९९. सतावट र सङ्कष्टको बीचमा कर्तव्यलाई थामिराख्नु
२०२३ को अप्रिलमा, माथिल्ला अगुवाहरूले मलाई सिङयुआन मण्डलीका एक जना अगुवा पक्राउ परेको, र अन्य दुई जना अगुवालाई पनि प्रहरीले उनीहरूकै घरमा सोधपुछ गरेको, अनि सुरक्षा जोखिमका कारण उनीहरूले मण्डलीमा आफ्नो काम जारी राख्न नसक्ने कुरा बताउनुभयो। त्यसैले माथिल्ला अगुवाहरूले मलाई त्यहाँ गएर घटनापछिको काम सम्हाल्न र ब्रदर-सिस्टरहरूलाई साथसहयोग दिन भन्नुभयो। अगुवाहरूले यसो भनेको सुनेपछि, मैले साँच्चै यो जिम्मेवारीको बोझ महसुस गरेँ, र म केही हदसम्म चिन्तित पनि भएँ, अनि मनमनै सोचेँ, “यो वातावरण कति कठोर छ। उहाँहरूले मलाई किन जान बन्दोबस्त गर्नुभयो होला? यदि म पक्राउ परेँ भने के होला? पक्राउ परेका धेरै ब्रदर-सिस्टरहरूलाई चरम यातना दिइन्छ। कतिले त यातना सहन नसकेर परमेश्वरलाई धोका दिन्छन् अनि तिनीहरू यहुदा बन्छन् भने कतिलाई कुटेर मारिन्छ वा अपाङ्ग बनाइन्छ। ठूलो रातो अजिङ्गरले मानिसहरूलाई हानि पुऱ्याउन प्रयोग गर्ने तरिकाहरू कति क्रूर छन्। यदि म पक्राउ परेँ र यातना सहन नसकेर यहूदा बनेँ अनि परमेश्वरलाई धोका दिएँ भने, मैले मुक्ति पाउनेछैन। के मेरो विश्वास त्यसबेला व्यर्थ हुनेछैन र?” तर फेरि मैले सोचेँ, “मैले यति स्वार्थी भएर आफ्नो बारेमा मात्र सोच्नु हुँदैन। एक जना अगुवा पक्राउ परेका छन्, परमेश्वरका वचनका पुस्तकहरू खतरामा छन् र तिनलाई तुरुन्तै सार्नुपर्नेछ, र ब्रदर-सिस्टरहरू नकारात्मक र कमजोर छन् अनि उनीहरूलाई साथसहयोग चाहिएको छ। मैले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नुपर्छ र यो कर्तव्य स्वीकार गर्नुपर्छ।” त्यसैले मैले हुन्छ भनेँ।
सिङयुआन मण्डलीमा पुगेपछि, अधिकांश ब्रदर-सिस्टरहरूका घरमा यहूदा झाङ फेन गएकीले, ती सबै सुरक्षा जोखिममा छन् भन्ने थाहा पाएँ। त्यतिबेला, सिस्टर झाङ युको घर मात्रै तुलनात्मक रूपमा सुरक्षित थियो र त्यसलाई कामबारे छलफल गर्नका लागि अस्थायी रूपमा प्रयोग गर्न सकिन्थ्यो। तर झाङ युलाई भेटेपछि, केही वर्ष पहिले प्रहरीले उनको घरबाट केही सिस्टरहरूलाई पक्राउ गरेको, र यहुदा झाङ फेन पक्राउ पर्नुअघि उनी पनि झाङ युको घरमा गएकी थिइन् भन्ने थाहा पाएँ। उनको कुरा सुनेर मेरो मुटु ढक्क फुल्यो, “के प्रहरीले गोप्य रूपमा निगरानी गरिरहेको र नजर लगाइरहेको छ होला? तिनीहरूले मलाई पक्राउ गरे भने के होला? यदि मैले यातना सहन नसकेर म यहुदा बनेँ भने, के मेरा लागि सबै कुरा समाप्त हुनेछैन र? म बस्ने कि तुरुन्तै जाने? यदि म बसेँ भने, म पक्राउ पर्ने जोखिममा हुन सक्छु, तर यदि म गएँ भने, घटनापछिको काम सम्हाल्नेबारे छलफल गर्ने कुनै उपाय हुनेछैन।” मैले मनमनै प्रार्थना गरेँ, र कसरी अभ्यास गर्ने भनी मार्गदर्शन दिन परमेश्वरसँग बिन्ती गरेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “के मानवता नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सजिलो छ? यो उसको लागि कठिन हुन्छ। आफूले कष्टपूर्ण समय सामना गर्नुपर्दा वा केही मूल्य चुकाउनुपर्दा, उसले सोच्छ, ‘तिमीहरू सुरुमा यो सबै कष्ट भोग्ने र मूल्य चुकाउने काममा अघि बढ, अनि परिणामहरू लगभग हासिल भइसकेपछि, म आइपुग्नेछु।’ यो कस्तो प्रकारको मानवता हो? यस्तो बानीबेहोरालाई समग्रमा ‘मानवता नभएको’ भनेर भनिन्छ। … खतरा सामना गर्दा, केही मानिसहरू लुक्नेबारे मात्र ख्याल गर्छन्। केहीले अरूलाई जोगाउँछन् र आफ्नो वास्ता गर्दैनन्। जब आफूलाई केही आइपर्छ, केही मानिसहरूले सहन्छन्, र केहीचाहिँ लड्छन्। यी मानवत्वमा हुने भिन्नताहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने असल चरित्र भएका मानिसहरूले खतराको सामना गर्दा पहिले अरूलाई सुरक्षा दिन्छन्, र उनीहरू परमेश्वरको घरको हितको रक्षा गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्नका लागि आफूलाई खतरामा पार्न तयार हुन्छन्। मानवता नभएकाहरू स्वार्थी र घृणास्पद हुन्छन्, जब खतरा आउँछ, तब तिनीहरू आफ्नो सुरक्षालाई प्राथमिकता दिन्छन् र लुक्न हतारिन्छन्, अनि मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको सुरक्षाको कुनै वास्ता गर्दैनन्। परमेश्वरका वचनहरूको प्रकाशमा, मैले आफूलाई धेरै स्वार्थी र मेरो चरित्र एकदमै खराब भएको देखेँ। जब मैले खतराको सामना गरेँ, तब मैले पहिले आफ्नैबारे विचार गरेँ, पक्राउ पर्ने डरले म तुरुन्तै भाग्न चाहेँ, र मैले मण्डलीको काम वा आफ्नै कर्तव्यको कुनै वास्ता गरिनँ। झाङ युको घरमा केही सुरक्षा जोखिम भए तापनि, अरू घरहरूको तुलनामा, यो हाल मण्डलीको तुलनात्मक रूपमा सुरक्षित घर थियो। मैले त्यहाँ केही समय बसेर ब्रदर-सिस्टरहरूलाई भेटेर कामबारे छलफल गर्न सक्थेँ, र अझ उपयुक्त ठाउँ भेटिएपछि म अर्को ठाउँमा सर्न सक्थेँ। यदि मैले साँच्चै विशेष परिस्थितिहरूको सामना गर्नुपर्यो भने, मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र विश्वास र बुद्धिका साथ परिस्थितिहरूलाई सम्हाल्नुपर्थ्यो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँसँग मलाई विश्वास र कष्ट सहने सङ्कल्प दिनुहोस् भनी बिन्ती गरेँ।
भोलिपल्ट, मैले दुई जना ब्रदरलाई कामबारे छलफल गर्न झाङ युको घरमा आउने बन्दोबस्त गरेँ। जब झाङ युकै गाउँका लि बिनले मलाई देखे, तब उनले मलाई भने, “मेरो गाउँमा झाङ युको घर नजिकै दुई जना दुष्ट मानिसहरू छन्। तिनीहरूले गाउँमा अपरिचित मानिसहरू पसेको देखे र तिनीहरू विश्वासी हुन् भन्ने थाहा पाए भने प्रहरीलाई बोलाइहाल्छन्। पहिले तीमध्ये एक जना दुष्ट मानिसले उनीहरूको बारेमा उजुरी गरिदिएको हुनाले मेरो गाउँमा केही ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए।” लि बिनका कुरा सुनेर मलाई अलिकति डर लाग्यो, अनि सोचेँ, “म आइपुग्दा, ती दुष्ट मानिसहरूले मलाई देखे कि देखेनन्, मलाई थाहा छैन। यदि तिनीहरूले मेरो बारेमा उजुरी गरे भने, म पक्कै पक्राउ पर्नेछु!” त्यतिबेला, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ र पढ्नका लागि खोजेँ। परमेश्वर भन्नुहुन्छ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनहरूले मलाई विश्वास र सामर्थ्य दिए। परमेश्वर हरेक कुरामाथि सार्वभौम हुनुहुन्छ र