९५. छोराको गिरफ्तारीबाट मैले सिकेका पाठहरू
सन् २०१३ को डिसेम्बरको एक दिन, एक सिस्टरले मलाई फोन गरेर मेरो छोरालाई प्रहरीले लिएर गएको बताइन्। यो खबर सुन्दा म छाँगाबाट खसेजस्तै भएँ र सोचेँ, “मेरो छोराले परमेश्वरमा विश्वास गरेको धेरै समय भएको छैन र ऊसँग जगको कमी छ। उसले भर्खरै जागिर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्न थालेको थियो। ऊ कसरी यति चाँडै गिरफ्तार हुन सक्छ?” विगतमा म गिरफ्तार हुँदा, मण्डलीका अगुवाहरू र पैसामाथि घात गर्न बाध्य पार्नका लागि प्रहरीले हर प्रकारका उपायहरू अपनाएर मलाई यस हदसम्म सताएको थियो कि मलाई बाँच्नुभन्दा मर्नु नै जातीजस्तो लागेको थियो। ती हरेक प्रहरी क्रूर र निर्दयी छन्; तिनीहरू दियाबलसहरू हुन्। तिनीहरूमा हामी परमेश्वरमा विश्वास गर्नेहरूप्रति गहिरो घृणा छ; तिनीहरूले हामीलाई कुटेर मार्दा पनि कुनै सजाय पाउँदैनन्। म चिन्तित भएँ र सोचेँ, “मेरो छोरा अझै कलिलो छ र उसले कहिल्यै त्यस्तो कष्ट भोगेको छैन! यदि ऊ यातना सहन नसकेर यहूदा बन्यो भने, उसको मुक्ति पाउने मौका पूर्ण रूपमा गुम्नेछ!” यस्तो सोच्दा म असाध्यै चिन्तित भएँ। त्यसपछिका केही दिनसम्म, मैले न खाना खान सकेँ, न त राम्ररी सुत्न नै। मेरो मुटुमा छुरा रोपेझैँ भयो; मलाई छोराको सट्टा आफैँले कष्ट भोग्न पाए हुन्थ्यो जस्तो मात्र लाग्यो। मैले परमेश्वरलाई निरन्तर प्रार्थना गरी मेरो छोराको हेरचाह र सुरक्षा गर्न बिन्ती गरेँ। मैले हृदयमा गुनासो पनि पालेँ र सोचेँ, “मेरो छोराले परमेश्वरमा विश्वास गरेको छोटो समयमै आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेको थियो; परमेश्वरले किन उसको हेरचाह र सुरक्षा गर्नुभएन? यदि प्रहरीले उसलाई नराम्ररी घाइते बनायो भने, भविष्यमा उसले कसरी गुजारा गर्ला? अनि यदि तिनीहरूले उसलाई कुटेर मारे भने, मैले उसलाई कहिल्यै देख्न पाउनेछैन।” यसबारे मैले जति सोचेँ, म त्यति नै दुःखी भएँ, र मेरो हृदय अन्धकारमा भासियो। परमेश्वरका वचन खाँदा-पिउँदा मैले आफूलाई शान्त पार्न सकिनँ, र भित्रभित्रै, मैले सुरक्षित वातावरण कायम राख्न कसैलाई जिम्मा नदिएको र मेरो छोरा पक्राउ पर्ने अवस्था निम्त्याएकोमा अगुवा र कामदारहरूलाई दोषसमेत दिएँ। त्यतिबेला, म मण्डलीमा सुसमाचार डिकन थिएँ, र निकै व्यस्त थिएँ, तर काममा मन लगाउने मेरो मनस्थिति नै थिएन; म केवल मेरो छोराबारे सोच्थेँ।
पीडा र असहायपनको बीचमा, मैले परमेश्वरसँग लगातार प्रार्थना गरेँ, र उहाँलाई मेरो छोराको हेरचाह र सुरक्षा गर्न बिन्ती गरेँ ताकि ऊ यहूदा नबनोस् र ब्रदर-सिस्टरहरूमाथि घात नगरोस्। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचन सम्झेँ: “तिमीहरूलाई आइपर्ने हरेक कुरामा, चाहे त्यो राम्रो होस वा नराम्रो, त्यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस्, तँ परमेश्वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुनेथियो)” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू)। हो, हामीलाई हरेक दिन आइपर्ने कुराहरू, चाहे ती असल होऊन् वा खराब, सबै परमेश्वरद्वारा नै तय गरिएका हुन्छन् र ती सबैभित्र परमेश्वरका अभिप्रायहरू हुन्छन्। मैले मेरो