९८. मेरी आमाको दयालाई मैले कसरी लिने?

शु जुवान, चीन

म एउटा कृषक परिवारमा जन्मेकी थिएँ र हामी धेरै सम्पन्न थिएनौँ। म ५ वर्षकी हुँदा, बुबाले अर्को घरजम गर्न हामीलाई छोडेर जानुभयो। मेरी आमाले म, मेरा दुई दाजुभाइ र एक बहिनीलाई एक्लै हुर्काउनुभयो। हामी एकअर्काको सहारामा बाँच्यौँ, र जीवन एकदमै कष्टकर थियो। त्यतिबेला, मेरा दाजुभाइ, बहिनी र मेरो स्वास्थ्य राम्रो थिएन, र हामी प्रायः बिरामी पर्थ्यौँ, विशेष गरी म, किनभने म सबैभन्दा कमजोर थिएँ। अलिकति चिसो लाग्दा पनि मलाई रुघाखोकी लाग्थ्यो र उच्च ज्वरो आउँथ्यो, अनि आमाले मलाई प्रायः बोकेर डाक्टरकहाँ लैजानुहुन्थ्यो। कहिलेकाहीँ, राति मलाई यति धेरै खोकी लाग्थ्यो कि म सुत्न सक्दिनथेँ, र आमा म ननिदाउन्जेल मेरो छेउमा बस्नुहुन्थ्यो अनि मात्र आफू आराम गर्न पल्टिनुहुन्थ्यो। हामीसँग जे मिठो खानेकुरा हुन्थ्यो, आमाले आफू नखाएर मेरा लागि साँचेर राख्नुहुन्थ्यो, र हाम्रो पढाइको खर्च जुटाउन उहाँले हरेक दिन अथक परिश्रम गर्दै, सानातिना कामहरू गर्नुहुन्थ्यो। आमाले हाम्रा लागि कति धेरै त्याग गर्नुभएको छ भन्ने देखेर, म मनमनै सोच्थेँ, “म विवेकहीन हुनुहुँदैन। म ठूली भएपछि, मैले आमाको मान गर्नुपर्छ र उहाँको दयाको बदला चुकाउनुपर्छ।” म ठूलो भएर पैसा कमाउन थालेपछि, आमाको मानका लागि म प्रायः उहाँलाई लुगाफाटा र अन्य सरसामान किनिदिन्थेँ। मलाई लाग्थ्यो, उहाँका लागि हामीलाई हुर्काउन सजिलो रहेको थिएन, त्यसैले मैले उहाँलाई राम्रोसँग गुन तिर्नुपर्छ। सन् २००८ को एक दिन, भाइले फोन गरेर गाडी दुर्घटना भएर आमा अस्पताल भर्ना हुनुभएको खबर सुनायो। आमाको हेरचाह गर्नका लागि मैले तुरुन्तै हाकिमसँग बिदा मागेँ र अस्पताल गएँ, अनि उहाँ लगभग निको भएपछि मात्र म काममा फर्किएँ।

केही वर्षपछि, आमा र मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ। छ महिनापछि, सुसमाचार प्रचार गरेको आरोपमा म पक्राउ परेँ। रिहा भएपछि, प्रहरीको निगरानी र पछ्याइबाट बच्नका लागि म घर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्न हिँडेँ। एकपटक, मैले एक जना सिस्टरबाट चिठी पाएँ, जसमा म घर नफर्केको कारणले दाइले आमासँग दिनहुँ झगडा गरिरहेको कुरा लेखिएको थियो। उहाँले आमा र मैले परमेश्‍वरमा विश्वास गरेको कुरा अनलाइनमा समेत राख्नुभएको रहेछ, र प्रहरी मलाई पक्राउ गर्न कयौँपटक मेरो घरमा आएको रहेछ। चिठी पढेपछि मलाई साह्रै नरमाइलो लाग्यो। सानैदेखि आमाले मेरा लागि यति धेरै गर्नुभयो, तर मैले उहाँको मान गर्न सकिनँ, उल्टो मेरो सुरक्षाका लागि उहाँले दाइको रिस सहनुपर्‍यो। मलाई आमाप्रति साह्रै ऋणी महसुस भयो, र म भक्कानिएर रोएँ। कहिलेकाहीँ म सोच्थेँ, “उहाँको उमेर वर्षैपिच्छे ढल्किँदै छ, र दाइ उहाँसँग झगडा गरेर उहाँलाई दुःखी बनाइरहनुहुन्छ। यदि कुनै दिन आमा गम्भीर बिरामी परेर ओछ्यान पर्नुभयो भने के होला?” यस्ता कुराहरू सोच्दा मलाई केही बेर साह्रै पीर पर्थ्यो, र मलाई आफू विवेकहीन र कुपुत्री भएको महसुस हुन्थ्यो। म प्रायः अशान्त महसुस गर्थेँ, र आफ्नो कर्तव्य निर्वाह गर्न म शान्त हुन सकिरहेकी थिइनँ। मलाई आफू भावनामा डुबिरहेकी महसुस भयो, त्यसैले मैले परमेश्‍वरका केही वचन खाएँ-पिएँ, अनि मेरो स्थितिमा केही सुधार आयो।

