१२. रोगको सास्ती भोगेर मैले समर्पित हुन सिकेँ
सन् २०२१ को जुन महिनाको एक दिन, मलाई रिँगटा लाग्यो र असहज महसुस भयो, त्यसैले मैले आफ्नो रक्तचाप जाँचेँ। मेरो सिस्टोलिक रिडिङ २०० भन्दा माथि र डायस्टोलिक रिडिङ १२० थियो। पछि, मैले औषधि खाएपछि त्यो घट्यो, तर मेरो सिस्टोलिक प्रेसर अझै पनि कहिलेकाहीँ एक्कासि बढेर १६० पुग्थ्यो, जसले गर्दा मलाई टाउको दुख्थ्यो र रिँगटा लाग्थ्यो। म चिन्तित हुन थालेँ। मेरो रक्तचाप यति उच्च भएको र हरेक दिन कम्प्युटरमा काम गर्नुपर्ने हुनाले, मैले सोचेँ, “यदि यस्तै चलिरह्यो भने, मेरो अवस्था झन् बिग्रियो र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने के होला? के त्यतिबेला मैले अझै पनि मुक्ति पाउन सकूँला र?” त्यसैले, मैले आफूलाई धेरै दबाब दिन चाहिनँ। त्यतिबेला, म मण्डली अगुवा थिएँ र मैले हरेक दिन कामको अनुगमन गर्नुपर्थ्यो। अझ, मेरा दुई सहकर्मी ब्रदर-सिस्टरले भर्खरै तालिम लिन सुरु गरेका थिए, त्यसैले मैले झनै भारी बोझ बोक्नुपरेको थियो। मलाई अलिकति असन्तोष लाग्न थाल्यो, र यो सबै तनावले मेरो रक्तचाप झन् बढाउला भन्ने चिन्ता लाग्यो। म निरन्तर आफ्नो रोगबारे चिन्तित भइरहन्थेँ, त्यसैले मैले आफ्नो कर्तव्यमा मन लगाइनँ। म विभिन्न सिद्धान्त सरसर्ती मात्र हेर्थेँ, केही शाब्दिक अर्थ मात्र बुझ्थेँ, तर तिनलाई वास्तवमा आफ्नो कर्तव्यमा लागू गर्न सक्दिनथेँ। जब मैले हाम्रो कामले राम्रो नतिजा दिइरहेको छैन भन्ने देखेँ, तब हाम्रा समस्याहरू कसरी समाधान गर्ने भनेर खोज्नमा मैले कुनै साँचो प्रयास लगाइनँ, किनभने मलाई यसमा धेरै ऊर्जा खर्च गर्दा मेरो रक्तचाप एक्कासि बढ्छ कि भन्ने डर सधैँ लागिरहन्थ्यो।
फेब्रुअरी २०२३ मा, मलाई बारम्बार टाउको दुख्ने र रिँगटा लाग्ने समस्याले गर्दा, मलाई अतिथि सत्कारक परिवारका ब्रदरले अस्पताल गएर चेकजाँच गराउन आग्रह गर्नुभयो। पछि, डाक्टरले मलाई मस्तिष्काघात भएको र तुरुन्तै उपचार गराउनुपर्ने बताउनुभयो। उहाँले यदि यो बिग्रियो भने, यसले पक्षघात निम्त्याउन सक्छ वा ज्यान जोखिममा पार्न समेत सक्छ भनेर चेतावनी दिनुभयो। मलाई यो साँच्चै गम्भीर भएमा, म आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैनँ भन्ने चिन्ता लाग्यो, तब मेरो मुक्ति पाउने सबै आशा समाप्त हुने थिएन र? म तुरुन्तै उपचार गराउन चाहन्थेँ, तर त्यही बेला मैले एउटा पत्र प्राप्त गरेँ जसमा एक जना मण्डली अगुवा पक्राउ परेको र यहूदा बनेको, अनि मैले तुरुन्तै त्यो ठाउँ छोडेर जानुपर्ने कुरा उल्लेख गरिएको थियो। त्यसपछि, मैले अस्पताल फर्कने आँट गरिनँ। पछि, मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्न थालेँ। एक बिहान, म ओछ्यानबाट उठ्न खोज्दा मलाई यस्तो रिँगटा लाग्यो र वाकवाकी लाग्न खोज्यो कि म उभिन पनि सकिनँ। म फेरि पल्टिनुपर्यो। मैले मनमनै सोचेँ, “मलाई पहिल्यै उच्च रक्तचाप र मस्तिष्काघात छ। कतै मस्तिष्काघात झन् बिग्रिएर नसा अवरुद्ध भएको त होइन?” म उपचारका लागि घर जान चाहन्थेँ, तर प्रहरी अझै मेरो पछि लागेको थियो। म फर्कन सक्दिनथेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र बिमारी कसरी अनुभव गर्ने भन्ने विषयमा उहाँका सङ्गतिका वचनहरू पढेँ। अर्को दिन, रिँगटा