९७. म अब मेरो छोराको जागिरबारे चिन्तित छैनँ
मेरा तीन जना दिदीहरू हुनुहुन्छ। उहाँहरू र उहाँहरूका श्रीमान्हरू सबै सरकारी मन्त्रालयहरूमा काम गर्नुहुन्छ। कोही जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष हुनुहुन्छ भने अरू चाहिँ सरकारी निकायहरूका अगुवा वा प्रमुख हुनुहुन्छ। मानिसहरू उहाँहरूको ईर्ष्या र सम्मान गर्छन्। बाहिरकाहरू सबैले भन्छन्, “तिम्रा दिदीहरूलाई हेर त। एक से एक राम्रा छन्!” जब-जब म यस्ता कुराहरू सुन्थेँ, तब-तब मलाई हृदयमा अलि दुःख लाग्थ्यो। मेरा दिदीहरू सबै जना असाध्यै उत्कृष्ट हुनुहुन्थ्यो, तर मेरा श्रीमान् र म भने एउटा कम्पनीमा कुनै शक्ति वा प्रभाव नभएको सामान्य व्यवस्थापन कर्मचारी मात्र थियौँ। यसले मलाई साँच्चै लज्जित बनाउँथ्यो, र म अरूको अगाडि शिर ठाडो पार्न सक्दिनथेँ। मैले सोच्न थालेँ, “म यस जीवनमा कहिल्यै केही गर्न सक्दिनँ। मैले मेरो छोरोले ठूलो भएपछि अवश्य नै राम्रो जागिर पाउनेछ भन्ने आशा गर्दै, आफ्ना सबै आशा ऊमाथि राख्नुपर्छ। कम्तीमा, ऊ निजामती कर्मचारी नबने पनि, कुनै सरकारी निकाय वा सार्वजनिक संस्थानमा त पुग्नैपर्छ। यदि मेरो छोरो भीडभन्दा उत्कृष्ट बन्न र सम्मानजनक जागिर पाउन सक्षम भयो भने, म उसको गौरवमा रमाउन सक्नेथिएँ।” मैले मेरो छोराका लागि योजनाहरू बनाउन सुरु गर्दा उसले भर्खरै प्राथमिक विद्यालयमा पढ्न सुरु गरेको थियो। त्यतिबेला, राम्रो शिक्षा प्रदान गर्ने एउटा निजी विद्यालय थियो। मेरो छोरो त्यहाँ पढ्न पाओस् भनेर मैले भनसुन गरेँ र पैसा खर्च गरेँ। म भविष्यमा उसले विश्वविद्यालयमा भर्ना पाओस् भनेर उसले पढाइमा राम्रो गरोस् भन्ने चाहन्थेँ। दुर्भाग्यवश मेरो छोराले अलि निराश पार्यो। उसले पढाइमा ध्यान दिएन मात्र होइन, नियमित रूपमा स्कूल पनि छुटाउँथ्यो। शिक्षकहरूसँग उसको सधैँ टकराब हुन्थ्यो, र पछि त उसले स्कुल जानसमेत चाहेन। यदि ऊ स्कुल गएन भने, ऊ बर्बाद हुने निश्चित छ भनेर मलाई चिन्ता लाग्न थाल्यो। के त्यसपछि ऊसँग कुनै राम्रा सम्भावनाहरू हुन सक्थे र? म उसलाई यसो भनिरहन्थेँ, “तैँले कडा मिहिनेत गरेर पढ्नुपर्छ। त्यसपछि भविष्यमा जब तैँले राम्रो विश्वविद्यालयमा भर्ना पाउँछस् र राम्रो जागिर पाउँछस्, तब तँ धेरै सम्मानयोग्य हुनेछस्। तेरा नातेदार दिदीहरू सबै विश्वविद्यालयमा छन्। यदि तैँले कडा मिहिनेत गरेर पढिनस् भने, भविष्यमा कठिन शारीरिक काम गर्नुपर्नेछ, र मानिसहरूले तँलाई जीवनभर तुच्छ ठान्नेछन्।” तर मेरो छोरो मेरो कुरा सुन्न चाहँदैनथ्यो, र प्रायः मबाट लुक्थ्यो। विद्यालयबाट घर फर्केपछि, ऊ केही खान्थ्यो र त्यसपछि गृहकार्य गर्नु छ भन्दै आफ्नो कोठामा जान्थ्यो। म उसको पढाइबारे कुरा गर्न चाहन्थेँ, तर ऊ मलाई वास्तै गर्दैनथ्यो। मैले मनमनै सोचेँ, “तेरी आमाका रूपमा, यदि मैले तँलाई यस्तो व्यवहार गर्न दिएँ र तँलाई नियन्त्रणमा राखिनँ भने, के तँ भविष्यमा सफल हुन सक्नेछस्?” मैले मेरा चिन्ता र चासोहरू लेखेर उसलाई गम्भीर र सच्चा सल्लाह दिएँ। तर मेरो छोराले कुरा सुन्दै सुनेन, र नियमित रूपमा विद्यालय छुटाइरह्यो। मलाई ऊ समाजमा खराब बाटोमा फस्ला भन्ने डर लाग्यो, त्यसैले मैले कसैलाई उसलाई सेनामा भर्ती गराइदिन अनुरोध गरेँ। मैले उसले