरको काम अनुभव गर्न मार्गदर्शन गर्छन्। यो माग गरिएको मानक उचालिएको छ, त्यसैले अगुवाहरूले पहिलोपटक तालिम लिन थाल्दा केही भ्रष्ट स्थिति प्रकट गर्नु अवश्यम्भावी छ। यो सामान्य हो, र परमेश्वर यसलाई निन्दा गर्नुहुन्न। परमेश्वर यसलाई निन्दा गर्नुहुन्न मात्रै होइन, तर उहाँ यी मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, ज्योति दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई बोझहरू प्रदान गर्नुहुन्छ। जबसम्म तिनीहरू परमेश्वरको मार्गदर्शन र काममा समर्पित हुन सक्छन्, तबसम्म तिनीहरूले साधारण मानिसहरूले भन्दा छिटो जीवनमा प्रगति गर्नेछन्। यदि तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा लाग्न सक्छन्। यो नै परमेश्वरद्वारा सबैभन्दा बढी आशिष् दिइएको कुरा हो। कतिपय मानिसले परमेश्वरको धार्मिकता देख्न सक्दैनन्, न त तिनीहरूले परमेश्वर हरेक व्यक्तिप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भनेर नै देख्न सक्छन्, र यहाँसम्म कि तिनीहरू तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूको बुझाइअनुसार, अगुवाको भूमिकामा रहेका मानिसहरू जतिसुकै परिवर्तन भए पनि, परमेश्वरले यो हेर्नुहुनेछैन, र उहाँले अगुवा र कामदारहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर मात्र हेर्नुहुनेछ, र केवल यसैका आधारमा तिनीहरूलाई निन्दा गर्नुहुनेछ; र जो अगुवा र कामदारहरू होइनन्, तिनीहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कम भ्रष्टता प्रकट गर्ने हुनाले, तिनीहरू परिवर्तन नभए पनि, परमेश्वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्वरविरुद्ध निन्दा होइन र? यदि तँ आफ्नो हृदयमा परमेश्वरको यति गम्भीर रूपमा प्रतिरोध गर्छस् भने, के तँ मुक्ति पाउन सक्छस्? सक्दैनस्। परमेश्वर मानिसहरूका परिणामहरू मुख्यतया तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, र यो मुख्यतया तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसले अपराध गर्दा अनि न्याय र सजाय सामना गर्दासमेत, साँचो रूपमा पश्चात्ताप गर्न सक्छ। जबसम्म उसले परमेश्वरको निन्दा हुने तरिकामा बोल्दैन वा कार्य गर्दैन, तबसम्म उसले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्छ। तिमीहरूको कल्पनाअनुसार, अन्त्यसम्म परमेश्वरलाई पछ्याउने सबै साधारण विश्वासीहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि अगुवाका रूपमा सेवा गर्नेहरू सबै हटाइनेछन्। यदि तिमीहरूलाई अगुवा बन्न भनिएको भए, तिमीहरूले यो नगर्नु ठिक हुँदैन भनी सोच्नेथ्यौ, तर यदि तिमीहरूले अगुवाका रूपमा सेवा गरेका भए, तिमीहरूले आफूले नचाहेर पनि निरन्तर भ्रष्टता प्रकट गर्नेथ्यौ, र अन्त्यमा परमेश्वरले तिमीहरूलाई निन्दा नगरिन्जेल र नहटाइन्जेल जति लामो समय सेवा गर्थ्यौ, त्यति नै बढी भ्रष्टता प्रकट गर्नेथ्यौ। तिमीहरूलाई यस्तो लाग्नेथ्यो मानौँ तिमीहरू फाँसीको तख्तामा पर्खिरहेका छौ। के यो पूर्ण रूपमा परमेश्वरप्रतिको तिमीहरूको गलतफहमीको कारणले भएको होइन र? यदि मानिसहरूका परिणामहरू तिनीहरूले प्रकट गर्ने भ्रष्टताद्वारा निर्धारण गरिएका भए, कसैले पनि मुक्ति पाउन सक्थेन। त्यस्तो अवस्थामा, परमेश्वरले मुक्तिको काम गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानिसहरूले परमेश्वरको धर्मी स्वभाव देख्न सक्नेथिएनन्। तसर्थ, तिमीहरू सबैले परमेश्वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो अवस्थाको वास्तविकतालाई ठ्याक्कै औँल्याइदियो, र मैले बल्ल मेरो हृदयमा परमेश्वरको बारेमा धारणा, कल्पना र गलत बुझाइहरू लुकेका रहेछन् भन्ने महसुस गरेँ। म सोच्थेँ परमेश्वरको घरमा अगुवा नहुँदा भ्रष्टता कम प्रकट हुनेछ, र माथिल्लो अगुवाहरूबाट कम काटछाँट भोग्नुपर्नेछ, र यसरी परमेश्वरमा विश्वास गर्नु अझ सुरक्षित हुन्छ, र मेरो मुक्तिको आशा अझ बढी हुन्छ। तर अगुवाको कर्तव्य निर्वाह गर्दा धेरै सत्यता सिद्धान्तहरू पालन गर्नुपर्छ, जिम्मेवारी बोझिलो हुन्छ, र सत्यता वास्तविकताविना, मैले अवश्य नै भ्रष्टता प्रकट गर्नेछु, परमेश्वरको घरको काममा बाधा र अवरोध पुऱ्याउने कामहरू गर्न पुग्नेछु, अनि मलाई प्रकटीकरण गरी हटाइने छ। परमेश्वरले यी धारणाहरू उहाँप्रतिको गलत बुझाइ र ईशनिन्दा समेत हुन् भन्नुभएको मैले देखेँ। म छक्क