उहाँले यावत् थोकलाई नियन्त्रण गर्नुहुन्छ। यावत् थोक र घटनाहरू परमेश्वरकै हातमा हुन्छन्। चिनियाँ कम्युनिस्ट पार्टी र दुष्ट मानिसहरू, जतिसुकै उन्मत्त भए पनि, तिनीहरू सबै परमेश्वरकै हातमा छन्। परमेश्वरको नजरमा, तिनीहरू त पृथ्वीका औँसाहरूभन्दा पनि तुच्छ छन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्नका लागि सेवा प्रदान गर्ने औजार मात्र हुन्। ठूलो रातो अजिङ्गरले परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्रन ठूलो मिहिनेत गर्छ, तर परमेश्वरको अनुमतिविना, यसले हामीलाई केही पनि गर्न सक्दैन। जस्तै, चिनियाँ कम्युनिस्ट पार्टीले केही ब्रदर-सिस्टरहरूलाई खोज्छ र उनीहरूको टाउकाको मोल तोक्छ, पार्टीले खोजी, ट्र्याकिङ र निगरानीमा यति धेरै मानव र भौतिक स्रोत खर्च गर्छ, र निगरानीका लागि सबै प्रकारका उच्च-प्रविधिका उपकरणहरू प्रयोग गर्छ, तर परमेश्वरको अनुमतिविना, तिनीहरूले अझै पनि उनीहरूलाई पक्रन सक्दैनन्। त्यस दिन, दुष्ट मानिसहरूले मेरो बारेमा उजुरी गर्न सक्छन् भन्ने सुन्दा, मलाई कायरता र डर महसुस भयो। मैले के देखेँ भने मैले म परमेश्वरमा विश्वास गर्छु भने तापनि, जब वास्तविक कुरा आउँथ्यो, तब मेरो हृदयमा परमेश्वर हुनुहुन्न जस्तो लाग्थ्यो। परमेश्वरमाथिको मेरो विश्वास कति सानो रहेछ। वातावरण कठिन भए तापनि, म पक्राउ पर्ने वा नपर्ने कुरा परमेश्वरकै हातमा थियो। यो कुरा परमेश्वरमा निर्भर थियो। यो कुरा मनमा राखेपछि, मलाई पहिले जस्तो डर लागेन। मैले ती दुई ब्रदरहरू डर र कायरतामा बाँचिरहेका देखेँ, त्यसैले मैले उनीहरूसँग परमेश्वरको अख्तियार र सार्वभौमिकताको बारेमा सङ्गति गरेँ। सुनेपछि, उनीहरूले विश्वास प्राप्त गरे र उनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न इच्छुक भए।
पछि, मैले सोचेँ, “म पक्राउ पर्छु र कुटेर मारिन्छु भन्ने कुरामा किन यति धेरै डराएको थिएँ? म सत्यताको कुन पक्षमा प्रवेश गर्नुपर्छ?” मैले परमेश्वरका वचनमा यस्तो भनिएको कुरा पढेँ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्वरमा विश्वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो उद्देश्य तिमीहरूलाई पनि परमेश्वरलाई गवाही दिन र उहाँको सुसमाचार प्रसार गर्न त्यही विधि प्रयोग गराउनु हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले बुझ्नैपर्छ कि यो तेरो जिम्मेवारी हो, र यदि परमेश्वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यो गर्न आफू कर्तव्यबद्ध भएका रूपमा त्यसलाई स्वीकार गर्नुपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्वर तैँले यस्तो गर् भन्ने चाहनुहुन्न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्वर तैँले यो गर् भन्ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्वरबाट आए, र परमेश्वरकहाँ नै फर्कन्छन्—सृजित प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने प्रभु येशूलाई पछ्याउने चेलाहरूले प्रभुको सुसमाचार प्रसार गरेको कारण शासकहरू र धर्मको संसारबाट सतावटको कष्ट भोगे, र तिनीहरू अनेक प्रकारले