सैन्य विद्यालयमा भर्ना पाउन सक्छ भन्ने आशा गरेँ। यदि ऊ भविष्यमा सैन्य अधिकारी बन्न सक्यो भने, त्यो राम्रो हुनेथ्यो। त्यसरी, यदि पछि कसैले “तिम्रो छोराले के गर्छ?” भनेर सोध्यो भने, म “मेरो छोरो सैन्य अधिकारी हो” भनेर निर्धक्कसाथ भन्न सक्नेथिएँ। त्यसैले, मैले उसलाई पन्ध्र वर्षको उमेरमा सेनामा पठाएँ। उसको तीनवर्षे सेवा सकिएपछि, मैले आफ्नो चिनजानको प्रयोग गरेर उसलाई थप तालिमका लागि सैन्य विद्यालयमा पठाउन चाहेँ, तर ऊ सहमत भएन र उसले दृढतापूर्वक सेवामुक्त हुन चाहे। मैले उसलाई विश्वस्त पार्न आफूले सक्ने हरउपाय प्रयास गरेँ, व्यर्थमा झन्डै ओँठै पिल्सिने गरी बोलेँ, तर उसले अझै पनि सेवामुक्त हुने नै निर्णय गर्यो। ऊ फर्केपछि, उसलाई रेल विभागमा साधारण कामदारका रूपमा खटाइयो। यो जागिर सामना गर्दा, म असाध्यै असन्तुष्ट भएँ। मेरा दिदीहरूका छोराछोरी सबै जना सरकारी अधिकारीहरूको मार्गमा हिँडेका थिए। उनीहरूसँग सम्मानजनक र प्रतिष्ठित जागिर थियो, उनीहरू धेरै पैसा कमाउँथे, र जहाँ गए पनि मानिसहरू उनीहरूलाई सम्मान गर्थे। तर मैले आफ्नै छोरालाई हेर्दा, ऊसँग राम्रो शिक्षा र राम्रो जागिर थिएन। ऊ कसरी यति निराशाजनक हुन सक्यो? के मैले उसका खातिर सबथोक गरेकी थिइनँ र? उसले कसरी बुझ्न सकेन? त्यतिबेला, म प्रायः एक्लै रुन्थेँ, र मलाई मानिसहरूको अगाडि पर्न असाध्यै लाज लाग्थ्यो। के मेरो छोराको जीवन साँच्चै मेरो जस्तै औसत र दयनीय हुनलागेको थियो? यदि मलाई चिन्ने मानिसहरूले थाहा पाए भने, तिनीहरूले मेरा बारेमा के भन्लान् वा पिठ्यूँपछाडि मेरो कसरी मजाक उडाउलान् कसलाई के थाहा! अहँ। मलाई यसरी चल्न सक्दैन भन्ने लाग्यो। मैले मेरो छोरालाई पुनः एउटा राम्रो काममा खटाउन लगाउने उपाय खोज्नैपर्थ्यो। म उसलाई जीवनभर साधारण कामदार बन्न दिन सक्दिनथेँ! मैले चारैतिर चिनजानहरू खोज्न थालेँ। मेरा दिदीहरूले पनि केही रोजगारदाताहरूसँग सम्पर्क गर्न मद्दत गर्नुभयो, तर मेरो छोरासँग शिक्षाको कमी भएकाले, अन्त्यमा त्यसबाट केही उपलब्धि भएन। मैले आफ्नो छोराको कामका बारेमा यति धेरै दिमाग खियाइरहेकी थिएँ कि मेरो मनै दुख्यो। मेरो परिवारका सबैले मलाई परिस्थितिलाई आफ्नै हिसाबले चल्न दिन सल्लाह दिए, तर म हार मान्न इच्छुक थिइनँ। त्यसपछि मैले मेरा श्रीमान्लाई मेरो छोरालाई नयाँ काममा खटाउन सक्ने कोही चिनजान खोज्न कसैलाई भन्न बाध्य पारेँ। यसमा धेरै चिन्ता गर्नुपर्यो र धेरै पैसा खर्च भयो, तर अन्त्यमा मैले अझै आफ्नो छोराका लागि नयाँ काम पाइनँ। मेरो छोराका लागि एउटा सम्मानजनक जागिर नभेट्टाएको कारणले, मैले उसलाई तीन वर्षसम्म काममा जान दिइनँ—मैले उसलाई घरमै पर्खिन लगाएँ। त्यसपछि मेरो छोरो झन्-झन् बिग्रँदै गयो। हरेक दिन, यदि ऊ गेम खेलिरहेको हुँदैनथ्यो भने बाहिर गएर खाँदै, पिउँदै र रमाइलो गर्दै गरेको हुन्थ्यो। ती दिनहरूमा, मैले सोच्न सक्ने भनेकै मेरो छोरालाई कसरी एउटा सम्मानजनक जागिर दिलाउने भन्ने थियो। यसको कारणले म राम्रोसँग खान वा सुत्न सक्दिनथेँ, र मेरो जीवन कठिन र थकाइलाग्दो थियो। म अत्यन्तै चिन्तित भएकी र मलाई अगाडि बढ्ने उपाय छैन भन्ने लागेकै बेला, सर्वशक्तिमान् परमेश्वरको सुसमाचार मकहाँ आयो। मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेपछि, म प्रायः ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ र आफ्ना कर्तव्यहरू निर्वाह गर्थेँ। यो गर्दा, मलाई खुसी र छुटकारा महसुस हुन्थ्यो। तर, फुर्सदमा हुँदाँ, म आफ्नो छोराको कामबारे चिन्ता नगरी बस्नै सक्दिनथेँ।
एकदिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “जब व्यक्तिले आफ्ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो मुख्य विषय छान्छन् र स्नातक गरेपछि उत्कृष्ट जागिर पाउँछन्; तिनीहरूले जीवनको मार्गमा उत्कृष्ट सुरुवात गर्छन् भन्न सकिन्छ। अरू कतिले धेरै फरक-फरक सीपहरू सिक्छन् र तिनमा पोख्त हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सुहाउने जागिर वा पद कहिल्यै भेट्टाउँदैनन्, तिनीहरूले आफ्नै करियर त झनै बनाउँदैनन्; यो भन्न सकिन्छ कि यस्ता मानिसहरूको जीवनको पहिलो कदम नै बाधा-अड्चन र कठिनाइहरूले भरिएको हुन्छ, तिनीहरूको भविष्य निराशाजनक र जीवन अनिश्चित हुन्छ। अरू कतिपय लगनशीलताका साथ अध्ययनमा लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक अवसरलाई झिनो अन्तरले गुमाउँछन्; तिनीहरूको नियति नै कहिल्यै सफलता हासिल गर्न नसक्ने देखिन्छ—यो भन्न सकिन्छ कि तिनीहरूको जीवनको मार्गका सबैभन्दा पहिलो आशाहरू धुवाँझैँ उडेर जान्छन्। अगाडिको बाटो सहज छ कि चट्टानी छ भन्ने थाहा नपाएर, तिनीहरूले पहिलो पटक मानव नियति कति अप्रत्याशित छ भनी महसुस गर्छन्, र यसरी डर र अपेक्षाको मिश्रित भावले जीवनको सामना गर्छन्। अरू कतिपय त्यति धेरै शिक्षित हुँदैनन्, तैपनि तिनीहरूले पुस्तकहरू लेख्न सक्छन्, र केही हदसम्म ख्याति कमाउँछन्। अनि अरू कतिपय त लगभग पूर्ण रूपमा निरक्षर हुन्छन्, तैपनि तिनीहरूले व्यापारमा पैसा कमाउन सक्छन् र त्यसरी तिनीहरू आफूलाई पाल्न सक्षम हुन्छन्। … व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाको नाम राख्ने इच्छा राख्छन्। मानिसहरूका यस्ता ‘सिद्ध’ इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। मैले यो खण्ड केहीपटक पढेँ। मैले यो जति धेरै पढेँ, त्यति नै धेरै मलाई परमेश्वरले भनेको कुरा पूर्ण रूपमा साँचो हो भन्ने लाग्यो। परमेश्वरका वचनहरूले भनेझैँ, मसँग सधैँ आफ्नै विचार र योजनाहरू हुन्थे, र म आफ्नो छोराले सम्मान र प्रतिष्ठासहितको राम्रो जागिर पाउन सक्छ भन्ने आशा गर्थेँ। तर, यी कुनै पनि कुरा मानिसहरूको योजनामार्फत पूरा हुन सक्दैनन्, किनभने परमेश्वर हाम्रा सबै नियतिमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ ती बन्दोबस्त गर्नुहुन्छ। हामी हाम्रा आफ्नै प्रयास र सङ्घर्षहरूमा भर परेर आफ्ना इच्छाहरू पूरा गर्न सक्दैनौँ। मैले मेरो बच्चालाई सानोमा निजी विद्यालय पठाउन एकदमै धेरै पैसा तिरेँ। त्यो सबै उसले कडा मिहिनेत गरेर पढोस् र भविष्यमा राम्रो जागिर पाओस् र ऊसँग राम्रा सम्भावनाहरू होऊन् भन्नका लागि थियो। तर ऊ कुरा सुन्नै मान्दैनथ्यो र प्रायः विद्यालय छल्थ्यो। मैले गम्भीर र सच्चा रूपमा उसलाई सिकाउन खोजेँ, तर उसले मेरो कुरा सुनेन मात्र होइन, ऊ मबाट तर्किनेसमेत गऱ्यो। पछि मैले उसलाई, भविष्यमा उसले सैनिक विद्यालयमा भर्ना पाउनेछ र ऊ सैन्य अधिकारी बन्नेछ भन्ने