परेँ र अलि डराएँ। मैले यी धारणाहरूको प्रकृति कति गम्भीर छ भनेर महसुस गरेकी थिइनँ। मैले यो दृष्टिकोण वास्तवमा कति बेतुकको थियो भनेर चिन्तन गर्न थालेँ। मैले केही अगुवाहरूले गल्ती गरेको, मण्डलीको काममा गम्भीर रूपमा बाधा र अवरोध पुऱ्याएको, र उनीहरू बर्खास्त भएको वा निकालिएको वा निष्कासित नै भएको देखेकी थिएँ। त्यसैले मैले अगुवा हुनु साह्रै खतरनाक हुन्छ, र एक पटक गल्ती गरेपछि बर्खास्त भइन्छ वा हटाइन्छ भन्ने सोचेँ। तर मैले मानिसहरूलाई बर्खास्त गर्नेबारे परमेश्वरको घरका सिद्धान्तहरू कहिल्यै खोजिनँ। वास्तवमा, परमेश्वरको घरमा कुनै अगुवालाई बर्खास्त गर्नु उसको क्षणिक व्यवहार वा एउटै घटनाको कार्यमा आधारित हुँदैन, बरु, उसको निरन्तरको पछ्याइ र ऊ हिँड्ने मार्गमा आधारित हुन्छ। मैले मण्डलीका एक अगुवा र दुई जना सुपरिवेक्षकलाई सम्झेँ जो बर्खास्त गरिएका थिए। यसो हेर्दा, उनीहरू कुनै विशेष काममा असफल भएका र सिद्धान्तहरू उल्लङ्घन गरी काममा अवरोध र ढिलाइ गरेकाले बर्खास्त भएजस्तो देखिए पनि, वास्तवमा, उनीहरू सामान्यतया सत्यता पछ्याउनमा ध्यान दिँदैनथे, आफ्नो कर्तव्यमा सिद्धान्त नखोजी लामो समयसम्म मनमानी ढङ्गले काम गरे, र परिणामस्वरूप उनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याए तापनि पश्चात्ताप गरेनन्। त्यसैले उनीहरू बर्खास्त भएका थिए। मैले उनीहरूको असफलताको मूल कारण कहिल्यै हेरेकी थिइनँ। मैले उनीहरू एउटै गल्ती गरेर बर्खास्त भएको देखेँ, र त्यसपछि मैले परमेश्वरलाई गलत बुझ्न र उहाँबाट सावधान हुन थालेँ। यो पूर्ण रूपमा विकृत थिएन र? अझ, मेरा धारणाहरूमा, मैले के सोचेँ भने यदि कसैले भ्रष्टता प्रकट गर्छ, अपराध गर्छ, वा आफ्नो कर्तव्यमा प्रकटीकरण भएर बर्खास्त हुन्छ भने, ऊ परमेश्वरद्वारा सधैँका लागि दोषी ठहरिनेछ, र उसको मुक्तिको कुनै आशा हुनेछैन। यो पनि मेरो एक गलत बुझाइ थियो। वास्तवमा, जब मैले आफ्नो र धेरै ब्रदर-सिस्टरहरूको अनुभव, अनि भ्रष्ट स्वभाव प्रकट गरेकोमा हामी कसरी खुलासा एवं प्रकट गरियौँ र दोषी ठहरियौँ, वा बर्खास्त समेत भयौँ भन्नेबारे विस्तृतमा सोचेँ, तब मैले यी परमेश्वरको न्याय र सजायको अनुभव गर्ने आवश्यक चरणहरू हुन् भन्ने थाहा पाएँ। तर, परमेश्वरले यसकारण हामीलाई त्याग्नुभएको थिएन, बरु पश्चात्ताप र रूपान्तरणको अवसर दिनुभएको थियो। उहाँले हामीलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न आफ्ना वचनहरू प्रयोग गर्नुभयो, जसले गर्दा हाम्रा सोच र दृष्टिकोणहरू बिस्तारै परिवर्तन भए, र हामीले बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्यौँ। यी उपलब्धिहरू असफलता र प्रकटीकरणका अनुभवबाट प्राप्त भएका थिए। मैले के देखेँ भने आफ्नो कर्तव्यमा प्रकट गरिनु भनेको हटाइनु नभएर सत्यता प्राप्त गर्ने एउटा अवसर हो। तर स्वभावैले म सत्यतालाई प्रेम गर्दिनथेँ वा कष्ट भोग्न चाहन्नथेँ, म परमेश्वरको न्याय र सजाय स्विकार्न इच्छुक थिइनँ, र म केवल एक साधारण विश्वासीको रूपमा शान्तिले बस्न चाहन्थेँ। सोचेँ यसरी, म ठूला असफलता र प्रकटीकरणबाट जोगिनेछु र कष्ट वा शोधनबाट उम्कनेछु, र यसरी मैले मुक्ति पाउन सक्छु। तर मैले के बुझेकी थिइनँ भने न्याय र सजायको अनुभवविना, व्यक्तिको भ्रष्ट स्वभावलाई फाल्न सकिँदैन, र उसको दृष्टिकोण, व्यवहार र कार्यहरू सबै सत्यताको विरुद्धमा रहिरहन्छन्। यस्तो अवस्थामा, यस्तो व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र? मलाई के महसुस भयो भने मैले सत्यता बुझेकी वा परमेश्वरको धर्मी स्वभावलाई चिनेकी रहेनछु, र म त आफ्नै धारणा र कल्पनाहरूमा बाँचिरहेकी रहेछु। मेरा दृष्टिकोणहरू पूर्ण रूपमा वाहियात र भ्रमपूर्ण थिए। परमेश्वरले कुनै व्यक्तिको परिणाम उसले कति भ्रष्टता प्रकट गरेको छ वा कति अपराध गरेको छ भन्ने आधारमा नभएर उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र साँच्चै पश्चात्ताप गर्छ कि गर्दैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। यदि कुनै व्यक्तिले भ्रष्टता प्रकट गर्छ र त्यसपछि सत्यता पछ्याउँछ र साँचो पश्चात्ताप हासिल गर्छ भने, परमेश्वरले उसलाई अझै पनि मुक्ति पाउने अवसर दिनुहुन्छ। तर म मेरो कर्तव्यमा भएका विगतका अपराधहरूलाई लिएर चिन्तित थिएँ, र अहिले, मैले सत्यता नबुझेकाले गर्दा अझै पनि धेरै भ्रष्टता प्रकट गर्दै थिएँ। त्यसैले मलाई डर थियो यदि म अगुवा भएर आफ्नो कर्तव्यमा होसियार भइनँ भने, समस्याहरू उत्पन्न हुनेछन्, र त्यसपछि म परमेश्वरद्वारा घृणा गरिनेछु र हटाइनेछु। मैले साँच्चै परमेश्वरको धार्मिकतालाई मेरो आफ्नै सङ्कीर्ण र तुच्छ दृष्टिकोणले जाँचेकी रहेछु!