अलि कम भयो। दुई महिनापछि, मेरो स्वास्थ्यमा राम्रै सुधार आयो, तर म अझै पनि चिन्ता र बेचैनीमा जिइरहेको थिएँ। मलाई अतिरिक्त मानसिक परिश्रमले थकाउला र मेरो अवस्था झन् बिगार्ला भन्ने डर थियो, त्यसैले म आफ्नो कर्तव्यमा धेरै मूल्य चुकाउन अनिच्छुक बनेँ। म केवल हातमा भएको काम सकाउनका लागि झारा टार्ने गर्थेँ। लेखहरूको जाँच-पड्ताल गर्दा म ध्यान दिँदिनथेँ, जसले गर्दा मैले छानेका लेखहरू कमसल हुन्थे। अप्रिल २०२४ मा, मसँग सहकार्य गर्नका लागि ब्रदर झेङ मेरो टोलीमा आबद्ध भए, र मलाई मेरो बोझ अलिकति हलुका भएको महसुस भयो। उनलाई त्यहाँ, आफ्नो कर्तव्यमा पूर्ण रूपमा केन्द्रित भएको देख्दा म ईर्ष्याले भरिएँ। मैले सोचेँ, “म पनि उनीजस्तै स्वस्थ भएको भए कति राम्रो हुन्थ्यो!” “बितेका केही वर्षमा मेरो स्वास्थ्य अत्यन्तै बिग्रिएको छ। उच्च रक्तचाप र मस्तिष्काघात मात्र होइन; मलाई कान बज्ने समस्या पनि छ। कर्तव्य निर्वाह गर्दा म अक्सर रिँगटा लागेको र दिमाग धमिलो भएको महसुस गर्छु। मेरो दाहिने हात पनि अलिकति लाटो हुन्छ—सायद खराब रक्तसञ्चार भएर यो भएको हो। अहिले मैले साठी वर्ष काटिसकेँ, र मेरो रोगप्रतिरोधात्मक प्रणाली पनि कमजोर छ। यस्तो स्वास्थ्य लिएर, यदि एक दिन मलाई पक्षघात भयो र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, के म काम नलाग्ने हुनेछैन र, अनि मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका गुमाउनेछैन र? के मैले यतिका वर्षहरूमा चुकाएको मूल्य र सहेको कष्ट व्यर्थ हुनेछैन र?” यस्तो सोच्दा, म अलिकति दिक्दार भएँ। ब्रदर झेङले हामीले बिमारीको सामना गर्दा परमेश्वरको अभिप्राय खोज्नुपर्छ भनेर मसँग सङ्गति गरे। उनले म कस्तो अवस्थाबाट गुज्रिरहेको छु भन्ने कुरा बुझ्नै सक्दैनन् भन्ने सोच्दै, म अलि खिन्न भएँ। तर त्यसपछि, मैले वर्षौँदेखि आफ्नो स्वास्थ्यको कारणले गर्दा म कसरी निरन्तर हैरानी र चिन्तामा जिउँदै आएको छु, र कहिल्यै परमेश्वरको अभिप्राय खोज्नमा आफ्नो मन लगाएको छैन भन्ने कुरा ख्याल गरेँ। मलाई मेरो स्थिति सही छैन भन्ने थाहा थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ मलाई यो रोग लाग्नुमा तपाईँको अभिप्राय छ। बिन्ती छ, मलाई सत्यता बुझ्न र पाठ सिक्न अगुवाइ गर्नुहोस्।”
त्यसपछि, मैले परमेश्वरका केही वचन पढेँ र उहाँको अभिप्राय अलिकति राम्ररी बुझ्न थालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वर तँलाई योजना बनाउन दिनुहुन्न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्न दिनुहुन्न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तेरा लागि बिमारीका परिस्थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्। त्यसकारण, जब तँमाथि रोग आइपर्छ, तब तैँले सधैँ यसबाट कसरी छुटकारा पाउने वा यसबाट कसरी उम्कने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने, रोगहरू हामीलाई रूपान्तरण गर्न र शुद्ध पार्नका लागि उहाँका असल अभिप्रायहरूसहित आउँछन्। सत्यता पछ्याउनेहरूले रोगमार्फत पाठ सिक्न सक्छन् र परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न सक्छन्। तर जब म बिरामी परेँ, मैले परमेश्वरको अभिप्राय खोजिनँ वा आत्मचिन्तन गरेर आफैँलाई चिनिनँ। म