छोराको गिरफ्तारीलाई भने देहगत दृष्टिकोणबाट हेर्दै ऊ कष्टमा नपरोस् भन्ने चाहिरहेको थिएँ। त्यसैले, मलाई उसको गिरफ्तारी नराम्रो कुरा हो जस्तो लाग्यो र उसको सुरक्षा नगर्नुभएको भन्दै मैले परमेश्वरबारे गुनासोसमेत गरेँ। मैले अय्यूबको अनुभव सम्झेँ: जब अय्यूबले आफ्नो धनसम्पत्ति गुमाए र उनका छोराछोरीमाथि प्रकोप आइलाग्यो अनि उनको शरीरभरि घाउखटिरा आयो, तब उनकी पत्नीले उनको खिसी गरिन् र उनले परमेश्वरलाई त्यागून् भन्ने चाहिन्, तर अय्यूबले आफ्नी पत्नीलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबसँग परमेश्वरको डर मान्ने हृदय थियो; सुख वा दुःख, जे आइपरे पनि, उनले सधैँ यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्न सके, ओठले कुनै गुनासो वा पाप गरेनन्, उहाँलाई चिढ्याएनन्, अनि उनी परमेश्वरमा समर्पित भई उहाँको पवित्र नामको प्रशंसा गर्न सक्षम भए। यसको विपरीत, मैले छोराको ज्यान खतरामा परेको नभई गिरफ्तार मात्र भएको खबर सुन्दा पनि, गुनासो गर्न थालेँ र यसले मेरो कर्तव्यमा समेत असर गर्न दिएँ। म अय्यूबको दाँजोमा पुग्न लायक नै रहेनछु; म अत्यन्तै लज्जित भएँ! मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो छोरा आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै गिरफ्तार भयो, र मलाई थाहा छैन ऊ अहिले कस्तो अवस्थामा छ। मलाई ऊ यहूदा बन्ला र भविष्यमा दण्डित होला भन्ने डर छ। हे परमेश्वर, मेरो हृदय पीडामा छ, र आफ्नो कर्तव्य निर्वाह गर्दा मेरो स्थिति विचलित हुन्छ। कृपया मलाई चिन्तन गरी आफ्नो समस्या बुझ्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचन पढेँ: “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म दैहिक भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका नजरमा ‘तेस्रो पक्ष’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘विवेक’ उठाउने मौका प्रयोग गर्छ; मानिसहरूका भावनाहरूका कारण नै ऊ सधैँ मेरो सजायदेखि वितृष्ण हुन्छ; मानिसहरूका स्नेहहरूको कारणले नै ऊ मलाई सधैँ पक्षपातपूर्ण र अन्यायपूर्ण भन्छ, र कामकुराहरूलाई सम्हाल्दा म मानिसहरूका भावनाहरूलाई ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्वरसित मिल्न सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८)। “सारा मानवजाति भावनाको स्थितिमा जिउँछन् भन्ने कुरा—मानिसहरू सबै भावनाका स्थितिमा जिउँछन्, त्यसकारण परमेश्वर तिनीहरूमध्ये एक जनाबाट पनि तर्कनुहुन्न, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुन्छ। किन मानिसहरूलाई आफ्ना भावनाहरू फाल्न यति गाह्रो हुन्छ? के यसो गर्दा विवेकका मानकहरू नाघिन्छ? के विवेकले परमेश्वरको इच्छा पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूलता पार गर्न मद्दत गर्न सक्छ? परमेश्वरका नजरमा, भावनाहरू उहाँका शत्रु हुन्—के परमेश्वरका वचनहरूमा यो कुरा प्रस्ट रूपमा बताइएको छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय २८)। परमेश्वरका वचनबाट, मैले के देखेँ भने मानिसहरू आफ्ना भावनाअनुसार जिउँदा परमेश्वर त्यसलाई घृणा गर्नुहुन्छ। मानिसहरूले भावनाअनुसार काम गर्दा केवल पारिवारिक मोह