मरे। तर तिनीहरूले परमेश्वरका लागि सुन्दर गवाही दिन र शैतानलाई अपमानित गर्न आफ्नो ज्यानको मूल्य चुकाए। तिनीहरूका शरीर मरे तापनि, तिनीहरूका आत्माहरू परमेश्वरका हातमा थिए, र तिनीहरूको मृत्युलाई परमेश्वरले स्मरण गर्नुभयो। हामी, जो आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउँछौँ, हामीले राज्यको सुसमाचार प्रसार गरेको कारण चिनियाँ शासक दलको क्रूर सतावटको कष्ट भोग्छौँ। धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउ परेपछि यातना दिइएको छ, तर मृत्युको मुखमा पुग्दा पनि, तिनीहरूले परमेश्वरको नामलाई इन्कार गरेनन् वा उहाँलाई धोका दिएनन्। कोहीलाई सताएर मारियो तर तिनीहरू अझै पनि यहुदा बनेनन्। तिनीहरूले परमेश्वरको गवाही दिन आफ्नो जीवन दिए, जुन बहुमूल्य र अर्थपूर्ण कुरा थियो। तर म नि? यो खतरनाक वातावरण देखेर, म पक्राउ पर्नदेखि र कुटेर मारिनदेखि डराएँ, त्यसैले मैले आफ्नो कर्तव्य त्याग्न चाहेँ। म साँच्चै मृत्युदेखि डराउँथेँ! यदि मैले आफूलाई बचाउन र नीच अस्तित्वलाई लम्ब्याउन मात्र खोजेँ भने, मैले आफूलाई पूर्ण रूपमा सुरक्षित राखे पनि, म केवल एउटा जिउँदो लास हुनेथिएँ। यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनँ र परमेश्वरको अगाडि कुनै असल कार्यहरू गरिनँ वा गवाही दिइनँ भने, म देहमा जीवित भए तापनि, मैले परमेश्वरको अनुमोदन पाउनेछैन, र जब म मर्छु, तब मलाई नरकमा दण्ड दिइनेछ। यो कुरा बुझेपछि, म मृत्युको डरबाट पहिलेजस्तो बाँधिइनँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र आफ्नो बारेमा थप बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्वरप्रति बफादार र परमेश्वरमा साँचो विश्वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? … परमेश्वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको घटना सम्हाल्ने खतरा मोल्छन्, अनि आफू पछि हट्नुअघि परमेश्वरको घरमा हुने घाटा कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्वरको आज्ञा हो, र परमेश्वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्नो कर्तव्य निभाउने खतरा मोल्नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्नो सुरक्षा सुनिश्चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ। परमेश्वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्टविरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्टविरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्म तिनीहरू ढुक्क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ। के मूलभूमि चीनको वातावरणमा कर्तव्य निभाउने क्रममा कुनै जोखिम लिनबाट जोगिनु र कुनै पनि खराब घटना नघट्ने कुरा सुनिश्चित गर्नु सम्भव हुन्छ त? सबैभन्दा सतर्क व्यक्तिले पनि त्यस्तो ग्यारेन्टी गर्न सक्दैन। तर होसियार हुनु जरुरी छ। अग्रिम रूपमा राम्ररी तयारी गर्दा परिस्थिति अलिक सुधार हुन्छ, र यसले कुनै कुरा गलत हुँदा घाटाहरू न्यूनीकरण गर्न सहयोग गर्न सक्छ। यदि कुनै तयारी गरिएन भने, घाटा निकै धेरै