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मानिसहरूको जिम्मेवारी लिने डरलाई खुलासा गर्छ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतिभर निष्कपट हुँदैनन्, तिनीहरूको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्वरका सच्चा विश्वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूको खुलासा देखेर, मैले आफ्नो हृदयमा गहिरो पीडा महसुस गरेँ। मैले के महसुस गरेँ भने अगुवा हुन डराउनुको कारण म स्वार्थी र छली स्वभावद्वारा नियन्त्रित हुनु रहेछ। मैले “प्रशंसा र पुरस्कार आफूले लिनू, दोषचाहिँ अरूलाई छोड्दिनू” भन्ने सिद्धान्तलाई पछ्याएँ—म परमेश्वरबाट आशिष् पाउन चाहन्थेँ तर ठूला जोखिमहरू उठाउन चाहन्नथेँ। सारमा, यो एक चिप्ले र छली व्यक्तिको व्यवहार थियो। मलाई लाग्थ्यो नृत्य मेरो व्यक्तिगत रुचि र सोखसँग मिल्ने मात्र होइन, यस कर्तव्यमा मैले गरेको कामले नतिजा पनि ल्याएको छ। म मुख्य सुपरिवेक्षक थिइनँ, र मैले मुख्य जिम्मेवारीहरू बोकेकी थिइनँ, र यसरी, मैले मण्डलीमा सुरक्षित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु र यसरी मुक्ति पाउने आशा राख्न सक्छु भन्ने लाग्थ्यो। अगुवाको रूपमा चुनिएपछि, मलाई आँधीको बीचमा धकेलिएझैँ भयो, जहाँ डुङ्गा पल्टिने निरन्तर जोखिम थियो, त्यसैले म यो कर्तव्यबाट भाग्न र यसलाई अस्वीकार गर्न मात्र चाहन्थेँ। मेरा धारणाहरूमा, मैले के सोचेँ भने सामान्य कर्तव्य गर्नु र अरूको नजरमा नपर्नु वा ठूला जिम्मेवारीहरू नलिनु सबैभन्दा सुरक्षित विकल्प हो, र जबसम्म म अन्त्यसम्म पछ्याउँछु, मलाई मुक्तिको आशा हुनेछ। तर परमेश्वर भन्नुहुन्छ यस्तो व्यक्ति जिम्मेवारी लिन डराउँछ, उसको मानवतामा समस्या छ र उसले साँचो रूपमा उहाँमा विश्वास गर्दैन, र यतिले मात्र पनि उसले मुक्ति पाउन सक्दैन भन्ने हुन्छ। मैले अन्ततः मेरा धारणा र कल्पनाहरू सत्यतासँग बाझिएको देखेँ। मैले मनन गर्न थालेँ, “परमेश्वरले जिम्मेवारीबाट पन्छिने मानिसहरू खराब मानवता भएका र सत्यतालाई बिलकुलै नस्विकार्ने मानिसहरू हुन् किन भन्नुहुन्छ?” परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सधैँ “प्रशंसा र पुरस्कार आफूले लिनू, दोषचाहिँ अरूलाई छोड्दिनू” भन्ने सिद्धान्तलाई पालना गरेकी छु। मैले गरेको हरेक काममा र सामना गरेको हरेक कर्तव्यमा, म पहिले कुनै कुराले मलाई फाइदा गर्छ कि गर्दैन भनेर नाप्थेँ, र फाइदा गर्ने भए, म त्यो गर्थेँ, तर नगर्ने भए, म त्यो गर्न चाहन्नथेँ। यो परमेश्वरको घरको काम र हितसँग सम्बन्धित छ भनेर थाहा पाउँदा पनि, म त्यो बोझ उठाउन अनिच्छुक रहन्थेँ। म परमेश्वरसँग कसरी एउटै हृदयको हुन सक्थेँ र? के यो एक स्वार्थी र घृणास्पद व्यक्तिको व्यवहार थिएन र? आज, परमेश्वरले मानिसहरूलाई सबै कुरा निःशुल्क प्रदान गर्नुहुन्छ, उनीहरूलाई सित्तैमा सत्यता दिनुहुन्छ, यस आशामा कि मानिसहरूले सत्यताको अभ्यास गर्न सकून् र इमानदार हृदय प्रयोग गरी सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी, उहाँको आपूर्तिको धेरै उपभोग गरेकी भए पनि मैले उहाँलाई अलिकति पनि प्रतिदान गर्न जानेकी थिइनँ। बरु, म परमेश्वरबाट सावधान रहन्थेँ, उहाँको विरुद्धमा हिसाबकिताब गर्थेँ, र केवल मेरो आफ्नै भविष्य र लाभ-हानिको मात्र विचार गर्थेँ र योजना बनाउथेँ। मैले कुन चाहिँ तरिकाले साँचो रूपमा परमेश्वरमा विश्वास गरेकी थिएँ र? के म केवल एक स्वार्थी, चिप्ले अविश्वासी थिइनँ र? यस्तो मानसिकता र आस्थाप्रति यस्तो दृष्टिकोण देखेर, परमेश्वरले मलाई कसरी घृणा नगर्न सक्नुहुन्थ्यो र? त्यसैले, मैले प्रार्थना गरेँ, “हे परमेश्वर, म आफूलाई साँच्चै छली र दुष्ट देख्छु। म आफ्नै धारणा, कल्पना, गलत बुझाइ र शङ्काहरूमा जिउन चाहन्नँ। म मेरो हृदय तपाईंलाई दिन र विवेकमा भर गरी मेरो जिम्मेवारी काँधमा लिन तयार छु। कृपया मलाई मद्दत र मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि मैले अर्को अनुभवात्मक गवाही भिडियोमा उद्धृत गरिएका परमेश्वरका