सधैँ मेरो रोगमाझ जिइरहेँ, र यदि मलाई पक्षघात भयो र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ, वा म मरेँ भने पनि, मेरो मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने आशा पूर्ण रूपमा चकनाचुर हुनेछ भनेर चिन्ता गरिरहेँ। मेरो अवस्था झन् बिग्रिएला भन्ने चिन्ताले गर्दा, मैले आफ्नो शरीर लखतरान पर्ला भन्ने डरले आफ्नो कर्तव्यमा कुनै बोझ उठाइनँ। जब मेरा ब्रदर-सिस्टरहरूले मसँग रोगबाट पाठ सिक्ने विषयमा सङ्गति गरे, मैले अझै पनि त्यो स्वीकार गरिनँ। मैले सोचेँ, “तपाईँलाई बोल्न सजिलो छ; तपाईँ त बिरामी र पीडामा परेको हुनुहुन्न नि।” म सधैँ अरूको राम्रो स्वास्थ्यको ईर्ष्या गर्थेँ र परमेश्वरले मलाई स्वस्थ शरीर दिनुभएन भनेर गुनासो गर्थेँ। मैले रत्तिभर पनि सत्यता खोजिरहेको वा पाठ सिक्न खोजिरहेको थिइनँ। मैले सत्यता प्राप्त गर्ने, शुद्ध पारिने वा रूपान्तरण हुने आशा कसरी गर्न सक्थेँ र?
पछि, मैले मेरा समस्याहरूबारे सत्यता खोज्न थालेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “कुनै व्यक्तिको पुरानो देहलाई जुनसुकै बिमारी भए पनि, त्यसले कुन हदसम्म दुःख भोग्छ, वा यो बिमारी निको हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि कुरा उसको हातमा हुँदैन, यो सबै परमेश्वरको हातमा हुन्छ। जब तँलाई बिमारी लाग्छ, तब तँ परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुन सके पनि वा नसके पनि, तँ यो तथ्य स्वीकार गर्न इच्छुक भए पनि वा नभए पनि, बिमारी अझै पनि तेरो शरीरमा हुन्छ; तँ त्यसबाट छुटकारा पाउन सक्दैनस्। त्यसैले, तैँले आफ्नो बिमारीलाई सकारात्मक रूपमा सामना गरे पनि वा नकारात्मक रूपमा सामना गरे पनि, दिनहरू त्यसरी नै बित्छन्, र तँ यो बिमारी तेरो शरीरमा छ भन्ने तथ्यलाई परिवर्तन गर्न सक्दैनस्। तर, तँ त्यसप्रति कस्तो मनोवृत्ति अपनाउने भनी छनौट गर्न सक्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “जब सामान्य मानिसहरू बिरामी पर्छन्, तब तिनीहरू सबैले कष्ट भोग्छन् र हैरानी महसुस गर्छन्, र तिनीहरूले सहन सक्ने कुराको एक निश्चित सीमा हुन्छ। तर यदि मानिसहरू सधैँ आफ्नो बिमारीबाट छुटकारा पाउन र त्यसबाट उम्कन आफ्नै शक्तिमा भर पर्न चाहन्छन् भने, अन्तिम परिणाम के हुनेछ? तिनीहरूले आफ्नो कष्ट कम गर्न नसक्ने मात्रै होइन, तिनीहरूले अझ बढी कष्ट भोग्नेछन् र हैरानी महसुस गर्नेछन्। त्यसैले तँलाई बिमारीले जति धेरै कष्ट दिन्छ, त्यति नै धेरै तैँले सत्यता खोज्नुपर्छ, र परमेश्वरका अभिप्रायहरूअनुसार कसरी अभ्यास गर्ने भनी खोज्नुपर्छ। तँलाई बिमारीले जति धेरै कष्ट दिन्छ, तँ त्यति नै धेरै परमेश्वरसामु आउनुपर्छ र तैँले आफ्नै भ्रष्टता र आफूले परमेश्वरसँग गर्ने अनुचित मागहरू चिन्नुपर्छ। तँलाई बिमारीले जति धेरै कष्ट दिन्छ, तेरो साँचो समर्पणताको जाँच त्यति नै धेरै हुन्छ। त्यसकारण, यदि तँ बिमारी सहँदा पनि परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुन सक्छस्, र तँ बिरामी भएर मर्नै लागेको अवस्थामा पुग्दा पनि परमेश्वरबारे गुनासो गर्नबाट जोगिन सक्छस् र उहाँसँगका तेरा अनुचित मागहरू पनि त्याग्न सक्छस् भने, यसले तँ निष्कपट रूपमा सत्यता पछ्याउने र परमेश्वरमा समर्पित हुने