हुनेछ। के तिमीहरूले यी दुई परिस्थितिहरूबीच रहेको भिन्नता स्पष्ट रूपमा देख्न सक्छौ? त्यसकारण, चाहे भेलाहरूको सन्दर्भमा होस् वा कुनै प्रकारको कर्तव्यपालनको सन्दर्भमा होस्, सतर्क हुनु नै सबैभन्दा राम्रो हो, र केही निवारक उपायहरू अपनाउनु जरुरी हुन्छ। जब बफादार व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले अलिक विस्तृत रूपमा र राम्रोसँग सोच्न सक्छ। उसले यी कुराहरू जतिसक्दो राम्ररी बन्दोबस्त गर्न चाहन्छ, ताकि कुनै कुरा गलत भयो भने, घाटाहरू कम गर्न सकियोस्। उसले यो परिणाम हासिल गर्नैपर्छ भन्ने उसलाई लाग्छ। बफादारिता नभएको व्यक्तिले यी कुराहरू विचार गर्दैन। उसलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्ने लाग्छ, र उसले यी कुराहरूलाई आफ्नो जिम्मेवारी वा कर्तव्यको रूपमा लिँदैन। जब कुनै कुरा गलत हुन्छ, तब उसलाई कुनै ग्लानिबोध हुँदैन। यो बफादारीको कमी हुनुको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू परमेश्वरप्रति कुनै बफादारी देखाउँदैनन्। जब तिनीहरूलाई काम दिइन्छ, तिनीहरू खुशीसाथ यो काम स्वीकार गर्छन्, र केही राम्रा घोषणाहरू गर्छन्, तर खतरा आइपर्दा, तिनीहरू सबैभन्दा छिटो भाग्छन्; सबैभन्दा पहिले दौडने, सबैभन्दा पहिले भाग्ने तिनीहरू नै हुन्छन्। यसले तिनीहरूको स्वार्थीपन र घृणित अवस्था अत्यन्तै गम्भीर छ भन्ने देखाउँछ। तिनीहरूमा कुनै जिम्मेवारी वा बफादारीको भाव हुँदैन। समस्या सामना गर्दा, तिनीहरूलाई कसरी भाग्ने र कसरी लुक्ने भन्ने मात्रै थाहा हुन्छ, र तिनीहरू आफ्नो रक्षा गर्नेबारे मात्रै विचार गर्छन्, आफ्नो जिम्मेवारी वा कर्तव्यबारे कहिल्यै विचार गर्दैनन्। आफ्नो व्यक्तिगत सुरक्षाको लागि, ख्रीष्टविरोधीहरू निरन्तर आफ्नो स्वार्थी र घृणित प्रकृति प्रदर्शन गर्छन्। तिनीहरू परमेश्वरको घरको काम वा आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिँदैनन्। परमेश्वरको घरका हितहरूलाई त झन् तिनीहरू अझै कम मात्र प्राथमिकता दिन्छन्। बरु यसको साटो, तिनीहरूले आफ्नै सुरक्षालाई प्राथमिकता दिन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने ख्रीष्ट विरोधीहरू साँच्चै स्वार्थी र घृणास्पद हुन्छन्, र जब खतरा आउँछ, तब तिनीहरू सबैभन्दा पहिले भाग्छन्, मानौँ परमेश्वरको घरको काम, परमेश्वरको घरको हित, र ब्रदर-सिस्टरहरूको जीवनप्रति उनीहरूलाई कुनै मतलब नै छैन। परमेश्वरका वचनहरू मनन गर्दै, मैले आफ्नैबारे चिन्तन गरेँ। के मैले प्रकट गरेका कुराहरू ख्रीष्ट विरोधीका जस्तै थिएनन् र? जब अगुवा र कामदारहरू पक्राउ परे, तब मण्डलीले मलाई आएर परमेश्वरका वचनका पुस्तकहरू सार्न र ब्रदर-सिस्टरहरूलाई साथसहयोग दिन बन्दोबस्त गर्यो। यो महत्त्वपूर्ण कुरा थियो, तर म त यदि म पक्राउ परेँ, दृढ रहन सकिनँ, र यहुदा बनेँ भने, मेरो विश्वास व्यर्थ हुनेथियो भन्ने कुरामा चिन्तित भएँ। त्यसैले म यो कर्तव्य निर्वाह गर्न चाहन्नथेँ। मैले कसरी परमेश्वरका यति धेरै वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएको थिएँ भनेर सोचेँ, तैपनि कठिनाइहरूको