आशा गर्दै सेनामा भर्ती हुन पठाएँ। तर, उसले अझै पनि मेरो कुरा सुनेन र सेवामुक्त हुन जिद्दी गर्यो, र फलस्वरूप ऊ साधारण रेलवे कामदार बन्यो। म परिस्थितिलाई यतिकै छोड्न इच्छुक थिइनँ, किनभने मेरो छोराको जागिर मेरा अपेक्षाहरूभन्दा धेरै पर थियो। मैले आफ्ना चिनजानहरू प्रयोग गरेर र भनसुनहरू गरेर चारैतिर खोजेँ, र म मेरो छोरालाई राम्रो जागिरमा लगाउन जस्तोसुकै मूल्य चुकाउन इच्छुक थिएँ। तर केही वर्षको सास्तीपछि, र धेरै पैसा र मिहिनत खर्चेपछि, अन्ततः मेरा इच्छाहरू पूरा भएनन्। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने कुनै व्यक्तिले आफ्नो जीवनभर कस्ता कामहरू गर्नेछ भन्ने कुरा उसको कडा परिश्रम, महत्त्वाकाङ्क्षा वा चाहनाले तय गर्दैन। कुनै व्यक्तिले यस जीवनमा कस्ता जागिरहरू खानेछ र उसको नियति के हो भन्ने कुरा परमेश्वरले धेरै पहिले बन्दोबस्त गरिसक्नुभएको हुन्छ। मेरो छोराले के जागिर खान सक्छ र उसका सम्भावनाहरू के हुनेछन् भन्ने कुरा मेरो हातमा हुँदैन। यो परमेश्वरद्वारा पूर्वनियोजित हुन्छ। मैले जतिसुकै योजनाहरू बनाए पनि वा मानिसहरूलाई उनीहरूको चिनजान प्रयोग गर्न आग्रह गरे पनि, त्यो सबै काम लागेन; त्यो सबै व्यर्थ थियो। यसरी जिउनु थकाइलाग्दो थियो मात्र होइन, मैले आफ्नो छोरालाई पनि पतित बन्न हुर्काएकी थिएँ। यो बुझेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ। म मेरो छोरा परमेश्वरलाई सुम्पन अनि परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक थिएँ। प्रार्थना गरेपछि, मैले अझ धेरै आराम महसुस गरेँ।
पछि, मेरो छोराको रोजगारदाताका तर्फबाट दुई जना सहकर्मी के भइरहेको छ भनेर बुझ्न मेरो घर आए। उनीहरूले मेरो छोराले केही वर्षदेखि काम गरेको छैन, र यदि उसले यस्तै गरिरह्यो भने उसलाई कामबाट स्वतः बर्खास्त गरिनेछ भनेर भने। यो खबर सुन्दा, मेरो मनमा फेरि द्वन्द्व चल्यो, “के मेरो छोरो भविष्यमा सधैँ साधारण कामदार मात्रै हुनेछ त?” म अझै पनि यो कुरा स्विकार्न अनिच्छुक थिएँ, त्यसैले मैले मेरो छोरालाई सोधेँ, “यदि तँ अहिले काममा फर्किस् भने, भविष्यमा तँ कामदार मात्रै हुनेछस्। तँ के गर्न चाहन्छस्?” मैले त्यो अपेक्षा गरेकी थिइनँ, तर मेरो छोरो काममा जान राजी भयो। त्यतिबेला, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरले मेरो छोराको नियति र उसले आफ्नो जीवनभर कस्ता जागिरहरू खानेछ भन्ने कुरा पहिले नै बन्दोबस्त गरिसक्नुभएको छ। अब मेरो छोरो ठूलो भइसकेको थियो र मैले त्यो कुरा छोडिदिनुपर्थ्यो। ऊ काममा जान राजी भएकाले, मैले उसलाई जान दिनुपर्थ्यो। केही समयपछि नै, मेरो छोरो आफ्नो रोजगारदाताकहाँ काम गर्न गयो।
एकैछिनमा केही वर्ष बिते। मैले मेरो छोराको कामसम्बन्धी समस्यालाई केही हदसम्म त्याग्न सकेकी थिएँ, चिनियाँ नयाँ वर्ष र अन्य बिदाहरूमा, जब सपरिवार एकसाथ भेला हुन्थ्यो, र म मेरा दिदीहरूले आफ्ना छोराहरू कसरी सफल भएका छन् भनेर कुरा गरेको सुन्थेँ, तब म खिन्न हुन्थेँ। मलाई सधैँ आफू उनीहरूभन्दा कम छु भन्ने लाग्थ्यो, र म एक शब्द बोल्न सक्दिनथेँ। मेरो हृदयमा बयान गर्नै नसकिने एउटा भावना थियो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्वर, मैले तपाईँका वचनहरूबाट तपाईँ मानिसहरूका नियतिहरूमाथि सार्वभौम हुनुहुन्छ भनेर बुझेकी छु। तर, जब म मेरा दिदीहरूले आफ्ना छोराहरूको सफलताबारेा कुरा गरेको सुन्छु, तब मलाई किन म उनीहरूभन्दा तल छु जस्तो गरी दुःख लाग्छ? प्यारो परमेश्वर, मलाई मेरा आफ्नै समस्याहरू बुझ्न मार्गदर्शन गर्नुहोस्।”