व्यक्ति होस्, तँसँग गवाही छ, र परमेश्वरप्रतिको तेरो बफादारी र समर्पणता वास्तविक छ, ती नारा वा धर्मसिद्धान्तहरू होइनन्, र बरु ती जाँचमा खरो उत्रन्छन् भनी देखाउँछ। मानिसहरू बिरामी पर्दा अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तँ बिरामी पर्छस्, एकातिर, यसको उद्देश्य तेरा सबै अनुचित माग र परमेश्वरबारेका तेरा अवास्तविक कल्पना र धारणाहरू खुलासा गर्नु हो, र अर्कोतिर, यसको उद्देश्य परमेश्वरप्रतिको तेरो आस्था र उहाँप्रतिको समर्पणता जाँच्नु हो। यदि तँ यी सन्दर्भहरूमा परीक्षामा उत्तीर्ण भइस् भने, तँसँग साँचो गवाही र परमेश्वरप्रतिको तेरो आस्था, परमेश्वरप्रतिको तेरो बफादारी, र उहाँप्रतिको तेरो समर्पणताको वास्तविक प्रमाण हुन्छ। परमेश्वरले यही चाहनुहुन्छ, र सृजित प्राणीमा हुनुपर्ने र उसले जिउनुपर्ने कुरा यही हो। के यी सबै कुराहरू सकारात्मक छैनन् र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरूले हामीले बिमारीको सामना गर्दा लिनुपर्ने सही दृष्टिकोण र अभ्यासको मार्ग औँल्याए: परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा साँचो रूपमा विश्वास गर्नु र समर्पित हुनु, अनि आफैँ रोगबाट छुटकारा पाउन नखोज्नु—त्यसले केवल अझ बढी कष्ट ल्याउनेछ। म आफैँसँग परमेश्वरका वचनहरूको केही व्यावहारिक अनुभव थियो। जब मेरो रक्तचाप २०० एमएमएचजी (mmHg) भन्दा माथि पुग्यो, म त्रसित भएँ। मैले सोचेँ, यदि मैले आफ्नो ख्याल राख्नमा ध्यान दिइनँ वा म दुर्घटनावश लडेँ भने, मलाई पक्षघात हुन सक्छ वा मेरो मृत्युसमेत हुन सक्छ। मलाई आफूले आफ्नो कर्तव्यमा अति धेरै मानसिक परिश्रम लगाएँ भने, यसले मेरो अवस्था बिगार्नेछ र गम्भीर परिणामहरू निम्त्याउनेछ भन्ने डर थियो, त्यसैले म निरन्तर हैरानी र चिन्ताका नकारात्मक संवेगहरूमा जिइरहेको थिएँ। यसले मेरो शरीर र दिमागलाई धेरै दबाब र पीडा दियो, र मेरो कर्तव्यलाई असर गर्यो। यो सबै ममा परमेश्वरको सार्वभौमिकताबारे कुनै ज्ञान नभएको कारणले भएको थिएन र? सत्य कुरा के हो भने, मेरो अवस्था गम्भीर होस् वा सामान्य, वा मेरो मृत्यु कहिले होला—ती कुनै पनि कुरा चिन्ता गरेर वा हैरान भएर बदल्न सकिँदैन। यो सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत पर्छ। उदाहरणका लागि, मलाई उच्च रक्तचाप भएपछि, एक हप्तामा म दुई पटक साइकलबाट लडेँ, र म साँच्चै नराम्ररी लडेको थिएँ। त्यतिबेला, मैले सोचेँ, “अब सकियो, मलाई सायद पक्षघात हुनेछ।” तर मेरो शरीरमा केही सामान्य कोतर-कातर मात्र भएको पाइयो; त्यो मैले कल्पना गरेजस्तो गम्भीर थिएन। के त्यो परमेश्वरको सुरक्षा थिएन र? मैले आफ्नो गलत दृष्टिकोण बदल्नुपर्थ्यो र सही तरिकाले आफ्नो रोगको सामना गर्नुपर्थ्यो। आवश्यक पर्दा मैले उपचार गराउनुपर्छ, तर म निको हुन्छु कि हुँदिनँ वा म बाँच्छु कि मर्छु भन्ने कुरामा, मैले परमेश्वरसँग मागहरू राख्न मिल्दैन, र मैले निश्चय नै उहाँलाई गलत बुझ्नु हुँदैन वा उहाँबारे गुनासो गर्नु हुँदैन। म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ, र बिमारीको बीचमा, सत्यता अझ बढी खोज्नुपर्छ अनि आत्मचिन्तन गरेर आफैँलाई चिन्नुपर्छ। वास्तविक उपलब्धि हासिल गर्ने एक मात्र तरिका त्यही हो।