सन् २०२१ को मे महिनाको एक दिन, मैले घरबाट चिठी पाएँ। त्यसमा आमालाई स्तन क्यान्सर भएको र अस्पताल भर्ना तथा शल्यक्रियाका लागि तुरुन्तै पैसा चाहिएको, अनि शल्यक्रियापछि कम्तीमा ४ पटक केमोथेरापी पनि गर्नुपर्ने कुरा लेखिएको थियो। भाउजू र बुहारीले म घर फर्किनँ भने, एक पैसा पनि खर्च नगर्ने वा आमाको हेरचाह पनि नगर्ने भनेछन्। चिठी पढेपछि, मेरो गाला हुँदै आँसु बग्न थाल्यो, र मैले सोचेँ, “मेरी आमालाई यस्तो गम्भीर रोग कसरी लाग्यो? के उहाँले घरमा असाध्यै खटेर काम गर्नुभएकाले हो? यदि म घर गइनँ र उहाँले समयमै उपचार पाउनुभएन, अनि केही नराम्रो भइहाल्यो भने, के त्यो मेरै गल्ती हुनेछैन र?” मैले आमाले मेरो हेरचाह गर्न र मलाई हुर्काएर वयस्क बनाउन कति धेरै मेहनत गर्नुभयो भन्नेबारे सोचेँ। अहिले उहाँलाई क्यान्सर भएको बेला, यदि म यस्तो सङ्कटको घडीमा उहाँको हेरचाह गर्न घर गइनँ भने, के म लज्जास्पद रूपमा कुपुत्री ठहरिनेछैन र, अनि ममा साँच्चै विवेकको कमी छ भन्ने देखिँदैन र? अझ, म घर गइनँ भने मेरा आफन्त र छिमेकीहरूले मेरा बारेमा के भन्लान्? उनीहरूले पक्कै पनि मलाई बैगुनी दुरात्मा भन्नेछन्, र यस्ता कुराहरू गर्नेछन्, “तेरी आमाले तँलाई हुर्काउनुभयो, अनि अहिले तँ उहाँको वास्तै गर्दिनस्? तँमा अलिकति पनि विवेक छैन?” मैले आमाको अवस्था कति गम्भीर छ भन्नेबारे पनि सोचेँ। यदि म घर गइनँ, उहाँको समयमै उपचार भएन, र उहाँ बित्नुभयो भने के होला? तब त मैले उहाँलाई फेरि कहिल्यै देख्न पाउनेछैनँ। म असाध्यै दुःखी भएँ र मलाई तुरुन्तै उडेर उहाँको छेउमा पुगूँ जस्तो लाग्यो। तर म पहिले पनि प्रहरीद्वारा पक्राउ परेकी थिएँ र दाइले ममाथि घात गर्नुभएको थियो, त्यसैले यदि म घर गएँ र पक्राउ परेँ भने मैले के गर्ने? त्यसबाहेक, म घर जानका लागि आफ्नो कर्तव्यलाई त्यसै छाड्नसक्दिनथेँ! कहिलेकाहीँ मेरा वरपरका ब्रदर-सिस्टरहरू आमाबुबालाई भेट्न घर जान पाएको देख्दा, म मनमनै गनगन नगरी बस्न सक्दिनथेँ, “परमेश्‍वरले सीसीपीलाई मलाई पक्राउ गर्न किन अनुमति दिनुभयो? यदि कुनै खतरा नभएको भए, के म पनि आमाको हेरचाह गर्न घर जान सक्दिनथेँ र? यदि म आफ्नो कर्तव्य निर्वाह गर्न घरबाट नहिँडेको भए, सीसीपीले मेरो खोजी गरिरहेको हुने थिएन, र म अहिले नै घर जान सक्थेँ।” म यो कुराले यति विचलित थिएँ कि मैले आफ्नो कर्तव्यमा ध्यान दिनै सकिनँ। मलाई थाहा थियो, मेरो स्थिति परिवर्तन भएन भने आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैनँ, त्यसैले मैले परमेश्‍वरसामु आफ्नो स्थिति पोखेँ, र मलाई मेरा भावनाहरूबाट बाहिर निस्कन अगुवाइ गर्नुहोस् भनी प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “एउटा व्यक्तिले कति दुःख भोग्नुपर्छ र उसले आफ्नो मार्गमा कति दूरी हिँड्नुपर्छ भन्ने कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छ, र कसैले पनि अरू कसैलाई साँच्चिकै मद्दत गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। परमेश्‍वरका वचनमा चिन्तन गर्दा, मेरो हृदय अलि उज्यालो भयो। मेरी आमाको गम्भीर बिमारी परमेश्‍वरले अनुमति दिनुभएको कुरा थियो, र यो उहाँले भोग्नुपर्ने कष्ट थियो। म घर गए पनि, मैले उहाँको कष्ट उहाँको सट्टामा भोगिदिन सक्नेथिइनँ, र मैले आमाको बिमारीलाई सही तरिकाले हेर्नुपर्थ्यो। यदि परमेश्‍वरले मेरी आमाको आयु सकिएको कुरा पूर्वनिर्धारण गर्नुभएको छ भने, म घर जाँदैमा केही परिवर्तन हुने थिएन। यदि परमेश्‍वरले उहाँको मृत्युलाई अनुमति दिनुभएको छैन भने, उहाँको बिमारी जति नै गम्भीर भए पनि, उहाँ मर्नुहुनेथिएन। मैले पहिले पढेको एउटा अनुभवात्मक गवाही लेख सम्झेँ। त्यसमा, एक जना वृद्ध सिस्टरलाई क्यान्सर भएको पत्ता लागेको थियो। उनले सबै उपचार गराइन्, तर उनको अवस्थामा अलिकति पनि सुधार आएन, र अस्पतालले उनको अवस्था चिन्ताजनक छ भनी सूचना समेत जारी गर्‍यो। उनका छोराछोरी र आफन्त सबैले उनी बाँच्नेछैनन् भन्ने सोचेका थिए, तर नसोचेको कुरा, ती सिस्टरले प्रार्थना गरेर, परमेश्‍वरमा भर परेर, र आफ्नो जीवन तथा मृत्यु उहाँलाई सुम्पेपछि, उनी वास्तवमै बाँचिन्। ती सिस्टरको अनुभवले मलाई प्रेरणा दियो, र मैले आफ्नी आमालाई परमेश्‍वरको हातमा सुम्पनुपर्छ भन्ने देखेँ। यो महसुस गरेपछि, मलाई भित्रभित्रै अलि शान्त लाग्यो। केही समयपछि, मैले आमाबाट चिठी पाएँ, जसमा उहाँ बिरामी हुँदा मेरो काकातिरका दुई भाउजू र मेरी भाइ-बुहारीले अस्पतालमा आलोपालो गरेर उहाँको हेरचाह गरेको कुरा लेखिएको थियो। उहाँले आफ्नो शल्यक्रिया भएको र राम्रोसँग निको हुँदै गइरहेको कुरा पनि बताउनुभयो। उहाँले मलाई उहाँको चिन्ता नगर्नू र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नू भन्नुभयो। यो थाहा पाएर, म धेरै भावुक भएँ, र मेरा आँखामा आँसु भरिए। मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो।