र देहगत स्वार्थहरूबारे मात्र सोचिरहेका हुन्छन्, र सत्यता खोज्ने वा परमेश्वरको अभिप्राय खोज्ने काम कत्ति पनि गरिरहेका हुँदैनन्; तिनीहरू आफूले गर्ने हरेक काममा परमेश्वरको प्रतिरोध गरिरहेका हुन्छन्। म ठ्याक्कै त्यस्तै थिएँ। छोरा गिरफ्तार भएको थाहा पाउँदा, मेरो पहिलो सोच प्रहरीले पक्कै उसलाई कुट्नेछ र परमेश्वरलाई इन्कार गर्न अनि मण्डलीका अगुवा र कामदारहरूमाथि घात गर्न बाध्य पार्नेछ भन्ने थियो। मलाई लाग्यो, यदि मेरो छोराले त्यो यातना सहन सकेन र यहूदा बन्यो भने, उसले मुक्ति पाउने मौका गुमाउनेछ, र भविष्यमा आशिष् पाउन असमर्थ हुनु त छँदै छ, उसले नरकमा सजाय पनि भोग्नेछ। मेरो छोरा अझै कलिलै भएकाले, मलाई ऊ कुटाइले गर्दा अपाङ्ग भयो भने, भविष्यमा ऊ कसरी बाँच्ला भन्ने पनि लाग्यो। अनि यदि उसलाई कुटेर मारिएमा, मैले मेरो छोरालाई सधैँका लागि गुमाउनेथिएँ। यी गम्भीर परिणामहरूबारे सोच्दा, मेरो हृदयमा परमेश्वरप्रति गुनासाहरू उब्जिए, र मेरो छोराको हेरचाह र सुरक्षा नगर्नुभएको भन्दै मैले परमेश्वरलाई दोष दिएँ, उहाँसँग तर्क-वितर्क र चीत्कारसमेत गरिरहेँ। मेरो समझ कहाँ थियो? मेरो मानवता कहाँ थियो? भावनाअनुसार जिउने मानिसहरूले जुनसुकै समय वा ठाउँमा परमेश्वरको प्रतिरोध गर्न सक्छन् भन्ने देख्दा, परमेश्वरले हामीलाई किन “भावनाहरू उहाँका शत्रु हुन्” भनेर खुलासा गर्नुभएको रहेछ भन्ने कुरा बुझेँ।
मैले आफ्नो खोजीको क्रममा परमेश्वरका थप वचन पढेँ: “ममा निरन्तर यो विचार आउँछ कि परमेश्वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्वास गर्दछु कि यो परमेश्वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म यति मात्र माग्छु कि मैले जुन मार्गमा हिँड्नुपर्छ त्यसमा म परमेश्वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ। म अरूको अनुकरण गर्दै तिनीहरू हिँड्ने मार्गमा हिँड्न खोज्दिनँ; म यति मात्रै खोज्छु कि मैले आफ्नो अर्पण चढाउन र अन्तिमसम्म आफ्नो तोकिएको मार्गमा हिँड्न सकूँ। म अरूबाट सहायता माग्दिनँ; स्पष्ट भन्नुपर्दा, म पनि कसैलाई सहायता गर्न सक्दिनँ; यस्तो लाग्छ कि यस विषयमा म अत्यन्तै संवेदनशील छु। अरूले के सोच्छन् मलाई थाहा छैन। किनकि मैले सधैँ यो विश्वास गरेको छु कि एउटा व्यक्तिले कति दुःख भोग्नुपर्छ र उसले आफ्नो मार्गमा कति दूरी हिँड्नुपर्छ भन्ने कुरा परमेश्वरद्वारा पूर्वनियोजित हुन्छ, र कसैले पनि अरू कसैलाई साँच्चिकै मद्दत गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने कुनै व्यक्तिले कति कष्ट सहन्छ र आफ्नो जीवनकालमा कस्ता परिस्थितिहरू अनुभव गर्छ भन्ने कुरा धेरै अघि नै परमेश्वरले नियोजन गर्नुभएको थियो। मैले आफ्नो छोरालाई परमेश्वरको हातमा सुम्पनुपर्छ र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। मसँग हुनुपर्ने समझ र अभ्यास यही थियो। मेरो छोराले परमेश्वरमा विश्वास गरेको धेरै समय भएको थिएन, र परमेश्वर र सत्यतालाई घृणा गर्ने ठूलो रातो अजिङ्गरको सारबारे ऊसँग खुट्ट्याउने क्षमता थिएन। अहिले ऊ गिरफ्तार भएको थियो र उसले कष्ट सहनेथ्यो; यसभित्र परमेश्वरको असल अभिप्राय थियो, र अझ भन्नुपर्दा, यसमा मेरो छोराले सिक्नुपर्ने