त्यसपछि, म किन नकारात्मक संवेगहरूमा जिउँछु भन्ने कुराको मूल कारणमाथि मैले निरन्तर चिन्तन गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्नो भविष्य, आफ्ना आशिष्हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू सबैभन्दा बढी विश्वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्वरले अपेक्षा गर्नुहुने निष्कपटता, साँचो विश्वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्वास, वा निष्कपटता देख्न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र चाहनाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भन्नुभएका सबै आशिष् र फाइदा प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही निष्कपटता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्न सकिन्छ। तर यसमा कुनै साँचो विश्वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई निष्कपटता भन्न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रति तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने, ख्रीष्टविरोधीहरू आशिष् पाउनका लागि मात्र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। आशिष् पाउनका लागि, ख्रीष्टविरोधीले सबै कुरा त्याग्न, आफूलाई समर्पित गर्न र मूल्य चुकाउन सक्छ, तर आशिष् पाउन सकिन्न भनेर महसुस गर्नेबित्तिकै, ऊ परमेश्वरलाई धोका दिन सक्षम हुन्छ। आत्मचिन्तन गर्दा, मैले के महसुस गरेँ भने, परमेश्वरमा विश्वास गर्नुका मेरा आफ्नै अभिप्राय र लक्ष्यहरू ठ्याक्कै उस्तै थिए: आशिष् पाउनु र स्वर्गको राज्यमा प्रवेश गर्नु। यतिका वर्षहरूको विश्वासमा, म सीसीपीको सतावट वा संसारको उपहास र निन्दाद्वारा बाँधिएको छैनँ, र म परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्नमा लागिरहेको छु। मैले आफूले चुकाएको मूल्य र आफ्नो समर्पणले आफूलाई परमेश्वरको अनुग्रह र आशिष्हरू दिलाउनेछ, र स्वर्गको राज्यमा मेरो प्रवेश सुनिश्चित गर्नेछ भन्ने सोचेर यी सबै कुरा गरेँ। जब मलाई उच्च रक्तचाप र मस्तिष्काघात भयो, मलाई आफ्नो रक्तचाप बढेमा, नमरे पनि आफूलाई अन्ततः पक्षघात हुने, र आफ्नो कर्तव्य निर्वाह गर्न नसकेमा, स्वर्गको राज्यमा प्रवेश गर्ने आशिष् गुमाइने चिन्ता थियो। त्यसैले म सधैँ दिक्दारीको स्थितिमा हुन्थेँ। जब मैले आफ्नो कर्तव्यले राम्रो नतिजा दिइरहेको छैन भन्ने देखेँ, म त्यसबारे चिन्तित थिइनँ; बरु, मलाई अत्यधिक मानसिक परिश्रमले मेरो अवस्था बिगार्ने र मैले आशिष् पाउने मौका गुमाउने चिन्ता थियो। मैले आफूले सोचेका र गरेका सबै कुरा आफ्नै दैहिक फाइदाका लागि रहेछन् भन्ने देखेँ। मैले आशिष् प्राप्त गर्नकै लागि विश्वास गरेँ, त्याग गरेँ र सबै समर्पण गरेँ। म “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने त्यो शैतानी बाँच्ने नियमअनुसार जिइरहेको थिएँ। आशिष् पाउनका लागि, म अरू कुनै कुराको वास्ता नगरी त्याग्न र समर्पित हुन सक्थेँ, तर यदि त्यसमा मेरो लागि कुनै आशिष् हुन्थेन भने, म बस नकारात्मक बन्थेँ र अल्छी गर्थेँ। के म ख्रीष्टविरोधीको स्वभाव प्रकट गरिरहेको थिइनँ र? आखिरी दिनहरूमा, परमेश्वर मानवजातिलाई मुक्ति दिने काम गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्वरको अभिप्राय मैले