वचनहरूका दुईवटा खण्डहरू देखेँ, र मैले अभ्यासको मार्ग भेट्टाएँ। परमेश्वर भन्नुहुन्छ: “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्वरका वचनहरूलाई आफ्नो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्न भयो भने, मैले जिम्मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्चित गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनका यी दुई खण्डहरू पढेपछि, परमेश्वरले साँच्चै मानवको भित्री हृदयको छानबिन गर्नुहुन्छ र मानिसहरूको आवश्यकतालाई राम्ररी बुझ्नुहुन्छ भन्ने मलाई महसुस भयो। जब मैले आफू अगुवाको रूपमा चुनिएको सुनेँ, मेरो दिमागमा तुरुन्तै दुइटा बहानाहरू आए, “मेरो क्षमता कमजोर छ, र अगुवाको रूपमा मैले हरेक दिन धेरै मानिस, घटना र कामकुराहरूको सामना गर्नुपर्नेछ, र धेरै समस्याहरू पनि समाधान गर्नुपर्छ। म यो पक्कै पनि सम्हाल्न सक्नेछैनँ। दोस्रो, मैले सत्यता बुझ्दिनँ र मामिलाहरू छर्लङ्ग देख्न सक्दिनँ, त्यसैले म कुन चाहिँ तरिकाले ब्रदर-सिस्टरहरूलाई अगुवाइ गर्न योग्य छु र?” सुरुमा, मलाई मेरो सोचाइ निकै जायज छ, र यसले आत्मज्ञान देखाउँछ भन्ने लाग्थ्यो, तर त्यसपछि मैले परमेश्वरका वचनहरू पढेँ: “तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। …’ यो सही मनोवृत्ति हो।” पढेपछि, म अचानक निशब्द भएँ। यी दुई बहानाहरू मलाई निकै सही लागेका थिए, तर परमेश्वरले तिनलाई बहाना वा कठिनाइको रूपमा हेर्नुहुन्न, र तिनले मलाई मेरो कर्तव्य स्वीकार गर्नबाट रोक्नु त झन् हुन्नथ्यो। मलाई यस्तो लाग्यो मानौँ परमेश्वरले मलाई आमने-सामने, हृदयबाट-हृदयमा सतर्क गराइरहनुभएको छ। परमेश्वरले मेरो क्षमता कस्तो छ वा मैले कति सत्यताहरू बुझेकी छु भनेर हेर्नुहुन्न। उहाँ हामी आफ्नो कर्तव्यमा लगनशील र जिम्मेवार भएको, र आफ्नो कर्तव्य राम्रोसँग गर्न हाम्रो सारा हृदय र शक्ति लगाएको चाहनुहुन्छ। मेरो हृदय एकदमै प्रभावित भयो, र मलाई मसँग अब मेरो कर्तव्यबाट भाग्ने वा यसलाई अस्वीकार गर्ने कुनै बहाना छैन भन्ने महसुस भयो। अगुवाको कर्तव्य मेरा लागि कठिन हुने भए पनि, म परमेश्वरका वचनहरूअनुसार इमानदार हुन, र स्वीकार गरेर र समर्पित भएर सुरु गर्न तयार थिएँ।
त्यसपछि, मैले मेरी सिस्टरसँग सहकार्य गरेर काम गर्न थालेँ, र म मुख्य रूपमा नृत्य समूहको कामका लागि जिम्मेवार थिएँ, जबकि भजन, छायाङ्कन, र साधारण मामिलाको काम जस्ता अन्य कामहरू मुख्य रूपमा उनले सम्हाल्थिन्। त्यतिबेला, म जिम्मेवार रहेको एउटा नृत्य समूहले दुई महिनादेखि कुनै पनि कार्यक्रम निर्माण गरेको थिएन। सुरुमा, म अलि आत्तिएँ, मलाई काम सम्हाल्न सक्दिनँ कि भन्ने डर लाग्यो। मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ र पुकारिरहेँ, मलाई आस्था र समर्पित हुने सङ्कल्प दिनुहोस् ताकि मैले आफ्नो कर्तव्य निभाउन सकूँ भनेर उहाँसँग बिन्ती गरेँ। मेरो प्रार्थनामा, मैले पहिले पढेका परमेश्वरका वचनहरूका दुईवटा वाक्यांशहरू सम्झेँ: एउटा थियो “सकारात्मक र सक्रिय” र अर्को थियो “सामर्थ्यले भ्याएसम्म।” मलाई के महसुस भयो भने यो परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन थियो, र मैले आफ्नो कर्तव्यप्रति सकारात्मक र सक्रिय मनोवृत्ति अपनाउनुपर्छ। मेरो क्षमता कमजोर भएकाले, म सत्यता बुझ्दिनथेँ, र धेरै समस्याहरू पत्ता लगाउन वा समाधान गर्न सक्दिनथेँ, यसको मतलब मैले सत्यता खोज्न परमेश्वरमा अझ बढी भर पर्नुपर्थ्यो, र मैले पहिले सोच्न सक्ने र गर्न सक्ने कामहरू आफ्नो सामर्थ्यले भ्याएसम्म गर्नुपर्थ्यो। त्यसपछि, मैले मेरो आफ्नो स्थिति र कठिनाइहरू हरेक दिन परमेश्वरलाई सुम्पेँ, र बोझको बोधका साथ म समूहका सिस्टरहरूको स्थितिमा केन्द्रित भएँ। जब म समस्याहरू फेला पार्थेँ, तब सङ्गति गर्न सान्दर्भिक सिद्धान्तहरू खोज्थेँ र उनीहरूसँगै प्रवेश गर्थेँ, र जब उनीहरूलाई कार्यक्रमको बन्दोबस्तमा कठिनाइहरू आइपर्थ्यो, तब म उनीहरूसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गर्थेँ र सिद्धान्तअनुसार समाधानहरू खोज्ने प्रयास गर्थेँ। बिस्तारै-बिस्तारै, कार्यक्रममा प्रगति भयो। हरेक दिन पूर्ण र स्थिर महसुस हुन्थ्यो। मेरो हृदय बिस्तारै परमेश्वरको नजिक आइरहेको थियो, र परमेश्वर र म बीचका गलत बुझाइ र बाधाहरू धेरै हदसम्म कम भएका थिए। मेरो मनमा भएको भारीपनको भावना बिस्तारै हरायो। नृत्य समूहले एक महिनाभित्र एउटा कार्यक्रम पनि निर्माण गऱ्यो, जुन अनलाइनमा अपलोड गरियो, र अगुवाहरूबाट राम्रो प्रतिक्रिया पायो। म परमेश्वरप्रति धेरै आभारी थिएँ।