पाठहरू थिए। मैले धेरै ब्रदर-सिस्टरलाई ठूलो रातो अजिङ्गरद्वारा गिरफ्तार गरिएको र सताइएको, र उनीहरू सबैले धेरै कष्ट भोगेको, तर यी अनुभवहरूले उनीहरूलाई परमेश्वरमा साँचो आस्था दिएको कुरा सम्झेँ। पीडा र सङ्कष्टको बीचमा, उनीहरू परमेश्वरलाई धोका दिनुभन्दा बरु जेलमै सधैँका लागि सड्न इच्छुक भए, र आफ्नो देह र शैतानमाथि विजय प्राप्त गर्दै अन्ततः परमेश्वरका लागि सुन्दर र जोडदार गवाही दिए। मैले मेरो आफ्नै गिरफ्तारीको अनुभव पनि सम्झेँ। त्यतिबेला मेरो देहले केही कष्ट भोगेको, र यातना र पीडा अनुभव गर्दा म डरपोक र कमजोर भएको भए पनि, जब मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँका वचनको मार्गदर्शन र अगुवाइ पाएँ, तब उहाँप्रतिको मेरो आस्था पनि बढ्यो। यस अनुभवमार्फत, मैले परमेश्वरको प्रतिरोध गर्ने ठूलो रातो अजिङ्गरको दुष्ट सार खुट्ट्याउन मात्र जानिनँ, परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताबारे केही बुझाइ पनि प्राप्त गरेँ। यो बुझाइका साथ, म मेरो छोरालाई परमेश्वरको हातमा सुम्पन र परमेश्वरलाई नै सबै कुरा योजनाबद्ध र व्यवस्थित गर्न दिन इच्छुक भएँ।
एक महिनापछि, मेरो छोरा फर्कियो, उसको अनुहार फिका थियो र मनोबल गिरेको थियो। मेरो छोराको कद सानो थियो, र उसले आफू सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु भनेर स्वीकार गर्ने आँट गरेन, त्यसैले अन्त्यमा तिनीहरूले उसलाई जान दिए। यो असफलता अनुभव गरेपछि, मेरो छोराले केही पाठ सिक्यो र ठूलो रातो अजिङ्गरलाई अझ बढी खुट्ट्याउन सक्ने बन्यो। उसले आफ्नो कद साह्रै सानो रहेको र परमेश्वरप्रतिको उसको आस्था कत्ति पनि वास्तविक नभएको कुरा पनि देख्यो। छ महिनापछि, उसले आफ्नो कर्तव्य पुनः सुरु गर्यो।
सन् २०२३ को अक्टोबरको एक दिन, मैले मण्डलीबाट मेरो छोरा फेरि गिरफ्तार भएको व्यहोराको एउटा चिठ्ठी पाएँ। मेरो छोराको मण्डलीबाट ३० जनाभन्दा बढी मानिस गिरफ्तार भएका थिए, जसमा अगुवा र कामदारहरू पनि थिए। मैले सोचेँ, मेरो छोराको पहिलेदेखिकै गिरफ्तारीको रेकर्ड छ, र यदि प्रहरीले ऊ अगुवा रहेको कुरा थाहा पाए भने, तिनीहरूले पक्कै पनि उसलाई मण्डलीको पैसा र अगुवा तथा कामदारहरूमाथि घात गर्न, र आफ्नो आस्था त्यागेको घोषणा गर्दै “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य पार्नेछन्। अहिलेको समय भनेको परमेश्वरले मानिसहरूलाई प्रकट गरिरहेको र तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिरहेको समय हो; यदि कम्युनिस्ट पार्टीले मेरो छोराको मगजधुलाइ गर्यो, वा यदि उसले यातना सहन नसकी “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर परमेश्वरमाथि विश्वासघात गर्यो भने, उसले नरकको ढोका खोलिरहेको र मुक्ति पाउने मौका गुमाइरहेको हुनेथ्यो। यस्तो सोच्दा, मलाई मेरो पेटमा केही अड्किएजस्तो महसुस भयो, र म आफ्नो छोराको भविष्य र नियतिबारे चिन्तित भएँ अनि आफ्नो कर्तव्य गर्ने मनस्थितिमा थिइनँ। म हृदयमा आफ्नो छोराका लागि निरन्तर प्रार्थना गरिरहेको थिएँ, र परमेश्वरलाई मेरो छोराप्रति दया देखाउन र उसको सुरक्षा गर्न बिन्ती गरिरहेको थिएँ ताकि ऊ यो कठिन समयबाट सुरक्षित रूपमा पार हुन