आशिष् पाउनका लागि मात्र उहाँलाई पछ्याउनु र आफ्नो कर्तव्य निर्वाह गर्नु होइन। उहाँ मैले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न, आस्थासम्बन्धी आफ्ना गलत दृष्टिकोणहरू बदल्न, शैतानका कुराहरू फाल्न, र परमेश्वरका अभिप्रायहरूसँग मिल्ने व्यक्ति बन्न सत्यता पछ्याउनेछु भन्ने आशा गर्नुहुन्छ। तब मात्र मैले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छु। यसको विपरीत, म सधैँ स्वार्थी, आफ्नै स्वार्थ पूरा गर्ने शैतानी स्वभावमा जिउँदै आएको थिएँ, र सधैँ आशिष् मात्र पछ्याइरहेको थिएँ। के म पावलकै मार्गमा हिँडिरहेको मात्र थिइनँ र? पावलले परमेश्वरमा विश्वास गरे तर सत्यता र जीवन पछ्याएनन्। उनले परमेश्वरका लागि गरेका आफ्ना सबै काम र श्रमलाई मुकुट र आशिष्हरू पाउनका लागि मोलतोल गर्ने माध्यमका रूपमा लिए, र परमेश्वरसँग सौदा गर्ने कोसिस गरे। वर्षौंको विश्वासपछि पनि, उनका शैतानी भ्रष्ट स्वभावहरू रत्तिभर परिवर्तन भएका थिएनन्। उनले निर्लज्ज भएर परमेश्वरविरुद्ध नाराबाजी गरे, मुकुट माग गरे, र त्यसो गरेर, उनले परमेश्वरको स्वभावलाई चिढ्याए र दण्डित भए। यदि म परमेश्वरमा विश्वास गर्छु तर सत्यता र जीवन पछ्याउँदिनँ, र सधैँ आशिष्हरू पछ्याइरहन्छु अनि परमेश्वरसँग मोलतोल गर्न खोज्छु भने, मैले पश्चात्ताप नगरेमा म पनि दण्डित हुनेछु। यही मार्गमा निरन्तर लागिरहनुका परिणामहरू महसुस गर्दै, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई यो रोगको पछाडि तपाईँका असल अभिप्रायहरू छन् भन्ने थाहा छ। यो मलाई प्रकट गर्न र मुक्ति दिनका लागि हो। यो ममाथि आएको तपाईँको प्रेम हो, जसले मलाई यतिञ्जेल, म केवल आशिष्हरू पछ्याउँदै र गलत मार्गमा हिँड्दै आइरहेको छु भनी स्पष्टसँग देख्न दिएको छ। हे परमेश्वर, म पश्चात्ताप गर्न इच्छुक छु। अबदेखि, म सत्यता पछ्याउनमा केन्द्रित हुनेछु।” प्रार्थना गरेपछि, मेरो हृदयले अझ धेरै शान्ति र सहजता महसुस गर्यो।
पछि, मैले आफूले लिएको अर्को गलत दृष्टिकोणमाथि चिन्तन गरेँ: यदि मेरो रोग गम्भीर भयो र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, मैले मुक्ति पाउन सक्नेछैन भन्ने विचार। यसलाई समाधान गर्न मैले निरन्तर सत्यता खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “मुक्ति प्राप्त गर्नुको मुख्य अर्थ पापबाट र शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्वरतर्फ फर्कनु र परमेश्वरमा समर्पित हुनु हो। पापबाट र शैतानको प्रभावबाट मुक्त हुन मानिसहरूसँग के हुनैपर्छ? सत्यता। सत्यता प्राप्त गर्नका लागि, मानिसहरूले आफूलाई परमेश्वरका धेरै वचनद्वारा सुसज्जित गर्नैपर्छ, र तिनीहरूले परमेश्वरका वचनहरू अनुभव गर्न र तिनलाई अभ्यासमा लागू गर्न सक्षम हुनैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्—त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउनेछन्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरासँग उसले कति लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छ, उसको ज्ञान कति उन्नत छ, ऊसँग वरदान र सामर्थ्यहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्ने कुराको कुनै सम्बन्ध छैन। मुक्ति प्राप्त गर्नुसँग प्रत्यक्ष सम्बन्ध भएको