तर सोच्दै नसोचेको कुरा, लगभग तीन महिनापछि, मेरी सिस्टर झूटा अगुवाको गलत बन्दोबस्तहरूलाई अन्धाधुन्ध पछ्याएका कारण बर्खास्त भइन्। यसले गर्दा भजन रेकर्डिङको काम केही दिनका लागि रोकियो, जसले काममा गम्भीर रूपमा अवरोध र बाधा पुऱ्यायो। अझ, माथिल्लो अगुवाहरूले उनको कमजोर क्षमताले गर्दा उनी वास्तविक काम गर्न सक्दिनन् भन्ने पत्ता लगाउनुभयो। जब मैले यो कुरा सुनेँ, मेरो मुटु फेरि बेस्सरी धड्कन थाल्यो, र मैले सोचेँ, “अब सिद्ध्यो, मेरी सिस्टर बर्खास्त भएपछि, मैले मण्डलीका सबै कामको बोझ थाम्नुपर्छ। मेरो क्षमता र मेरा कार्य सामर्थ्यहरू पर्याप्त छैनन्! मैले मेरी सिस्टरले आफ्नो कर्तव्यमा सामना गरेका समस्याहरूबारे सुनेकी थिएँ, तर मैले उनका यी गल्तीहरू पहिचान गर्न सकेकी थिइनँ। यदि म उनको ठाउँमा भएको भए, मैले पनि काममा ढिलाइ गर्ने थिएँ, र आज, बर्खास्त हुने व्यक्ति म नै हुने थिएँ। मेरो क्षमता र कामकुराहरू देख्ने सामर्थ्यलाई हेर्दा, म पनि ढिलो-चाँडो यो कर्तव्यबाट बर्खास्त हुने निश्चित छैन र? मैले ठूलो दुष्टता गर्नुअघि नै जतिसक्दो चाँडो राजीनामा दिएर सुरक्षित रूपमा पछि हट्नुपर्छ।” तर जब मैले यसरी सोचेँ, तब मलाई दोषी महसुस भयो, “म सधैँ राजीनामा दिन चाहन्थेँ; यसले परमेश्वरप्रति मेरो समर्पण र मेरो कर्तव्यप्रति बफादारीको कमी देखाउँछ! यदि मैले राजीनामा दिएर आफ्नो कर्तव्य छाडेँ भने, के काममा ढिलाइ हुँदैनथ्यो र? यदि मैले राजीनामा दिएँ भने, मैले आफ्नो बोझ त हलुका पार्छु, तर म परमेश्वरको घरको कामप्रति गैरजिम्मेवार हुनेछु।” यी कुराहरू सोचेपछि, मैले राजीनामा दिने आँट गरिनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हृदयको रक्षा गर्नुहोस्, मलाई सत्यता बुझ्न र समर्पित हुन अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ।
परमेश्वरले मिलाउनुभएको परिस्थिति निकै चमत्कारी थियो। त्यो साँझ, हामीले चीनबाट पठाइएको एउटा पत्र प्राप्त गऱ्यौँ। पत्रमा, चीनमा ठूलो रातो अजिङ्गरले परमेश्वरमा विश्वास गर्नेहरूलाई उन्मत्त भएर पक्रिरहेको, र ब्रदर-सिस्टरहरूले लुकीछिपी कर्तव्य निर्वाह गर्नुपरेको र अतिथि सत्कारक निवासहरू फेर्दै हिँड्नुपरेको उल्लेख थियो। पत्रमा विदेश गएका ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न पाएको अवसरको कदर गर्न र आफ्नो कर्तव्य पूरा गर्न पनि प्रोत्साहित गरिएको थियो। पत्रमा परमेश्वरका वचनहरूको एउटा खण्ड पनि उद्धृत गरिएको थियो। परमेश्वर भन्नुहुन्छ: “आशिष् एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; त्यसलाई धेरै मूल्य चुकाएर कमाउनुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्वास हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्वरले माग गर्नुहुने धेरै सत्यताहरू तिमीहरूमा हुनैपर्छ; त्यसमाथि, तिमीहरूले अटल मनोवृत्तिका साथ इन्साफको सामना गर्नुपर्छ, हार मान्नुहुँदैन। अनि तिमीहरूमा मृत्युसम्मै स्थिर रहने परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्वरका सबै योजनाबद्ध कार्यहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्मै समर्पित हुनैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्वरको कामको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्वरले मानिसहरूको यस समूहबाट माग गर्नुहुने कुरा पनि यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। पत्र पढेपछि, मलाई एकदमै लाज लाग्यो। चीनका ब्रदर-सिस्टरहरू ज्यान जोखिममा राखेरै पनि दृढतापूर्वक आफ्नो कर्तव्य पालना गरिरहेका छन्, र उनीहरूले विदेशका ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न प्रोत्साहित गर्न पत्र समेत लेखे। तर म भने? म ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटबाट बचेकी थिएँ र सहज वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ, तर आफ्नो कर्तव्यमा अलिकति मात्र कठिनाइ र दबाबको सामना गर्नसाथ, म त्यसबाट भाग्न र त्यसलाई छाड्न चाहेँ। के यसले मलाई कायर देखाउँदैन र? मेरो आत्मबल कहाँ थियो? मेरो गवाही कहाँ थियो? परमेश्वरले भन्नुहुन्छ परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन, व्यक्तिले शोधनको अनुभव गर्नुपर्छ र कष्ट भोग्ने सङ्कल्प राख्नुपर्छ, र अझ महत्त्वपूर्ण कुरा, उसले सत्यता पछ्याउनुपर्छ, जीवन स्वभावमा परिवर्तन ल्याउनुपर्छ, र परमेश्वरका सबै योजनाबद्ध कार्यहरूलाई स्वीकार गरी समर्पित हुनुपर्छ। मलाई लाग्यो परमेश्वरले हरेक वचनमार्फत मसित माग गरिरहनुभएको थियो। यी यस घडीमा मैले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू थिए, र यदि मैले राजीनामा दिएँ भने, मैले यीमध्ये कुनै पनि सत्यताको अभ्यास गर्ने थिइनँ। के यसले परमेश्वरलाई मप्रति निराश र घृणा गर्ने बनाउँदैनथ्यो र? भोलिपल्ट, एउटी नृत्य समूह अगुवाले अरूसँग मिलेर सहकार्य गर्न नसकेका कारणले राजीनामा दिन चाहिन्। उनीसँग सङ्गति गर्दा, मैले आफ्नै कमजोरी र कठिनाइहरूबारे खुलेर बताएँ, र परमेश्वरका वचनहरू पढेर, मेरो हृदय परिवर्तन हुँदै गयो। मलाई कर्तव्यहरू परमेश्वरको आज्ञा र पन्छाउन नसकिने जिम्मेवारीहरू हुन् भन्ने महसुस भयो। कामकुरा जतिसुकै पीडादायी वा कठिन भए पनि, म आफ्नो कर्तव्य अस्वीकार गर्न वा परमेश्वरको हृदयलाई चोट पुऱ्याउन सक्दिनथेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जुन वास्तवमै मेरो स्थितिसँग मेल खायो र मलाई धेरै मद्दत गऱ्यो। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफ्नो कर्तव्य र परमेश्वरलाई इमानदार हृदयले व्यवहार गर्नुपर्छ। परमेश्वरको डर मान्ने मानिसहरूले यसो गर्न सक्नुपर्छ। इमानदार हृदय भएका मानिसहरूमा परमेश्वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ। तिनीहरूमा सबै कुरामा परमेश्वरप्रति समर्पित हुने हृदय हुन्छ; अर्थात्, तिनीहरू आशिष् वा आपद् बारे सोध्दैनन्, तिनीहरू सर्तहरू तेर्स्याउँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा छोड्छन्। यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्। परमेश्वरमाथि सधैँ शङ्का गर्ने, उहाँको सूक्ष्म जाँच गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? छलीपन र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूका महत्त्वपूर्ण हितहरूसँग सम्बन्धित हुन्छ। … जोकोहीले आफ्नो भविष्य, नियति र हितलाई विशेष महत्त्व दिन्छ, उसले सधैँ परमेश्वरको काम आफ्नो भविष्य, आफ्नो नियति र आशिष् प्राप्त गर्नका लागि लाभदायक छ कि छैन भनी सूक्ष्म जाँच गर्छ। अन्त्यमा, तिनीहरूका सबै सूक्ष्म जाँचको परिणाम के हुन्छ? त्यो के मात्रै हुन सक्छ भने, परमेश्वरको काम तिनीहरूको धारणाहरूसँग नमिल्ने हुनाले, तिनीहरू अक्सर परमेश्वरबारे गुनासो गर्छन्, परमेश्वरविरुद्ध विद्रोह गर्छन्, र परमेश्वरको विरोध गर्छन्। तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न लागिरहन सके पनि, तिनीहरूले झाराटारुवा तरिकाले र नकारात्मकताका साथ त्यसो गर्छन्; तिनीहरूको हृदयमा, तिनीहरू कसरी फाइदा लिने र कुनै नोक्सान नभोग्ने भन्ने बारेमा सोचिरहन्छन्। यस्ता अभिप्रायहरूका साथ आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको परमेश्वरसँग सौदा गर्ने प्रयास गर्नु बराबर हो। यसले कुन स्वभावलाई सङ्केत गर्छ? यो छलीपन हो, यो एक दुष्ट स्वभाव हो। यो एक सामान्य भ्रष्ट स्वभाव होइन—यो दुष्टताको हदसम्म पुगिसकेको छ। आफ्नो हृदयमा यस प्रकारको दुष्ट स्वभाव पाल्नु भनेको परमेश्वरविरुद्ध लड्नु हो! तैँले यो समस्यालाई छर्लङ्गै देख्नुपर्छ। यदि कोही सधैँ परमेश्वरको सूक्ष्म जाँच गरिरहन्छ र लेनदेनको मानसिकताका साथ आफ्नो कर्तव्य निर्वाह गर्छ भने, के ऊ आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछ? पटक्कै हुनेछैन। ऊ आफ्नो हृदय र इमानदारीसाथ परमेश्वरको आराधना गर्दैन, र ऊ आफ्नो कर्तव्यलाई इमानदारीपूर्वक लिँदैन। आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, उसले केवल हेर्छ र अवलोकन गर्छ, सधैँ आफूलाई रोकेर राख्छ। यसको परिणाम के हुन्छ? परमेश्वर उसमा काम गर्नुहुन्न—ऊ अन्योलग्रस्त र भ्रमित हुन्छ, उसले सत्यता सिद्धान्तहरू के हुन् भनी बुझ्दैन, र ऊ सधैँ आफ्नै इच्छाअनुसार कार्य गर्छ, निरन्तर गल्तीहरू गर्छ। उसले किन निरन्तर गल्तीहरू गर्छ? किनभने उसको मन अत्यन्तै अन्योलग्रस्त हुन्छ; जब समस्याहरू उत्पन्न हुन्छन्, तब उसले आत्मचिन्तन