सकोस्। केही ब्रदर-सिस्टरले म निराश मुडमा भएको र दिनभरि नैराश्यको लामो सास फेरिरहेको देखे, र उनीहरूले मसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गरे, साथै मलाई मद्दत गर्न उहाँका धेरै वचन पनि खोजिदिए। मलाई आफू फेरि एकपटक आफ्ना भावनाहरूद्वारा बाँधिएको छु भन्ने महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मेरो छोरालाई प्रहरीले फेरि लिएर गएको छ। म यसलाई बिर्सन सकिरहेको छैनँ र मलाई उसको जीवन, भविष्य र नियतिबारे डर लागिरहेको छ; कृपया मलाई सत्यता खोज्न र यस मामिलाको बन्धनमा नपर्न मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले आफ्ना सन्तानप्रतिका अपेक्षाहरू त्याग्ने विषयमा परमेश्वरको सङ्गति सम्झेँ, र मैले ती वचनहरू भेटाएँ र पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय अज्ञानी आमाबुबा जीवन वा नियति बोध गर्न सक्दैनन्, तिनीहरूले परमेश्वरको सार्वभौमिकता चिन्दैनन्, र तिनीहरू छोराछोरीबारे अज्ञानी कामहरू गर्न प्रवृत्त हुन्छन्। उदाहरणको लागि, आत्मनिर्भर बनेपछि, छोराछोरीलाई केही विशेष परिस्थिति, कठिनाइ वा ठूला घटनाहरू आइपर्न सक्छन्; कतिपय बिरामी हुन्छन्, कतिपय मुद्दामा फस्छन्, कतिपयको सम्बन्धविच्छेद हुन्छ, कतिपय धोका र ठगीमा पर्छन्, र कतिपयलाई अपहरण गरिन्छ, क्षति पुर्याइन्छ, गम्भीर कुटपिट गरिन्छ, वा मृत्यु आइलाग्छ। कतिपय त लागूपदार्थ, र आदि इत्यादि दुर्व्यसनमा समेत फस्छन्। यी विशेष र महत्त्वपूर्ण परिस्थितिहरूमा आमाबुबाले के गर्नुपर्छ? अधिकांश आमाबुबाहरूको खाट्टी प्रतिक्रिया के हुन्छ? के आमाबुबाको नाताले तिनीहरूले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम गर्छन्? आमाबुबाले यस्ता समाचार सुनेर जसरी प्रतिक्रिया दिन्छन्, यदि कुनै नौलो मान्छेमाथि यस्ता घटनाहरू घट्ने हो भने, तिनीहरूले त्यसरी त विरलै मात्र प्रतिक्रिया जनाउँछन्। अधिकांश आमाबुबाहरू कपाल फल्ने गरी रातभर जागै बस्छन्, तिनीहरूलाई रातैपिच्छे निन्द्रा लाग्दैन, दिनमा भोक लाग्दैन, तिनीहरू दिमाग खियाउँदै सोच्छन्, र कतिपय त आँखा रातो हुन्जेल र आँसु सुकुन्जेल रुन्छन्। तिनीहरूले आफ्नो आस्थाबारे विचार गरिदिनुहोस् र आफ्ना बच्चाहरूलाई सुरक्षा गरिदिनुहोस्, तिनीहरूमाथि निगाह गरिदिनुहोस् र आशिष् दिइदिनुहोस्, कृपा देखाइदिनुहोस् र जीवन बचाइदिनुहोस् भनी उत्कट रूपमा परमेश्वरलाई प्रार्थना गर्छन्। आमाबुबाहरू यस्तो परिस्थितिमा पर्दा, तिनीहरूका कमजोरी, नाजुकता र छोराछोरीप्रतिका तिनीहरूका भावना सबै पर्दाफास हुन्छन्। अनि, अर्को के कुरा पर्दाफास हुन्छ? परमेश्वरविरुद्धको तिनीहरूको विद्रोहीपन। तिनीहरू परमेश्वरलाई बिन्ती र प्रार्थना गर्छन्, र आफ्ना बच्चाहरूलाई सङ्कटबाट जोगाउन अनुनय विनय गर्छन्। तिनीहरू कुनै विपत् आउँदा पनि आफ्ना छोराछोरी नमरून्, खतराबाट उम्कन सकून्, दुष्ट मानिसहरूको हानिमा नपरून्, र उनीहरूको रोग गम्भीर नहोस् बरु निको होस् भनेर प्रार्थना गर्छन्। अनि, तिनीहरू साँच्चिकै केको लागि प्रार्थना गरिरहेका हुन्छन्? (परमेश्वर, यी प्रार्थनामार्फत तिनीहरू गुनासोको सङ्केत गर्दै परमेश्वरसामु मागहरू राखिरहेका हुन्छन्।) एकातिर, तिनीहरू छोराछोरीको पीडाप्रति अत्यन्तै असन्तुष्ट भएका हुन्छन्, र परमेश्वरले तिनीहरूका छोराछोरीलाई यस्ता कुराहरू हुन नदिनुभएको भए हुन्थ्यो भनी गुनासो गर्छन्। तिनीहरूको असन्तुष्टिमा गुनासो मिसिएको हुन्छ, र तिनीहरू परमेश्वरलाई उहाँको मन परिवर्तन गर्न, यस्तो कार्य नगर्न, तिनीहरूका छोराछोरीलाई खतरामुक्त पार्न, उनीहरूलाई सुरक्षित राख्न, उनीहरूको रोग निको पार्न, उनीहरूलाई मुद्दाबाट पन्छिन मद्दत गर्न, र सङ्कट आइपर्दा त्यसलाई रोक्न, र आदि इत्यादि कुराहरू गर्न—र छोटकरीमा भन्दा, सबथोक राम्ररी चल्ने बनाइदिन आग्रह गर्छन्। यसरी प्रार्थना गरेर, एकातिर तिनीहरू परमेश्वरसित गुनासो गरिरहेका हुन्छन्, र अर्कोतिर, तिनीहरू उहाँसित माग गरिरहेका हुन्छन्। के यो विद्रोहीपनको प्रकटीकरण होइन र? (हो।) अप्रत्यक्ष रूपमा, तिनीहरू परमेश्वरले जे गरिरहनुभएको छ त्यो ठिक वा राम्रो होइन, र उहाँले त्यस्तो कार्य गर्नु हुँदैन भनेर भनिरहेका हुन्छन्। यिनीहरू तिनीहरूका छोराछोरी भएकाले र उनीहरू विश्वासी भएकाले, तिनीहरू आफ्ना बच्चाहरूमाथि परमेश्वरले यस्ता कुराहरू हुन दिनु हुँदैन भन्ने सोच्छन्। तिनीहरूलाई लाग्छ, तिनीहरूका छोराछोरी अरूभन्दा फरक छन्; र परमेश्वरको आशिष्मा उनीहरूले प्राथमिकता पाउनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको आस्थाको कारण, उहाँले तिनीहरूका छोराछोरीलाई आशिषित् तुल्याउनुपर्छ, र यदि तुल्याउनुभएन भने, तिनीहरू निराश हुन्छन्, रुन्छन्, रिस पोख्छन्, र त्यसउप्रान्त परमेश्वरलाई पछ्याउन चाहँदैनन्। यदि तिनीहरूको बच्चा मर्यो भने, तिनीहरू आफू पनि जिइरहन नसक्ने महसुस गर्छन्। के तिनीहरूको मनमा हुने भावना यही होइन र? (हजुर।) के यो परमेश्वरको विरोध होइन र? (हो।) यो परमेश्वरको विरोध गर्नु हो। … जब परमेश्वरले अरू कसैको भाग्य योजनाबद्ध र नियन्त्रित गर्नुहुन्छ, तैँले त्यसको सम्बन्ध तँसित छैन भने त्यो ठिक हो भन्ठान्छस्। तर के तँलाई उहाँले तेरा छोराछोरीको भाग्य नियन्त्रित गर्नु सक्नुहुन्न भन्ने लाग्छ? परमेश्वरको नजरमा, सबै मानवजाति परमेश्वरको सार्वभौमिकतामा हुन्छन्, र कोही पनि परमेश्वरका हातद्वारा स्थापित सार्वभौमिकता र बन्दोबस्तहरूबाट उम्कन सक्दैन। अनि, तेरा छोराछोरीचाहिँ किन अपवाद हुनुपर्छ? परमेश्वरको सार्वभौमिकता उहाँले तोक्नुभएको र योजना गर्नुभएको हो। के तैँले त्यो बदल्न चाहनु ठिक हो? (अहँ, होइन।) त्यो ठिक होइन। त्यसकारण, मानिसहरूले मूर्ख वा अनुचित काम गर्नु हुँदैन। परमेश्वरले जे गर्नुहुन्छ त्यो पूर्वजन्महरूको कारण र परिणाममा आधारित हुन्छ—तँसँग त्यसको के सम्बन्ध छ? यदि तँ परमेश्वरको सार्वभौमिकताको प्रतिरोध गर्छस् भने, तँ मृत्युको खोजीमा छस्। यदि तँ तेरा छोराछोरीले यी कुराहरू नभोगून् भन्ने चाहन्छस् भने, त्यो स्नेहबाट आउने कुरा हो, न्याय, कृपा, वा दयाबाट होइन—त्यो केवल तेरो स्नेहको प्रभाव हो। … मानिसहरूबीचको साँच्चिकैको सम्बन्ध देह र रगतको नातामा आधारित सम्बन्ध होइन, यो त परमेश्वरले सृष्टि गर्नुभएको एउटा प्राणी र अर्कोबीचको सम्बन्ध हो। यस्तो सम्बन्धमा देह र रगतको कुनै नाता हुँदैन; यो दुई स्वतन्त्र प्राणीहरूबीचको सम्बन्ध मात्र हो। यदि तैँले