यसपछि मैले बारम्बार आत्मचिन्तन गरेँ। मलाई आफूले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा भएको भए पनि, म किन आमाको मान गर्न नसकेको भन्ने कुरा बिर्सन सक्दिनथेँ र सधैँ उहाँप्रति ग्लानिबोध गरिरहन्थेँ? मैले आफ्नो कर्तव्य त्यागेर परमेश्‍वरलाई धोका दिने बारेमा समेत विचार गरेँ। पछि परमेश्‍वरका वचनको एउटा खण्ड पढेपछि मात्र, मैले आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सिकाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूका परम्परागत धारणाहरूमा छोराछोरीको धर्म निभाउनैपर्छ, र छोराछोरीको धर्म ननिभाउने जोकोही पनि विद्रोही सन्तान हो भन्‍ने विश्‍वास गर्छन्। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक विद्यालय र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छन्। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘छोराछोरीको धर्म निभाउनु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि म छोराछोरीको धर्म निभाउँदिनथेँ भने, म असल व्यक्ति हुनेथिइनँ; म एक विद्रोही सन्तान हुनेथिएँ, म सार्वजनिक रायद्वारा निन्दित हुनेथिएँ। म विवेक नभएको व्यक्ति हुनेथिएँ’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के व्यक्तिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर परमेश्‍वरले माग गर्नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरू मात्रै सङ्‍गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। … शैतानले यी परम्परागत संस्कृतिहरू र नैतिकतासम्बन्धी यी धारणाहरूलाई तेरो हृदय र मनलाई बाँध्न प्रयोग गर्छ, जसले गर्दा तेरा दृष्टिकोणहरू बेतुके बन्छन् र तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई इन्कार गर्छस् र उहाँको प्रतिरोध गर्छस्, यसरी तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न असक्षम हुन्छस्; तँलाई शैतानका यी कुराहरूले कब्जा गरेको हुन्छ, र तँलाई परमेश्‍वरका वचनहरू स्वीकार गर्न असक्षम तुल्याइएको हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहन्छस् भने, यी कुराहरूले काम गर्नेछन् र तँभित्र बाधाहरू उत्पन्न गर्नेछन्, र तँलाई सत्यता र परमेश्‍वरका मागहरूको प्रतिरोध गर्न लगाउनेछन्। यदि तैँले परम्परागत संस्कृतिको बन्धनबाट आफूलाई मुक्त गर्न चाहे पनि, तँसँग त्यसो गर्ने शक्ति नै हुनेछैन। केही समय सङ्घर्ष गरेपछि, तैँले सम्झौता गर्छस्। तैँले परम्परागत नैतिकताका धारणाहरू सही छन् र सत्यतासँग मिल्दो छन् भनी विश्‍वास गर्नेछस्, र त्यसैले तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार वा शङ्का गर्नेछस्, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनस्, तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी वास्ता गर्नेछैनस्, र यस्तो महसुस गर्छस् कि, आखिरमा, तँ अझै पनि यही संसारमा जिउने हो, र यी कुराहरूमा भर परेर मात्रै जीवनमा अगाडि बढ्ने बाटो पाउन सकिन्छ। जनमतको निन्दा सहन नसकेर, तैँले सत्यता र परमेश्‍वरका वचनहरू त्याग्ने निर्णय गर्नेछस्, र बरु तँ परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी धारणाहरूमा टाँसिनेछस्, शैतानको पक्षमा जानेछस् र शैतानसँग खडा हुनेछस्, सत्यता स्वीकार गर्नुभन्दा बरु परमेश्‍वरलाई चिढ्याउन रुचाउनेछस्। मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तर