गर्दैन वा तिनलाई समाधान गर्न सत्यता खोज्दैन, बरु आफ्नै इच्छा र आफ्नै अभिरुचिहरूअनुसार कार्य गर्न लागिरहन्छ। फलस्वरूप, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर गल्तीहरू गर्छ। उसले मण्डलीको काम, वा परमेश्वरको घरको हितका बारेमा सोच्दैन। उसले सधैँ आफ्नै खातिर षड्यन्त्र रच्छ, सधैँ आफ्नै हित, अभिमान र हैसियतका खातिर योजनाहरू बनाउँछ। ऊ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुने मात्रै होइन, उसले मण्डलीको काममा असर र ढिलाइ पनि गर्छ। के यो गलत मार्ग लिनु र आफ्ना उचित कामहरूलाई बेवास्ता गर्नु होइन र? यदि, आफ्नो कर्तव्य निर्वाह गर्दा, कोही सधैँ आफ्नै हित र भविष्यका खातिर योजनाहरू बनाइरहन्छ, र मण्डलीको काम वा परमेश्वरको घरको हितको अलिकति पनि ख्याल गर्दैन भने, यो कर्तव्य निर्वाह होइन। यो त व्यक्तिगत लाभका लागि षड्यन्त्र रच्नु हो, आफ्नै लागि लाभ सुरक्षित गर्न र आशिष् प्राप्त गर्न कामकुराहरू गर्नु हो। जब कर्तव्य निर्वाह यस्तो हुन्छ, तब यसको प्रकृति परिवर्तन हुन्छ: यो परमेश्वरसँग सौदा गर्ने प्रयास बन्छ, आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्न कर्तव्य निर्वाह प्रयोग गर्ने प्रयास बन्छ। काम गर्ने यस्तो तरिकाले परमेश्वरको घरको काममा बाधा पुऱ्याउने सम्भावना धेरै हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्वर भन्नुहुन्छ, “तिनीहरू आशिष् वा आपद् बारे सोध्दैनन्, तिनीहरू सर्तहरू तेर्स्याउँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा छोड्छन्। यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्।” यी वचनले मेरो हृदयमा सिधै प्रहार गरे। परमेश्वरले मानिसहरूलाई आशिष् वा दुर्भाग्यको बारेमा विचार नगर भनेर माग गर्नुहुन्छ, तर मैले आफू आशिषित हुनेछु कि दुर्भाग्य भोग्नेछु भन्ने कुरालाई धेरै महत्त्व दिएँ। मलाई डर थियो अगुवाको कर्तव्य निर्वाह गर्दा, मैले काममा बाधा र अवरोध पुऱ्याउने कुनै दुष्ट काम गर्न सक्नेछु, जसले गर्दा पछाडि दाग र अपराधहरू छोडिनेछन्, र म परमेश्वरद्वारा दोषी ठहरिनेछु र हटाइनेछु, र अन्तमा, म मुक्ति पाउन असफल मात्र हुनेछैनँ, दुर्भाग्यको सिकार पनि हुनेछु। यो कुरा मलाई एकदमै जोडसँग तब महसुस भयो जब मैले अघिल्ला तीन इलाका अगुवामध्ये दुई जनाले आफ्नो कर्तव्यमा मनमानी ढङ्गले काम गरिरहेका थिए र सत्यताका सिद्धान्तहरू खोजिरहेका थिएनन्, जसले गर्दा उनीहरूले परमेश्वरको घरको काममा गम्भीर रूपमा बाधा र अवरोध पुऱ्याए र बर्खास्त भए भन्ने थाहा पाएँ। अब जब मेरी सिस्टर पनि बर्खास्त भएपछि, मलाई के लाग्यो भने यदि व्यक्तिले सत्यता बुझ्दैन र परमेश्वरको डर मान्ने हृदय राख्दैन भने, अगुवाको कर्तव्य निर्वाह गर्नु जोखिमपूर्ण हुन्छ, र ऊ सजिलै प्रकट गरिन र हटाइन सक्छ, र उसको भविष्यको परिणाम वा गन्तव्य के हुने हो भन्ने अनिश्चित हुन्छ। म आफ्नो भविष्य र गन्तव्य सुरक्षित गर्न चाहन्थेँ, त्यसैले मैले कुनै गल्ती गर्नुअघि नै राजीनामा दिएर सुरक्षित रूपमा पछि हट्ने योजना बनाएँ। परमेश्वर खुलासा गर्नुहुन्छ, यो वास्तवमा छली र दुष्ट स्वभावद्वारा उहाँको विरुद्धमा गरिएको सङ्घर्ष हो! तब मात्र मैले के बुझेँ भने मण्डलीको काम वा परमेश्वरको घरको हितको कुनै वास्ता नगरी, सधैँ आफ्नै हित र भविष्यका लागि योजना बनाउनु आफ्नो कर्तव्य निर्वाह गर्नु होइन। यो त परमेश्वरसँग चतुऱ्याइँ गर्नु र उहाँको विरुद्धमा जानु हो। यस्तो मानसिकता र स्थितिले आफ्नो कर्तव्य निर्वाह गरेर, मैले अगुवाको रूपमा सेवा नगरे पनि र गम्भीर गल्तीहरू नगरे पनि, मेरो हृदयले परमेश्वरको विरुद्धमा हिसाबकिताब गरिरहेको हुन्थ्यो र उहाँको विरोध गरिरहेको हुन्थ्यो। यो एक दुष्ट कार्य हो, र यसलाई परमेश्वरद्वारा घृणित र दोषी मानिन्छ। परमेश्वरले मलाई एकदमै स्पष्ट मार्ग देखाउनुभयो, अर्थात्, इमानदार हृदय भएको व्यक्ति बन्नु, आशिष् वा दुर्भाग्यको बारेमा नसोध्नु, सर्तहरूको बारेमा कुरा नगर्नु, र आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा छोड्नु। परमेश्वरको घरले मलाई बर्खास्त नगरेकाले वा नहटाएकाले, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भई दृढतापूर्वक आफ्नो कर्तव्यमा लागिरहनुपर्थ्यो, आफ्ना जिम्मेवारीहरू काँधमा लिन पूरा शक्ति लगाउनुपर्थ्यो।