त्यसबारे यो कोणबाट सोचिस् भने, तेरा बच्चाहरू दुर्भाग्यवश बिरामी पर्दा वा उनीहरूको जीवन खतरामा हुँदा, आमाबुबाको रूपमा तैँले यी मामलाहरू सही रूपमा सामना गर्नुपर्छ। तेरा छोराछोरीको दुर्भाग्य वा मृत्युको कारण, तैँले आफूसँग बाँकी रहेको समय, आफूले लिनुपर्ने मार्ग, वा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू त्याग्नु हुँदैन—तैँले सही तरिकाले यो मामला सामना गर्नुपर्छ। यदि तँसित सही सोच र दृष्टिकोणहरू छन् र तैँले यी कुराहरू छर्लङ्गै बुझ्छस् भने, तैँले निराशा, दुःख, र तृष्णालाई चाँडै जित्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचन पढेर मैले के बुझेँ भने, मानिसहरू मूल रूपमा एकअर्कासँग कुनै सम्बन्ध नभएका स्वतन्त्र जीवित प्राणीहरू हुन्। आत्मा पुनर्जन्म लिएर यस भौतिक संसारमा प्रवेश गरेपछि मात्र मानिसहरूका परिवार, श्रीमान्-श्रीमती, बाबु-छोरा, आमा-छोरी र अन्य यस्तै सम्बन्धहरू हुन्छन्। तर व्यक्तिको सारको सन्दर्भमा कुरा गर्दा, सुरुमा त एकअर्काबीच कुनै सम्बन्ध हुँदैन। तर मानिसहरूले यस्ता कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र देहगत पारिवारिक मोह र रगतको नातालाई सबैभन्दा माथि राख्छन्। छोराछोरीहरूले प्रकोप र बिमारीको सामना गर्दा वा छोराछोरीको जीवन खतरामा पर्दा, आमाबाबुहरू आफ्नो स्नेहभित्रै जिउँछन्, र यति धेरै पीडामा हुन्छन् कि आफू मरेको भए हुन्थ्यो भन्ने कामना गर्छन्। वास्तवमा, मानिसहरूले कुन मार्ग लिन्छन् र उनीहरूको नियति कस्तो हुन्छ भन्ने कुरा धेरै अघि नै परमेश्वरले नियोजन गर्नुभएको थियो र यो आमाबाबुले निर्धारण गर्ने कुरा होइन। मेरो छिमेकीहरूलाई नै उदाहरणका लागि लिऔँ। यो विवाहित जोडीले आफ्नो सम्पूर्ण जीवन मितव्ययी भएर बिताए, र उनीहरूले आफ्नो मेहनतले कमाएको सबै पैसा छोरीमाथि खर्च गरे। उनीहरूले भविष्यमा छोरीले स्थिर जागिर र आर्थिक सुरक्षा पाउन सक्छे भन्ने आशा गर्दै उसलाई उत्कृष्ट विद्यालयमा पठाए र सर्वोत्तम शिक्षा दिए। तर, उनीहरूको छोरीले सही मार्ग पछ्याइनन् र सानै उमेरमा लागुऔषध सेवन गर्न थालिन्। अन्त्यमा, उनी लागुऔषध ओसारपसारको आरोपमा पक्राउ परिन् र १३ वर्षको जेल सजाय पाइन्। उनका आमाबाबुको होसहवास नै उड्यो। अर्की एक जवान सिस्टर पनि थिइन् जसका आमाबाबु धेरै वर्षदेखि घरबाहिर काम गरिरहेका थिए र उनलाई काकाको हेरचाहमा सुम्पेका थिए। उनका आमाबाबुले उनको पढाइमा कहिल्यै ध्यान दिएनन्, तर अन्ततः उनी विश्वविद्यालयमा भर्ना भइन् र काका-काकीलाई पछ्याउँदै परमेश्वरमा विश्वास गरिन्। अहिले, यी सिस्टर आफ्नो कर्तव्य निर्वाह गर्दै छिन् र जीवनको सही मार्ग पछ्याउँदै छिन्। यसले मानिसहरूले लिने मार्ग उनीहरूका आमाबाबुले कसरी उनीहरूको हेरचाह गर्छन् र शिक्षा दिन्छन् भन्ने कुरासँग कत्ति पनि सम्बन्धित छैन, र यो आमाबाबुले परिवर्तन गर्न सक्ने कुरा होइन भन्ने देखाउँछ। तर, मैले यी कुरा स्पष्ट रूपमा देख्न सकिनँ, म सधैँ मेरो छोराको भविष्य र नियतिबारे चिन्तित भएँ र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ भएँ; यहाँसम्म कि परमेश्वरका वचन खाने-पिउने मेरो काममा पनि बाधा पुग्यो। मलाई मेरो छोराले यातना सहन