तिनीहरूले अझै पनि छोराछोरीको धर्मको मामिलालाई छर्लङ्ग देखेका हुँदैनन्। सत्यतामा जसरी सङ्‍गति गरिए पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरू यो सांसारिक सम्बन्धलाई कहिल्यै जित्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनमा चिन्तन गरेपछि, मैले के महसुस गरेँ भने शैतानले स्कुलमा पाइने शिक्षा र परिवारको प्रभाव प्रयोग गरेर हामीमा “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो,” र “आमाबुबाको साथ नछोड्नू” जस्ता परम्परागत विचारहरू गहिरोसँग गाडिदिएको हुन्छ। मलाई आमाबुबाप्रति सन्तानी माया देखाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र आमाबुबाप्रति आदर नराख्नु भनेको त्यो व्यक्ति कृतघ्न हुनु, मानवता नहुनु, र विवेकले धिक्कार्नु हो भन्ने लाग्थ्यो। म यिनै परम्परागत विचारहरूअनुसार जिएँ, र मलाई लाग्थ्यो, म हुर्कदै गर्दा, अरूको तुलनामा मेरी आमाले मेरा लागि सबैभन्दा धेरै त्याग गर्नुभएको छ, त्यसैले उहाँको स्नेहपूर्ण हेरचाह मैले तिर्नुपर्छ, र यदि मैले तिरिनँ भने, म कुपुत्री हुनेछु र ममा विवेक तथा मानवताको कमी हुनेछ। विशेष गरी आमालाई क्यान्सर भएको पत्ता लागेपछि, मेरो हृदयमा, मैले उहाँलाई बेवास्ता गर्नै सकेन। मलाई लाग्थ्यो, सानोमा म बिरामी पर्दा आमाले मेरो असाध्यै ख्याल राख्नुभएको थियो, त्यसैले अब उहाँ बिरामी हुँदा, म उहाँको छेउमा बस्नुपर्छ र उस्तै ध्यान दिएर उहाँको हेरचाह गर्नुपर्छ, नत्र आमाले मलाई हुर्काएको खेर जानेछ। त्यसैले म तुरुन्तै उहाँको छेउमा पुगेर उहाँलाई उपचारका लागि अस्पताल लैजान चाहन्थेँ। प्रहरीले मेरो खोजी गरिरहेकाले गर्दा म आमाको हेरचाह गर्न घर जान सक्दिनथेँ, त्यसैले म प्रहरीले किन मेरो खोजी गर्नुपरेको होला भनेर गनगन गर्न थालेँ, र मलाई आफ्नो कर्तव्य निर्वाह गर्न हिँडेकोमा पछुतो समेत लाग्यो। यी गलत स्थितिहरू म शैतानका विचार र दृष्टिकोणहरूमा बाँधिएकाले गर्दा आएका थिए, र यदि मैले यिनको समाधान गरिनँ भने, म कुनै पनि बेला परमेश्‍वरलाई धोका दिने जोखिममा रहन्थेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ, र मैले मेरी आमाको स्नेहपूर्ण हेरचाहलाई कसरी सही रूपमा हेर्ने भन्ने कुरा सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्‍ने भनाइलाई कसरी व्याख्या गर्नुपर्छ भन्‍ने बारेमा कुरा गरौँ। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—के यो एउटा तथ्य होइन र? (हो।) यो तथ्य भएकोले, हामीले यसभित्र रहेका कुराहरू व्याख्या गर्नु उचित हुन्छ। तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। के तँलाई तिनीहरूले जन्माऊन् भनेर तैँले रोजेको होस्, कि तँलाई जन्माऊँ भनेर तेरा आमाबुबाले रोजेका हुन्? यदि तैँले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरिस् भने, यो मानवले रोज्ने कुरा होइन। तँलाई तेरा आमाबुबाले जन्‍माऊन् भनेर तैँले रोजेको होइनस्, न त तिनीहरूले नै रोजेका हुन्। यस मामलाको जडलाई हेर्दा, यो परमेश्‍वरद्वारा नियोजन गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, छोराछोरी जन्माउनु र हुर्काउनु तिनीहरूको व्यक्तिगत इच्छा थियो। अर्को शब्दमा भन्दा, परमेश्‍वरको नियोजनलाई पन्छाएर हेर्दा, छोराछोरी जन्माउने र हुर्काउने कुरामा तेरा आमाबुबाको नै सबै हात थियो। तिनीहरूले तँलाई जन्माउने निर्णय गरे। तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्। यस मामलामा तँसँग कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबाको नै सबै हात भएकोले, र तिनीहरूले तँलाई जन्म दिएकाले, तिनीहरूमा तँलाई हुर्काएर वयस्क बनाउने दायित्व र जिम्मेवारी रहन्छ। चाहे तँलाई शिक्षा दिने कुरा होस्, वा खान-लाउन दिने कुरा होस्, यो तिनीहरूकै दायित्व र जिम्मेवारी हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूद्वारा