एकदिन मैले आफ्नो आत्मिक भक्तिको क्रममा, परमेश्वरका यी वचनहरू पढेँ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मेरा दिदीहरूले आफ्ना छोराहरू कति सफल छन् भनेर प्रशंसा गरेको देख्दा म दुखी हुन्थेँ किनभने म ख्याति र प्राप्तिलाई ज्यादै महत्त्व दिन्थेँ। म शैतानले मानिसहरूमा हालिदिएका “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “फरक देखिने र उत्कृष्ट बन्ने लक्ष्य राख।” भन्नेजस्ता गलत सोच र दृष्टिकोणहरूअनुसार जिइरहेकी थिएँ। म यदि मेरोमा ख्याति र प्राप्ति भयो भने, मसँग सबथोक हुनेछ, र म जहाँ गए पनि मलाई ईर्ष्या र सम्मान गरिनेछ, अनि म प्रतिष्ठाको आनन्द लिनेछु भनेर विश्वास गर्थेँ। मलाई म अरूको अगाडि शिर ठाडो पार्न र निर्धक्क भई बोल्न सक्नेछु भन्ने लाग्थ्यो। म यसरी जिएर मात्रै मेरो मर्यादा हुन्छ भन्ने सोच्थेँ। जब मैले मेरा सबै दिदी-भिनाजुहरू सम्मानित व्यक्ति हुनुहुन्छ, र उहाँहरूलाई जहाँ गए पनि सम्मानि गरिन्छ भन्ने देखेँ, तब मलाई असाध्यै ईर्ष्या लाग्यो र मैले उहाँहरूजस्तै बन्न चाहेँ। म पनि सम्मानित हुन अनि ख्याति र प्राप्ति दुवैको पाउन चाहन्थेँ। मेरा इच्छाहरू पूरा नभएपछि, मैले मेरो छोराले सम्मानजनक जागिर पाउनेछ भन्ने आशा गर्दै, आफ्नो आशाहरू आफ्नो छोरामाथि राखेँ। यसरी म शिर ठाडो पार्न र प्रतिष्ठाका साथ जिउन सक्नेथिएँ। यसका लागि, म मेरो छोरालाई संवर्धन गर्न कुनै पनि मूल्य चुकाउन इच्छुक थिएँ। तर, कामकुराहरू मैले चाहेजस्तो भएनन्। मेरो छोराले मेरो कुरा सुन्दै सुनेन र अन्ततः ऊ कामदार बन्यो। जब मैले आफ्ना आशाहरू व्यर्थ भएको देखेँ, तब मलाई ठूलो सन्ताप भयो। मलाई निरन्तर अरूको अगाडि शिर ठाडे पार्न सक्दिनँ भन्नेजस्तो लाग्थ्यो, र म हरेक दिन कष्टमा जिउँथेँ। म मेरो छोराले सामान्य, मामुली जीवन जिएको हेर्न इच्छुक थिइनँ, र मैले उसलाई नयाँ काममा खटाउन लगाउन पैसा खर्च गरेँ र आफ्ना चिनजानहरूलाई गुहारेँ। अन्त्यमा, मैले धेरै पैसा खर्च गरेकी थिएँ तर म उसलाई नयाँ जागिरमा लगाउन सफल भइनँ। मेरो छोरो हरेक दिन केही नगरी घरमै हुन्थ्यो र निकम्मा बन्यो। मैले आफ्नै इज्जत र हितहरूलाई मात्र वास्ता गर्दै ख्याति र प्राप्ति पछ्याएर कष्ट भोगेँ। मैले मेरो छोराका भावनाहरूलाई पटक्कै ख्याल गरिनँ, र आफूले साकार पार्न नसकेका सपनाहरू उसलाई बोक्न बाध्य पारेँ। आफ्नो छोरालाई रोकावट दिनु त परै जाओस्, म पनि चरम दुःखमा जिइरहेकी थिएँ। यी सबै शैतानी सोच र दृष्टिकोणले गर्ने भनेको मानिसहरूलाई हानि गर्नु मात्र हो। ती त कसेर बाँध्ने अदृश्य जन्जिरजस्तै हुन्, जसले गर्दा म तिनीहरूले मलाई उल्लु बनाउँदासमेत तिनीहरूका लागि समय र मेहनत समर्पित गर्न इच्छुक भएँ। म कति साह्रो मूर्ख थिएँ! जब मैले यो कुरा बुझेँ, तब त्यो मेरो हृदयमा वर्षौँदेखि परेको गाँठो एक्कासि फुकेजस्तो भयो। परमेश्वरका वचनहरूको मार्गदर्शनविना, म ख्याति र प्राप्तिको