सामना गर्दा, मैले आफ्नै हित र सुरक्षाको बारेमा मात्र विचार गरेँ, र परमेश्वरको घरको हितको पटक्कै सुरक्षा गरिनँ, अनि परमेश्वरका वचनका पुस्तकहरू कसरी छिटो सार्ने वा ब्रदर-सिस्टरहरूलाई कसरी साथसहयोग दिने भन्ने सोचिनँ। ममा साँच्चै विवेक र मानवताको कमी थियो! यो महसुस गरेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म सधैँ पक्राउ पर्ने बारेमा चिन्ता गर्छु, र म निरन्तर यो वातावरणबाट भाग्न र मण्डलीको हितलाई बेवास्ता गर्न चाहन्छु। म साँच्चै स्वार्थी रहेछु! हे परमेश्वर, म पक्राउ पर्नेछु कि पर्नेछैन भन्ने कुरा तपाईँको हातमा छ। यदि तपाईँले मलाई पक्राउ पर्न दिनुभयो भने, म उम्कन सक्नेछैन, तर यदि तपाईँले मलाई पक्राउ पर्न दिनुभएन भने, प्रहरीले मलाई पक्रन सक्दैन। म तपाईँको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु। कृपया मलाई विश्वास र कष्ट सहने सङ्कल्प दिनुहोस्।” त्यसपछि, मैले हे फाङको घरमा यहुदा झाङ फेन गएकी छैन भन्ने थाहा पाएँ, त्यसैले मैले केही ब्रदर-सिस्टरहरूलाई त्यहाँ भेला हुन भनेँ। परमेश्वरका वचनहरू पढेर अनि सँगै सङ्गति गरेर, ब्रदर-सिस्टरहरूले सतावट र सङ्कष्टमाझ परमेश्वरमा भर परेर कसरी अनुभव गर्ने भन्ने कुरा बुझे। सबैले केही विश्वास प्राप्त गरे र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न इच्छुक भए। परमेश्वरका वचनका पुस्तकहरू पनि सुरक्षित रूपमा सारियो।
२०२३ को नोभेम्बरमा एक दिउँसो, मैले माथिल्ला अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ, जसमा मेरो गृहनगरको मण्डलीका अगुवाहरू र केही सिस्टरहरूसँग सम्पर्क टुटेको, र यो सम्भवतः उनीहरू पक्राउ परेका कारण भएको हुन सक्छ, त्यसैले उनीहरूले मलाई गएर स्थितिको बारेमा बुझ्न, र यदि केही भइहाल्यो भने, घटनापछिको काम सम्हाल्न, र भेटीहरू तथा परमेश्वरका वचनका पुस्तकहरू सार्न भनेर भनिएको थियो। मलाई द्विविधा भयो, अनि सोचेँ, “त्यो मण्डलीको वातावरण कति भयावह छ, र सम्पर्क टुटेका ब्रदर-सिस्टरहरू सबैले मलाई चिन्छन्। यदि उनीहरू पक्राउ परेका छन् भने, के म पनि मुछिन सक्छु? घटनापछिको काम सम्हाल्न जानु मेरा लागि कति खतरनाक हुनेछ!” म जान हिचकिचाइरहेको थिएँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कत्ति मण्डलीहरू शत्रुवत् वातावरणमा हुन्छन् जहाँ मानिसहरू प्रायः पक्राउ परिरहेका हुन्छन्, र यसकारण, भेटीहरू सुरक्षित गरिने घरहरूको ठेगाना कसैले भनिदिने, र ठूलो रातो अजिङ्गरद्वारा छापा मारिने र खानतलास गरिने ठूलो सम्भावना हुन्छ—भेटीहरू कुनै पनि समय दुष्ट पिशाचहरूद्वारा लुटिन सक्छन्। के त्यस्ता ठाउँहरू भेटीहरू राख्नका लागि उपयुक्त हुन्छन्? (हुँदैनन्।) त्यसोभए, यदि ती पहिले नै त्यहाँ राखिएका भए, के गरिनुपर्छ? तिनलाई तुरुन्तै अन्यत्र सारिनुपर्छ। … जब भर्खरै कुनै एउटा परिस्थिति उत्पन्न भएको हुन्छ र जब तिनीहरूले भेटीहरू खतरामा परेको पूर्वानुमान गर्छन्, तब तिनीहरूले ती भेटीहरू तत्कालै अन्यत्र सार्नुपर्छ, ताकि तिनलाई ठूलो रातो अजिङ्गर पिशाच, अर्थात् दुष्ट दियाबलसद्वारा