सकेन र परमेश्वरलाई विश्वासघात गरी यहूदा बन्यो भने उसले मुक्तिको मौका गुमाउनेछ भन्ने मात्र चिन्ता थियो। मैले त परमेश्वरले उसलाई ती दियाबलसहरूको क्रूरताबाट जोगाउनुहोस् र उसले त्यो कठिन समय सुरक्षित रूपमा पार गरोस् भनेर मागसमेत गरेँ। के मसँग अलिकति पनि समझ थियो र? यसलाई अझ नजिकबाट विचार गर्दा, मेरो छोरा पहिलोपटक गिरफ्तार हुँदा, उसको कद सानो थियो र उसले परमेश्वरमा विश्वास गर्छु भनेर स्वीकार गर्ने आँट गरेन; ऊसँग कुनै गवाही थिएन। १० वर्षपछि, ऊ फेरि गिरफ्तार भयो, र परमेश्वरले निश्चय नै यसको अनुमति दिनुभएको थियो। उहाँले मेरो छोरालाई पश्चात्ताप गर्ने मौका दिँदै हुनुहुन्थ्यो; उहाँ उसलाई जाँच्दै हुनुहुन्थ्यो। यदि मेरो छोराले ठूलो रातो अजिङ्गरको अन्धकारको प्रभावका बन्धनहरूमाथि विजय प्राप्त गर्न सक्यो, र परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन आफ्नो ज्यान जोखिममा पार्न सक्यो भने, यस पटकको उसको गिरफ्तारी गहन रूपमा अर्थपूर्ण र सिद्ध पारिने एउटा माध्यम हुनेथ्यो। तर, मैले आफ्ना भावनाहरूमा आधारित भएर कामकुराहरूलाई हेरेको थिएँ र परमेश्वरको अभिप्राय खोजेको थिइनँ, देहगत कष्टविनाको आरामदायी वातावरण उसका लागि फाइदाजनक हुन्छ भन्ने सोचेको थिएँ। कामकुरालाई हेर्ने मेरो तरिका परमेश्वरको अभिप्रायसँग कत्ति पनि मेल खाँदैनथ्यो; यो साँच्चै बेतुके थियो! यस पटक गिरफ्तार भएपछि मेरो छोरा आफ्नो गवाहीमा दृढ रहन सक्छ कि सक्दैन भन्ने कुरा उसको सार, उसले प्रायः पछ्याउने कुरा, र ऊ हिँड्ने मार्गमा निर्भर गर्थ्यो। म पीडामा जिउँदै मेरो छोराको भविष्य र नियतिबारे धेरै चिन्तित हुनु हुँदैनथ्यो। यो बुझेपछि, मेरो हृदयले केही राहत महसुस गर्यो।
मैले आफ्नो खोजीको क्रममा परमेश्वरका थप वचन पढेँ: “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। छोराछोरीप्रतिको आमाबाबुको जिम्मेवारीबारे परमेश्वरले धेरै स्पष्टताका साथ बोल्नुभयो। अभिभावक भएको नाताले, मेरो जिम्मेवारी भनेको छोरालाई वयस्क नहुन्जेल हुर्काउनु, ऊ स्वस्थ रूपमा हुर्केको सुनिश्चित गर्नु, उसलाई परमेश्वरसामु ल्याउनु, उसको जीवन परमेश्वरबाट आउँछ भनेर बताउनु, र उसलाई परमेश्वरमा विश्वास गर्न र सही मार्गमा हिँड्न लगाउनु हो। अभिभावकको नाताले यी नै मेरा जिम्मवारी र दायित्वहरू हुन्। तर गिरफ्तार भएपछि मेरो छोरा आफ्नो गवाहीमा दृढ रहन सक्छ कि सक्दैन र उसको भविष्यको परिणाम र गन्तव्य आशिष् पाउने हुनेछ कि दण्डित हुने हुनेछ भन्ने कुरा म निर्धारण गर्न सक्दिनँ। एक सृजित प्राणीका रूपमा, मैले समझका साथ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। यो मात्र परमेश्वरको अभिप्रायअनुरूप हुन्छ। यो बुझेपछि, मेरो हृदय पूर्ण रूपमा मुक्त भयो। चाहे मेरो छोरा आफ्नो गवाहीमा दृढ रहन सकोस् वा नसकोस्, र भविष्यमा उसले आशिष्हरू पाओस् वा कठिनाइ, म त्यो स्वीकार गर्न र त्यसमा समर्पित हुन इच्छुक थिएँ।
अहिले, आफ्नो छोराबारे सोच्दा, म अझै पनि अलि चिन्तित हुन्छु, तर यसले मेरो स्थितिलाई प्रभाव पार्दैन, र म सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु। म हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!