एउटै मात्र कुरा भनेको कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ कि गर्दैन भन्ने हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरले मुक्ति पाउने मानक सिसाझैँ छर्लङ्ग पार्नुभएको छ। उहाँ मुख्यतया मानिसहरूले उहाँका वचनहरूको वास्तविकता जिउन सक्छन् कि सक्दैनन्; तिनीहरू सबै कुरामा शैतानी दर्शनशास्त्रहरूअनुसार जिउन छोडेर त्यसको सट्टा उहाँका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार मानिस र कामकुरालाई हेर्छन् कि हेर्दैनन्, अनि आफूलाई आचरणमा ढाल्छन् कि ढाल्दैनन् र कार्य गर्छन् कि गर्दैनन्; तिनीहरूमा उहाँप्रतिको डर, समर्पणता, बफादारी र प्रेम छ कि छैन; र तिनीहरू साँचो मानव रूपमा जिउँछन् कि जिउँदैनन् भन्ने कुरा हेर्नुहुन्छ। यी सत्यता वास्तविकताहरू भएकाहरूलाई मात्र परमेश्वरद्वारा मुक्ति दिइनेछ। तर मेरो कुरा गर्ने हो भने, वर्षौँको विश्वासपछि पनि, मैले अहङ्कार, अभिमान, स्वार्थीपन वा नीचताजस्ता मेरा कुनै पनि भ्रष्ट स्वभावहरू फालेको थिइनँ। म अलिकति दुःख भोग्न र आफ्नो कर्तव्य निर्वाह गर्दा थोरै मूल्य चुकाउन सक्षम भए पनि, वास्तवमा म आशिष् पाउने मेरो चाहना लिएर परमेश्वरसँग मोलतोल गर्न खोजिरहेको थिएँ। मेरो सम्पूर्ण सत्त्व अझै पनि शैतानको अन्धकारमय प्रभावमुनि जिइरहेको थियो, र म मुक्ति पाउनुभन्दा निकै टाढा थिएँ। यदि मैले यी भ्रष्ट स्वभावहरू समाधान गरिनँ भने, यदि आशिष् पाउने त्यो चाहना अझै पनि मेरो हृदयमा छ भने, म कर्तव्य निर्वाह गरिरहेको भए पनि, अन्त्यमा मैले अझै पनि मुक्ति पाउनेछैनँ। म सत्यता पछ्याउनमा केन्द्रित हुनुपर्छ। मुक्ति पाउने मौका हासिल गर्ने एक मात्र तरिका त्यही हो।
साथै, यदि म गम्भीर रूपमा बिरामी परेँ र मरेँ भने, मैले मुक्ति पाउन सक्नेछैन भन्ने मेरो निरन्तरको चिन्ता पनि—सत्यता नबुझेको कारणले आएको थियो। त्यसैले मैले पढ्नका लागि परमेश्वरका सान्दर्भिक वचनहरू खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँबाट तेरो जीवन खोसिनै लागेको क्षणमा, तँ ढुक्क हुन्छस्, इच्छुक हुन्छस्, र गुनासो नगरी समर्पित हुन्छस्, तँलाई आफूले आफ्ना जिम्मेवारी, दायित्व र कर्तव्यहरू अन्त्यसम्मै पूरा गरेको छु भन्ने लाग्छ, र तेरो हृदय खुसी र शान्त छ—यदि तँ यसरी जान्छस् भने—परमेश्वरका नजरमा, तँ बिलकुलै गएको हुँदैनस्। बरु, तँ अर्को क्षेत्रमा र अर्को स्वरूपमा जिइरहेको हुन्छस्। केवल तेरो जिउने शैली बदलिएको हुन्छ—तँ साँच्चै मरेको हुँदैनस्। मानिसहरूलाई यस्तो लाग्छ, ‘यो व्यक्ति यस्तो कलिलो उमेरमै मऱ्यो, कति दुःखलाग्दो!’ तर परमेश्वरका नजरमा, तँ मरेको वा दुःख भोग्न गएको हुँदैनस्; बरु, तँ आशिषहरूको आनन्द उठाउन र परमेश्वरको अझ नजिक आएको हुन्छस्। यस्तो किन हुन्छ भने, तँ सृजित प्राणीको नाताले, परमेश्वरका नजरमा मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्ने भइसकेको छस्, अब तैँले आफ्नो कर्तव्य पूरा गरेको छस्, र परमेश्वरका लागि तैँले उप्रान्त सृजित प्राणीको दर्जामा रहेर यो कर्तव्य निर्वाह गर्नु आवश्यक हुँदैन। परमेश्वरका नजरमा, तँ ‘गएको’ लाई ‘गएको’ भनिँदैन, तँलाई ‘लगिएको,’ ‘ल्याइएको’ वा ‘डोऱ्याइएको’ हो, र यो राम्रो कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, कतिपय