पछ्याइको दलदलमा आफूलाई बाहिर निकाल्न नसक्ने गरी गहन रूपमा डुब्नेथिएँ। मैले परमेश्वरका वचनहरूको मार्गदर्शनका लागि धन्यवाद दिएँ! अब मसँग विगतका आफ्नै गलत पछ्याइहरूबारे केही बुझाइ भए, र म शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने तरिकाहरू खुट्ट्याउन केही हदसम्म सक्षम भएँ। म शैतानका सोच र दृष्टिकोणहरूअनुसार जिइरहन इच्छुक थिइनँ, र मैले मेरो छोराको काममा हस्तक्षेप गर्न छोड्ने सङ्कल्प गरेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो छोराको जागिरलाई कसरी सही तरिकामा लिने भनेर सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले कुनै व्यक्ति साधारण कामदार हुनेछ, र ऊ यो जुनीमा खान र लाउन केही आधारभूत ज्याला मात्र कमाउन सक्षम हुनेछ भनी पूर्वनियोजन गर्नुभएको छ, तर उसका आमाबुबाहरू भने, ऊ एक सेलिब्रिटी, सम्पन्न व्यक्ति, र उच्च-पदस्थ अधिकारी बन्नुपर्छ भनेर जिद्दी गर्छन्, र ऊ वयस्क हुनुअगावै उसको भविष्यको योजना र बन्दोबस्त गर्छन्, विविध तथाकथित मूल्यहरू चुकाउँछन्, र उसको जीवन र भविष्य पकडमा राख्ने प्रयास गर्छन्। के त्यो मूर्खता होइन र? (हो।) … कुनै पनि आमाबुबाले आफ्ना छोराछोरी मगन्ते बनून् भन्ने चाहँदैनन्। तर त्यसो हुँदाहुँदै पनि, तिनीहरूले छोराछोरी उचाइमा पुग्नैपर्छ र उच्च अधिकारी वा समाजको माथिल्लो वर्गको नामी मानिस बन्नैपर्छ भनेर जिद्दी गर्नुपर्दैन। समाजको माथिल्लो वर्गमा पुगेर के फाइदा छ? संसारको उचाइमा पुगेर के हुन्छ? ती दलदल हुन्, राम्रा कुरा होइनन्। के सेलिब्रिटी, महान् व्यक्तित्व, महामानव, वा पद र हैसियतवाला व्यक्ति बन्नु राम्रो कुरा हो र? साधारण व्यक्तिको रूपमै जीवन सबैभन्दा सहज हुन्छ। अलि गरिब, अलि कठिन, र थकानयुक्त जीवन जिउँदैमा र अलि नराम्रो खाने-लाउने गर्दैमा के बिग्रिन्छ र? कम्तीमा पनि, त्यसमा एउटा कुराको प्रत्याभूति हुन्छ, तँ समाजको माथिल्लो वर्गको सामाजिक प्रवृत्तिमाझ नजिउने हुनाले, तैँले कम्तीमा कम पाप गर्नेछस् र परमेश्वरको प्रतिरोध गर्ने थोरै काम गर्नेछस्। साधारण व्यक्तिको रूपमा तैँले त्यति ठूलो वा त्यति बारम्बार प्रलोभन सामना गर्नेछैनस्। तेरो जीवन अलि कठिन हुने भए पनि, कम्तीमा तँ तेरो आत्मामा थकित हुनेछैनस्। यसबारे सोच् त, कामदारको रूपमा, तैँले दिनमा तीन-छाक खाने सुनिश्चित गर्नेबारे मात्र चिन्ता लिनुपर्छ। तर तँ कर्मचारी हुँदा यो कुरा फरक हुन्छ। तैँले लड्नुपर्छ, र तँलाई कुन दिन तेरो पद जाने हो त्यो थाहै हुनेछैन। तर त्यतिमै कुरा सकिनेवाला छैन, तैँले जसलाई चिढ्याएको हुन्छस्, तिनीहरू प्रतिशोध लिन तँलाई खोज्दै आउनेछन्, र तँ तिनीहरूबाट दण्डित हुनेछस्। सेलिब्रिटीहरू, महान् व्यक्तिहरू र सम्पन्न मानिसहरूको जीवन निकै थकानयुक्त हुन्छ। सम्पन्न मानिसहरू आफू भविष्यमा उतिकै सम्पन्न नरहौँला र त्यसो भएमा टिक्न नसकिएला भनेर सधैँ डराइरहेका हुन्छन्। सेलिब्रिटीहरू आफ्नो महिमा हराउला भनेर सधैँ चिन्ता लिन्छन्, र तिनीहरू सधैँ आफ्नो महिमा जोगाउन चाहन्छन्, र आफूलाई युग र प्रवृत्तिहरूले हटाउलान् भन्ने डर मान्छन्। तिनीहरूको जीवन अति थकानयुक्त हुन्छ! आमाबुबाले यी कुराहरू कहिल्यै बुझ्दैनन्, र छोराछोरीलाई सधैँ यो सङ्घर्षको