नै तँ हुर्काइनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफ्नो हेरचाह गर्ने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तेरा आमाबुबाले तँलाई जसरी हुर्काए पनि, त्यो तेरो हातको कुरा थिएन। यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तैँले राम्रो खानपान पाउँथिस्। यदि तेरा आमाबुबाले तँलाई रोटी र पानी खाएर बाँच्‍ने वातावरण दिएका भए, तँ रोटी र पानी नै खाएर बाँचिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरू फूलको हेरचाह गर्न इच्छुक भएका हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, जब मानिसहरूको कुरा आउँछ, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, आखिरमा तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तँलाई हुर्काउनुमा तिनीहरूको उद्देश्य जे भए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई दयाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) … जे भए पनि, तँलाई हुर्काउनुमा तेरा आमाबुबाले एउटा जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई वयस्कतासम्म हुर्काउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया भन्‍न मिल्दैन। यसलाई दया भन्‍न नमिल्ने भएपछि, के यसलाई तैँले उपभोग गर्न अधिकार पाएको कुरा भन्न मिल्छ? (मिल्छ।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तैँले तेरा आमाबुबाद्वारा हुर्काइन पाउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तैँले जे पाउँछस् त्यो त तँप्रति तेरा आमाबुबाको जिम्मेवारी पूरा भएको मात्र हो, तिनीहरूबाट कुनै निगाह वा दया प्राप्त भएको होइन। कुनै पनि जीवित प्राणीका लागि, छोराछोरी जन्माउनु र हुर्काउनु, प्रजनन गर्नु, र अर्को सन्तानलाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानलाई हुर्काउनुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर हाम्रा लागि ती अज्ञात छन्। यो जीवित प्राणीहरूको अस्तित्वसम्बन्धी प्राकृतिक कुरा हो, यो जीवित प्राणीहरूमा हुने नैसर्गिक प्रवृत्ति हो, र यसलाई दया मान्न मिल्दैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै रगत-पसिना समर्पित गरे पनि र तँमा जतिसुकै पैसा खर्च गरे पनि, तिनीहरूले बदलामा तँलाई केही पनि माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले तँलाई प्रतिदान माग्नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका हुन्छन्; यो लेनदेनका रूपमा नभई निःशुल्क गरिनुपर्छ। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई व्यवहार गर्दा वा तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्दा प्रतिदान गर्ने मानसिकता राख्नु हुँदैन। यदि तैँले त्यस्तो मानसिकता बोकेर आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूलाई प्रतिदान गर्छस्, र तँ र तिनीहरूबीचको सम्‍बन्धलाई सम्हाल्छस् भने, त्यो वास्तवमा अमानवीय हुन्छ। साथ-साथै, त्यसो गर्दा तँ तेरा दैहिक भावनाहरूद्वारा रोकिने र बाँधिने सम्‍भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्‍म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनबाट, मैले के महसुस गरेँ भने आमाप्रति मेरो ऋणी भएको भावना र शान्त मनले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नुको कारण मैले आमालाई आफ्नो ऋणदाताका रूपमा हेर्नु रहेछु। मलाई लाग्थ्यो, उहाँले मलाई जे दिनुभएको छ त्यो मैले पूरै तिर्नुपर्छ, त्यसैले म सधैँ यो दयाको ऋण महसुस गर्थेँ, र जब म आमाको हेरचाह गर्न चुक्थेँ, तब मलाई उहाँप्रति ऋणी भएको लाग्थ्यो। विशेष गरी अहिले आमालाई क्यान्सर भएको बेला, म सोच्थेँ, यदि आमा बित्नुभयो भने, म यो जुनीमा उहाँको दया कहिल्यै तिर्न सक्दिनथेँ। वास्तवमा, आमा मप्रति दयालु हुनु र मेरो हेरचाह गर्नु