मानिसहरूले जिउँदो छँदा जस्तोसुकै कुराको सामना गर्नुपरे पनि—चाहे त्यो सतावट, सङ्कष्ट, रोगको सास्ती, वा आर्थिक कठिनाइ नै किन नहोस्—तिनीहरू परमेश्वरबारे गुनासो नगरी वा उहाँलाई धोका नदिई आफ्नो कर्तव्यमा डटिरहन सक्छन्। त्यस्ता मानिसहरूले साँचो गवाही दिएका हुन्छन्। तिनीहरूको देह मरे पनि, वास्तवमा तिनीहरूलाई परमेश्वरले अर्को स्थानमा जिउनका लागि लैजानुहुन्छ। म सधैँ मर्नु भनेको मुक्ति पाउने मेरो मौका गुमाउनु हो भनेर चिन्तित हुन्थेँ, तर वास्तविकता के हो भने, व्यक्तिको मृत्युपछिको परिणाम ऊ जिउँदो छँदा परमेश्वर र सत्यताप्रतिको उसको मनोवृत्तिले निर्धारण गर्छ। मैले अय्यूबबारे सोचेँ। उनी परमेश्वर स्वर्ग र पृथ्वी अनि यावत् थोकका सार्वभौम हुनुहुन्छ भन्ने विश्वास गर्थे। आफ्नो सम्पूर्ण जीवनभरि, उनले परमेश्वरलाई पछ्याए र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँडे। जब उनले मृत्युको सामना गरे, उनमा कुनै चिन्ता वा डर थिएन, किनभने उनले परमेश्वर व्यक्तिको जीवन र मृत्युमाथि सार्वभौम हुनुहुन्छ र तिनको बन्दोबस्त गर्नुहुन्छ भनेर विश्वास गरेका थिए। त्यसकारण, उनले शान्त भएर यसको सामना गर्न सके। अय्यूब परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस थिए। शैतानका परीक्षाहरूको दौरान उनी आफ्नो गवाहीमा दृढ रहे, र उनको मृत्यु भए पनि, उनलाई परमेश्वरले मुक्ति दिनुभयो। मैले सत्यता नबुझेको, र जीवन, मृत्यु र मुक्तिका विषयहरू बुझ्न नसकेको कारणले, म मर्नु भनेको मुक्ति पाउन नसक्नु हो भनी सधैँ चिन्तित हुन्थेँ। म कति मूर्ख थिएँ! वास्तवमा, यदि म जिउँदो छु भने पनि, यदि म सत्यता पछ्याइरहेको छैनँ, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँडिरहेको छैनँ, र परमेश्वरमाथिको आफ्नो आस्थामा म मुकुट र आशिष्हरू पाउनका लागि मात्र त्याग्छु र समर्पित हुन्छु भने, परमेश्वरको नजरमा, म जिउँदो हुनु वा मृत हुनुमा कुनै फरक छैन। यसको मुक्तिसँग कुनै सम्बन्ध छैन। किनभने त्यस्तो समर्पण देहको फाइदाका लागि हुन्छ; यो स्वार्थी हुन्छ, र यसले सृजित प्राणीको कर्तव्य र जिम्मेवारी पूरा गरिरहेको हुँदैन। अहिले, परमेश्वरले मलाई अझै बाँच्ने मौका दिइरहनुभएको छ। म अब जीवन, मृत्यु वा आशिष्हरूका चिन्ताहरूमा डुबेर बस्न मिल्दैन। जिउँदो छँदा, मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनैपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नैपर्छ। मैले चिन्ता लिनुपर्ने र सबैभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने कुरा यही हो। सत्यता प्राप्त गरेर र सत्यता वास्तविकता जिएर मात्र मेरो हृदयमा आनन्द र शान्ति हुनेछ; तब मात्र मलाई मृत्युको डर लाग्नेछैन।
आजभोलि, लामो समयसम्म कर्तव्य निर्वाह गर्दा मलाई अझै टाउको दुख्छ र रिँगटा लाग्छ, तर म अब पहिलेजस्तो रोगको बीचमा जिउँदिनँ। यदि मेरो टाउको दुख्यो भने, म छोटो विश्राम लिन्छु। आफ्नो दैनिक जीवनमा, म अझ बढी व्यायाम गर्ने कोसिस पनि गर्छु, र मेरो शरीरलाई के हुनेछ अनि म बाँच्छु कि मर्छु भन्ने कुराबारे म अब चिन्तित वा बेचैन हुँदिनँ। जिउने हरेक दिन, म आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नेछु। परमेश्वरलाई धन्यवाद!