गहिराइमा धकेल्न चाहन्छन्, र यसरी उनीहरूलाई यी प्रतिकूलता र दलदलमा डुबाउँछन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनहरूले मलाई मेरो छोराको जागिरका सम्बन्धमा परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणप्रति समर्पित हुनुपर्छ भन्ने बुझ्न लगए। कामदार हुनुमा नराम्रो कुरा केही पनि छैन: तिमी आफै लुगा लगाउन र खाना खान, अनि सामान्य जीवन कायम राख्न सक्छौ। के यो एकदमै राम्रो होइन र? तर, म सधैँ मेरो छोरा सरकारी अधिकारी बन्ने मार्गमा हिँडोस्, वा सैन्य अधिकारी बनोस् र सरकारी विभागमा प्रवेश गरोस् भन्ने चाहन्थेँ। मैले आफूले शक्ति र हैसियतको पूजा गरिरहेकी रहेछु, र आफूले गरिरहेको कुराले मेरो छोरालाई अगाध खाँधमा धकेलिरहेको छ भन्ने देखेँ! बाहिरबाट हेर्दा, सरकारी निकायहरू सम्मानजनक देखिन्छन्। त्यहाँबाट बाहिर निस्कने मानिसहरू सबैले सुट र छालाका जुत्ता लगाएका हुन्छन्। तिनीहरू सबै जना एकदमै प्रतिष्ठित देखिन्छन्। तर वास्तवमा, त्यो सबैभन्दा अन्धकार ठाउँ हो। मेरा दिदीहरूका छोराहरूकै कुरा गरौँ न। उनीहरू आफ्ना संस्थाहरूमा निकै शक्ति र प्रभाव भएका वरिष्ठ अगुवाहरू भए पनि, उनीहरूले सुखी जीवन जिउँदैनन्। उनीहरू चिनजानहरूलाई प्रयोग गरेर कसरी आफ्नै हैसियत जोगाउने भन्नेबारे मात्र कुरा गर्छन्। उनीहरू एक दिन आफ्नो पद गुम्ला र अरूले उनीहरूलाई सास्ती देलान् भनेर चिन्ता गर्छन्। उनीहरू साँच्चै खुकुरीको धारमा जिइरहेका छन्। यदि तिमी कुनै सरकारी निकायमा काम गर्छौ भने, तिमी सम्भवतः विभिन्न प्रकारका शक्ति सङ्घर्षहरूमा तानिनेछौ, र तिमी चाहेर पनि उम्कन सक्नेछैनौ। कतिपय त आफ्नो ज्यान दिएर तिनको सेवा गर्छन्, र शैतानका मतियार बन्छन्। विवेक अर्थात् न्युनतम नैतिकता, आत्म-आचरण, र मानव मर्यादा सबै लोप हुन्छन्। तिनीहरू त्यहाँ भएका हरेक खराब कुराहरू गर्छन्, र धेरै भेषमा दुष्टता गर्छन्। अन्ततः तिनीहरू शैतानको बलि बन्छन्। तर मैले यो छर्लङ्गै देख्न सकिनँ, र आफ्नो छोरालाई सरकारी निकायहरूतर्फ समेत धकेलेँ। म साँच्चै अत्यन्तै मूर्ख थिएँ! परमेश्वरले मानिसहरूका लागि बन्दोबस्त गर्ने जागिर सामान्य जीवन कायम राख्न पर्याप्त हुन्छ। परमेश्वरले भन्नुभएझैँ: “खान र लाउन पाउनमै सन्तुष्ट हुनु” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ तर कहिल्यै परमेश्वरका वचनहरूको वास्तविकता जिएकी थिइनँ। कामकुराहरूमाथिको मेरो दृष्टिकोण त्यति धेरै परिवर्तन भएको थिएन, र के पछ्याउने भन्ने बारेमा मेरा दृष्टिकोणहरू सांसारिक मानिसहरूका जस्तै थिए। म शक्तिको पूजा गर्थेँ अनि ख्याति, प्राप्ति र हैसियत पछ्याउँथेँ। मैले आफ्नो लक्ष्य साकार पार्न आफ्नो छोरालाई अगाध खाँध र दलदलतर्फ समेत धकेलेँ। यदि मैले मेरो छोरालाई राजनीतिक करियरमा पठाएकी भए, ऊ झगडाहरूमा तानिनेथ्यो, र अन्ततः अरूसँग खुला र गुप्त रूपमा सङ्घर्ष गर्न पुग्नेथ्यो। दिनभरि, ऊ षड्यन्त्र र प्रपञ्चहरू रच्दै, यस व्यक्तिबाट सतर्क रहनुपर्थ्यो, वा त्यस व्यक्तिदेखि सावधान हुनुपर्थ्यो। अन्ततः उसले कस्ता प्रकारका कुराहरू गर्नेथ्य़ो कसलाई थाहा! मैले आफ्नो अभिमान र हैसियत पूरा गर्न मेरो छोरालाई त्यस ठाउँमा धकेल्नु—के त्यो आफ्नो बच्चालाई हानि गर्नु थिएन र? मेरो छोरो अहिले साधारण कामदार भए पनि, र उसलाई शारीरिक रूपमा अलि कष्ट र केही हदसम्म थकान हुने भए पनि, उसको जीवन उसका नातेदार दाजु-दिदीहरूको जस्तो थकाइलाग्दो छैन। न त ऊ षड्यन्त्र र सङ्घर्षहरूमा नै तानिएको छ। उसले आफ्नो पद गुम्ला भन्ने चिन्ता लिनुपर्दैन, र उसको जीवन आरामको र चैनको छ। उसले आफूलाई पाल्न पनि सक्छ। के यो धेरै राम्रो कुरा होइन र? परमेश्वरका बन्दोबस्तहरू सधैँ उचित हुन्छन्।