कब्जा गरिन र हसुरिनबाट जोगाउन सकियोस्। यही नै भेटीहरूको सुरक्षा सुनिश्चित गर्ने, र कुनै पनि जोखिम वा भुलचुक हुनबाट जोगाउने एकमात्र तरिका हो। यही नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो। अलिकति खतराको सङ्केत देखिनेबित्तिकै, कोही पक्राउ पर्नेबित्तिकै, र कुनै परिस्थिति सिर्जना हुनेबित्तिकै, अगुवा र कामदारहरूले सुरुमा भेटीहरू सुरक्षित छन् कि छैनन्, ती दुष्ट मानिसहरूको हातमा पर्न, वा तिनीहरूको कब्जामा पर्न, वा दुष्ट पिशाचहरूद्वारा खोसिन सक्छन् कि सक्दैनन्, र भेटीहरूमा कुनै क्षति पुगेको छ कि छैन भनी सोच्नुपर्छ। तिनीहरूले तुरुन्तै भेटीहरूको सुरक्षा गर्ने उपायहरू अपनाउनुपर्छ। यही नै अगुवा र कामदारहरूको जिम्मेवारी हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१२))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने भेटीहरू र परमेश्वरका वचनका पुस्तकहरूलाई सुरक्षा दिनु अगुवा र कामदारहरूको जिम्मेवारी हो। मेरो गृहनगरमा चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीमाथि कारबाही गरिरहेकोले र घटनापछिको काम सम्हाल्ने कोही नभएकोले, र म त्यो मण्डलीसँग तुलनात्मक रूपमा परिचित भएकोले, मैले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो र मण्डलीको कामलाई सुरक्षा दिनुपर्थ्यो। यदि म पक्राउ पर्ने डरले घटनापछिको काम सम्हाल्नबाट पछि हटेँ भने, र यदि भेटीहरू र पुस्तकहरू ठूलो रातो अजिङ्गरले खोसेर लग्यो भने, मैले दुष्टता गरिरहेको हुनेथिएँ। यो महसुस गरेपछि, म त्यही साँझ मेरो गृहनगरको मण्डलीमा फर्केँ।
फर्केपछि, मैले के थाहा पाएँ भने मण्डलीका अगुवाहरू साँच्चै पक्राउ परेका रहेछन्, र अरू ब्रदर-सिस्टरहरू पनि निरन्तर पक्राउ परिरहेका रहेछन्। केही भण्डार घरहरूमा रहेका पुस्तकहरू तुरुन्तै सार्नुपर्ने आवश्यकता थियो, तर मैले त्यतिबेला उपयुक्त ठाउँ भेट्टाउन सकिनँ, त्यसैले म कठिनाइको स्थितिमा थिएँ। पछि, मैले “दोहोरो सङ्कटद्वारा जाँचिएकी” शीर्षकको अनुभवात्मक गवाही भिडिओ हेरेँ र ती सिस्टरको अनुभव मेरा लागि निकै शिक्षाप्रद भयो। प्रहरीको पक्राउ र महामारीका कारण भएको लकडाउनको दोहोरो सङ्कटको सामना गर्दा पनि ती सिस्टर आफ्नो कर्तव्य निर्वाह गर्नमा लागिरहिन्। मेरो हालको वातावरण त्यति गम्भीर थिएन, त्यसैले म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न परमेश्वरमा अझ बढी भर पर्नुपर्थ्यो। त्यसको केही समयपछि, माथिल्ला अगुवाहरूले अर्को मण्डलीमा भण्डार घर भेटिएको भनेर एउटा पत्र पठाउनुभयो, त्यसैले हामीले तुरुन्तै परमेश्वरका वचनका पुस्तकहरू त्यहाँ सार्नका लागि गाडीको बन्दोबस्त गर्यौँ। त्यसपछि, ब्रदर-सिस्टरहरूको सहकार्यमा, भेटीहरू र परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित ठाउँहरूमा सारियो। यो अनुभवमार्फत, मैले केही विश्वास प्राप्त गरेँ, र मैले के बुझेँ भने वातावरण जतिसुकै भयावह भए पनि, आफ्नो कर्तव्यमा लागिरहनु र मण्डलीको कामलाई सुरक्षा दिनु नै एक सृजित प्राणीले गर्नुपर्ने कुरा हो। परमेश्वरलाई धन्यवाद!