भोलिपल्ट, मैले माथिल्लो अगुवाहरूलाई एउटा पत्र लेखेँ, तर मैले राजीनामा दिने कुरा उल्लेख गरिनँ। बरु, मैले भजनको काममा भएको ढिलाइका लागि मैले बहन गर्नुपर्ने जिम्मेवारी स्वीकार गरेँ, र अगुवाहरूसामु त्यो कबुल गरेँ, र म परमेश्वरको घरको बन्दोबस्तहरूमा समर्पित हुन तयार छु भनेँ। पत्र लेखेपछि, मैले शान्त र ढुक्क महसुस गरेँ, र परमेश्वरको योजनाबद्ध कार्य स्वीकार गर्न तयार भएँ। यदि माथिल्लो अगुवाहरूले मलाई काटछाँट वा बर्खास्त गर्नुभयो भने, म त्यसलाई शान्त भएर सामना गर्नेछु र जिम्मेवारी लिनेछु। यदि म बर्खास्त भइनँ भने, म आफ्नो कर्तव्यमा लागिरहनेछु र आफ्ना जिम्मेवारीहरू पूरा गर्नेछु। अचम्म, माथिल्लो अगुवाहरूले पत्र पढेपछि मलाई बर्खास्त गर्नुभएन, र मलाई मेरो कर्तव्यमा तालिम जारी राख्न दिनुभयो। यो अनुभवबाट, मलाई लाग्छ मैले परमेश्वरको धर्मी स्वभावको बारेमा अझ बढी बुझ्न थालेकी छु, र के महसुस गरेकी छु भने परमेश्वरले महत्त्व दिनुहुने कुरा भनेको व्यक्तिको हृदयले सत्यतालाई स्वीकार गर्न सक्छ कि सक्दैन, र ऊ आफ्नो हित वा भविष्यका लागि विचार वा योजना नगरी, परमेश्वरको घरको कामको बारेमा सोचेर उहाँप्रति सरल र इमानदार हुन सक्छ कि सक्दैन भन्ने हो। परमेश्वरले मूर्खतापूर्ण वा अज्ञानतावश गरेका कार्य यादमा राख्नुहुन्न, बरु उसलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र आफ्ना कमीकमजोरीहरू पूर्ति गर्ने मौका दिनुहुन्छ। केही समयपछि, मण्डलीले अझै नयाँ अगुवा छानेको थिएन, त्यसैले मैले प्रार्थना गरेँ र मण्डलीको कामलाई अनुगमन गर्न परमेश्वरमा भर परेँ। जबजब समस्याहरू आउँथे, म ब्रदर-सिस्टरहरूसँग मिलेर समाधान गर्थेँ। मैले के पाएँ भने जब म सक्रिय रूपमा जिम्मेवारी लिन र काममा अझ बढी चासो र सोचविचार दिन तयार भएँ, तब मण्डलीको कामप्रतिको मेरो बोझ र जिम्मेवारीको भावना, साथै कामकुराहरू हेर्ने मेरो क्षमता र कार्य सामर्थ्यहरू, सबै अनायासै सुधार भयो। म पहिलेभन्दा बुद्धिमान् भएजस्तो लाग्यो। काम मैले सोचेजस्तो गाह्रो थिएन, र मलाई थाहा थियो यी नतिजाहरू पवित्र आत्माको कामद्वारा हासिल भएका थिए। मैले साँच्चै के अनुभव गरेँ भने परमेश्वरले आफ्नो कामको रक्षा गर्नुहुन्छ, र मानिसले केवल सहकार्य गर्छ। परमेश्वरले मानिसहरूलाई बोक्न नसक्ने भारी बोझ दिनुहुन्न, र परमेश्वरमा मेरो विश्वास बढ्यो। पछि, मण्डलीले एक नयाँ अगुवा छान्यो, र मैले मण्डलीको काम अनुगमन गर्न उहाँसँग सहकार्य गरेँ।
विगतका यी केही महिनामा अगुवाको कर्तव्य निर्वाह गर्दा, मैले परमेश्वरको दयालुपन र प्रेमिलोपन महसुस गरेकी छु, र मैले परमेश्वरप्रतिका मेरा केही धारणा, कल्पना, गलत बुझाइ र सतर्कतालाई त्याग्न सकेकी छु। अझ बढी त, के अनुभव गरेकी छु भने परमेश्वरले मलाई अगुवाको कर्तव्य पूरा गर्ने मौका दिनु भनेको मेरा लागि कामकुरा कठिन बनाउन वा मलाई प्रकट गर्न होइन रहेछ, बरु आस्थाप्रतिका मेरा गलत दृष्टिकोणहरूलाई सुधार्न र भ्रष्ट स्वभावलाई शुद्ध पार्न रहेछ। यो मलाई परमेश्वरको घरको हितको रक्षा कसरी गर्ने र काम एवं ब्रदर-सिस्टरहरूलाई फाइदा पुग्ने किसिमले कसरी काम गर्ने भन्नेबारे अझ बढी विचारशील हुन र सोच्न घचघच्याउनु थियो। अझ, ब्रदर-सिस्टरहरूको गलत स्थिति, उनीहरूका व्यावसायिक कठिनाइ र समस्याहरूको सम्बन्धमा मैले सत्यता सिद्धान्तहरू खोजेँ, सत्यताद्वारा समस्याहरू समाधान गर्ने तालिम लिएँ, र अनायासै, मेरो अन्तर्दृष्टि र कद केही हदसम्म बढ्यो। मलाई लाग्यो अगुवा बन्ने मेरो तालिम साँच्चै नै परमेश्वरले मलाई सिद्ध परिरहनुभएको कुरा हो, र यो परमेश्वरको प्रेम थियो। मैले यो कर्तव्य पहिलो पटक निर्वाह गर्न थालेको समय सम्झँदा, त्यो बेला म निकै डराउने र भयभीत महसुस गर्थेँ। मैले परमेश्वरलाई गलत समेत बुझेँ, उहाँले मलाई हटाउन यो कर्तव्य प्रयोग गरिरहनुभएको छ भनेर सोचेँ। म साँच्चै सही र गलत, वा कालो र सेतो छुट्याउन सक्दिनथेँ! म पूर्ण रूपमा असमझदार थिएँ! अब म अगुवा हुन डराउँदिनँ। अब अगाडि जेसुकै अनुभव वा सामना गर्नुपरोस्, म केवल सत्यता खोज्न र अभ्यास गर्न अनि आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्नमा ध्यान केन्द्रित गर्नेछु। मैले हासिल गरेको यो सानो परिवर्तन र प्रवेश सबै परमेश्वरका वचनहरूको मार्गदर्शनको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!