पछि, म परमेश्वरका वचनहरूमार्फत खोजी गरिरहेकी थिएँ। आमाबुबाका रूपमा, हामीले सधैँ आफ्ना छोराछोरी भीडभन्दा उत्कृष्ट बनून् भन्ने अपेक्षा गर्नु हुँदैन। त्यसोभए आफ्ना छोराछोरीलाई व्यवहार गर्ने सही तरिका के हो त? मैले परमेश्वरका यी वचनहरू पढेँ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “आमाबुबाले खालि छोराछोरीप्रति आफ्ना जिम्मेवारीहरू पूरा गर्ने, उनीहरूलाई पालनपोषण गर्ने र वयस्कावस्थासम्म हुर्काउने काम गर्नुपर्छ। तिनीहरूले छोराछोरीलाई हुर्काएर प्रतिभावान् मानिसहरू बनाउनु जरुरी छैन। के यो कुरा हासिल गर्न सजिलो छ? (सजिलो छ।) यो काम गर्न सजिलो छ—तैँले तेरा छोराछोरीको भविष्य वा जीवनका लागि कुनै जिम्मेवारी बहन गर्न, वा उनीहरूका लागि कुनै योजना विकास गर्न, वा उनीहरू कस्ता मानिसहरू बन्नेछन्, भविष्यमा उनीहरूको जीवन कस्तो हुनेछ, पछि उनीहरू कस्तो सामाजिक वृत्तमा भेटिनेछन्, भविष्यमा यो संसारमा उनीहरूको जीवनको गुणस्तर कस्तो हुनेछ, वा मानिसहरूमाझ उनीहरूको हैसियत कस्तो हुनेछ भनी अनुमान गर्न आवश्यक छैन। तैँले यी कुराहरू अनुमान वा नियन्त्रण गर्नुपर्दैन; तैँले आमाबुबाको रूपमा तेरा जिम्मेवारीहरू मात्र पूरा गर्नुपर्छ। यो त्यति सजिलो छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनहरूबाट, मैले अभ्यासको एउटा मार्ग फेला पारेँ। छोराछोरीहरू वयस्क हुनुअघि उनीहरूप्रति आमाबुबाका जिम्मेवारीहरू भनेको उनीहरूलाई पालनपोषण गर्नु र हुर्काएर वयस्क बनाउनु, अनि सही मार्गमा हिँड्न मार्गदर्शन गर्नु हो। आमाबुबाले आफ्ना वयस्क छोराछोरीलाई छोडिदिनुपर्छ, र उनीहरूको आफ्नै जीवन जिउन दिनुपर्छ। आमाबुबाले छोराछोरीलाई मद्दत चाहिँदा, उनीहरूका आफ्नै खास परिस्थितिहरूअनुसार मद्दत गर्न सक्छन्। अब मेरो छोरो वयस्क हो। उसका आफ्नै सोचहरू छन् र उसले आफ्नै छनौटहरू गर्छ। मैले आफ्ना चाहनाहरू पूरा गर्न उसको जीवनमा हस्तक्षेप गर्नु र त्यसलाई योजनाबद्ध गर्नु हुँदैन। मैले गर्न मिल्ने भनेको ऊ अप्ठ्यारोमा पर्दा सुझाव र सल्लाह दिनु, र उसलाई सकारात्मक मार्गदर्शन दिनु हो। तर ऊ के रोज्छ त्यो उसमै भर गर्छ। भविष्यमा, ऊ सधैँ कामदार नै रहनेछ कि रहनेछैन, ऊ कस्ता मानिस र कामकुराहरूको सम्पर्कमा आउनेछ, अनि उसले कस्तो जीवन बिताउनेछ भन्नेजस्ता प्रश्नहरू सबै परमेश्वरद्वारा नै बन्दोबस्त गरिसकिएको छ। ती मेरो नियन्त्रणमा छैनन्। मैले गर्न सक्ने भनेको समर्पित हुनु, र आमाबुबाका जिम्मेवारीहरू पूरा गर्नु हो। अहिले, म मेरो छोराको जागिरलाई लिएर उप्रान्त चिन्ता गर्दिनँ र आफूलाई थकाउँदिनँ, र म अब यसद्वारा लज्जित र बन्धनमा छैनँ। म आफ्नो हृदय शान्त पार्न र आफ्ना कर्तव्यहरूमा हृदय लगाउन सक्छु। यसरी जिएर, मेरो हृदयलाई चैन र आराम महसुस हुन्छ।