भनेको उहाँले आमाका रूपमा आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नु थियो। मलाई जन्म दिएको हुनाले, मलाई हुर्काएर ठूलो बनाउनु उहाँको दायित्व थियो, र यसलाई दया मान्न मिल्दैनथ्यो। जसरी जनावरहरूले जन्म दिएपछि आफ्ना सन्तानको हेरचाह गर्नैपर्छ, यो उनीहरूको स्वाभाविक प्रवृत्ति हो र परमेश्‍वरको पूर्वनिर्धारणको हिस्सा हो। त्यसैगरी, यदि तपाईँले घरमा कुकुर वा बिरालो पाल्नुभएको छ भने, तिनको मालिक भएको नाताले, तिनको खानपान र दैनिक आवश्यकताहरूको जिम्मेवारी तपाईँको हो। यी दयाका कार्यहरू होइनन्, केवल जिम्मेवारीको परिपूरण हो। साथै, मेरो जीवन परमेश्‍वरबाट आएको हो, र मलाई प्राणवायु दिने अनि आजसम्म मेरो हेरचाह र सुरक्षा गर्ने परमेश्‍वर नै हुनुहुन्छ। मैले सम्झेँ, मलाई केही पटक गाडीले झन्डै ठक्कर दिएको थियो, तर परमेश्‍वरको सुरक्षामा, म सधैँ कुनै चोटपटक नलागी जोगिएँ। अर्को पटक, मेरो पारपाचुके पछि मेरो प्रेमीले मलाई मेरो बच्चाको हेरचाह गर्न दिएनन्, र मैले उनको कुरा नमान्दा, उनले मलाई घाँटी थिचेर मार्न खोजे। उनले त्यसो गरिरहँदा, मैले परमेश्‍वरलाई पुकारिरहेँ, र म उनलाई एकातिर धकेलेर अन्ततः खतराबाट बाहिर निस्कन सफल भएँ। मैले परमेश्‍वरका वचन सम्झेँ: “परमेश्‍वरले तेरा लागि परिवार छानिसक्नुभएपछि, उहाँ तँ जन्मिने मिति छान्नुहुन्छ। त्यसपछि, परमेश्‍वर तँ जन्मेको र संसारमा रुँदै आएको हेर्नुहुन्छ। उहाँ तेरो आगमन हेर्नुहुन्छ, तैँले तोते बोल्न सिकेको हेर्नुहुन्छ, तँ पाइला-पाइलामा ठेस लाग्दै हिँडेको हेर्नुहुन्छ। अब तँ दौडन, उफ्रन, बोल्न, र आफ्ना भावनाहरू व्यक्त गर्न सक्छस्…। मानिसहरू हुर्कँदै जाँदा, शैतानको नजर तिनीहरू प्रत्येकमाथि बाघले आफ्नो सिकारलाई हेरेजस्तै गडेको हुन्छ। तर आफ्नो काम गर्दा, परमेश्‍वर कहिल्यै कुनै व्यक्ति, घटना, वा कामकुरा, स्थान वा समयबाट उत्पन्न हुने सीमितताहरूको अधीनमा हुनुभएको छैन; उहाँ आफूले गर्नुपर्ने र अभिप्राय राखेको कुरा गर्नुहुन्छ। हुर्कने क्रममा, तैँले बिमार र बाटामा आइपर्ने बाधा-अड्चनहरूलगायत धेरै मन नपर्दा कुराहरू सामना गर्न सक्छस्। तर तँ यस बाटामा हिँड्दा, तेरो जीवन र तेरो भविष्यलाई परमेश्‍वर नजिकबाट हेरचाह गर्नुहुन्छ। परमेश्‍वर तेरो सम्पूर्ण जीवनका लागि साँचो प्रत्याभूति प्रदान गर्नुहुन्छ, किनभने उहाँ तेरै छेउमा हुनुहुन्छ, तँलाई सुरक्षा दिइरहनुभएको छ र तेरो हेरचाह गरिरहनुभएको छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। व्यक्तिगत अनुभवहरूमार्फत, मैले आफ्नो हृदयमा परमेश्‍वरका वचनलाई थप पुष्टि गरेकी छु। जन्मदेखि अहिलेसम्म, मलाई गुप्त रूपमा सुरक्षा दिने वास्तवमा परमेश्‍वर नै रहनुभएको छ। परमेश्‍वरले मेरा लागि उहाँको हृदयको रगत-पसिनाको मूल्य चुकाउनुभएको छ, तैपनि म उहाँप्रति कृतज्ञ हुन सकिनँ, र यसको सट्टा, म आमाप्रतिको ग्लानिभावमा डुबिरहेँ, र आफ्नो कर्तव्यमा म बफादार भइनँ, जसले कामको प्रगतिमा असर पुर्‍यायो। यो सबै मैले आमाको स्नेहपूर्ण हेरचाहलाई सही रूपमा हेर्न नसक्नुबाट उब्जिएको थियो।

मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “धेरैजसो मानिसले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने छनौट गर्नुको कारण एक हिसाबमा अझ फराकिलो वस्तुगत परिस्थिति हो, जसले गर्दा तिनीहरूले आफ्ना आमाबुबालाई छाडेर जानुपर्ने हुन्छ र तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको साथमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्‍ने होइन। यो त वस्तुगत कारण हो। अर्को हिसाबमा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जानुको कारण आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनका लागि नभई, परमेश्‍वरको बोलावटको कारणले हो। परमेश्‍वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? आफ्ना जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोड्नु अनि परमेश्‍वरको बोलावट स्विकार्न र आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आफ्ना आमाबुबाका लागि चिन्ता छ र तँलाई तिनीहरूको याद आउँछ; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निर्वाह गर्दै तिनीहरूको साथमा रहन सक्छस् भने, तँ तिनीहरूलाई साथ दिन इच्छुक हुनेथिइस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिइस्। तर वस्तुगत परिस्थितिहरूका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ र तँ तिनीहरूको साथमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्‍ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाको चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न असक्षम भएको होस्—यसको अर्थ तैँले छोराछोरीको धर्म पूरा नगरेको होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनमा चिन्तन गरेर, मैले के बुझेँ भने कोही पनि आफ्ना आमाबुबाका लागि जिउन संसारमा आएको हुँदैन, सबैको आ-आफ्नो पूरा गर्नुपर्ने मिसन हुन्छ, र सृजित प्राणीका रूपमा, मेरा कर्तव्यहरू छन् जुन मैले गर्नैपर्छ। विगत केही वर्षदेखि म घरबाट टाढा बसेर कर्तव्य निर्वाह गर्नु भनेको मैले जिम्मेवारीहरू पूरा गर्नु र सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्नु रहेको थियो, र यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित थियो। साथै, परिस्थितिहरूले गर्दा, प्रहरीले मेरो खोजी गरिरहेकाले मैले आफ्नो घर र आमालाई छाड्नुपरेको थियो। यो म कुपुत्री हुनु होइन। यद्यपि, मलाई सधैँ आमा बिरामी हुँदा उहाँको हेरचाह गर्न नसक्नु भनेको ममा मानवताको कमी हुनु र म कुपुत्री हुनु हो भन्ने लाग्थ्यो। तर मेरो यो दृष्टिकोण सत्यताअनुरूप थिएन। साँच्चै मानवताको कमी हुनु र कुपुत्री हुनु भनेको त कुनै व्यक्तिसँग आफ्ना आमाबुबाको हेरचाह गर्ने साधन हुँदा पनि उसले त्यसो गर्न इन्कार गर्नु, उहाँहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नु, वा बोझका रूपमा समेत हेर्नु हो। यो जिम्मेवारीबाट पन्छिनु हो र मानवताको पूर्ण कमी हुनु अनि लज्जास्पद रूपमा कुपुत्री हुनु हो। आफ्नै व्यवहारमाथि चिन्तन गर्दा, मैले के देखेँ भने विगतमा परिस्थिति अनुकूल हुँदा, आमाको गाडी दुर्घटनापछि मैले उहाँको ध्यानपूर्वक हेरचाह गरेकी थिएँ, र घरमा हुँदा पनि म उहाँको ख्याल र हेरचाह गर्दथेँ, अनि छोरीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेकी थिएँ। अहिले आमालाई क्यान्सर भएको थियो र प्रहरीले अझै मेरो खोजी गरिरहेकाले म घर फर्कन सक्दिनथेँ। यदि जोखिम मोलेर फर्किएँ भने, म पक्राउ पर्न सक्थेँ, त्यस्तो अवस्थामा, मैले आमाको हेरचाह गर्न नसक्ने मात्र होइन, आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पनि गुमाउने थिएँ। यो महसुस गरेपछि, आमाको हेरचाह गर्न नसकेकोमा मलाई ग्लानिबोध हुन छाड्यो।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “यदि तँ आफ्नो घर छोडेर आफ्नो कर्तव्य पूरा गर्न अन्यत्र नगएको, र आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरू कहिल्यै बिरामी नहुने सुनिश्चित गर्न सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा ती कुनै पनि ठूला, गम्भीर रोगहरू वा घातक अवस्थाहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले जति नै आमाबुबाप्रतिको धर्म निभाए पनि वा जतिसुकै विचारशील भएर तिनीहरूको ख्याल गरे पनि, बढीमा तैँले केवल तिनीहरूको शारीरिक पीडा र बोझलाई थोरै कम गर्नेछस्। तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तैँले छेउमै बसेर तिनीहरूको हेरचाह गरिरहेको छस् कि छैनस् भन्ने कुराको कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनमा चिन्तन गरेर, मैले उहाँको सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेँ। यदि म कर्तव्य निर्वाह गर्न घरबाट नहिँडेकी भए र आमाको हेरचाह गर्न उहाँसँगै बसेकी भए पनि, उहाँ बिरामी पर्नुहुन्नथ्यो भनेर म ग्यारेन्टी दिन सक्दिनथेँ। प्रत्येक व्यक्तिले कति कष्ट वा कस्ता कठिनाइहरू भोग्नुपर्छ भन्ने कुरा मानिसको नियन्त्रणभन्दा बाहिरको कुरा हो, र व्यक्तिको नियति पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ। उदाहरणका लागि, मेरी आमाले ६० नाघिसक्नुभएको छ, र यो उमेरमा स्वास्थ्य समस्या हुनु सामान्य हो। यदि म घर गएर उहाँको हेरचाह, उहाँलाई लाडप्यार, र उहाँका लागि मिठो खाना तयार गर्थेँ भने पनि, यसले उहाँलाई बढीमा केही आत्मिक सान्त्वना मात्र दिन्थ्यो, तर मैले उहाँको बिमारीको कुनै पनि पीडा खपिदिन सक्दिनथेँ। मैले कसरी केही छोराछोरी आफ्ना आमाबुबाप्रति विशेष रूपमा आज्ञाकारी हुन्छन्, उनीहरूलाई घरमा आफूसँगै राख्छन् र ध्यान दिएर हेरचाह गर्छन्, तैपनि उनीहरूका आमाबुबा बिरामी पर्छन् भन्ने कुरा सोचेँ। यसले के देखाउँछ भने छोराछोरी वरपर हुँदैमा आमाबुबा स्वस्थ रहन्छन् भन्ने छैन, न त छोराछोरी छेउमा हुँदैमा उनीहरूको बिमारी निको हुने सुनिश्चितता नै हुन्छ। यी मामिलाहरू पूर्ण रूपमा परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणद्वारा तय हुन्छन्। उदाहरणका लागि, यस पटक जब मेरी आमालाई क्यान्सर भएको पत्ता लाग्यो, यो गम्भीर देखिन्थ्यो र निको हुने नहुने निश्चित थिएन, र मेरा भाउजू र बुहारीले म घर नफर्केसम्म आमाको उपचार खर्च नदिने भनेर कठोर कुरा गरेका थिए। तैपनि अन्तमा, मेरी भाइ-बुहारी र मेरो काकातिरका दुई भाउजूले नै पैसा जुटाए र अस्पतालमा आलोपालो गरेर आमाको हेरचाह गरे। मेरी आमाको अवस्था बिग्रिनबाट जोगिएको मात्र होइन, उहाँ राम्रोसँग निको पनि हुनुभयो। यसले मलाई के देखायो भने मानिसहरूले साँच्चै आफ्नो नियति नियन्त्रण गर्न सक्दैनन्, र यो सबै परमेश्‍वरको हातमा छ। मैले आमाप्रतिको चिन्ता छाड्नुपर्थ्यो र उहाँलाई परमेश्‍वरमा सुम्पनुपर्थ्यो।

सन् २०२३ को नोभेम्बरको एक दिन, मैले आमाबाट चिठी पाएँ। त्यसमा लेखिएको थियो, “तेरो भाइले मेरा लागि एउटा नयाँ घर किनिदियो, र म आफ्नो कर्तव्य निर्वाह गर्दै उसको बच्चाको हेरचाह गर्न सघाइरहेकी छु। मेरो स्वास्थ्य पनि राम्रो छ, त्यसैले तँ ढुक्क भएर आफ्नो कर्तव्य गर्।” आमाका यी केही छोटा शब्दहरू पढ्दा मात्रै पनि मेरा आँखामा खुसीका आँसु आए। मैले कहिल्यै सोचेकी थिइनँ, म उहाँको छेउमा नहुँदा पनि उहाँ यति राम्रोसँग जिइरहनुहुनेछ, र उहाँले आफ्नो कर्तव्य समेत गरिरहनुभएको रहेछ। यसले मेरो सङ्कल्पलाई बलियो बनायो, र मैले के जानेँ भने, म घर फर्कन सकूँ वा नसकूँ, वा आमालाई फेरि देख्न पाउँ वा नपाउँ, मैले उप्रान्त उहाँको हेरचाह गर्न नसकेकोमा ग्लानिबोध गर्नुहुँदैन, र मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो हृदय शान्त गर्ने निर्णय गरेँ। यो नै त्यो लक्ष्य हो जुन मैले जीवनभर पछ्याउनुपर्छ।

यी अनुभवहरूमार्फत, मैले म आमाबुबाप्रति सन्तानी मायाको परम्परागत विचारहरूद्वारा कति गहिरोसँग बाँधिएकी रहेछु, र प्रतिकूल परिस्थितिहरू आउँदा, यी विचारहरूले मलाई कसरी सत्यताको अभ्यास गर्न र कर्तव्य निर्वाह गर्न बाधा पुर्‍याउँथे भनी देखेँ। परमेश्‍वरका वचनको मार्गदर्शनले नै मलाई यी परम्परागत विचारहरूप्रति खुट्याउने क्षमता प्राप्त गर्न, तिनीहरूद्वारा प्रभावित र नियन्त्रित हुन छाड्न, र आफ्नो कर्तव्यमा हृदय स्थिर गर्न सक्षम बनायो। यी परमेश्‍वरका वचनद्वारा प्राप्त नतिजाहरू थिए। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९७. म अब मेरो छोराको जागिरबारे चिन्तित छैनँ

अर्को: ९९. सतावट र सङ्कष्टको बीचमा कर्तव्यलाई थामिराख्‍नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्